Showing posts with label EPS KOREA. Show all posts
Showing posts with label EPS KOREA. Show all posts

Tuesday, November 6, 2018

तिहारको मुखैमा कोरियामा दुखत खबर , कम्पनि दुर्घटनामा परि एक नेपालीको मृत्यु

सम्पूर्ण नेपालीहरुले हर्सौल्लासका साथ तिहार मनाइरहदा कोरियामा भने दुखत घटना घटेको छ l
कोरियाको छाल्लाबोक्दो यांजी स्थित एक प्लास्टिक कम्पनीमा कार्यरत एक नेपालीको कम्पनि दुर्घटनामा परि मृत्यु भएको छ l इपिएस मार्फत करिब २ बर्ष पहिला कोरियामा आएका पांचथरका राजेस तुम्बाफोको मंगलबार कार्यस्थल दुर्घटनामा परि मृत्यु भएको सियोल स्थित नेपाली दुतावासका श्रम कन्सुलर डिल्लीराम बास्तोलाले बताउनु भएको छ l

मृतक तुम्बाफो २ बर्ष देखि सोहि कम्पनीमा कार्यरत थिए l आज बिहान ८ बजेको समयमा काम गर्ने क्रममा मेसिनले च्यापिएर उक्त दुर्घटना भएको थियो l उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ l

घटना बारे नेपालका आफन्तलाई जानकारी दिने तयारि भैरहेको बास्तोलाले बताउनु भयो l मृतक तुम्बाफोका भाइ पनि कोरियामै कार्यरत छन् l

त्यसैगरी थप विवरण लिन हामीले मृतकका सहकर्मी लाइ सम्पर्क गर्दा उनले बिहान काम सुरु हुनै लाग्दा यस्तो दुखत घटना घटेको बताए l घटनाको विवरण दिन आफु अहिले प्रहरी चौकीमा रहेको समेत बताए l
पछिल्लो समय कोरियामा दुर्घटनामा तथा अन्य कारणले मृत्यु हुनेको संख्या बढ्दो छ l केहि दीन पहिला दोलखाका आङकामि सेर्पाको हृदयघातका कारण अस्पतालमा मृत्यु भएको थियो l

Hellonepalkorea बाट

Monday, August 6, 2018

नेपाली कामदारले आफन्तलाई कोरियामै भेट्न पाउने, सकियो तयारी

रविन्द्र घिमिरे २१ साउन, काठमाडौं । नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान दिने व्यवस्था गर्न कोरिया सहमत भएको छ । श्रम तथा रोजगरमन्त्री गोकर्ण बिष्टले यसअघिको भेटमा कोरियन राजदूत पार्क योंगसिकलाई कामदारको सम्झौता अवधिभित्र कोरियामै आफ्ना परिवारका सदस्यलाई भेट्ने अवसर मिलाइदिन प्रस्ताव गरेका थिए ।

सोमबार भएको भेटवार्तामा राजदूत पार्क योंग सिकले यो व्यवस्था लागु गर्न तयारी भईसकेको जानकारी दिएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ । उनले कामदारको आफन्तलाई कोरियामा भेटघाट गर्न जाने अवसर मिलाइ सकिएको र केहि कामदारका आफन्तहरुले भेटघाट गरेर आईसकेको बताएको श्रम मन्त्रालयका सहसिचव प्रकाश दाहालले जानकारी दिए । कोरियाले यो योजनाको अाैपचारिक घोषाणा केही समयभित्रै गर्नेछ ।

कोरिया पुगेका केही कामदारमा डिप्रेशनको समस्या देखिएको छ । मानसिक रुपमा उब्जिएका समाधान गर्न पनि यसले भूमिका खेल्ने विश्वास सहित सरकारले यस्तो प्रस्ताव गरेको थियो ।यसअघिकै भेटमा कोरियन राजदूतले सकारत्मक जवाफ दिँदै आफ्नो सरकारसँग पहल गर्ने बताएका थिए । सोमबारको भेटमा राजदूत योंगसिकले कोरियाले आफन्तलाई निश्चित समयका लागि कोरिया लैजान पाउने व्यवस्था गरिएको जानकारी दिएका छन् ।

कोरिया पुगेका कामदारले निश्चित अवधिका लागि परिवारका सदस्यलाई त्यहाँ लैजान पाएमा त्यसले मनोवैज्ञानिक रुपमा पनि निकै उत्साह थप्ने विश्वास सरकारको छ ।लगातार काम गर्नुपर्ने ४ वर्ष १० महिनाको बीचमा कम्तिमा एकपटक कामदारको परिवार त्यहाँ जान पाएपछि आत्महत्या लगायतका समस्यमा कमी आउने दावी ईपीएस अधिकारीहरुको छ ।कामदार र उनीहरुका परिवारलाई पनि कोरियाली रोजगारीप्रति थप गौरव अनुभुति हुने परिवारसँग विदेशमै बिताइने समयले कामदारको मनोबल पनि बढ्ने विश्वास सरकारलाई छ ।

भेटमा दुई देश वीचको सौहार्द सम्बन्ध र आपसी हितका विषयमा पनि छलफल भएको छ । मन्त्री बिष्टले नेपाली युवाहरुको लागि दक्षिण कोरिया आकर्षक रोजगारीको क्षेत्र रहेकाले कामदारहरुको संख्या थप गर्न कोरियन सरकारलाई आग्रह गरे ।उनले कोरियामा जाने कामदारलाई त्यहाको आवश्यता अनुसार भाषा, सीपको विकास गर्न सरोकारवाला मन्त्रालयहरुवीच समन्वय गरेर जाने प्रतिवद्धता व्यक्त गरे ।संघीय सरकारको मातहतमा रहने गरि स्थापना हुन लागेको तीनवटा प्रतिष्ठान स्तरका सीप विकास केन्द्रहरुको पूर्वाधार निर्माणमा कोरिया सरकारको सहयोगको अपेक्षा समेत व्यक्त गरे ।

राजदूतले नेपाली कामदार इमान्दार र मिहेनती भएकोले कामदारको संख्या थप गर्ने साथै सेवा क्षेत्रमा समेत कामदार लैजाने प्रक्रियामा सहयोग गर्ने कुरा व्यक्त गरेका छन् ।उनले प्रतिष्ठान स्तरका सीप विकास केन्द्रहरुको पूर्वाधार निर्माणमा कोरिया सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।वैंकिङ माध्यमबाट विप्रेषणलाई स्वदेशमा ल्याउने प्रतिस्पर्धाको माध्यमबाट सुलभ दरमा कामदारहरुलाई हवाई सेवा प्रदान गर्ने विषयमा पनि छलफल भएको मनत्रालयका सहसचिव सह-सचिव प्रकाश दाहालले जानकारी दिए ।

Source: online khabar

Tuesday, July 24, 2018

कस्तो छ कोरिया ? अप्ठ्यारो परे कहाँ सम्पर्क गर्ने ?


रोजगारीका लागि कोरिया जान कोरियन भाषा जान्न जरुरी छ । त्यसैले नेपाल सरकारले लिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गर्नेले मात्रै कोरियामा रोजगारी पाउँछन् । भाषासँगै सिप पनि सिक्न जरुरी छ । भाषा परीक्षा र सिप वापत एचआरडी कोरियाले तोकेको न्यूनतम शुल्क तिनुपर्छ ।
रोजगारीका लागि कोरिया पुगे पछि युवाले चार वर्ष १० महिना काम गर्न पाउँछन् । भाषा परीक्षा पास गर्ने सबै युवा कोरिया जान पाउँदैनन । किनभने भाषा परीक्षामा कोरियाले माग गरेको कामदारको संख्या भन्दा निक्कै बढी पास हुन्छन ।

दक्षिण कोरियामा नेपालको दूतावास राजधानी सोलमा छ ।
कुनै समस्या परेमा सोलस्थित नेपाली दूतावासमा सम्पर्क गरे सल्लाह र सहयोग पाइन्छ ।
37-24, Sungbuk-dong, Sungbuk-gu, Seoul
Tel. No. 0082 (02) 37899770/1
Fax No. 0082 (02) 7368848
Email: seoul@mofa.gov.np ,
nepembseoul@yahoo.com
Website: nepembseoul.gov.np,www.nepembseoul.or.kr

आप्रवासी कामदार सहयोगका लागि कोरियामा माइग्रेन्ट वर्कस सेन्टरले वहुभाषिक परामर्श समर्थन सेवा सञ्चालन गर्दै आइरहेको छ । आप्रवासी कामदारलाई भाषा र संवाद सम्बन्धी अप्ठयारो परेमा आप्रवासी सहायता नम्वर १६४४–०६४४ मा सम्पर्क गरी नेपाली भाषाको लागि १२ थिचेर आफ्ना समस्या राख्न सकिन्छ ।

न्यूनतम तलव ज्याला नदिएमा वा ढिला गरेमा, आप्रवासन र प्रवास सम्बन्धी समस्या परेमा, रोजगार परमिट प्रणाली विषयमा, औद्योगिक दुर्घटना भएमा, अन्तर्राष्ट्रिय विषयमा, मृत्यु र कर्मकाण्ड, ठगी, आक्रमण, नागरिक मुद्दा साथै अन्य समस्या राख्न सकिन्छ ।

सेवा फिर्ता कल – सेवा कल फिर्ताको लागि आफ्नो फोन नम्बर छोड्न नभुल्नुहोला
फोन गर्ने समयावधि
सोमवार – शुक्रवार बिहान ९:०० – बेलुका ६:००
आइतवार दिउसो १:०० – बेलुका ७:००
लन्च समय दिउसो १२:०० –१:०० बजे सम्म
शनिवार र आधिकारिक बिदाहरुको दिन केन्द्र बन्द रहनेछ ।

Source:–कोरिया नेपाल अनलाइन खबर

Monday, July 16, 2018

कोरियाको समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु, समुन्द्रमा जादाँ सचेत हुन दुतावासको सुझाव..

दक्षिण कोरियाको थेजन समून्द्रमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली युवाको मृत्यु भएको छ । पर्वत लेकफाँटका २६ वर्षीय दुर्गा बहादुर जि.सीको समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । शनिवार थेजनमा जारी मड फेस्टीभल हेर्न गएको जि.सी समुन्द्रमा पौडी खेल्दै गर्दा आएको छालले डुबाउदाँ मृत्यु भएको राजधानी सउलस्थित नेपाली दुतावासका श्रम सहचारी डिल्लीराम बास्तोलाले जानकारी दिनु भएको छ । शनिवार अपरान्ह् एक बजे कम्पनीका साथीसँगै मृतक जि.सी समुन्द्रमा गएका थिए । तीन जना साथीहरु खाजा खान गएको बेला उनी एक्लै समून्द्रमा पौडी खेल्न गएका थिए । खाजा खाएर फर्केका साथीले खोज्दा उनी नभेटेपछि साथीहरुले आफुहरु कम्पनीमा फर्केको जानकारी मृतक जि.सीले समुन्द्रको किनारामा राखेको कपडासँगै राखेर दिएका थिए ।

जि.सी समुन्द्रमा डुबेको त्यहि पौडी खेलिरहेका कोरियनले भेटेपछि उद्धार गरेका थिए । समुन्द्रको किनारमा ल्याएर पेटमा च्याँपेर पानी फाल्ने लगायतका प्राथमिक उपचार ती उद्धारकर्ताले गरेका थिए । पानी फाल्दा पनि होशमा नआएपछि तत्कालै ११९मा फोन गरेर जि.सीलाई अस्पतालमा पु¥याइएको थियो । तर अस्पताल पु¥याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले इन्छन विमानस्थलमा लगाउने औलाको छापको आधारमा पहिचान गरी कम्पनी र दुतावासमा सम्पर्क गरेको श्रम सहचारी वास्तोलाले जानकारी दिनु भएको छ ।

मृतक जि.सी इपिएस मार्फत रोजगारीका लागि दुइ वर्ष अघि कोरिया आएका थिए । मादक पदार्थ सेवन समेत नगर्ने जि.सीका परिवार अहिले भारतमा रहेका छन् । अविवाहित समेत रहेका मृतक जि.सीको शव अहिले पोष्टमार्टम गरेर अस्पतालमा राखिएको छ भने भारतका रहेका परिवारलाई जानकारी दिइसकेको र प्रक्रिया पुरा भएपछि चाँडै नै नेपाल पठाउने तयारी भइरहेको दुतावासले जनाएको छ ।

यसैबीच नेपाली दुतवासका महामहिम राजदूत अर्जुन जंगबहादुर सिंह, श्रम सहचारी वास्तोला, गैर आवासिय नेपाली संघ एनआरएन कोरियाका अध्यक्ष लक्ष्मी गुरुङ, चितवन सम्पर्क समिति र जनसम्पर्क समिति कोरियाका पुर्व अध्यक्ष गिरीराज कुँवर, पर्वत समाजका प्रतिनिधीको टोलीले जि.सी कार्यरत कम्पनी र अस्पतालमा पुगेर शवको निरिक्षण र कम्पनीका मालिकसँग राहतका विषयमा छलफल गरेको छ ।

यसैगरी दुतावासका श्रम सहचारी बास्तोलाले गर्मी विदा तथा साप्ताहिक विदामा समुन्द्रमा घुम्न जादाँ र पौडी खेल्दा सावधान अपनाउन आग्रह गर्नु भएको छ । कोरियन प्रहरीले पनि समुन्द्रमा एक्लै पौडी खेल्न नजान, सामूहिक रुपमा गएपनि साथीहरुको हेरचाह र ख्याल गर्न सुझाव दिएको बास्तोलाले बताउनु भएको छ । पौडी खेल्न जाँदा सुरक्षाको उपाय अपनाउन अर्थात लाइफ ज्याकेट प्रयोग गर्न सुझवा पनि दिइएको छ ।

कोरियामा पछिल्ला दुइ सातामा विभिन्न कारणले पाँच नेपालीले ज्यान गुमाइसकेका छन् । इपिएस मार्फत रोजगारीका लागि आउने क्रम बढेसँगै दुर्घटना, आत्महत्या लगायत विभिन्न कारणले मृत्यु हुने क्रम बढेको छ । केहि दिन अघि चितवनका ढाकाराम भुजेलले कम्पनीको गोदाममा झुण्डीएर आत्महत्या गरेका थिए भने सवारी दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ ।

source: hello nepal korea dot com

कोरियामा न्यूनतम ज्याला १०.९ प्रतिशतले बढ्यो

सउल- दक्षिण कोरियाले सन् २०१९ का लागि १०.९ प्रतिशतले न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । बढेको ज्याला सन् २०१९ जनवरीदेखि डिसेम्बरसम्म लागू हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
न्यूनतम पारिश्रमिक वृद्धिभएसँगै ईपीएसमार्फत कार्यरत आप्रवासी र तल्लो लेबलका मुलबासी करिब ३१ लाखभन्दा बढी कामदारहरू लाभान्वित हुनेछन् । जसमा ईपीएस्मार्फत आउने १७ मुलुकका कामदार पनि उत्साहित छन् ।

जुलाई १४ शनिबार विहान लगातार १९ घण्टासम्म सरकार, मजदुर संगठन र व्यवसायी प्रतिनिधिबीच भएको छलफलमा उक्त निर्णय भएको हो । ज्याला अगष्ट ५ मा संसदबाट पारित हुनेछ । नयाँ पारिश्रमिक अनुसार प्रतिघण्टा ८ हजार ३५० वन (७.३७ डलर) हुनेछ । यसवर्ष प्रतिघण्टा ७ हजार ५३० वन छ । कोरियाका राष्टपति मुन जे इनले सन् २०२० सम्म मजदुरको ज्याला १० हजार वन प्रतिघण्टा पु-याउने प्रतिवद्धता गरेका थिए ।
हप्तामा ४० घण्टा (मासिक २०९ घण्टा) काम गर्ने कामदारले यसवर्षको न्यूनतम मासिक १५ लाख ७३ हजार ७७० वनबाट १ लाख ७१ हजार ५ सय ४० वन बढेर १७ लाख ४५ हजार ३१० वन पाउने छन् । जसको नेपाली रूपैयाँ १ लाख ६९ हजार ३३१ हुनेछ । (नेपाली १ रूपैयाँ बराबर कोरियन वन १०.३१ वन हुन्छ) अघिल्लो वर्ष यसवर्षका लागि १६.४ प्रतिशत वृद्धि भएको थियो । ज्याला वृद्धिले कोरियामा कार्यरत नेपालीहरू उत्साहित भएका छन् ।

ज्याला निर्धारणका लागि सरकारका ९, मजदुर संगठनका ९ र उद्योग संचालकका ९ गरी २७ प्रतिनिधिबीच लामो समय छलफल भएको थियो । देशको आर्थिक वृद्धि, मूल्यवृद्धि र ज्यालावृद्धिलगायतका विभिन्न सुचकांकको आधारमा न्यूनतम ज्याला वृद्धि गरिएको हो । ज्याला निर्धारण समितिका अनुसार हरेक वर्ष ज्याला वृद्धि गर्ने सरकारको उद्धेश्य अनुसार ज्याला तय गरिएको हो ।

यद्यपि, श्रमिकको हक अधिकारमा कृयाशील टे«ड युनियनहरूले मन्त्रालयले बढाएको ज्यालामा सन्तुष्ट नभएको बताएका छन् । उनीहरूले अहिलेको ज्याला १० हजार वन हुनुपर्ने माग राख्दै आएका छन् । “दैनिक बढ्दो मूल्यवृद्धि र गुणस्तरीय जीवनका लागि अहिले बढाइएको ज्याला ज्यादै न्यून हो,” कोरियन कन्फेडेरेसन अफ टे«ड युनियन प्रतिनिधिले भने ।

एसियाका १७ देशका यूवाहरूको आकर्षक रोजगारी स्थल बन्दै गएको कोरियमा प्रत्येक बर्षको तलब बृद्धिले नेपाली श्रमिकहरू उत्साहित बनेका छन् । यधपि, कतिपय साना तथा घरेलु उद्योगहरूमा कार्यरत आप्रवाशी कामदारहरूले भने न्यूनतम ज्याला पनि नपाउने गरेको बताएका छन् ।

कृषि तथा पशुपालन भिषावाहकका लागि लागि कामादार र संचालकबीच आपसी समझदारीमा ज्याला तय हुने जनाइएको छ । कोरियाले सन् १९८८ देखि ज्याला निर्धारण समितिमार्फत प्रत्येक वर्ष न्यूनतम ज्याला निर्धारण गर्दै आएको छ । जुन बेलाको न्यूनतम ज्याला ४ सय ६२ वन थियो । सरकारले सन् २००९ मा ६.१, २०१० मा २.७५, २०११ मा ५.१, २०१२ मा ६.०, २०१३ मा ६.१, २०१४ मा ७.२, २०१५ मा ७.१, २०१६ मा ८.१, २०१७ का लागि ७.३ र २०१८ का लागि १६.४ प्रतिशतले ज्याला बढाएको थियो ।

Source : Karobardailly

Thursday, July 12, 2018

कोरियामा स्कुटर दुर्घटनामा परि एक नेपालीको निधन

हेनेको सम्वाद्दाता
दक्षिण कोरियामा स्कूटर दुर्घटनामा परि एक नेपालीको निधन भएको छ । २५ वर्षिय मोरङ सुनवर्शी नगरपालिका (अमरदह) निवासी सन्तोष बिष्टको स्कूटर दुर्घटनामा परि निधन भएको हो ।


हिजो बेलुका छन्जु सी मा बेलुका कोरियन समय अनुसार ७ बजेर ३० मिनेट जादा काम सकेर घर फर्कने क्रममा पछाडि बाट आएको कारले स्कुटरमा ठक्कर दिदा दुर्घटना भएको थियो ।

मृतक विष्ट एक वर्ष अघि दुवइबाट पर्यटक भिषामा आई कोरियामा शरणार्थी भिषा बनाएर कार्यरत रहेको बुझिएको छ । उनि आराबाइट (पार्ट टाइम काम) गर्दै आइरहेका थिए । मृतकको घर परिवार र कोरिया स्थित नेपाली दुतवासमा दुर्घटनाका बारे जानकारी गराइएको छल्लाबक्दो समाजका अध्यक्ष लिलामणी काफ्लेले बताउनुभयो ।

Source:-hellonepalkorea.com

कोरिया रोजगारी : १०७ नेपालीले ज्यान गुमाए

हेनेको सम्वाद्दाता –
रोजगारीका लागि कोरिया पुग्ने नेपालीमध्ये प्रत्येक वर्ष नौ जनाले ज्यान गुमाउने गरेको देखिएको छ । पछिल्लो एक दशकमा ८८ जनाको मृत्यु भएको र १९ जनाले आत्महत्या गरेको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले जनाएको छ ।

ईपीएस शाखामा अनुसार सन् २०१८ को जुन महिनासम्ममा मात्रै रोजगारीका लागि कोरिया पुगेका ६ कामदारले ज्यान गुमाइसकेका छन्, जसमा एक जना कामदारले आत्महत्या गरेको शाखाको रिर्पोटमा उल्लेख छ । एक जनाको स्वाभाविक मृत्यु भएको थियो भने दुई जनाको सुतेको अवस्थामा र दुई जनाको कार्यस्थल दुर्घटनामा परी ज्यान गएको ईपीएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले बताए।

नेपाल र कोरिया सरकारकार बीच सन् २००७ मा भएको दुई पक्षीय श्रम सम्झौतापछि सन् २००८ देखि ईपीएस भाषा परीक्षा पास गरेर नेपाली कोरियाको रोजगारीमा जाने थालेका हुन् ।

यसअघि सन् १९८० देखि नेपालबाट रोजगारी र विभिन्न व्यक्तिगत कामका लागि नेपाली कोरिया जाने गरेका थिए । दश वर्षकै अवधिमा नेपालबाट ६० हजारभन्दा बढी युवा रोजगारीको सिलसिलामा कोरिया पुगिसकेका छन् ।

दश वर्षकै अवधिमा कोरियामा १९ जना नेपालीले आत्महत्या गरिसकेका छन् । यसैगरी सुतेकै अवस्थामा मृत्यु हुनेको संख्या १५, कार्यस्थल दुर्घटनामा परी मृत्यु हुनेको संख्या भने १२ रहेको शाखाले जनाएको छ । यसबाहेकको मृत्यु भने स्वभाविक, हत्या, सडक दुर्घटना र कारण नखुलेको रहेको छ ।

शाखाका अनुसार सन् २०१७ मा सबैभन्दा बढी २२ जनाले ज्यान गुमाएका थिए, जसमा ८ जना आत्महत्या, पाँच जना सुतेको अवस्थामा र पाँच जनाले कार्यस्थल दुर्घटनामा ज्यान गएको हो।

यसैगरी २०१६ मा ११, २०१५ मा १५, २०१४ मा तीन, २०१३ मा १३, र २०१२ मा ७ जनाको ज्यान गएको ईपीएस शाखाले जनाएको छ । त्यसभन्दा अघि सन् २००८ देखि २०११ सम्म चार वर्षको अवधिमा ज्यान गुमाउनेको संख्या ११ रहेको थियो ।

शाखाको रिपोर्टअनुसार आत्महत्या गर्नेको संख्या सन् २०१७ मा आठ, २०१६ मा तीन, सन् २०१५ मा एक, २०१३ मा दुई र २०१२ मा चार रहेको छ । सन् २००८ देखि २०११ को अवधिमा भने नेपाली कामदारले आत्महत्या गरेका थिएनन् ।

कोरियाबाट फर्कने नेपालीहरूको संस्था ‘अंकुर’ले कोरियामा ज्यान गुमाउनेहरूमध्ये ३० प्रतिशत कामदारको सुतेकै अवस्थामा मृत्यु भएको जनाएको छ । अंकुरको रिपोर्टअनुसार मृत्यु हुनेमध्ये २८ प्रतिशतले आत्महत्या गरेका छन् ।

यसैगरी औद्योगिक दुर्घटनामा १६ प्रतिशत, सडक दुर्घटनामा ८ प्रतिशत र बिरामी भई मृत्यु हुनेमा १५ प्रतिशत रहेको उक्त रिर्पोटमा उल्लेख छ ।किन आत्महत्या ?

कामको बोझले मानसिक तनाव उत्पन्न हुँदा आत्महत्या गर्नेको संख्या बढेको शाखाको प्रवक्ता भण्डारीले बताए । ‘लाखौं आम्दानी गर्ने सोचमा कोरिया पुगे पनि भने जति आम्दानी नहुँदा निराश भएर आत्महत्या गर्ने घटना बढेको छ’, उनले भने, ‘कतिपय अवस्थामा पारिवारिक तनावका कारण पनि आत्महत्या गरेको पाइएको छ ।’

नेपालमा काम गर्ने बानी नभएका तर कोरिया पुगेर अति संवेदनशील र कठिन क्षेत्रमा काम गर्नुपर्दा आत्महत्या गर्नेको संख्या बढेको उनले दाबी गरे ।

भाषा, संस्कृति तथा खानपान आफू सुहाउँदो नहुँदा, सहकर्मी र रोजगारदाताबाट दुव्र्यवहार हुँदा पनि कामदारले आत्महत्या गरेको हुन सक्ने भण्डारीको भनाइ छ । अंकुरको अध्ययनले चाहिँ विगतको शारीरिक तथा मानसिक रोग बल्झिँदा आत्महत्या गर्ने गरेको देखाएको छ ।

यसबाहेक महारोग लागेको शंका, घरपरिवारले रकमको दुरूपयोग गरेको अवस्था, काम गर्न नसक्दा, नेपाल फर्कन नपाउँदा र कमजोर शारीरिक विचलनका कारण पनि आत्महत्या बढेको शाखाको भनाइ छ ।अत्यधिक मदिरा सेवन गर्दा, नियमित स्वास्थ्य परीक्षण नगर्दा, व्यायामको अभाव हुँदा, अत्यधिक चिसोबाट एक्कासि तातो तथा तातोबाट चिसोमा बस्दा सुतेकैै अवस्थामा मृत्यु हुने गरेको अध्ययनले देखाएको छ ।

आत्महत्याका घटना न्यून गर्न मनोसामाजिक चिकित्सकको नेपाली टोली परामर्शका लागि कोरिया पठाउन सरकारले तयारी गरेको ईपीएस कोरिया शाखाले जनाएको छ ।

भाषा परीक्षाको भरमा गएर मेसिन चलाउने काममा संलग्न हुँदा कामदारको कार्यस्थलमै मृत्यु हुने गरेको कोरियाको रोजगारीबाट फर्किएका गोरखाका विदुर ढकाल बताउँछ्न । १० वर्ष कोरिया बसेका ढकालले कोरियामा बढ्दो मृत्युको घटना न्यूनीकरण गर्न नेपाल तथा कोरिया सरकार र सम्बन्धित परिवार पनि ध्यान दिनुपर्ने सुझाव दिन्छन् ।

यसैबीच नेपालले ईपीएस परीक्षा प्रणालीमा सुधार गर्ने तयारी गरेको छ । शाखाले सन् २०२० देखि रोजगारीका लागि कोरिया जाने कामदारले सिप परीक्षा पनि पास गर्नु पर्ने गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो ।
अन्नपूर्ण पोष्ट

Friday, July 6, 2018

CBT को Result


सन् २०१८ को प्रथम अर्ध  बार्षिक  बिशेष कोरियन भाषा (First Half
Special EPS-TOPIK-2018, CBT) को परिक्षामा उतिर्ण हुनेहरुको नामावली  निम्न  अनुसार छन् :

Click the Link : ⇓⇓
 ➤ https://drive.google.com/file/d/1yWa3PqQv8_CGYzKKLXCG_63OZkVJU85k/view?usp=sharing

Sunday, July 1, 2018

कोरियाको कम्पनीहरुमा हप्तामा १२ घण्टा मात्र Over time गर्न पाउने नियम लागू July 1 बाट भिडियो सहित

३०० भन्दा बढि कामदार भएका कम्पनीहरुमा July 1 बाट हप्तामा १२ घण्टा मात्र Over time गर्न पाउने नियम लागू भएकाे छ।

Video : Arirang News

हुण्डीको जरो उखेल्दै कोरिया सरकार,भिषा थप्न ‘ट्रान्जेक्सन’ देखाउनु पर्ने


रंजन कुवँर /सौल।
कोरिया सरकारले हुण्डी कारोबारलाई निरूसाहित गर्न कडा निति अघि सारेको छ। कोरिया सरकारले सन् २०१९ देखि भिषा थप्न बैधानिक ढंगले रकम पठाएको ‘रेमिट्यान्स विवरण’ पेश गर्नुपर्ने बाध्यकारी निती ल्याएको हो।

यो हुण्डीको जरो उखेल्ने सरकारको नितिको पछिल्लो कदम भएको बताईएको छ। अब यो जुलाई महिना देखि बैंक वा रेमिट कम्पनीबाट पठाएको रकमको विवरण संलग्न गरे मात्र २०१९ देखि भिषा थप्न सकिने छ।

यो नियम ई-९,एच -२,ई-७,ई-१० लगायत अन्य भिषा बाहकलाई बाहकलाई लागु हुनेछ।

यस्तो छ कोरियाली मिडियामा प्रकाशित समाचार

http://cm.asiae.co.kr/view.htm?no=2018061111015586660

Source :-Nayadainiki

Friday, June 29, 2018

नवौ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक,७ हजार ९९६ उत्तीर्ण (सम्पूर्ण नामावली सहित)


असार १५ , नवौ कोरियन भाषा परीक्षाको नतिजा आज प्रकाशित भएको छ । परीक्षामा ७  हजार ९९६ उत्तीर्ण भएका छन । कोरियन भाषा परीक्षाका लागि करिब ८० हजार युवाले आवेदन दिएका थिए।


यहा Click गरेर आफ्नो नतिजा हेर्न सक्नुहुन्छ

Sunday, June 3, 2018

कोरियन भाषाको परीक्षा केन्द्र तोकियो (सूचीसहित)

वैदेशिक रोजगार इपिएस कोरिया शाखाले कोरियन भाषाको परीक्षा केन्द्र तोकेको छ।जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि केन्द्र तोकिएको शाखाले जनाएको छ।
परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको शाखाले जानकारी दिएको छ। परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ।
पहिलो सिफ्ट अन्तर्गत गत बिहान ८ बजेदेखि १० सम्म र दोस्रो १२ देखि ४ बजेसम्म सञ्चालन हुने शाखाले गरेको विज्ञापनमा उल्लेख गरिएको छ। कोरियन भाषा परीक्षाका लागि करिब ८० हजार युवाले आवेदन दिएका छन्। कोरिया नेपालका लागि उद्योग र कृषिमा गरी १० हजार ५ सय कामदारको कोटा छुटाइसकेको छ । १८ बर्षदेखि ३९ बर्ष उमेर नकाटेका युवा परिक्षामा सामेल हुनसक्ने प्रावधान छ ।

Tuesday, March 20, 2018

कोरियामा रहेका नेपालीबाट उठाएको १५ करोड : एकले डुबायो, अर्कोमा ‘जोखिम’ कायमै !


कोरियामा रहेका नेपालीबाट उठाएको १५ करोड : एकले डुबायो, अर्कोमा ‘जोखिम’ कायमै !
सञ्चालक भन्छन्– ढुक्क हुनुहोस् आयोजना बन्छ 

काठमाडौं–आयोजना सञ्चालकले भनेअनुसार कार्य भएको भए स्याङ्जाका नेत्र पौडेलले सानो मिल्ती खोला हाइड्रोका लागि गरेको लगानीले यतिबेला प्रतिफल दिने थियो । ०७२ को पहिलो महिना पौडेलले आयोजनाका लागि दुई लाख लगानी गरी संस्थापक सेयर होल्डर बनेका थिए । लगानीको रकमबाट वार्षिक ६० प्रतिशतका दरले २५ वर्षसम्म मुनाफा प्राप्त हुने अभिलाषा उनले लगानी गरेका थिए । पौडेलले दुःखको कमाइले लाभांश प्राप्त हुने आशाले लगानी गरेको बताए । उनले भने– ‘अब आयोजना बन्ला भन्ने आशा मरिसक्यो । लगानी गरेको रकम फिर्ता गर्ने प्रक्रिया बुझ्दैछु ।’ पौडेल एनआरएन कोरिया च्याप्टरका वर्तमान कार्यवाहक महासचिव पनि हुन् । योजनाका लागि कोरियामा रहेका नेपाली युवाहरूले एक लाखदेखि १० लाखसम्म लगानी गरेका थिए । संस्थापक सेयरधनी बनेका दाङ्का यज्ञमूर्ति पोखरेल पनि उक्त हाइड्रोमा गरेको लगानीबाट पछुताएको बताए । सञ्चालकहरूले व्यक्त गरेको दीर्घकालीन प्रतिफलको वचनबाट प्रभावित भएर उनले दुई लाख लगानी गरेका थिए । पोखरेलले लगानी जोखिममा पर्ने हो कि भन्ने चिन्ता बढेको बताए । तुलनात्मक रूपमा धेरै रकम लगानी गर्नेको चिन्ता पनि बढी हुनु स्वभाविक हो । रामेछाप नामाडीका रमेश खड्काले कोरियापछिको दैनिकीमा प्राप्त लाभांशले ठूलो राहत हुने अपेक्षाले ठूलै रकम अर्थात् १० लाख लगानी गरेका थिए । वार्षिक लाभांश प्राप्त हुने समयमा आयोजना बन्ने, नबन्ने चिन्ताले उनीलाई पिरोलिरहेको छ ।
पौडेल, पोखरेल र खड्का जस्तै धेरै युवाले गरेको लगानी ‘जोखिममा’ परेको छ भने आयोजना निर्माण अवधि अनिश्चित छ ।
आयोजना सम्पन्न भए पनि लागत बढ्ने र प्रतिफल घट्ने देखिएको छ ।

एकले डुबायो, अर्कोमा ‘जोखिम’ कायमै

रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक– दक्षिण कोरिया । मासिक डेढ लाख रुपियाँभन्दा बढी पारिश्रमिक प्राप्त गर्ने कामदारको सङ्ख्या उल्लेख्य छ । श्रमिकहरूको पसिनामा प्रतिफलको आशा देखाई उनीहरूको लगानीलाई ‘जोखिममा पारिदिने’ आयोजना सञ्चालकहरूको सङ्ख्या भने कोरियामा बढेको छ । वि.सं. २०७१ अघि संस्थागत रूपमा एउटै आयोजनाका लागि ठूलो रकम कोरियाबाट उठेको थिएन ।
०७१ को वैशाखमा प्रतिफलको गुलियो आश्वासन लिएर नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशी कोरिया पुगे ।
काठमाडौँ हेटौँडा सुरुङ मार्गमा लगानी जुटाउन भन्दै जोशीले कोरियाका सहरमा गोष्ठी गरे । जोशीको आश्वासनमा कामदारहरूले विश्वास गरे ।
राष्ट्रिय गौरवको आयोजनामा लगानीसहित प्रतिफलको आशा राख्नु स्वभाविक थियो । दुई वर्षमा आयोजना सम्पन्न हुने अभिलाषामा युवाहरूले आवेदन फर्म भरे । जोशी अध्यक्ष रहेको नेपाल पूर्वाधार विकास कम्पनीले गति लिन सकेन । सञ्चालक समितिमा विवाद भयो ।
उनी पछि तीनजना अध्यक्ष फेरिएसँगै कामदारहरूको आशा पनि फेरिनुपर्ने अवस्था आयो । सुरुङ मार्गका लागि कोरियाबाट दुई करोड ८३ लाख लगानी जुटेको थियो । काम नगरी लाइसेन्स् मात्रै हडपेको नेपाल पूर्वाधार विकास कम्पनीलाई सरकारले नवीकरण वा खारेज गर्ने निक्र्यौल गर्न सकेको छैन । सुरुङमार्गबाट भविष्यमा आयस्रोतको आशा गर्ने युवाहरूको इच्छा त तुहियो नै, लगानीबापतको रकम फिर्ता पाउने सम्भावना पनि छैन । कम्पनीले सङ्कलन गरेको रकम प्रशासनिक खर्चमा सकेको छ ।सुरुङ मार्ग निर्माण कार्य अनिश्चित बनेको छ । शून्य विन्दुबाट माथि उक्लन नसकेको कम्पनीबाट पीडितहरूको सङ्ख्या धेरै थियो ।

दुःख गरिरहेका श्रमिकहरूलाई अझ आर्कषक प्रतिफलको आशा देखाउँदै अर्को आयोजना दक्षिण कोरिया पुग्यो । ०७१ को माघ र फागुनमा सानो मिल्तीखोला हाइड्रो आयोजनाका लागि संस्थापक सेयरका लागि आह्वान गरिएको थियो । कोरियाका प्रमुख सहरहरूमा खुला गरिएको आवेदनमा जम्मा १९ करोड ६० लाखको आवेदन परेको थियो । दुई किस्तामा गरी कबोल गरिएको लगानीलाई एनएमबी बैङ्कमा रहेको एसएम इन्भेस्टमेन्टको खातामा रकम जम्मा गर्न लगाइएको थियो । ०७२ वैशाखमा गएको महाभूकम्पपछि आवेदकहरू मध्येबाट १२ करोड ८० लाख उक्त खातामा जम्मा भएको थियो ।
आवेदनको समयमा सञ्चालकहरूले दुई वर्ष छ महिनामा विद्युत उत्पादन सुरु हुने बताएका थिए । तीन मेघावाट क्षमताको हाइड्रो परियोजनाका लागि ४५ करोड लागत अनुमान गरिएको थियो ।

झुठो आश्वासन र विवरणसहित सेमिनार

कोरियाका प्रमुख सहर सौल, बुसान, थेगु लगायतका सहरमा लगानी सेमिनार गरिएको थियो । सञ्चालकहरूद्वारा आयोजित सेमिनारमा कामदारहरूका माझ झुठो विवरण पेश गरेका थिए ।
जलविद्युत आयोजनाका लागि पीपीए, पीडीए, वातावरणीय प्रभाव अध्ययन, बैङ्कसँग ऋण सम्झौता र वन मन्त्रालयसँग रुख कटानका लागि सम्झौता गरिसकेपछि मात्रै सर्वसाधारणमा लगानीको आह्वान गरिन्छ । तर सानो मिल्ती खोला आयोजनाको सन्दर्भमा कुनै पनि सम्झौता भएको थिएन । सञ्चालकले सम्झौताहरू सकिन लागेको झुठो विवरण कामदारहरूसँग बाँडेका थिए ।
आयोजनका प्रमुखका रूपमा कोरिया पुगेका एसएम इन्भेस्टका तत्कालीन अध्यक्ष तेन्जी शेर्पाले तीन महिनामा पीपीए सकिने गलत तथ्य प्रस्तुत गरेका थिए । स्मरणीय के छ भने डेढ वर्षअघि मात्रै पीपीए सकिएको छ ।
दुई वर्ष छ महिनामा आयोजना सकिएपछिका प्रारम्भका पाँच वर्षमा २० प्रतिशतको दरमा लगानी फिर्ता हुने बताइएको थियो । लगानी फिर्ता सकिएपछिका २५ वर्षसम्म नियमित रूपमा प्रत्येक वर्ष लगानीको ६० प्रतिशतको दरमा लाभांश दिने बताइएको थियो ।
सेमिनारको समयमा खोलाको लाइसेन्स प्राप्त व्यक्तिबाट एसएम इन्भेस्टमेन्ट कम्पनीमा स्वामित्व आइसकेको थिएन । रामेछाप र दोलखाको सीमामा रहेको खोलाको स्वामित्व स्थानीय रामबहादुर तामाङसँग रहेको थियो ।

सञ्चालकहरूबीच तीव्र मतभेद

लामो समय कोरियामा बसेका तेन्जी शेर्पाले सुरुवाती चरणमा नेतृत्व लिएका थिए । पेसाले इन्जिनियर शेर्पा एनआरएनको पर्वूमहासचिव पनि हुन् । नेतृत्वमा रहेका शेर्पाले आयोजनालाई गति दिन नसकेसँगै अन्य सञ्चालकसँग उनको विवाद सुरु भयो । कोरियामा रहेका सञ्चालकमध्येका कपिल न्यौपाने आयोजना सम्पन्न गर्नका लागि नेपाल फर्के ।शेर्पासँग अन्यको विवाद चुलिँदै गएपछि सञ्चालक मध्यबाट न्यौपानेले एसएम इन्भेस्टमेन्टको नेतृत्व लिने सम्झौता भयो ।कोरियन नागरिकता प्राप्त अर्का सञ्चालक सुरेश लिम्बुले सानो मिल्ती खोला आयोजना प्रमुखको जिम्मेवारी लिने सम्झौता बन्यो ।
शेर्पाले पछिल्लो समय आयोजनाबाट पूर्ण रूपमा हात झिकिसकेका छन् । आयोजनाको कार्य प्रगति तथा खर्चहरूबाट असन्तुष्ट अर्का एक सञ्चालकले पनि आयोजनाबाट बाहिरिएको बताए ।
पछिल्लो समय एकआपसमा बोलचाल बन्द हुने सञ्चालकहरूको सङ्ख्या बढेको छ । सात सदस्यीय सञ्चालक समितिमा आयोजनाका लागि खट्नेको सङ्ख्या दुई मात्रै भएको बताइएको छ ।


पटक पटक लगानी उठाउन कोरिया

०७१ को माघ र फागुनमा आवेदन मार्फत उठेको रकम आयोजना निर्माणको गति नलिँदै सकिएको अवस्था छ ।
खोलाको लाइसेन्स प्राप्त व्यक्तिबाट स्वामित्व हस्तान्तरण बापतको शुल्क, पीपीए, रुख कटान तथा परामर्शदाता नियुक्ति, कार्यालय सञ्चालन तथा स्थानीय डनहरूका लागि खर्च गर्दा लगानीयोग्य रकमको अभाव भएको बताइएको छ । तत्कालीन समयमा संस्थापक सेयरधनीबापत उठाइएको लगानीले लागत रकम बराबरको इक्विटी लगभग पुगेको अवस्था थियो । सञ्चालक बोर्ड तथा सर्वसाधारणको गरी ३० प्रतिशत रकम लगानी भएको अवस्थामा बाँकी ७० प्रतिशत बैङ्कले लगानी गर्छ । कार्यालय र भैपरी आउने खर्च वृद्धि भएसँगै कम्पनीसँग रकम सकिँदै गएको छ । सन् २०१६ को अन्तिम महिना सञ्चालकमध्येका कपिल न्यौपाने र सुरेश लिम्बु पुनः लगानी उठाउन कोरिया गएका थिए । जगेडा सेयरमा आवेदन दिनका लागि युवाहरूलाई आह्वान गरिएको थियो ।
गत महिना पुनः कोरियामा सेयर आवेदन खुला गरिएको थियो । न्यूनतम एक लाखदेखि लगानी गर्ने गरी संस्थापक सेयर आवेदन खुला गरिएको बताइएको थियो ।

बैङ्कले पत्याउन समय लाग्यो

संस्थापक सेयर आवेदनको सुरुवाती चरणमा एनएमबी बैङ्कसँग आयोजनाका लागि ऋण सम्झौता हुने बताइएको थियो । एनएमबीसँग ऋण सम्झौता हुन सकेन । त्यसपछि सञ्चालक समिति नेपाल बङ्गलादेश बैङ्कमा ऋणका लागि पुगे । नेपाल बङ्गलादेश बैङ्कले पनि पत्याएन । स्रोतका अनुसार आयोजनाको बलियो आधार नदेखेर बैङ्कले ऋण सम्झौता गरेका छैनन् । आयोजनाको कुल लागतको ७० प्रतिशत बैङ्कले लगानी गर्नुपर्ने हुन्छ । नेपाल बङ्गलादेश बैङ्कसँग ऋण प्रक्रिया गर्न नसकेपछि सञ्चालकहरू बैङ्क अफ काठमाडौंमा पुगेका थिए । बैङ्क अफ काठमाडौंसँग पनि ऋण सम्झौता हुन सकेन । पछिल्लो समय राष्ट्रिय वाणिज्य बैङ्कसँग ऋण सम्झौता हुन लागेको बताइएको छ । तर, अन्तिम टुङ्गो भने लागिसकेको छैन । २०७४ को मध्यमा सकिने बताइएको आयोजनाको अवधि बढाएर अब भने ०७५ को मङ्सिरसम्म सक्ने बताइएको छ । आयोजना अध्यक्ष न्यौपानेले राष्ट्रिय वाणिज्य बैङ्कसँग ऋण सम्झौता हुन लागेको बताए । राष्ट्रिय वाणिज्य बैङ्कका डेपुटी सीईओ भूपेन्द्र पाण्डेले सञ्चालक बोर्डमा निर्णय गर्ने विषय भएकाले हालसम्म निर्णय नभएको बताए ।

के भन्छन् आयोजना सञ्चालक ?

आयोजनाबाट निष्क्रिय बनेका संस्थापक अध्यक्ष तेन्जी शेर्पा सञ्चार माध्यममा आउन चाहँदैनन् ।
धेरै प्रयासपछि सम्पर्कमा आएका शेर्पाले पूर्ण रूपमा आयोजनाबाट अलग्गिएको बताए । शेर्पासँग थप कुरा बुझ्न खोज्दाखोज्दै मिटिङमा छु भन्दै सम्पर्क विच्छेद गरे । वर्तमान अध्यक्ष कपिल न्यौपाने संस्थापक अध्यक्षका कारण आयोजनले गति लिन नसकेको बताउँछन् । उनले भने– ‘मैले जिम्मेवारी लिँदा आयोजना प्रगति शून्य थियो । रकम पनि लगभग सकिएको अवस्था थियो ।’ शेर्पाले सक्रियता नलिएको कारणले तोकिएको समयमा सम्पन्न गर्न नसकिएको बताए । ‘फाइनान्सियल क्लोजर नहुँदा अन्योल थियो’, सहज अवस्था आएको बताउँदै उनले भने– ‘बैङ्कसँग ऋण सम्झौता टुङ्गिने अवस्थामा छ । ठेकेदार छनौट गरी आयोजना स्थलमा काम भइरहेकाले निर्माण कार्यले तीव्रता पाएको छ ।’ आफू पनि मजदुरी गरी आएकाले मजदुरको पैसामा खेलवाड नहुने बताए । लगानी रकम जोखिममा नपरेको भन्दै उनले लगानीकर्तालाई आश्वस्त पारे । ‘२०६६ को अनुसार प्रतिमेघावाटको हिसाब भएको थियो, समय अनुसार लागत बढ्ने हुनाले लागत इस्टिमेट रकम बढ्ने भएको छ ।’ उनले भने ।हालसम्मको प्रगति विवरणसहित कोरियामै साधारण सभा गर्न लागिएको उनले बताए ।
प्रक्रिया पूरा नगरी रकम उठाइएको रहेछ भने छानबिन हुन्छ : सेवोन
धितोपत्र बोर्डका निर्देशक डा. नवराज अधिकारीले संस्थापक सेयर तथा अन्य सेयरका लागि बोर्डको स्वीकृति बेगर आयोजनाले सर्वसाधारणसँग लगानी उठाएको भए छानविन गरिने बताए । अधिकारीले कानुनी प्रावधान पूरा नगरी लगानी उठाउन नमिल्ने बताए । कानुनी प्रक्रियापूरा नगरी लगानी उठाइएको पाइए तथ्यसहित धितोपत्र बोर्डमा उजुरी गर्न अधिकारीले युवाहरूलाई आग्रह गरे ।

Source : Ratopati

Saturday, December 16, 2017

कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटी बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो


कोरियाले आगामी बर्ष अर्थात सन् २०१८को लागि इपिएस मार्फत  १६ देश बाट ल्याउने कामदारको  कोटा निर्धारण गरेको छ l  यसरी लैजाने  प्रवासी मजदुरहरुको कोटा कोरियन सरकारले प्रत्येक बर्ष तोक्ने गर्दछ ।

गत शुक्रबार  सरकारको तर्फबाट १२ जना ,मजदुर संगठनबाट २ जना ,कम्पनी ब्यबस्थापक र अन्य क्षेत्रबाट गरि २१ जनाको कोटा निर्धारण समितिको  बैठकले उक्त निर्णय गरेको प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राइले बताएका छन् l

समितिले २०१८ को लागि जम्मा ५६ हजार प्रवासी मजदुरको कोटा तोकेको छ ।  उक्त कोटा संख्या बाट ४५ हजार पिबिटी बाट तोकिएको छ भने बाँकि रहेको  ११ हजार कमिटेड वर्कर तथा बिशेष कोरियन भाषा परिक्षा (सिबिटी)  बाट तोकिएको छ l यद्वपी सन २०१८ को लागि सिबिटि परिक्षा कहिले हुने वारे खुलाइएको छैन।

यसरि तोकिएको प्रवासी कामदारको कोटा कुन देशको लागि कति भन्ने बारेमा  सम्बन्धित मन्त्रलयसग छलफल गरि श्रम तथा रोजगार मन्त्रालयले आगामी जनवरीमा निर्धारण गर्ने बताइएको छ l

प्रवासी मजदुर कोटा निर्धारण समितिले तय गरेको २०१८ को प्रवासी मजदुरको कोटा  ५६ हजार मध्ये ५१ हजार ३ सय १३ जना आफ्नो समयावधि पुरा गरेर फर्किनेको ठाउँमा हो भने ४ हजार ६ सय ८७ नया माग भए अनुसार ल्याउने कोटा हो l त्यसैगरी सन् २०१८ मा १० हजार बिना भिसाका कामदारलाइ स्वदेश फर्काइने पनि बताइएको छ l

कोरियाले इपिएस लागु भएयता एसियाका भिभिन्न १६ देश बाट  कामदार लिदै आएको छ l यसरि ल्याएका कामदारले उत्पादनमुलक क्षेत्र ,निर्माण क्षेत्र ,कृषि तथा मत्स्यपालन क्षेत्र क्षेत्रमा काम गर्ने भएपनि हाल नेपालको लागि निर्माण तथा मत्स्यपालन क्षेत्रमा काम गर्ने अनुमति भने छैन l
२०१८ मा  प्रवासी मजदुर (ई ९ ) नया  प्रवेश गर्नेको क्षेत्र तथा संख्याको बर्गिकरण यस प्रकार रहेको छ l

बर्गिकरण  जम्मा उत्पादन कृषि तथा पशुपालन मत्स्यपालन निर्माण सेवा
जम्मा (सख्या) ५६,००० ५४,००० +(२००० ) ४२,३०० ६,६०० २,६०० २,४०० 4 १०० नया ४५,००० ४३,००० +(२००० ) ३२,२५० ५,८७० २,४०० २,३९० 4 ९० + पुन प्रवेश ११,००० १०,०५० ७३० २०० १० १०
प्रवासी मजदुर कोटा निर्धारण समितिले तोकेको कोटा अनुसारको प्रवासी मजदुरहरु २०१८ को कुन महिनामा कति जना लैजान्छ l

समय जम्मा उत्पादन कृषि तथा पशुपालन मत्स्यपालन निर्माण सेवा
जम्मा शंख्या ४३,००० +α(२००० ) ३२,२५० ५,८७० २,४०० २,३९० ९०
जनवरी १५,७७० ९,६०० +1 २,६१०  १,१०० १,२२०+4  ४० +5
अप्रिल १४,५४० ९,६०० २,६१० ७५० ७३० ५०
जुलाई ७,५४० ६,५५०   ५५० ४४० 
अक्टोबर ७,१५० ६,५०० ६५०     
कार्य अवधि पुरा भएर जाने प्रवासी मजदुरको संख्या  निम्न बमोजिम छ
बर्गिकरण जम्मा उत्पादन कृषि तथा पशुपालन मत्श्यपालन निर्माण सेवा
प्रस्थान गर्ने मजदुर ४१,३१३ ३५,६४९ ३,३८२१ ९०१ १,३४२ ३९

श्रोत उदय राइ- अध्य्क्ष  प्रवासी मजदुर युनियन

Monday, November 6, 2017

नवाै काेरियन भाषा परिक्षाकाे अावेदन फागुनबाट


 नेपाली कामदारको माग उच्च रहेको जनाउँदै कोरियाले आउँदो फागुनमा नवौं कोरियाली भाषा परीक्षाको आवेदन आह्वान गर्ने भएको छ । कोरियाले नेपाली कामदारको कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै थप कामदारको छनोटका लागि फागुनमा भाषा परीक्षाको सूचना आह्वान गर्न लागेको हो । फागुनमा भाषा परीक्षाको सूचना सार्वजानिक गरी जेठमा परीक्षा सञ्चालन गर्ने योजना छ ।

 कोरिया सरकारले भाषा परीक्षा गर्ने तयारी गरे पनि कोटा भने निर्धारण गरेको छैन । यो वर्ष रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियाली भाषा परीक्षा पास भएका १२ हजार नेपाली युवाले रोजगार आवेदन फारम भरिरहेका बेला कोरियाले थप नेपाली लैजान इच्छा देखाएको छ । गत जेठमा संचालन गरिएको भाषा परीक्षामार्पत १२ हजार नेपाली लैजाने जनाएको कोरियाले आफ्नो श्रम बजारको मागअनुसार लगत्तै अर्को भाषा परीक्षामार्पmत थप नेपाली छनोट गर्न लागेको हो ।

 वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालका अनुसार हाल रोजगार आवेदन दिइरहेका १२ हजार कामदारको समेत छिटो आवेदन फारम लिन कोरियाली पक्षले नेपालसँग अनुरोध गरेको छ । नेपाली पक्षले भने २०१७ को भाषा परीक्षामार्पmत हाल छनोट भएका १२ हजारभन्दा बढी नेपालीलाई पहिला लगेर मात्र अर्को परीक्षा गर्न सुझाएकोे भए पनि कोरियाले भने लगत्तै परीक्षा गर्न ईपीएस नेपाल शाखालाई अनुरोध गरेको छ । ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाले कोरियामा नेपाली कामदारको माग उच्च रहेको कारण आठौं भाषा परीक्षामा अन्य १६ देशमध्ये नेपालबाट सबैभन्दा धेरै कामदारको माग गरेको बताए ।

 कोरियाको श्रम बजारमा नेपाली कामदार मेहनती, इमान्दार र अन्य देशकाभन्दा कम अवैध रहेका कारण कोरियाली पक्ष नेपाली कामदारप्रति सकारात्मक भएको हो । शाखाका अधिकृत शोभाकर भण्डारीले रोजगार योग्य सूचि (रोष्टर)मा नेपाली कामदारको संख्या कम भएको जनाउँदै कोरियाले पास भएका १२ हजारको नामावली छिटो तयार गरेर पठाउन अनुरोध गरिएको बताए । रोष्टरमा नेपाली कामदारको संख्या १ हजार भन्दा कम रहेमा नयाँ रोष्टर तयार गर्नुपर्ने कोरियाली पक्षको भनाइ छ । हाल कोरिया जान रोष्टरमा लगभग ४ सय नेपालीमात्र रहेका छन । यो सन २०१५ देखि जान बाँकी रहेका नेपालीको संख्या हो ।

आठौं ईपीएस भाषा परीक्षामा पास भएर हाल रोजगार आवेदन दिइरहेका १२ हजार नेपालीको माग जनवरीबाट सुरु हुने जनाइएको छ । यसमध्ये आइतबारसम्म ४ हजारभन्दा बढीले रोजगार आवेदन फारम भरिसकेका छन् । यी १२ हजार आवेदक २०२० को जनवरीसम्म कोरिया जान सक्नेछन् । हालसम्म ४९ हजार ६ सय ४८ नेपाली ईपीएसमार्पmत रोजगारीका लागि कोरिया गइसकेका छन् । यसमध्ये महिला कामदारको संख्या ३ हजार भन्दा बढी छ ।

 कोरियाले नेपाली कामदारको माग बढाउँदै लैजाने भएपछि अर्को वर्षदेखि रोजगार आवेदन फारम आंशिक रुपमा अनलाइनमार्पmत गर्ने योजना ईपीएस शाखाको छ । रोजगार आवेदनका लागि कामदारको सुविधा र भिडभाड कम गर्न रोजगार आवेदन पनि अनलाईन मार्पmत गर्ने तयारी गरिएको शाखाको भनाइ छ ।


Source. Karobardaily

Monday, October 9, 2017

भोलीबाट कोरियामा जि.एम.ई. रेमिट्यान्सको मनि ट्रान्सफर सेवा सुरु


भोलीबाट दक्षिण कोरियाबाट नेपाल पैसा पठाउन सबैभन्दा छिटो र सुलभ दरमा ग्लोबल मनी एक्सप्रेस जि.एम.र्इ. ले कारोबार सन्चालन गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सउलस्थित दोङ्देमुनमा रहेको शाखाबाट सफ्ट लन्चको रुपमा भोली अक्टोबर १० देखि कारोबार शुरू गर्ने भएको जानकारी कम्पनीले दिएको हो ।

हालसम्म कोरियाको बैंकहरूबाट मात्र रकम ट्रान्सफरको व्यवस्था रहेकोमा कोरिया सरकारले साना–साना रकम ट्रान्सफरका लागि रेमिट्यान्स कम्पनीहरूलार्इ स्वीकृति दिएसँगै अब रकम सहज रूपमा पठाउने बाटो खुलेको हो । रेमिट्यान्स कम्पनीहरूमार्फत नेपालमा पैसा पठाउँदा एकपटकमा ३ हजार अमेरिकी डलर र वर्षमा २० हजार अमेरिकी डलर बराबर सम्मको रकम पठाउन सकिनेछ ।

कम्पनीले कारोबारको शुभारम्भको उपलक्ष्यमा हरेक ग्राहकलार्इ टोकन उपहारको समेत व्यवस्था गरेको छ । जि.एम.ई.मार्फत पैसा पठाउँदा एक पटकमा ७ हजार कोरियन वन शुल्क लाग्नेछ ।

पहिलोचोटी जि.एम.ई. शाखामा एलियन रजिष्ट्रेशन कार्डको सक्कल र कोरियामा रहेको कुनै पनि बैंकको पासबुक (थोङजाङ) लिएर रूजु गराएपछि घरमै बसी बसी पैसा पठाउने सेवा लिन सकिन्छ । कोरियाबाट पैसा पठाएको दश मिनेटभित्रै नेपाल अधिराज्यको जुनसुकै स्थानबाट रकम नगदमा संकलन गर्न सकिने तथा नेपालको कुनै पनि बैंक खातामा पनि पैसा जम्मा गर्न सकिन्छ । नेपालमा रकम पठाउद नेपालमा अतिरिक्त शुलक नलाग्ने कम्पनीले जनाएको छ ।



कम्पनीले दोङ्देमुन शाखा सन्चालनको केही समय पछि ह्वासङ्स्थित फारानबाट पनि सेवा दिने तयारी गरेको छ । यससँगै अवैधानिक माध्यमबाट पैसा पठाउने प्रवृत्ति पनि कम हुँदै जाने यहाँ रहेका नेपाली समुदायहरूको विश्वास छ ।

नेपाली भाषामा थप जानकारीको लागि मोबाइल नम्बर ०१०-२९५९६८६४ तथा   फेसबुक पेज https://www.facebook.com/gmeremit

Tuesday, September 26, 2017

दशैको मुखमा कोरियामा दुइ दिनमा तीन नेपालीको मृत्यु




विकास श्रेष्ठ ,  देश विदेशमा रहेका नेपाली हिन्दूरुको महान् पर्व दशै मनाउने तयारीमा रहेको बेलामा दक्षिण कोरियामा रोजगारीमा आएका तीन नेपालीको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली ईपीएस मार्फत करिब ४ महिना अघि यहाँ आएका गुल्मी स्थायि घर भई बुटवलको नयाँगाउ बस्दै आएका कमल कार्कीले आत्महत्या गरेको भोलिपल्ट आज सुतेको अवस्थामा थप एक जना र औद्योगिक दुर्घटनामा अर्को एक गरी तीन जनाको मृत्यु भएको हो । 

ख्यङगिदोको हवासङस्थित छोआमको एक मोर्टरपार्टस बनाउने कम्पनीमा कार्यरत कार्की कम्पनीको छेउमा रहेको गोदामको फलामे बिमामा झुण्डिरहेको अवस्थामा फेला परेका थिए भने इछाेनसिको एक कम्पनीमा कार्यरत प्युठानका अर्जुनराम के.सी औद्योगिक दुर्घटनामा परी मृत्यु भएको दुतवासले जनाएको छ । कम्पनीमा कार्यरत एक सहकर्मीले भुलवश मेसिन चलाएपछि उक्त दुर्घटना हुन पुगेको बताइएको छ । 



त्यस्तै हिजो राति मध्यपान गरेर सुतेका गुल्मीकै एक युवा विहान मृत अवस्थामा भेटिएका छन् । मृतकको विस्तृत विवरण आउन भने बाँकि रहेको छ । मृतकको शव अहिले अस्पतालमा राखिएको दुतावासले जनाएको छ । 


रोजगारी अनुमति प्रणाली इपिएस मार्फत रोजगारीका लागि नेपाली आउने क्रम बढेसँगै आत्महत्या, कार्यस्थल दुर्घटना लगायत विभिन्न कारणले ज्यान गुमाउने नेपालीको संख्या वृद्धि भइरहेको छ । अन्य भन्दा आत्महत्या र सुतेको अवस्थामा ज्यान गुमाउनेको संख्या विकराल बनिरहेको छ । सन् दुइ हजार सत्र यता आत्महत्या गर्ने नेपालीको संख्या आठ पुगिसकेको छ भने सुतेको अवस्थामा मृत्यु हुनेको संख्या पनि उत्तिकै छ ।


कोरियामा कठिन काम लगायत विविध कारणले डिप्रेशनमा परेर आत्महत्या जस्तो बाटो रोज्ने क्रम बढेपनि न्यूनिकरण गर्न नेपाल सरकार र सरोकारवाला निकायले खासै सक्रियता देखाएको छैन् । यहाँस्थित नेपाली दुतावासले तनाब व्यावस्थापनका कार्यक्रम पनि विभिन्न स्थानमा बेला बेलामा गरेपनि प्रभावकारी बन्न सकेको छैन् । रेमिट्यान्सका कुरा गर्ने नेपाल सरकारले यस विषयमा गम्भिर भएर तत्काल कदम चाल्न अव ढिलाई भइसकेको छ ।

@HelloNepalKorea

Monday, September 18, 2017

कोरिया जाने कामदारको रकम जम्मा गर्नु पर्ने बैंक परिवर्तन

रोजगारीका लागि इपिएस प्रणलीबाट कोरिया जाने कामदारले रोजगार आवेदन फारम र इपिएस व्यवस्थापन खर्च वापतको रकम जम्मा गर्नु पर्ने बैंक परिवर्तन भएको छ ।
रोजगार आवेदन फारम र इपिएस व्यवस्थापन खर्च वापतको रकम असोज १ गतेबाट एनआईसी एसिया बैंकमा जम्मा गर्नु पर्ने इपिएस कोरिया शाखाले जनाएको छ । यसअघि माछापुच्छे बैंकमा जम्मा गरिँदै आएको थियो ।
इपिएस कोरिया शाखाको एनआइसी एसिया बैंकको खाता नम्बर २६४१४९९४०७५२४००१ मा रोजगार आवेदन वापतको ५ डलर झण्डै पाँच सय १३ रुयैयाँ र इपिएस व्यवस्थापन खर्च वापतको ४६ दशमलव २० डलर अर्थात झण्डै चार हजार सात सय ४० रुयैयाँ जम्मा गर्नुपर्ने छ ।