Wednesday, August 16, 2017

इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगित

नेपालस्थित इपिएस साखाले नयाँ सूचना जारी गरेपछि
त्यसले कोरियामा कार्यरत नेपालीमा तरंग सिर्जना गरेको छ ।
बढ्दो हुण्डी कारोबार नियन्त्रण गर्ने प्रयास अन्र्तगत
इपिएस साखा नेपालले नयाँ कडा नियम जारी गरेपछि
इपिएस कामदार तरंगित भएका हुन् ।



इपिएस साखाले सूचना प्रकाशित गरी आगामी
2018 January 1 देखि लागू हुने गरेर बैकिंङ च्यानल
प्रयोग नगरी पैसा पठाउने नेपाली कामदार
पुनः कोरिया जानबाट बन्चित गर्न सकिने बताएको छ ।
कोरिया पुनः प्रवेशका लागि बैकिङ च्यानल प्रयोग गरेको
प्रमाण पत्र पेश नगरे श्रम स्वीकृत जारी नहुने पनि
इपिस साखाले जनाएको छ ।


इपिएस साखाको सूचना जारी भए लगत्तै
सामाजिक सञ्जालमा यो विषयले प्राथमिकता पाएको छ ।
धेरै जसोले बैकिङ च्यानल सर्वसुलभ, सस्तो, झन्झटमुक्त
र नेपालको जुन पनि स्थानमा छिटो र सहजै उपलब्ध
हुने व्यावस्था मिलाए हुण्डी कारोबार
स्वतः विस्थापित हुने धारणा राखेका छन् भने
केहिले बैकिङ च्यानलबाट पैसा नेपाल पठाउदा
धेरै समय लाग्ने र शुल्क पनि मंहगो हुने गरेको
गुनासो गरेका छन् ।
त्यस्त केहिले चुडामणी शर्मालाई कारबाही
नहुदाँ सम्म हुण्डीबाट नै पैसा पठाइन्छ ।
सरकार के गर्न सक्छौ गर
जस्ता चेतावनी युक्त स्टाट्स पोष्ट गरेका छन् ।

चर्चित भ्रष्टाचार काण्डका आरोपित शर्मालाई
सर्वोच्च अदालतले केहि दिन अघि सामान्य तवरले
थुनामुक्त गर्न आदेश दिएको थियो ।
मुलुकमा खुल्लमखुल्ला भ्रष्टाचार हुने तथा
अर्बौ भ्रष्टाचार गरेका सजिलै उन्मुत्ति हुने घटनाबाट
कोरियामा कार्यरत नेपाली निराश र आक्रोसित छन् ।

अवैधानिक हुण्डी रहर नभई बाध्यात्मक रहेको
टिप्पणी गर्ने पनि प्रशस्त छन् ।
कोरियामा कार्यरत अधिंकाश नेपालीले
हुण्डी मार्फत नेपाल पैसा पठाउदै आएका छन्
भने यहाँ आएका नेपाली बैंकले पनि
नेपाली कामदारलाई आर्कषण गर्न चाहे अनुरुप सकेका छैन् ।
यद्यपी पछिल्ला वर्षमा बैंकिङ च्यानल प्रयोग गरेर
पैसा पठाउनेको संख्या भने वृद्धि भएको छ ।
इपिएस साखाले पनि बैकिङ च्यानल सर्वसुलभ,
सस्तो र सहज बनाउने तर्फ अग्रसरता देखाए
रेमिट्यान्स बढ्नेमा कुनै शंका छैन ।
यद्यपी सूचना जारी गरेपछि भने बैकिङ च्यानल
प्रयोग गर्नेको संख्या बढ्ने सक्ने देखिएको छ ।

Source : विकास श्रेष्ठ ,  HelloNepalKorea 

No comments:

Post a Comment