तिमी उता गएदेखि संसार नै रित्तो भयो
यता हेर्छु उता हेर्छु, देख्दिन क्यै कोठाबाट,
मेरो लागि जिन्दगी क्यै नदेखिने भित्तो भयो
सबै थिए खुशी हुँदा, दु:ख पर्यो एक्लै भएँ
बिघाबाट घटेर, यो बाँकी यौटा कित्तो भयो
आशा राखेँ , दु:ख साटेँ , फर्की-फर्की हेरिरहेँ
तिम्रो बाटो नाप्दा नाप्दै, जिन्दगी यो फित्तो भयो ।
के भएर जिन्दगी यो ! हातबाट बित्तो भयो
तिमी उता गएदेखि संसार नै रित्तो भयो
No comments:
Post a Comment