Saturday, December 16, 2017

कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटी बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो


कोरियाले आगामी बर्ष अर्थात सन् २०१८को लागि इपिएस मार्फत  १६ देश बाट ल्याउने कामदारको  कोटा निर्धारण गरेको छ l  यसरी लैजाने  प्रवासी मजदुरहरुको कोटा कोरियन सरकारले प्रत्येक बर्ष तोक्ने गर्दछ ।

गत शुक्रबार  सरकारको तर्फबाट १२ जना ,मजदुर संगठनबाट २ जना ,कम्पनी ब्यबस्थापक र अन्य क्षेत्रबाट गरि २१ जनाको कोटा निर्धारण समितिको  बैठकले उक्त निर्णय गरेको प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राइले बताएका छन् l

समितिले २०१८ को लागि जम्मा ५६ हजार प्रवासी मजदुरको कोटा तोकेको छ ।  उक्त कोटा संख्या बाट ४५ हजार पिबिटी बाट तोकिएको छ भने बाँकि रहेको  ११ हजार कमिटेड वर्कर तथा बिशेष कोरियन भाषा परिक्षा (सिबिटी)  बाट तोकिएको छ l यद्वपी सन २०१८ को लागि सिबिटि परिक्षा कहिले हुने वारे खुलाइएको छैन।

यसरि तोकिएको प्रवासी कामदारको कोटा कुन देशको लागि कति भन्ने बारेमा  सम्बन्धित मन्त्रलयसग छलफल गरि श्रम तथा रोजगार मन्त्रालयले आगामी जनवरीमा निर्धारण गर्ने बताइएको छ l

प्रवासी मजदुर कोटा निर्धारण समितिले तय गरेको २०१८ को प्रवासी मजदुरको कोटा  ५६ हजार मध्ये ५१ हजार ३ सय १३ जना आफ्नो समयावधि पुरा गरेर फर्किनेको ठाउँमा हो भने ४ हजार ६ सय ८७ नया माग भए अनुसार ल्याउने कोटा हो l त्यसैगरी सन् २०१८ मा १० हजार बिना भिसाका कामदारलाइ स्वदेश फर्काइने पनि बताइएको छ l

कोरियाले इपिएस लागु भएयता एसियाका भिभिन्न १६ देश बाट  कामदार लिदै आएको छ l यसरि ल्याएका कामदारले उत्पादनमुलक क्षेत्र ,निर्माण क्षेत्र ,कृषि तथा मत्स्यपालन क्षेत्र क्षेत्रमा काम गर्ने भएपनि हाल नेपालको लागि निर्माण तथा मत्स्यपालन क्षेत्रमा काम गर्ने अनुमति भने छैन l
२०१८ मा  प्रवासी मजदुर (ई ९ ) नया  प्रवेश गर्नेको क्षेत्र तथा संख्याको बर्गिकरण यस प्रकार रहेको छ l

बर्गिकरण  जम्मा उत्पादन कृषि तथा पशुपालन मत्स्यपालन निर्माण सेवा
जम्मा (सख्या) ५६,००० ५४,००० +(२००० ) ४२,३०० ६,६०० २,६०० २,४०० 4 १०० नया ४५,००० ४३,००० +(२००० ) ३२,२५० ५,८७० २,४०० २,३९० 4 ९० + पुन प्रवेश ११,००० १०,०५० ७३० २०० १० १०
प्रवासी मजदुर कोटा निर्धारण समितिले तोकेको कोटा अनुसारको प्रवासी मजदुरहरु २०१८ को कुन महिनामा कति जना लैजान्छ l

समय जम्मा उत्पादन कृषि तथा पशुपालन मत्स्यपालन निर्माण सेवा
जम्मा शंख्या ४३,००० +α(२००० ) ३२,२५० ५,८७० २,४०० २,३९० ९०
जनवरी १५,७७० ९,६०० +1 २,६१०  १,१०० १,२२०+4  ४० +5
अप्रिल १४,५४० ९,६०० २,६१० ७५० ७३० ५०
जुलाई ७,५४० ६,५५०   ५५० ४४० 
अक्टोबर ७,१५० ६,५०० ६५०     
कार्य अवधि पुरा भएर जाने प्रवासी मजदुरको संख्या  निम्न बमोजिम छ
बर्गिकरण जम्मा उत्पादन कृषि तथा पशुपालन मत्श्यपालन निर्माण सेवा
प्रस्थान गर्ने मजदुर ४१,३१३ ३५,६४९ ३,३८२१ ९०१ १,३४२ ३९

श्रोत उदय राइ- अध्य्क्ष  प्रवासी मजदुर युनियन

गजल

बोल्दा बोल्दै आकस्मात बाई भनेर मारी !
बोल काली भन्दा आज नाई भनेर मारी !!

च्वाँक केटी देखे मैले कमेन्ट गरी हाले !
हाम्रो बिच कुन नक्कली आई भनेर मारी !!

मैले भने दिलको राजा सम्झीएको तिमिलाइ !
तिम्रो दिलमा अर्कै केटी धाई भनेर मारी !!

फोनै फोनमा झगडाको महाभारत भयो !
तिम्रो दिलमा उसैले ठाउँ पाई भनेर मारी !!

हिँजो सम्म मेरो हजुर भन्दै बोलाउथी,
निष्ठूरीले आज मलाई दाइ भनेर मारी !!

Wednesday, December 13, 2017

मुस्कान तिम्रो सम्झेर माया लाउन आउछु

       ⇝⇝⇝ गजल ⇜⇜⇜

मुस्कान तिम्रो सम्झेर  माया लाउन आउछु
तनको दुरी हटाइ   पुन: पाउन आउछु

नयन तिम्रा मिर्गका जस्ता मुटुमा राखेर
मनको खेत्मा प्रेमको बहर दाउन आउछु

गालाको तिम्रो खोबिल्तो सम्झि भुतुक्क हुन्छु म
प्रेमको घर बनाइ राख छाउन आउछु

भमरा बनि डुल्दिन अन्त तिमीमा अर्पण
मायाको खेत हिल्याईकन साउन आउछु

बिर्सेर धन, प्रेमको मन कसिलो पारेर
तिम्रो र मेरो प्रेमको गीत गाउन आउछु

Tuesday, December 12, 2017

तिमीलाई आज कस्ती राम्री देँखे





तिमीलाई आज कस्ती राम्री देँखे
तिम्रै रुपको वर्णन गर्न एउटा गजल लेखे ।


लजालु त्यो मुहारमा इन्द्रेणीको छाँया
नसकेर हेरिरहन एउटा गजल लेखेँ ।


सपक्क ति केशराशि झुमिरहु लाग्ने
नसकेर छोइहाल्न एउटा गजल लेखेँ ।


सुनकेस्रा जस्ता तिम्रा ठूला ठूला ओठ
नसकेर चुम्बन गर्न एउटा गजल लेखेँ


बदामी ति ठूला आँखा फेवाताल नै हुन की
नसकेर पारी तर्न एउटा गजल लेखेँ ।

Saturday, December 9, 2017

Computer Some Softwares


यस्ता सफ्टवेयरहरुका बारेमा कुरा गर्दैछु जसका बारेमा कमैलाई थाहा छ तर अति नै उपयोगी छन् र, जसको प्रयोगले तपाईको कम्प्युटर सजिलो र छिटो पनि हुन्छ । रमाइलो कुरा त यो छ कि अति नै उपयोगी भएपनि यी सफ्टवेयरहरुले कम्प्युटरमा बढि स्पेस लिदैनन् । यसलाई तपाईले माइक्रोसफ्टको पुरानो भर्सनहरु देखि लिएर नयाँ विन्डोज 10 मा पनि मज्जाले प्रयोग गर्न सक्नुहुनेछ । तपाईलाई कुन सफ्टवेयर आवश्यक छ, तल हेर्नुहोस् ।
१. अनलकर (Unlocker) : 

तपाईले कुनै कुनै फाइल तथा फोल्डरहरु डिलिट गर्न खोज्दा “file is
in use” भनेर डिलिट नभएर दिक्क पारेको होला । यस्तोमा यो सफ्ट्वेयर उपयोगी हुन्छ ।
यसले यसरी लक (Lock) भएका फाइल तथा फोल्डरहरुलाई बन्द गरिदिन्छ ।

२. डबल किलर (Double killer) : 

डाउनलोड र कपी गरेर राख्दा राख्दै एउटा डकुमेन्ट वा गीत र फोटोहरु धेरैवटा फोल्डरमा हुन सक्छन् ।
यो सफ्ट्वेयरले एउटै कम्प्युटरमा रहेका एकभन्दा बढी उही डकुमेन्टहरु हटाउँछ ।

३. माउस जिग्लर (Mouse Jiggler) : 

तपाईको कम्प्युटर केहि बेर नचलाउँदा स्लिप मुडमा जान्छ । यसैले स्लिप मुडमा जान नदिन केहि बेरमा माउस
वा किबोर्ड चलाइरहनु पर्ने हुन्छ । यस्तोमा यो माउस जिग्लर भन्ने सफ्टवेयरले काम गर्छ । यसले कम्प्युटर नचले
पनि कम्प्युटरलाई स्लिप मुडमा जान दिदैन ।

४. मेलस्टोर (Mail Store) : 

यदि तपाई इन्टरनेट नभएको ठाउँमा पनि आफ्नो इमेलहरु हेर्न चाहनु हुन्छ भने यसको प्रयोग गर्न
सक्नुहुनेछ । यसले इन्टरनेटको पहुँचमा सबै इमेलहरु कम्प्युटरमा डाउनलोड गर्छ जसलाई तपाईले पछि इन्टरनेट
नभएको ठाउँमा पनि हेर्न सक्नुहुन्छ । यसको मद्दतले इमेलहरु पेन ड्राइभमा पनि राख्न सकिन्छ ।

५. टेराकपी (Teracopy) : 

तपाईले कहिलेकाँही ठुला साइजका फिल्महरु कपी गर्दा गर्दै बिचैमा केहि खराबी आएर फेरि सुरु देखि नै फाइल कपी गर्नु पर्ने भएको छ कि छैन ? यस्तोमा यो टेराकपी उपयोगी हुन्छ । यसले कपी गर्न स्पिड बढाउँछ र केहि समस्या भए त्योबारेमा बताउँछ ।

६. सोल्युटो (Soluto) : 

कम्प्युटर ओपन गर्दा अनेक प्रोग्राम खुलेर ढिलो ओपन हुने समस्या यो सफ्टवेयरले काम गर्छ । यसले अनावश्यक प्रोग्रामहरुलाई सुरुमै ओपन हुनबाट रोक्छ र कम्प्युटर छिटो खुल्छ ।

७. इरेजर (Eraser) : 

कम्प्युटरबाट डिलिट गरिएका फाइल तथ डकुमेन्टहरु केहि सफ्टवेयरको सहयोगमा फिर्ता ल्याउँन
सकिन्छ । तपाईको गोपनियता भंग गर्न खोज्नेले यसो नगर्नालान् भन्न सकिदैन ।
यस्तोमा यो सफ्टवेयरले सदाका लागि फाइलहरु डिलिट गर्न सहयोग गर्छ ।