Showing posts with label मनोक्रान्ति. Show all posts
Showing posts with label मनोक्रान्ति. Show all posts

Saturday, December 29, 2018

सफल जिवनको लागि 16 सुत्रहरु

सफल जिवनको लागि 16 सुत्रहरु:-
1. जीवन :-
जब तिमी पैदा भएका थियौ तिमी रोएका थियौ जबकी दुनियाले उत्सव मनाएका थिए , अब आफ्नो जीवन यस्तो बनाउ कि तिम्रो मृत्यु मा दुनिया रोउन र तिमिले उत्सव मनाउ
2. हार नमान्नु :-👇🏻
- बिच बाटो बाट फर्किएर कुनै फाइदा हुदैन किनकी फर्किदा पनि तपाइलाई त्यति नै दुरी पार गर्नुपर्छ जति त्यहा पुग्नलाई लाग्छ ✌🏻
3. सफलता - असफलता :-👇🏻
- सफलताले हाम्रो परिचय दुनियासित गराउछ र असफलताले हामीलाई दुनियाको परिचय गराउछ
4. कठिनाइहरु
- जबसम्म तपाइले आफ्नो समस्या एवम कठिनाइहरुको कारण अरुलाई कोस्नुहुन्छ तब सम्म तपाईं आफ्नो समस्याहरु र कठिनाइहरुलाई मेटाउन सक्नुहुन्न
5. आत्मविश्वास
- यदि कुनै चिजलाई दिलसित चाहनुहुन्छ भने पुरै विश्वले तपाइलाई त्यो सित मिलाउन थाल्छ
6. असम्भव
- यो दुनियामा असम्भव केही पनि छैन हामीले त्यो सब गर्न सक्छौ जुन हामी सोच्दछौ र हामी त्यो सबै सोच्न सक्छौ जुन आजसम्म हामीले सोचेनौ
7. गल्तिहरु
- यदि तपाईं समय मै आफ्नो गल्ती स्वीकार गर्नुहुन्न भने तब तपाइले एउटा अर्को फेरि गल्ती गर्न पुग्नुहुन्छ , आफ्नो गल्तिबाट तबमात्र सिक्न सक्नुहुन्छ जब तपाईं आफ्नो गल्ती स्वीकार्नु हुन्छ
8. शक्ति
- ब्रहमाण्डको सारा शक्तिहरु पहिले देखि नै हाम्रो हो ,फेरि पनि हामी आफ्नो आँखा मा हात राख्छौ र फेरि रुने गर्छौ यो सोचेर कि कति अन्धकार छ ,
9. मेहनत
- हामी चाहयौ भने आफ्नो आतमविश्वास र मेहनत को बलमा आफ्नो भाग्य आफै लेख्न सक्छौ , यदि हामीलाई लेख्न आउदैन भने परीस्थितिले आफ्नो भाग्य लेखिदिन्छ
10. महानता
- महानता कहिक्यै नखस्नु मा होइन बल्की हरेक पटक खसेर उठ्नुमा हुन्छ
11. समय
- तपाईंले यो भन्न सक्नुहुन्न कि तपाइसित समय छैन किनकी तपाइसित एक दिनमा त्यति नै समय छ जति समय महान एवम सफल मान्छेहरुसित छ
12. सोच
- वर्षातको समय मा सारा पंछीहरुले आश्रयको खोज गर्दछ तर चील बादलहरुको माथी उडेर वर्षातलाई नै Avoid गरिदिन्छ , समस्याहरु Common हुन्छ तर तपाइको सोचले यसमा Difference पैदा गर्दछ
13. सपना
- सपना त्यो होइन जुन हामी निद्रामा देख्छौ सपना त्यो हो जसले हामीलाई निद्रा आउन दिदैन
14. विश्वास
- विश्वास त्यो शक्ति हो जसबाट निष्पट अँध्यारो दुनिया मा प्रकाश ल्याउन सकिन्छ , विश्वासले ढुङ्गालाई भगवान बनाइदिन सक्छ र अविश्वासले भगवानले बनाएको मान्छेलाई पनि ढुङ्गाको दिल बनाइदिन सक्छ
15. सफलता
- टाढा देखि हामीलाई सबै बाटो बन्द देखिन्छ किनकी सफलताको बाटो हाम्रो लागि तबमात्र खुल्दछ जब हामी त्यसको बिल्कुल नजिक पुग्छौ
16. प्रसन्नता
- यो कुनै पहिले देखि नै निर्मित चिज होइन यो तपाइको कर्मबाट आउछ ।।।

मन परे सेयर गर्दिनु होला, धन्यवाद

Saturday, September 9, 2017

के तपाईंलाइ सफल बन्ने रहर छ ?



KB Paudel
Sep 9 2017

जबसम्म घरमा राखिएको बिजलाइ बारिसम्म लगेर माटोमा मल सहित गाडिदैन , तबसम्म त्यो बीजबाट टुसा पलाउदैन | टुसा नपलाए पछि बिरुवा हुँदै बोट हुने सम्भावना रहदैन  यसै गरी हरेक मान्छे भित्र बिज रुपि संज्ञानका सम्भावना त अथाह हुने नै गर्छन  एकदाना मकैको बिउबाट पनि हामिले देखेकै छौ कि सयौ दाना फलेकै छन एकदेखि तिन घोगा सम्म बोटमा मकै फलेकै छन आखिर सम्भावना त अधिकतम लिएरै आएका हुन्छन उदाहरण त मैले मकैको पेश गरि नै हालें तर
मानिस भित्र भएको संज्ञानात्मक सम्भावना त भित्र भित्रै भकारिमा थन्काएर राखिएको बीउ जस्तै त्यसै त्यसै मरिरहेको देख्छु न त टुसाउन नै पाउछ नत फल्न फुल्न नै पाउछ

त्यहि मकै जस्तै नब्बे प्रतिशत मानवका इन्टेलिजेन्स त्यसै बिलाएर गएको देखिन्छ  , भकारिमा रहेको बीजलाइ त बरु मान्छले केहि हदसम्म आफ्नै प्राण रक्षाका निम्ति भएपनि बारिमा लगेर गाडेको देखिन्छ मलजल त गरोस नगरोस जे जसरी भएपनि ठाउ अनुसारको फल त अवस्य नै दिने नैछ  तर यहाँ मानवले चाहि हेर्ने हो भने कतै पनि दस प्रतिशत भन्दाले आफ्नो इन्टेलिजेन्ट चिन्ने त्यो बिज जस्तै माटोमा गाड्ने प्रयास गरेको देखिदैन
त्यो नगाडुन्जेल अङ्कुराउने, टुसाउने कुरै भएन फलको त कुरै छाडौं

जसले आफु को हो ?
किन यो धर्तिमा परमात्माले पठाए ?
अनि मेरा कर्तव्य के हुन ?
त्यो निजलाइ नै थाहा छैन तर उहीँ अरुलाइ बदल्न खुब खुब अर्ति  उपदेश गर्छ सम्झाउछ बुझाउछ ।

हुनत अङ्क एक सानै हुन्छ तर पनि एक महत्त्वपूर्ण अङ्क हो  शुरुवातै त्यसैबाट हुन्छ । पेचकिला पनि त सानै हुन्छ नि तर एउटा विशाल मेसिनमा एउटा फुच्चे पेचकिलाले महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ

जीवनमा खुसि गन्तव्यले हैन गतिसिलताले दिन्छ ।
पर्बतारोहिहरु प्रत्येक पाइला-पाइलामा खतरा र रोमान्चकका साथ शिखरमा पुग्छन  यदि शिखरले खुसि दिदो हो त त्यहि नै बस्नु पर्ने होनि त तर उनिहरु शिखरबाट तल झर्छन यो सम्झेर कि उनीहरुलाइ रमाइलो त यात्रा र यात्राका प्रत्येक कठिनाइले र तिनिहरुको सामनाले पो दिएको रहेछ त।

शत्रुसग बदला लिने एउटै मात्र उपाय हो आफुले यति प्रगति गर्ने कि इर्श्याले शत्रुनै जीवनभर जलि रहोस भनिन्छ तिमि कस्तो छौ भन्ने कुरा थाहा पाउन तिमी कस्ता साथिको सङ्गत गर्छौ त्यहि नै काफि हुन्छ

दियो तब मात्रै जल्न सक्छ  जब उसले पहिल्यै जलिसकेको दियोसग जोडिने हिम्मत गर्छ  | सफल ब्यतिहरुको सङ्गतले आफु भित्रको क्षमता पहिचान गर्न सहजता बन्नेछ र सफल ब्यक्तिहरुको सङ्गत गर्नुपर्ने हुन्छ । यदि कसैले हामिलाइ तिमी बर्वाद भयौ भन्यो भने हाम्रो सोच कमजोर भइदिन्छ अनि व्यवहार कमजोर भइदिन्छ र हामी असफल हुन्छौ ।

Wednesday, September 6, 2017

प्रयास गरे भने म पनि किन बन्न नसकुला र ?

Ramesh Shrestha
Sep 6 2017

➤ खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
➤ ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने।
➤ कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
➤ वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
➤ सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द आध्यात्मिक गुरू बने ।
➤ साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।
➤ सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।
➤ भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
➤ चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
➤ दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।
➤ कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
➤ कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।
➤ सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।
➤ लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।
➤ लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।
➤ मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।
➤ घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
➤ पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।
➤ खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।
➤ अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।
➤ कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।
➤ गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।
➤ तिन पटक SLC फेल हिरवंश आचार्य नामी कलाकार बने ।
➤ पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।
➤ कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।
➤ स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।
➤ झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।
➤ थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने ।
➤ तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।
➤ हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।
➤ पन्ध्रै पटक हारेका अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।
➤ कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।
➤ मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने ।

त्यसैले प्रयास गरे भने
म पनि किन बन्न नसकुला र ?

Thursday, August 17, 2017

सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस,सिद्धान्त होइन


  Rosamond Xiang

’रिस’को उल्टो ‘सरी’ पनि हुन्छ ।
      कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ ।
  मेरो एउटा पनि सत्रु छैन,
      सत्रु देख्यो कि मैले सिध्याइहाल्छु.. …
      उसलाई साथी बनाएर ।
  शहर र गाउँमा दुई फरक छन ।
1. शहरमा घरहरू नजिक नजिक हुन्छन तर
      मनहरू टाढा टाढा हुन्छन,
      गाउँमा घरहरू टाढा टाढा हुन्छन तर
      मनहरू नजिक नजिक हुन्छन ।
2. शहरमा घरहरू पक्का हुन्छन तर सम्बन्ध
      कच्चा हुन्छन,गाउँमा घरहरू कच्चा हुन्छन
      तर सम्बन्धहरू पक्का हुन्छन ।
  मानिसहरू तब मात्र तिम्रो हात समाउँछन
      जब उनीहरूलाई थाहा हुन्छकि
      तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।
  दुनियामा यौटा पनि समस्या नभएको
      मान्छे को होला ?
     -एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो ।
  क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले
     जलाउन नसकेको कागजलाई
     यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै
     त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ ।
     यदि हाम्रो दिमाग हजारतिर छरियो भने
     बर्षौ लगाए पनि यौटा काम राम्रो बन्दैन,
     यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस-
     यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट
     पनि आगो बर्षियोस ।
कुनै पनि मान्छे असाधारण हुँदैन,
     सबै मान्छे हामीजस्तै हो सामान्य, ….
     तर सहि समयमा सहि निर्णय लिँदा
     उनिहरु असाधारण बन्छन!
     यो यौटा कला हो!!
मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन
     किनकी पहाडबाट निस्केको नदिले कहिल्यै
     कसैसंग सोधेको छैनकि”समून्द्र कहाँ पर्छ?”
नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन।
     मृत्यु त तब हुन्छ जब पौडिन आउदैन !
     परिस्थिति कहिल्यै समस्या बन्दैन,
     समस्या त तब बन्छ,
     जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन !
परिस्थिती आफ्नो अनुकुल भएन भनेर
     गुनासो गर्नुको सट्टा आफूलाई मजबूत
     बनाउन तिर लाग्नु सबैभन्दा राम्रो हुन्छ,
     किनकी
     संसारको नियम नै यस्तो छ कि-
    “जब हावा चल्छ त्यस्ले बल्ल तल्ल बल्दै गरेको
     झुपडिको दियोलाई निभाइदिन्छ भने
     पहिल्यै सल्किसकेको जङ्गलको आगोलाई
     झनै दन्काइदिन्छ ।”
यदि सपना पूरा भैरहेको छैन भने
      बाटो बदल्नुस,सिद्धान्त होइन ,
      किनकी
      रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन…...
➽  Rosamond Xiang, South Korea
➽ ramesh335@daum.net

Thursday, August 3, 2017

सफल बन्ने सुत्र


कसरि सफल बन्न
सकिन्छ भन्ने केहि प्रेरणादायी कुराहरु पढौ !


↳  दुधलाई दुखी गर्नुभयो भने * दहि *बन्दछ 
↳  दहिलाई सताउदा *मख्खन *बन्दछ
↳  मख्खनलाई सताउदा *घ्यु *बन्दछ
↳  दुध भन्दा महंगो " दहि " छ ,
↳  दहि भन्दा महंगो *मख्खन*  छ ,
↳  मख्खन भन्दा महंगो " घ्यु "  छ
    तर यो चार वटै को रङ एउटै छ " सेतो "
   यसको अर्थ हो
   जो मान्छे ले बार-बार दुख र संकट
   आउदा पनि आफ्नो रङ बदल्दैन
   र हरेस खादैन ,
   दुनियामा उसैको नै मूल्य र महत्व हुन्छ


↳ *दुध* उपयोगी छ तर
    एकै दिन के लागि मात्र ,
    फेरि त्यो  *खराब* भएर जान्छ ..!!
↳ *दुध* मा एक बूंद *छाछ* हाल्नुभयो भने त्यो  *दही* बन्दछ
    जुन केवल दुई दिन अझै *टिक्छ * ..!!
↳ *दही* लाई  मंथन गर्दा  *मक्खन* बन्छ त्यो अझै तीन दिन टिक्छ ..!!
↳ *मक्खन* लाई उबालेर *घ्यु " बन्छ  *घ्यु* कहिल्यै खराब हुदैन .!!
↳  एक दिन मै बिग्रने  *दुध* मा
    कहिल्यै नबिग्रने खालको  *घ्यु " लुकेको छ...!!


↳  यसरी नै तपाइको  *मन* पनि अथाह  *शक्तिहरु " ले भरिएको छ,
    त्यसमा केही *सकारात्मक विचार* हरु हाल्नुस  आफुले आफुलाई " मुछ्नुस "
    अर्थात *चिंतन* गर्नुस ....
    आफ्नो  *जीवन* लाई अझै *तपाउनुस * डटेर  सामना गर्नुस
    अनि तब हेर्नुस
↳  तपाईं कहिल्यै हार नमान्ने खालको  सदाबहार व्यक्ति बन्नुहुनेछ ,
     तपाईं विजेता बन्नुहुनेछ , सफल बन्नुहुनेछ।
                                                                                                            

Ramesh Shrestha  हाल दक्षिण कोरिया 
E-mail : ramesh335@daum.net, abit335@gmail.com


Friday, June 2, 2017

कसरि महान् बन्ने ?

' रूखका हाँगाविँगाहरू
जति-जति आकाशमा फैलिएका हुन्छन् 
त्यति नै त्यसका जराहरू
जमिनमा पनि धसिएका हुन्छन् ।'

हामी मास्तिरका हाँगाहरू
त देख्छौ तर
जमिनमुनि धसिएका
जराहरू देख्दैनौ,
त्यही अदृश्य वस्तु नै
महान् बन्ने सूत्र हो ।
महापुरूषहरूको
सुत्र पनि त्यही हो ।

महान् बन्नेहरू एकैचोटि
माथि जान खोज्दैनन् ,
उनीहरू तलबाट खोज्न
सुरू गर्छन् ।
यसरी तल जाने क्षमता
राख्ने मनोवृत्तिले
उनीहरूलाई Automatically माथि उठाइदिन्छ ।
जो तल जान राजी छैन ,
ऊ माथि जाने भनेको त
कल्पनामात्रै हो ।

@ माइण्ड -पावर
डा. योगी विकाशानन्द