काठमाडौं । नुवाकोटका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट बोलेर बिश्व रेकर्ड कायम गरेका छन् ।
यस अघि भारत गुजरातका आश्विन सुंडाईको ७५ घण्टा ३२ मीनेटलाई तोड्दै केसीले ४ घण्टा ४ मिनेट बढि बोलेर गिनीज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो नाम दर्ता गराएको आयोजक लायन्स क्लब आफ काठमाडौं बिहानीले जानकारी दिएको छ ।
असोज १९ गते बिहान ६ बजेर ५८ मिनेट देखि २२ गते दिउँसो ३ बजेर २ मीनेटमा ८० घण्टा ४ मिनेट पार गर्नुभएको समय मुल्यांकन संयोजक राजेन्द्रकुमार ओझाले जानकारी दिए ।
‘उहाँ लगातार बोल्नु भएको हो । र, अब हामीले यो रेकर्ड लण्डन स्थित गिनीज बुक अफ वल्ड रेकर्डको मुख्य कार्यालयमा केहि समय लगत्तै पठाउँछौ । त्यसपछि यसको मुल्या¨न पश्चात नतिजा आउने छ ।’ ओझाले भने । योग तथा आध्यामिक साधक, उत्प्रेरक वक्ता तथा मेमोरी मास्टरको रुपमा चिनिनुभएको अनन्तराम केसीले मेमोरि एण्ड माइन्ट पावर टेनिङ्ग सेन्टरबाट यो विश्व किर्तिमानी राख्न र गिनिज बुकमा नाम लेख्न भएको हो ।
लायन्स क्लब अफ काठमाडौं बिहानीको आयोजनामा भएको कार्यक्रममा केसीले लगातार प्रवचन दिएका थिए ।
उनले ७७ वटा बिषयमा आफ्नो भाषण प्रस्तुत गरेको लायन्स क्लब अफ काठमाडौं बिहानीका प्रबक्ता प्रदिप भुषालले जानकारी दिए ।
No comments:
Post a Comment