कोरियाले आगामी बर्ष अर्थात सन् २०१८को लागि इपिएस मार्फत १६ देश बाट ल्याउने कामदारको कोटा निर्धारण गरेको छ l यसरी लैजाने प्रवासी मजदुरहरुको कोटा कोरियन सरकारले प्रत्येक बर्ष तोक्ने गर्दछ ।
गत शुक्रबार सरकारको तर्फबाट १२ जना ,मजदुर संगठनबाट २ जना ,कम्पनी ब्यबस्थापक र अन्य क्षेत्रबाट गरि २१ जनाको कोटा निर्धारण समितिको बैठकले उक्त निर्णय गरेको प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राइले बताएका छन् l
समितिले २०१८ को लागि जम्मा ५६ हजार प्रवासी मजदुरको कोटा तोकेको छ । उक्त कोटा संख्या बाट ४५ हजार पिबिटी बाट तोकिएको छ भने बाँकि रहेको ११ हजार कमिटेड वर्कर तथा बिशेष कोरियन भाषा परिक्षा (सिबिटी) बाट तोकिएको छ l यद्वपी सन २०१८ को लागि सिबिटि परिक्षा कहिले हुने वारे खुलाइएको छैन।
यसरि तोकिएको प्रवासी कामदारको कोटा कुन देशको लागि कति भन्ने बारेमा सम्बन्धित मन्त्रलयसग छलफल गरि श्रम तथा रोजगार मन्त्रालयले आगामी जनवरीमा निर्धारण गर्ने बताइएको छ l
प्रवासी मजदुर कोटा निर्धारण समितिले तय गरेको २०१८ को प्रवासी मजदुरको कोटा ५६ हजार मध्ये ५१ हजार ३ सय १३ जना आफ्नो समयावधि पुरा गरेर फर्किनेको ठाउँमा हो भने ४ हजार ६ सय ८७ नया माग भए अनुसार ल्याउने कोटा हो l त्यसैगरी सन् २०१८ मा १० हजार बिना भिसाका कामदारलाइ स्वदेश फर्काइने पनि बताइएको छ l
कोरियाले इपिएस लागु भएयता एसियाका भिभिन्न १६ देश बाट कामदार लिदै आएको छ l यसरि ल्याएका कामदारले उत्पादनमुलक क्षेत्र ,निर्माण क्षेत्र ,कृषि तथा मत्स्यपालन क्षेत्र क्षेत्रमा काम गर्ने भएपनि हाल नेपालको लागि निर्माण तथा मत्स्यपालन क्षेत्रमा काम गर्ने अनुमति भने छैन l
२०१८ मा प्रवासी मजदुर (ई ९ ) नया प्रवेश गर्नेको क्षेत्र तथा संख्याको बर्गिकरण यस प्रकार रहेको छ l
बर्गिकरण जम्मा उत्पादन कृषि तथा पशुपालन मत्स्यपालन निर्माण सेवा
जम्मा (सख्या) ५६,००० ५४,००० +(२००० ) ४२,३०० ६,६०० २,६०० २,४०० 4 १०० नया ४५,००० ४३,००० +(२००० ) ३२,२५० ५,८७० २,४०० २,३९० 4 ९० + पुन प्रवेश ११,००० १०,०५० ७३० २०० १० १०
प्रवासी मजदुर कोटा निर्धारण समितिले तोकेको कोटा अनुसारको प्रवासी मजदुरहरु २०१८ को कुन महिनामा कति जना लैजान्छ l

समय जम्मा उत्पादन कृषि तथा पशुपालन मत्स्यपालन निर्माण सेवा
जम्मा शंख्या ४३,००० +α(२००० ) ३२,२५० ५,८७० २,४०० २,३९० ९०
जनवरी १५,७७० ९,६०० +1 २,६१० १,१०० १,२२०+4 ४० +5
अप्रिल १४,५४० ९,६०० २,६१० ७५० ७३० ५०
जुलाई ७,५४० ६,५५० ५५० ४४०
अक्टोबर ७,१५० ६,५०० ६५०
जम्मा शंख्या ४३,००० +α(२००० ) ३२,२५० ५,८७० २,४०० २,३९० ९०
जनवरी १५,७७० ९,६०० +1 २,६१० १,१०० १,२२०+4 ४० +5
अप्रिल १४,५४० ९,६०० २,६१० ७५० ७३० ५०
जुलाई ७,५४० ६,५५० ५५० ४४०
अक्टोबर ७,१५० ६,५०० ६५०
कार्य अवधि पुरा भएर जाने प्रवासी मजदुरको संख्या निम्न बमोजिम छ
बर्गिकरण जम्मा उत्पादन कृषि तथा पशुपालन मत्श्यपालन निर्माण सेवा
प्रस्थान गर्ने मजदुर ४१,३१३ ३५,६४९ ३,३८२१ ९०१ १,३४२ ३९
बर्गिकरण जम्मा उत्पादन कृषि तथा पशुपालन मत्श्यपालन निर्माण सेवा
प्रस्थान गर्ने मजदुर ४१,३१३ ३५,६४९ ३,३८२१ ९०१ १,३४२ ३९
श्रोत उदय राइ- अध्य्क्ष प्रवासी मजदुर युनियन
No comments:
Post a Comment