Monday, July 31, 2017

कोरिया बाट नेपाली कामदार को लागि आयो अहिले समकै ठुलो खुसि को खबर एकचोटी अबस्य पढ्नुहोस

दक्षिण कोरियामा कार्यरत विदेशी कामदारहरुले दक्षता पूर्ण कामदारको रूपमा आफूले चाहेसम्म कोरियामा परिवार सहित बस्न पाउने इ सेभेन फोर भिसा परिवर्तन गर्न पाउने भएका छन् । यही जुलाई १७ तारिख सार्वजनिक गरिएको इ सेभेन फोर भिसा इपिएसबाट काम गर्न आएका सम्पूर्ण इ नाइन तथा इ टेन र एच टु भिसा भएकाहरुले परिवर्तन गर्न पाउने छन् । यो अगष्ट महिनाबाट लागु गरिने छ ।
यो वर्षको अन्तसम्ममा ३ सय जनाले यो भिसा लिन पाउने कोरियन अध्यगमन कार्यलयले जनाइएको छ ।
कसले एप्लाइ गर्न पाँउछन् ?
कोरियामा लगातार चारदेखि ६ वर्षसभन्दा बढी काम गरेकाले यो भिसा अप्लाई गर्न सक्ने छन् । उत्पादनमूलक , उद्योग , कृषि, मत्यपालन र आवास निमार्ण क्षेत्रमा काम गर्ने सबै विदेशी कामदारले यो भिसा लिन सक्ने छन् । तर उत्पादनमूक कम्पनीमा काम गरेका भए १० जना भन्दा बढी र उद्योगमा पाँच जनाभन्दा बढी कोरियन कामदार हुनु पर्ने छ । यो भिसा लिएपछि हरेक दुई वर्षमा रिन्यु गर्नु पर्ने छ भने, एफ टु सेभेन, एफ टु नाइनटी नाइन , एफ फाइभ र एफ सिक्स भिसा परिवर्तन गर्न पाउने छन् ।
अंक कसरी निर्धारण हुन्छ ?
यो भिसा पाउनलाई विशेष गरी सीप, शिक्षा, उमेर, कोरियन भाषा क्षमता , सम्पत्ति र कामको अनुवभ विषयबाट अङ्क मूल्याङ्कन गरिने छ ।
त्यस्तै कोरियन शिक्षा अध्ययन, स्वयंमसेवा, सरकारबाट प्राप्त प्रसंशापत्र, सरकारी कार्यलयमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव, बैङ्क बचत ३० लाख वन र ५० लाखको सम्पत्ति र वार्षिक १ लाख वन भन्दा बढी कर तिरेको लगायत विषयबाट पनि थप अङ्क लिन सकिने छ ।
विषयगत अनुसार भिन्न भिन्न अङ्क तोकिएको छ । पूर्ण अङ्क १ सय ८० भए पनि औसत रूपमा वार्षिक तलब २ करोड ६० लाख वन भन्दा माथि भए ५० आंक ल्याए पुग्ने छ । तर तलब सो भन्दा कम भए ७० अङ्क ल्याउनु पर्ने हुन्छ ।

विषयगत निम्न अनुसार अङ्क प्राप्त गर्न सकिने छ
औषत वार्षिक कमाई ३ करोड ३० लाख वन भए २० अङ्क,
३ करोड वन भए १५ अङ्क,
२ करोड ६० लाख वन भए १० अङ्क पाइनेछ
शिक्षा तर्फ स्नातक २०, प्रमापत्रतह १० र सो भन्दा मुनि ५ अङ्क पाइने ।
उमेर तर्फ ३९ वर्ष २,
३४ वर्ष ५,
२९ वर्ष १०
र २४ वर्षको २० अङ्क पाइने ।
कोरियन भाषा क्षमता ४ लेभल २०,
३ लेभल १५,
२ लेभल १०
र १ लेभलको ५ अङ्क
कामको अनुभव: उद्योगमा ६ वार्षभन्दा बढी काम गरेको २० ,
४ वर्ष काम गरेको १० अङ्क
उत्पादनमूलक क्षेत्रमा ६ वार्षभन्दा बढी काम गरेको १०,
४ वर्षको ५ अङ्क
साभार कान्तिपुर

No comments:

Post a Comment