Thursday, June 29, 2017

अधुरो प्रेम

हो, तिमीले पत्याइनौँ होला
मेरो कुरा
पत्याउनु पनि कसरि !
त्यस्तो हावादारि
हुन नसक्ने कुरा !
तर
त्यो कुराले तिमीलाई प्रभाव
पारेको चै प्रष्टै हुन्छ ।
किनकी
त्यसपछिका रातहरूमा सधैँ
तिमीले रूदै फोन गर्थ्यौ
र भन्ने गर्थ्य़ौ -
''त्यसो नभन प्लीज '' ,
" होइन भन न त्यो कुरा "


मलाई त्यतिबेला चैँ माया गर्छौ जस्तो लाग्यो
तर त्यति 2-4 कुरा भन्दैमा
माया गर्छौ भन्ने प्रमाणित हुदैन यहाँ।
देख्नेहरुले त हामीलाई
कस्तो माया यिनिहरुमा
भने होलान्
तर मलाई
सोच्न बाध्य पार्यो आज,


के वास्तविकतामा
हामी दुईबीच माया थियो त?
एउटा प्रश्न उठेको छ
मेरो मनमा
जुन प्रश्नको जवाफ
मैले अहिलेसम्म पनि पाउन सकेको छैन
सायद,
त्यसैले होला अब तिमीलाई भुल्ने प्रयास गर्दैछु।





खै के भनौँ अब
हेरन यत्रो लामो समयको बोलचाल,
माया त नभनौँ
सायद
किनकि माया त मैले
कहिल्यै पनि देखिन
मैले पागलसरि
एकोहोरो माया गरिरहे तिमीलाई
सायद तिम्रो मायामा
पागल नै थिए होला
त्यसैले भुलेछु
एकतर्फि प्रेम कहिल्यै सफल हुन्न भनेर! 


ठिकै छ,
आखिर अब तिमीबिना
बाँच्नु नै
मेरो लागि उचित हुन्छ
जस्तो मलाई लाग्छ।
गाह्रो,त्यो आफ्नो ठाउँमा छ
तर मैले कोसिस गर्नुपर्छ।
किनभने
नत्र मेरो यो
एकतर्फि मायाले मलाई
जिउँदो लास बनाउने छ।





जब, मैले त्यो साँझ
तिम्रो अगाडि Serious Mood मा 
जे कहानी कहेँ
त्यो वास्तवमा
सब बनावटी नै थियो।

मैले तिमीलाई यस्तो कुरा किन गरेँ
आज बताउदै छु
यो फेसबुकको माध्यमद्वारा

यो सबै मैले भन्नुको
कारण,
म तिमीबाट टाढा हुन चाहन्छु ।
किनकी
मैले तिमीमा माया भेटिन।
अथवा तिम्रो माया पाउन सकिन ।
थोरै माया त भेटेँ तर स्वार्थी माया !

हो,
तिमीले स्वार्थ राख्यौ मायामा
माया त दोहोरो, स्वार्थरहित,
प्रेममयी हुनुपर्छ ।
तर यस्तो भएन।
एकोहोरो माया गरेर
म आफ्नो जीन्दगीलाई 
बर्बाद पार्न चाहन्न ।
त्यसैले
म तिमीबाट
टाढा-टाढा हुदैछु ।



किन तिमीलाई म भन्दैछु
आखिर यी सबै कुराहरु,
उफ् यो मेरो माया,
मलाई अझै नै धोकादिँदै छ।
यस्तै रहेछ जिन्दगी आखिर
तिमी र म
त्यही खोलाको दुई किनारा
एकले अर्कोलाई हेर्दै
माया जगाउँदै बस्ने
तर संगम नभएको



ठिकै छ
अब तिमीलाई म 
मेरो
जिन्दगीबाट निकाल्दै छु।
तिम्रो जिन्दगीमा त म
कहिल्यै थिइन होला ।
असहनीय बेदना लिई
आज
यो निर्णय गर्दैछु ।
सायद यो सबै
मेरो गल्ती र भ्रम भएपनि
म स्वीकार गर्न तयार छु ।



➽  Rosamond Xiang 
➽ South Korea
      ➽ ramesh335@daum.net



Tuesday, June 27, 2017

अरबी युवती र नेपाली युवाको बियोगान्त प्रेम कथा




म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे ।
तर आज अचानक 
पत्रिका परेको नजरले अचम्मै बनायो ।
हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र ? 
राजको मोबाइलमा देखेको फोटो को कारणले चिनेको मात्रै हो । मैले प्रतक्ष्य देखेको भने थिइन ?

कालो बुर्का { साउदीमा महिलाले लगाउने कालो लुगा } लगाएर यात्रारत हुन्छन् यिनीहरु । रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैन तर उनीहरुको शरीरको कुनै ठाँउ पनि ढाक्न बाँकी राख्दैनन् । राजलाइ झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान् । आज नुरको आत्महत्याको खबरले राजको अन्धकारपुर्ण दिन अनी उसलाइ गुमाएको पल झलझल आँखामा आउन थाल्यो । 


साउदी अरबको एक प्रतिष्ठित कम्पनिमा
हामी दुबै जना सँगै काम गर्थ्यौ । 
हामी मतलब राज र म । 
हामी साउदीको मुटु राजधानी रियादमा थियौ। राज सप्लाइ डिपार्टमा कार्यरत थियो। उनी सप्लाइको क्रममा साउदीका घर-घरमा जानु पर्थ्यो। त्यसै क्रममा राजकोभेट नुर सँग भएको थियो।




राज सँधै उनको बारेमा बताउथे ।
नुरको प्रशंसा गरेर कहिले पनि नथाक्ने
राजको ब्यवहार देखेर म आफै
थकित हुन्थे त्यस्तै साथको खोजीमा ।
राजको ब्याख्यानमा म आफै अलमल्ल हुन्थेँ ।
आखीर नुरमा के छ यस्तो ?

मलाइ राजले फोटो देखाए पनि 
म रुपमा कहिल्यै बिस्वास गर्दैनथेँ ।
रुपमा किन मर्छस् राज सुन्दर फुल भित्रको 
राग-अनुराग अनी बिषादीको पनि अध्यन गर्न
जरुरी हुन्छ ।
हुन त तेरो रोजाइ नराम्रो त हुन सक्दैन
तर पनि होस् गर राज यहाँको कानुन
तैले सुनेकै छस् ।
फेरी हकिकतमा देख्न नपरोस् । 
राज भावुक बनेर भन्थे -
“बिशाल,मायामा ज्यानै दिन परे पनि म तयार छु ।
उनले दिएको यती माया नै मेरो जिन्दगीको पुर्ण खुसी बन्नेछ ।
हेरौ जे लेखेको छ यो भाग्यमा त्यही हुन्छ ।
मलाइ यही मर्न लेखेको छ भने म पराइकै माटोमा मरौला ।
हो मलाइ मेरो स्वच्छ पशुपतीमा ठाँउ नमिल्ला,
बाग्मतीको पानीले चोखीन नपाइएला,
चन्दन सँगै जल्न नपाइएला
तर मायामा दिएको ज्यान कहाँ खेर जान्छ र बिशाल ? 

हुन त म अभागी ठहरीनेछु बिदेशको माटोमा पुरीँदा
तर पनि माया भनेको माया हो ? नेपाल रहँदा सम्म कोही कसैमा 
आँखा नपरे पनि यहाँ उनीमा आँखा पर्नु मेरो भाग्यको खेल हो बिशाल 
जे होगा देखा जायगा ।।।



नुर र राजको प्रेम देखेर मलाइ पनि
डाहा हुन्थ्यो । 
मलाइ पनि प्रेममा डुब्न मन लाग्थ्यो । 
मरभुमी राप भित्र पनि राजको चमकता
र मुस्कानले म सँधै प्रफुल्ल हुन्थे ।
उनिहरुको प्रेम झाँगिदै थियो । 
कहिले भेटेर त कहिले फोन बाट नै 
लामो समय सम्म उनिहरुको कुराकानी चल्थ्यो । 



म कहिले काँही जिस्काउथेँ 
“राज तेरो त काम तमाम भो, भाउजु सँग मलाइ नि कुरा गरान त यार। 
म पनि यसो सुनौ मेरी भाउजुको स्वर जुन स्वरमा राज अल्झिएको छ ।
मेरो कुरा सुने पछी राजले फोन लाउड स्पिकरमा राखेर सुनाउथ्यो ,
उता बाट आवाज आउथ्यो “ मिन हुवा ?”(को ऊ ? )
“ राजले नरम भएर जवाफ दिन्थ्यो :“सदीग”(साथी)”बिशाल । ।

उनीहरुको कुरा कती खेर सकिन्थ्यो मैलै कहिले पनि थाहा पाइन ।
म आफ्नै दुनियामा ब्यस्त हुन्थे उनीहरु आफै भित्र हराउथे ।
एक कान दुइ कान मैदान ।
उनीहरुको प्रेम नुरको घरपरिवारले थाहा पाए ।
उनका बाबा आमाले पुलीसमा कम्प्लेन गरे ।
ठुलो रडाको नै मच्चियो । अन्त्यमा राजलाइ फाँसी सुनाइयो ।
फाँसी हुने अन्तिम रात राजले एउटा पत्र लेखेको थियो र मलाइ भनेको थियो ।
राज यो पत्र एक चोटी पढेर नुरलाइ दे है ।
मैले किन हेर्नु राज ? भन्दा राज भन्दै थिए , सायद तैले नै उल्था गर्नु पर्ला बिशाल ।

मेरो आँखा भरी आँसु टम्म थिए । म डाँको छाडेर रुन पनि सकि रहेको थिइन ।
तर राजको आँखामा भने डर,त्रास,पिर भनेको पटक्कै थिएन । माया प्रतक्ष झल्किन्थ्यो । 
राजको पत्र लिएर म राज सँग अब अन्तिम पटक भेटेर फर्किदै छु भन्ने थाहा हुँदा 
मेरो मुटुले ठाँउ छाडी रहेको थियो । मैले भगवानलाइ लाख बिन्ती गरेँ तर पनि भगवानले
राजलाइ बचाउला जस्तो लागेन। 


म मन कठोर बनाउदै गाडी सम्म आँए र आफ्नो गाडी स्टार्ट गरेर अपार्ट सम्म आँए । 
मैले हतार हतार राजको पत्र खोँले अनी पढ्न थाँले । ‘





मेरी नुर !
जुनी जुनी जिउनु ल । 


तिमी त अन्तिम पटक भेट्न पनि आइनौ । 
तर पनि मलाइ दुख मन छैन । 
किनकी म तिमी जन्मेको माटोमा हाम्रो माया बिसर्जन गर्दैछु । 
तिमीले देखाएको सपनाको महलमा म जिन्दगी बिसर्जन गर्दैछु ।भेट्दा, कुरा गर्दाको तिम्रो ब्यवहारले म तिमीमा नै समर्पित हुन्थेँ अनी अनौठो सपना देख्थे । 
तिमीलाइ मेरो सिमली भुवा उड्ने गाँउमा लगेर कोइलीको स्वर सँग दोहोरी खेलाउने ठुलो धोको थियो । 

तिमीलाइ थाहा छ नुर ?
मेरो घर पहाडमा छ । 

प्रकृतीको धनी मेरो गाँउ
छहरा, पहरा, लहराले भरीपुर्ण छ । 
तिमीलाइ थाहा नै छ होला ।
पढेकी पनि हौली, म त सगरमाथाको देशको मान्छे ।
तिमीलाइ सगरमाथा घुमाउने रहर त रहरै भयो नुर । 
तर पनि मेरो ठम्याइ छ । 
त्याँहाको प्राकृतीक सौन्दर्यहरु तिमीलाइ देखेर 
मोहित हुने थिए । 
कोइलीले आफ्नो स्वर निकाल्नु पहिले तिम्रो स्वर
सुन्न चाहन्थ्यो । 
अनी म तिम्रा हात समाएर सबैको सामु भन्थे- 
“आना हेब ईन्त नुर”(म तिमीलाइ माया गर्छु नुर ।) 


हुन त तिम्रो र मेरो अन्तिम भेट यही पत्रमा हुनेछ । 
भाग्यमा भए प्रेम अमर भए अर्को जुनीमा भेटिनेछ ।
आस छ भर छैन यो भाग्यको ।
भगवानको मर्जी न हो । जे चाहन्छ उही हुन्छ । 
तिमी भगवान भन्दा बुझ्दिनौ होला ।
तिमीले भगवानलाइ “अल्ला” भनेर चिन । 
भगवान भन या अल्ला भन एक हुन मेरो नजरमा ।
तिम्रा बाबाले म हिन्दु भएकै कारणले 
मलाइ नकारेका हुन् मलाइ थाहा छ ।
तिम्रा बाबाले धर्म परिवर्तन गर भनेर नभनेको पनि होइन । 
तर मैले चाहिन त्यो । किनकी धर्म परिवर्तनमा के नै छ र ?
म जहाँ जन्मिए, जुन संस्कारमा जन्मिए, उही तरीका ले बाँचे । 
कसको निधारमा लेखीएको हुन्छ यो मुश्लिम,यो क्रीश्चीयन,यो हिन्दु ……. भनेर ।
हामीले मान्ने, प्रार्थना गर्ने शैली फरक हो तर भगवान एक हुन् ।
तिम्रो बाबालाइ सुनाइ देउ नुर ।
मेरो भगवान मानवता हो ।
तिम्रो बाबाको जस्तो अल्ला मेरो भगवान होइन ।
हाम्रो प्रेम लाइ आड बनाएर तिम्रो बाबाले लडेको धर्मयुद्ध होइन
त्यो त अहम् हो आफ्नो एरीयामा कुकुर पनि शेर हुने ।
धर्म फरक भएकै कारणले म जस्ता कती मेरा नेपाली दाजुभाइ दिदीबहिनी हरु
यहाँ हेपीएको चेपीएको तितो यथार्थ छ ।

मान्छे आखीर मान्छे हो नी नुर 
जात,धर्म, स्तर त हामीले बनाएकै त हो ।
तिमी नै भन त 
जन्मनु भन्दा अगाडी तिमी कुन  धर्मको थियौ ?
काटे रगत त रातै आउछ नी हैन र नुर ?
कि हिन्दु को रगत रातो अनी मुश्लिम,
क्श्चीयनको  सेतो,हरियो हुन्छ ?
की हिन्दुको हरियो सेतो रगत हुन्छ तिम्रो बाबालाइ सोध है ।

हुन त तिम्रो बाबालाइ प्रेमको महत्व के थाहा ? 
सँधै पैसाकै पछाडी कुद्छन् । 
पैसा दिएर धर्म परिवर्तन गर भन्छन् ।
पैसाले माया पाइने भए संसारमा सबै पैसावालाहरु पूर्ण  हुन्थे ।
उपहार दिँदैमा, कुनै एक बिशेष दिनमा माया जाहेर गरेर माया गरेको भन्ने सोच्ने
तिम्रो बाबालाइ माया गर्न सिकाउ नुर । 
तिमीलाइ त माया गर्न आउछ नी है ?

तिमी सँग भेट हुने यही अन्तीम हो । 
त्यसैले मलाइ यो पत्र टुङ्ग्याउन मन छैन अनी चाहन्न पनि 
तर पनि लामो गन्थनमा फस्दा लेख्दा लेख्दै अन्त्यमा तिमी सँग 
बिदा माग्न पनि नपाइयला की झै लाग्छ । 
त्यसैले हाम्रो भेट अब सक्नु पर्छ मैले । 
यो बेग रोक्नु पर्छ मैले , जुन बेगमा म भावना पोखी रहेछु ।  


                                                              तिमीलाई सधै असिम प्यार गर्ने 
                                                              उही तिम्रो राज !!

                     ⤘⤘⤘⤘



हाइयाक्अल्ला या नुर,मासलाम !! राज !! 
दाइ के छ हो आजको हट न्युज ? 
म झसङ्ग भए । 
सँगै काम गर्ने भाइ रहेछ ।
आजको न्युज बबाल छ कुन्जन ।
के छ दाजु सुनौ न त हामी पनि । 
नुरले आत्महत्या गरीछे यार । 
को नुर ? 
राजकी नुर ? 
अँ हो ।
त्यसले यतीका पछी किन आत्महत्या गरी त ? 
थाहा छैन यार । मैले केही थाहा पाउन सकेको छैन । 
कारण के हो कसो हो अब पत्रीका पढ्न जानेको भए पो ।
एक छिन है मेल आएको रहेछ । अफिसीयल होला । 
मेल नयाँ ठेगाना बाट आएको थियो । मैले अल्मलीदै खोँले । 
अरबीमा लेखीएको भएर मैले पढ्न जानीन र कुन्जनलाइ भने । 
यार भाइ कसरी पढ्ने यो मेल अरबीमा छ त ?
उसले हाँस्दै भन्यो यार दाइ हजुर पनि, नेट बाट ट्रान्सलेट गर्नु न । 
यो जमानामा पनि यति कुराको के चिन्ता ? 
मैले आज खासै सोच्न सकिरहेको थिइन अनी हो त नी है भन्दै ट्रान्सलेट गरेर पढ्न थाँले ।




‘नमस्ते देवर बाबु  !
 सञ्चै हुनु हुन्छ ? 


मैले राजको बारेमा आज मात्र थाहा पाँए । 
मलाइ फोन, नेट सबै तिर बन्देज लगाइएको थियो । 
आज मात्रै सबै थोक बाट फुकुवा गरीएको हो । 
मलाइ मेरो साथीले एउटा भिडियो हेर्छस् भनेर दिएको थियो । 
त्यो भिडियोमा राजलाइ झुन्ड्याएर मारीएको रहेछ । 
जुन कुरा मैले सहन सकिन । भिडियो हेर्नु लगत्तै राजको पत्र पनि पाँए । 
उहाँ सँग मैले पनि पत्रमा भेँटे ।
बिशाल बाबु हजुरहरुले त मलाइ निष्ठुरी भन्ने सोच्नु भएको होला । 
त्यसैले मैले हजुरलाइ मेरो बारेमा भन्ने यही एउटा मेलको साहारा लिँए । 
म निष्ठुरी होइन बिशाल बाबु । 
मैले पहिलो पटक कसैलाइ प्रेम गरेको थिँए त त्यो राज थियो । 
अनी गर्नेछु त त्यो पनि राजलाइ । 
सत्यता थाहा नपाउदा सम्म त राज सँग भेट्ने आसा जिँउदो थियो
तर सबै थाहा पाए पछी मैले जिउनुको अर्थ देखीन । 
म मेरो जिन्दगी अब अरुको नाम कसरी गरौ बिशाल बाबु ? 
मेरा आमा बाबा चाहनु हुन्छ म अरु कसै सँग बिबाह गरौ । 
तर राजलाइ सुम्पियको यो तन मन कसरी म जिउदै मरेर अरुलाइ 
सुम्पिदै राजको मायालाइ अपहेलना गरौ ? 
त्यसैले मैले आत्महत्या गर्ने निर्णय गरेँ । 
मैले गल्ती त गरीन नी है बिशाल बाबु ? 
बिशाल बाबु मैले हजुरलाइ नदेखे पनि हजुरको बारेमा 
राजको ओठ बाट सबै सुनेको छु । 
त्यसैले हजुरले निर्दोष ठान्नु भयो भने 
म राजलाइ उ गएको ठाँउमा गएर मेरो मायाको सर्जिम बक्ने
हजुरलाइ देखाउन सक्नेछु ।
मलाइ माफ गर्नुस् ल बिशाल बाबु ।।


                                                        उही हजुरको हुन नसकेकी,
                                                        हजुरले फोनमा जिस्काउने, 
                                                        हजुरकी भाउजु ‘नुर’ !!!

Monday, June 26, 2017

हामी किन बूढो हुन्छौँ र मर्छौँ ?




मानिसहरू किन बूढो हुन्छन् र मर्छन् ,
वैज्ञानिकहरू जान्दैनन्।
हेर्दा त हाम्रा कोषहरू निरन्तर नवीकृत हुँदै हामी सधैँ बाँचिरहनुपर्ने हो।
"कोषहरू पुरानो हुनु र मानिस बूढो भएर मर्नु ,यी दुवै बीचको सम्बन्ध एउटा ठूलो रहस्य हो।"



अधिकांश वैज्ञानिकहरूअनुसार जीवन स्वभावतः सीमित छ।
के तिनीहरूकौ यो विचार ठीक हो ?
मान्छेले सधैँ नै चिरायु हुने कामना गर्दै आएको छ।
उसले अमरता प्राप्त गर्ने प्रयास गरेको छ।
चौथो शताब्दीतिर मानिसहरूले अमरता प्राप्त गर्न औषधि बनाएर 
खाँदा उल्टो अमरताको साटो मर्न पुगेको इतिहास देखिन्छ ।



प्रथम मानव दम्पतीलाई पृथ्वीमा सधैँभरि बाँच्नका लागि 
बनाइएको थियो।
तर त्यसो हो भने, मानिस मर्छन् किन ?
संसारमा मृत्युको आरम्भ कसरी भयो ?

यसको जवाफ पाउन पृथ्वीमा एक जना पुरूष र स्री मात्र हुँदा 
के भएको थियो भनी हामीले विचार गर्नै पर्छ।




बाइबल यसो भन्छः
"हेर्नमा राम्रो र खानमा असर फल भएको 
हरेक रूख परमेश्वरले भूमिबाट उमार्नुभयो ।
" तथापि, एउटा कुरा भने निषेध गरिएको थियो ।



परमेश्वरले उनिहरूलाई भन्नुभयोः 
"बगैचाका सबै रूखका फल तैँले संकोच नमानी खाए हुन्छ,
तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिँ नखानू ,
किनभने जुन दिन तैँले त्यो खान्छस् त्यसै दिन त मर्नेछस् ।"






दुःखको कुरा प्रथम मानव दम्पतीले उक्त कुराको उल्लङ्घन गरे,
आज्ञाकारी भएनन् किनकी शैतानले यिनीहरूले पालन गर्नुपर्ने
नियमलाई तोडिदियो ।
अनाज्ञाकारी आदम र हव्वा अन्ततः पापको भागीदार भए र
उहाँले भन्नुभएझैँ तिनिहरु मरे ।
उहाँले यसो भन्नुभयोः "माटैबाट तँ निकालिएको थिइस् ।
तँ माटै होस् र माटैमा फर्किजानेछस् ।"


परमेश्वरले आदमलाई 
भूमिको माटोबाट बनाउनुभएको थियो ।
त्यस अघि आदमको कुनै अस्तित्व थिएन । 
त्यसकारण उहाँले आदमलाई माटैमा फर्किजानेछस् भन्नुहुँदा 
आदमको अस्तित्व रहनेछैन भनिरहनुभएको थियो।
आदम जुन माटोबाट बनाइएका थिए, 
त्यो माटो जस्तै निर्जीव हुने थिए ।







आदम र हव्वा आजसम्म जीवित हुनसक्थे तर तिनीहरू मरे किनभने तिनीहरूले परमेश्वरप्रति अनाज्ञाकारी हुन रोजे र पाप गरे ।
त्यसकारण ,
हामी मर्नु आदमको पापी अवस्थाका साथै मृत्यु तिनका
सबै सन्तानहरूमा सारिएकोले हो ।
त्यो पाप भनेको एउटा प्राणघातक जन्मजात रोग जस्तै हो
जसबाट कोही पनि बच्न सक्दैन । यसले निम्त्याएको मृत्यु
एउटा सराप हो । मृत्यु मित्र होइन तर शत्रु हो ।

Heart Touching....









एउटा सानो केटोले आफ्नी आमालाई
एउटा कागजमा केहि लेखेर दिन्छ,

जसमा यस्तो लेखिएको थियो-
तपाइको लागि पसल गएको रु.१००
मेरो कोठाको सफाई गरेको रु.१००
तपाई बाहिर जाँदा भाइ हेरेको रु.१००
फोहोर फाल्न गएको रु.१००
स्कूलमा राम्रो MARKS ल्याएको रु.१००
घर सफा राखेको रु.१००
जम्मा मैले पाउने = रु.६००


त्यो देखेर आमाले बितेका कुराहरु
फेरी एकचोटी मनमनै सम्झिन् र जवाफ
यसरी लेखिन्-

नौ महिनासम्म तिमीलाई
कोखमा राखेको = नि:शुल्क
तिमी बिरामी हुँदा रातभरी नसुतेको = नि:शुल्क
तिम्रो लागि बर्सौ देखि मेरो आँसु
बगेको = नि:शुल्क
ति सबै दिनहरु जुन मैले
तिम्रो स्वास्थको लागि भगवानसँग
प्रार्थना गरेर बिताए = नि:शुल्क
तिम्रा खानेकुरा,
खेलौना कपडा अनि नाकको सिंगान
पुछेको = नि:शुल्क

छोरा, जब तिमीले यो सबै जोडेर हेर्छौ 
मेरो माया नि:शुल्क पाउनेछौ ।

यो पढेर उसको आँखाबाट आँसुको धारा बग्न थाल्छ ।
आफ्नी आमालाई हेरेर भन्छ ” 
आमा म तपाइलाई
धेरै माया गर्छु ।”

अनि त्यही कागजमा ठुला अक्षरमा लेख्छ “सबै
चुक्ता ”
जबसम्म हामी अविभाबक बन्दैनौ तबसम्म
उनीहरुको माया बुझ्न सक्दैनौ
आमालाई दिन सिकौ आमाबाट लिन हैन ।


                ⟴⟴⟴⟴⟴

Sunday, June 25, 2017

निगमले वाइडबडी जहाज ल्याएपछि पहिलो उडान दक्षिण कोरिया गर्ने






काठमाडौं ।
नेपाल वायुसेवा निगमलाई दक्षिण कोरियाले
उडान अनुमति दिएको छ ।
निगमले खरिद गर्न लागेको दुईठुला वाईडबडी जहाज एयरबस ३३०-२०० सिरिजक दुईथान जहाज खरिद प्रक्रियाले अन्तिम चरण पारगरेसंगै दक्षिण कोरियाले अनुमति दिएको हो । निगमले एकवर्षभित्र जहाज खरिद गर्दै वाइबडी जहाज मार्फत पहिलो उडान दक्षिण कोरिया गर्ने लक्ष्य राखेको हो ।

कोरियामा हाल वर्षेनि हजारौको संख्यामा नेपाली कामदारहरु जाने गरेका छन । भने कोरियन पर्यटकहरु पनि नेपालमा बढ्दो क्रममा रहेको छ । चीन सरकार छिमेकीप्रति अनुदार बन्दा नेपाल वायुसेवा निगमले प्रक्रिया थालेको दुईवर्षसम्म पनि ग्वान्झाओ उडानको अनुमति पाउन सकेको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई एयरलाइन्स अपरेटिङ सर्टिफिकेट (एओसी) एकवर्ष अगाडीनै जारी गरिसकेको छ । चीनको झन्झटिलो प्रक्रिया साथै ग्वान्झाओको व्यस्त विमानस्थलका कारण निगमलाई अनुमति लिन हम्मे परेको हो । निगमले दुबई र ग्वान्झाओ उडान एकैचोटी सुरु गर्ने गरी प्रक्रिया अगाडी बढाएको थियो ।

तर दुवईमा उडान सुरुगरेको झन्डै १० महिना बितिसक्दा पनि  ग्वान्झाओको भने उडान भर्ने अनुमति समेत आउन नसक्दा निगमको टाउको दुखाई भएको छ  । निगमको योजना अनुसार गत वर्षको जेठबाटै ग्वान्झाओ उडान गर्ने लक्ष्य रहेको थियो ।    चीनको हवाई उड्डयनका आफ्नै प्रक्रिया रहेकोले पनि ग्वान्झाओ अनुमतिको लागि निगमलाई समस्या भएको छ ।

चीनले आफ्नो देशमा उडान गर्न चाहने एयरलाइन्सहरुको लागि फरम्याट २८७ नियम र फरम्याट १२९ नियम पुरा गराउँदै आएको छ । निगमले दुई  वर्ष देखि थालेको प्रक्रियामा फरम्याट २८७ हुदैं फरम्याट १२९ मा गतवर्षनै पुगेको निगमले बताउँदै आएको थियो ।

‘चीनको झन्झटिलो प्रक्रियाका कारणले निगमले अनुमति पाउन सकेको छैन,’ नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले भने ।

निगमले अनुमति पाएमा ग्वान्झाओमा दैनिक एउटा उडान गर्ने लक्ष्य राखेर जिएसए समेत नियुक्त गरिसकेको छ । चिनियाँ पक्षले मागेका सवै कागजपत्र निगमले पठाएको तर अनुमति पाउन नसकेको कंसाकारले बताए ।

‘ग्वान्झाओ विमानस्थल एकदमै व्यस्त भएकोले अनुमति दिन ढिला भएको चिनियाँ पक्षले बताउँने गरेका छन, सायद अव छिट्टै अनुमति पाउने आशा छ,’ कंसाकारले भने ।
निगमलाई दक्षिण कोरियाले उडान अनुमति दिइसकेको छ । जापानसंग पनि प्र्रक्रिया अगाडी बढाईएको कंसाकारले जानकारी दिए ।

अन्य मुलुकसंग जस्तो सजिलो चीनसंग नहुने कंसाकारको बुझाई छ । निगमले नयाँ एयरबस ३२०-२०० जहाज खरिद गरेर उडान सुरुगरेसँगै ग्वान्झाओ उडान अनुमति लिने प्रक्रिया अगाडी बढाएको थियो । हाल निगमले दुई ठुला वाईडबडी जहाज खरिद प्रक्रिया अन्तिमचरणमा पुर्याइसकेको  छ ।

अवको एकवर्ष भित्र निगमसंग एयरबस ३३०-२०० सिरिजका दुई थान जहाज हुनेछन ।  निगमले ४ जहाज मार्फत दिल्ली, बैंग्लोर, मुम्बई, दोहा, दुवही, मलेसिया, बैंकक र हंङकंङ उडान गरिरहेको छ । निगमसंग हाल अन्तर्राष्ट्रिय उडानको लागि बोईङ ७५७ एक थान र एयरबस ३२०–२०० दुई थान गरी ३ थान जहाज रहेका छन । भने भुटान एयरलाइन्सको एकथान जहाज भाडामा ल्याउने प्रक्रिया समेत अन्तिम चरणमा पु¥याएको छ ।


Source: Clickmandu

Friday, June 16, 2017

EPS कार्य सकिएर नेपाल जाने भन्दा अगाडी के गर्ने ???







 कोरियामा कामदारको
      भिसा अवधि ४ बर्ष
     १० महिनाको अवधि
     सकिनु बढीमा १
     महिना अघि
     (घटिमा ७ दिन अघि)                            कम्पनीमा जानकारी गराई
     आफनो हिसाब किताब
     गर्नु जरुरी छ।
   
         
 साथै थेजिकमको रकमको  बारेमा सामसुंग फायर ईन्स्युरेन्स  कम्पनीमा कम्पनी मार्फत वा
 सोझै पनि निवेदन दिई आफूले सामसुंगबाट पाउने रकम तथा नपुग भएको खण्डमा साहुले
 दिनु पर्ने रकम समेत सुनिश्चित गर्ने तथा साहुसंग लिने ।

     ➤➤➤  Samsung : 02 2261 8400 
                   After Ans 14 (नेपाली भाषामा)
     ➤➤➤  थेजिकगुम कति छ भने बुझ्न
                  आनसान को HRD Office 1577 0071 फोन गरेर अथवा
                  अफिसमा गएर पनि बुझ्न सकिन्छ!


  एउटै कम्पनीमा काम गरी पुनः सोही कम्पनीमा आउन चाहने
       प्रतिबद्ध कामदारहरुले बढीमा १ महिना अघि ( घटिमा ७ दिन अघि)*
       साहु समेत नोर्दबुमा गई पुनः Standard Labour Contract
       गर्ने र एक प्रति करार पत्र साथै लिने!

* कोरिया पुन: प्रवेश सम्झौता समय थप गरिएको

मानब संसाधन विकास केन्द्र कोरिया ( 한국산업인력공단 ) HRD मार्फत कोरिया प्रबेस गरि कार्यकाल सकाएर इमान्दार कामदारको (성실근로자) रुपमा कोरिया पुन प्रबेस गर्न चाहेमा र कम्पनीले पनि बोलाउन चाहेको खण्डमा भिषा सकिनु 30 दिन देखि 7 दिन भित्र पुन प्रवेश सम्झौता गर्नु पर्ने मा 2017.06.07 देखि सम्झौता गर्ने समय अबधि भिषा सकिनु 90 दिन देखि याग्रिमेंट गर्न पाउने भएका छन् l यो सुबिधा संगै बिबिद कारणबस चाडै सोदेस फर्किन चाहनेको लागि भिषा सकिनु 90 दिन देखिनै पुन आउने सम्झौता गरि सोदेश फर्किन मिल्ने भएको छ l

EPS कामदारले इमान्दार कामदारको (성실근로자) रुपमा कोरिया पुन प्रबेस गर्नको लागि कम्पनि परिबर्तन नगरेका वा कम्पनि परिबर्तन गरेको भएतापनि आफ्नो कारण नभइ कम्पनीको कारण देखाइ परिबर्तन गरेका हरुले पछिल्लो कम्पनीमा कम्तिमा 1 वर्ष काम गरेको हुनु पर्नेछ भने आफुले काम गर्ने कम्पनीमा 50 जना भन्दा कम कोरियन हरु हुनु पर्नेछ l



     

  कार्य अबधि सकिनु ,आफूले प्रस्थान गर्ने दिनको टिकट
      कम्तिमा एक महिना अगावै लिनु बेश हुन्छ किनकि
      सामसुंग बीमा कम्पनी तथा आवश्यकता अनुसार
      कार्यरत कम्पनीमा टिकट पेश गर्नु पर्ने हुन्छ।
      फेरि एक महिना अगावै टिकट लिदा सस्तो पनि पर्छ ।





  कोरियामा छंदा आफुले पुरानो राहदानीको साटो
       नयां राहदानी लिएको भए पुरानो राहदानी समेत
       साथै लिएर फर्कने ।
       यदि हराएर नयां बनाएको हो भने पुरानो राहदानीको
       फोटोकपि छ भने सो समेत साथै लिएर आउने ।
       Alien Registration Card को फोटो कपि
       चार-पांच वटा बनाउने तथा फोटोकपि साथै ल्याउने ।


   एउटै कम्पनीमा ४ बर्ष १० महिना काम गरी  फर्केको तथा
       पुनः सोही कम्पनीमा जान चाहने कामदारहरुले नेपाल
       फर्केको सात दिन भित्र  आफनो राहदानी तथा एलियन
       रजिष्ट्रशन कार्डको फोटो सहित ईपिएस. कार्यालय
       ग्वार्कोमा सम्पर्क  राख्ने ।
       यस्ता कामदारहरु तीन महिना पछि पुनः कोरिया
       प्रवेश गर्न पाउंछन् ।
  
  ➤➤➤ बिस्तृत जानकारी को लागि EPS Office Gwarko: 01 5186349~50


  कोरियाबाट फर्कने बेलामा थेजिकमका
      लागि ईन्छन एयरपोर्टको टिकट काउण्टर
      नजिक रहेको सम्बन्धित बैंकको
      काउण्टरबाट भुक्तानी आदेश लिई,
      भित्र पसी अध्यागमन काउण्टर पार गरेको
      लगतै बैंक काउटरबाट थेजिकमको रकम भुक्तानी लिने ।
      कथम कदाचित थेजिकमको रकम भुक्तानी लिन नभ्याएमा
      नेपाल फर्केपछि ईपिएसं कार्यालय ग्वार्कोमा सम्पर्क राख्ने ।

NOTE: ईन्छन एयरपोर्टको बैंकको काउण्टर हरू बिहान 6 बजे देखि बेलुका 9 बजेसम्म खुल्ला !

   EPS कामदार अनिवार्य रुपमा आफनो भिसा अवधि
       समाप्त हुनु अगावै फर्कनु पर्छ अन्यथा
       अवैधानिक भईन्छ ।
       सम्पूर्ण भिसा अवधि सकेर फर्कदा आफनो एलियन
       रजिष्ट्रशन कार्ड एयरपोर्टको अध्यागमन शाखामा बुझाउनु पॅछ ।

      외국인등록증  Incase
      बोकेर गएको खण्डमा
      तुरुन्त नेपाल बाट सम्बन्धित
      ध्यागमन बिभागमा हुलाक
      माफॅत पठाउँछ सकिन्छ ।







    कोरियामा ३ बर्ष पुरा गरेपछि
        पुनः १ बर्ष १० महिनाको भिसा
        लागे पछि नेपाल फर्केर सि.बि.टि
         परीक्षा दिन ३ बर्ष पुरा भई
        थप  काम गरेको हुनैपर्छ
        अर्थात् ३ बर्ष पछि पनि
         गर्नु पर्छ। साथै उमेर
         बर्ष काटेको हुनु हुदैन ।


   ४ बर्ष १० महिना पुरा गरी नेपाल फर्केर
        पुनः कोरिया जादा पनि श्रम स्वीकृति भने लिनै पर्छ ।
        ईपिएस. कामदारहरुले श्रम स्वीकृति ईपिएस शाखा
        ग्वार्कोबाट लिंदा हुन्छ । 


   कोरियाबाट नेपाल फर्केका धेरैको राहदानी हराएको ,
       एलियन कार्डको फोटोकपि हराएको 
       जस्ता कुरा सुनिने हुंदा यस्तो कागज सुरक्षित रुपमा
       घरमा राख्नु हुन भयो भने पछि सहज हुनेछ ।






                         
                                       @ Ramesh Shrestha
 South Korea
 E-mail: ramesh335@daum.net / 
     abit335@gmail.com


⟰⟰⟰⟰⟰⟰⟰⟰⟰
⤝⤝⤝⤝⤝

10 Ugly Facts About Breast-feeding


Ugly Facts About Breast-feeding




Not until you become a mother yourself that you start appreciating
the amazing process called breastfeeding.
I would call it nature’s marvel that gifts women to nourish their young ones.
Breastfeeding also deepens the bond between a mother and her child,
So I guess it’s great!
Despite this, here are few things that I think many women
find hard about it and at times think, ‘Breastfeeding sucks.”



1. Breastfeeding May Take Time To Initiate In Some:

This is true for both the mother and the child.
In some cases, the baby doesn’t figure out how to suckle on mother’s breasts. 
While in other cases, no matter how natural an urge it may be,
some women are just not able to breastfeed their babies by not being able to hold them
in the correct position or know how to sit or keep the baby latched on.

2. That Runny Thing:

Once the flow starts getting copious with subsequent feeds, 
you don’t want to rest until you empty out your breasts.
Sometimes you feel them leaking. The milk drips out,
and unless you have absorbent pads, it could be pretty disturbing,
that is to say when your child is asleep and not going to suckle now or
when you are at work or a public place.


3. Blocked Ducts:

This is the painful one. 
Blocked ducts or mastitis can be quite irritating. 
You wonder whether you should really have breasts now!


4. Privacy Is A Common Problem:

 Thanks to the baby changing rooms where moms can have a place to sit
and feed their baby comfortably. But you can’t expect the provision everywhere. 
Not on a bus, not on a train, not at a bus-stop, not at a book-store.
And you never know when your child might want to suckle. 
What if the hunger-pangs strike again? 
Some give glances. To those who don’t, thanks for not giving that look, but hey, 
I don’t like to be in your focus even subtly.








5. You Feel Like A Cow:

How many times have I thought this! Gosh!
But the more your child is on your feed, the more he resists bottle feed. 
He will want to suckle even when not hungry. 
It becomes sort of a plaything. 
Sort of a snack that he wants to nibble into when he needs to be comforted 
or when he needs to sleep. 
You just have to bare your chest on demand. 
At times, it can get exhausting. But you still do for your child.
(Honestly, you also love it when your baby is on you.)


6. That Sudden Bite: 



As your baby starts teething, and if you are still breastfeeding him,
it is likely that he will even gorge his teeth into you!
You will want to scream.
If he falls asleep with your breast between his jaws,
you will feel like you are in the grip of an adamant shark.








7. The Breast Size:




Sure, your breast size must have gone up.
You will hate all the brassieres that no longer fit you well enough. 
The more the sizes you try, the more confused you are left. 
Somehow, there is no that perfect fit. 
Somehow there is a sag. 
Somehow you feel like they are huge enough to be obscenely a porn star
(which you, of course, will detest as a mother).
Somehow you get a bit conscious of the size.

8. Having Sore Nipples:

You will have episodes of these too. 
Your gynecologist will be willing to listen to you.


9. Dressing Up Becomes An Issue:

Should you wear tight-fitting clothes that accentuate your torso? 
There are mom-friendly clothes that you might want to explore. 
But the key is to take pride in your breasts the way they are now.


10. Not Giving Up On Breastfeeding:

This is the worst of all the things. 
Medical sciences now recommend you breastfeed your child until it is two. 
But you might risk your baby getting addicted to your feed in comparison to 
reverting to bottle feed or try other foods.
So you must figure out when it’s the most appropriate to stop breastfeeding 
your child once for all.
Breastfeeding defines the bond of
a mother and child. 
But here are some of the truths that might put some women at discomfort.




Monday, June 12, 2017

A Student has no fault if he/she fails because,


These are just 365 days in a year,
which pass as mentioned below:

1. 30 days for winter vacation.
    Days left 335. 
2. 30 days for Dashain & Tihar holidays.
    Days left 305. 
3. 15 days summer vacation. Days left 290. 
4. 104 days remaining saturdays & sundays.
     Days left 186. 
5. 15 days for national & local holidays.
     Days left 171. 
   6. 46 days monthly & terminal tests.
        Days left 125. 
   7.  8 hours daily sleep for good health, totaling 42 days. Days left 83. 
   8.  1 hour for daily meals,reducing 5 days in total. Days left 78. 
   9.  1 hour for reading magazines etc.means 5 more days less in total.
         Days left 73. 
   10. 1 hour for watching TV daily 5 days less in total. Days left 68. 
   11.  1 hour essential for daily play, for physical fitness,means again 5 days less.
          Days left  63. 
   12. 1 hour daily to travel & from college for attending class,
          means less 5 more days. Days  left 58. 
   13. 1 hour daily for washing & cleaning dresses etc.
         Again 5 days gone left 53. 
   14. At least 8 days during years for long assemblies,inter-school activities etc. 
   15. Everyday half and hour for non-study talk 8 free time five separate days
         required for  that days left 40. 
   16. About 10 days we remain absent during the year due to sickness.
         Days left 30. 
   17. 10 more days absent for parties & wedding etc.
         Days left 18.
         On different  occasions,our teachers miss classes for 15 days during the year.
         Days left 5. 
   19. About 4 days Chakka Jam, Bandh etc. Days left 1. 

               Lastly,
                         On that remaining day we go for a picnic
                         or an educational visit etc.
             
               So, when do we study ??? 
               How can we pass ???


Are You A Good Student ?















: Always liked by teachers.
: Greets everyone with a smile.
: Obedient to teachers and parents.
: On time to school.
: Dresses neat and clean.
: Studies with interest.
: Treats everyone with respects.
: Understands everything taught.
: Does daily homework.
: Eager to know new things.
: Never misbehaves.
: Talks less in class.