Monday, October 9, 2017

भोलीबाट कोरियामा जि.एम.ई. रेमिट्यान्सको मनि ट्रान्सफर सेवा सुरु


भोलीबाट दक्षिण कोरियाबाट नेपाल पैसा पठाउन सबैभन्दा छिटो र सुलभ दरमा ग्लोबल मनी एक्सप्रेस जि.एम.र्इ. ले कारोबार सन्चालन गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सउलस्थित दोङ्देमुनमा रहेको शाखाबाट सफ्ट लन्चको रुपमा भोली अक्टोबर १० देखि कारोबार शुरू गर्ने भएको जानकारी कम्पनीले दिएको हो ।

हालसम्म कोरियाको बैंकहरूबाट मात्र रकम ट्रान्सफरको व्यवस्था रहेकोमा कोरिया सरकारले साना–साना रकम ट्रान्सफरका लागि रेमिट्यान्स कम्पनीहरूलार्इ स्वीकृति दिएसँगै अब रकम सहज रूपमा पठाउने बाटो खुलेको हो । रेमिट्यान्स कम्पनीहरूमार्फत नेपालमा पैसा पठाउँदा एकपटकमा ३ हजार अमेरिकी डलर र वर्षमा २० हजार अमेरिकी डलर बराबर सम्मको रकम पठाउन सकिनेछ ।

कम्पनीले कारोबारको शुभारम्भको उपलक्ष्यमा हरेक ग्राहकलार्इ टोकन उपहारको समेत व्यवस्था गरेको छ । जि.एम.ई.मार्फत पैसा पठाउँदा एक पटकमा ७ हजार कोरियन वन शुल्क लाग्नेछ ।

पहिलोचोटी जि.एम.ई. शाखामा एलियन रजिष्ट्रेशन कार्डको सक्कल र कोरियामा रहेको कुनै पनि बैंकको पासबुक (थोङजाङ) लिएर रूजु गराएपछि घरमै बसी बसी पैसा पठाउने सेवा लिन सकिन्छ । कोरियाबाट पैसा पठाएको दश मिनेटभित्रै नेपाल अधिराज्यको जुनसुकै स्थानबाट रकम नगदमा संकलन गर्न सकिने तथा नेपालको कुनै पनि बैंक खातामा पनि पैसा जम्मा गर्न सकिन्छ । नेपालमा रकम पठाउद नेपालमा अतिरिक्त शुलक नलाग्ने कम्पनीले जनाएको छ ।



कम्पनीले दोङ्देमुन शाखा सन्चालनको केही समय पछि ह्वासङ्स्थित फारानबाट पनि सेवा दिने तयारी गरेको छ । यससँगै अवैधानिक माध्यमबाट पैसा पठाउने प्रवृत्ति पनि कम हुँदै जाने यहाँ रहेका नेपाली समुदायहरूको विश्वास छ ।

नेपाली भाषामा थप जानकारीको लागि मोबाइल नम्बर ०१०-२९५९६८६४ तथा   फेसबुक पेज https://www.facebook.com/gmeremit

No comments:

Post a Comment