Thursday, April 26, 2018

अब ८ लाखमै बनाउन सकिन्छ ५० बर्ष टिक्ने ४ कोठाको २ तले घर


नेपाल राष्ट्र बैंकले आइतबार सार्बजनिक गरेको मौद्रिक नीतिले काठमाडौंमा घर बनाउने चाहना राख्नेलाई केही धक्का लागेको छ । यसअघि काठमाडौं उपत्यकाभित्र रियलस्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात (एलटीभी रेसियो) ५० प्रतिशत थियो । नयाँ मौद्रिक नीतिले यो अनुपात घटाएर ४० प्रतिशतमा झारेको छ । अन्य स्थानमा भने ५० प्रतिशतलाई निरन्तरता दिइएको छ । यसले काठमाडौं उपत्यकामा घर निर्माण गर्न चाहनेले बैंकबाट कम ऋण पाउने भएका छन् ।
काठमाडौं उपत्यकामा परम्परागत रुपमा बन्ने घर निर्माणको खर्च अत्याधिक बढिरहेको समयमा राष्ट्र बैंकको नयाँ नीतिगत ब्यवस्थाले तपाइलाई केही चिन्ता बढाइ दिएको हुन सक्छ । तर, यसका विकल्प छन् । ती विकल्प प्रयोग गरेर सस्तोमा सुरक्षित र बलियो घर बनाउन चाहनु हुन्छ भने यी विकल्प प्रयोग गर्ने पो हो कि ?
भूकम्प प्रतिरोधी र उच्च प्रविधियुक्त घर सस्तोमा बनाउने विकल्प छ । यो विकल्पबारे जानकारी पाउनु नभएको हुन सक्छ । त्यस्तै एक विकल्प पन्चकन्या समुहले बनाइदिने ‘स्टक्चर स्टिल’ तपाइको लागि राम्रो विकल्प हुन सक्छ ।पञ्चकन्या ‘स्टक्चर स्टिल’को नामबाट पञ्चकन्या समुहले नेपालमा नै पहिलो पटक ग्याल्भनाइज स्टिलको उत्पादन गरेर घर निर्माणमा नयाँ प्रविधि भित्र्याएको छ ।
विदेशमा बिशेष गरेर संमृद्ध र भूकम्पीय जोखिम भएका देशहरुले यस्ता ग्याल्भनाइज स्टिलको प्रयोग गरेर घरहरु निर्माण गर्ने गरेका छन् । नेपालमा २०७२ सालको भूकम्पपछि धेरै घरहरु भत्किए । पुननिर्माणको सुरुवातसँगै अब बनाइने घरहरुको मोडल, प्रबिधि र जोखिम रहित हुनुपर्छ भन्ने बहस सुरु भएको पञ्चकन्या समुहका प्रबन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठ बताउछन् ।
‘हामीले भूकम्प जानु अगाडीदेखि फ्याक्ट्री निर्माणको तयारी गरिरहेका थियौं, भूकम्पपछि निकै छिटो गरेर उत्पादन गर्यौं,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने । ग्याल्भनाइज स्टिल हलुका हुनेहुँदा यसलाई कुनैपनि ठाँउमा लान निकै सहज हुन्छ । इन्जिनियरले घरको नक्सा बनाउँदा नै कति क्षेत्रफलमा, कति भार थेग्न सक्छ भन्ने जस्ता कुराको अध्ययन गरेर बनाउछन् । निर्माणकर्ताको आवश्यकता अनुरुप यसको प्रयोग हुने हुँदा यसबाट बनेका घरहरु निकै आर्कषक र बलिया हुने श्रेष्ठ बताउँछन् ।
के हो ग्याल्भनाइज स्टिल ?
स्टिल वा फलामका सामानमा खिया नलागोस् र नबिग्रियोस् भन्ने हेतुले बाहिरबाट कोटिङ गर्ने प्रबिधिलाई ग्याल्भनाइज भनिन्छ । यसमा समेत हलुका र गरुङ्गा दुबै किसिमका स्टिल र फलाममा यो प्रबिधि प्रयोग गर्न सकिन्छ । जसले फलाम र स्टिललाई सुरक्षित बनाउँछ ।
घर कसरी निर्माण गरिन्छ ?
सर्बप्रथम तपाईसँग भएको जग्गा र त्यसको साइज अनुसार आफ्नो अवश्यकता बमोजिम इन्जिनियरलाई डिजाइन बनाउन लगाउनु होस् ।
यस्ता घरहरु ४ तलासम्म निर्माण गर्न सकिने हुनाले आफूलाई कति चाहिने हो सोहीअनुसारको डिजाइन तयार पार्न लगाउँनु पर्नेछ ।
त्यसपछि कम्पनीले तपाईको घर निर्माणको जिम्मा लिने छ । उसले तपाईको घर निर्माण सुरु गर्नेछ । तपाईले यस्ता घर निर्माण गर्दा आफ्नो लगानी गर्ने क्षमता अनुसारको सामान प्रयोग गर्ने अवसर पाउनु हुनेछ ।
कम्पनीले प्रतिबर्गफिट २२०० रुपैयाँदेखि माथि तपाईको छनोट अनुसारको सामान प्रयोग गरेर घर निर्माण गरिदिने छ । यो दर अनुसार तलमाथि गरी १३ सय स्वायर फिटको २ तले घर बनाउन करिब १८ लाख रुपैयाँ लाग्नेछ । परम्परागत रुपमा बनाइने यो क्षेत्रफलको घरका लागि ३० लाख रुपैयाँभन्दा बढी खर्च हुन सक्छ ।
यदि कम्पनीको अनुसार निर्माण गर्ने हो भने २२०० देखि २४०० प्रतिबर्गफिटमा तर्पाइको घर निर्माण हुने छ । यो खर्च अन्य परम्परागत रुपमा बनाइने घरको भन्दा कम्तिमा पनि ३० प्रतिशत सस्तो पर्ने कम्पनीले जानकारी दिएको छ । यस्ता स्टक्चरको आयु ५० बर्षसम्म हुने दाबी कम्पनीको छ ।
तल्लो तलामा जग बनाउनु पर्ने हुँदा बढी खर्च पहिलो तला बनाउदै लाग्नेछ भने माथिल्लो तला निकै सस्तो पर्नेछ । यसैकारण १३ सय स्वायर फिटको २ तले घर १८ लाख रुपैयाँ तयार पारेर सम्बन्धित घरधनीलाई हस्तान्तरण गरिने कम्पनीले जानकारी दिएको छ । घरधनीले महंगो निर्माण सामाग्री प्रयोग गर्न चाहेमा प्रतिबर्ग फिट ५ हजारभन्दा महंगा निर्माण सामाग्री पनि उपलब्ध छन् ।
घरका बिषेशता
साधारण वाल सिस्टमबाट निर्माण गर्ने घर बराबरको मुल्यमा यस्ता घरहरु बनाउन सकिने कम्पनीका सेल्स एण्ड मार्केटिङ बिभागका विप्सा शाक्यले बताईन् ।‘घरको डिजाइन परिवर्तन गर्नुपरेमा यस्ता घरहरुको डिजाइन सजिलै परिवर्तन गर्न सकिन्छ, आग्लागी, भूकम्प जस्ता बिपदबाट यस्ता घरहरु सुरक्षित हुन्छन्,’ शाक्यले भनिन् ।
यदि घर भत्काएर नयाँ निर्माण गर्नु परेमा वा घर थप्नु परेमा यस्ता घरहरु सहज हुनेछन् । यो घरको मुख्य बिषेशता छिटो निर्माण हुनु समेत हो । २ तलाको घर १५ देखि २० दिनमा निर्माण गर्न सकिने कम्पनीले जानकारी दिएको छ । यस्ता घरहरुमा प्रयोग हुने झ्यालहरु युपिभिसीका हुन्छन् । जुन पञ्चकन्याको आफ्नै उत्पादन हो ।
कस्ता घर बनाउन सकिन्छ ?
पुराना शैलीका गाउँघरमा हुने ‘ट्रेडिसनल’ घरहरु यो प्रबिधिको प्रयोगबाट सजिलै निर्माण गर्न सकिन्छ । ४ तलासम्मका औद्योगिक भवन, स्कुल, हस्पिटल, होस्टल, रिटेल स्टोर, रेन्टल हाउस, एयरपोर्ट, रेष्टुरेन्ट एण्ड बार, पार्टी प्यालेस जस्ता पूर्वाधार निर्माण सजिलै सकिने कम्पनीले जानकारी दिएको छ ।‘केही विकास आयोजनाको स्टाफ क्वाटर निर्माणमा हामीले काम गरिरहेका छौं, अहिले अरुण तेस्रो आयोजनाको फार्म हाउस हामीले नै बनाइरहेका छौं,’ शाक्यले भनिन् । उनका अनुसार कम्पनीले १०० को हारहारीमा यस्ता घरहरु निर्माण गरिसकेको छ ।
source : onlinetvnepal.com

Sunday, April 8, 2018

गजल


मुस्कान तिम्रो सम्झेर माया लाउन आउछु
तनको दुरी हटाइ पुन: पाउन आउछु



नयन तिम्रा मिर्गका जस्ता मुटुमा राखेर
मनको खेत्मा प्रेमको बहर दाउन आउछु


गालाको तिम्रो खोबिल्तो सम्झि भुतुक्क हुन्छु म
प्रेमको घर बनाइ राख छाउन आउछु



भमरा बनि डुल्दिन अन्त तिमीमा अर्पण
 मायाको खेत हिल्याईकन साउन आउछु



बिर्सेर धन प्रेमको मन कसिलो पारेर
तिम्रो र मेरो प्रेमको गीत गाउन आउछु