Tuesday, November 6, 2018

तिहारको मुखैमा कोरियामा दुखत खबर , कम्पनि दुर्घटनामा परि एक नेपालीको मृत्यु

सम्पूर्ण नेपालीहरुले हर्सौल्लासका साथ तिहार मनाइरहदा कोरियामा भने दुखत घटना घटेको छ l
कोरियाको छाल्लाबोक्दो यांजी स्थित एक प्लास्टिक कम्पनीमा कार्यरत एक नेपालीको कम्पनि दुर्घटनामा परि मृत्यु भएको छ l इपिएस मार्फत करिब २ बर्ष पहिला कोरियामा आएका पांचथरका राजेस तुम्बाफोको मंगलबार कार्यस्थल दुर्घटनामा परि मृत्यु भएको सियोल स्थित नेपाली दुतावासका श्रम कन्सुलर डिल्लीराम बास्तोलाले बताउनु भएको छ l

मृतक तुम्बाफो २ बर्ष देखि सोहि कम्पनीमा कार्यरत थिए l आज बिहान ८ बजेको समयमा काम गर्ने क्रममा मेसिनले च्यापिएर उक्त दुर्घटना भएको थियो l उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ l

घटना बारे नेपालका आफन्तलाई जानकारी दिने तयारि भैरहेको बास्तोलाले बताउनु भयो l मृतक तुम्बाफोका भाइ पनि कोरियामै कार्यरत छन् l

त्यसैगरी थप विवरण लिन हामीले मृतकका सहकर्मी लाइ सम्पर्क गर्दा उनले बिहान काम सुरु हुनै लाग्दा यस्तो दुखत घटना घटेको बताए l घटनाको विवरण दिन आफु अहिले प्रहरी चौकीमा रहेको समेत बताए l
पछिल्लो समय कोरियामा दुर्घटनामा तथा अन्य कारणले मृत्यु हुनेको संख्या बढ्दो छ l केहि दीन पहिला दोलखाका आङकामि सेर्पाको हृदयघातका कारण अस्पतालमा मृत्यु भएको थियो l

Hellonepalkorea बाट