Wednesday, May 10, 2017

Very Interesting & Meaningful Message


If:
A B C D E F G H I J K LM N O P Q R S T U V W X Y Z
is equal to:

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26
Then,
H+A+R+D+W+O+R+K;
8+1+18+4+23+15+18+11=98%

K+N+O+W+L+E+D+G+E;
11+14+15+23+12+5+4+7+5=96%

L+O+V+E;
12+15+22+5 = 54%

L+U+C+K;
12+21+3+11 = 47%

None of them makes 100%.
Then what makes 100%?
Is it Money? NO!

M+O+N+E+Y= 13+15+14+5+25=72%

Leadership? NO!

L+E+A+D+E+R+S+H+I+P= 12+5+1+4+5+18+19+8+9+16=97%

Every problem has a solution, only if we perhaps change our "ATTITUDE"...

A+T+T+I+T+U+D+E;
1+20+20+9+20+21+4+5 = 100%

It is therefore OUR ATTITUDE towards Life and Work
that makes OUR Life 100% Successful.



Amazing mathematics

Do you agree that we have 26 alphabets in English, as given below?
A = 1, B = 2, C = 3, D = 4, E = 5, F = 6, G = 7, H = 8,
I = 9, J = 10, K = 11, L = 12, M = 13, N = 14, O = 15, P = 16,
Q = 17, R = 18, S = 19, T = 20, U = 21, V = 22, W = 23, X =24, Y = 25, Z = 26.
With each alphabet getting a number, in chronological order, as above, study the following, and bring down the total to a single digit and see the result yourself
Hindu -
S h r e e K r i s h n a
19+8+18+5+5+11+18+9+19+8+14+1=135
1+3+5=9
Muslim
M o h a m m e d
13+15+8+1+13+13+5+4=72
7+2=9
Jain 
M a h a v i r
13+1+8+1+22+9+18=72
7+2=9
Sikh
G u r u N a n a k
7+21+18+21+14+1+14+1+11 =108 
1+0+8=9
Parsi
Z a r a t h u s t r a
26+1+18+1+20+8+21+19+20+18+1=153
1+5+3=9
Buddhist
G a u t a m
7+1+21+20+1+13=63
6+3=9
Christian
E s a M e s s i a h
5+19+1+13+5+19+19+9+1+8=99
9+9=18
1+8=9
Each one ends with number 9

THAT IS NATURE'S CREATION TO SHOW THAT GOD IS ONE!!!

राति सुतेका मान्छे बिहान मृत भेटिने एउटा यस्तो कारण

डा.सुवोधसागर ढकाल, चेस्ट फिजिसियन, ओम अस्पताल
एजेन्सी । राति सुतेको बेला छेउमै घुर्ने मान्छे हुँदा कति हैरान हुन्छ भन्ने कुरा सायद सबैले भोगेका हुन्छन्। आफूले घुर्ने गरेको आफैँलाई उतिसाह्रो हेक्का नभए पनि छेउमा सुतेका अरुले त्यसबारे बताउँछन्। निद्रामा घुर्ने समस्याबाट पीडितहरु कसरी घुर्न छाड्ने होला भन्ने चिन्ताग्रस्त हुन्छन्। तर, यसलाई ठूलो समस्याका रुपमा लिँदैनन्।



घुर्नुका धेरै कारण हुन्छन्। त्यसमध्ये एउटा हो अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमु। सबैभन्दा डरलाग्दो कुरा, राति सकुशल सुतेका मानिस बिहान मृत अवस्थामा भेटिनुको एउटा कारण अब्स्ट्रक्टिभ स्लिप एप्निया हुन सक्छ। विदेशमा गएका नेपालीहरु राति सकुशल सुतेर बिहान मृत अवस्थामा भेटिने गरेका घटनाहरु हामीले प्रसस्त सुनेका छौँ। यसको प्रमुख कारणमध्ये एउटा अब्स्ट्रक्टिभ स्लिप एप्निया पनि हुन सक्छ। यो रोगका कारण पनि मानिसमा घुर्ने समस्या देखिएको हुन सक्छ। जसले मानिसको स्वास्थ्यमा दीर्घकालीन रुपमा असर पार्ने मात्र होइन ज्यानै पनि लिन सक्छ।
के हो अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम ?
अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम भन्नाले सुत्दाखेरि श्वास्प्रश्वासमा अवरोध आउने वा श्वासनली ुकोल्याप्सु हुने समस्या हो। जसले गर्दा शरीरका अन्य भागमा अक्सिजन जाने प्रक्रियामा अवरोध आउँछ। अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमका कारण हृदयघात र पक्षघात हुन सक्छ। त्यति मात्र होइन, यो समस्याले गर्दा मोटोपन भएकाहरुमा सुगर नियन्त्रण नहुने, उच्च रक्तचाप भएकाहरुको रक्तचाप नियन्त्रणमा नआउने जस्ता समस्या देखिन्छ। यो रोगले बिरामीमा ुडिप्रेसनु हुने, आत्तिनेजस्ता गम्भीर समस्या पनि निम्त्याउँछ।
कस्ता मानिसलाई हुन सक्छ अब्स्ट्रक्टिभ स्लिप एप्निया ?
मोटोपना भएकाहरुः मोटोपना भएकाहरुमा फ्यारेङ्स (घाँटीमा रहेको एक नली) को मुख साँघुरो हुँदै जान्छ र श्वासप्रश्वासमा अवरोध आउँछ।
घाँटीको लम्बाइ छोटो भएकाहरुः छोटो घाँटी भएकाहरुमा सुत्दाखेरि जिब्रो सजिलैसँग पछाडि गएर श्वासनलीलाई बन्द गरिदिन्छ र श्वासप्रश्वासमा अवरोध आउने हुन्छ।
नमिलेका दाँत र तलको चिउँडो सानो भएकाहरुः दाँत अत्यन्तै नमिलेका र तलको चिउँडो सानो भएका व्यक्तिको सुत्ताखेरि मुखको खुल्लापन बिग्रेको हुन्छ र सास फेर्न गाह्रो हुन्छ।
मुटुरकिड्नीका बिरामीहरुः मुटु र किड्नीका रोगीहरुमा अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम हुने सम्भावना उच्च हुन्छ।
धूमपान र मध्यपान गर्नेहरुः धूमपान र मध्यपान गर्नेहरुलाई पनि अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम हुने सम्भावना हुन्छ।
अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमका लक्षणलाई दुई प्रकारले बुझ्ने गरिन्छ।
रातिका लक्षणहरु :
१.ठूलो आवाजसहित लगातार घुर्नु,
२. समय(समयमा सास रोकिएको महसुस हुनु,
३. निस्सासिनु तथा सास फेर्न जोड गर्नुपर्ने अवस्था आउनु,
४. निद्रामा छटपटिनु,
५. पटक(पटकको शौचालय जानुपर्ने अवस्था आउनु।
दिनका लक्षणहरु :
१. बिहानीपख टाउको दुख्नु,
२. दिउँसो निद्रा लाग्नु,
३. एकाग्रता नहुनु,
४. झर्को लाग्नु ।
उपचार :
असामान्य श्वासप्रश्वास भएरनभएको मूल्यांकन साधारण विधिबाट गर्न सकिन्छ। यसका लागि एक रातको निद्रा प्रयोगशालामा परीक्षण गर्न सकिन्छ। त्यस्तै, आफूसँगै सुतेका व्यक्तिको घुर्ने मात्र होइन केही समय शास पनि अड्किने गरेको छ भने तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ।
अब्स्ट्रक्टिभ स्लिप एप्निया भएरनभएको पत्ता लगाउन एप्निया हाइपोनिया इन्डेक्सु (एएचआई) जाँच गर्नुपर्ने हुन्छ । एक घन्टामा शासको नली कतिचोटि कोल्याप्स भयो भनेर नाप्ने विधिलाई एएचआई भनिन्छ। सामान्यतया ५ देखि १५ पटकसम्म शासनली कोल्याप्स हुनुलाई मन्द, १५ देखि ३० सम्मलाई मध्यम र ३० भन्दा बढीलाई कडा प्रकृतिको समस्याका रुपमा लिइन्छ।
असमान्य श्वासप्रश्वासको समस्याको उपचारबाट समाधान निकाल्न सकिन्छ। यसको उपचार प्रक्रिया अब्स्ट्रक्टिभ स्लिप एप्निया भएको पुष्टि भएपछि मात्र सुरु गरिन्छ। अब्स्ट्रक्टिभ स्लिप एप्निया भएको पत्ता लागेमा ुसिप्यापु प्रविधिको प्रयोग गर्नुपर्ने हुन्छ। सिप्याप प्रविधिले निद्राको समयमा मास्कको प्रयोग गरी मानिसको नाक मुखबाट नियमित हावा प्रवाह गर्दै माथिल्लो वायुमार्गमा हुने रोकावटलाई हटाउँछ। नियमित सिप्यापको प्रयोगले स्लिप एप्निया सिन्ड्रोम घटाउन मद्दत पुग्छ।
बच्ने उपाय :
१. तौल सन्तुलनमा राख्ने,
२. धूमपान र मध्यपान नगर्ने,
३. नियमित व्यायम गर्ने (कम्तिमा ४० मिनेट, हप्तामा पाँच दिन)
४. बिहान योगा गर्ने,
५. सुत्ने कोठामा टिभि नराख्ने,
६. सुत्ने र उठ्ने एउटै तालिका बनाउने,
७. सुत्नुभन्दा तीन घन्टाअघि खाना खाने,
८. सुत्दा उत्तानो परेर नभई देब्रे र दाहिने कोल्टे परेर सुत्ने,
९. निद्रा लागे मात्र सुत्ने।

@ News24nepal

HEART TOUCHING……



motherhood-photography-breastfeeding-godesses-ivette-ivens-14




एउटा सानो केटोले आफ्नी आमा
लाई
एउटा कागजमा केहि लेखेर दिन्छ,
जसमा यस्तो लेखिएको थियो-
तपाइको लागि पसल गएको रु.१००
मेरो कोठाको सफाई गरेको रु.१००
तपाई बाहिर जाँदा भाइ हेरेको रु.१००
फोहोर फाल्न गएको रु.१००
स्कूलमा राम्रो MARKS ल्याएको रु.१००
घर सफा राखेको रु.१००
जम्मा मैले पाउने =रु.६००
त्यो देखेर आमाले बितेका कुराहरु
फेरी एकचोटी मनमनै सम्झिन् र जवाफ
यसरी लेखिन्-
नौ महिनासम्म तिमीलाई
कोखमा राखेको =नि:शुल्क
तिमी बिरामी हुँदा रातभरी नसुतेको =नि:शुल्क
तिम्रो लागि बर्सौ देखि मेरो आँसु
बगेको =नि:शुल्क
ति सबै दिनहरु जुन मैले
तिम्रो स्वास्थको लागि भगवानसँग
प्रार्थना गरेर बिताए =नि:शुल्क
तिम्रा खानेकुरा,
खेलौना कपडा अनि नाकको सिंगान
पुछेको = नि:शुल्क
छोरा, जब तिमीले यो सबै जोडेर हेर्छौ मेरो माया नि:शुल्क पाउनेछौ ।
यो पढेर उसको आँखाबाट आँसुको धारा बग्न थाल्छ ।
आफ्नी आमालाई हेरेर भन्छ ” आमा म तपाइलाई
धेरै माया गर्छु ।”
अनि त्यही कागजमा ठुला अक्षरमा लेख्छ “सबै
चुक्ता ”
जबसम्म हामी अविभाबक बन्दैनौ तबसम्म
उनीहरुको माया बुझ्न सक्दैनौ
आमालाई दिन सिकौ आमाबाट लिन हैन ।

तासको वास्तविकता

तास भनेर हामी तासलाई हेला गर्छौ,                                                                                                 साँचो कुरा चाही तासलाई जुवाको रुपमा प्रयोग गरेर यसको दुरुपयोग गरेको हो,
तासको वास्तविकता यस्तो छ ।
Playing Card
यसमा चार रङ छन ।   यि रङहरुको अर्थ यसप्रकार छ्:-
* पाना रङ रातो हुन्छ ।यो वसन्तऋतुको प्रतिक हो ।
* चिडिया रङ कालो हुन्छ । यो ग्रीष्मऋतुको प्रतिक हो ।
* ईटा रङ रातो हुन्छ । यो शरद ऋतुको प्रतिकहो ।
* भोटे रङ कालो हुन्छ । यो शित ऋतुको प्रतिकहो ।
अर्थाथ :- तासको चार वटा चिन्ह वर्षका चार ऋतुहरु:
वसन्त्, ग्रीष्म्, शरद्, शित का प्रतिक हुन।
एक पत्ती तासले एक हप्ता जनाउँछ ।
एउटा चिन्ह भएको तासको १३ वटा पत्तीहरु हुन्छन ।
एक ऋतुमा तीन महिना अर्थाथ १३ हप्ता हुन्छ ।
तासको चार वटा चिन्ह पाना, चिडिया, ईटा,भोटे र सबै पत्ती गन्दा
अर्थाथ एक
गडडिमा तास गन्दा ५२ पत्ती हुन्छ र एक वर्षमा ५२ हप्ता हुन्छ ।
एकका देखी बादशाह सम्मको १३ वटा पत्तिको दुबै फुट्टी गन्द ९१ हुन्छ ।
१३ हप्तामा ९१ दिन हुन्छ । १३ चौको बाउन्न हप्तामा
९१ चौको ३६४ दिन भयो । ५२ हप्ताको १ वर्ष र १ वर्षम ५२ साता ३६४ दिन हुन्छ ।
५२ पत्ती तासमा जम्मा २ वटा जोकरहरु हुन्छ ।
ति जोकरहरु जतापनी मिल्छन ।
माथी भने अनुसार ५२ हप्ताको ३६४ दिन भयो ।
एक वर्षमा ३६५ पुप्याउँनु जुन हप्तामा वा जुन महिनामा १ दिन थप्नु पर्छ
त्यो थप्ने काम एउटा जोकरले गर्छ ।
Leap Year(अधिक वर्ष) मा ३६६ दिन हुन्छ ।
प्रयोग हुन बाकी रहेको एउटा थप जोकर Leap Yearको लागी हो ।
एकिनसाथ तिथि-मिती भन्न नसके पनि तासको आविस्कर धेरै पहिले
चिनमा भएको थियो भन्ने भनाइ छ ।
के भनिन्छ भने
त्यसबेला चिनको वादशाहका धेरैवटी रानिहरु हुनेगर्थे , अरे ।                                                                          उनिहरुलाई दरबारको खोपी वाट वाहिर निस्कन दिदैन थियो अरे ।
अनि ति रानिहरुले दिन् , महिना , ऋतु, चालपाउन क्यालेन्डरको रुपमा तासलाई प्रयोग गर्थे अरे ।
अहिले हामी तासको जुन रुप देख्छौ त्यो चाहिँ धेरै समय बिताई धेरै देश बिदेश डुली बनेको परिमार्जित रुप हो ।

Tuesday, May 9, 2017

आँखाले देखेको उत्तरकोरिया

वैशाख २३, २०७४- २०७३ चैत ३१ गते जनवादी गणतन्त्र कोरिया (उत्तर कोरिया) पुगियो । चीनको बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट चाइना एयरको उडानद्वारा स्थानीय समयानुसार साँझ ८ बजेतिर हामी कोरियाको राजधानी प्वाङयाङ उत्रियौं । 
कोरिया सरकारको निम्तोमा म त्यहाँ पुगेको थिएँ, कोरियाली समाज वैज्ञानिकहरूको संगठन (कास) ले १४–१७ अप्रिल २०१७ सम्म प्वाङयाङमा गरेको लेखक तथा पत्रकारहरूको अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन । ‘उत्तर कोरिया र अमेरिकाको बीचमा तनाव बढिरहेको छ र दुवै राष्ट्रहरू युद्धको तयारी गरिरहेका छन्’ भन्ने व्यापक हल्ला भइरहेकै अवस्थामा हामी विश्वभरका साम्राज्यवादविरोधी लेखक तथा पत्रकारहरू प्रतिनिधिमूलक रुपमा प्वाङयाङमा जम्मा भएका थियौं । बाहिरबाट हेर्दा आजै या भोलि के भइहाल्छ ? जस्ता समाचारहरू मिडियाहरूले प्रसारण गरिरहेका थिए । त्यस्तो अवस्थामा प्वाङयाङ पुग्दा उत्तर कोरियाबारे पहिलेदेखि चल्दै आएका विविध प्रकारबारे बुझ्न मलाई थप सहयोग पुग्यो ।
कोरिया सरकार, वर्कस पार्टी कोरिया र कासले आयोजना गरेका घोषित कार्यक्रममा सहभागी हुने र विविध विषयहरूमा चलाइने छलफल/अन्तरक्रियाहरूमा सहभागी हुनु स्वाभाविकै थियो । त्यसका अतिरिक्त म उत्तर कोरियाका भित्री र बाहिरी दुईवटा पाटाबारे भित्रैसम्म पुगेर बुझ्न बढी प्रयत्नशील रहें । 
बाहिरी पाटो 
धेरै पहिलेदेखि नै उत्तर कोरियाबारे के प्रचार गरिएको छ भने, त्यहाँको शासन प्रणाली राजतन्त्रात्मकजस्तो छ । राजतन्त्रात्मक शासन प्रणाली भएका मुलुकमा राजाको छोरा राजा बन्ने गरेझैं उत्तर कोरियामा संस्थापक नेता किम इल सुङका छोरा–नातिहरू राष्ट्रप्रमुख बन्ने जुन राजनीतिक प्रणाली देखिन्छ, त्यो राजतन्त्रजस्तो छ ।
उत्तर कोरियाप्रति प्रचार गरिँदै आएको अर्को विषय हो— त्यहाँ सैनिक शासन छ, जनतालाई चुँसम्म बोल्न दिइँदैन । जनतालाई सम्पूर्ण प्रजातान्त्रिक हक अधिकारबाट वञ्चित गराइएको छ, सरकारको विरोध गर्नेलाई अर्थात् विरोधीहरूलाई सोझै गोली ठोकी मारिन्छ । सूचना र प्रविधिको हकमा पनि जनतालाई बन्धक राखिएको छ र विश्वबाटै अलग्गै राष्ट्रको रूपमा राखिएको छ ।
उत्तर कोरियाविरुद्ध लाग्ने गरेको अर्को आरोप हो— सरकारले त्यहाँका जनतालाई लाउन, खान दिएको छैन, जनता भोकभोकै पर्दछन् र कुपोषणबाट ग्रसित छन् । पढ्ने लेख्ने अवसरबाट पनि जनतालाई वञ्चित तुल्याइएको छ ।
उत्तर कोरियालाई लाग्ने सबैभन्दा ठूलो आरोप हो— त्यहाँ जनताको मानवाधिकार पूरै हनन गरिएको छ । जनतालाई बोल्न, लेख्न र विरोध गर्न पाइँदैन ।
कोरिया र अमेरिकाबीच छिट्टै युद्ध हुँदै छ एक अर्कोले युद्धका लागि व्यापक तयारी गरिरहेका छन् र यदि युद्ध नै भयो भने अमेरिकाले उत्तर कोरियालाई खरानीमा परिणत गरिदिन्छ भन्नेजस्ता तमाम प्रकारका प्रचारबाजी सुन्न पाइन्छ । यिनै विषयहरू हुन, बाहिरी रूपमा हेर्दा उत्तर कोरियालाई बुझ्ने आधारहरू । 
भित्री पाटो 
भौतिक रूपमै उत्तर कोरिया पुगेर त्यहाँको शासन प्रणाली, कोरियाले अवलम्बन गर्दै आएको विचार प्रणाली, जनताका मौलिक हक अधिकारहरू जस्तै शिक्षा, स्वास्थ्य, यातायात, गाँस, बास र कपासका बारे जान्न खोजें । जनताको जीवनस्तर, लबाइ, खुवाइ, बसोबास, रहनसहन, आवत जावत, खानपान, जीवनशैली, सांस्कृतिक अवस्था र जनताको स्तर, जनताको चेतना आदिबारेमा भित्रैसम्म पसेर बुझ्ने प्रयत्न गरें ।
वास्तवमा मैले त्यहाँ पहिलेदेखि बाहिरी रूपमा जुन प्रचार गरिएको थियो र हामीले जे सुन्दै आएका थियौं त्यसको ठीक विपरीत भएको पाएँ ।
शासन प्रणालीका दृष्टिकोणले उत्तर कोरियामा समाजवादी व्यवस्था छ । त्यहाँ कम्युनिस्ट पार्टीको सट्टा ‘वर्कर्स पार्टी कोरिया’ नाम सुरुदेखि राखिँदै आएको छ । विचारधारात्मक रूपमा माक्र्सवाद लेनिनवाद–जुछे विचारधारालाई पार्टीको मार्गदर्शक सिद्धान्त छ । सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत समाजवादी शासन प्रणाली अपनाउँदै आएका कारण सरकारले नियम, कानुन कडा रूपमा निर्माण गरेको छ र कार्यान्वयन पनि कडाइका साथ लागू गरिरहेको छ । त्यहाँ कडा अनुशासन छ । सरकारका नियम कानुनको पालना नगर्ने, पार्टीले अपनाउँदै आएको विधिविधान र पद्धतिहरू उल्लंघन गर्नेहरूको जीवन भने त्यहाँ खतरामुक्त छैन ।
त्यहाँ सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत समाजवादी शासन प्रणाली अवलम्बन गर्दै आएको पाइन्छ । राज्यको नेतृत्व चयन गर्ने जिम्मा वर्कस पार्टीको भएकाले किम इल सुङको परिवारभित्रबाट वा बाहिरबाट राज्यको प्रमुख छान्ने विधि पद्धति अपनाइएकाले त्यहाँ राजतन्त्रात्मक व्यवस्था भएको आरोप लगाइएको हो । किम इल सुङले उत्तर कोरियाबारे गरेको त्याग वीरता र कुशल नेतृत्व अनि मुलुकलाई यहाँसम्म ल्याउन बढी योगदान गरेकाले त्यस परिवारमा राज्य सञ्चालन गर्ने क्षमतावान सन्तान रहेसम्म राज्यको नेतृत्वमा राखिरहनुपर्छ भन्ने जनताको भित्री भावना पाइन्छ ।
अर्को प्रश्न जुन छ, जनतालाई लाउन खानबाट राज्यले बञ्चित गर्दै आएको छ, जनता खान लाउन नपाएर भोक भोकै मरिरहेका छन्, कुपोषणले ग्रस्त छन् । त्यहाँ पुगेर बुझ्दा के पाइयो भने सरकारले गाँस, बास र कपासको व्यवस्था गरेको रहेछ । सहरमा ४०/५० तलाका गगणचुम्बी महल खडा गरी एउटै स्तरका भवनहरूमा एक परिवारलाई एक फ्ल्याट नि:शुल्क वितरण गर्दै आएको रहेछ । गाउँमो वैज्ञानिक बसोबास प्रणाली अन्तर्गत एउटै रंग र साइजका तीनतले घरहरू देशभर नै निर्माण गरेर किसानहरूलाई नि:शुल्क बसोबासको व्यवस्था सरकारले मिलाइदिएको पाइयो । गाउँलाई पनि शहरीकरण गर्ने सरकारी अभियान तीव्रगतिले अगाडि बढिरहेको पाइन्छ ।
मजदूर तथा कर्मचारीलाई कुनै तलब भत्ताको व्यवस्था छैन । ८ घण्टा अनिवार्य रूपमा काम गर्नुपर्दछ । राशन, पानी, दैनन्दिनका लागि आवश्यक पर्ने वस्तु र लत्ताकपडा सबै राज्यले नै जनतालाई उपलब्ध गराउने व्यवस्था रहेछ । जनताको सम्पूर्ण ग्यारेन्टी सरकारले लिएको भए पनि केही व्यक्तिगत चाहना पूरा गर्न मजदुर तथा कर्मचारीहरूलाई श्रम गरेबापत थोरै मात्रामा रकम उपलब्ध गराउने र किसानहरूलाई पनि आम्दानीको थोरै हिस्साबाट नगद उपलब्ध गराउने व्यवस्था भने रहेछ । त्यसैबाट यातायात क्षेत्रमा लाग्ने सामान्य कर र किसानहरूले आफ्नो केही व्यक्तिगत चाहनामा परिपूर्ति गर्ने रहेछन् ।
जनतालाई खानका लागि सबै चिज सरकारले सुलभ ढंगले पुर्‍याउने व्यवस्था गरेकाले भोकभोकै मरिरहेका छन् भन्ने प्रचारवाजी मैले गलत पाएँ । मुख्य खाना भात रहेको त्यहाँको प्रमुख बाली धान रहेछ । मकै, गहुँ, जौ, आलु अन्य खाद्य वस्तु पनि उत्पादन हुने रहेछ । त्यहाँको उत्पादनले नपुगेमा चीनबाट आपूर्ति गरिँदो रहेछ । खानामा पूरै वैज्ञानिकीकरण गरिएको हुनाले कुपोषणले जनता राउटे हुन्छन् भन्ने कुरा पनि गलत प्रचारबाजी रहेछ भन्ने महसुस गरें । सबै जनतालाई सैन्यकरण गरिएको र सैन्य तालिमको कारणले महिला या पुरुष दुवै ‘स्लिम’ देखिन्छन् ।
पहिरनका सवालमा पनि त्यहाँ सबै एकै दर्जाको टाइसुट र सुटेट बुटेट लगाएर हिँड्दछन् । कोही पनि कही पनि सामान्य पोषाकमा हिँडडुल गरेको देखिएन । महिलाले टाइसुटबाहेक मिनिस्कट र राष्ट्रिय पोसाक ह्यांगा पनि पहिरिएका हुन्छन् । सबै लत्ताकपडा जनतालाई राज्यले निशुल्क उपलब्ध गराउँदै आएको रहेछ । जनतालाई शिक्षा नि:शुल्क रूपमा उपलब्ध गराइएको छ । प्लस टुसम्मको शिक्षा अनिवार्य, वैज्ञानिक, प्राविधिक र व्यावहारिक तुल्याइएको छ । त्यसपछि योग्यता परीक्षा लिएर विद्यार्थी जुन विषयमा दक्षता राख्दछ त्यसैमा राज्यले उच्च शिक्षा हासिल नि:शुल्क रूपमा दिलाउँदो रहेछ । शतप्रतिशत जनता साक्षर छन् रे ।
स्वास्थ्य सेवा पनि जनताले नि:शुल्क र सुलभ रूपमा पाउने व्यवस्था गरेको रहेछ । देशव्यापी रूपमा बाल शिक्षण अस्पतालहरू खडा गरेर ५,६ वर्षका बालबालिकाहरू औषधि विज्ञान पढाउने गरेको पाइयो । प्वाङयाङस्थित एक बाल अस्पतालमा हामीलाई पुर्‍याएर बालबालिकाहरूलाई औषधि विज्ञान पढाइरहेको अवलोकन समेत गराइयो ।
यातायात पूरै नि:शुल्क रहेछ । राजधानी प्वाङयाङ र सहरीकरण गरिएका क्षेत्रहरूमा सडकहरू अन्य देशका तुलनामा ठूला र फराकिलो रूपमा निर्माण गरिएको पाइयो । त्यहाँको जनसंख्या करिब ३ करोड हाराहारी छ । यातायातमा कतै पनि त्यति भीडभाड र जाम हुँदैन । सडकमा जनताका लागि ठूला गाडी र ५ डिब्बासहितका साना रेलजस्तै मानिने ट्रली बसको व्यवस्था छ । प्वाङयाङमा सय मिटर जमिनमुनि भूमिगत मेट्रो रेलको व्यवस्था छ । लाखौं जनता त्यसबाट यात्रा गर्छन् । गाउँगाउँसम्म पनि यातायात पुर्‍याइएको पाइयो । नि:शुल्क रूपमा सरकारले देशव्यापी रूपमा जनतालाई आवत–जावत गर्ने व्यवस्था मिलाएको रहेछ । तर बस पार्किङ र ट्ेरनको पास कुपनका लागि भने सीमित रकम यात्रुबाट लिने व्यवस्था रहेछ ।
कोरियामा बैंकहरू छैनन् । सरकारले ५ हजारसम्मका नोट छपाएको रहेछ । त्यहाँ चिनियाँ, युरो र अमेरिकी डलर बढी प्रयोगमा आएको पाइयो । विदेशी पर्यटक त्यहाँ जाँदा रहेछन् । खासगरी पश्चिमी मुलुकका र अमेरिकी पर्यटकहरू बढी मात्रामा त्यहाँ जाँदा रहेछन् । तिनका लागि प्वाङयाङमा ५ वटा ५ स्टार होटलको व्यवस्था गरिएको रहेछ । अन्य होटल व्यवसाय छैन त्यहाँ । विदेशीहरूका लागि प्वाङयाङ र देशका सबै ठाउँमा थोरै संख्यामा पसल खोलिएका छन् । तर त्यहाँ उत्पादित वस्तु ज्यादै महँगा छन् । त्यहाँ पुगेका विदेशी नागरिक सरकारको अनुमति र नियन्त्रणबिना हिँडडुल गर्न भने पाउँदैनन् ।
विश्वभरबाट गरी हामी ४६ देशका करिब डेढ सय लेखक तथा पत्रकार त्यहाँ जम्मा भएका थियौं । हामीलाई सरकारले निर्माण गरेका विज्ञान/प्राविधिक क्षेत्रमा विविधि भौतिक संरचनाहरू देखाइयो । त्यहाँ धेरै कडा छ भन्ने जुन प्रचार थियो त्यो गलत लाग्यो । त्यहाँ ८० प्रतिशत छुट छ । तर २० प्रतिशतमा के कुरा पाएँ भने जुछे विचारधारा आत्मनिर्भरताको सिद्धान्त र समाजवादी शासन व्यवस्थाको विरुद्धमा उत्रनेहरूका लागि भने खैरित छैन त्यहाँ । विरोधीहरूले कोरियामा मानवाधिकार हनन् गरिएको छ भन्ने यसैलाई आधार बनाएको पाइयो । 
प्रकाशित: वैशाख २३, २०७४



http://kantipur.ekantipur.com/printedition/news/2017-05-06/20170506095809.html

दिमागबारेका केही रोचक तथ्यहरू :

science-behind-yoga_chemicals
मस्तिष्क मानव शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । मस्तिष्कबाटै सबै क्रियाकलाप निर्देशित हुन्छन् र मस्तिष्कले नै शरीरका सबै प्रणालीहरु  संचालन गरेको हुन्छ । मस्तिष्क निकै नै संवेदनशील अंग हो र यसमा हुने गडबडीले शारीरिक तथा मानसिक समस्या पैदा गर्छ । मस्तिष्क निकै महत्वपूर्ण अंग हो भन्नेबारेमा त हामी सबैलाई थाहा छ । तर
मस्तिष्कको बनाबट तथा कार्यका विषयमा केही रोचक तथा पत्याउनै नसकिने खालका तथ्यहरु भने जानकारी नहुन
सक्छ । त्यसैले यसबारेमा केही रोचक तथ्यहरू निम्न छन्
१.  कहिलेकाहीँ टाउको दुख्यो वा तनाव भयो भने मस्तिष्क वा दिमाग नै दुख्यो कि भन्ने भान पर्छ । तर खास कुरो के हो भने मस्तिष्क कहिल्यैपनि दुख्दैन । शरीरका अरु भागमा चोटपटक लाग्दा दुखाइ महसुस हुन्छ यसको कारण ती अंगहरुमा दुखाइको चेतना ग्रहण गर्ने रिसेप्टर हुन्छन् । तर मस्तिष्क कोषमा त्यस्ता रिसेप्टर हुँदैनन् ।अर्थात् अरु अंगको दुखाइको चेतना दिने मस्तिष्कले आफ्नै दुखाइ भने थाहा पाउँदैन ।
२. मस्तिष्कमा यतिधेरै रक्तनली हुन्छन् की सबै रक्तनलीको लम्बाइ जोड्ने हो भने १ लाख माइल हुन्छ । यो सँगै मस्तिष्कमा खरबौँ न्युरोन हुन्छन् । मस्तिष्कले हाम्रो सरीरको १७ प्रतिशत उर्जा खपत गरेको हुन्छ भने २० प्रतिशत अक्सिजन खपत गरेको हुन्छ ।
३. मानिस ननिदाएको बेला मस्तिष्कबाट १० देखि २३ वाट उर्जा निस्किरहेको हुन्छ । यो उर्जा यतिधेरै हो की त्यो बिजुलीको बल्ब बाल्न समेत पर्याप्त हुन्छ ।
४. महिलाको मस्तिष्क भन्दा पुरुषको मस्तिष्क १० प्रतिशत ठूलो हुन्छ । तर सानो भएपनि महिलाको मस्तिष्कमा पुरुषको भन्दा बढि न्युरोन हुन्छन् र महिलाको मस्तिष्क पुरुषको भन्दा बढि कामकाजी वा सक्रिय हुन्छ । महिलाको मस्तिष्कको बायाँ भाग बढि सक्रिय हुन्छ भने पुरुषको दाहिने भाग । सोही कारण महिला बढि संवेदनशील हुन्छन् भने पुरुष तर्कशील ।
५. निदाएको बेला मानिसको दिमाग झनै सक्रिय हुन्छ । सपनामा मानिसको मस्तिष्क उति नै सक्रिय हुन्छ जति विपनामा सो काम गर्दा मस्तिष्क सक्रिय हुन्थ्यो । सामान्य ज्ञान तथा आइक्यूमा राम्रो ज्ञान हुने तथा रुची राख्ने मानिसले बढि सपना देख्छ।
६. मानिस किन हाँस्छ भन्ने कुरा उसलाई पनि थाहा हुँदैन । मान्छे चाहेर मात्रै हाँस्न सक्दैन । हाँस्ने भने कुरा मस्तिष्कले आफै नियन्त्रित गर्ने काम हो । मान्छे केबल रमाइला कुरा सुनेर मात्र हाँसेको हुँदैन । ४ महिनाको बच्चाले हामीले भनेका कुरा तथा गरेको इशारा बुझ्दैन तरपनि एक्लैएक्लै मुस्कुराउँछ ।
७. मस्तिष्क ठूलो हुँदैमा मान्छे बढि अब्बल हुन्छ भन्ने कुरा गलत हो ।
अल्बर्ट आइन्सटाइनको मस्तिष्कको तौल केबल १२३० ग्राम थियो` जब की पुरुषहरुको मस्तिष्कको औषत  तौल १४ सय ग्राम हुन्छ । कतिपयले भने मानिसको टाउको जतिठूलो भयो मान्छे उति नै अब्बल हुने बताउँछन् ।


Hydrogen Bomb


heres-why-the-weapon-north-korea-says-it-just-tested-is-so-much-worse-than-an-atomic-bombh-bomb                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                  सन् १९४५ मा अमेरिकाले जापानको दुइ ठूला शहरहरु हिरोसीमा र नागासाकीमा

शक्तिशाली बम खसालेको थियो जसले तत्काल लाखौ मानवको ज्यान लिएको थियो
साथै उक्त बम यति सम्म शक्तिशाली थियो कि दशकौ यता आएर
आज सम्म पनि त्यहा विभिन्न घातक विकिरणहरु पैदा भइरहेका छन् ।
उक्त खसालिएको बम थियो –
अणु बम (Atom Bomb)

तर यस बम भन्दा पनि २५ हजार गुणा शक्तिशाली बम
वैज्ञानिकहरुले निमार्ण गर्न सफल भएका छन
जुन बम मानव जातिले निमार्ण गरेको एक मात्र शक्तिशाली अत्याधुनिक हतियार हो ।
जसलाइ हाइड्रोजन बम  का नामले चिनिन्छ ।
North-Korea-Tests-Hydrogen-Bomb

हाइड्रोजन बममा अत्याधिक उर्जा निर्माण गर्न फ्युजन प्रकृया अपनाइन्छ ।
यसमा ट्रिटियम वा ड्युटेरियमजस्ता हाइड्रोजनका
आइसोटोपहरु (एकै तत्व तर फरक पिण्ड भएका परमाणुहरु)
बिभिन्न अवस्थाहरुका कारण
एकै ठाउमा फ्युजन हुन्छ ( गाभिन्छ ) ।
यसरी फ्युजन भएका दुइ परमाणुहरुको पिण्डको जोडभन्दा
गाभिइसकेपछि उत्पादन हुने तत्वको पिण्ड थौरै हुन्छ
यस प्रक्रियामा केहि पिण्ड नाश हुन पुग्दछन ।
यसरी हराएको अथवा नाश भएको पिण्ड
भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनको समिकरण
E=mc2 अनुसार अत्याधिक उर्जामा परिणत हुन्छ ।




https://rameshshrestha33.wordpress.com/2017/05/02/hydrogen-bomb/