Thursday, July 12, 2018

कोरियामा स्कुटर दुर्घटनामा परि एक नेपालीको निधन

हेनेको सम्वाद्दाता
दक्षिण कोरियामा स्कूटर दुर्घटनामा परि एक नेपालीको निधन भएको छ । २५ वर्षिय मोरङ सुनवर्शी नगरपालिका (अमरदह) निवासी सन्तोष बिष्टको स्कूटर दुर्घटनामा परि निधन भएको हो ।


हिजो बेलुका छन्जु सी मा बेलुका कोरियन समय अनुसार ७ बजेर ३० मिनेट जादा काम सकेर घर फर्कने क्रममा पछाडि बाट आएको कारले स्कुटरमा ठक्कर दिदा दुर्घटना भएको थियो ।

मृतक विष्ट एक वर्ष अघि दुवइबाट पर्यटक भिषामा आई कोरियामा शरणार्थी भिषा बनाएर कार्यरत रहेको बुझिएको छ । उनि आराबाइट (पार्ट टाइम काम) गर्दै आइरहेका थिए । मृतकको घर परिवार र कोरिया स्थित नेपाली दुतवासमा दुर्घटनाका बारे जानकारी गराइएको छल्लाबक्दो समाजका अध्यक्ष लिलामणी काफ्लेले बताउनुभयो ।

Source:-hellonepalkorea.com

कोरिया रोजगारी : १०७ नेपालीले ज्यान गुमाए

हेनेको सम्वाद्दाता –
रोजगारीका लागि कोरिया पुग्ने नेपालीमध्ये प्रत्येक वर्ष नौ जनाले ज्यान गुमाउने गरेको देखिएको छ । पछिल्लो एक दशकमा ८८ जनाको मृत्यु भएको र १९ जनाले आत्महत्या गरेको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले जनाएको छ ।

ईपीएस शाखामा अनुसार सन् २०१८ को जुन महिनासम्ममा मात्रै रोजगारीका लागि कोरिया पुगेका ६ कामदारले ज्यान गुमाइसकेका छन्, जसमा एक जना कामदारले आत्महत्या गरेको शाखाको रिर्पोटमा उल्लेख छ । एक जनाको स्वाभाविक मृत्यु भएको थियो भने दुई जनाको सुतेको अवस्थामा र दुई जनाको कार्यस्थल दुर्घटनामा परी ज्यान गएको ईपीएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले बताए।

नेपाल र कोरिया सरकारकार बीच सन् २००७ मा भएको दुई पक्षीय श्रम सम्झौतापछि सन् २००८ देखि ईपीएस भाषा परीक्षा पास गरेर नेपाली कोरियाको रोजगारीमा जाने थालेका हुन् ।

यसअघि सन् १९८० देखि नेपालबाट रोजगारी र विभिन्न व्यक्तिगत कामका लागि नेपाली कोरिया जाने गरेका थिए । दश वर्षकै अवधिमा नेपालबाट ६० हजारभन्दा बढी युवा रोजगारीको सिलसिलामा कोरिया पुगिसकेका छन् ।

दश वर्षकै अवधिमा कोरियामा १९ जना नेपालीले आत्महत्या गरिसकेका छन् । यसैगरी सुतेकै अवस्थामा मृत्यु हुनेको संख्या १५, कार्यस्थल दुर्घटनामा परी मृत्यु हुनेको संख्या भने १२ रहेको शाखाले जनाएको छ । यसबाहेकको मृत्यु भने स्वभाविक, हत्या, सडक दुर्घटना र कारण नखुलेको रहेको छ ।

शाखाका अनुसार सन् २०१७ मा सबैभन्दा बढी २२ जनाले ज्यान गुमाएका थिए, जसमा ८ जना आत्महत्या, पाँच जना सुतेको अवस्थामा र पाँच जनाले कार्यस्थल दुर्घटनामा ज्यान गएको हो।

यसैगरी २०१६ मा ११, २०१५ मा १५, २०१४ मा तीन, २०१३ मा १३, र २०१२ मा ७ जनाको ज्यान गएको ईपीएस शाखाले जनाएको छ । त्यसभन्दा अघि सन् २००८ देखि २०११ सम्म चार वर्षको अवधिमा ज्यान गुमाउनेको संख्या ११ रहेको थियो ।

शाखाको रिपोर्टअनुसार आत्महत्या गर्नेको संख्या सन् २०१७ मा आठ, २०१६ मा तीन, सन् २०१५ मा एक, २०१३ मा दुई र २०१२ मा चार रहेको छ । सन् २००८ देखि २०११ को अवधिमा भने नेपाली कामदारले आत्महत्या गरेका थिएनन् ।

कोरियाबाट फर्कने नेपालीहरूको संस्था ‘अंकुर’ले कोरियामा ज्यान गुमाउनेहरूमध्ये ३० प्रतिशत कामदारको सुतेकै अवस्थामा मृत्यु भएको जनाएको छ । अंकुरको रिपोर्टअनुसार मृत्यु हुनेमध्ये २८ प्रतिशतले आत्महत्या गरेका छन् ।

यसैगरी औद्योगिक दुर्घटनामा १६ प्रतिशत, सडक दुर्घटनामा ८ प्रतिशत र बिरामी भई मृत्यु हुनेमा १५ प्रतिशत रहेको उक्त रिर्पोटमा उल्लेख छ ।किन आत्महत्या ?

कामको बोझले मानसिक तनाव उत्पन्न हुँदा आत्महत्या गर्नेको संख्या बढेको शाखाको प्रवक्ता भण्डारीले बताए । ‘लाखौं आम्दानी गर्ने सोचमा कोरिया पुगे पनि भने जति आम्दानी नहुँदा निराश भएर आत्महत्या गर्ने घटना बढेको छ’, उनले भने, ‘कतिपय अवस्थामा पारिवारिक तनावका कारण पनि आत्महत्या गरेको पाइएको छ ।’

नेपालमा काम गर्ने बानी नभएका तर कोरिया पुगेर अति संवेदनशील र कठिन क्षेत्रमा काम गर्नुपर्दा आत्महत्या गर्नेको संख्या बढेको उनले दाबी गरे ।

भाषा, संस्कृति तथा खानपान आफू सुहाउँदो नहुँदा, सहकर्मी र रोजगारदाताबाट दुव्र्यवहार हुँदा पनि कामदारले आत्महत्या गरेको हुन सक्ने भण्डारीको भनाइ छ । अंकुरको अध्ययनले चाहिँ विगतको शारीरिक तथा मानसिक रोग बल्झिँदा आत्महत्या गर्ने गरेको देखाएको छ ।

यसबाहेक महारोग लागेको शंका, घरपरिवारले रकमको दुरूपयोग गरेको अवस्था, काम गर्न नसक्दा, नेपाल फर्कन नपाउँदा र कमजोर शारीरिक विचलनका कारण पनि आत्महत्या बढेको शाखाको भनाइ छ ।अत्यधिक मदिरा सेवन गर्दा, नियमित स्वास्थ्य परीक्षण नगर्दा, व्यायामको अभाव हुँदा, अत्यधिक चिसोबाट एक्कासि तातो तथा तातोबाट चिसोमा बस्दा सुतेकैै अवस्थामा मृत्यु हुने गरेको अध्ययनले देखाएको छ ।

आत्महत्याका घटना न्यून गर्न मनोसामाजिक चिकित्सकको नेपाली टोली परामर्शका लागि कोरिया पठाउन सरकारले तयारी गरेको ईपीएस कोरिया शाखाले जनाएको छ ।

भाषा परीक्षाको भरमा गएर मेसिन चलाउने काममा संलग्न हुँदा कामदारको कार्यस्थलमै मृत्यु हुने गरेको कोरियाको रोजगारीबाट फर्किएका गोरखाका विदुर ढकाल बताउँछ्न । १० वर्ष कोरिया बसेका ढकालले कोरियामा बढ्दो मृत्युको घटना न्यूनीकरण गर्न नेपाल तथा कोरिया सरकार र सम्बन्धित परिवार पनि ध्यान दिनुपर्ने सुझाव दिन्छन् ।

यसैबीच नेपालले ईपीएस परीक्षा प्रणालीमा सुधार गर्ने तयारी गरेको छ । शाखाले सन् २०२० देखि रोजगारीका लागि कोरिया जाने कामदारले सिप परीक्षा पनि पास गर्नु पर्ने गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो ।
अन्नपूर्ण पोष्ट

Friday, July 6, 2018

CBT को Result


सन् २०१८ को प्रथम अर्ध  बार्षिक  बिशेष कोरियन भाषा (First Half
Special EPS-TOPIK-2018, CBT) को परिक्षामा उतिर्ण हुनेहरुको नामावली  निम्न  अनुसार छन् :

Click the Link : ⇓⇓
 ➤ https://drive.google.com/file/d/1yWa3PqQv8_CGYzKKLXCG_63OZkVJU85k/view?usp=sharing

Sunday, July 1, 2018

कोरियाको कम्पनीहरुमा हप्तामा १२ घण्टा मात्र Over time गर्न पाउने नियम लागू July 1 बाट भिडियो सहित

३०० भन्दा बढि कामदार भएका कम्पनीहरुमा July 1 बाट हप्तामा १२ घण्टा मात्र Over time गर्न पाउने नियम लागू भएकाे छ।

Video : Arirang News

हुण्डीको जरो उखेल्दै कोरिया सरकार,भिषा थप्न ‘ट्रान्जेक्सन’ देखाउनु पर्ने


रंजन कुवँर /सौल।
कोरिया सरकारले हुण्डी कारोबारलाई निरूसाहित गर्न कडा निति अघि सारेको छ। कोरिया सरकारले सन् २०१९ देखि भिषा थप्न बैधानिक ढंगले रकम पठाएको ‘रेमिट्यान्स विवरण’ पेश गर्नुपर्ने बाध्यकारी निती ल्याएको हो।

यो हुण्डीको जरो उखेल्ने सरकारको नितिको पछिल्लो कदम भएको बताईएको छ। अब यो जुलाई महिना देखि बैंक वा रेमिट कम्पनीबाट पठाएको रकमको विवरण संलग्न गरे मात्र २०१९ देखि भिषा थप्न सकिने छ।

यो नियम ई-९,एच -२,ई-७,ई-१० लगायत अन्य भिषा बाहकलाई बाहकलाई लागु हुनेछ।

यस्तो छ कोरियाली मिडियामा प्रकाशित समाचार

http://cm.asiae.co.kr/view.htm?no=2018061111015586660

Source :-Nayadainiki

सि–आस्वा प्रणाली भनेको के हो ? यो प्रणालीबाट कसरी सेयर आवेदन दिने ? आइपीओ र एफपीओमा कसरी आवेदन गर्ने ?  



साधारण सेयर निष्कासनका लागि यतिबेला थुप्रै कम्पनी पाइपलाइनमा छन् । सेयर बजारमा दिनहुँ जसो नयाँ लगानीकर्ता आउने गर्छन् । त्यसमध्ये कतिपयलाई सामान्य  ज्ञानको समेत अभाव हुने गरेको छ । लगानी गर्नुअघि आधारभूत पक्षमा जानकारी राख्न जरुरी हुन्छ । प्राथमिक सेयर बजार दोस्रो बजार भन्दा जोखिम निकै कम अनि प्रतिफल अधिक लिन सकिने क्षेत्र हो । थोरै रकम भए पनि लगानी गरेर पनि आइपीओ भर्न सकिन्छ । 

तपाईंहरुसँग कम्तीमा  ५ हजार रुपैयाँ छ भने पनि यो बजारमा प्रवेश गर्न सक्नुहुन्छ। प्राथमिक सेयर बजार दोस्रो बजारमा छिर्ने माध्यम पनि हो । त्यसैले आज म तपाईहरुलाई सेयर शिक्षा अन्तर्गत प्राथमिक सेयर बजार र प्राथमिक सेयर बजारबाट वर्तमान अवस्थामा कसरी सेयर खरिद गर्ने भन्ने बारेमा केही जानकारी गराउन चाहन्छु ।  

प्राथमिक सेयर बजार भनेको के हो ?  

कुनै पनि पब्लिक कम्पनीले पुजी संकलन गर्नका लागि पहिलोपटक जारी गरेको वा निष्कासन गरेको सेयर कारोबार हुने बजारलाई सामान्यतयः प्राथमिक बजार भनिन्छ । अर्थात् पब्लिक कम्पनीले प्रथमपटक निष्कासन गरेको सेयरलाई आइपीओ  भन्निछ भने पब्लिक कम्पनीले नै एकपटक आइपीओ जारी गरिसकेपछि पुनः पुँजी संकलन गर्न फेरि सर्वसाधारणलाई सेयर बिक्री गर्छ भने त्यसलाई एफपीओ भनिन्छ । हामीकहाँ धेरैजसो एफपीओ प्रिमियम भाउमा आउने गरेका छन् ।

अंकित मूल्य भन्दा बढी भाउ राखेर सेयर बिक्री गरिएमा बढी मूल्यलाई सेयर प्रिमियम भन्निछ । यहाँ अंकित मूल्य भनेको एक सय रुपैयाँ हो । एक कित्ता आइपीओ १०० रुपैयाँमा खरिद गर्न सकिन्छ भने एफपीओ को मूल्य एक सय भन्दा बढी हुन्छ । तर एफपीओ अंकित मूल्य (१०० रुपैयाँ) मै पनि निष्कासन गर्न सकिन्छ । जस्तोः ग्रामीण विकास बैंकले अंकित मूल्यमै  एफपीओ ल्याउँदैछ । कम्पनीलाई पुँजीको आवश्यकता परेपछि सर्वसाधारणलाई कम्पनीको केही सेयर हिस्सा बिक्री गरेर  पुँजी संकलन गर्न आइपीओ र एफपिओ निष्कासन गर्दछन् । आइपीओ र  एफपीओ बिक्री गर्न कम्पनीहरुले मर्चेन्ट बैंकलाई बिक्री प्रबन्धक  तोकेका हुन्छन् । जस्तैः एनआइबीएल क्यापिटल, सानिमा क्यापिटल, एनमबि क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल क्यापिटल, सिद्धार्थ क्यापिटललगायतका मर्चेन्ट बैंकलाई  बिक्री प्रबन्धकमा तोक्न सक्छ्न् । 

कुनै पनि कम्पनीले आइपीओ र एफपिओ निष्कासनका लागि दरखास्त लिने कार्य बिक्री खुला भएको मितिबाट सामान्यतयः न्यूनतम ४ र अधिकतम १५ दिनसम्म राखेका हुन्छन् । हामीहरुले यो ४ दिन भित्रमा आइपीओ खरिद गरिसक्नुपर्छ किने भने कम्पनीलाई चाहिने आवेदन परेपछि बिक्री बन्द हुन्छ । आइपीओमा न्यूनतम ५ हजार रुपैयाँको आइपीओ भर्न सकिने हामीकहँ चलन छ । तर यो भन्दा कम पनि गर्न नमिल्ने भन्ने चाहिँ होइन । प्राथमिक बजारबाट आइपीओ र एफपीओ खरिद गर्न पनि डिम्याट खाता अनिवार्य हुनुपर्दछ । डिम्याट खाता बैंक तथा वित्तीय संस्था र ब्रोकर कम्पनीका कुनै पनि शाखामा  गएर  खोल्न सक्नुहुनेछ । डिम्याट  खाता खोल्नलाई एउटा फोटो र नागरिकताको प्रतिलिपि आवश्यक पर्दछ ।  


आइपीओ र एफपीओमा कसरी आवेदन गर्ने ?  

अहिले, पहिलाको जस्तो बैंकका विभिन्न शाखाहरु र आइपीओ, एफपीओ निष्कासन अनुमति पाएका बिक्री प्रबन्धकमा गएर घन्टौंसम्म लाइनमा बसेर सेयर आवेदन दिनुपर्ने अवस्थाको अन्त्य भएको छ ।   

त्यसो भए अहिले कसरी सेयर आवेदन दिने त ?   

वर्तमान अवस्थामा २ तरिकाले तपाईहरुले सेयर आवेदन दिन सक्नुहुन्छ ।
पहिलो आस्वा प्रणाली र 
दोस्रो सि–आस्वा प्रणालीबाट।  

आस्वा प्रणाली भनेको के हो ?
यो प्रणालीबाट कसरी सेयर आवेदन दिन सकिन्छ ?   

सेयरको सावर्जनिक निष्कासनमा आवेदन दिने आवेदकको पैसा सेयरको बाँडफाँट नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो । लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्कासनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमति प्राप्त र आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थाबाट मात्र दरखास्त दिनुपर्ने हुन्छ । दरखास्त फारम सम्बन्धित बैंक तथा  वित्तीय संस्थाले उपल्ब्ध गराउँछन् । यसरी आस्वा प्रणालीबाट तपाईहरुले सेयर आवेदन दिन सक्नुहुनेछ । सेयर खरिदका लागि आवेदन प्राप्त गर्ने बैंक वा वित्तीय संस्थाले सेयर बाँडफाँट नहुन्जेलसम्म झिक्न नपाउने गरी आवेदकको खातामा रहेको रकम मध्ये दरखास्तमा माग गरे बमोजिमको सेयर किन्न लाग्ने रकम तत्काल रोक्का राख्छ । सेयर बाँडफाँट भएको जानकारी दिएको बढीमा ३ दिनभित्र सेयर नपर्ने आवेदकको रोक्का रकम फुकुवा गरिनेछ भने सेयर पर्ने आवेदकको बाँडफाँटमा परेको सेयरवापतको रकम निष्कासन तथा बिक्री प्रवन्धकको खातामा स्थानान्तरण गरेपछि बाँकी रकम फुकुवा हुनेछ ।  

सि–आस्वा प्रणाली भनेको के हो ?
यो प्रणालीबाट कसरी सेयर आवेदन दिने ? 
 

अनलाइन सेवाको माध्यमबाट घरमै बसेर मोबाइल तथा कम्प्युटबाट सेयर आवेदन दिन सकिने व्यवस्थालाई सि–आस्वा प्रणाली भनिन्छ । यो प्रणालीबाट सेयर आवेदन दिनको लागि लगानीकर्ताले आफनो आस्वा सेवा भएको बैंकमा गएर सुरुमा सि–आस्वा प्रणाली सुविधा लिन दिनुपर्दछ । त्यसपछि बैंकले लगानीकर्ताको पहिचान गरी सफ्टवेरमा भेरिफिकेसन गरिदिनेछ र लगानीकर्तालाई एउटा भेरिफिकेसन कोड नम्बर दिनेछ । यही कोड नम्बर प्रयोग गरी लगानीकर्ताले त्यसपछि बैंकमा नगई नै हरेकपटक आइपीओ र एफपीओ घरमै बसेर भर्न सक्नेछन् । तर अहिले सबै बैंकले सि–आस्वा सेवा भने दिइसकेका छैनन् । धमाधम यो सेवा सुरु गर्ने क्रमचाहिँ सुरु भएको छ । एक जना व्यक्तिले (एक पटकमा) एउटा कम्पनीको एउटैमात्र आइपीओ तथा एफपीओ मा आवेदन दिन सक्छन् । सफटवेयरले लगानीकर्ताको सम्पूर्ण विवरणको रेकर्ड राख्ने हुनाले एक भन्दा बढी आवेदन दिन खोजेमा सफटवेयरले अटोमेटिकरूपमा त्यो आवेदन खारेज गरिदिन्छ । यसरी तपाईहरुले घरमै बसेर आइपीओ तथा एफपीओमा सजिलैसँग आवेदन दिन सक्नुहुनेछ । अहिलेसम्म नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक,  प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंकलगायतले यो सुविधा दिएका छ्न् भने नेपाल बैंक, कृषि विकास बैंक र माछापुच्छ्रे बैंकले पनि छिट्टै यो सेवा सुरु गर्दैछ्न्।       
       
         (लेखक सेयर बजारका अध्ययनकर्ता हुन्)

 (नोट : सेयर बजारमा विभिन्न प्रकारका लगानीकर्ता हुन्छन् । कोही निकै पोख्त छन् भने कतिपय चाहिँ मध्यमस्तरका जानकार हुन्छन् । तर केहीले बजारको सामान्य पक्ष पनि बुझिनसकेका हुन सक्छन् । यस्तै बजारका बारेमा सामान्य जानकारी पनि नहुने नवप्रवेशी लगानीकर्तालाई ध्यान दिएर यो सामाग्री सम्प्रेषण गरेका हौं । बजारका विज्ञ पाठक र लगानीकर्ताहरुले यसलाई सोही रुपमा बुझिदिनु हुन आग्रह गर्दछौं ।)

Friday, June 29, 2018

नवौ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक,७ हजार ९९६ उत्तीर्ण (सम्पूर्ण नामावली सहित)


असार १५ , नवौ कोरियन भाषा परीक्षाको नतिजा आज प्रकाशित भएको छ । परीक्षामा ७  हजार ९९६ उत्तीर्ण भएका छन । कोरियन भाषा परीक्षाका लागि करिब ८० हजार युवाले आवेदन दिएका थिए।


यहा Click गरेर आफ्नो नतिजा हेर्न सक्नुहुन्छ

Thursday, June 21, 2018

मेरो लास अनि मेरो माया

म मरेको खबर चारै तिर फैलिएको रहेछ,,
आफन्त, साथी भाइ लगायत सम्पूर्ण परिचित , अपरिचित, गाउ घरका मनिसहरु मेरो लास हेर्न आएका रहेछन,,,मलाइ जन्म दिनु भएको मेरि आमा,बुबा, दिदि बाहिनी दाजु भाइ आफ्नत लगायत सबै जना मेरो लास माथि हात राखेर रोहिरहेका थिए,,
मलाइ एउटा् दुलहा जस्तै गरि सजाएको थियो,
बिहेमा जन्ती जाने जस्तै गरि, 
मेरो लागी मलामी जानेको तयारी भै रहेको थियो, कोहि रोहि रहेका थिए त कोहि कराइ रहेका थिए, हिजो सम्म मलाइ नाम लिएर सम्बन्ध गर्ने हरु आज मलाइ एउटा् लास भनेर सम्बन्ध गरिरहेका थिए,,
मलाइ खोला सम्म पुर्यायो, परिवारका सबै सदस्य हरु रोहि रहेका थिए,,
तर म एउटा् लास न हु के नै गर्न सक्थेर,??
तेसै बिच एउटा् अन्जान मानिस तासका केहि बट्टा हरु साथमा लियर आएका रहेछन,?
मेरो एक जना साथिले तेस व्यक्तिलाइ सोधेछन, किन तासको बट्टा लियर आएको,,?
उस्को जवाफ थियो..-- लास जल्न अझै धेरै समय लाग्छ होला, तास खेलेर बस्नु पर्छ भने जवाफ आएछ।
हिजो सम्म मैले Facebook मा अप्लोड गरेको फोटो मा Nice भनेर Comment गर्नेहरुले, आज Rip लेखेर Comment गरेछन.... मलाइ पटक पटक I miss you लेखेर पठाउनेहरुले आफ्नु गुनासो व्यक्त गर्दै,, श्रदाअन्जली लेखेर पठाएछ,,
तिमि बिना बाच्न सक्दिन भन्ने Girlfriend ले, मेरो लासको तल ठुला अक्षरले Rip लेखेर भुली दिएछ....
आखिर म मर्दा कसैलाइ केहि फरक त पर्दैन रहेछ,?
फरक त केबल जन्म दिने आमा बुबा आफन्त लाइ मात्र हुदो रहेछ,?

म मरेको केहि दिनसम्म मेरा साथिहरुले घरमा आएर तास खेलेर समय बिताए,
सबैको मुखमा मेरो चर्चा थियो, सबैले मलाइ राम्रो नै थियो भने, मेरो दुश्मनले पनि गुनासो गर्दै थियो,?
आखिर के अर्थ थियोे र त्यो चर्चाको जुन म मर्दा पछाडिको थियो,??

एक्लै जन्मिएको थिए, आज मर्दा पनि एक्लै नै गए,
फरक केबल समयको थियो,,
जन्मदा सबै खुसी थिए,
मर्दा सबै दुखी छन,,
जन्मदा सबैले नाम राखी दिए, तर आज मर्दा सबैले लास भनेर सम्बोधन गर्दैछन,?
जिबन जन्म र मृत्यु बिचको  समयलाइ नै  भनिदो रैछ , थाहा हुन्न कुन समय कस्को लागी अन्तिम समय हुन्छ,??
मृत्यु भन्ने सब्द अनि स्वोर्ग भन्ने ठाँउ सारै राम्रो र सुन्दर रहेछ, जो कोहि धर्ती बाट बिदा मागेर जान्छ अनि उनिहरु कहिले पनि फर्केर आउदैन रैछ ,
जिउँदै हुदा जस्ले जे भनेर सम्बन्ध गरे पनि,?
अन्तिम नाम मृत्यु (लास) हो ।
दैब तेरो तराजुको पाला ठिक भएन,
मार्ने, मर्ने जिन्दगीको चाल ठिक भएन,,??

Sunday, June 3, 2018

कोरियन भाषाको परीक्षा केन्द्र तोकियो (सूचीसहित)

वैदेशिक रोजगार इपिएस कोरिया शाखाले कोरियन भाषाको परीक्षा केन्द्र तोकेको छ।जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि केन्द्र तोकिएको शाखाले जनाएको छ।
परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको शाखाले जानकारी दिएको छ। परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ।
पहिलो सिफ्ट अन्तर्गत गत बिहान ८ बजेदेखि १० सम्म र दोस्रो १२ देखि ४ बजेसम्म सञ्चालन हुने शाखाले गरेको विज्ञापनमा उल्लेख गरिएको छ। कोरियन भाषा परीक्षाका लागि करिब ८० हजार युवाले आवेदन दिएका छन्। कोरिया नेपालका लागि उद्योग र कृषिमा गरी १० हजार ५ सय कामदारको कोटा छुटाइसकेको छ । १८ बर्षदेखि ३९ बर्ष उमेर नकाटेका युवा परिक्षामा सामेल हुनसक्ने प्रावधान छ ।