Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Sunday, April 8, 2018

गजल


मुस्कान तिम्रो सम्झेर माया लाउन आउछु
तनको दुरी हटाइ पुन: पाउन आउछु



नयन तिम्रा मिर्गका जस्ता मुटुमा राखेर
मनको खेत्मा प्रेमको बहर दाउन आउछु


गालाको तिम्रो खोबिल्तो सम्झि भुतुक्क हुन्छु म
प्रेमको घर बनाइ राख छाउन आउछु



भमरा बनि डुल्दिन अन्त तिमीमा अर्पण
 मायाको खेत हिल्याईकन साउन आउछु



बिर्सेर धन प्रेमको मन कसिलो पारेर
तिम्रो र मेरो प्रेमको गीत गाउन आउछु

Saturday, December 16, 2017

गजल

बोल्दा बोल्दै आकस्मात बाई भनेर मारी !
बोल काली भन्दा आज नाई भनेर मारी !!

च्वाँक केटी देखे मैले कमेन्ट गरी हाले !
हाम्रो बिच कुन नक्कली आई भनेर मारी !!

मैले भने दिलको राजा सम्झीएको तिमिलाइ !
तिम्रो दिलमा अर्कै केटी धाई भनेर मारी !!

फोनै फोनमा झगडाको महाभारत भयो !
तिम्रो दिलमा उसैले ठाउँ पाई भनेर मारी !!

हिँजो सम्म मेरो हजुर भन्दै बोलाउथी,
निष्ठूरीले आज मलाई दाइ भनेर मारी !!

Wednesday, December 13, 2017

मुस्कान तिम्रो सम्झेर माया लाउन आउछु

       ⇝⇝⇝ गजल ⇜⇜⇜

मुस्कान तिम्रो सम्झेर  माया लाउन आउछु
तनको दुरी हटाइ   पुन: पाउन आउछु

नयन तिम्रा मिर्गका जस्ता मुटुमा राखेर
मनको खेत्मा प्रेमको बहर दाउन आउछु

गालाको तिम्रो खोबिल्तो सम्झि भुतुक्क हुन्छु म
प्रेमको घर बनाइ राख छाउन आउछु

भमरा बनि डुल्दिन अन्त तिमीमा अर्पण
मायाको खेत हिल्याईकन साउन आउछु

बिर्सेर धन, प्रेमको मन कसिलो पारेर
तिम्रो र मेरो प्रेमको गीत गाउन आउछु

Tuesday, December 12, 2017

तिमीलाई आज कस्ती राम्री देँखे





तिमीलाई आज कस्ती राम्री देँखे
तिम्रै रुपको वर्णन गर्न एउटा गजल लेखे ।


लजालु त्यो मुहारमा इन्द्रेणीको छाँया
नसकेर हेरिरहन एउटा गजल लेखेँ ।


सपक्क ति केशराशि झुमिरहु लाग्ने
नसकेर छोइहाल्न एउटा गजल लेखेँ ।


सुनकेस्रा जस्ता तिम्रा ठूला ठूला ओठ
नसकेर चुम्बन गर्न एउटा गजल लेखेँ


बदामी ति ठूला आँखा फेवाताल नै हुन की
नसकेर पारी तर्न एउटा गजल लेखेँ ।

Saturday, November 25, 2017

गजल

के भएर जिन्दगी यो ! हातबाट बित्तो भयो
तिमी उता गएदेखि संसार नै रित्तो भयो


यता हेर्छु उता हेर्छु, देख्दिन क्यै कोठाबाट,
मेरो लागि जिन्दगी क्यै नदेखिने भित्तो भयो


सबै थिए खुशी हुँदा, दु:ख पर्यो एक्लै भएँ
बिघाबाट घटेर, यो बाँकी यौटा कित्तो भयो


आशा राखेँ , दु:ख साटेँ , फर्की-फर्की हेरिरहेँ
तिम्रो बाटो नाप्दा नाप्दै, जिन्दगी यो फित्तो भयो ।


के भएर जिन्दगी यो ! हातबाट बित्तो भयो
तिमी उता गएदेखि संसार नै रित्तो भयो

Tuesday, June 6, 2017

गजल



तिम्रो नाममा अब कुनै गजल लेख्दिन भो
आमने सामने भेट हुँदा,बाटो छेक्दिन भो

तिमीजस्तै स्वतन्त्र एकल जीवन बिताउँछु
जाँ गुलियो त्यै भुलियो,तिम्रो आँगन टेक्दिन भो


मन फाट्यो माया फाट्यो,फाट्यो लक्ष्यहरु
बिच बाटोमा पहरा खसेनी,अब थेग्दिन भो

तिमीबाटै सिके मैले,मन ढुङ्गो पार्नलाई
तिम्रो यादले मुटु दुख्दा न्यानो पार्न सक्दिन भो

तिम्रो लागि म रहिन,मेरो लागि तिमी रहिनौ
मीठो निन्द्रा निदाँउदा सपनीमा देख्दिन भो ।


  ↝↝↝  Ramesh Shrestha  ↜↜↜