Showing posts with label रोचक-बिचित्र. Show all posts
Showing posts with label रोचक-बिचित्र. Show all posts

Monday, September 18, 2017

म्यारिज खेलका नियमहरु, आउने दसैंमा जित्नु छ भने अवश्य पढ्नुहोस्


संघीय म्यारिज एेन, २०७४

“म्यारीज खेलको खेल प्रकृयाबारे थोरैलाई थाहा नभएर पनि समय समयमा विवाद आईराख्ने भएको कारण म्यारीज खेललाई व्यवस्थित र मर्यादित पार्नु वाञ्छनीय भएकोले पप्लुको विकसित रुपमा म्यारीजलाई स्थान दिई सबैको घर दैलोमा चाडवाडदेखि काजक्रियासम्म, मेलापात वा पढाईबाट निकालिएको फुर्सदको समयमा, रुद्री वा पुराण लगाएको घरमा वा जागीरे वा बेराेजगार सबैले रुची राखेको तथा नेपालकाे संविधान समेत जारी भएकाे दाेस्राे बर्ष तथा माननीयहरूकाे कार्यकाल सकिनु दुई महिना अघि एेनको तर्जुमा गरिएको छ ।

परिच्छेद–१

१. संक्षिप्त नाम र प्रारम्भ :

(क) याे ऐनको नाम “संघीय म्यारिज एेन, २०७४ ” रहेको छ ।
(ख) यो ऐन म्यारीज खेलाडीहरु र यस खेलप्रति रुची राख्ने दर्शक तथा अन्य खेलाडीहरुको हकमा मात्र लागू हुनेछ ।
(ग) याेे एेन २०७४ सालको बडादशैको घटस्थापनाका दिनदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस एेनमा :

(क) “तास” भन्नाले एक्का देखि वादशाह सम्मका चिडी, सूरत, ईट र पानका चार प्रकारका तास (चक्की) सम्झनु पर्दछ ।
(ख) “बुक” भन्नाले खण्ड (क)मा उल्लेखित थान ५२ को संख्या वा मिश्रित समूहलाई सम्झिनु पर्दछ ।
(ग) “म्यारीज बुक” भन्नाले खण्ड (क) अनुसारको ३ वा ४ बुक तास सम्झिनु पर्दछ।
(घ) “दाना तथा गेडा” भन्नाले तास खेल्दा पैसाको आदान प्रदान गर्न तथा विनिमय गर्न सहज होस् भनी पैसाको मूल्यमा सटही गरी राखिएको मकै, भटमास, सिमी, मटर, केराउ तथा अन्य सजिलो किसिमले गन्न सकिने गेडागुडी वा चिज वस्तुलाई सम्झिनु पर्दछ ।
(ङ) “खेलाडी” भन्नाले जित्ने नै मनसाय राखी दुई वा दुई भन्दा तर ८ जनामा नबढ्ने गरी स्वास्नी, छोरा–छोरीको आँखा छली तथा घरको वा कार्यालयको कामकाज माया मारी म्यारीजको खालमा घुँडा टेकेर चौबिसै घण्टा बिताउने सम्झनु पर्दछ ।
(च) “टट्टु तथा धुपौरे” भन्नाले घरको वा कार्यालयको कामकाज गर्नका दुःखले म्यारीजको खालमा गएर उँघ्ने वा लम्पसार परेर सुत्ने, हात टेकेर अर्काका तास हेरी यो फाल, त्यो फाल भन्ने, हात नटेक लोदर लाग्यो भन्दा हतपत पलेटी कस्ने, अरु खेलाडीले नबोल भन्दा ङिच्च दाँत देखाउँदै हाँस्ने वा निन्याउरो मुख लगाउने व्यक्तिलाई समेत सम्झनु पर्दछ ।
(छ) “म्यारीजको खाल” भन्नाले सम्भव भएसम्म सुकुल माथि शतरन्जा ओछ्याइएको अम्मलीहरुको अम्मल अनुसारको पानी, रक्सी, चुरोट, पान–पराग, खैनी, सुर्ती वा अन्य पान मसला वा यस्तै किसिमका अम्मल समेत जुटाईएको निर्धारित स्थानलाई सम्झनु पर्दछ ।
(ज) “मुर्गा” भन्नाले खेलको अवधिमा अधिक मात्रामा रुपैयाँ हार्ने हरुवा व्यक्तिलाई सम्झनु पर्दछ ।
(झ) “लाग्यो” भन्नाले साथमा भएको नगदी वा जिन्सी सम्पूर्ण सरसामानहरु हारी टाट पल्टी मुर्गा हुने व्यक्तिले तिर्न नसकी ङिच्च दाँत देखाउँदै दिएको जवाफ सम्झनु पर्दछ । सो शब्दले खल्तीमा (भित्री पकेटमा) पैसा भई भई बद्नियत– पूर्वक हारेको पैसा नतिर्ने नियतले कुनै पनि ढंगबाट दिएको जवाफ समेत सम्झनु पर्दछ ।
(ञ) “डबल म्यारीज” भन्नाले खण्ड (ञ) अनुसारका २ जोडा सम्झनु पर्दछ ।
(ट) “चौरेला” भन्नाले कुनै पनि रङ्गका एक अंकका ४ कार्डलाई सम्झनु पर्दछ ।
(ठ) “डब्बल चौरेला” भन्नाले दफा २ को खण्ड (ट) बमोजिमका जोडी सम्झनु पर्दछ।
(ड) “सिक्वेन्स” भन्नाले एकै रङ्गका क्रमिक ३ देखि ५ कार्ड सम्मको तासलाई सम्झनु पर्दछ ।
(ढ) “जोक्कर” भन्नाले कटुवाले माल काटेपछि पल्टेको मालको विभिन्न रङ्गको तासलाई सम्झनु पर्दछ ।
(ण) “माल” भन्नाले कटुवाले तास काटेपछि घोप्ट्याई वा उत्तानो पारी खेलाडीको बीचमा बुकले थिचेर राख्ने तास वा चक्कीलाई सम्झनु पर्दछ ।
(त) “ वाई सी एल” भन्नाले मूल जोक्करलाई सम्झनु पर्दछ ।
(थ) “कटुवा” भन्नाले ३ सिक्वेन्स पुगेपछि भुँईमा सबै खेलाडीहरुले देख्ने गरी भुँईमा पछाडी जोक्कर वा माल काट्ने व्यक्तिलाई सम्झनु पर्दछ । तर पहिलै जोक्कर पल्टाउने खेलमा तास बडुँवाले भन्दा देब्रेपट्टि बसी माल काट्ने व्यक्तिलाई समेत जनाउँदछ ।
(द) “सुको मरु झा” भन्नाले कटुवाले माल काटेपछि जोकर समेत नपरेको अवस्थालाई सम्झनु पर्दछ ।
(ध) “अल्टर” भन्नाले कटुवाले काटेको मालको अल्टर (ठीक विपरित) रङ्ग र अंकको तासलाई सम्झनु पर्दछ ।
(न) “बाटो खर्च” भन्नाले खेलको पिरियडमा अधिक मात्रामा हारी टाट पल्टी १ कि.मि.भन्दा टाढाको गन्तव्यमा पुग्ने पर्ने मुर्गा भएमा उक्त मुर्गालाई जितुवा मध्ये जेष्ठ जितुवाले भाडा बापत अप्ठ्यारो नमानी दिने खर्चलाई सम्झनु पर्दछ ।
(प) “बडुवाल” भन्नाले शर्त बमोजिम सर्वप्रथम वा सो पश्चात् एक अर्कालाई तास बाँड्ने भान्सेलाई सम्झनु पर्दछ ।
(फ) “कटफर” भन्नाले ४ जना सम्म खेलाडी भए प्रत्येक २ राउण्डमा र सो भन्दा माथि खेलाडीहरु भए प्रत्येक राउण्डमा बुकबाट ठुलो तास पल्टाउने खेलाडीले रोजेको स्थानमा बस्न पाउने गरी स्थान सट्टापट्टा गर्ने कार्यलाई सम्झनु पर्दछ
(ब) “१३ प्वाईन्ट” भन्नाले अघिल्लो दिनको ह्याङ्ग वा धङ्गधङ्गीले हो वा अन्य कुनैपनि भूलवश खेलाडीले नियम बमोजिम सो नगरी अन्यथा सो गरे बापत तिराईने जरिवानालाई सम्झनु पर्दछ ।
(भ) “डुप्ली” भन्नाले एकै रङ्गका एकै अंक भएका जोडी तासलाई सम्झनु पर्दछ ।
(म) “डुप्ली शो” भन्नाले ७ डुप्ली बनाएर लेस भएपछि ८ डुप्ली बनाई गरिने शो लाई सम्झनु पर्दछ ।
(य) “बेटर” भन्नाले शुरु तास बाँडेपछि १० वा सो भन्दा माथिको माल परेपछि वा मालै नपरेपछि खेलिने दोब्बरको खेललाई सम्झनु पर्दछ ।
(र) “खाल” भन्नाले संसारैमा कुनै केही पेशा, नोकरी गर्न नसकेपछि वा नपाएपछि स्वास्नी, छोराछोरी पाल्नै पर्ने बाध्यताले वा सानोतिनो केही पेशा वा रोजगारी भएतापनि बढी सम्पत्ति आर्ज गर्ने मनसायले आफ्नै घरमा खाल स्थापना गरी बसेको हुतिहारा वा नामर्द व्यक्तिलाई सम्झनु पर्दछ ।
(ल) “पुरानो कोदो” भन्नाले खेलाडीले पहिल्यै खेलेको म्यारीजको उठ्न बाँकी रकमलाई सम्झनु पर्दछ ।
(व) “डिपोजिट” भन्नाले खेलाडीहरुको आपसी विश्वासमा रकम तिर्ने विषयमा संकट भएको अवस्थामा खेलाडीहरुको सहमतिमा राखेको डिपोजिट रकमलाई सम्झनु पर्दछ ।
(श) “एक छाक खाएर जा” भन्नाले आफ्नो तान्ने पालामा चाहिएको तास नआइ अन्य नमिल्ने तास आउँदा पनि राखि फाल्दा चाही हातमै भएको तास फाल्ने अवस्थामा प्रयोग गरिने थेगोलाइ सम्झनु पर्दछ ।


XL


परिच्छेद–२

३. यस ऐनमा निम्न बमोजिम नियमको व्यवस्था गरिएको छ :-

(१) खेलाडीको संख्या :– यो खेल २ जना देखि ८ जना सम्ममा नबढ्ने गरी खेल्न सकिनेछ । यसरी २ देखि ८ जना सम्मले खेल्ने हुँदा शर्त बमोजिम घोप्टो वा उत्तानो पारी खेल्न सक्नेछन् ।
(२) माल गणना विधि :– यस खेलमा निम्न बमोजिम माल गणना हुनेछ ।

(क) कटुवाले काटेको रङ र अंकको मुनीको टिप्लु र पप्लु २/२ को माल हुनेछ ।
(ख) खण्ड (क) मा उल्लेखित दुवै तास भने ४ को माल हुनेछ ।
(ग) १ टनेला ५ को, २ टनेला १५ को र ३ टनेला परेमा स्वतः ४० को माल हुने छ।
(घ) १ अल्टर ५ को, २ अल्टर १५ को र ३ अल्टर २५ को र ४ अल्टरको ३०, जोक्करको ५ को २ जोक्करको १५, ३ जोक्करको २५, ४ जोक्करको ३० को माल हुनेछ।
(ङ) पल्टेको तासको पप्लु वा टिप्लु तथा पप्लु दुवै भएमा ९ को माल र म्यारिज १० को माल हुनेछ ।
(च) उल्लेखित माल बाहेक खेलाडीहरुले शर्त बमोजिम अन्य जोक्करलाई माल थप गरी खेल खेल्न सक्नेछन् ।

(३) डुप्ली खेल सम्बन्धी व्यवस्था :– यस खेलमा डुप्ली खेल्दा हातमा ७ डुप्ली भएपछि भूँईमा देखाई लेसमा बस्न सकिनेछ र ८ डुप्ली भएमा सो गर्न सकिनेछ । तर उत्तानो पारी खेलिएको खेलमा डुप्ली भुँईमा पछार्नु पर्ने छैन । यस बापत ५ प्वाईन्ट सलामी खान पाईने छ तर ७ डुप्ली हुँदा सम्म हातैमा राखेमा गणना हुँदा कायम भएको प्वाईन्ट तिर्नु पर्ने छैन ।

(४) टनेला तथा डुप्लीमा हुने शो सम्बन्धी विशेष व्यवस्था :– यस खेलमा ३ टनेला शुरुमा परेमा वा ८ डुप्ली हातमा परेमा स्वतः शो हुनेछ ।

(५) बेटर खेल खेलिने व्यवस्था :– यस खेलमा १० को माल भन्दा माथि परे पछि वा माल पर्दै नपरेको अवस्थामा खेलाडीहरुको आपसी सहमतीमा बेटर गेम खेल्न सकिने छ ।

(६) जोक्करलाई माल मानी खेल्न सकिने :– यस खेलमा माल बाहेक खेलाडीहरुको सहमति अनुसार बाहिरको जोक्कर १ वा २ वा ३ वा ४ राखेर अल्टरको गणनामा पनि खेल्न सक्नेछन् ।

(७) लागो भन्न नपाईने :– खेल खेल्दै जाँदा खेलाडीले हारी टाट पल्टी मुर्गा भएपछि लागो भन्न पाइने छैन । यस्तो खेलाडीले डिपोजिटमा धक्का लाग्ने बित्तिकै जुरुक्क उठ्नु पर्नेछ ।

(८) खालमा हराएको वस्तुको जवाफदेही स्वयं खेलाडी नै हुनु पर्ने :– यस खेलमा खेलाडीहरु हारी टाट पल्टी जो सुकैको पनि जुत्ता, रिङ्ग, चेन, घडी, ज्याकेट तथा अन्य नगी तथा जिन्सी सरसामानहरु जमानतमा राखेको वा हराएकोमा सो को जावफदेही खाले नभै स्वयं खेलाडीहरु नै हुनु पर्नेछ ।

(९) पुरानो कोदो नयाँ खेलमा हिसाब गर्न नहुने :– यदि कुनै खेलाडी मुर्गा हुन लागे पछि अस्ति खेल्दाको भनी पुरानो कोदाको कुरा निकाली नयाँ खेलमा हिसाब गर्न पाईने छैन । यस्तो उठती रकम उत्तिनै खेरी खालमै उठाउनु पर्नेछ वा वा माफ मिनाहा गरी अन्यत्रको खेलमा हिसाब नगर्ने घोषणा गरी उठ्नु पर्नेछ ।

(१०) खेल खेलिरहेको समयमा कोही लिन आएमा तुरुन्त उठ्नु पर्ने :– खेल भईरहेको समयमा कुनै पनि खेलाडीको स्वास्नी वा छोरा छोरी वा अन्य नातेदार आई उठ्नोस भनेमा खेलाडीले तुरुन्त आफ्नो हरहिसाब किताब फर्छयौट् नगरी उठ्नु पर्नेछ

(११) जितुवालाई जितौरी बाँड्न बाध्य नपारिने :– खेलको अन्त्य भएपछि जित्ने खेलाडीलाई जितौरी बाँड्न बाध्य पारिने छैन, जितुवाले आफ्नो स्वेच्छाले दिएको जितौरीलाई दर्शक दिर्घाले आफ्नो खूद आम्दानी सम्झी ग्रहण गर्नु पर्नेछ । तर तैंले यति उति कत्ति दिनु पर्नेछ भनी दबाब दिन पाईने छैन ।

(१२) बाटो खर्च दिईने :– खेलको समयमा अधिक मात्रामा हारी टाट पल्टी हार्ने मुर्गालाई जित्ने खेलाडीहरु मध्येबाट १ कि.मि.भन्दा पर सम्मको गन्तव्यमा जानु पर्ने भएमा बाटो खर्च दिन सकिनेछ । तर जितुवाले आनेकाने गरी जुत्ता टिपी भाग्न खोजेमा यसै महलको दण्ड सजायको महलमा व्यवस्था भए बमोजिम कारवाही गरिनेछ ।

(१३) म्यारीज खेल तथा खालमा निषिद्ध कार्यहरु :–
(क) गलत शो गर्न नहुने ।
(ख) खेलाडी तथा दर्शक दिर्घाहरु बिच मुख छाड्न तथा हात हाल्न नहुने ।
(ग) खालेको स्वास्नी, छोरी, चेलीहरु माथि गिद्धे दृष्टि लगाउन नहुने ।
(घ) धारिलो हतियार लिएर आउन निषेध ।
(ङ) ईशारा वा कुनै माध्यमबाट अन्य खेलाडीलाई मालको बारेमा जानकारी दिन नहुने ।
(च) वाई.सि.एल.काटेमा काट्ने व्यक्तिले ५ प्वाईन्ट स्वतः पाउने छ । पुनः काट्दा पुनः परेमा १० प्वाईन्ट स्वतः पाउने छ ।


परिच्छेद–३

४. यस खेलमा निम्न बमोजिमको दण्ड सजायको व्यवस्था गरिएको छ :-

(१) (क) १३ प्वाईन्ट पर्ने :– यस खेलमा कुनैपनि खेलाडीले आफ्नो व्यक्तिगत लाभ लिने उद्देश्यले वा अन्य कुनै दूषित मनसायले वा भूलवस खेलाडीहरुको आँखा छली माल थप्ने, फेरबदल गर्ने, ७ देखि माथि वा मुनीको तास÷चक्की राखी सो गर्ने आदि गलत तथा निषिद्ध कार्य गरेको ठहरेमा, फेला परेमा त्यस्तो खेलाडीलाई १ पल्टको लागि १३ प्वाईन्ट जरिवाना तिराई तास हाप्न लगाईनेछ । अन्यथा दफा ४ (ग) बमोजिम कारवाही गरिनेछ ।

(ख) खेल भईरहेको अवस्थामा कटुवाले माल काटे पश्चात् माल वा जोक्कर परेन भनी कुइकुई गरि म्यारीजको बुक चलाउने, था…..था……..थु…….थु…….गर्ने तथा तासै हुत्याउने सम्म जस्तो अपराध गरेमा त्यस्तो खेलाडीलाई १३ प्वाईन्ट तिराई तुरुन्त खालेले खेलबाट बर्खास्त गरी अर्को खेलाडी नियुक्त गर्न सक्नेछ ।

(२) खालमा मुख छाड्ने तथा गाली गलौज, बेईज्जती गर्न नहुने :– यस ऐनमा कुनैपनि खेलाडीले एक अर्का बिचमा व्यक्तिगत मनमुटाव गर्ने तथा खेलको प्रसङ्गमा अनावश्यक वाद विवाद, किचलो सृजना गी खेलेमा अवरोध ल्याउने÷गराउने तथा नाकमा मुखमा मुक्का बजाउने सम्मको जघन्य अपराध गरेमा त्यस्तो खेलाडीलाई तुरुन्तै भविष्यमा अयोग्य नठहरिने गरी निष्काशन गरिनेछ र सो खालको लागि स्वतः अयोग्य हुनेछ । निजको पुनरावेदन कहीं लाग्ने छैन ।

(३) धारिलो हतियार लिएर आउन निषेध :– कुनैपनि खेलाडी तथा टट्टु वा धुपौरेले खेल भएको समयमा धारिलो हातहतियार लिएर आई, देखाई वा आतङ्कित पारी लिई आएको धारिलो हतियार प्रहार गरी खालमा रहेका कुनै पनि व्यक्तिलाई घाइते बनाएमा ३५ दिन भित्र निको नहुने चोट लागेको अवस्थामा कानून बमोजिम कारवाहीको लागि नजिकको प्रहरी कार्यालयमा बुझाईदिनु पर्नेछ तर ३५ दिन भित्र निको हुने प्रकृतिको चोट भएमा प्रहारकर्ताले घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्नु पर्नेछ ।

(४) आफन्त लिन आएमा जुरुक्क उठ्नु पर्ने :– खेल भईरहेको समयमा कुनैपनि खेलाडीको स्वास्नी वा छोराछोरी वा अन्य नातेदार आई “उठ्नोस्” भनेमा खेलाडीले तुरुन्त आफ्नो हर हिसाबकिताब मिलान गरी खालबाट जुरुक्क उठ्नु पर्नेछ । तर “एकै हात, एकै हात” भनी खेललाई लम्ब्याई लिन आएको व्यक्ति आवेशमा आई तास च्यात्ने वा हुर्याई दिई म्यारीज खेलको गरिमामै आँच पु¥याउने जस्तो जघन्य अपराध गरेमा त्यस्तो खेलाडीलाई तासको मूल्य सहित १० प्रतिशत रकम जरिवाना स्वरुप असूल उपर गराइनेछ । यस्तो सजायबाट असूल उपर हुन आएको रकम मध्ये ५ प्रतिशत रकम म्यारीज खेल वरिपरि झुम्मिएर होस् वा उंघी उंघी भए पनि खेल सफल बनाउन लागि परेका टट्टु वा धुपौरेहरुलाई चिया नास्ता शिर्षकमा तुरुन्त खर्च गर्नु पर्नेछ ।

(५) जिस्क्याउन वा गिज्याउन नहुने :– यदि कुनै खेलाडीले वा हेर्न, उंघ्न, लम्पसार परेर सुत्न वा सिक्न अथवा मान्छे बोलाउन आउने व्यक्तिले खालेको स्वास्नी वा छोरी, चेली माथि कुदृष्टि राखी जिस्क्याउन वा गिज्याउने, आँखा झिम्क्याउने, हात समाउने, गालामा म्वाई खाईदिने वा अन्य यहाँ लेख्न नमिल्ने जस्तो जघन्य अपराध गरेमा त्यस्ता बिल्टुवालाई खालेले उत्निखेरै खालबाट बाहिर निकाली नाङ्गेझार पारी सिस्नु पानी लगाउन सक्नेछ । सो कार्य गर्ने बिल्टुवा अन्य कानूनी कार्वाहीबाट समेत मुक्त हुने छैन ।

(६) जितुवा खेलाडी भाग्न नहुने :– जितुवा खेलाडी आफन्तहरु लिन आएको अवस्थामा बाहेक घटीमा १० राउण्ड खेल नखेली भाग्न पाउने छैन । त्यस्ता जितुवा खेलाडी खेल छाडी नगएको अवस्थामा खेलको अन्तमा जितौरी नबाँडी दूषित मनसायले खालबाट भाग्न वा बाहिरिन खोजेमा त्यस्तो खेलाडीलाई खेलमा खालेले कठालो समाई जितेको सबै पैसा थुती बाहिर पठाईनेछ । यस्तो कार्यमा उपस्थित अन्य खेलाडी तथा टट्टु वा धुपौरेले समेत मद्दत गर्नुपर्नेछ ।

(७) मादक पदार्थ सेवन गरेका खेलाडीलाई मुर्गा बनाउन नपाईने :– कुनैपनि खाले वा खेलाडीहरुले कुनै पनि नशामा भएको खेलाडीलाई विभिन्न प्रलोभन देखाई वा ललाई फकाई खेलमा बसाई साथमा रहेको नगद वा जिन्सी सम्पूर्ण सर–सामानहरु जितेर लिने खेलाडी वा खालेलाई बढीमा ३ वर्षको लागि निलम्वनमा राखी खालस्थापना गर्न नदिने वा खेलाडीहरुको हकमा उल्लेखित अवधि सम्मको लागि खेलमा सहभागी हुन वञ्चित गरिनेछ ।

परिच्छेद–४

(१). अन्य नियम, विनियममा असर नपर्ने :– यस एेनमा उल्लेख भएको नियमहरुले क्षेत्रगत रुपमा बनेका, चलनचल्तीमा रहेका नियम, विनियमलाई कुनैपनि प्रकारले असर गर्ने छैन ।
(२). लागू हुने :– यो एेन केवल म्यारीज प्रेमी खेलाडीहरु वा यो संग सम्बन्ध राख्ने जो कोही व्यक्तिलाई मात्र लागू हुनेछ ।
(३). संयोग हुने :– यो एेनमा व्यवस्था भएका कुराहरु अन्य एेन, नियम, विनियमसंग मेल खान आएमा केवल संयोग मात्र हुने छ ।
(४). अमान्य हुने :– यस ऐनमा बाझिएका कुनैपनि कुराहरु बाझिएको हदसम्म अमान्य हुने छन् ।
(५). बाधा अड्काउ फुकाउने :– यस ऐनमा व्यवस्था भएका कुराहरु बाहेक अन्य परिस्थिति सृजना भई खेलमा अवरोध आएमा खेलाडीहरुको आपसी समझदारीबाट बाधा अड्काउ फुकाउन कुनै बाधा पर्ने छैन ।
(६) संशोधन :– यस एेनमा संशोधन एवं सुझाव दिन चाहनेले नेपाल म्यारीज संघ, केन्द्रीय कार्यालयमा, लिखित राय सुझाव दिन सक्ने छन् ।
(७) खारेजी र बचाउ :– पप्लु नियमावली २०२८ र कलब्रेक नियमावली २००७ यस एेनमा विलीन भएको र अर्को कुनै नयाँ खेलको शुरुवात नहुँदासम्म यो एेनको बचाउ गरिरहनु पर्नेछ ।



फेसबुकबाट साभार 

Thursday, September 14, 2017

एउटा आत्मघाती गेम , जो गेम खेल्नेले जरुर सुसाईड गर्छ ।


एउटा मोबाइलमा खेलिने गेम बारे अत्यन्तै आवस्यक  जानकारी
ब्लु ह्वेल,
एउटा आत्मघाती गेम ।
जीवनघाती मोबाईल गेम ।
जो गेम खेल्नेले जरुर सुसाईड गर्छ ।

……….....................................
यो एउटा गेम जो मोबाईल ल्याप्टप मार्फत खेलिन्छ । यसको प्रकृति सामान्य Mobile app जस्तै हुन्छ तर यो गेम खेलेका मान्छे सुसाईड गर्न बाध्य हुन्छन्, हाल भारतकोको बङ्गालमा पनि यो घटना घटेको छ ।


कसरी सुसाईड गर्छन त मान्छे ?
लाग्छ जिन्दगी बाहेक केही छैन मूल्य कमसेकम स्वयंको लागि । कोहि जानेर खेल्छ्न् कोहि नजानेरै । म psychology strong छु, म आत्महत्या गर्नै सक्दिन भनेर खेल्न सुरु गरेका मध्य पनि १३० भन्दा बढिको मृत्यु भईसकेको छ । गेममा यस्ता च्यालेन्ज हुन्छन् कि जो तपाईले पूरा नगरुन्जेल तपाईलाई छटपटी भईरहन्छ । र गेमको अन्तिम अर्थात ५० लेबलको च्यालेन्ज हो आत्महत्या ।
त्यो गेम खेलुन्जेल मान्छे दुनिया भुलेर यति कमजोर हुन्छ कि उस्लाई पुनः आफ्नो दुनियामा फर्किन गाह्रो हुन्छ ।
यो गेम रसियाका फिलिप्प बुडिकिन Filipp Budeykin ले २०१३ मा बनाएका थिए । लगत्तै उनी पक्राउ पनि परे, उनले भनेका थिए, जस्लाई यो समाजमा बाच्ने अधिकार छैन, जो मूल्यहिन छ, उनिहरुका लागि बनाईएको हो ।
जेल जाने बेला पनि भनेका थिए, "मैले समाज साफ गर्दै छु ।"



गेम बारे केही जानकारी 
गेम ५० लेबल सम्मको हुन्छ । शुरुका केही च्यालेन्जहरु अलिकती सहज लाग्छ अनि क्रस गर्दै जानुहुन्छ । शरिरलाई हानि पुर्याउने पहिलो लेबल ५ देखि माथी जस्मा तपाईलाई हातमा ब्लेडले वा कुनै धारिलो चिजले माछा बनाउनु पर्नेछ । तपाईं त्यो गेम प्रती यति उत्सुक बन्नुहुन्छ कि गेमको अर्को लेबलको प्रतिक्षाका अघि तपाईं आफ्नो हातमा  चोट पुर्याउन सहज देख्नुहुन्छ । अनि हात काटेर proofs नपठाए सम्म level complete पनि हुदैन । त्यो गेम खेलाउने Admin हुन्छन्, गेम खेलिरहेको मोबाईल बाट Admin ले सबै Data transfer गरिसकेको हुन्छ । लोकेसन, फेसबूक, whatapp, यतिसम्म कि मोबाईलमा जोडिएका रिलेटिभ समेत ।

च्यालेन्जहरु यस्ता छन् ।


हातमा ब्लेडले माछको चित्र बनाउनुस् ।
४:२० am मा छतमा गएर फोटो पठाउनुस् ।
रातमा फलानो हर्रर मुभी एक्लै हेर्नुस् ।
घनिष्ट मित्रलाई "म तलाई घृणा गर्छु" भन्नुहोस् ।
हामिले अडियो पठाएका छौ, ध्यान दिएर सुन्नुहोस् । (जस्मा ३० सेकेन्डको ह्वेलको अजिब श्वास साउन्ड हुन्छ)
यस्तै यस्तै ।
हरेक दिन नया टेक्निक लगाएर Admin ले समाजबाट एक्लो महसुस गराउछ, तर हरेक लेबलमा ४:२० am मा उठ्मे क्रम दोहोर्याउछ ।
(बाईबल अनुसार यो समय पापको बलि चढाईने समय हो)

हाम्रा हरेक क्रियाकलापको spy उस्ले Mobile Frequency द्वारा गरिरहेको हुन्छ । Level Complete नगरे विभिन्न धम्की आउने गर्छ, यो कुरा गेम खेल्नेले पत्याउदैन । Game Quit पनि हुँदैन । गेम खेल्नेले मोबाईल सिधै अफ गरेर अन गर्छ । अन्जान नम्बर बाट फोन आउँछ । अनि Whatsapp मा गेम खेल्नेका सबै Detail & Location समेत Admin ले पठाउछ अनि पारिवारिक वाधा पुर्याईने धम्की आउँछ ।

अहो । एउटा डर, अर्को खुलदुली र अर्को लेबलको उग्र प्रतीक्षा !!
      मान्छेलाई बस्नै दिदैन शान्तिले, अनि लेबल क्रस गर्दै जान्छ । depression ले गर्दा परिवार देखि टाढा हुन्छ, कसै संग बोल्दैन, कुरा खोल्नै सक्दैन । लगातार ऊ फस्दै जान्छ । र अन्त्यको पचासौ लेबल को अन्तिम बिकल्प आत्महत्या हुन्छ । शुरुदेखि का लेबलले मान्छेलाई यति सम्म Negative Motivation गरिदिन्छ कि लास्टमा उस्लाई लाग्छ, 'ह्या जाबो आत्महत्या गर्न पनि नसक्नु' ,  अनि आत्महत्या गर्छ  अन्त्यमा ।




प्रिय पाठक, यो गेम Invite गर्नेलाई सजायको ब्यबस्था भईसकेको छ । यो गेम कुनै play store, vidmate, app store, कहिँ पनि मिल्दैन । संजालबाट ब्लक गरिएको छ । यद्यपि यो अझै जिवित छ । गेम आएको केही दिनमै बन्द गरिएको भए पनि Invite गर्दै Link पठाउनेले यस्लाई चर्चामा ल्याए । यस्को Game Rating घटाउन यसै नामका विभिन्न गेम निकालेर मान्छेलाई अन्यत्र आकर्षित गर्ने कोशिस गरेका छन् ।

तपाईलाई कुनै म्यासेज बाट, कुनै पेज ग्रुप बाट ब्लु ह्वेल (Blue whale) नामको गेमको Invite आएमा Ignore गर्नुहोला । नसम्झिनुहोला कि म मानसिक रुपमा बलियो छु, अथवा कसैलाई साथमा राखेर खेल्छु, वा कुनै पनि उपाय अपनाउने कोशिस नगर्नुहोला, किनकी बिकशित राष्ट्रका मानसिक अस्पतालका डाक्टर पनि यो गेमको सिकार भएर ट्रेनको लिगमा सुतेर आत्महत्या गरेका थिए ।

Friday, September 8, 2017

Funny 11 Illustrations That Show How a Man’s Life Changes After Marriage


Every man finally faces the end of his carefree and single life. Some things from those days bring nostalgia and many happy memories, and some things have to be forgotten forever.

Bright Side drew some funny illustrations about the changes in a man’s life that occur soon after he has found his one and only.



















Illustrations and preview photo credit: Anna Syrovatkina specially for BrightSide.me

Tuesday, September 5, 2017

कुन बार जन्मिएको मानिसको भविष्य र आचरण कस्तो हुन्छ ?


मानिसको जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । कुन बालक कुन बार र समयमा जन्मेका हुन्, उनीहरुको उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् । त्यसैले कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको जीवनको विकासक्रम कसरी अगाडि बढेको हुन्छ । त्यसलाई हामीले यहाँ प्रस्तुत गरेका छौ । 

आइतबार
१. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।
२. तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
३. निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।
४. तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।
५. तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।
६. तपाईं पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ ।
७. तपाईं कनै पनि कुरामा सम्झौता गर्नुहुन्न ।
८. तपाईं सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् ।
९. तपाईंको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।
१०. तपाईं आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईंको झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईंलाई छोड्न चाहन्नन् ।

सोमबार
१. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
२. तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।
३. तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।
४. तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
५. तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।
६. तपाईं पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।
७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।
८. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
९. तपाईं आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
१०. हुन त तपाईं सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईंको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ ।

मंगलबार
१. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।
२. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।
७. यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।
८. यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।
९. यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।
१०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।
११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।
१२. स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

बुधबार
१. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।
२. तपाईंको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।
५. तपाईंको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।
६. तपाईंहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुन्छ ।
७. सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ ।
८. तपाईंहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।
९. तपाईंहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् ।
१०. तपाईंहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ ।
११. तपाईंको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाईं आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ ।
१२. तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।

बिहिबार
१. बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
२. तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।
५. तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।
६. स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।
७. तपाईं चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।
८. तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
९. तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुनुहुन्छ ।
१०. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।
११. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।
१२. बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।

शुक्रबार
१.शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।
२. तपाईंहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ ।
३. तपाईंलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।
४. तपाईं मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ ।
५. तपाईं निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।
६. यदि तपाईं पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।
७. तपाईं आफ्नो सम्बन्धमा निकै सजक हुनुहुन्छ तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।
८. तपाईंका निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
९. तपाईंलाई रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ ।
१०. तपाईंको राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ ।
११. तपाईंसँग धनको कमी हुँदैन तर तपाईं त्यसलाई बचत गर्न सक्नुहुन्न ।
१२. तपाईंले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउनुहुन्छ तर जब पाउनुहुन्छ स्थायी रुपमा पाउनुहुन्छ अर्को शब्दमा भन्नुपर्दा तपाईं मेहनती हुनुहुन्छ र संघर्ष गर्न सक्नुहुन्छ ।

शनिबार
१.शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
२. तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।
३. तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ ।
४. तपाईं हुन त सफा मनको हुनु हुन्छ तर कहिले काँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ।
५. तपाईंको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ ।
६. तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न ।
७. तपाईंलाई संगीत र खेलमा रुची हुन्छ ।
८. तपाईंलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न ।
९. तपाईं जिद्दि हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्नुहुन्छ ।
१०. तपाईं कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न ।
११. तपाईंको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ ।


(श्रोतः विभिन्न एजेन्सीहरु )

Tuesday, August 29, 2017

निद्रामा कसैले सासै फेर्न गाह्रो हुने गरी चाप्छ न चल्न मिल्छ न आवाज निकाल्न किन ?


के तपाईलाई कहिल्यै निदाइरहेको बेलामा यस्तो अनुभव भएको छ ? 
कसैले सासै फेर्न गाह्रो हुने गरी चाप्यो, तपाईं चल्न त के आवाज निकाल्न पनि सक्नुहुन्न ?
१. तपाईंलाइ कहिलेकाही यस्तो अनुभव भएको छ ? तपाईं निदाइरहेको भएको छ तर वरिपरी के भैरहेको छ सबै निद्रामै सुन्न सक्नुहुन्छ ?
२. के तपाईंलाइ यस्तो महसुस भएको छ की तपाईं निद्रामा हुनुहुन्छ र तपाईंलाइ सासै फेर्न गाह्रो हुनेगरी कसैले दबाइरहेको छ ?
३. के तपाईंलाई निद्रामा यस्तो लागेको छ की तपाईंले सबै कुरा देख्न सुन्न सक्नुहुन्छ तर तपाईं आफ्नो हात खुट्टा चलाउन सक्नुहुन्न किनकी तपाईंलाई कसैले दबाइरहेको छ ?
४. आजसम्म तपाईं कहिल्लै पनि त्यो ठाउँमा जानुभएको पनि छैन र त्यो काम गर्नु भएको पनि छैन तर तपाईंलाई त्यो ठाउँ पहिल्यै देखे जस्तो लाग्छ त्यो काम पनि पहिल्यै गरे जस्तो लाग्छ वास्तबमा त्यो तपाईंले पहिलो पटक गर्दै हुनुहुन्छ ? नेपालिमा यस्तो हुनुलाई एठन भनिन्छ

के हो एठन ?
Sleeping paralysis नेपालीमा एठन भनेको के हो त ? त्यसको बारेमा यहाँ केही बैज्ञानिक कारणहरु यस्ता छन

एठन भनेको अस्थाई रुपमा निधाउदा आफ्नो शरीर चलाउन र बोल्न नसक्नु हो । यति बेला तपाईले वरपराका कुरा देख्नु हुन्छ महसुस गर्नु हुन्छ तर तपाईं चल्न र बोल्न सक्नु हुदैन । डर त त्यही बेला लाग्छ जब तपाईको दिमागले तपाईले सानोमा सुनेको भुत प्रेत आफ्नो आगाडी या आफू माथी कल्पना गर्छ । जसलाई हामी बैज्ञानिक भाषामा hallucination भन्ने गर्छौ । यो जति सुकै भयानक भएता पनि यसले कुनै हानी भने गर्दैन ।
एठन प्रय २ देखि ७ मिनेटको समय सम्म हुने गर्छ तरकसैकसैलाई यो रातभरी पनि हुन सक्छ । कसैलाई जिवनकालमा एक या दुई चोटीमत्र हुन्छ र कसैलाई केही समयको अन्तरालमा भैरहन्छ । प्राय निधाउन लाग्दा र निन्द्रा खुल्ने समयमा एठन भएको पाईन्छ । तपाईं यदि धेरै रात सुत्नु भएन दिनमा मत्रै सुत्नु भयो अनि अचानक निकै समय १/२ हप्ता पछि रातमा सुत्नु भयो भने पनि यसको सम्भावना बढेर आउँछ ।

यसको कारण :
रातमा तपाईको शरीरले तपाईलाई निन्द्रामा हिड्न बाट रोक्नको लागि एउटा chemical बनाउछ र तपाईंको दिमाग तपाईको शरीरको सहकार्यमा निधाउछ । तर यदि तपाईं केही मानसिक तनाब या दिमागमा निकै कुरा खेलाउदै निधाउनु हुन्छ भने तपाईको दिमागको एउटा सानो भाग बिउझन्छ र शरीर चलाउन खोज्छ तर शरीरले बनाएको त्यो chemical ले हामीलाई उठ्न दिदैन । त्यसैकारण एठन हुने गर्छ ।

एठन मान्छे मान्छेमा फरक हुन सक्छ । कसैले आवाज कल्पना गर्न सक्छन भने कसैले आफ्नो अगाडि या आफ्नो छातीमा कसैलाई महसुस गर्न सक्छन ।
एठन हुदा हामी भुत प्रत अगाडि पाउछौ र मन मनै भगवानको प्राथना गर्न थाल्छौ किनकि हामीलाई सानैबट सिकाईएको छ कि हामीलाई नोक्सान भुत प्रेतले गर्छ र हामीलाई भावानले बचाउछ । हाम्रो दिमागले पनि त्यही कल्पना गर्छ ।

एठन तपाईलाई पनि भएको छ भने डराउनु पर्दैन यो कुनै भुत प्रेतको प्रभाब होईन न त मानसिक रोगनै हो । यो १०० मा ९८ जनालाई हुने नै गरेको पाईन्छ । तर यदि तपाईलाई हरेक रात झै एठन हुन्छ भने तपाईले एकपल्ट डाक्टर संग सम्पर्क गर्दा राम्रो हुन्छ । डाक्टरले तपाईलाई कसरी निधाउन सकिन्छ भनेर पुर्ण सहयोग गर्न सक्नु हुन्छ ।

शरीरमा(रगत) मा अक्सिजन को मात्रा कम हुँदा मस्तिष्कमा अवरोध उत्पन्न् हुनाले मान्सपेसी को नियन्त्रण गुम्दा अबचेतन अवस्थाको शृजना भइ त्यस्तो अनुभुती हुन्छ । अर्धचेत अबस्थामा मानिसको उर्जा अनियमित र क्रम भङ्ग को रूपमा बिचरण गर्ने हुंदा अनौठो अनौठो अनुभुती हुन्छ । शरिर सुतेपनि मन अर्धचेत अवस्थामा डुलिरहन्छ जव मान्छे मनोवल कमजोर भई आत्तिन्छ सो-अवस्थामा शरिरमा पुग्नुपर्ने अक्सिजन पुग्दैन् तसर्थ कमजोर हुन्छ अर्धचेत र कमजोरीमा त्यस्ता खराव तत्व प्रवेश गरेर आक्रमण हुन्छ र ऐठन हुन्छ । किनकी मान्छेको शरिरमा सबै तत्व मिलेर रहेको छ । डर, त्रास कमजोरी मान्छेमा जन्मजातै छ ।

यसलाई रोक्नको लागि :
१. मानसिक तनाब लिएर बिस्तरमा नजानु होला । यदि केहि मानसिक तनाब छ भने नुहाएर सुत्नु राम्रो हुन्छ ।
२. सुत्नु अघि मोबि, दूध या प्रयाप्त पानी पिएर निधाउनुले एठन रोक्न सक्छ ।
३. सबै भन्दा राम्रो केही पढ्दै निधाउनु हुन्छ प्राय मान्छेहरु पढ्दा निदाउछन र दिमाग पनि अन्तै केन्द्रीत हुन्छ ।
राती तपाईलाई भयो र तपाईं बिउझनु भयो उठेर लामो सास लिनुस, बत्ती बाल्नुस, पानी पिउनुस, झ्याल खोलेर चिसो हावा लिनुस आफुलाई सम्झाउनुस यो केवल दिमागको खेल हो र यो रातमा एक पल्ट मत्रै हुन्छ भनेर । अनि आफू तयार भए झै लागे पछि आराम साथ निधाउनुहोस ।

यो उपाय पनि प्रयोग गरि हेर्नुहोस :
बेलुका खाना खाएपछी, करिब २ घन्टाको फरकमा ओछ्यान मै भएपनी सुतेर वा बसेरै, करिब १० मिनट जति लामो लामो स्वास तान्दै छोड्दै गर्नु र तेहि घुत्रुक्क सुत्नु । त्यस रात तपाईं लाइ केहि हुदैन । प्रयोग हो गरेर हेर्नुहोस 



By kanchanjanghaonline