Showing posts with label बिबिध. Show all posts
Showing posts with label बिबिध. Show all posts

Saturday, November 28, 2020

गल्ती कसबाट हुंदैन र ?

एउटा विद्यार्थीले प्रधानाध्यापकसंग भन्यो ।
सर सर ! हिंजो बुबाले मेरो जन्म दिनमा दिनु भएको महंगो घड़ी हरायो ।
प्रधानाध्यापक : कहांबाट हरायौ
विद्यार्थी: यहीं कक्षा कोठाबाट हरायो सर !
प्रधानाध्यापक : कसरी हरायो?
विद्यार्थी: म टिफिन टाइममा घडी यहीं टेबुलमा राखेर बाहिर गएको थिए, आउंदा टेबुलमा घडी छैन सर !
प्रधानाध्यापक : त्यसोभए यो समय भित्र त कक्षा काेठामा तिमीहरू बाहेक अरू कोही आएका छैनन् ।
प्रधानाध्यापक ।: तिमीहरू सबै लाइनमा लाग । र, सबैले आ-आफ्नो आँखामा पट्टी बाँध । सबैले त्यसै गरे । प्रधानाध्यापकले सबैको पकेट छामे। एउटाको पकेटमा घडीभेटियो र घडी बुझाए ।

चोरी गर्ने केटा डरायो । उसले अब मैले चोरेको कुरा कक्षाभरी फैलन्छ भन्ने त्रासमा रह्यो । एकदिन दुईदिन गर्दै समय वित्यो । तर, उक्त कुरा फैलिएन । उनीहरू कलेज जीवन सिध्याएर आआफ्नो कर्ममा लागे ।
चोर्ने केटा ठूलो उद्योगको मालिक बन्यो । एक दिन उसलाई पुरस्कृत गरिने कार्यक्रम थियो । उक्त कार्यक्रममा आफ्नो प्रधानाध्यापक पनि आएका थिए । केटा प्रधानाध्यापकसंग गएर प्रधानाध्यापकलाई धन्यवाद ज्ञापन गर्दै भन्यो “आज म जो स्थानमा छु सर हजुरकै देन हो । म हजुरको त्यो गुन कहिल्यै भुल्ने छैन ।” प्रधानाध्यापक आश्चर्यमा पर्दै भने “मैले त्यस्तो के गरें र ? तिमी यो सब के भन्दैछौ ?” विद्यार्थीले भन्यो हजुरले त्यो दिन मैले चोरेकाे कुरा कसैलाई भनिदिनु भएन । र, म आज जिन्दा मात्र हैन, यो स्थानमा छु, त्योकुरा विद्यालयमा फैलिएकाे भए म त्यही दिन आत्महत्या गर्थें ।”
प्रधानाध्यापक आश्चर्यमा पर्दै भने: “त्यो केटा तिमी थियौ ?” विद्यार्थी फेरी आश्चर्यमा पर्दै भन्याे “सर ! हजुरले मलाई भुल्नु भयो ?” 
प्रधानाध्यापक: मैले त्याे दिन तिमीहरू संगै मेरो आंखा पनि कालो पट्टीले बांधेको थिए । ताकि घडी लिने विद्यार्थी मैले नचिनु । म चाहन्थे कि मेरो विद्यार्थी मेरो नजरबाट नगिरोस् । यो कुरा सुनेर विद्यार्थी झन् आंखाभरी आँसु लिंदै प्रधानाध्यापकलाइ अंगालेर रोयो ।
गल्ती कसबाट हुंदैन? तर, आज हामी अरूको गल्ती खोज्दै हिंड्छौं । बनावटी कथा बनाएर पनि अरूकाे चरित्र हत्या गर्छौं। जबकि हामी कोही गल्ती नगर्नेमा पर्दैनौं। सबैले सानाे-ठूलो गल्ती गरि रहेका हुन्छौं । के कसैको गल्ती हामीले माफ़ गर्न सक्दैनौं ? गल्ती ढाक्न सक्दैनौं ?के सुध्रने माैका दिन सक्दैनौं ?

Sunday, March 25, 2018

राधिका तामाङको माग एउटा, हल्ला अर्कै !

भीम जिम्बा काठमाडौँ । ३ नम्बर प्रदेशकी उपभामुख राधिका तामाङले हालै गृहमन्त्री रामबहादुर थापा बादलसँग राखेको माग सामाजिक सञ्जालमा अहिले बहसको रुपमा अगाडि आएको छ ।
राधिकाको पक्षमा उभिने र विपक्षमा उभिएकाहरुबीच अहिले सामाजिक सञ्जालमा दोहोरो बहस भइरहेको छ । केही अनलाईन मिडियाहरुले उपभाुमख तामाङले गृहमन्त्रीसमक्ष राखेको मागको विषयमा तथ्यपूर्ण समाचार प्रकाशन नगर्दा यो अवस्था सिर्जना भएको हो भन्नेमा दुईमत छैन ।
बिहीबार केही अनलाईनमा ‘गाईको मासु खाना पाउने गरी विधिगत नियम बनाउन गृहमन्त्रीसँग राधिकाको माग ।’ शीर्षकमा समाचार आयो । केही समयपछि उपसभामुख तामाङले गृहमन्त्रीसँग राखिएको भनिएका यो मागको विषयमा सामाजिक सञ्जालमा आलोचना र समर्थन सुरुवात भयो, यो क्रम अहिलेसम्म जारी छ ।
वास्तविकता के हो ?
७ चैत २०७४ मा तामाङहरुको साझा संस्था नेपाल तामाङ घेदुङले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर ‘गाईको मासु खाएको आरोपमा पक्राउ परेकाहरुको रिहाई’ का लागि माग गर्ने कार्यतालिका थियो । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं. १२ पदमपोखरीका केही तामाङहरु पक्राउ परेको विषयसहित देशभर गाईको मासु खाएकै कारण जेलजीवन बिताइरहेकाहरुको बिना शर्त रिहाई हुनुपर्ने घेदुङको माग थियो । ७ गते दिउँसो १ बजे गृहमन्त्री बादलसँग भेट्ने कार्यतालिका भए पनि गृहमन्त्रीले समय दिन नसकेपछि घेदुङको टोलीले मन्त्री थापालाई भेट्न पाएनन् । मन्त्री थापासँग भेट्न जानका लागि घेदुङले तामाङका शीर्ष नेताहरुलाई समेत बोलाएका थिए । जसअनुसार घेदुङले उपभामुख तामाङ, पूर्वऊर्जाराज्यमन्त्री सूर्यमान दोङ लालध्वज, प्रतिनिधिसभाका सदस्य एवम् माओवादी नेता हितबहादुर तामाङ लगायतलाई खबर गरेका थिए । मन्त्री थापासँग भेट्ने समयतालिका दोङले नै मिलाएका थिए ।
७ गते भेट्न नसकेपछि यो टोलीले मन्त्री थापालाई ८ गते बिहान ७ बजे मन्त्रीनिवास पुल्चोकमा भेट्ने कार्यतालिका तय भयो । सोहीअनुसार घेदुङले मन्त्री थापालाई बुझाउन तयार पारेको ज्ञापनपत्र लिएर घेदुङका टोली, पूर्वऊर्जाराज्यमन्त्री दोङ, उपसभामुख तामाङ लगायत पुगेका थिए । ज्ञापनपत्र बुझाउने क्रममा उपसभामुख तामाङले भनेकी थिइन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा गाईको मासु खाएकै कारण तामाङहरु जेल बस्नुपर्ने दिन आउनु आफँैमा दुखद छ, यदि यसरी गाईको मासु खाएकै कारण जेल बस्नुपर्ने कुनै कानुन छ भने यसलाई परिमार्जन गरिनुपर्दछ ।’ त्यसो त उपसभाुमख तामाङको माग अनुसारकै विषय पनि ज्ञापनपत्रमा लेखिएको छ, ‘मुल संविधानसँग बाझिने कानुनी व्यवस्थाबाट तामाङ लगायत आदिवासी जनजाति र मुस्लिम समुदाय समेत पीडामा पर्दैै आएकाले हामी माननीय गृहमन्त्री ज्युको कार्यकालमा यसको दीर्घकालीन समाधान खोज्न गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
घेदुङले गृहमन्त्रीलाई बुझाएको विज्ञपितमा के छ ?

सामाजिक सञ्जालको हल्ला के हो ? केही अनलाइनहरुले तथ्यमा आधारित भएर समाचारनलेख्दा आफ्नो चरित्र हत्या हुने गरी नै सामाजिक सञ्जालमा भइरहेको विरोधप्रति उपसभामुख तामाङ दुखी छिन् । आफ्नो मागभन्दा बाहिर रहेर हल्ला भएपछि उनले सञ्चारकर्मीलाई तथ्यमा आधारित रहेर समाचार प्रकाशन गर्न समेत आग्र गरेकी छिन् ।

सामाजिक सञ्जालमा अहिले उपसभामुख तामाङले गाईको मासु खाना पाउने गरी कानुन बनाउन माग गरेको भन्दै आलोचना र समर्थन भइरहेको छ ।
Source: ujyaalonepal

Tuesday, September 5, 2017

नेपाल भरी को व्यापारी लाई अत्यन्त जरुरी सुचना


पुर्ब मा मेची र पश्चिम माहाकाली देखिन राजधानि
काठमाडौ मा विभिन्न व्यापार ब्याबसाय मा सम्लग्न हुने
हे व्यापारी हो चाड पर्व को नाम मा सोझा साझा जनता लाई
कति ठग्छौ ,2600 मा किनेर 50% छुट सहित 26 हजार मा बिक्री गर्दा अलिकती पनि दया धर्म मान इज्यत सोचेनौ है ।

धिक्कार छ तिमी हरु लाई कुन मेसिन ले हिसाब गरेर निकालेको हो 50% छुट नहुने हो भने एउटै जुत्ता को मूल्य 52 हजार पर्ने भो त त्यो जुत्ता सुन जडित हो कि हिरा ? लुट्नु को पनि सिमा हुन्छ नि ! न त राजस्व नै तिरेको छ न त कर भ्याट न त कुनै कानुनी प्रकिया जे मन लाग्छ उहीँ रेट राखेर बिक्री बितरण गर्दा आगामी दिन हरुमा आई पर्ने समस्या हरु लाई किन मध्य नजर गरियन , चाड पर्व मा नया जुत्ता लत्ता कपडा र विभिन्न घरायसी सामान जसरी नि किन्छन भनेर मन लाग्दी गर्न कहाँ पाईन्छ ?

व्यापारी हरुको लुटतन्त्र लाई अन्त्य गर्न आन्तरिक राजस्व बिभाग का अनुगमन टोलि हरु हप्तै पिछे जाच्बुझ गर्न खटाईनु पर्छ दर्ता भएको छ्की छैन राजस्व कर भ्याट तिरेको प्रमाणित कागज हरु छ कि छैन त्यो सबै छैन भने जुन सुकै पसल हरु सिल लगाउनु पर्छ। भन्सार छलेर ल्याएको कुनै पनि सामान हरु खरिद बिक्री मा रोक लगाउनु पर्छ ,व्यापारी हरु को नाका चेक पोस्ट मा हुने घुसपैठ चोरी निकासी पैठारी बन्द गर्न सक्नु पर्छ ।
इमान्दार र परिस्रम गरेर खाने हरु लाई सदैब सम्मान मिलि रहने छ भने काला बजारी गर्ने हरु को एक दिन न एक दिन घाट उतारिनेछ।

त्यसैले हे मेरो देश नेपाल को साना ठुला व्यापारी हो बेलैमा सचेत बनी असल नागरिक बन्ने प्रयास गर्नुस सोझा साझा जनता को आँखा मा छारो हाल्ने काम नगर्नुस जय नेपाल ।

तल दियेको जुत्ता हरु सबै ओर्जिनल हुन ।
nike को price 6000/- बिक्री मुल्य
Fila को price 2500/-
Gucci को price 10800/-
अब आफै भन्नुस यो जुत्ता लाई कति मा बेच्नु हुन्छ ।
र किन्ने ग्राहक हरु पनि सचेत भै ठगिन बाट बच्नु होला।



Source : Chandra Lama Anurag 

कुन बार जन्मिएको मानिसको भविष्य र आचरण कस्तो हुन्छ ?


मानिसको जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । कुन बालक कुन बार र समयमा जन्मेका हुन्, उनीहरुको उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् । त्यसैले कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको जीवनको विकासक्रम कसरी अगाडि बढेको हुन्छ । त्यसलाई हामीले यहाँ प्रस्तुत गरेका छौ । 

आइतबार
१. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।
२. तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
३. निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।
४. तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।
५. तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।
६. तपाईं पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ ।
७. तपाईं कनै पनि कुरामा सम्झौता गर्नुहुन्न ।
८. तपाईं सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् ।
९. तपाईंको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।
१०. तपाईं आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईंको झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईंलाई छोड्न चाहन्नन् ।

सोमबार
१. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
२. तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।
३. तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।
४. तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
५. तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।
६. तपाईं पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।
७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।
८. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
९. तपाईं आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
१०. हुन त तपाईं सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईंको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ ।

मंगलबार
१. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।
२. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।
७. यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।
८. यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।
९. यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।
१०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।
११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।
१२. स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

बुधबार
१. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।
२. तपाईंको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।
५. तपाईंको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।
६. तपाईंहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुन्छ ।
७. सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ ।
८. तपाईंहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।
९. तपाईंहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् ।
१०. तपाईंहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ ।
११. तपाईंको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाईं आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ ।
१२. तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।

बिहिबार
१. बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
२. तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।
५. तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।
६. स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।
७. तपाईं चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।
८. तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
९. तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुनुहुन्छ ।
१०. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।
११. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।
१२. बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।

शुक्रबार
१.शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।
२. तपाईंहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ ।
३. तपाईंलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।
४. तपाईं मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ ।
५. तपाईं निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।
६. यदि तपाईं पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।
७. तपाईं आफ्नो सम्बन्धमा निकै सजक हुनुहुन्छ तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।
८. तपाईंका निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
९. तपाईंलाई रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ ।
१०. तपाईंको राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ ।
११. तपाईंसँग धनको कमी हुँदैन तर तपाईं त्यसलाई बचत गर्न सक्नुहुन्न ।
१२. तपाईंले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउनुहुन्छ तर जब पाउनुहुन्छ स्थायी रुपमा पाउनुहुन्छ अर्को शब्दमा भन्नुपर्दा तपाईं मेहनती हुनुहुन्छ र संघर्ष गर्न सक्नुहुन्छ ।

शनिबार
१.शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
२. तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।
३. तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ ।
४. तपाईं हुन त सफा मनको हुनु हुन्छ तर कहिले काँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ।
५. तपाईंको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ ।
६. तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न ।
७. तपाईंलाई संगीत र खेलमा रुची हुन्छ ।
८. तपाईंलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न ।
९. तपाईं जिद्दि हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्नुहुन्छ ।
१०. तपाईं कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न ।
११. तपाईंको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ ।


(श्रोतः विभिन्न एजेन्सीहरु )

Monday, July 31, 2017

Prove that: Study = Fail




Prove that:
Study = Fail


Given,
no study = fail
study = no fail
prove that 
Study = Fail


Ans:
given,
no study = fail ----1
study = no fail ----2

Adding eq. 1 & 2

or, no study+study = fail+no fail
or, study(no+1) = fail(no+1)
or, study = fail

Study = Fail. Proved