Tuesday, March 20, 2018
कोरियामा रहेका नेपालीबाट उठाएको १५ करोड : एकले डुबायो, अर्कोमा ‘जोखिम’ कायमै !
Saturday, August 19, 2017
किन पाएनन् निशान भट्टराइले भोट ?
पछिल्लो समयमा निकै चर्चित बनेको
रियालिटी शो ‘नेपाल आइडल’
टप फाइभमा प्रवेश गरेको छ।
टप फाइभ प्रवेश गर्नु अघि
चर्चित कन्टेस्टेन्ट सुरज थापा
प्रतियोगिताबाट बाहिरिएका छन्।
यसै शोकै एक प्रवल दाबेबार मानिएका
निशान भट्टराई ‘बटम थ्रि’मा परेर बालबाल जोगिए। ‘बटम थ्री’मा निशान भट्टराई, सुरज थापा सहित सुजाता पाण्डे परेकी थिइन् ।
तर दर्शकको भोटको आधारमा सुरज थापाको
नेपाल आइडल यात्रा समाप्त भयो।
तर बाहिरनु अघि नै सुरज थापाले
दर्शक र स्रोता माझ निकै लोकप्रियता कमाइसकेका छन्। उनले गाएको झलकमान गन्धर्वको ‘हे बरै’ गीतले त दर्शकको मनै लुटेको थियो।
सामाजिक सञ्जालमा प्रबल दाबेदार मानिएका
निशान भट्टराई ‘बटम थ्री’मा परेकोमा व्यापक टिकाटिप्पणी चलेको छ। देशको पुर्वी भेगमा बाढीले निकै प्रभावित गरेका कारण उनको भोट घटेको टिप्पणी पनि सामाजिक सञ्जालमा गरिएको छ ।
यसैगरि सुरज थापाको भोट पनि बाढीले नै प्रभावित गरेको टिप्पणीहरु गरिएका छन्।
तर आइडलले भोटको संख्या पनि सार्वजनिक
नगर्ने र कुन क्षेत्रबाट कति भोट आयो भन्ने थाहा नहुने भएकाले यो अनुमानको विषय मात्र हो।
तर निशानले केही दिन अघि फेसबुकमा भोट र बाढीलाई जोडेर राखेको स्टाटसले भने उनका प्रशंसकको मन हरेको थियो।
उनको स्टाटस
"हामी हरेक वर्ष केही न केही समस्या झेलिरहेका छौँ । कहिले भूकम्प, कहिले बाढीपहिरो, कहिले विभिन्न रोगहरूको महामारी आदि आदि । र यतिबेला भने देशले बाढीपहिरोको कठिन परिस्थिति झेलिरहेको छ । थुप्रै घरपरिवार विस्थापित हुनुभएको छ, थुप्रै परिवारहरू आफन्त गुमाएको पीडामा हुनुहुन्छ, अभाव र असहाय अवस्थामा कति परिवारहरू गुज्रिरहुनु भएको छ ।
यो सब देखेर मेरो मनमा अत्यन्तै पीडा भइरहेको छ, छटपटी भइरहेको छ । यो बेलामा आफ्नो तर्फबाट केही गर्न सकिरेहको छैन त्यसले मलाई झन भावुक बनाइरहेको छ ।
म यतिबेला यो सब पीडा मनमा बोकेर नेपाल आइडलको मन्चमा छु । मेरा फ्यानहरू पीडामा हुनुहुन्छ, मैले बढो दुःखले हाँस्ने हिम्मत गरिरहेको छु र हरेक बिहीबार झैँ यो बिहीबार पनि नेपाल आइडलको कार्यक्रम प्रस्तुत हुँदैछ ।
तर यो साता भने म यहाँहरूलाई भोट गरिदिनुहोस् भन्न सक्ने अवस्थामा छैन ।
आदरणीय, मेरा आत्मीय मित्रहरू, मेरा सम्पूर्ण प्रियजनहरू, आफन्तहरू ! पहिला हजुरहरू सुरक्षित रहनुहोस् र अरुलाई पनि सुरक्षित रहन सहयोग गर्नुहोस् । त्यसपछि सहज भयो भने नेपाल आइडलको कार्यक्रम हेरेर भोटिङ गनुहोस् ।
सबभन्दा पहिला यहाँहरू सबैजना सुरक्षित र पीडामुक्त भएको सुन्न र देख्न चाहन्छु ।
तपाईहरूको प्यारो निशान भट्टराई ।"
Friday, August 18, 2017
सबैलाई रुवाउँदै नेपाल आइडलबाट बाहिरिए सुरज थापा, यस्तो छ उनको नेपाल आइडलसम्मको यात्रा
नेपाल आइडलको तरंग
नेपाली टेलिभिजनको इतिहासमा सर्वाधिक रुचाइएको गायन रियालिटी सो नेपाल आइडलको यात्रा
अहिले उत्कृष्ट ६ मा आइपुगेको छ ।
यो क्रम उत्कृष्ट तीनसम्म निरन्तर चल्नेछ ।
यस अर्थमा अब तीनजना प्रतियोगी बाहिरिनेछन् ।
बाँकी तीनजना अन्तिम प्रतिस्पर्धामा उत्रिनेछन् ।
अन्तिम प्रतिस्पर्धामा उत्रिएका तीनमध्ये एकजना विजेताले नेपाल आइडलको सान र मान पाउनेछन् ।
त्यो भाग्यमानी को हुने हो भन्ने बहस सुरु भइसकेको छ । कतिपयले बाजीसमेत राख्न थालेका छन् ।
नेपालमा पहिलो पटक भित्र्याइएको अन्तर्राष्ट्रिय फ्रेन्चआइच सोको विजेता बनेर इतिहास रच्ने अवसर कसले पाउने हुन्
त्यो भने समयले तय गर्नेछ । नेपाल आइडलका बारेमा संगीतकर्मीहरू के भन्छन् त ?
चर्चाको विषय बनेको छ
नेपाल आइडलको आयोजनासँगै हजारौं युवाको सपना चल्मलाउन थालेको छ ।
संगीत क्षेत्रमा लागेर भविष्य खोज्नेहरूका लागि गतिलो प्लेटफर्मको सुरुवात भएको छ ।
नेपालमा यो स्तरको कार्यक्रम हुनु सम्पूर्ण संगीतप्रेमीका लागि गौरवको विषय हो ।
अहिले यो कार्यक्रम जताततै चर्चा र बहसको विषय बनेको छ ।
प्रतियोगीको कुरा गर्ने हो भने पनि उत्कृष्ट १२ मा परेका सबैको स्वरउत्तिकै सशक्त र प्रभावकारी लाग्छ ।
अहिले उत्कृष्ट ६ मध्ये जो नेपाल आइडल घोषणा भए पनि डिजर्व गर्न सक्ने सामथ्र्य उनीहरूको स्वरमा छ ।
हजारौंमध्ये छानिएर यो स्थानमा आउनु आफैंमा जित हो।
-शान्तिराम राई, संगीतकार
तरंग पैदा गरेको छ
आँखालाई आनन्द लाग्ने र कानलाई पनि सुनिरहुँजस्तो हुने सो हेर्न पाएका छौं ।
नेपाल आइडल सांगीतिक क्षेत्रका लागि महत्वपूर्ण देखिएको छ ।
श्रोतादर्शकमा अहिले तरंग पैदा गरेको छ ।
विदेशी च्यानल हेरेर मनोरञ्जन लिनेहरूलाई पनि यसले आकर्षित गरेको छ ।
अन्य टेलिभिजनलाई अब यही स्तरको कार्यक्रम बनाउनुपर्छ भन्ने चुनौती थपिदिएको छ ।
नयाँ प्रतिभालाई गाउनमा अझ मेहनत गर्न प्रेरित गरेको हुनुपर्छ ।
तर प्रतियोगितामा अझ ‘र’कलाकारलाई ल्याएको भए राम्रो हुन्थ्यो ।
नेपाल आइडल कच्चा कलाकारलाई ल्याएर परिपक्व बनाउने चमत्कारी प्लेटफर्म बन्नु पर्छ।
-हेमन्त शर्मा, गायक
निरन्तरता पाओस्
नेपाल आइडल नेपाली सांगीतिक क्षेत्रका लागि यो ठूलो अवसर हो ।
यसले पुराना पुस्तालाई सचेत र नयाँ पुस्तालाई जागरुक बनाउने काम गरेको छ ।
गायनमा करियर बनाउन चाहनेलाई कसरी तयारी गर्ने, कति मेहनत गर्ने भन्ने चेतना दिएको छ ।
नेपाली प्रतिभा र आयोजक अब यो स्तरका लागि तयार भइसकेको छ भन्ने सन्देशसमेत दिएको छ ।
पहिलो सिजन भएकाले केही कमी, कमजोरी होलान् त्यसलाई सुधार गर्दै आगामी सिजनमा अघि बढ्नुपर्छ ।
प्रतियोगीलाई अझै प्रशिक्षण पुगेको छैन कि जस्तो लाग्छ ।
नेपाल आइडलले निरन्तरता पाओस् ।
-दीप श्रेष्ठ, गायक
उत्सव बन्न सक्छ
अन्तर्राष्ट्रिय फ्रेन्चआइच नेपालमा आउनु ठुलो कुरा हो ।
नेपाल आइडलजस्तो प्रतियोगिताले राम्रो गायकगायिकाको खोजीमात्रै होइन राम्रो श्रोतादर्शक पनि तयार गर्छ ।
बजारका दृष्टिले राम्रो श्रोतादर्शक पाउनु ठुलो कुरा हो ।
यो सोले निरन्तरता पायो भने
संगीतप्रेमीका लागि हरेक वर्ष उत्सव बन्न सक्छ ।
एउटा महत्वपूर्ण कुरा प्रतियोगीलाई सकभर संगीतको भाषामा धेरै कुरा भनिदिनुपर्छ ।
जस्तो राम्रो भएन भने यो कारणले भएन, राम्रो भयो भने यो कारणले भनेर खुलस्त पारिदिनु पर्छ ।
यसले अरूलाई पनि सिकाउँछ । जसले नेपाली संगीतको स्तर अभिवृद्धिमा मद्दत पुर्याउँछ ।
-राजु सिंह, संगीतकार
मापदण्डलार्इ स्वीकार्नुपर्छ
क्षमता भएका मान्छे गाउँगाउँमा हुन सक्छ । उनीहरूलाई ल्याएर स्थापित गराउन नेपाल आइडलजस्तो ठूलो मञ्च चाहिन्छ ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त सो नेपालमा सुरु हुनु त खुसीको कुरा हो । अहिले उत्कृष्ट ६ मा परेका सबैमा उत्तिकै सम्भावना छ । तापनि कोही न कोही त स्थापित मान्यता र मापदण्डका आधारमा बाहिरिनै पर्छ । त्यसलाई प्रतियोगी, दर्शक सबैले स्विकार्नुपर्छ ।
तर नयाँ पुस्तामा मलाई मन परेको ठीक, मन नपरेको बेठीक भन्ने भावना जसरी देखियो त्यो गलत हो ।
अहिले निर्णायकलाई जसरी गाली गरिँदैछ यस्तै अवस्था रह्यो भने भविष्यमा निर्णायक नपाउन सकिन्छ ।
-राजेन्द्र थापा, गीतकार
संघर्ष जारी राख्नुपर्छ
गायनमा क्षमता भएका तर अवसर नपाएका नयाँ पुस्ताका लागि नेपाल आइडल राम्रो प्लेटफर्म हो ।
अहिले उत्कृष्ट ६ सम्म आइपुगेका प्रतियोगीहरूले आफूलाई भर्सटाइल सिंगरका रूपमा स्थापित गरिसकेका छन् ।
भारतमा यस्ता धेरै रियालिटी सो हुन्छ । कपितय विजेता त्यत्तिकै हराएका छन् भने सहभागीहरू चम्केका उदाहरण प्रशस्त छ ।
त्यसैले जसले जिते पनि संघर्ष जारी राख्नुपर्छ । प्रतियोगितालाई अझ मनोरञ्जनात्मक बनाउन विभिन्न सेग्मेन्टहरू समावेश गर्नुपर्छ ।
प्रतियोगीका दुःखसुखका कुरा बेलाबेलामा दिन सक्यो भने त्यसले अझ बढी भिवर्स पाउँछ ।
-मिलन अमात्य, गायिका
नेपाल आइडलका उत्कृष्ट ६ प्रतियोगी
सुरज थापा
नेपालगन्जका सुरज थापा नेपाल आइडलमा उत्कृष्ट ६ सम्म आइपुगेका छन् ।
राजधानीबाट अडिसन दिएका उनी आधुनिक, सेमी क्लासिक र सेन्टिमेन्टल गीत मन पराउँछन् ।
नेपाल आइडलजस्तो विख्यात स्टेजमा उभिएर उत्कृष्ट ६ सम्मको यात्रा तय गर्नु चानचुने विषय होइन ।
यो उपलब्धिबाट उनी पनि निकै खुसी र उत्साहित छन् ।
उपाधिका लागि आफूलाई दाबेदार मान्ने सुरज रेडियो नेपालमा पुराना कलाकारका गीत सुनेर
गीतसंगीतप्रति आकर्षित भएका हुन् । ३० वर्षीय उनले आईए गरेका छन् ।
प्रताप दास
सबै खाले गीत सुन्न र गाउन मन पराउने प्रताप दास नेपाल आइडलका प्रबल दाबेदार मानिएका छन् ।
ललितपुर झरुवारासीका २२ वर्षीय प्रताप पारिवारिक वातावरण नै सांगीतिक भएकाले यस क्षेत्रप्रति आकर्षित भएका हुन् ।
लगभग तीन वर्ष गायनसम्बन्धी प्रशिक्षण लिएका उनी नारायणगोपाल र कर्णदासको स्वरबाट प्रभावित छन् ।
स्नातक अध्ययनरत उनी अहिले आफ्नो एकमात्र लक्ष्य नेपाल आइडल भएको बताउँछन् ।
प्रतियोगितामा उत्कृष्ट ६ सम्म आइपुग्दा उनले निकै रोमाञ्चक अनुभूति गरेका छन् ।
सुजाता पाण्डेय
नेपाल आइडलमा सहभागी हुन चाहने हजारौंलाई उछिन्दै उत्कृष्ट ६ सम्म आइपुग्ने एकमात्र महिला प्रतियोगी हुन्,
सुजाता पाण्डेय । बुटवलकी २१ वर्षीया सुजाता अरुणा लामा, तारादेवी र नयाँ पुस्तामा मेलिना राईको स्वर मन पराउँछिन् ।
बुटवलबाट अडिसन दिएकी उनको पनि लक्ष्य जित नै हो । नेपाल आइडलमा आएपछि गायनसम्बन्धी धेरै कुरा सिकेको उनको भनाइ छ ।
बीबीएस अध्ययनरत उनी परिवारको साथ र दर्शकको मायाका कारण नेपाल आइडलजस्तो गरिमामय प्रतियोगितामा
यहाँसम्मको यात्रा तय सम्भव भएको बताउँछिन् ।
निशान भट्टराई
दुईवटा चर्चित प्रतियोगितामा मोरङ उर्लाबारीका दुई प्रतियोगी देखा परे ।
नेपाल आइडलमा निशान भट्टराई र मिस नेपालमा निकिता चान्डक ।
निकिताले ताज चुमेर उर्लाबारीवासीबाट स्याबासी पाइसकेकी छन् भने निशान त्यस्तै इतिहास बनाउन प्रयासरत छन् ।
बीबीएस अध्ययनरत २१ वर्षीय भट्टराई सानैदेखि गीतसंगीतप्रति रुचि राख्थे ।
निशानको गायनकलाका कारण उनी पनि नेपाल आइडलका प्रबल दाबेदार मानिएका छन् ।
गजल, आधुनिक गायनमा रुचि राख्ने उनी सबै खाले गीत गाउन सक्छन् ।
सागर आलेमगर
प्लस टु गरेका सागर आलेमगरले पनि नेपाल आइडलमा उत्कृष्ट ६ सम्मको यात्रा तय गरेका छन् ।
चितवनका २० वर्षीय मगर सबै प्रकारका गीत सुन्न र गाउन मन पराउँछन् ।
अहिलेसम्म औपचारिक रूपमा संगीत नसिके पनि उनको गायनकौशल र स्वर लोभलाग्दो छ ।
नेपाल आइडलमा आएर आफूले संगीतसम्बन्धी धेरै कुरा सिकेको उनको भनाइ छ ।
परिवारमा सांगीतिक वातावरण भएकाले यस क्षेत्रमा आकर्षित भएका आलेमगरले
नेपाल आइडलका लागि नारायणगढबाट अडिसन दिएका थिए ।
बुद्ध लामा
नेपाल आइडलमा उत्कृष्ट ६ सम्म आइपुगेका पोखरा, नयाँबजारका बुद्ध लामा
अहिलेसम्म बटम लाइनमा परेका छैनन् । प्लस टु अध्ययनरत २० वर्षीय लामा प्रतियोगिताका प्रबल दाबेदारमा पर्छन् ।
दिदी र दाइका कारण गायन क्षेत्रमा लाग्न सम्भव भएको बताउने उनी पुराना र आधुनिक शैलीका गीत मन पराउँछन् ।
नेपाल आइडलमा आएपछि उनले जति मेहनत गरेका छन्, श्रोता दर्शकको साथ पनि त्यत्तिकै पाउँदै आएका छन् ।
सामान्य परिवारका बुद्धलाई मेहनत र गायनकौशलकै कारण धेरैले मन पराएको देखिन्छ ।
Source : अशोकप्यासी रार्इ , annapurnapost
Sunday, June 25, 2017
निगमले वाइडबडी जहाज ल्याएपछि पहिलो उडान दक्षिण कोरिया गर्ने
Thursday, June 1, 2017
National Anthem / राष्ट्रिय गान
Tuesday, May 9, 2017
आँखाले देखेको उत्तरकोरिया
कोरिया सरकार, वर्कस पार्टी कोरिया र कासले आयोजना गरेका घोषित कार्यक्रममा सहभागी हुने र विविध विषयहरूमा चलाइने छलफल/अन्तरक्रियाहरूमा सहभागी हुनु स्वाभाविकै थियो । त्यसका अतिरिक्त म उत्तर कोरियाका भित्री र बाहिरी दुईवटा पाटाबारे भित्रैसम्म पुगेर बुझ्न बढी प्रयत्नशील रहें ।
धेरै पहिलेदेखि नै उत्तर कोरियाबारे के प्रचार गरिएको छ भने, त्यहाँको शासन प्रणाली राजतन्त्रात्मकजस्तो छ । राजतन्त्रात्मक शासन प्रणाली भएका मुलुकमा राजाको छोरा राजा बन्ने गरेझैं उत्तर कोरियामा संस्थापक नेता किम इल सुङका छोरा–नातिहरू राष्ट्रप्रमुख बन्ने जुन राजनीतिक प्रणाली देखिन्छ, त्यो राजतन्त्रजस्तो छ ।
उत्तर कोरियाप्रति प्रचार गरिँदै आएको अर्को विषय हो— त्यहाँ सैनिक शासन छ, जनतालाई चुँसम्म बोल्न दिइँदैन । जनतालाई सम्पूर्ण प्रजातान्त्रिक हक अधिकारबाट वञ्चित गराइएको छ, सरकारको विरोध गर्नेलाई अर्थात् विरोधीहरूलाई सोझै गोली ठोकी मारिन्छ । सूचना र प्रविधिको हकमा पनि जनतालाई बन्धक राखिएको छ र विश्वबाटै अलग्गै राष्ट्रको रूपमा राखिएको छ ।
उत्तर कोरियाविरुद्ध लाग्ने गरेको अर्को आरोप हो— सरकारले त्यहाँका जनतालाई लाउन, खान दिएको छैन, जनता भोकभोकै पर्दछन् र कुपोषणबाट ग्रसित छन् । पढ्ने लेख्ने अवसरबाट पनि जनतालाई वञ्चित तुल्याइएको छ ।
उत्तर कोरियालाई लाग्ने सबैभन्दा ठूलो आरोप हो— त्यहाँ जनताको मानवाधिकार पूरै हनन गरिएको छ । जनतालाई बोल्न, लेख्न र विरोध गर्न पाइँदैन ।
कोरिया र अमेरिकाबीच छिट्टै युद्ध हुँदै छ एक अर्कोले युद्धका लागि व्यापक तयारी गरिरहेका छन् र यदि युद्ध नै भयो भने अमेरिकाले उत्तर कोरियालाई खरानीमा परिणत गरिदिन्छ भन्नेजस्ता तमाम प्रकारका प्रचारबाजी सुन्न पाइन्छ । यिनै विषयहरू हुन, बाहिरी रूपमा हेर्दा उत्तर कोरियालाई बुझ्ने आधारहरू ।
भौतिक रूपमै उत्तर कोरिया पुगेर त्यहाँको शासन प्रणाली, कोरियाले अवलम्बन गर्दै आएको विचार प्रणाली, जनताका मौलिक हक अधिकारहरू जस्तै शिक्षा, स्वास्थ्य, यातायात, गाँस, बास र कपासका बारे जान्न खोजें । जनताको जीवनस्तर, लबाइ, खुवाइ, बसोबास, रहनसहन, आवत जावत, खानपान, जीवनशैली, सांस्कृतिक अवस्था र जनताको स्तर, जनताको चेतना आदिबारेमा भित्रैसम्म पसेर बुझ्ने प्रयत्न गरें ।
वास्तवमा मैले त्यहाँ पहिलेदेखि बाहिरी रूपमा जुन प्रचार गरिएको थियो र हामीले जे सुन्दै आएका थियौं त्यसको ठीक विपरीत भएको पाएँ ।
शासन प्रणालीका दृष्टिकोणले उत्तर कोरियामा समाजवादी व्यवस्था छ । त्यहाँ कम्युनिस्ट पार्टीको सट्टा ‘वर्कर्स पार्टी कोरिया’ नाम सुरुदेखि राखिँदै आएको छ । विचारधारात्मक रूपमा माक्र्सवाद लेनिनवाद–जुछे विचारधारालाई पार्टीको मार्गदर्शक सिद्धान्त छ । सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत समाजवादी शासन प्रणाली अपनाउँदै आएका कारण सरकारले नियम, कानुन कडा रूपमा निर्माण गरेको छ र कार्यान्वयन पनि कडाइका साथ लागू गरिरहेको छ । त्यहाँ कडा अनुशासन छ । सरकारका नियम कानुनको पालना नगर्ने, पार्टीले अपनाउँदै आएको विधिविधान र पद्धतिहरू उल्लंघन गर्नेहरूको जीवन भने त्यहाँ खतरामुक्त छैन ।
त्यहाँ सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत समाजवादी शासन प्रणाली अवलम्बन गर्दै आएको पाइन्छ । राज्यको नेतृत्व चयन गर्ने जिम्मा वर्कस पार्टीको भएकाले किम इल सुङको परिवारभित्रबाट वा बाहिरबाट राज्यको प्रमुख छान्ने विधि पद्धति अपनाइएकाले त्यहाँ राजतन्त्रात्मक व्यवस्था भएको आरोप लगाइएको हो । किम इल सुङले उत्तर कोरियाबारे गरेको त्याग वीरता र कुशल नेतृत्व अनि मुलुकलाई यहाँसम्म ल्याउन बढी योगदान गरेकाले त्यस परिवारमा राज्य सञ्चालन गर्ने क्षमतावान सन्तान रहेसम्म राज्यको नेतृत्वमा राखिरहनुपर्छ भन्ने जनताको भित्री भावना पाइन्छ ।
अर्को प्रश्न जुन छ, जनतालाई लाउन खानबाट राज्यले बञ्चित गर्दै आएको छ, जनता खान लाउन नपाएर भोक भोकै मरिरहेका छन्, कुपोषणले ग्रस्त छन् । त्यहाँ पुगेर बुझ्दा के पाइयो भने सरकारले गाँस, बास र कपासको व्यवस्था गरेको रहेछ । सहरमा ४०/५० तलाका गगणचुम्बी महल खडा गरी एउटै स्तरका भवनहरूमा एक परिवारलाई एक फ्ल्याट नि:शुल्क वितरण गर्दै आएको रहेछ । गाउँमो वैज्ञानिक बसोबास प्रणाली अन्तर्गत एउटै रंग र साइजका तीनतले घरहरू देशभर नै निर्माण गरेर किसानहरूलाई नि:शुल्क बसोबासको व्यवस्था सरकारले मिलाइदिएको पाइयो । गाउँलाई पनि शहरीकरण गर्ने सरकारी अभियान तीव्रगतिले अगाडि बढिरहेको पाइन्छ ।
मजदूर तथा कर्मचारीलाई कुनै तलब भत्ताको व्यवस्था छैन । ८ घण्टा अनिवार्य रूपमा काम गर्नुपर्दछ । राशन, पानी, दैनन्दिनका लागि आवश्यक पर्ने वस्तु र लत्ताकपडा सबै राज्यले नै जनतालाई उपलब्ध गराउने व्यवस्था रहेछ । जनताको सम्पूर्ण ग्यारेन्टी सरकारले लिएको भए पनि केही व्यक्तिगत चाहना पूरा गर्न मजदुर तथा कर्मचारीहरूलाई श्रम गरेबापत थोरै मात्रामा रकम उपलब्ध गराउने र किसानहरूलाई पनि आम्दानीको थोरै हिस्साबाट नगद उपलब्ध गराउने व्यवस्था भने रहेछ । त्यसैबाट यातायात क्षेत्रमा लाग्ने सामान्य कर र किसानहरूले आफ्नो केही व्यक्तिगत चाहनामा परिपूर्ति गर्ने रहेछन् ।
जनतालाई खानका लागि सबै चिज सरकारले सुलभ ढंगले पुर्याउने व्यवस्था गरेकाले भोकभोकै मरिरहेका छन् भन्ने प्रचारवाजी मैले गलत पाएँ । मुख्य खाना भात रहेको त्यहाँको प्रमुख बाली धान रहेछ । मकै, गहुँ, जौ, आलु अन्य खाद्य वस्तु पनि उत्पादन हुने रहेछ । त्यहाँको उत्पादनले नपुगेमा चीनबाट आपूर्ति गरिँदो रहेछ । खानामा पूरै वैज्ञानिकीकरण गरिएको हुनाले कुपोषणले जनता राउटे हुन्छन् भन्ने कुरा पनि गलत प्रचारबाजी रहेछ भन्ने महसुस गरें । सबै जनतालाई सैन्यकरण गरिएको र सैन्य तालिमको कारणले महिला या पुरुष दुवै ‘स्लिम’ देखिन्छन् ।
पहिरनका सवालमा पनि त्यहाँ सबै एकै दर्जाको टाइसुट र सुटेट बुटेट लगाएर हिँड्दछन् । कोही पनि कही पनि सामान्य पोषाकमा हिँडडुल गरेको देखिएन । महिलाले टाइसुटबाहेक मिनिस्कट र राष्ट्रिय पोसाक ह्यांगा पनि पहिरिएका हुन्छन् । सबै लत्ताकपडा जनतालाई राज्यले निशुल्क उपलब्ध गराउँदै आएको रहेछ । जनतालाई शिक्षा नि:शुल्क रूपमा उपलब्ध गराइएको छ । प्लस टुसम्मको शिक्षा अनिवार्य, वैज्ञानिक, प्राविधिक र व्यावहारिक तुल्याइएको छ । त्यसपछि योग्यता परीक्षा लिएर विद्यार्थी जुन विषयमा दक्षता राख्दछ त्यसैमा राज्यले उच्च शिक्षा हासिल नि:शुल्क रूपमा दिलाउँदो रहेछ । शतप्रतिशत जनता साक्षर छन् रे ।
स्वास्थ्य सेवा पनि जनताले नि:शुल्क र सुलभ रूपमा पाउने व्यवस्था गरेको रहेछ । देशव्यापी रूपमा बाल शिक्षण अस्पतालहरू खडा गरेर ५,६ वर्षका बालबालिकाहरू औषधि विज्ञान पढाउने गरेको पाइयो । प्वाङयाङस्थित एक बाल अस्पतालमा हामीलाई पुर्याएर बालबालिकाहरूलाई औषधि विज्ञान पढाइरहेको अवलोकन समेत गराइयो ।
यातायात पूरै नि:शुल्क रहेछ । राजधानी प्वाङयाङ र सहरीकरण गरिएका क्षेत्रहरूमा सडकहरू अन्य देशका तुलनामा ठूला र फराकिलो रूपमा निर्माण गरिएको पाइयो । त्यहाँको जनसंख्या करिब ३ करोड हाराहारी छ । यातायातमा कतै पनि त्यति भीडभाड र जाम हुँदैन । सडकमा जनताका लागि ठूला गाडी र ५ डिब्बासहितका साना रेलजस्तै मानिने ट्रली बसको व्यवस्था छ । प्वाङयाङमा सय मिटर जमिनमुनि भूमिगत मेट्रो रेलको व्यवस्था छ । लाखौं जनता त्यसबाट यात्रा गर्छन् । गाउँगाउँसम्म पनि यातायात पुर्याइएको पाइयो । नि:शुल्क रूपमा सरकारले देशव्यापी रूपमा जनतालाई आवत–जावत गर्ने व्यवस्था मिलाएको रहेछ । तर बस पार्किङ र ट्ेरनको पास कुपनका लागि भने सीमित रकम यात्रुबाट लिने व्यवस्था रहेछ ।
कोरियामा बैंकहरू छैनन् । सरकारले ५ हजारसम्मका नोट छपाएको रहेछ । त्यहाँ चिनियाँ, युरो र अमेरिकी डलर बढी प्रयोगमा आएको पाइयो । विदेशी पर्यटक त्यहाँ जाँदा रहेछन् । खासगरी पश्चिमी मुलुकका र अमेरिकी पर्यटकहरू बढी मात्रामा त्यहाँ जाँदा रहेछन् । तिनका लागि प्वाङयाङमा ५ वटा ५ स्टार होटलको व्यवस्था गरिएको रहेछ । अन्य होटल व्यवसाय छैन त्यहाँ । विदेशीहरूका लागि प्वाङयाङ र देशका सबै ठाउँमा थोरै संख्यामा पसल खोलिएका छन् । तर त्यहाँ उत्पादित वस्तु ज्यादै महँगा छन् । त्यहाँ पुगेका विदेशी नागरिक सरकारको अनुमति र नियन्त्रणबिना हिँडडुल गर्न भने पाउँदैनन् ।
विश्वभरबाट गरी हामी ४६ देशका करिब डेढ सय लेखक तथा पत्रकार त्यहाँ जम्मा भएका थियौं । हामीलाई सरकारले निर्माण गरेका विज्ञान/प्राविधिक क्षेत्रमा विविधि भौतिक संरचनाहरू देखाइयो । त्यहाँ धेरै कडा छ भन्ने जुन प्रचार थियो त्यो गलत लाग्यो । त्यहाँ ८० प्रतिशत छुट छ । तर २० प्रतिशतमा के कुरा पाएँ भने जुछे विचारधारा आत्मनिर्भरताको सिद्धान्त र समाजवादी शासन व्यवस्थाको विरुद्धमा उत्रनेहरूका लागि भने खैरित छैन त्यहाँ । विरोधीहरूले कोरियामा मानवाधिकार हनन् गरिएको छ भन्ने यसैलाई आधार बनाएको पाइयो ।
http://kantipur.ekantipur.com/printedition/news/2017-05-06/20170506095809.html