Showing posts with label Poem. Show all posts
Showing posts with label Poem. Show all posts

Wednesday, September 6, 2017

म बेश्यालय पुगेर आएँ बा !


बा ! तिमीले जे नगर भन्थ्यौ नि
आज त्यही गर्न पुगेछु
धन्यबाद छ साथी तँलाई
मलाई झुक्काएर भएपनी सराब पिलाईदिइस्

डोर्‍याउदै डोर्‍याउदै बेश्यालयमा पुर्‍याईदिइस्
सोचेंको थिएँ बेश्यालय बेश्याहरूको कम्पनी हो
तर
म पो गलत रहेछु
त्यहाँ त मैले कुनै बेश्याहरू देखिन
देखें त केवल
दिनभरी रक्सी खाएर स्वास्नी पिट्ने काकाकी श्रीमती
जो तिन सन्तानको लागी पैसा कमाउन बेच्दैछिन आफूलाई
उ मा........थि गाँउको साइला दाईको छोरीलाई नि देखें
जो पोहोर मात्र शहर पढ्न भनेर गएकी थिई
उनका आँखामा निर्दोषपन देखिएको थिएन
देखिएको थियो त
उन्मक्त जवानीका उन्माद र दर्जनौ बिलासी रहरहरू

पल्लो गाँउकी माईली दिदि नि त्यही रहेछिन्
सुटुक्क बोलाइन र भन्न थालिन बा उनले
रोगी सासुको औषधी किन्नु छ
हस्पिटलमा अर्धमृत अवस्थाका श्रीमान बचाउनु छ
नावालाक छोरा र छोरीलाई पढाउनु छ बोर्डिङमा
म बेश्या हैन भाई
तेरै माईली दिदि हुँ
मैले केवल आफुलाई बेचें तर हेर त कति जना बचाउदै छु।

मेरै कलेजको माथिल्लो क्लास पढ्ने दिदि नि त्यही रहेछिन्
उनका नयनमा चंचलता थिएन
देशको बिषम परिस्थीती देखिन्थ्यो
उनले नि बोलाइन र सोधिन्
साने तँ पनि आइस् यो नर्कमा हामीमाथी राज गर्न?

बा ! म बोल्न सकिन मौन रहें
दिदिले अंगालो हालिन् र रुन थालिन्
साने मेरो पढाईको कदर गरेन देशले
टुटाईदियो सपना र लुटाईदियो यो जिन्दगी
म बेश्या हैन सरीर बेच्ने ब्यापारी हुँ
पैसा कमाएर खुसी किन्न खोज्ने।

फर्किएर आउदा एक थान पीडा
निर्दोष मुहारका अतृप्त चाहना
आफ्नाहरुको बिलौना बोकेर फर्किएँ।

ए बा !
अब के गर्छौ मलाई ???
म बेश्यालय पुगेर आएँ।

 Writer : रमेश रसिक

Saturday, July 8, 2017

अर्को जुनीको विवाह


विवाह गर्न कुमार हुनुपर्छ
त्यसैले म कुमार भएर बस्छु
किनकी
आफ्नो हुन नसकेकी निष्ठुरीले
अर्को जुनी तिम्रै हुन्छु भनेकी छे ।

यो जुनीभर बिहे गर्दिन बुबा
आमाले नी आजै सुने हुन्छ
दाजुले नी किन ?
भनेर नसोध्नुहोला
दिदीले गुनासो नगरेनी हुन्छ
सानी बहिनी दाजुको रत्यौलीमा
कम्मर मर्काउला, दोहोरी फर्काउला भन्ने नसोचेनी हुन्छ ।


आमा ! नाति खेलाउने रहर नगर्नुहोस्
म एक्लै जीवन विताउनेछु
किनकी,
आफ्नो हुन नसकेकी निष्ठुरीले
अर्को जुनी तिम्रै हुन्छु भनेकी छे ।

साच्चै हो आमा,
नातिले पानी सारिदेला भन्ने
अलिकति पनि नसोच्नुहोला
अनि,
लठ्ठी लुकाएर हैरान पार्ला भन्ने सोच्दै नसोचे हुन्छ
अनि,
मलाई डाक्टर बनाउन नसकेनी
नातिलाई बनाईदिउला भन्ने
बुबाले विचार नगरे पनि हुन्छ
म एक्लै जीवन बिताउनेछु
किनकी,
आफ्नो हुन नसकेकी निष्ठुरीले
अर्को जुनी तिम्रै हुन्छु भनेकी छे ।


लमी ज्यूले कतै कुरा नचलाए पनि हुन्छ
फलानाको छोरा कुमारै छ
भनि कसैलाई नभन्नुहोला
अल्लारे ठिटो बहुलायो
भन्ने कुरा नसोचे पनि हुन्छ
मान्छे बहुलाएर नै विहे गर्छ
तर,
कुमार भएर बहुलाउदैन ।
नामर्द भन्छौ भने,
मेरो के लाग्छ र !
निष्ठुरीले पनि
नामर्द भनेर गई
तर,
नामर्द त समाजले
बनाउदो रहेछ ,
त्यसैले
पलपल मरेर एकपल जिउनेछु
किनकी,
आफ्नो हुन नसकेकी निष्ठुरीले
अर्को जुनी तिम्रै हुन्छु भनेकी छे ।

जोरीपारीले त तिघ्रै ठट्याएनी
रिसाउनेवाला छैन,
मादल ठोके ठोकुन् ,
अझ कटुवाल नै लाए त
झन् काइदा

एक्लै आँए एक्लै जान्छु
बीचमा को सहयात्री चाहिन्छ र ?
त्यसैले
एक्लो जीवन नै बिताउनेछु
किनकी,
आफ्नो हुन नसकेकी निष्ठुरीले
अर्को जुनी तिम्रै हुन्छु भनेकी छे ।।।




अर्को जुनी तिम्रै हुन्छु भनेकी छे ।। 

त्यसैले,
विवाह गर्न कुमार हुनुपर्छ
त्यसैले म कुमार भएर बस्छु
किनकी
आफ्नो हुन नसकेकी निष्ठुरीले
अर्को जुनी तिम्रै हुन्छु भनेकी छे ।।।




➽   By -  Ramesh Shrestha
➽   ramesh335@daum.net
➽   abit335@gmail.com

Thursday, June 29, 2017

अधुरो प्रेम

हो, तिमीले पत्याइनौँ होला
मेरो कुरा
पत्याउनु पनि कसरि !
त्यस्तो हावादारि
हुन नसक्ने कुरा !
तर
त्यो कुराले तिमीलाई प्रभाव
पारेको चै प्रष्टै हुन्छ ।
किनकी
त्यसपछिका रातहरूमा सधैँ
तिमीले रूदै फोन गर्थ्यौ
र भन्ने गर्थ्य़ौ -
''त्यसो नभन प्लीज '' ,
" होइन भन न त्यो कुरा "


मलाई त्यतिबेला चैँ माया गर्छौ जस्तो लाग्यो
तर त्यति 2-4 कुरा भन्दैमा
माया गर्छौ भन्ने प्रमाणित हुदैन यहाँ।
देख्नेहरुले त हामीलाई
कस्तो माया यिनिहरुमा
भने होलान्
तर मलाई
सोच्न बाध्य पार्यो आज,


के वास्तविकतामा
हामी दुईबीच माया थियो त?
एउटा प्रश्न उठेको छ
मेरो मनमा
जुन प्रश्नको जवाफ
मैले अहिलेसम्म पनि पाउन सकेको छैन
सायद,
त्यसैले होला अब तिमीलाई भुल्ने प्रयास गर्दैछु।





खै के भनौँ अब
हेरन यत्रो लामो समयको बोलचाल,
माया त नभनौँ
सायद
किनकि माया त मैले
कहिल्यै पनि देखिन
मैले पागलसरि
एकोहोरो माया गरिरहे तिमीलाई
सायद तिम्रो मायामा
पागल नै थिए होला
त्यसैले भुलेछु
एकतर्फि प्रेम कहिल्यै सफल हुन्न भनेर! 


ठिकै छ,
आखिर अब तिमीबिना
बाँच्नु नै
मेरो लागि उचित हुन्छ
जस्तो मलाई लाग्छ।
गाह्रो,त्यो आफ्नो ठाउँमा छ
तर मैले कोसिस गर्नुपर्छ।
किनभने
नत्र मेरो यो
एकतर्फि मायाले मलाई
जिउँदो लास बनाउने छ।





जब, मैले त्यो साँझ
तिम्रो अगाडि Serious Mood मा 
जे कहानी कहेँ
त्यो वास्तवमा
सब बनावटी नै थियो।

मैले तिमीलाई यस्तो कुरा किन गरेँ
आज बताउदै छु
यो फेसबुकको माध्यमद्वारा

यो सबै मैले भन्नुको
कारण,
म तिमीबाट टाढा हुन चाहन्छु ।
किनकी
मैले तिमीमा माया भेटिन।
अथवा तिम्रो माया पाउन सकिन ।
थोरै माया त भेटेँ तर स्वार्थी माया !

हो,
तिमीले स्वार्थ राख्यौ मायामा
माया त दोहोरो, स्वार्थरहित,
प्रेममयी हुनुपर्छ ।
तर यस्तो भएन।
एकोहोरो माया गरेर
म आफ्नो जीन्दगीलाई 
बर्बाद पार्न चाहन्न ।
त्यसैले
म तिमीबाट
टाढा-टाढा हुदैछु ।



किन तिमीलाई म भन्दैछु
आखिर यी सबै कुराहरु,
उफ् यो मेरो माया,
मलाई अझै नै धोकादिँदै छ।
यस्तै रहेछ जिन्दगी आखिर
तिमी र म
त्यही खोलाको दुई किनारा
एकले अर्कोलाई हेर्दै
माया जगाउँदै बस्ने
तर संगम नभएको



ठिकै छ
अब तिमीलाई म 
मेरो
जिन्दगीबाट निकाल्दै छु।
तिम्रो जिन्दगीमा त म
कहिल्यै थिइन होला ।
असहनीय बेदना लिई
आज
यो निर्णय गर्दैछु ।
सायद यो सबै
मेरो गल्ती र भ्रम भएपनि
म स्वीकार गर्न तयार छु ।



➽  Rosamond Xiang 
➽ South Korea
      ➽ ramesh335@daum.net



Monday, June 5, 2017

म्वाइँ






एउटा प्रश्न सोधुँ भन्न सक्नुहुन्छ ?
अहँ सक्नुहुन्न पक्कै ढाट्नुहुन्छ
छ कोही साहसी भने कि आट्नुहुन्छ ,
प्रश्न यस्तो छ -
तपाइले चाँहि बताउनुहोला जस्तो छ ।
"कोही हुनुहुन्छ, जीन्दगीमा
कहिल्यै म्वाइँ नखाएको ?"
अहँ , कोही छैन म्वाइँ
नखाइकन आएको



चुरोट नखाएका होलान् पत्याउँछु
जाँड नखाएका होलान्
पत्याउँछु पान,सुपारी,खैनी,
तमाखु,प्याज,गोलभेंडा या
माछामासु खा'छैन भन्दा
पनि पत्याउछु तर.....त.....र
भन्नै पर्छ र ?
म्वाइँ खा'छैन या म्वाइँ ख्वा
छैन भन्छ भने कसैले म
कहाँ पत्याउँछु ।


यो त हुदै हुदैन
सम्भव छदै छैन
म्वाइँ नखाएका त मान्छे नै हुदैन ।
रङ्ग छैन,गन्ध छैन,
स्वाद छैन
खै कति खाइयो त्यो पनि याद छैन
न निलिन्छ,न चपाइन्छ
भन्नोस् -तपाई नै म्वाइँ
कसरी खाइन्छ ?
न खान नपाउँदैमा मरिन्छ
न त खादैमा पेट टम्मै भरिन्छ
जति खाए पनि न अघाइन्छ
धेरै खाएर न मोटाइन्छ
खानै नपाउदा न दुब्लाइन्छ।


म्वाइँ खानलाई न दाँत नै
चाहिन्छ
बालबृद्ध सबैको लागि
उपलब्ध छ म्वाइँ
हरेक ठाँउ अनि हर
मौसममा पाइन्छ
पकाउने,उसिन्ने,तार्ने,पोल्ने
कुनै झञ्झट गर्नै पर्दैन
फास्टफुडको बाउ छ यो
आँखा झिमिक्क नपार्दै भ्याइन्छ
बत्ति नै नभए पनि भेट्टाइन्छ।



अब अर्को प्रश्न छ,सुन्नुहोस्
पहिला अब तपाई नै भन्नुहोस्
सबैले खाएको र सबैले
खुवाएको म्वाइँ 'शाकाहारी'
भोजन हो कि 'मांसाहारी'
हो त ?
ठ्याक्कै उत्तर मिलाउन सक्ने को छ ?




सोझै मासुसित सम्बन्धित छ
तर यो 'मांसाहार' त होइन
सोझै मासु त खाइदैन
तैपनि 'शाकाहार' त होइन
पहिलै यै जुठो हुन्थ्यो
अहिले रै मीठो भा'छ
टि.भी. हेर्नोस् कि सिनेमा
थुतुनो जुधा'छ जुधा'छ ।


च्यापै समातेर खैरैले
क्वाप्पै म्वाइँ खान्छन् ।
रिसाउनु त परै जावस्
"थ्याङ्क यु थ्याङ्क यु"
पो भन्छन् ।
अलि बेग्लै छ हाम्रो
यताको चलन त
म्वाइँ पनि फुकुवा र
लुकुवा पो छन् त
सानी नानीको म्वाइँ
जसले,जहाँ,जतिखेर
खाए पनि हुन्छ
ठूली नानीको म्वाइँलाई
भने लगन चाहिन्छ ।


सम्धी,सम्धिनी,सासू र
बुहारीको म्वाइँ
जेठि सासू,जेठाजू र
आमाजूको म्वाइँ जति राम्रो
भएपनि खान नहुने
ज्वाइँको पनि म्वाइँ
यी बाहेक अरु सबै म्वाइँ
भाग्यमा भए खाए हुन्छ ,
सबले रमाई रमाई ।