Showing posts with label स्वास्थ्य. Show all posts
Showing posts with label स्वास्थ्य. Show all posts

Friday, September 8, 2017

डाक्टरका कुराः हड्डीलाई कमजोर बनाउने तपाईंका यी सात बानी, बलियो बनाउने तरिकासहित


Ratopati
Sep 8 2017

स्वस्थ हुनका लागि हड्डी बलियो हुन निकै आवश्यक छ । उमेर बढेसँगै हड्डीलाई स्वस्थ राख्नका लागि सही खानपिनका साथै जीवनशैली पनि स्वस्थ हुनुपर्छ ।
तर थुप्रै मानिसहरु नियमित रुपमा जानी नजानी गलत व्यवहार अपनाएर आफ्नो हड्डीमा क्षती पुर्याउने गर्दछन् ।
फिजियोथेरापिस्ट डा. गितेश अमरोहितले यस्ता ७ बानीबारे जानकारी दिएका छन् जसले हड्डीलाई कमजोर बनाउने गर्दछ ।

नुनिलो खानेकुरा खानुः
नुनिलो, चिप्सजस्ता खानेकुरामा सोडियमको मात्रा अत्यधिक हुन्छ । यसलाई धेरै खाँदा शरिरको क्याल्सियम पिसाबसँगै बाहिर निस्कने गर्दछ । यसले हड्डी कमजोर हुन थाल्छ ।

धेरै गुलियो खाँदाः
गुलियो खानेकुरा र पेय पदार्थमा फस्फोरिक एसिडजस्ता तत्वको मात्रा अत्यधिक हुन्छ । नियमित रुपमा यसको सेवनले हड्डी कमजोर हुनसक्छ ।

धेरै कफी पिउँदाः
कफीमा भएको क्याफेनले ‘बोन मास डेन्सिटी’ कम गर्ने गर्दछ । धेरै कफी पिउँदा हड्डी कमजोर हुने गर्दछ भने अस्टियोपोरोसिसको आशंका बढ्ने गर्दछ ।

धेरै रक्सी पिउँदाः
धेरै रक्सी पिउँदा शरिरमा क्याल्सियम र भिटामिन डीको कमी हुने गर्दछ । यसले हड्डी कमजोर हुने गर्दछ ।

धेरै चकलेट खाँदाः
चकलेट धेरै खाँदा शरिरमा चिनी र अक्सेलेटको स्तर बढ्ने गर्दछ । यसले क्याल्सियम राम्रो तरिकाले अवशोषित हुन पाउँदैन र हड्डी कमजोर हुन थाल्छ ।

धेरै सप्लिमेन्ट खाँदाः
भिटामिन ‘ए’ प्राकृतिक स्रोत जस्तै फलफूल वा खानाबाट प्राप्त गरे यसले शरिरमा फाइदा पुर्याउँछ तर यदि यसको सप्लिमेन्ट धेरै मात्रामा लिँदा यसले हड्डी कमजोर बनाइदिने गर्दछ ।

धेरै जंक फूड खाँदाः
जंक फूड जस्तै बर्गर, पिज्जा र पास्तामा सोडियमको मात्रा धेरै हुन्छ । यसले शरिरमा क्याल्सियमको मात्रालाई कम गर्ने गर्दछ जसले हड्डी कमजोर हुन थाल्छ ।


हड्डीलाई बलियो बनाउने टिप्सः

क्याल्सियम डाइटः
डाइटमा हरियो सागसब्जी, दुध, दही, ड्राई फ्रुट, माछा, गेडागुडी, मेवा, सुन्तला समावेश गर्नुहोस् । यसले शरिरमा पर्याप्त क्याल्सियम प्रदान गर्दछ र हड्डी बलियो बनाउँछ ।

डोरी खेल्नुहोस् (स्किपिङ गर्नुहोस्)
अमेरिकी जर्नल अफ हेल्थको अनुसन्धान अनुसार बिहान बेलुका १०–१० पटक स्किपिङ गर्दा हड्डी बलियो हुन्छ ।
दैनिक बिहान ५–१० मिनेट घाम ताप्दा शरिरमा पर्याप्त मात्रामा भिटामिन –डि पाइने गर्दछ । यसले शरिरमा क्याल्सियमको स्तरलाई नियन्त्रणमा राख्छ ।

जैतुनको तेलः
स्पेनमा गरिएको एक अनुसन्धानमा यो पुष्टि भएको छ कि खानामा जैतुनको तेल प्रयोग गर्दा हड्डी बलियो हुने गर्दछ ।

धनियाः
धनियामा २.९ प्रतिशत क्याल्सियम पाइन्छ । यसलाई नियमित खानामा समावेश गर्दा हड्डी बलियो हुने गर्दछ ।

लसुनः
लसुनलाई दुधमा उमालेर खिरजस्तो बनाएर खाँदा हड्डी बलियो हुने गर्दछ ।

प्याजः
प्याजमा सल्फरको मात्रा धेरै हुन्छ जुन हड्डी बलियो हुनका लागि आवश्यक पर्दछ । त्यसकारण यसलाई दैनिक खानामा समावेश गर्नुहोस् ।

गर्भवती महिलादेखि सुगर बिरामीसम्मका लागी फाईदाजनक अम्बा



गाउँघर तथा शहर जहाँतही पाइने फल हो अम्बा । शहरी बजारमा सिजनमा बाहेक बेसजिनमा समेत पाईने अम्बा धेरै फाइदाजनक छ ।

अम्बाले प्रतिरोधात्मक शक्ति बढाउँछ
अम्बा केवल स्वादका लागी मात्रै प्रयोग नभई प्रतिरोधात्मक शक्ति बढाउनका लागी पनि उत्तम मानिन्छ । यसले पाचन प्रणलीलाई चुस्त राख्नुका साथै मानिसलाई स्वस्थ रहन मद्धत गर्छ । दैनिक २ वटा मध्यम आकारका अम्बाले नै भिटामिन सिको कमीलाई हटाउँछ ।

गर्भवती महिलाहरुका लागी अति उत्तम
फोलिक एसिड, विटामिन बी९९ले भरीएको अम्बा गर्भवती महिलाहरुका लागी अझ लाभदायक हुन्छ । यसको प्रयोगले बच्चाको न्यूरोलोजिकल डिसअर्डर नियन्त्रणमा आउँछ ।

आँखाको लागी पनि लाभदायक
गाजर जस्तै अम्बा पनि भिटामिन एका लागी उत्तम मानिन्छ । पोषक तत्वले भरीएको अम्बाको सेवनले आँखा सम्बन्धी समस्या निर्मुल पार्न मद्धत गर्छ । भिटामिन एको कमी भएर हुने रतन्धोबाट पनि अम्बाको सेवनले बचाउँछ ।

सुगरका बिरामीका लागी रामबाण
चाइनीज मेडिसीनमा अम्बालाई डायबिटीज कम गर्ने मानक नै मानिन्छ । एक अध्ययनका अनुसार अम्बाको जुस पिउनाले चिनी रोगको स्तर नै कम हुन पुग्छ । अम्बामा फाइबरको मात्रा धेरै हुने हुनाले सुगरका बिरामीलाई यो रामबाण नै साबित हुने हालैको एक अध्ययनले प्रमाणित गरेको छ ।

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो ।
यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

Tuesday, August 29, 2017

निद्रामा कसैले सासै फेर्न गाह्रो हुने गरी चाप्छ न चल्न मिल्छ न आवाज निकाल्न किन ?


के तपाईलाई कहिल्यै निदाइरहेको बेलामा यस्तो अनुभव भएको छ ? 
कसैले सासै फेर्न गाह्रो हुने गरी चाप्यो, तपाईं चल्न त के आवाज निकाल्न पनि सक्नुहुन्न ?
१. तपाईंलाइ कहिलेकाही यस्तो अनुभव भएको छ ? तपाईं निदाइरहेको भएको छ तर वरिपरी के भैरहेको छ सबै निद्रामै सुन्न सक्नुहुन्छ ?
२. के तपाईंलाइ यस्तो महसुस भएको छ की तपाईं निद्रामा हुनुहुन्छ र तपाईंलाइ सासै फेर्न गाह्रो हुनेगरी कसैले दबाइरहेको छ ?
३. के तपाईंलाई निद्रामा यस्तो लागेको छ की तपाईंले सबै कुरा देख्न सुन्न सक्नुहुन्छ तर तपाईं आफ्नो हात खुट्टा चलाउन सक्नुहुन्न किनकी तपाईंलाई कसैले दबाइरहेको छ ?
४. आजसम्म तपाईं कहिल्लै पनि त्यो ठाउँमा जानुभएको पनि छैन र त्यो काम गर्नु भएको पनि छैन तर तपाईंलाई त्यो ठाउँ पहिल्यै देखे जस्तो लाग्छ त्यो काम पनि पहिल्यै गरे जस्तो लाग्छ वास्तबमा त्यो तपाईंले पहिलो पटक गर्दै हुनुहुन्छ ? नेपालिमा यस्तो हुनुलाई एठन भनिन्छ

के हो एठन ?
Sleeping paralysis नेपालीमा एठन भनेको के हो त ? त्यसको बारेमा यहाँ केही बैज्ञानिक कारणहरु यस्ता छन

एठन भनेको अस्थाई रुपमा निधाउदा आफ्नो शरीर चलाउन र बोल्न नसक्नु हो । यति बेला तपाईले वरपराका कुरा देख्नु हुन्छ महसुस गर्नु हुन्छ तर तपाईं चल्न र बोल्न सक्नु हुदैन । डर त त्यही बेला लाग्छ जब तपाईको दिमागले तपाईले सानोमा सुनेको भुत प्रेत आफ्नो आगाडी या आफू माथी कल्पना गर्छ । जसलाई हामी बैज्ञानिक भाषामा hallucination भन्ने गर्छौ । यो जति सुकै भयानक भएता पनि यसले कुनै हानी भने गर्दैन ।
एठन प्रय २ देखि ७ मिनेटको समय सम्म हुने गर्छ तरकसैकसैलाई यो रातभरी पनि हुन सक्छ । कसैलाई जिवनकालमा एक या दुई चोटीमत्र हुन्छ र कसैलाई केही समयको अन्तरालमा भैरहन्छ । प्राय निधाउन लाग्दा र निन्द्रा खुल्ने समयमा एठन भएको पाईन्छ । तपाईं यदि धेरै रात सुत्नु भएन दिनमा मत्रै सुत्नु भयो अनि अचानक निकै समय १/२ हप्ता पछि रातमा सुत्नु भयो भने पनि यसको सम्भावना बढेर आउँछ ।

यसको कारण :
रातमा तपाईको शरीरले तपाईलाई निन्द्रामा हिड्न बाट रोक्नको लागि एउटा chemical बनाउछ र तपाईंको दिमाग तपाईको शरीरको सहकार्यमा निधाउछ । तर यदि तपाईं केही मानसिक तनाब या दिमागमा निकै कुरा खेलाउदै निधाउनु हुन्छ भने तपाईको दिमागको एउटा सानो भाग बिउझन्छ र शरीर चलाउन खोज्छ तर शरीरले बनाएको त्यो chemical ले हामीलाई उठ्न दिदैन । त्यसैकारण एठन हुने गर्छ ।

एठन मान्छे मान्छेमा फरक हुन सक्छ । कसैले आवाज कल्पना गर्न सक्छन भने कसैले आफ्नो अगाडि या आफ्नो छातीमा कसैलाई महसुस गर्न सक्छन ।
एठन हुदा हामी भुत प्रत अगाडि पाउछौ र मन मनै भगवानको प्राथना गर्न थाल्छौ किनकि हामीलाई सानैबट सिकाईएको छ कि हामीलाई नोक्सान भुत प्रेतले गर्छ र हामीलाई भावानले बचाउछ । हाम्रो दिमागले पनि त्यही कल्पना गर्छ ।

एठन तपाईलाई पनि भएको छ भने डराउनु पर्दैन यो कुनै भुत प्रेतको प्रभाब होईन न त मानसिक रोगनै हो । यो १०० मा ९८ जनालाई हुने नै गरेको पाईन्छ । तर यदि तपाईलाई हरेक रात झै एठन हुन्छ भने तपाईले एकपल्ट डाक्टर संग सम्पर्क गर्दा राम्रो हुन्छ । डाक्टरले तपाईलाई कसरी निधाउन सकिन्छ भनेर पुर्ण सहयोग गर्न सक्नु हुन्छ ।

शरीरमा(रगत) मा अक्सिजन को मात्रा कम हुँदा मस्तिष्कमा अवरोध उत्पन्न् हुनाले मान्सपेसी को नियन्त्रण गुम्दा अबचेतन अवस्थाको शृजना भइ त्यस्तो अनुभुती हुन्छ । अर्धचेत अबस्थामा मानिसको उर्जा अनियमित र क्रम भङ्ग को रूपमा बिचरण गर्ने हुंदा अनौठो अनौठो अनुभुती हुन्छ । शरिर सुतेपनि मन अर्धचेत अवस्थामा डुलिरहन्छ जव मान्छे मनोवल कमजोर भई आत्तिन्छ सो-अवस्थामा शरिरमा पुग्नुपर्ने अक्सिजन पुग्दैन् तसर्थ कमजोर हुन्छ अर्धचेत र कमजोरीमा त्यस्ता खराव तत्व प्रवेश गरेर आक्रमण हुन्छ र ऐठन हुन्छ । किनकी मान्छेको शरिरमा सबै तत्व मिलेर रहेको छ । डर, त्रास कमजोरी मान्छेमा जन्मजातै छ ।

यसलाई रोक्नको लागि :
१. मानसिक तनाब लिएर बिस्तरमा नजानु होला । यदि केहि मानसिक तनाब छ भने नुहाएर सुत्नु राम्रो हुन्छ ।
२. सुत्नु अघि मोबि, दूध या प्रयाप्त पानी पिएर निधाउनुले एठन रोक्न सक्छ ।
३. सबै भन्दा राम्रो केही पढ्दै निधाउनु हुन्छ प्राय मान्छेहरु पढ्दा निदाउछन र दिमाग पनि अन्तै केन्द्रीत हुन्छ ।
राती तपाईलाई भयो र तपाईं बिउझनु भयो उठेर लामो सास लिनुस, बत्ती बाल्नुस, पानी पिउनुस, झ्याल खोलेर चिसो हावा लिनुस आफुलाई सम्झाउनुस यो केवल दिमागको खेल हो र यो रातमा एक पल्ट मत्रै हुन्छ भनेर । अनि आफू तयार भए झै लागे पछि आराम साथ निधाउनुहोस ।

यो उपाय पनि प्रयोग गरि हेर्नुहोस :
बेलुका खाना खाएपछी, करिब २ घन्टाको फरकमा ओछ्यान मै भएपनी सुतेर वा बसेरै, करिब १० मिनट जति लामो लामो स्वास तान्दै छोड्दै गर्नु र तेहि घुत्रुक्क सुत्नु । त्यस रात तपाईं लाइ केहि हुदैन । प्रयोग हो गरेर हेर्नुहोस 



By kanchanjanghaonline

Wednesday, July 19, 2017

सर्पले टोकेपछि के गर्ने, के नगर्ने ?


गर्मी मौसममा तराईका जिल्लामा सर्पको टोकाइबाट बर्सेनि कैयौँ व्यक्तिको ज्यान जाने गरेको छ । यो अवधिमा विषालु सर्प निस्किने र टोक्ने दर अरू समयमा भन्दा निकै बढी हुन्छ । तर, अझै पनि अधिकांश बिरामी सर्पले टोकेपछि अस्पताल नगएर धामीझाँक्रीकहाँ जाने गरेको पाइन्छ । सर्पले टोकेलगत्तै अस्पताल आउने बिरामीको मृत्युदर भने निकै कम रहेको विभिन्न संघसंस्थाले गरेका अध्ययनले देखाएको छ । सर्पको टोकाइ र त्यसको प्राथमिक उपचारबारे ज्ञान नहुँदा पनि कतिपय व्यक्तिको अकालमा ज्यान जाने गरेको छ । त्यसैले सर्पदंश उपचारबारे लामो अनुभव भएका जनकपुर अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. अवधेषकान्त झाले महत्वपूर्ण जानकारी दिएका छन्


१. सर्पले टोकेको घाउ अनावश्यक रूपमा चलाउनु हुँदैन । पोल्ने, चिरफार गर्ने, घाउबाट विष चुस्ने, विद्युतीय झड्का दिने, मनलागी जडीबुटीको प्रयोग गर्नेजस्ता काम गर्नु हुँदैन । यस्तो गर्दा घाउको संक्रमण झन् बढ्ने खतरा हुन्छ । घाउमा विष फैलिने गति बढ्छ र अत्यधिक रक्तश्राव हुनसक्छ । टोकेको ठाउँमा ब्लेडले चिरेर विष बाहिर फाल्ने प्रयास गर्दा विषभन्दा रगत बढी गई बिरामीको मृत्यु हुनसक्छ । घाउ चुस्नेको मुखमा घाउ छ भने उल्टै विष सर्ने खतरा हुन्छ । यस्ता कुरामा अल्झिनु समयको नोक्सानी मात्र हुनसक्छ । हातखुट्टामा टोकेको छ भने स्लिङ वा स्पिलिन्ट लगाएर नचलाइकन राख्नुपर्छ ।

२. गोमन र करेतको टोकाइबाट हुने विषको प्रभाव चाँडो बढ्ने भएकाले घाउ भएको भागभन्दा माथि दबाब पर्ने गरी ब्यान्डेज वा कपडा प्रयोग गर्ने । यसलाई प्रेसर इमोबिलाइजेसन विधि भनिन्छ । ब्यान्डेज वा कपडाले ट्याप्प हुने गरी बाँध्नुपर्छ, तर एकै ठाउँमा एकदमै कसेर भने बाँध्नु हुँदैन । कसेर बाँध्दा घाउभन्दा मुनिको भागमा रक्तसञ्चार पूरै बन्द हुन गई उक्त भाग नै मर्ने गरेको कैयौँ घटना निम्तिएका छन् ।

३. हातखुट्टा मर्केको वेलामा जस्तै गरेर ब्यान्डेज लगाउने । तर, रक्तसञ्चार प्रणालीका रक्तधमनीहरूलाई असर पर्ने गरी या नाडी महसुस नहुने गरी बाँध्नु हुँदैन । ब्यान्डेजको पत्रका बीचमा कान्छीऔँला छिराउन सक्ने गरी खुकुलो पार्नुपर्छ ।

४. सर्पले डसेपछि बिरामीलाई अत्यन्त डर लाग्छ । यस्तो वेला अरूले सान्त्वना दिनुपर्छ ।

५. धामीझाँक्रीको उपचार, विष सोस्ने कालो ढुंगा र स्नेक स्टोनको उपचारतर्फ लागेर महत्त्वपूर्ण समय नगुमाउने ।

६. विषका लक्षण कम नभएसम्म या एन्टिस्नेक भेनम सुरु नभएसम्म ब्यान्डेज खोल्नु हुँदैन ।

७. बिरामीलाई जतिसक्दो छिटो एन्टिस्नेक भेनमसहित चिकित्सक उपलब्ध भएको स्वास्थ्य केन्द्रमा पुर्‍याउने ।

८. सर्पलाई मार्ने प्रयास गर्नु हुँदैन । मारिसकिएको छ भने पहिचानका लागि अस्पतालमा सुरक्षित तरिकाले लैजानुपर्छ ।

९. चिकित्सकले नभनेसम्म केही नखाने/नपिउने । विष नफैलियोस् भनेर टोकेको भागभन्दा माथि कसेर बाँध्ने काम नगर्ने ।

नया पत्रिका दैनिकबाट

Friday, June 16, 2017

10 Ugly Facts About Breast-feeding


Ugly Facts About Breast-feeding




Not until you become a mother yourself that you start appreciating
the amazing process called breastfeeding.
I would call it nature’s marvel that gifts women to nourish their young ones.
Breastfeeding also deepens the bond between a mother and her child,
So I guess it’s great!
Despite this, here are few things that I think many women
find hard about it and at times think, ‘Breastfeeding sucks.”



1. Breastfeeding May Take Time To Initiate In Some:

This is true for both the mother and the child.
In some cases, the baby doesn’t figure out how to suckle on mother’s breasts. 
While in other cases, no matter how natural an urge it may be,
some women are just not able to breastfeed their babies by not being able to hold them
in the correct position or know how to sit or keep the baby latched on.

2. That Runny Thing:

Once the flow starts getting copious with subsequent feeds, 
you don’t want to rest until you empty out your breasts.
Sometimes you feel them leaking. The milk drips out,
and unless you have absorbent pads, it could be pretty disturbing,
that is to say when your child is asleep and not going to suckle now or
when you are at work or a public place.


3. Blocked Ducts:

This is the painful one. 
Blocked ducts or mastitis can be quite irritating. 
You wonder whether you should really have breasts now!


4. Privacy Is A Common Problem:

 Thanks to the baby changing rooms where moms can have a place to sit
and feed their baby comfortably. But you can’t expect the provision everywhere. 
Not on a bus, not on a train, not at a bus-stop, not at a book-store.
And you never know when your child might want to suckle. 
What if the hunger-pangs strike again? 
Some give glances. To those who don’t, thanks for not giving that look, but hey, 
I don’t like to be in your focus even subtly.








5. You Feel Like A Cow:

How many times have I thought this! Gosh!
But the more your child is on your feed, the more he resists bottle feed. 
He will want to suckle even when not hungry. 
It becomes sort of a plaything. 
Sort of a snack that he wants to nibble into when he needs to be comforted 
or when he needs to sleep. 
You just have to bare your chest on demand. 
At times, it can get exhausting. But you still do for your child.
(Honestly, you also love it when your baby is on you.)


6. That Sudden Bite: 



As your baby starts teething, and if you are still breastfeeding him,
it is likely that he will even gorge his teeth into you!
You will want to scream.
If he falls asleep with your breast between his jaws,
you will feel like you are in the grip of an adamant shark.








7. The Breast Size:




Sure, your breast size must have gone up.
You will hate all the brassieres that no longer fit you well enough. 
The more the sizes you try, the more confused you are left. 
Somehow, there is no that perfect fit. 
Somehow there is a sag. 
Somehow you feel like they are huge enough to be obscenely a porn star
(which you, of course, will detest as a mother).
Somehow you get a bit conscious of the size.

8. Having Sore Nipples:

You will have episodes of these too. 
Your gynecologist will be willing to listen to you.


9. Dressing Up Becomes An Issue:

Should you wear tight-fitting clothes that accentuate your torso? 
There are mom-friendly clothes that you might want to explore. 
But the key is to take pride in your breasts the way they are now.


10. Not Giving Up On Breastfeeding:

This is the worst of all the things. 
Medical sciences now recommend you breastfeed your child until it is two. 
But you might risk your baby getting addicted to your feed in comparison to 
reverting to bottle feed or try other foods.
So you must figure out when it’s the most appropriate to stop breastfeeding 
your child once for all.
Breastfeeding defines the bond of
a mother and child. 
But here are some of the truths that might put some women at discomfort.




Wednesday, May 10, 2017

राति सुतेका मान्छे बिहान मृत भेटिने एउटा यस्तो कारण

डा.सुवोधसागर ढकाल, चेस्ट फिजिसियन, ओम अस्पताल
एजेन्सी । राति सुतेको बेला छेउमै घुर्ने मान्छे हुँदा कति हैरान हुन्छ भन्ने कुरा सायद सबैले भोगेका हुन्छन्। आफूले घुर्ने गरेको आफैँलाई उतिसाह्रो हेक्का नभए पनि छेउमा सुतेका अरुले त्यसबारे बताउँछन्। निद्रामा घुर्ने समस्याबाट पीडितहरु कसरी घुर्न छाड्ने होला भन्ने चिन्ताग्रस्त हुन्छन्। तर, यसलाई ठूलो समस्याका रुपमा लिँदैनन्।



घुर्नुका धेरै कारण हुन्छन्। त्यसमध्ये एउटा हो अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमु। सबैभन्दा डरलाग्दो कुरा, राति सकुशल सुतेका मानिस बिहान मृत अवस्थामा भेटिनुको एउटा कारण अब्स्ट्रक्टिभ स्लिप एप्निया हुन सक्छ। विदेशमा गएका नेपालीहरु राति सकुशल सुतेर बिहान मृत अवस्थामा भेटिने गरेका घटनाहरु हामीले प्रसस्त सुनेका छौँ। यसको प्रमुख कारणमध्ये एउटा अब्स्ट्रक्टिभ स्लिप एप्निया पनि हुन सक्छ। यो रोगका कारण पनि मानिसमा घुर्ने समस्या देखिएको हुन सक्छ। जसले मानिसको स्वास्थ्यमा दीर्घकालीन रुपमा असर पार्ने मात्र होइन ज्यानै पनि लिन सक्छ।
के हो अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम ?
अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम भन्नाले सुत्दाखेरि श्वास्प्रश्वासमा अवरोध आउने वा श्वासनली ुकोल्याप्सु हुने समस्या हो। जसले गर्दा शरीरका अन्य भागमा अक्सिजन जाने प्रक्रियामा अवरोध आउँछ। अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमका कारण हृदयघात र पक्षघात हुन सक्छ। त्यति मात्र होइन, यो समस्याले गर्दा मोटोपन भएकाहरुमा सुगर नियन्त्रण नहुने, उच्च रक्तचाप भएकाहरुको रक्तचाप नियन्त्रणमा नआउने जस्ता समस्या देखिन्छ। यो रोगले बिरामीमा ुडिप्रेसनु हुने, आत्तिनेजस्ता गम्भीर समस्या पनि निम्त्याउँछ।
कस्ता मानिसलाई हुन सक्छ अब्स्ट्रक्टिभ स्लिप एप्निया ?
मोटोपना भएकाहरुः मोटोपना भएकाहरुमा फ्यारेङ्स (घाँटीमा रहेको एक नली) को मुख साँघुरो हुँदै जान्छ र श्वासप्रश्वासमा अवरोध आउँछ।
घाँटीको लम्बाइ छोटो भएकाहरुः छोटो घाँटी भएकाहरुमा सुत्दाखेरि जिब्रो सजिलैसँग पछाडि गएर श्वासनलीलाई बन्द गरिदिन्छ र श्वासप्रश्वासमा अवरोध आउने हुन्छ।
नमिलेका दाँत र तलको चिउँडो सानो भएकाहरुः दाँत अत्यन्तै नमिलेका र तलको चिउँडो सानो भएका व्यक्तिको सुत्ताखेरि मुखको खुल्लापन बिग्रेको हुन्छ र सास फेर्न गाह्रो हुन्छ।
मुटुरकिड्नीका बिरामीहरुः मुटु र किड्नीका रोगीहरुमा अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम हुने सम्भावना उच्च हुन्छ।
धूमपान र मध्यपान गर्नेहरुः धूमपान र मध्यपान गर्नेहरुलाई पनि अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम हुने सम्भावना हुन्छ।
अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमका लक्षणलाई दुई प्रकारले बुझ्ने गरिन्छ।
रातिका लक्षणहरु :
१.ठूलो आवाजसहित लगातार घुर्नु,
२. समय(समयमा सास रोकिएको महसुस हुनु,
३. निस्सासिनु तथा सास फेर्न जोड गर्नुपर्ने अवस्था आउनु,
४. निद्रामा छटपटिनु,
५. पटक(पटकको शौचालय जानुपर्ने अवस्था आउनु।
दिनका लक्षणहरु :
१. बिहानीपख टाउको दुख्नु,
२. दिउँसो निद्रा लाग्नु,
३. एकाग्रता नहुनु,
४. झर्को लाग्नु ।
उपचार :
असामान्य श्वासप्रश्वास भएरनभएको मूल्यांकन साधारण विधिबाट गर्न सकिन्छ। यसका लागि एक रातको निद्रा प्रयोगशालामा परीक्षण गर्न सकिन्छ। त्यस्तै, आफूसँगै सुतेका व्यक्तिको घुर्ने मात्र होइन केही समय शास पनि अड्किने गरेको छ भने तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ।
अब्स्ट्रक्टिभ स्लिप एप्निया भएरनभएको पत्ता लगाउन एप्निया हाइपोनिया इन्डेक्सु (एएचआई) जाँच गर्नुपर्ने हुन्छ । एक घन्टामा शासको नली कतिचोटि कोल्याप्स भयो भनेर नाप्ने विधिलाई एएचआई भनिन्छ। सामान्यतया ५ देखि १५ पटकसम्म शासनली कोल्याप्स हुनुलाई मन्द, १५ देखि ३० सम्मलाई मध्यम र ३० भन्दा बढीलाई कडा प्रकृतिको समस्याका रुपमा लिइन्छ।
असमान्य श्वासप्रश्वासको समस्याको उपचारबाट समाधान निकाल्न सकिन्छ। यसको उपचार प्रक्रिया अब्स्ट्रक्टिभ स्लिप एप्निया भएको पुष्टि भएपछि मात्र सुरु गरिन्छ। अब्स्ट्रक्टिभ स्लिप एप्निया भएको पत्ता लागेमा ुसिप्यापु प्रविधिको प्रयोग गर्नुपर्ने हुन्छ। सिप्याप प्रविधिले निद्राको समयमा मास्कको प्रयोग गरी मानिसको नाक मुखबाट नियमित हावा प्रवाह गर्दै माथिल्लो वायुमार्गमा हुने रोकावटलाई हटाउँछ। नियमित सिप्यापको प्रयोगले स्लिप एप्निया सिन्ड्रोम घटाउन मद्दत पुग्छ।
बच्ने उपाय :
१. तौल सन्तुलनमा राख्ने,
२. धूमपान र मध्यपान नगर्ने,
३. नियमित व्यायम गर्ने (कम्तिमा ४० मिनेट, हप्तामा पाँच दिन)
४. बिहान योगा गर्ने,
५. सुत्ने कोठामा टिभि नराख्ने,
६. सुत्ने र उठ्ने एउटै तालिका बनाउने,
७. सुत्नुभन्दा तीन घन्टाअघि खाना खाने,
८. सुत्दा उत्तानो परेर नभई देब्रे र दाहिने कोल्टे परेर सुत्ने,
९. निद्रा लागे मात्र सुत्ने।

@ News24nepal