Wednesday, May 10, 2017

तासको वास्तविकता

तास भनेर हामी तासलाई हेला गर्छौ,                                                                                                 साँचो कुरा चाही तासलाई जुवाको रुपमा प्रयोग गरेर यसको दुरुपयोग गरेको हो,
तासको वास्तविकता यस्तो छ ।
Playing Card
यसमा चार रङ छन ।   यि रङहरुको अर्थ यसप्रकार छ्:-
* पाना रङ रातो हुन्छ ।यो वसन्तऋतुको प्रतिक हो ।
* चिडिया रङ कालो हुन्छ । यो ग्रीष्मऋतुको प्रतिक हो ।
* ईटा रङ रातो हुन्छ । यो शरद ऋतुको प्रतिकहो ।
* भोटे रङ कालो हुन्छ । यो शित ऋतुको प्रतिकहो ।
अर्थाथ :- तासको चार वटा चिन्ह वर्षका चार ऋतुहरु:
वसन्त्, ग्रीष्म्, शरद्, शित का प्रतिक हुन।
एक पत्ती तासले एक हप्ता जनाउँछ ।
एउटा चिन्ह भएको तासको १३ वटा पत्तीहरु हुन्छन ।
एक ऋतुमा तीन महिना अर्थाथ १३ हप्ता हुन्छ ।
तासको चार वटा चिन्ह पाना, चिडिया, ईटा,भोटे र सबै पत्ती गन्दा
अर्थाथ एक
गडडिमा तास गन्दा ५२ पत्ती हुन्छ र एक वर्षमा ५२ हप्ता हुन्छ ।
एकका देखी बादशाह सम्मको १३ वटा पत्तिको दुबै फुट्टी गन्द ९१ हुन्छ ।
१३ हप्तामा ९१ दिन हुन्छ । १३ चौको बाउन्न हप्तामा
९१ चौको ३६४ दिन भयो । ५२ हप्ताको १ वर्ष र १ वर्षम ५२ साता ३६४ दिन हुन्छ ।
५२ पत्ती तासमा जम्मा २ वटा जोकरहरु हुन्छ ।
ति जोकरहरु जतापनी मिल्छन ।
माथी भने अनुसार ५२ हप्ताको ३६४ दिन भयो ।
एक वर्षमा ३६५ पुप्याउँनु जुन हप्तामा वा जुन महिनामा १ दिन थप्नु पर्छ
त्यो थप्ने काम एउटा जोकरले गर्छ ।
Leap Year(अधिक वर्ष) मा ३६६ दिन हुन्छ ।
प्रयोग हुन बाकी रहेको एउटा थप जोकर Leap Yearको लागी हो ।
एकिनसाथ तिथि-मिती भन्न नसके पनि तासको आविस्कर धेरै पहिले
चिनमा भएको थियो भन्ने भनाइ छ ।
के भनिन्छ भने
त्यसबेला चिनको वादशाहका धेरैवटी रानिहरु हुनेगर्थे , अरे ।                                                                          उनिहरुलाई दरबारको खोपी वाट वाहिर निस्कन दिदैन थियो अरे ।
अनि ति रानिहरुले दिन् , महिना , ऋतु, चालपाउन क्यालेन्डरको रुपमा तासलाई प्रयोग गर्थे अरे ।
अहिले हामी तासको जुन रुप देख्छौ त्यो चाहिँ धेरै समय बिताई धेरै देश बिदेश डुली बनेको परिमार्जित रुप हो ।

No comments:

Post a Comment