Monday, July 31, 2017

कोरिया बाट नेपाली कामदार को लागि आयो अहिले समकै ठुलो खुसि को खबर एकचोटी अबस्य पढ्नुहोस

दक्षिण कोरियामा कार्यरत विदेशी कामदारहरुले दक्षता पूर्ण कामदारको रूपमा आफूले चाहेसम्म कोरियामा परिवार सहित बस्न पाउने इ सेभेन फोर भिसा परिवर्तन गर्न पाउने भएका छन् । यही जुलाई १७ तारिख सार्वजनिक गरिएको इ सेभेन फोर भिसा इपिएसबाट काम गर्न आएका सम्पूर्ण इ नाइन तथा इ टेन र एच टु भिसा भएकाहरुले परिवर्तन गर्न पाउने छन् । यो अगष्ट महिनाबाट लागु गरिने छ ।
यो वर्षको अन्तसम्ममा ३ सय जनाले यो भिसा लिन पाउने कोरियन अध्यगमन कार्यलयले जनाइएको छ ।
कसले एप्लाइ गर्न पाँउछन् ?
कोरियामा लगातार चारदेखि ६ वर्षसभन्दा बढी काम गरेकाले यो भिसा अप्लाई गर्न सक्ने छन् । उत्पादनमूलक , उद्योग , कृषि, मत्यपालन र आवास निमार्ण क्षेत्रमा काम गर्ने सबै विदेशी कामदारले यो भिसा लिन सक्ने छन् । तर उत्पादनमूक कम्पनीमा काम गरेका भए १० जना भन्दा बढी र उद्योगमा पाँच जनाभन्दा बढी कोरियन कामदार हुनु पर्ने छ । यो भिसा लिएपछि हरेक दुई वर्षमा रिन्यु गर्नु पर्ने छ भने, एफ टु सेभेन, एफ टु नाइनटी नाइन , एफ फाइभ र एफ सिक्स भिसा परिवर्तन गर्न पाउने छन् ।
अंक कसरी निर्धारण हुन्छ ?
यो भिसा पाउनलाई विशेष गरी सीप, शिक्षा, उमेर, कोरियन भाषा क्षमता , सम्पत्ति र कामको अनुवभ विषयबाट अङ्क मूल्याङ्कन गरिने छ ।
त्यस्तै कोरियन शिक्षा अध्ययन, स्वयंमसेवा, सरकारबाट प्राप्त प्रसंशापत्र, सरकारी कार्यलयमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव, बैङ्क बचत ३० लाख वन र ५० लाखको सम्पत्ति र वार्षिक १ लाख वन भन्दा बढी कर तिरेको लगायत विषयबाट पनि थप अङ्क लिन सकिने छ ।
विषयगत अनुसार भिन्न भिन्न अङ्क तोकिएको छ । पूर्ण अङ्क १ सय ८० भए पनि औसत रूपमा वार्षिक तलब २ करोड ६० लाख वन भन्दा माथि भए ५० आंक ल्याए पुग्ने छ । तर तलब सो भन्दा कम भए ७० अङ्क ल्याउनु पर्ने हुन्छ ।

विषयगत निम्न अनुसार अङ्क प्राप्त गर्न सकिने छ
औषत वार्षिक कमाई ३ करोड ३० लाख वन भए २० अङ्क,
३ करोड वन भए १५ अङ्क,
२ करोड ६० लाख वन भए १० अङ्क पाइनेछ
शिक्षा तर्फ स्नातक २०, प्रमापत्रतह १० र सो भन्दा मुनि ५ अङ्क पाइने ।
उमेर तर्फ ३९ वर्ष २,
३४ वर्ष ५,
२९ वर्ष १०
र २४ वर्षको २० अङ्क पाइने ।
कोरियन भाषा क्षमता ४ लेभल २०,
३ लेभल १५,
२ लेभल १०
र १ लेभलको ५ अङ्क
कामको अनुभव: उद्योगमा ६ वार्षभन्दा बढी काम गरेको २० ,
४ वर्ष काम गरेको १० अङ्क
उत्पादनमूलक क्षेत्रमा ६ वार्षभन्दा बढी काम गरेको १०,
४ वर्षको ५ अङ्क
साभार कान्तिपुर

Prove that: Study = Fail




Prove that:
Study = Fail


Given,
no study = fail
study = no fail
prove that 
Study = Fail


Ans:
given,
no study = fail ----1
study = no fail ----2

Adding eq. 1 & 2

or, no study+study = fail+no fail
or, study(no+1) = fail(no+1)
or, study = fail

Study = Fail. Proved

Sunday, July 30, 2017

The Recurring Dream A story from England


Kimberly Clark,who lives and works in London, England, seems like a normal young women of twenty-five. She's pretty, she loves to dance,and she has many friends. Also, she has a good position in the office of a large company.


Kim Clark does have a problem, however. The problem is that she has a mysterious dream.
It's mysterious because it is a dream about a person and place which are completely strange to her. And it is mysterious also because it is a recurring dream. That is,she dreams the same thing frequently. Finally, she has the same dream almost every night.

The strange dream always begins on a country road. Kim stands on this road and sees a lane with a white fence and a hedge on each side. At the end of the lane,on the top of a little hill,she see a small,white cottage with green shutters. In the dream,she than walks up the lane to the house,goes in,and looks around. In one of the rooms she finds a man asleep in bed. He is a little,old man with white hair and a white beard. In the dream,when Kim comes near his bed, the man walks up.
Then he sits up and looks at her. When Kim opens her mouth to speak to him,
however, she wakes up in her apartment in London.

The dream bothers Kim very much. It's all so strange! She know any little,old man like that either. And yet,night after night she has the same dream. In the dream, she's always on the same country road. She sees the same lane with the same hedge and white fence. And at the end of the lane stands the same small, white cottage with green shutters. And each time,when she enters the house and looks around,she sees the same little,old man asleep in bed. And every time, when she opens her mouth to speak to hin, she wakes up in her own bed in London.

Kimberly speaks frequently with her roommate, Janet Wilson,about recurring dream.
One day Janet says,"Kim, let's go out to my parent's farm for a few days. It's so peaceful there."
"That sounds like a good idea," answers Kim with tears in her eyes. "The dream troubles me so much. It's on my mind constantly." Kim and Janet make plans to go to the country. And early the next saturday morning they leave the city in Janet's car. As soon as they are away from the sights and sounds of the city,Kim sits back on the seat beside her friend and closes her eyes. A little later,as Janet turns the car on to a country road,Kim wakes up. In a second,her eyes open wide.
"There it is,Jan ! " she exclaims."There it is !"
"There is what ?"
"The place !"
"What place?"
"The place in my dream ! Look !"
"Please,Kim,forget about your dream ! You only imagine this place is the same !
There are many places like this in the country !"
"No, Jan,it's not my imagination! This is the place ! There is the lane with the hedge and white fence! And look! There is the little ,white cottage with green shutters ! Please, Jan,let me out !"
Janet stops the car and turns to her friend. "Please don't go up there. Kim! It's not a good idea!
Lets go on !" "No,Jan ! let me go ! I have to go and see !"
Kim opens the door of the car and gets out. First,she stands on the road,just as she always does in the dream. Then she walks slowly up the lane with the hedge and white fence on both sides. Her heart pounds when she finally stands in front of the little,white cottage. Everything looks exactly the same,except for a sign in front of the house which says FOR SALE.

Kim goes to the door of the house and knocks. Her hand tremble as she waits. In a minute the door open. And there in the doorway stands a little,old man with white hair and a white beard! The same as in her dream! Her whole body shakes. When the old man sees Kim,his eyes open wide,and he immediately closes the door. "Oh!don,t close the door"cries Kim. "Please! I have to talk to you."
The man opens the door a little and looks at her."What do you want here?" he asks. "Why don,t you go away?"
Kim doesn't know what to say. But she does want to talk to him.
"I-I see- I see that this house is for sale," she stammers.
"Yes it is. But i'm sure you don't want to buy it !"
"Why do you say that ?"
"Because-uh-because a ghost hunts this house."
"A ghost hunts this pretty,little house ?"
"Yes,it comes almost every night now."
Kim tries hard to think of something to say. "Do-uh-do you know who the ghost is ?"
She stammers.
"Yes,I do now."
"Who is it ?"
In a loud whisper he exclaims. "It's you !" Then he closes the door.

*ARLO T. JANSSEN


Wednesday, July 26, 2017

इपियस परिक्षामा पास हुने 12 हजार एक सय आठ जना ले ध्यान दिनु पर्ने महत्त्वपुर्ण कुराहरु



इपियस परिक्षामा पास हुने 12 हजार एक सय आठ जना ले ध्यान दिनु पर्ने महत्त्वपुर्ण कुराहरु






एक पटक अवस्य पढौं-
1: भाषा पास हुदैमा सबै जना कोरिया आउँछ भन्न्ने ग्यारेन्टी छैन तेहि माथी माग सङ्ख्या भन्दा 1900 जना बढी नै पास भएको देखिन्छ। तेहि माथी मेडिकल मा फालिने हरु पनि थुप्रै हुन्छ्न ।नेपाल मा मेडिकल फेल भएर नि पैसा को चलखेल गरि कोरिया आउनु हुन्छ भने त्यो पनि गलत छ यहाँ पनि तीन दिने ट्रेनिङ सेन्टर (HRD) मा पनि मेडिकल हुनेछ धेरै जना यहि बाटै फर्केको पनि धेरै छन।
2: आफू पास भयो भनेर खुसीयालि मनाउदै पार्टी दिने काम नगरौ तेहि पार्टी दिएर पछि धुरु धुरु रोएको मेरै आखाले देखेको छु। जब सम्म आफ्नो लेबर कन्ट्याक्ट आउदैन तब सम्म आफ्नो काम कर्तब्य के हो अहिले के गर्दै हुनुहुन्छ तेसैलाई निरन्तरता दिनु होला पास भयो भन्दैमा आफुले गरि रहेको व्यापार ब्याबसाय नोकारी पढाइ केही नछोड्नु होला।
3:लेबर कन्ट्याक्ट आएर मात्रै पनि हुदैन क्यान्सिल हुन पनि सक्छ त्यो तपाईं को भाग्य मा भर पर्दछ। फ्लाईट सेडुल पनि क्यान्सिल हुन सक्छ गत बर्स फ्लाईट सेडुल छ महिना सम्म सरेको थियो यो बर्स पनि नहोला भन्न सकिन्न।
4:जब तपाईं कोरिया जाने मन भएर नै मेहेनत गरेर पास हुनु भयो अब कोरिया के को लागि जान लागेको हो सिर्फ पैसा कमाउन को लागि नै हो रहर ले त पक्कै पनि होइन पैसा कमाउन आई सके पछि भै परि आउने समस्या हरु बाधा अड्चन दुख सबै ग्रहण गर्न सक्नु हुन्छ भने मात्रै कोरिया आउनु होला यहाँ आएर काम गार्हो साउ को कचकच भासा को समस्या खान पिन को समस्या घर परिवार को समस्या यस्ता सबै कुरा हरु लाई म डटेर सामना गर्छु जस्तो सुकै बाधा अडचन आई परे पनि म सहन तयार छु मैले देखेको सपना पूरा गर्नु छ भन्ने हिम्मत छ भने मात्रै कोरिया आउनु होला।
5: कुखुराको मुटु लिएर आउनु हुन्छ भने कोरिया न आउदा नै हुन्छ अरु देश भन्दा अलि फरक र धेरै नै मेहेनत गर्नु पर्ने हुन्छ काम गरे अनुसार को कमाई पनि हुन्छ कोरिया को सबै कम्पनी राम्रै हुन्छ भन्ने पनि छैन आफुले देखेको सपना पुरा नहुन पनि सक्छ तेस्तो अबस्था मा आफ्नो ज्यानै फाल्ने नेपाली साथि हरु पनि प्रसस्तै छन कोरिया का मानिस हरु अरु देश को भन्दा मेहेनती र मिलनसार पनि हुन्छन कुनै कुनै चाहिँ सारै गए गुज्रेकै हुन्छ तेस्ता को फेला परियो भने चाहिँ छ महिना सम्म तलब नदिने हरु पनि छन र आफ्नो छोरा छोरी लाई झै पालन पोषण गर्ने पनि सय मा एक दुई जना भेट्नु हुनेछ।
6:जति पनि पास हुनु भएका दाजु भाइ दिदी बहिनी हरु कोहि आफैले जाँच दिएर पास हुने हरु ले पनि अझै धेरै कोरियन भाषा कोरियन कल्चर को बारेमा अध्यन गर्नुस कोहि एस्ता पनि छन दाइ को भाइ ले जाँच दिएको कोहि बैनी को दिदिले त कोहि 4 देखिन 7 लाख सम्म पैसा लिएर जाँच दिएर नाम निकालेको एस्तो जो कोहि छ भने तपाईं हरु नै हो कोरिया मा मर्ने चाहिँ किनकी तपाईं लाई पहिलो कुरा भासा नै थाहा छैन भने काम कसरी गर्नुहुन्छ झार काट भन्दा तार काटेर एउटा भाइ हस्पिटल मैले नै पुर्याएको छु।अर्का को फोटो टासेर अनुहार मिलाएर जाँच दियि कोहि पास हुनु भएको छ भने कोरिया त छिर्नु हुन्छ तर तपाइको एलियन कार्ड बनाउन जादा एउटा पुर्ब कि कमला राई नाम परिबर्तन बैनी लाई नेपाल फर्काएको मेरै आँखा ले देखेको छु किन कसरी भनेर सबै गल्ती गर्ने हरु सङ्ग बुझ्दा एस्तो सेटिङ पनि चल्दो रैछ भन्ने थाहा पाए।
7: म्यानुफ्याक्चर ( कम्पनी) मा काम गर्दा पनि धेरै जोखिम हुन्छ 1800डिग्री को भट्टी को तातो मा बसेर पनि काम गर्नु पर्ने हुन्छ धुलो धुवा प्रसस्तै खानु पर्छ सबै कम्पनी एकै नास को हुदैन कुनै रबर कुनै प्लास्टिक कुनै फलाम कुनै आल्मुनियम कुनै फर्निचर कुनै कागज प्राय नेपाली दाजु भाइ दिदी बहिनी आउने र गर्ने काम भनेको 3D नै हो काम गर्दा सजिलो त कतै पनि छैन । मैले जस्तो सुकै काम गर्न सक्छु भन्ने हिम्मत लिएर आउनुहोला।
8: एग्रीकल्चर( कृषि ) कोरिया को सबै भन्दा गार्हो काम नै कृषि मा हुने गर्दछ 40 डिग्री को टन्टलापुर घाम मा गोल्भेडा साग खुर्सानी काक्रो भान्टा मिनारी पेचु मुला सिलामको पत्ता टिप्नु पर्ने हुन्छ काम बिहानै देखि बेलुका सम्म गर्नै पर्ने हुन्छ छुट्टी पनि प्राय हुदैन खाने बस्ने को टुङ्गो हुदैन बजार को मुख देख्न पनि पाईदैन जब त्यहा काम गर्ने बाताबरण हुदैन तब विभिन्न समस्या हरु आई पर्दछ्न कुनै साउ ले बुझेको हुन्छ कम्पनी परिबर्तन गरिदिन्छ्न 90%ले त दिदैन कृषि मा जब कम्पनी चेन्ज भए पछि अन्डा बुङ्गुर च्याउ कुखुरा पालन मा बाहिरी भन्दा धेरै सहज र सबै सुबिधा सम्पन पनि हुने गर्दछ।

कोरिया आउनु भन्दा अगाडि यो मेरो सानो लेख पढ्नु भयो भने तपाईं हरु को कोरिया बसाई सहज हुनेछ यो सबै सत्य नै हो मैले मेरै आँखा ले देखेको कुरा हरु छोटकरी मा लेखेको छु। धन्यवाद !!!!!!
by चन्द्र लामा अनुराग, हाल दक्षिण कोरिया

'स्किल टेष्ट’ नलिइने , परीक्षामा बढि अंक ल्याएका प्राथमिकतामा


काठमाडौं , आठौं कोरियन भाषा परीक्षा उत्तीर्णको स्किल टेष्ट नलिइने भएको छ । उत्तीर्णको संख्या धेरै भएकाले स्किल टेष्ट नलिइने मानव संसाधन विकास (एचआरडी) कोरिया इपिएस सेन्टर नेपालले जनाएको छ । 
यसअघिका वर्षमा भाषा परीक्षा पास गरेकाहरुको कोरियामा काम गर्नुपर्ने क्षेत्रका आधारमा सिप परीक्षण गरिन्थ्यो । स्किल टेष्टका आधारमा रोजगारदाताले कामदार छनौट गर्थे । स्किल टेष्ट नहुने भएपछि परीक्षामा बढि अंक प्राप्त गरेकालाई याे वर्ष प्राथमिकता दिइनेछ। 
मंगलबार सार्वजनिक गरिएको नतिजा अनुसार यो वर्षको भाषा परीक्षामा १२ हजार १०८ जना उत्तिर्ण भएका छन् । औद्योगिक क्षेत्रतर्फ ४ हजार ५३० र कृषि तथा पशुपालन क्षेत्रतर्फ ७ हजार ५७८ र जना उत्तीर्ण भएका हुन् । सन् २०१८ मा कोरियाले १० हजार २ सय नेपालीलाई रोजगारीका लागि लैजाने घोषणा गरिसकेको छ । 

Tuesday, July 25, 2017

इपिएस भाषा परीक्षाको नतिजा सार्वजानिक, पास भएका झण्डै १९ सय जना कोरिया जान नपाउने

आठौं कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक नतिजाअनुसार १२ हजार १ सय ८ जना उत्तिर्ण भएका छन् । कृषीतर्फ ७ हजार ५ सय ७८ र अाैद्योगिक क्षेत्रतर्फ ४ हजार ५ सय ३० जना उत्तिर्ण भएका हुन् ।

आउँदो वर्ष कोरियाले १० हजार २ सय नेपालीलाई रोजगारीका लागि लैजाने भए पनि समान अंक ल्याउने परीक्षार्थी धेरै भएका कारण मागभन्दा बढी उत्तिर्ण भएको इपिएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिनुभयो । मागभन्दा बढी उत्तिर्ण गराएका कारण १८ सय ९२ जना भने पास भए पनि कोरिया जान नपाउने भएका छन् ।

आगामी वर्षका लागि कृषि क्षेत्रमा ६ हजार २ सय र अाैद्योगिक क्षेत्रमा ४ हजार नेपालीको कोटा रहेको छ । निर्देशक खतिवडाका अनुसार उत्तिर्ण परीक्षार्थीले स्किल टेष्टबिनै कोरिया जान पाउने छन् । तर स्वास्थ्य परिक्षण, प्रहरी रिपोर्ट, जबएप्लिकेसन फारम भर्ने र अभिमुखीकरण तालिममा भने सहभागी हुनुपर्ने छ । यी प्रक्रियामा सफल भएर रोष्टममा परेका कामदार कोरियाको रोजाईका आधारमा कोरिया जान पाउने छन् । आउँदो फेब्रुअरीदेखि ४ समूहमा कोरिया लैजाने इपिएस शाखाले जनाएको छ ।

यसअघि असार दोश्रो हप्ता नै नतिजा प्रकाशन गर्ने तयारी गरिएको थियो । तर केही परीक्षार्थी परीक्षा दिन बञ्चित भएपछि नतिजा साउन ढिला भएको हो । ७५ हजार पाँच सय ८० जनाले आवेदन दिए पनि परीक्षामा भने झण्डै ६८ हजार जना सहभागी भएका थिए ।

इपिएस भाषा परीक्षा उत्तिर्ण गरेर कोरिया पुग्ने नेपालीको संख्या झण्डै ४७ हजार पुगेको छ ।
नतिजा इपिएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरियाको मानव संसाधन विकास (एचआरडी) को वेवसाइटमा हेर्न सकिन्छ ।

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, १२ हजार १०८ उत्तीर्ण (सम्पूर्ण नामावली सहित)


विस्तृत विवरण सहितको आठौं EPS परिक्षाको परिक्षाफल
एग्रीकल्चर
एग्रीकल्चर = २३५३
लाइफस्टक = ५१७७
एग्री कुल जम्मा = ७५३० जना 

म्यानुफ्याक्चर
एसंब्ल (जडान) = २३२२
मेजर (मापन) = १३१७
जोइन (जडान) = ९३९
म्यानु कुल जम्मा = ४५७८
कुल जम्मा पास  = १२१०८ जना

१० साउन, कोरियन भाषा परीक्षाको नतिजा आज प्रकाशित भएको छ । परीक्षामा १२ हजार १०८ उत्तीर्ण भएको ईपीएस कोरिया शाखा प्रमुख बाबुराम खतिवडाले जानकारी दिएका छन । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको पीक्षामा ६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएका थिए ।


यहा Click गरेर आफ्नो नतिजा हेर्न सक्नुहुन्छ

Saturday, July 22, 2017

पृथ्वीसँग जोडिएका १५ रोचक तथ्‍य


मानव, वनस्पति र जीवजन्तु सबैको बासस्थान पृथ्वी नै हो। पृथ्वी सौर्यमण्डलमा रहेको एउटा ग्रह हो। 
ब्रमाण्डमा रहेका सबै ग्रहमध्‍ये पृथ्वी यस्तो ग्रह हो जहाँ जीवन सम्भव भएको छ। 
तर पनि पछिल्लो समय वैज्ञानिकहरुले पृथ्वीबाहेकका ग्रहमा जीवन सम्भव छ की छैन भनेर खोजी 
कार्य भने जारी राखेका छन्।
वैज्ञानिकहरुले मंगल र वृहस्पतिमा जीवन सम्भाव्यताको खोज गरिरहेका भए पनि पृथ्वी जस्तै 
स्पष्ट रुपमा जीवन जिउने प्रमाण जुटाउन सकेका छैनन्। 
यही पृथ्वीबारे वैज्ञानिकहरुले पत्ता लगाएका १५ रोचक तथ्‍य यस्ता छन्।


१.  पृथ्वी सूर्यको वरिपरी घुम्‍ने गर्दछ। सूर्यलाई एक पटकमा चारैतिर परिक्रमा गर्न 
     पृथ्वीले २३ घण्टा ५६ मिनेट ४ सेकेण्ड समय लगाउँछ।
२ . पृथ्वीको ७० प्रतिशत हिस्सा पानीले ढाकिएको छ। यही कारण पृथ्वी अन्तरीक्षबाट हेर्दा 
     निलो रंगको देखिन्छ। निलो रंगका कारण पृथ्वीलाई ब्लू प्लानेट समेत भन्‍ने गरिन्छ। 
३ . पृथ्वी मुख्‍यतया: तीन पत्रले मिलेर बनेको छ। 
     पृथ्वीको तलको पत्र फलाम र धातुले बनेको छ।
४.  रेडियोधर्मी डेटिङ तथा धेरै खोज र अनुसन्धानहरुले पृथ्वीको आयु लगभग ४.54 विलियन वर्ष 
     रहेको देखाएको छ।
५.  पृथ्वीको चारैतिर ओजोन तहले ढाकिएको हुन्छ। जसका कारण सूर्यबाट आउने हानिकारक किरण
     अल्ट्रा भायोलेट धर्तीसम्‍म पुग्‍न सक्‍दैन।
६.  पृथ्वीलाई अहिले पनि मानिसहरु गोलाकार भनेर भन्‍ने गरेका छन् तर वास्तवमा पृथ्वी 
     अण्डा आकारमा रहेको छ।
७. सूर्यदेखि पृथ्वीको दूरी यति टाढा छ की सूर्यबाट निक्लिउको किरण पृथ्वीमा आउन कम्तिमा
     ८ मिनेट २० सेकेण्ड लाग्छ।
८.  पृथ्वीको एक तिहाइ भाग पानीले भरिए पनि पनि त्‍यसमध्‍ये पिउन लायक पानी भने ३ प्रतिशत मात्रै छ।
९.  पृथ्वीमा रहेको गुरुत्वाकर्षण बलका कारण कुनै पनि पहाडको उचाई १५ किलोमिटर 
      भन्‍दा माथि हुन सक्‍दैन।
१०. पृथ्वीको एक मात्र उपग्रह चन्द्रमा हो । यदि चन्द्रमा नरहेको भए 
      पृथ्वीमा एकदिन लगभग ३० घण्टा हुने थियो।
११. पृथ्वीको वायुमण्डलमा कुनै पनि आकाशीय पीण्ड प्रवेश गरेमा यति धेरै घर्षण हुन्छ की 
      उक्त पीण्ड विस्तारै विस्तारे जल्न थाल्छ। 
      गाउँघरमा त्‍यसमालाई मानिसहरुले 'उल्का तारा' भन्‍ने गर्दछन्
१२.  विश्‍वभर २२ अप्रिलमा 'बर्ल्‍ड अर्थ डे' अर्थात विश्‍व पृथ्वी दिवस मनाउने गरिन्छ।
१३.  पुरै सौर्यमण्डलमा पृथ्वी मात्रै एउटा यस्तो ग्रह हो जसमा पानी तीन अवस्था(ठोस, तरल र ग्‍याँस)
       को रुपमा रहेको छ। यही कारण पृथ्वीमा जीवनको अस्तित्व कायम रहेको छ।
१४.  विश्‍वभरमा जति पनि कृषियोग्‍य लगायतका खेती हुन्छ। त्यो पृथ्वीको करीब ११ प्रतिशत मात्र हुन आउँछ।
१५.  कैयौ शताब्दी पहिले पुरै दुनियाँमा यो मान्‍यता थियो की पुरै धर्ती ब्रमाण्डको केन्द्रमा रहेको छ र 
       सूर्य यसको चारैतिर परिक्रमा गर्दछ। तर महान वैज्ञानिक एवं खगोलविद निकोलस कोपर्निकसले 
       जमिन होइन की सूर्य नै सौर्यमण्डलको केन्द्रविन्दु हो। 
       साथै पृथ्वी सूर्यको परिक्रमा गर्ने गर्दछ। यही कारण पृथ्वीमा दिन र रात ह सम्भव भएको हो।

#Annapurnapost

बिहे अगाडि अनि बिहे पछाडी केटा केटिको गफ

बिहे अगाडि केटा केटीको गफ!!

माथि बाट तल पड्दै जानुस् !!
⇊⇊⇊⇊

केटा: साँच्चै भन्नु पर्दा मैले यो छण धेरै कुरेको थिए।
केटी: के भन्न खोजेको तिमी मलाई छोड्न चाहन्छौ ?
केटा: होइन!! त्यस्तो तिमी नसोच ।
केटी: के तिमी मलाई साँच्चै मन पराउछौ ?
केटा: अफ्कोर्स !! सधैं भरी
केटी: के तिमी मलाई ढाट्दै छौ ?
केटा: नो!! किन तिमी यस्तो वाइयात कुरा सोच्दैछौ ?
केटी: के तिमी मलाई किस गर्छौप ?
केटा: सधैं भरी ।
केटी: तिमी मलाई पिट्छौ कि ?
केटा: के तिमी पागल त भएनउ ?
केटी: के म तिमीलाई विश्वाश गरौँ ?
केटा: Yes
केटी: Darling

बिहे भईसक्यो अब तल बाट माथि पढ्दै जानुस् !!
⇈⇈⇈⇈

कुन महिना जन्मिने व्यक्ति कति धन कमाउछन् ? जानकारी लिनुहोस..

ग्रह, नक्षत्र, बार, तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ । यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

१. बैशाख महिनाः
बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् ।

२. जेठ महिनाः
जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् ।

३. असार महिनाः
यो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, धन नाश हुने भएका कारण पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् ।

४. साउनः
साउन महिनामा जन्मिएका मानिसहरु सुख, दुःख तथा हानी–लाभमा सधैँ एकनास हुन्छन् ।

५.भदौः
भदौ महिनामा जन्मिने मानिसहरु सधैँ खुसी रहने, धेरै बोल्ने, मधुर बोली भएको र सुन्दर व्यक्ति हुने गर्दछन् ।

६. असोजः
यो महिनामा जन्मिने मानिस सुन्दर रुप भएका, अत्यन्त पवित्र, गुणवान र धनी हुने गर्दछन् ।

७. कार्तिकः
यो महिनामा जन्मिएका मानिसहरु धनवान्, कम बुद्धि, दुष्ट प्रवित्ति र पापी हुने गर्दछन् ।

८. मंसिरः
यो महिनामा जन्मिएका मानिसहरु मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, पराक्रमी र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।

९. पुसः
यो महिनामा जन्मिने मानिसहरु निडर, कठोर, देवताहरुलाई नमान्ने र सुख–सुविधा उत्पन्न गर्ने खालका हुन्छन् ।

१०. माघः
यो महिनामा जन्मिने मानिसहरु वुद्धिमान, धनवान, निडर, निष्ठुर बचन बोल्ने प्रकारका हुन्छन् ।

११. फागुन महिनाः
यो महिनामा जन्मिने मानिसहरु शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् ।

१२. चैतः
यस महिनामा जन्मिने व्यक्ति दार्शनीक, अहंकाररहित, राम्रो कर्म गर्ने, रातो आँखा भएको र रिसाहा हुने गर्दछन्


source: Hamrodesh.com

Wednesday, July 19, 2017

सर्पले टोकेपछि के गर्ने, के नगर्ने ?


गर्मी मौसममा तराईका जिल्लामा सर्पको टोकाइबाट बर्सेनि कैयौँ व्यक्तिको ज्यान जाने गरेको छ । यो अवधिमा विषालु सर्प निस्किने र टोक्ने दर अरू समयमा भन्दा निकै बढी हुन्छ । तर, अझै पनि अधिकांश बिरामी सर्पले टोकेपछि अस्पताल नगएर धामीझाँक्रीकहाँ जाने गरेको पाइन्छ । सर्पले टोकेलगत्तै अस्पताल आउने बिरामीको मृत्युदर भने निकै कम रहेको विभिन्न संघसंस्थाले गरेका अध्ययनले देखाएको छ । सर्पको टोकाइ र त्यसको प्राथमिक उपचारबारे ज्ञान नहुँदा पनि कतिपय व्यक्तिको अकालमा ज्यान जाने गरेको छ । त्यसैले सर्पदंश उपचारबारे लामो अनुभव भएका जनकपुर अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. अवधेषकान्त झाले महत्वपूर्ण जानकारी दिएका छन्


१. सर्पले टोकेको घाउ अनावश्यक रूपमा चलाउनु हुँदैन । पोल्ने, चिरफार गर्ने, घाउबाट विष चुस्ने, विद्युतीय झड्का दिने, मनलागी जडीबुटीको प्रयोग गर्नेजस्ता काम गर्नु हुँदैन । यस्तो गर्दा घाउको संक्रमण झन् बढ्ने खतरा हुन्छ । घाउमा विष फैलिने गति बढ्छ र अत्यधिक रक्तश्राव हुनसक्छ । टोकेको ठाउँमा ब्लेडले चिरेर विष बाहिर फाल्ने प्रयास गर्दा विषभन्दा रगत बढी गई बिरामीको मृत्यु हुनसक्छ । घाउ चुस्नेको मुखमा घाउ छ भने उल्टै विष सर्ने खतरा हुन्छ । यस्ता कुरामा अल्झिनु समयको नोक्सानी मात्र हुनसक्छ । हातखुट्टामा टोकेको छ भने स्लिङ वा स्पिलिन्ट लगाएर नचलाइकन राख्नुपर्छ ।

२. गोमन र करेतको टोकाइबाट हुने विषको प्रभाव चाँडो बढ्ने भएकाले घाउ भएको भागभन्दा माथि दबाब पर्ने गरी ब्यान्डेज वा कपडा प्रयोग गर्ने । यसलाई प्रेसर इमोबिलाइजेसन विधि भनिन्छ । ब्यान्डेज वा कपडाले ट्याप्प हुने गरी बाँध्नुपर्छ, तर एकै ठाउँमा एकदमै कसेर भने बाँध्नु हुँदैन । कसेर बाँध्दा घाउभन्दा मुनिको भागमा रक्तसञ्चार पूरै बन्द हुन गई उक्त भाग नै मर्ने गरेको कैयौँ घटना निम्तिएका छन् ।

३. हातखुट्टा मर्केको वेलामा जस्तै गरेर ब्यान्डेज लगाउने । तर, रक्तसञ्चार प्रणालीका रक्तधमनीहरूलाई असर पर्ने गरी या नाडी महसुस नहुने गरी बाँध्नु हुँदैन । ब्यान्डेजको पत्रका बीचमा कान्छीऔँला छिराउन सक्ने गरी खुकुलो पार्नुपर्छ ।

४. सर्पले डसेपछि बिरामीलाई अत्यन्त डर लाग्छ । यस्तो वेला अरूले सान्त्वना दिनुपर्छ ।

५. धामीझाँक्रीको उपचार, विष सोस्ने कालो ढुंगा र स्नेक स्टोनको उपचारतर्फ लागेर महत्त्वपूर्ण समय नगुमाउने ।

६. विषका लक्षण कम नभएसम्म या एन्टिस्नेक भेनम सुरु नभएसम्म ब्यान्डेज खोल्नु हुँदैन ।

७. बिरामीलाई जतिसक्दो छिटो एन्टिस्नेक भेनमसहित चिकित्सक उपलब्ध भएको स्वास्थ्य केन्द्रमा पुर्‍याउने ।

८. सर्पलाई मार्ने प्रयास गर्नु हुँदैन । मारिसकिएको छ भने पहिचानका लागि अस्पतालमा सुरक्षित तरिकाले लैजानुपर्छ ।

९. चिकित्सकले नभनेसम्म केही नखाने/नपिउने । विष नफैलियोस् भनेर टोकेको भागभन्दा माथि कसेर बाँध्ने काम नगर्ने ।

नया पत्रिका दैनिकबाट

इपिएस कामदारको बसाइ लम्याउन कोरियाले छुट्टै खालको भिषा प्रणाली लागु गर्ने


कोरिया सरकारले साना तथा मझौला कम्पनिहरुमा दक्ष तथा अनुभबी कामदारको अभावलाई पूर्ति गर्न छुट्टै खालको भिषा प्रणाली लागु गर्ने भएको छ l


इपिएस मार्फत कोरिया आएका कामदारको समयावधि ४ बर्ष १० महिना मात्र हुने हुनाले अनुभबी कामदारको कोरिया बसाइलाई थप लम्ब्याउन E7-4 भिषा लागु गर्न लागेको यहाको न्याय मन्त्रालयले बुधबार बताएको छ l 

उक्त भिषाको लागि कोरियामा   E 9,  E10  तथा  H2 भिषामा कार्यरत  कुनैपनि बिदेशी कामदारले निबेदन दिन  सक्ने बताइएको छ l
यसभन्दा पहिला इपिएस मार्फत कोरिया आएका कामदारले आफ्नो कोरिया बसाइलाई लम्ब्याउन E7 भिषाको लागि निबेदन दिन पाउने नियम भएकोमा अब देखि E7-4  भिषाको लागि पनि निबेदन दिने पाउने छन् l 

यद्धपी E7-4  भिषाको लागि पनि केहि क्राइटेरिया जस्तै उमेरको हदबन्दी ,आम्दानि ,कामको अनुभब तथा भाषाको दक्षता  पुरा गर्नु पर्ने भएपनि E7 भिषाको क्राइटेरिया भन्दा धेरै निकै खुकुलो हुने जनाइएको छ l उत्पादनमुलक ,कृषि तथा मत्स्य पालन आदि क्षेत्रमा काम गर्ने कामदारले उक्त भिषाको लागि निबेदन दिन सक्ने छन् l

यसरि थप भिषाको लागि निबेदन दिने कामदारको कामको अनुभब ,आम्दानि ,उमेर , भाषाको दक्षता , शैक्षिक योग्यता  आदिलाई आधार मानेर ५० अंक भन्दा माथि ल्याउनेले उक्त भिषा प्राप्त गर्न सक्ने बताइए पनि  टपिक लेबल कति पास गर्नु पर्ने  भने खुलाइएको छैन l

नयाँ भिषा प्रणालीले साना तथा  मझौला कम्पनीहरुमा दक्ष तथा अनुभबी कामदारको अभाब नहुने न्याय मन्त्रालयको बुझाई छ l
यसरि मापदण्ड पुरागरी   E7-4 भिषा प्राप्त गर्ने बिदेशी कामदारले प्रत्येक २ बर्षमा आफ्नो भिषा नबिकरण गरि आफ्नो परिवार पनि संगै राख्न पाउने छन् l

कोरिया सरकारले ल्याएको पाइलट प्रोजेक्ट अन्तर्गत यो आर्थिक बर्ष भित्रै अन्य थप भिषा प्रणाली लागु गर्ने बताइएको छ lआगामी बर्षको लागि  E7-4 भिषाको कोटा भने यो बर्षको अन्त्य सम्ममा  निर्धारण गर्ने बताएको छ l
हाल कोरियाले बिभिन्न क्षेत्रमा इपिएस मार्फत E9 भिषामा  अदक्ष बिदेशी  कामदार लिदै आएको छ यसरि आएका कामदारको समयाबधि ४ बर्ष १० महिना हुने गर्दछ l यसरि आएका कामदारले आफ्नो परिबार कोरिया झिकाउन पाउदैनन भने पुनः कोरिया प्रवेश गर्न चाहेमा बिभिन्न क्राइटेरिया हरु पुरा गर्नु पर्ने नियम छ l

Tuesday, July 18, 2017

दाउरेको बुढी पच



एउटा दाउरे बुढी लिएर दाउरा काट्न गएछ ।
दाउरा काट्दाकाट्दै उसको बुढी पोखरीमा खसिछे।
अनि उ डिलमा बसेर रुन थालेछ।
केही समयपछि जलदेबता प्रकट भएर उसलाई
रुनको कारण सोधेछन् ।
अनि उसले पनि आफ्नी श्रीमती खसेर रो'को भनेछन्।




दाउरे- "प्रभु, मेरी बुढी यस पोखरीमा खसेकी छे,
त्यो भइनभने त म मरेतुल्य हुन्छु।"
प्रभु- "तेरी बुढी कस्ति छे त ?"
दाउरे- "के भन्नु र. एन्जेलिनाको जस्तो ओठ,
करिनाको जस्तो फिगर,
ऐश्वर्याको जस्तो आँखा,
कट्रिनाको जस्तो अनुहार भएकि छे
प्रभु-  "कसम ?"
दाउरे- "कसम, प्रभु"
प्रभु- " त्यसो भए तेरो बुढी पच !!!!!"

Saturday, July 15, 2017

कोरियामा मजदुरको २०१८ जनवरी १ देखि लागू हुनेगरी   १६.४ प्रतिशतले वृद्धि


दक्षिण  कोरियामा रहनु हुने नेपालीहरुको लागि खुसिको खबर


दक्षिण कोरियामा कार्यरत प्रवासी मजदुरहरुकाे पारिश्रमिक बृद्धी भएको छ। कोरियामा मजदुरको २०१८ जनवरी १ देखि लागू हुनेगरी   १६.४ प्रतिशतले वृद्धि भएको हो।
आज बसेको न्युनतम ज्याला निर्धारण समिति को ११औं बैठकले २०१८ को लागि न्युनतम ज्याला ७,५३० वन निर्धारण गरेको छ।

आज को बैठक मा मजदुर पक्षका सदस्य ,कम्पनी व्यवस्थापन पक्षको सदस्य र सरकारका प्रतिनिधि सबै गरि २७ जना सहभागी भएका थिए ।
तलव धेरै बढाउन न मिल्ने माग कम्पनी , व्यवस्थापक पक्षहरुले राख्दै आएका थिए भने मजदुर संगठन ले १० हजार वन हुनुपर्ने माग राख्दै आएको थियो।
१०औं पटकको बैठक सम्म कुनै सहमती हुन नसके पछि मजदुर संगठनको प्रतिनिधिले आफ्नो माग १० हजार वन बाट घटेर ७५३० वन को प्रस्ताव राखेको थियो र उक्त प्रस्ताव  माथी मतदान हुदा मजदुर प्रतिनिधिले राखेको प्रस्तावको पक्षमा १५ मत परेको थियो।

मजदुर युनियनले प्रतिघण्टा १० हजार वन हुनु पर्ने माग राख्दै आएका थिए । व्यवसायी संघले भने २.४ प्रतिशत बढाउने पक्षमा रहेका थिए । कोरियामा हरेक वर्ष जुलाई महिनामा मजदुर पारिश्रमीक बढाउने गर्छन् । १० वर्ष पछि यसपाली १० प्रतिशत भन्दा माथि पारिश्रमीक बढेको हो । सन २००७ मा १२.३ प्रतिशत बृद्धी भएको थियो । हालै निर्वाचित राष्ट्रपति मुन जे इनले सन २०२० सम्मा प्रतिघण्टा १० हजार वन पुराउने लक्ष्य लिए अनुसार यसपालीको पारिक्षमिक वृद्धीलाई ग्रिन सिंग्नलको रुपमा लिएका छन् ।


 तोकिएको तलव अनुसार अब कोरियाम  रहेका मजदुरहरूले सन २०१८ जनवरी देखि दिनको दिन ८ घण्टा काम गरे बापत महिनामा १५,७३,७७० वन तलव पाउने छ्न।

समाचार स्रोत: उदय राई
अध्यक्ष प्रवासी मजदुर संगठन(एमटियु)

Friday, July 14, 2017

Joke

एउटा मान्छे सार्वजनिक शौचालयभित्र थियो ।
अचानक अर्को ट्वाइलेटबाट आवाज आयो
" के छ ? "
त्यो मान्छेले डराउदै भन्यो-
" ठीक छु । "
फेरि आवाज आयो
" के गर्दै छस् ? "
मान्छे : " बस्या छु ! "
फेरि आवाज आयो
"  म आउ त्याँ ? "
मान्छे डराउदै " नाइँ नाइँ म Busy छु । "
फेरि आवाज आयो ,
" ओई यार म तँलाई पछि कल गरौँला, अहिले कुन चैँ गधाको बच्चाले अर्को ट्वाइलेटबाट मेरो हरेक कुराको जवाफ दिदैछ ।"

सबैभन्दा धेरै हुण्डी मार्फत नेपाल पैसा पठाइने,नियन्त्रण गर्न निर्देशन

संसदको अर्थ समितिले विदेशमा काम गर्ने नेपालीहरुले घर पठाउने रकम ‍औपचारिक ब्यांकिंग माध्यमबाट मात्र ल्याउने सुनिश्चित गर्न विनिमय दरमा सहुलियत लगायत आवश्यक नीतिगत व्यवस्था गर्न सरकारलाई बिहीबार निर्देशन दिएको छ।

देशको अर्थतन्त्रको मेरुदण्ड बनिसकेको विप्रेषण अझै पनि ठूलो परिमाणमा गैरकानुनी हुण्डीमार्फत आउने हुँदा वार्षिक अर्बौं रुपियाँ बराबरको विदेशी मुद्रा देश भित्रिन नसकेको राष्ट्र ब्यांकले बताएको छ।
सकिन लागेको यो आर्थिक वर्षको दश महिनामा साढे पाँच खर्ब रुपियाँभन्दा धेरै विप्रेषण आम्दानी भएको राष्ट्र ब्यांकको पछिल्लो आँकडाले देखाउँछ।
यही कारण वैदेशिक रोजगारले देशको कूल गार्हस्थ उत्पादनको झण्डै एक तिहाई हिस्सा ओगटिसकेको छ।
तर सबै विप्रेषण आम्दानी ब्यांकिंग माध्यमबाट आउन सकेको छैन।खाडी राष्ट्रबाट करिब ९० प्रतिशत कानुनी माध्यमबाट आउने भए पनि केही विकसित मुलुक, भारत अनि दक्षिण कोरियाबाट अझै पनि उल्लेख्य परिमाणमा गैरकानुनी हुण्डी मार्फत यस्ता रकम भित्रिन्छन्।हुण्डी फस्टाएको सबभन्दा टड्कारो उदाहरण दक्षिण कोरिया बनेको छ।त्यहाँबाट वार्षिक करिब ६० अर्ब रुपियाँ नेपालीले आम्दानी गरे पनि त्यसको सात आठ प्रतिशत मात्र ब्यांकिंग प्रणालीबाट भित्रिने गरेको अर्थ समितिका सभापति प्रकाश ज्वालाले बताएका छन्।
दक्षिण कोरिया जस्तै अन्य मुलुकबाट पनि यसरी हुने हुण्डी कारोबारले विदेशी मुद्रा आयमा वार्षिक अर्बौंको नोक्सानी पुर्याइरहेकोले यसलाई सम्बोधन गर्न सरकारलाई उत्प्रेरक नीति अपनाउन समितिले निर्देशन दिएको ज्वालाले बताए।”विनिमय दरमा छूट दिएर तथा सेवा शुल्क घटाएर वा हटाएर हुण्डीमार्फत हुने कारोबारलाई ब्यांकिंग माध्यममा ल्याउन हामीले निर्देशन दिएका छौं,” उनले भने।
के हो हुण्डी ?
निश्चित सेवा शुल्क तिरेर ब्यांक वा रेमिटेन्स कम्पनीमार्फत पैसा घर पठाउनुको साटो, आफुले कमाएको पैसा विदेशमै कुनै एजेण्टलाई दिएर सोही एजेण्ट सम्बद्ध व्यक्तिमार्फत स्वदेशमा आफन्तलाई नेपाली मुद्रा उपलब्ध गराइने प्रक्रियालाई हुण्डी भनिन्छ।यसो गर्दा विदेशी मुद्रा भित्रिंदैन।आयातमा पूर्णत: निर्भर नेपालका लागि विदेशी मुद्रा अति नै महत्वपूर्ण मानिन्छ।त्यसमाथि कतिपय अवस्थामा त हुण्डी कारोबारमा शुरुशुरुमा लोभ्याएर पछि ठगी भएका समेत घटना छन्।
खासमा हुण्डीमार्फत कुन देशबाट कति रकम आउँछ भन्ने यकीन आँकडा उपलब्ध छैन।तर विशेषगरि व्यापारिक सम्बन्ध भएका मुलुकहरुबाट चाहिं व्यापारीहरुले विदेशी मुद्रा उतै लिएर सामान ल्याउने उपाय अपनाउँदा हुण्डी कारोबार बढ्छ।हंगकंग, सिंगापुर, भारत, संयुक्त अरब इमिरेट्सबाट त्यसरी व्यापारिक सामान आउने अनुभव सरकारको छ।
त्यसो भए दक्षिण कोरियाबाट चाहिं किन सबैभन्दा बढी हुण्डी भएको त ?
राष्ट्र ब्यांकका प्रवक्ता नारायण पौडेलले भने, “दक्षिण कोरियामा सरकार अथवा केन्द्रिय ब्यांकको कानुनले हो वा प्रशासनिक अड्चनले हो, त्यहाँ देश बाहिर रकम पठाउने रेमिटेन्स कम्पनीलाई प्रोत्साहन वा स्वीकृति दिने गरेको छैन।”अहिले देशको ढुकुटीमा ११ खर्ब रुपियाँ बराबरको विदेशी मुद्राको सञ्चिती रहेको छ।हुण्डी न्यूनीकरण गर्न सके ढुकुटीमा त्यो रकम उल्लेखनीय रूपमा बढ्न सक्ने राष्ट्र ब्यांकको आशा छ।तर त्यसका निम्ति सरकारी नीति नियम मात्र नभइ काम गर्ने जाने नेपालीहरुलाई पनि यथेष्ट जानकारी गराउनु उत्तिकै महत्वपूर्ण हुने देखिन्छ।
बिबिसी नेपालीबाट

Thursday, July 13, 2017

कोरियामा सकेसम्म कम्पनी परिबर्तन नगरौ

बैदेशीक रोजगारका लागी पछिल्लो समयमा धेरैको रोजाइ हुन पुगेको छ दक्षिण कोरिया ।

 हाल सम्म ४४ हजार भन्दा धेरै नेपालीहरू दक्षिण कोरीयामा E9 भिषा पाएर साना तथा मझौला कम्पनीहरूमा काम गरिरहेकाका छन । 
भने थप अरू केही नेपाली कामदारको संख्या पनी
 E9 भीषा ल्याएर कोरियामा रोजगारका लागी 
आउने तयारीमा रहेका छन ।


कोरिया आउनका लागी कोरियन भाषा परिक्षामा उत्तीर्ण हुनपर्ने हुन्छ । 
अहिले नेपालमा कोरियन भाषा उत्तीर्ण गर्नका लागी उच्च प्रतिस्पर्धा रहेको छ । 
सन 2018 का लागी भयको कोरियन भाषा परिक्षाफल साउन महिनाको मध्य तिर 
प्रकाशन हुने र उत्तीर्ण अंक निकै उच्च रहने जनाईएको छ । 

यसरी नेपाल सरकार र कोरिया सरकार बिच भयको श्रम सम्झौता अनुसार 
कोरियामा रोजगारका लागी प्रबेश गरेका नेपाली कमदारहरू पछील्लो समयमा 
ठुलो संख्यामा आफुले गरीरहेको कम्पनीको काम छोडेर नया कामको खोजी गरिरहेको पाईन्छ ।

सुरूमा काम गर्ने बानीको बिकास , कोरियान भाषा , संस्कृतीका कारण कोरियामा आएको 2, 3 महीनामा छोडेर नया कामका लागी कम्पनी छोडने गरेको पाईन्छ 
भने कसैले समय तलब र कम्पनीको कारणले पनी कम्पनी छोडेको पाईन्छ। बास्तबमा यसरी काम छोड्दा ठुलाठुला समस्याहरू आउने गरेका छन आफुले काम गरि रहेको कम्पनी छोडेको 90 दिन भित्र अर्को 
कम्पनीमा काम सुरू गरि सक्नुपर्छ भने दोस्रो कम्पनी आफु अनुकुल हुने नहुने केही जानकारि हुदैन ।

रोगजार केन्द्रले पठाएको ठाउमा काम हेरी निश्चित समय भित्र काम सुरू गर्नु पर्ने भयकाले आफुले पहिले गरीरहेको कम्पनीको काम भन्दा पछी आफुले खोज्ने गरेको झन गाह्रो हुन सक्छ । 
कथम कदाचित काम सजिलो भयो भने पनी नया ठाउ नया परीबेस भयर दोस्रो कम्पनीमा पनी काम गाह्रो हुनसक्छ । दक्षिण कोरियामा आएर बेरोजगार भयर बसेका नेपालीहरूको संख्या ठुलो रहेको छ । 
90 दिन भित्र आफुले चाहे अनुसारको कम्पनी नपाईने र भिषा बचाउन पर्ने बाध्यताले जस्तो सुकै 
कम्पनीमा गयर भिषा हन्ने र फेरी त्यो कम्पनी छोडेर 90 दिन भित्र अर्को कम्पनीको खोजि गर्ने गरेको पनी पाईएको छ ।
आखिर जे जसरी कम्पनी छोडे पनी अर्को कम्पनी खोज्नका लागी निकै ध्यान पुर्याउन पर्ने देखीन्छ 
कतिपय कम्पनी हरूमा काम खोज्न जादा नेपालीहरूले नै नेपालीहरूलाई झुकाएर साहुले भिषा नलगाउन सजीलो काम देखाएर फसाउन सक्छन। यसैले कामदार स्वायंमले आफु अनुकुल काम गर्न सक्ने बाताबरण
छ की छैन ? तलब के कती छ खान र बस्नका लागी के कस्तो छ ?
आफुलाई कति सम्म काम गर्दा स्वास्थ्य सन्तुलीत रहन्छ र 
पहीलो कम्पनी छोडी सकेपछी कहाँ गयर बस्ने ? 
के काम गर्ने ? 
नेपाली सेवा समाजहरू कहा कहाँ छन ? 
आफु जस्तै काम छोडेका साथिहरू अरू पनी आफ्नो क्षेत्रका कोही छन की छैनन ? 
याबत कुराहरूलाई मध्यनजर गरेर आफुले काम गरि रहेको कम्पनी छोडेर नया कम्पनी खोज्दा 
थप सहयोग र आफुले चाहे अनुसारको कम्पनी भेटिन सक्छ । 
कम्पनी छोड्दा बिभीन्न किसीमका समस्याहरू आउने भयपनी सबधानी पुर्बक 
नया कम्पनी खोजीमा लाग्नु जायज हुनेछ ।

Source : Fonijkorea

Korea Ko Kam



EPS मार्फत  कोरियामा आएका हामी नेपाली  Welding गर्दै
भनेजस्तो सजिलो कहाँ छ र पैसा छाप्न |
स्वाथ्य लाई जोखिममा राखेर
यसरी  काम  गर्नु पर्छ 

इपिएस कामदारको भिषा अवधि ४ वर्ष १० महिना हुनुको रहस्य सार्वजानिक



रोजगार अनुमति प्रणाली इपिएस मार्फत कोरिया आउने कामदारको भिषा अवधि ४ वर्ष १० महिना हुनुको रहस्य कोरियाको एक टेलिभिजनले सार्वजानिक गरेको छ । 

YTN वाइटिएन टेलिभिजनका अनुसार यदि कोरियामा कुनै पनि कामदार वैधानिक तवरले पाँच वर्ष बस्यो भने उसले स्थायि बसाई अर्थात पिआरका लागि आवेदन दिन पाउँछ । जुन यहाँको कानूनमा उल्लेख गरिएको छ । इपिएस कामदारको भिषा अवधि ४ वर्ष १० महिना भए उ पिआर आवेदन दिन योग्य हुदैन तथा सो आवेदन दिने अधिकारबाट बन्चित हुन्छ । यसले के बुझाउँछ भने कोरिया सरकार इपिएस कामदारलाई पिआर दिने पक्षमा कुनै पनि हालत रहेको छैन । त्यस्तै कोरियन नागरिकले पनि विदेशीलाई स्थायि बसोवास अनुमति पत्र पिआर दिएको पनि रुचाउदैन्, जुन भिडियो बाइटमा कोरियन नागरिकले बोलेकाबाट प्रष्ट हुन्छ । 



त्यस्तै धेरै कोरियनहरुले विदेशी कामदारका कारण आफ्ना दाजूभाई बेरोजगार हुन पुगेको अर्थात जागिर खोसेको ठानेका छन् । यो भिडियोले विदेशी कामदार माथि भएका भेदभाव र कोरियनले हेर्ने नजर स्पष्ट पारेको छ । कम्पनीको जुन पदमा विदेशी कामदारले काम गरेपनि उनिहरुलाई हेर्न दृष्टिकोण भेदभावपुर्ण नै रहेको छ । त्यस्तै कोरियन पुरुषसँग विहे गरेर आउने विदेशी महिलालाई पनि त्यत्तिकै भेदभाव रहेको छ । 
बहुसाँस्कृतिक परिवारको नाममा हेप्ने र कोरियनको आदेश अनुसार काम गर्नुपर्ने हुन्छ । यहाँ आउने अधिकांश विदेशी महिला यस्तो व्यावहारको भुक्तभोगी छन् । कोरियनसँग विहे गर्ने महिलाले कोरिया सरकारले दिने सहयोग लिन पनि त्यति रुचाउदैन किनकी उनिहरुले कोरियन बुहारीलाई जस्तो समान दृष्टिकोणले नहेरेकोमा रुष्ट छन् । कोरियनले उनिहरुलाई पिछडिएको अर्थात गरिब मुलुकबाट आएका बुहारीको रुपमा हेर्ने गर्छन ।

४ वर्ष १० महिनाको भिषा अवधिका कारण प्रवासी मजदुरले धेरै खाले अधिकारबाट बन्चित र उत्पीडनको सामना गर्नुपरेको भन्दै प्रवासी मजदुरले आवाज र माग उठाउदै आएका छन् ।

अनुवादक : उदय राई
तलको लिन्क खोलेर पनि विस्तृत हेर्न अनि बुझ्न सक्नुहुनेछ ।

http://m.ytn.co.kr/vod_view.php?s_mcd=0465&key=201706250250034880&po

YTN बाट साभार 
By Hellonepalkorea

Saturday, July 8, 2017

"अधुरो प्रेम" (कथा)



चञ्चले स्वभावकी कोपिला सत्र वसन्त पार गरेर अठार बर्षमा पाईला टेकी । उसको बुबा ममिले विवाह गरिदिने सोच बनाईसकेतापनि कोपिलालाई भन्न सकिरहेका थिएनन् । 
उता कोपिला भने पारी गाउँको मानबहादुरसँग आफ्नो सम्बन्ध अगाडि बढाइरहेकी थिई । भञ्ज्याङ्गको वनमा उनिहरू घाँसपातको निहुँ गरी भेटघाट गरिरहन्थे । कोपिला मानबहादुरको प्रेममा चुर्लुम्म डुबेकी थिई र मानबहादुर पनि  कोपिलालाई पाउँदा निकै नै प्रशन्न देखिन्थ्यो । 

उनीहरूको प्रेम बिस्तारै बिस्तारै मौलाउदै गएको थियो । एकअर्का बिना उनीहरू बाँच्न नसक्ने भईसकेका थिए । घण्टौसम्म मायाप्रीतिका कुरा गर्दै आफ्ना माया साटासाट गर्दै दिनहरू बिताउँदै थिए । उनीहरू समाजको त्रासमा आफ्नो मायालाई अगाडि बढाउदै थिए। कतिपटक त जनावरहरूको खर्स्याक खुर्सुक आवाजले उनीहरूको सातो उडाईदिन्थ्यो, पछि जनावर देखेपछि दुवैजना हाँस्दै एकअर्कामा आलिङ्गनमा बेरिन्थे । यसरी दिनहुँ उनीहरू मायाप्रीति साट्दै अगाडि बढिरहेका थिए ।

एकदिन बेलुका कोपिलालाई बुबाले केहि कुरा गर्नुछ भनेर बोलाउनुभयो । कोपिला आत्तिई, बुबाले मेरो बारेमा केहि थाहा पाउनुभएछ भनेर । उसलाई के गरौ कसो गरौँ भयो,खल्खली पसिना आयो । एक गिलास पानी पिई मनलाई शान्त पार्न खोजी तर ऊ सम्भव भईन, बरू बुबाको ' कोपिला ' भन्ने आवाज सुनेर तर्सिई । उसका खुट्टा थर्थरी काँप्न लागे एउटा अपराधिकोझैँ ।

ऊ बिस्तारै बुबाको कोठामा पुगी, बुबाले एक तमासले हेर्नुभो, ऊ झन् भयभित भई र बिस्तारै काँपेको स्वरमा भनि, "हजुरले किन बोलाउनुभएको ? "

छोरी अब तिमी ठूली भईसक्यौ, "भन्छन् पाकेको फललाई साँच्नुहुन्न अरे ! साँच्यो भने कुहिन पनि सक्छ,त्यसैले बेलैमा सचेत भएर त्यसको उपयोग गर्नुपर्दछ । तिम्रो उमेरमा त तिम्रो ममीले तिमीलाई पाईसकेकी थिईन ।"

बुबा, तपाईले के भन्नुभएको मैले त केही पनि बुझिन ।

छोरी, तिमीले बुझ्नुपर्ने हो ।
कोपिलाको ममिले कोपिलालाई हातमा समात्दै, छोरी तिम्रो बिहे गर्ने उमेर भईसक्यो, त्यसैले तिम्रो बिहेको कुरा गर्नलाई बोलाएका हौ ।

बुबा म अहिले सानै छु , मेरो उमर नै कति भएको छ र ! फेरि बिहे भन्ने कुरा हतार गरेर मात्र हुदैन, सोचविचार गरेर मात्र निर्णय लिनुपर्छ । त्यहाँ माथि म अहिले नै कहाँ विवाह गर्न योग्य भईसकेको छु र ?

हेर छोरी ! हामी त डाडाँमाथीको जून कुनबेला, कतिखेर भन्न सकिन्न । छोरीको जात आखिर बिहे गरेर जानु नै त हो नी । आफ्नो दायित्व पुरा नगरे यो समाजले के भन्ला ? छोराछोरीको कर्म नचलाए स्वर्गमा पनि बास पाइन्न रे भन्छन् ।

कोपिला रून थाल्छे र रूदैँ,
ममि तपाई बुबालाई भनिदिनुहोस् न म अहिले बिहे गर्दिन भनेर !
कोपिलालाई सुम्सुम्याउदै छोरीको जात नै यस्तै हो, के गर्नु बेला भएपछि पराइको घर जानुपर्ने रहेछ । म पनि त तिम्रो बुबासँग नचिनेको मान्छेसँग आए । पिर नमान छोरी यो संसार नै यस्तै हो । हामीले तिम्रो लागि एकदमै राम्रो खान्दानको धनि परिवारको केटा खोजिदिएका छौ । दुई चार दिनपछि कुरा गर्न आउने रे ! जाउ अहिले सुत ।
गहभरि टिलपिल टिलपिल आँशु लिएर कोपिला आफ्ऩो कोठामा आई । आफ्नो प्रेमीलाई सम्झदै रातभर आँशु बगाइरहिन्‌ । उनले न त आफ्नो बुबा ममिको कुरालाई नकार्न सकि न त मानबहादुरलाई बिर्सन सकि । मानबहादुरसँगको सम्बन्ध कोपिलाले आफ्नो बुबा ममिलाई भन्न सकिन । यसरी मानबहादुर र कोपिलाको प्रेम राम्रोसँग मौलाउन नपाउदै अधुरो रूपमै टुट्न पुग्यो ।


                                      Writer : ➽  Rosamond Xiang 
➽ South Korea
                ➽ ramesh335@daum.net

अर्को जुनीको विवाह


विवाह गर्न कुमार हुनुपर्छ
त्यसैले म कुमार भएर बस्छु
किनकी
आफ्नो हुन नसकेकी निष्ठुरीले
अर्को जुनी तिम्रै हुन्छु भनेकी छे ।

यो जुनीभर बिहे गर्दिन बुबा
आमाले नी आजै सुने हुन्छ
दाजुले नी किन ?
भनेर नसोध्नुहोला
दिदीले गुनासो नगरेनी हुन्छ
सानी बहिनी दाजुको रत्यौलीमा
कम्मर मर्काउला, दोहोरी फर्काउला भन्ने नसोचेनी हुन्छ ।


आमा ! नाति खेलाउने रहर नगर्नुहोस्
म एक्लै जीवन विताउनेछु
किनकी,
आफ्नो हुन नसकेकी निष्ठुरीले
अर्को जुनी तिम्रै हुन्छु भनेकी छे ।

साच्चै हो आमा,
नातिले पानी सारिदेला भन्ने
अलिकति पनि नसोच्नुहोला
अनि,
लठ्ठी लुकाएर हैरान पार्ला भन्ने सोच्दै नसोचे हुन्छ
अनि,
मलाई डाक्टर बनाउन नसकेनी
नातिलाई बनाईदिउला भन्ने
बुबाले विचार नगरे पनि हुन्छ
म एक्लै जीवन बिताउनेछु
किनकी,
आफ्नो हुन नसकेकी निष्ठुरीले
अर्को जुनी तिम्रै हुन्छु भनेकी छे ।


लमी ज्यूले कतै कुरा नचलाए पनि हुन्छ
फलानाको छोरा कुमारै छ
भनि कसैलाई नभन्नुहोला
अल्लारे ठिटो बहुलायो
भन्ने कुरा नसोचे पनि हुन्छ
मान्छे बहुलाएर नै विहे गर्छ
तर,
कुमार भएर बहुलाउदैन ।
नामर्द भन्छौ भने,
मेरो के लाग्छ र !
निष्ठुरीले पनि
नामर्द भनेर गई
तर,
नामर्द त समाजले
बनाउदो रहेछ ,
त्यसैले
पलपल मरेर एकपल जिउनेछु
किनकी,
आफ्नो हुन नसकेकी निष्ठुरीले
अर्को जुनी तिम्रै हुन्छु भनेकी छे ।

जोरीपारीले त तिघ्रै ठट्याएनी
रिसाउनेवाला छैन,
मादल ठोके ठोकुन् ,
अझ कटुवाल नै लाए त
झन् काइदा

एक्लै आँए एक्लै जान्छु
बीचमा को सहयात्री चाहिन्छ र ?
त्यसैले
एक्लो जीवन नै बिताउनेछु
किनकी,
आफ्नो हुन नसकेकी निष्ठुरीले
अर्को जुनी तिम्रै हुन्छु भनेकी छे ।।।




अर्को जुनी तिम्रै हुन्छु भनेकी छे ।। 

त्यसैले,
विवाह गर्न कुमार हुनुपर्छ
त्यसैले म कुमार भएर बस्छु
किनकी
आफ्नो हुन नसकेकी निष्ठुरीले
अर्को जुनी तिम्रै हुन्छु भनेकी छे ।।।




➽   By -  Ramesh Shrestha
➽   ramesh335@daum.net
➽   abit335@gmail.com