Saturday, September 30, 2017

Atom Bomb


It is nuclear war-weapon and is based upon the uncontrolled nuclear chain reaction. The atomic bomb works by a physical phenomenon known as fission. In this case, particles, specifically nuclei, are split and great amounts of energy are released. This energy is expelled explosively and violently in the atomic bomb. The massive power behind the reaction in an atomic bomb arises from the forces that hold the atom together called the strong nuclear force.




 The element used in atomic bombs is Uranium-235. Uranium's atoms are unusually large, and henceforth, it is hard for them to hold together firmly. This makes Uranium-235 an exceptional candidate for nuclear fission. Uranium is a heavy metal and has many more neutrons than protons. This does not enhance their capacity to split, but it does have an important bearing on their capacity to facilitate an explosion.
Uranium is not the only material used for making atomic bombs. Another material is the element Plutonium, in its isotope Pu-239. However, Plutonium will not start a fast chain reaction by itself. The material is not fissionable in and of itself, but may act as a catalyst to the greater reaction. The bomb basically works with a detonating head starting off the explosive chain reaction.

The Chain Reaction
When a uranium or other suitable nucleus fission's, it breaks up into a pair of nuclear fragments and releases energy. At the same time, the nucleus emits very quickly a number of fast neutrons, the same type of particle that initiated the fission of the uranium nucleus. This makes it possible to achieve a self-sustaining series of nuclear fission's; the neutrons that are emitted in fission produce a chain reaction, with continuous release of energy.


                     Fission of uranium 235 nucleus. 

When a U-235 atom splits, it gives off energy in the form of heat and Gamma radiation, which is the most powerful form of radioactivity and the most lethal. When this reaction occurs, the split atom will also give off two or three of its "spare" neutrons, which are not needed to make either of the parts after splitting. These spare neutrons fly out with sufficient force to split other atoms they come in contact with. In theory, it is necessary to split only one U-235 atom, and the neutrons from this will split other atoms, which will split more...so on and so forth. This progression does not take place arithmetically, but geometrically. All of this will happen within a millionth of a second.

तिन नम्वर प्रदेसको राजधानी नुवाकोट



भौगोलिक हिसावले नुवाकोट नेपालको राजधानी काठमाडौ वाट जम्मा जम्मी 4.5 कि मी मात्र टाडा छ। नेपालको समग्र भुगोलको मध्य भागमा नुवाकोटको भुगोल पर्दछ।उपत्यकालाई नेपालको केन्द्र मानेर हेर्दा मात्र यो पस्चिम तिर पर्न गयको हो । तथापी नुवाकोट ऐतिहासीक रूपमा पस्चिम 1 नम्वरको राजधानी सहर नै हो।भौगोलिक रूपमा नुवाकोट तिन नम्वर प्रदेसको केन्द्रिय भुगोलमा  नै अवस्थित छ।  नुवाकोट संग सिन्धुपाल्चोक,रसुवा,धादिङ र काठमाडौ उपत्यकाका तिन जिल्ला सहित छ जिल्लासंग सिधै connectivity छ।काठमाडौ उपत्यका लाई टोखा छहरे शिवपुरी राजमार्गले नुवाकोट जिल्लालाई सिधै जोडछ जसको दूरी जम्मा 15 कि मी मात्र हो। त्यस्तै झोर देखी छहरे सुरूङ मार्ग को दुरी जम्मा 4.5 कि मी मात्र हो।


नुवाकोट संग सिमाना जोडियको पूर्वी जिल्ला सिन्धुपाल्चोक हो। मध्य पहाडि राजमार्ग ले सिन्धुपाल्चोक र दोलखा लाई नुवाकोटले सिधै जोडनेछ।नुवाकोटको उत्तर तिर त्रिशूली रसुवा गढी राजमार्गले रसुवा र  केरूङ हुदै छिमेकी देश चिन जोडछ।नुवाकोट धादिङ जोडने गल्छि रसुवागढी राजमार्ग ले धादीङको दक्षिण भेग हुदै पृथ्वी राजमार्ग मार्फत चिचवन,मकवानपूरलाई जोडछ।काठमाडौ उपत्यकालाई वालाजु त्रिशूली पासाङ ल्हामू राजमार्गले ऐतिहासिक रूपमा जोडि आएकै छ।यो राजमार्गको डबल लाईनको निर्माण कार्य अन्तिम अन्तिम तिर पुगेको छ। काठमाडौ उपत्यका लाई पृथ्वी राजमार्ग वाट गल्छि हुदै नुवाकोट छिचोल्न 2घन्टा मात्र लाग्दछ।यसरी कनेक्टिभिटीको आधारमा नुवाकोट सबभन्दा केन्द्रिय भूगोल हो।यस्तो केन्द्रिय भुगोल कनेक्टीभिटीको आधारमा हेटौडा र धुलिखेल वनेपा संग छैन। हेटौडाको सिधै कनेक्टिभिटी चितवन संग मात्र हो। हेटौडा काठमाडौ कनेक्टिभिटी राजमार्ग स्तरको छैन।धुलिखेल वनेपाको कनेक्टिभीटी काठमाडौसंग कोदारी राजमार्ग मात्र हो।भुकम्प पछाडी कोदारी राजमार्ग र भुगोलको स्थितीलाई ख्याल गर्दै चिनले तातोपानी भन्सार नाका सधैको लागी बन्द गर्ने स्थीतिमा पुगेको छ।भुगोलको हिसावले वनेपा धुलिखेलले सात  वटा जिल्ला छोए पनि कनेक्टिभीटिको आधारमा  उपत्यका र सिन्धुपाल्चोक र दोलखालाई मात्र जोडछ।



नुवाकोट अव अन्तराष्ट्रिय राजमार्गवाट जोडिदै छ।दुई विशाल छिमेकी देशको केन्द्रिय  भूगोलमा नुवाकोट पर्दछ। छिमिकी देश भारत र चिनको मध्य भागमा अवस्थित नुवाकोट रणनितीक हिसावले महत्वपुर्ण ठाउमा  छ। भारतले यहि रणनितीक महत्वलाई बुझेरै त्रिशूली जलबिधुत आयोजना 2020 तिरै निर्माण गरेको हो।चिन आफ्नो सिमानाको नजिकमा एउटा प्रदेसको राजधानीको खोजिमा छ। जहा उसले नेपाललाई छिमेकिको हिसावले सहयोग गर्न सकियोस। चिनले आजसम्म नजिकको सहरको रूपमा काठमाडौ उपत्यकामा मात्रै सहयोग गर्न सकिहेको छ, त्यो पनि मुस्किलले। हाम्रो प्रादेसिक राजधानी सहरहरू भारतिय सिमा नजिक स्थापना हुने तरखरमा छन। 4 नम्वर प्रदेशको राजधानी पोखरा वाहेक अन्य राजधानी दक्षिणी सिमा नजिकनै स्थापना हुदै छन। यदि तिन नम्वर प्रदेसको राजधानी पनि हेटौडा वा भरतपुरमा स्थापना गरियमा मुलुकको लागि र हामि तिन नम्वर प्रदेशका लागी दुर्भाग्य हुनेछ। तिन नम्वर प्रदेशको राजधानी छिमेकी दुई देशको मध्य भागमा अवस्थित हुनु रणनितीक हिसावले उचित देखिन्छ।



यदि नुवाकोट तिन नम्वर प्रदेशको राजधानी  वन्ने हो भने दुवै मित्रराष्टको सहयोग र सदभावले छोटो समयमानै नुवाकोट सम्पन्न र सवभन्दा विकसित राजधानी वन्नेछ। नुवाकोट लाई सहयोग गर्न चिन सरकारले पहल गरिसकेको स्थिती छ। भुकम्प वाट तहस नहस भएका नुवाकोट दरवार परिसरका सम्पुर्ण ऐतिहासिक दरवार तथा मठ मन्दिर र ऐतिहासिक शासकिय भवनहरू पुननिर्माण हुने  स्थितीमा छ। नुवाकोट तिन नम्वर प्रदेशको राजधानीको लागि हरहिसावले ideal स्थल हो।राजनेताहरूमा चेतना भया।





Wednesday, September 27, 2017

"बुद्ध नेपालमा जन्मिएका हुन् ।" यो नारा 73 भाषामा अनुवाद गरिएको छ । अब बिश्वले चिन्नेछ- नेपाल


बुद्धको जन्म नेपालमा भएको थियो ।
Boeddha is gebore in Nepal.
Buda u lind në Nepal.
ﻝﺎﺒﻴﻧ ﻲﻓ ﺍﺫﻮﺑ ﺪﻟﻭ .
Բուդդա ծնվել է Նեպալում.
Buddha Nepal anadan olub.
Buda zen Nepal jaio zen.
Буда нарадзіўся ў Непале.
বুদ্ধ নেপালে জন্মগ্রহণ করেন.
Buda je rođen u Nepalu.
Буда е роден в Непал.
Buda va néixer al Nepal.
Buddha natawo sa Nepal.
佛出生在尼泊尔。
佛出生在尼泊爾。
Buddha je rođen u Nepalu.
Buddha se narodil v Nepálu.
Buddha blev født i Nepal.
Boeddha werd geboren in Nepal.
Buddha was born in Nepal.
Budho naskiĝis en Nepalo.
Buddha sündis Nepal.
Buddha ay ipinanganak sa Nepal.
Buddha syntyi Nepalissa.
Bouddha est né au Népal.
Buda naceu no Nepal.
Buddha დაიბადა ნეპალის.
Buddha wurde in Nepal geboren.
Βούδας γεννήθηκε στο Νεπάλ.
બુદ્ધ નેપાળ થયો હતો.
Bouda te fèt nan Nepal.
לאפנב הדלונ ההדוב .
बुद्ध नेपाल में पैदा हुआ था.
Buddha yug nyob rau hauv Nepal.
Buddha született Nepálban.
Búdda fæddist í Nepal.
Buddha lahir di Nepal.
Rugadh Buddha i Neipeal.
Buddha nacque in Nepal.
ブッダはネパールで生まれました 。
Buddha miyos ing Nepal.
ಬುದ್ಧ ನೇಪಾಳ ಜನಿಸಿದರು.
ព្រះពុទ្ធបានកើត នៅក្នុងប្រទេសនេ ប៉ាល់។
부처님은 네팔에서 태어났다.
ພຣະພຸດທະເຈົ້າເກ ີດຢູ່ໃນອິນໂດເນ.
Buddha natus in Nepalia.
Buda dzimis Nepālā.
Buda gimė Nepale.
Буда бил роден во Непал.
Buddha dilahirkan di Nepal.
Buddha twieled fin-Nepal.
बुद्ध नेपाळ मध्ये त्यांचा जन्म झाला.
Buddha ble født i Nepal.
ﺪﺷ ﺪﻟﻮﺘﻣ ﻝﺎﭙﻧ ﺭﺩ ﺍﺩﻮﺑ .
Budda urodził się w Nepalu.
Buda nasceu no Nepal.
Buddha sa născut în Nepal.
Будда родился в Непале.
Буда је рођен у Непалу.
Budha sa narodil v Nepále.
Buddha se je rodil v Nepalu.
Buda en Nepal nació.
Buddha alizaliwa katika Nepal.
Buddha föddes i Nepal.
புத்தர் நேபால் பிறந்தார்.
బుద్ధ నేపాల్ లో జన్మించాడు.
พระพุทธเจ้าเกิด ในประเทศเนปาล
Buda Nepal doğdu.
Будда народився в Непалі.
ﮯﺋﻮﮨ ﺍﺪﯿﭘ ﮟﯿﻣ ﻝﺎﭙﯿﻧ ﮪﺪﺑ .
Ðức Phật ra đời tại Nepal.
Roedd Bwdha eni yn Nepal.
לַאּפענ ןיא ןריובעג זיא ַאדוב .


Tuesday, September 26, 2017

दशैको मुखमा कोरियामा दुइ दिनमा तीन नेपालीको मृत्यु




विकास श्रेष्ठ ,  देश विदेशमा रहेका नेपाली हिन्दूरुको महान् पर्व दशै मनाउने तयारीमा रहेको बेलामा दक्षिण कोरियामा रोजगारीमा आएका तीन नेपालीको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली ईपीएस मार्फत करिब ४ महिना अघि यहाँ आएका गुल्मी स्थायि घर भई बुटवलको नयाँगाउ बस्दै आएका कमल कार्कीले आत्महत्या गरेको भोलिपल्ट आज सुतेको अवस्थामा थप एक जना र औद्योगिक दुर्घटनामा अर्को एक गरी तीन जनाको मृत्यु भएको हो । 

ख्यङगिदोको हवासङस्थित छोआमको एक मोर्टरपार्टस बनाउने कम्पनीमा कार्यरत कार्की कम्पनीको छेउमा रहेको गोदामको फलामे बिमामा झुण्डिरहेको अवस्थामा फेला परेका थिए भने इछाेनसिको एक कम्पनीमा कार्यरत प्युठानका अर्जुनराम के.सी औद्योगिक दुर्घटनामा परी मृत्यु भएको दुतवासले जनाएको छ । कम्पनीमा कार्यरत एक सहकर्मीले भुलवश मेसिन चलाएपछि उक्त दुर्घटना हुन पुगेको बताइएको छ । 



त्यस्तै हिजो राति मध्यपान गरेर सुतेका गुल्मीकै एक युवा विहान मृत अवस्थामा भेटिएका छन् । मृतकको विस्तृत विवरण आउन भने बाँकि रहेको छ । मृतकको शव अहिले अस्पतालमा राखिएको दुतावासले जनाएको छ । 


रोजगारी अनुमति प्रणाली इपिएस मार्फत रोजगारीका लागि नेपाली आउने क्रम बढेसँगै आत्महत्या, कार्यस्थल दुर्घटना लगायत विभिन्न कारणले ज्यान गुमाउने नेपालीको संख्या वृद्धि भइरहेको छ । अन्य भन्दा आत्महत्या र सुतेको अवस्थामा ज्यान गुमाउनेको संख्या विकराल बनिरहेको छ । सन् दुइ हजार सत्र यता आत्महत्या गर्ने नेपालीको संख्या आठ पुगिसकेको छ भने सुतेको अवस्थामा मृत्यु हुनेको संख्या पनि उत्तिकै छ ।


कोरियामा कठिन काम लगायत विविध कारणले डिप्रेशनमा परेर आत्महत्या जस्तो बाटो रोज्ने क्रम बढेपनि न्यूनिकरण गर्न नेपाल सरकार र सरोकारवाला निकायले खासै सक्रियता देखाएको छैन् । यहाँस्थित नेपाली दुतावासले तनाब व्यावस्थापनका कार्यक्रम पनि विभिन्न स्थानमा बेला बेलामा गरेपनि प्रभावकारी बन्न सकेको छैन् । रेमिट्यान्सका कुरा गर्ने नेपाल सरकारले यस विषयमा गम्भिर भएर तत्काल कदम चाल्न अव ढिलाई भइसकेको छ ।

@HelloNepalKorea

Monday, September 25, 2017

कोरिया आएको ४ महिना नपुग्दै फेरी अर्का एक नेपाली द्वारा आत्महत्या



रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरिया आएको ४ महिना पनि नपुग्दै नेपालको स्थाई घर गुल्मी भई हाल बुटवलको नयांगाउं बस्दै आएका कमल कार्कीले आज विहान आत्माहत्या गरेको छ ।

ख्यङगिदोको हवासङ स्थित छोआमको एक मोर्टरपार्टस बनाउने कम्पनीमा कार्यरत कार्की कम्पनीको छेउमा रहेको गोदामको फलामे बिममा झुण्डी रहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई रिपोर्ट गरेकोकम्पनीमा संगै काम गर्नेसहकर्मी आर मगरले टेलिफोन मार्फत जानकारी दिनु भएकोछ ।

सहकर्मी मगरका अनुसार मृतक कार्की कोरिया आएको अन्दाजी ४ महिना पनि नभएको बताए । नेपालबाट आएर आनसानको एक कम्पनीमा काम गरेको रहेछ । त्यो कम्पनीमा काम गर्न गाह्रो भएर हाम्रो कम्पनीमा आएको अन्दाजी एक महिना जति मात्र हुदैछ । एलियन कार्ड पनि यहि कम्पनीमा आएर बनाएको सहकर्मी मगरले बताए ।

सो कम्पनीमा ११ जना नेपालीहरु कार्यरत थिए । विदेशी कामदारहरु कम्पनी देखि अन्दाजी १५० मिटरको दुरीमा रहेको कन्टेनरमा बनाएको होस्टेल ( खिसुक्सा) मा बस्ने गर्दथे । कोठामा मृतक कार्कीसंग संगै सुत्ने अर्को नेपालीले हिजो राती बाहिर संगै खाना खाएर कोठामा आएको थियौ । रातको २ बजे तीर कोठाबाट निस्केको थाहा पाएको थिए । शौचालय गएको होला भनेर त्यति वास्ता गरिन तर विहान सुति रहेको अवस्थामा कोरियनले आएर कार्कीले आत्माहत्या गरयो भनेको सुन्दा चकित र स्तव्ध भएको बताए।

काम सकिने वितिकै मोबाईल फोनमा व्यस्त रहने मृतक कार्कीको आत्माहत्या कम्पनीमा कामको प्रेसरले नभई पारिवारीक विषयका कारण हुन सक्ने अनुमान संगै काम गर्ने नेपालीहरु बताउछन ।


नेपाली युवाहरुको लागी वैदशीक रोजगारमा दक्षिण कोरिया अति लोकप्रिय भएसंगै आत्माहत्या गर्नेहरुको संख्यामा पनि अत्याधिक बृद्धि भई रहेको छ । यस विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण हुनु आवश्यक देखिन्छ ।

By नेपाली कोरिया ड्ट कम

Monday, September 18, 2017

म्यारिज खेलका नियमहरु, आउने दसैंमा जित्नु छ भने अवश्य पढ्नुहोस्


संघीय म्यारिज एेन, २०७४

“म्यारीज खेलको खेल प्रकृयाबारे थोरैलाई थाहा नभएर पनि समय समयमा विवाद आईराख्ने भएको कारण म्यारीज खेललाई व्यवस्थित र मर्यादित पार्नु वाञ्छनीय भएकोले पप्लुको विकसित रुपमा म्यारीजलाई स्थान दिई सबैको घर दैलोमा चाडवाडदेखि काजक्रियासम्म, मेलापात वा पढाईबाट निकालिएको फुर्सदको समयमा, रुद्री वा पुराण लगाएको घरमा वा जागीरे वा बेराेजगार सबैले रुची राखेको तथा नेपालकाे संविधान समेत जारी भएकाे दाेस्राे बर्ष तथा माननीयहरूकाे कार्यकाल सकिनु दुई महिना अघि एेनको तर्जुमा गरिएको छ ।

परिच्छेद–१

१. संक्षिप्त नाम र प्रारम्भ :

(क) याे ऐनको नाम “संघीय म्यारिज एेन, २०७४ ” रहेको छ ।
(ख) यो ऐन म्यारीज खेलाडीहरु र यस खेलप्रति रुची राख्ने दर्शक तथा अन्य खेलाडीहरुको हकमा मात्र लागू हुनेछ ।
(ग) याेे एेन २०७४ सालको बडादशैको घटस्थापनाका दिनदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस एेनमा :

(क) “तास” भन्नाले एक्का देखि वादशाह सम्मका चिडी, सूरत, ईट र पानका चार प्रकारका तास (चक्की) सम्झनु पर्दछ ।
(ख) “बुक” भन्नाले खण्ड (क)मा उल्लेखित थान ५२ को संख्या वा मिश्रित समूहलाई सम्झिनु पर्दछ ।
(ग) “म्यारीज बुक” भन्नाले खण्ड (क) अनुसारको ३ वा ४ बुक तास सम्झिनु पर्दछ।
(घ) “दाना तथा गेडा” भन्नाले तास खेल्दा पैसाको आदान प्रदान गर्न तथा विनिमय गर्न सहज होस् भनी पैसाको मूल्यमा सटही गरी राखिएको मकै, भटमास, सिमी, मटर, केराउ तथा अन्य सजिलो किसिमले गन्न सकिने गेडागुडी वा चिज वस्तुलाई सम्झिनु पर्दछ ।
(ङ) “खेलाडी” भन्नाले जित्ने नै मनसाय राखी दुई वा दुई भन्दा तर ८ जनामा नबढ्ने गरी स्वास्नी, छोरा–छोरीको आँखा छली तथा घरको वा कार्यालयको कामकाज माया मारी म्यारीजको खालमा घुँडा टेकेर चौबिसै घण्टा बिताउने सम्झनु पर्दछ ।
(च) “टट्टु तथा धुपौरे” भन्नाले घरको वा कार्यालयको कामकाज गर्नका दुःखले म्यारीजको खालमा गएर उँघ्ने वा लम्पसार परेर सुत्ने, हात टेकेर अर्काका तास हेरी यो फाल, त्यो फाल भन्ने, हात नटेक लोदर लाग्यो भन्दा हतपत पलेटी कस्ने, अरु खेलाडीले नबोल भन्दा ङिच्च दाँत देखाउँदै हाँस्ने वा निन्याउरो मुख लगाउने व्यक्तिलाई समेत सम्झनु पर्दछ ।
(छ) “म्यारीजको खाल” भन्नाले सम्भव भएसम्म सुकुल माथि शतरन्जा ओछ्याइएको अम्मलीहरुको अम्मल अनुसारको पानी, रक्सी, चुरोट, पान–पराग, खैनी, सुर्ती वा अन्य पान मसला वा यस्तै किसिमका अम्मल समेत जुटाईएको निर्धारित स्थानलाई सम्झनु पर्दछ ।
(ज) “मुर्गा” भन्नाले खेलको अवधिमा अधिक मात्रामा रुपैयाँ हार्ने हरुवा व्यक्तिलाई सम्झनु पर्दछ ।
(झ) “लाग्यो” भन्नाले साथमा भएको नगदी वा जिन्सी सम्पूर्ण सरसामानहरु हारी टाट पल्टी मुर्गा हुने व्यक्तिले तिर्न नसकी ङिच्च दाँत देखाउँदै दिएको जवाफ सम्झनु पर्दछ । सो शब्दले खल्तीमा (भित्री पकेटमा) पैसा भई भई बद्नियत– पूर्वक हारेको पैसा नतिर्ने नियतले कुनै पनि ढंगबाट दिएको जवाफ समेत सम्झनु पर्दछ ।
(ञ) “डबल म्यारीज” भन्नाले खण्ड (ञ) अनुसारका २ जोडा सम्झनु पर्दछ ।
(ट) “चौरेला” भन्नाले कुनै पनि रङ्गका एक अंकका ४ कार्डलाई सम्झनु पर्दछ ।
(ठ) “डब्बल चौरेला” भन्नाले दफा २ को खण्ड (ट) बमोजिमका जोडी सम्झनु पर्दछ।
(ड) “सिक्वेन्स” भन्नाले एकै रङ्गका क्रमिक ३ देखि ५ कार्ड सम्मको तासलाई सम्झनु पर्दछ ।
(ढ) “जोक्कर” भन्नाले कटुवाले माल काटेपछि पल्टेको मालको विभिन्न रङ्गको तासलाई सम्झनु पर्दछ ।
(ण) “माल” भन्नाले कटुवाले तास काटेपछि घोप्ट्याई वा उत्तानो पारी खेलाडीको बीचमा बुकले थिचेर राख्ने तास वा चक्कीलाई सम्झनु पर्दछ ।
(त) “ वाई सी एल” भन्नाले मूल जोक्करलाई सम्झनु पर्दछ ।
(थ) “कटुवा” भन्नाले ३ सिक्वेन्स पुगेपछि भुँईमा सबै खेलाडीहरुले देख्ने गरी भुँईमा पछाडी जोक्कर वा माल काट्ने व्यक्तिलाई सम्झनु पर्दछ । तर पहिलै जोक्कर पल्टाउने खेलमा तास बडुँवाले भन्दा देब्रेपट्टि बसी माल काट्ने व्यक्तिलाई समेत जनाउँदछ ।
(द) “सुको मरु झा” भन्नाले कटुवाले माल काटेपछि जोकर समेत नपरेको अवस्थालाई सम्झनु पर्दछ ।
(ध) “अल्टर” भन्नाले कटुवाले काटेको मालको अल्टर (ठीक विपरित) रङ्ग र अंकको तासलाई सम्झनु पर्दछ ।
(न) “बाटो खर्च” भन्नाले खेलको पिरियडमा अधिक मात्रामा हारी टाट पल्टी १ कि.मि.भन्दा टाढाको गन्तव्यमा पुग्ने पर्ने मुर्गा भएमा उक्त मुर्गालाई जितुवा मध्ये जेष्ठ जितुवाले भाडा बापत अप्ठ्यारो नमानी दिने खर्चलाई सम्झनु पर्दछ ।
(प) “बडुवाल” भन्नाले शर्त बमोजिम सर्वप्रथम वा सो पश्चात् एक अर्कालाई तास बाँड्ने भान्सेलाई सम्झनु पर्दछ ।
(फ) “कटफर” भन्नाले ४ जना सम्म खेलाडी भए प्रत्येक २ राउण्डमा र सो भन्दा माथि खेलाडीहरु भए प्रत्येक राउण्डमा बुकबाट ठुलो तास पल्टाउने खेलाडीले रोजेको स्थानमा बस्न पाउने गरी स्थान सट्टापट्टा गर्ने कार्यलाई सम्झनु पर्दछ
(ब) “१३ प्वाईन्ट” भन्नाले अघिल्लो दिनको ह्याङ्ग वा धङ्गधङ्गीले हो वा अन्य कुनैपनि भूलवश खेलाडीले नियम बमोजिम सो नगरी अन्यथा सो गरे बापत तिराईने जरिवानालाई सम्झनु पर्दछ ।
(भ) “डुप्ली” भन्नाले एकै रङ्गका एकै अंक भएका जोडी तासलाई सम्झनु पर्दछ ।
(म) “डुप्ली शो” भन्नाले ७ डुप्ली बनाएर लेस भएपछि ८ डुप्ली बनाई गरिने शो लाई सम्झनु पर्दछ ।
(य) “बेटर” भन्नाले शुरु तास बाँडेपछि १० वा सो भन्दा माथिको माल परेपछि वा मालै नपरेपछि खेलिने दोब्बरको खेललाई सम्झनु पर्दछ ।
(र) “खाल” भन्नाले संसारैमा कुनै केही पेशा, नोकरी गर्न नसकेपछि वा नपाएपछि स्वास्नी, छोराछोरी पाल्नै पर्ने बाध्यताले वा सानोतिनो केही पेशा वा रोजगारी भएतापनि बढी सम्पत्ति आर्ज गर्ने मनसायले आफ्नै घरमा खाल स्थापना गरी बसेको हुतिहारा वा नामर्द व्यक्तिलाई सम्झनु पर्दछ ।
(ल) “पुरानो कोदो” भन्नाले खेलाडीले पहिल्यै खेलेको म्यारीजको उठ्न बाँकी रकमलाई सम्झनु पर्दछ ।
(व) “डिपोजिट” भन्नाले खेलाडीहरुको आपसी विश्वासमा रकम तिर्ने विषयमा संकट भएको अवस्थामा खेलाडीहरुको सहमतिमा राखेको डिपोजिट रकमलाई सम्झनु पर्दछ ।
(श) “एक छाक खाएर जा” भन्नाले आफ्नो तान्ने पालामा चाहिएको तास नआइ अन्य नमिल्ने तास आउँदा पनि राखि फाल्दा चाही हातमै भएको तास फाल्ने अवस्थामा प्रयोग गरिने थेगोलाइ सम्झनु पर्दछ ।


XL


परिच्छेद–२

३. यस ऐनमा निम्न बमोजिम नियमको व्यवस्था गरिएको छ :-

(१) खेलाडीको संख्या :– यो खेल २ जना देखि ८ जना सम्ममा नबढ्ने गरी खेल्न सकिनेछ । यसरी २ देखि ८ जना सम्मले खेल्ने हुँदा शर्त बमोजिम घोप्टो वा उत्तानो पारी खेल्न सक्नेछन् ।
(२) माल गणना विधि :– यस खेलमा निम्न बमोजिम माल गणना हुनेछ ।

(क) कटुवाले काटेको रङ र अंकको मुनीको टिप्लु र पप्लु २/२ को माल हुनेछ ।
(ख) खण्ड (क) मा उल्लेखित दुवै तास भने ४ को माल हुनेछ ।
(ग) १ टनेला ५ को, २ टनेला १५ को र ३ टनेला परेमा स्वतः ४० को माल हुने छ।
(घ) १ अल्टर ५ को, २ अल्टर १५ को र ३ अल्टर २५ को र ४ अल्टरको ३०, जोक्करको ५ को २ जोक्करको १५, ३ जोक्करको २५, ४ जोक्करको ३० को माल हुनेछ।
(ङ) पल्टेको तासको पप्लु वा टिप्लु तथा पप्लु दुवै भएमा ९ को माल र म्यारिज १० को माल हुनेछ ।
(च) उल्लेखित माल बाहेक खेलाडीहरुले शर्त बमोजिम अन्य जोक्करलाई माल थप गरी खेल खेल्न सक्नेछन् ।

(३) डुप्ली खेल सम्बन्धी व्यवस्था :– यस खेलमा डुप्ली खेल्दा हातमा ७ डुप्ली भएपछि भूँईमा देखाई लेसमा बस्न सकिनेछ र ८ डुप्ली भएमा सो गर्न सकिनेछ । तर उत्तानो पारी खेलिएको खेलमा डुप्ली भुँईमा पछार्नु पर्ने छैन । यस बापत ५ प्वाईन्ट सलामी खान पाईने छ तर ७ डुप्ली हुँदा सम्म हातैमा राखेमा गणना हुँदा कायम भएको प्वाईन्ट तिर्नु पर्ने छैन ।

(४) टनेला तथा डुप्लीमा हुने शो सम्बन्धी विशेष व्यवस्था :– यस खेलमा ३ टनेला शुरुमा परेमा वा ८ डुप्ली हातमा परेमा स्वतः शो हुनेछ ।

(५) बेटर खेल खेलिने व्यवस्था :– यस खेलमा १० को माल भन्दा माथि परे पछि वा माल पर्दै नपरेको अवस्थामा खेलाडीहरुको आपसी सहमतीमा बेटर गेम खेल्न सकिने छ ।

(६) जोक्करलाई माल मानी खेल्न सकिने :– यस खेलमा माल बाहेक खेलाडीहरुको सहमति अनुसार बाहिरको जोक्कर १ वा २ वा ३ वा ४ राखेर अल्टरको गणनामा पनि खेल्न सक्नेछन् ।

(७) लागो भन्न नपाईने :– खेल खेल्दै जाँदा खेलाडीले हारी टाट पल्टी मुर्गा भएपछि लागो भन्न पाइने छैन । यस्तो खेलाडीले डिपोजिटमा धक्का लाग्ने बित्तिकै जुरुक्क उठ्नु पर्नेछ ।

(८) खालमा हराएको वस्तुको जवाफदेही स्वयं खेलाडी नै हुनु पर्ने :– यस खेलमा खेलाडीहरु हारी टाट पल्टी जो सुकैको पनि जुत्ता, रिङ्ग, चेन, घडी, ज्याकेट तथा अन्य नगी तथा जिन्सी सरसामानहरु जमानतमा राखेको वा हराएकोमा सो को जावफदेही खाले नभै स्वयं खेलाडीहरु नै हुनु पर्नेछ ।

(९) पुरानो कोदो नयाँ खेलमा हिसाब गर्न नहुने :– यदि कुनै खेलाडी मुर्गा हुन लागे पछि अस्ति खेल्दाको भनी पुरानो कोदाको कुरा निकाली नयाँ खेलमा हिसाब गर्न पाईने छैन । यस्तो उठती रकम उत्तिनै खेरी खालमै उठाउनु पर्नेछ वा वा माफ मिनाहा गरी अन्यत्रको खेलमा हिसाब नगर्ने घोषणा गरी उठ्नु पर्नेछ ।

(१०) खेल खेलिरहेको समयमा कोही लिन आएमा तुरुन्त उठ्नु पर्ने :– खेल भईरहेको समयमा कुनै पनि खेलाडीको स्वास्नी वा छोरा छोरी वा अन्य नातेदार आई उठ्नोस भनेमा खेलाडीले तुरुन्त आफ्नो हरहिसाब किताब फर्छयौट् नगरी उठ्नु पर्नेछ

(११) जितुवालाई जितौरी बाँड्न बाध्य नपारिने :– खेलको अन्त्य भएपछि जित्ने खेलाडीलाई जितौरी बाँड्न बाध्य पारिने छैन, जितुवाले आफ्नो स्वेच्छाले दिएको जितौरीलाई दर्शक दिर्घाले आफ्नो खूद आम्दानी सम्झी ग्रहण गर्नु पर्नेछ । तर तैंले यति उति कत्ति दिनु पर्नेछ भनी दबाब दिन पाईने छैन ।

(१२) बाटो खर्च दिईने :– खेलको समयमा अधिक मात्रामा हारी टाट पल्टी हार्ने मुर्गालाई जित्ने खेलाडीहरु मध्येबाट १ कि.मि.भन्दा पर सम्मको गन्तव्यमा जानु पर्ने भएमा बाटो खर्च दिन सकिनेछ । तर जितुवाले आनेकाने गरी जुत्ता टिपी भाग्न खोजेमा यसै महलको दण्ड सजायको महलमा व्यवस्था भए बमोजिम कारवाही गरिनेछ ।

(१३) म्यारीज खेल तथा खालमा निषिद्ध कार्यहरु :–
(क) गलत शो गर्न नहुने ।
(ख) खेलाडी तथा दर्शक दिर्घाहरु बिच मुख छाड्न तथा हात हाल्न नहुने ।
(ग) खालेको स्वास्नी, छोरी, चेलीहरु माथि गिद्धे दृष्टि लगाउन नहुने ।
(घ) धारिलो हतियार लिएर आउन निषेध ।
(ङ) ईशारा वा कुनै माध्यमबाट अन्य खेलाडीलाई मालको बारेमा जानकारी दिन नहुने ।
(च) वाई.सि.एल.काटेमा काट्ने व्यक्तिले ५ प्वाईन्ट स्वतः पाउने छ । पुनः काट्दा पुनः परेमा १० प्वाईन्ट स्वतः पाउने छ ।


परिच्छेद–३

४. यस खेलमा निम्न बमोजिमको दण्ड सजायको व्यवस्था गरिएको छ :-

(१) (क) १३ प्वाईन्ट पर्ने :– यस खेलमा कुनैपनि खेलाडीले आफ्नो व्यक्तिगत लाभ लिने उद्देश्यले वा अन्य कुनै दूषित मनसायले वा भूलवस खेलाडीहरुको आँखा छली माल थप्ने, फेरबदल गर्ने, ७ देखि माथि वा मुनीको तास÷चक्की राखी सो गर्ने आदि गलत तथा निषिद्ध कार्य गरेको ठहरेमा, फेला परेमा त्यस्तो खेलाडीलाई १ पल्टको लागि १३ प्वाईन्ट जरिवाना तिराई तास हाप्न लगाईनेछ । अन्यथा दफा ४ (ग) बमोजिम कारवाही गरिनेछ ।

(ख) खेल भईरहेको अवस्थामा कटुवाले माल काटे पश्चात् माल वा जोक्कर परेन भनी कुइकुई गरि म्यारीजको बुक चलाउने, था…..था……..थु…….थु…….गर्ने तथा तासै हुत्याउने सम्म जस्तो अपराध गरेमा त्यस्तो खेलाडीलाई १३ प्वाईन्ट तिराई तुरुन्त खालेले खेलबाट बर्खास्त गरी अर्को खेलाडी नियुक्त गर्न सक्नेछ ।

(२) खालमा मुख छाड्ने तथा गाली गलौज, बेईज्जती गर्न नहुने :– यस ऐनमा कुनैपनि खेलाडीले एक अर्का बिचमा व्यक्तिगत मनमुटाव गर्ने तथा खेलको प्रसङ्गमा अनावश्यक वाद विवाद, किचलो सृजना गी खेलेमा अवरोध ल्याउने÷गराउने तथा नाकमा मुखमा मुक्का बजाउने सम्मको जघन्य अपराध गरेमा त्यस्तो खेलाडीलाई तुरुन्तै भविष्यमा अयोग्य नठहरिने गरी निष्काशन गरिनेछ र सो खालको लागि स्वतः अयोग्य हुनेछ । निजको पुनरावेदन कहीं लाग्ने छैन ।

(३) धारिलो हतियार लिएर आउन निषेध :– कुनैपनि खेलाडी तथा टट्टु वा धुपौरेले खेल भएको समयमा धारिलो हातहतियार लिएर आई, देखाई वा आतङ्कित पारी लिई आएको धारिलो हतियार प्रहार गरी खालमा रहेका कुनै पनि व्यक्तिलाई घाइते बनाएमा ३५ दिन भित्र निको नहुने चोट लागेको अवस्थामा कानून बमोजिम कारवाहीको लागि नजिकको प्रहरी कार्यालयमा बुझाईदिनु पर्नेछ तर ३५ दिन भित्र निको हुने प्रकृतिको चोट भएमा प्रहारकर्ताले घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्नु पर्नेछ ।

(४) आफन्त लिन आएमा जुरुक्क उठ्नु पर्ने :– खेल भईरहेको समयमा कुनैपनि खेलाडीको स्वास्नी वा छोराछोरी वा अन्य नातेदार आई “उठ्नोस्” भनेमा खेलाडीले तुरुन्त आफ्नो हर हिसाबकिताब मिलान गरी खालबाट जुरुक्क उठ्नु पर्नेछ । तर “एकै हात, एकै हात” भनी खेललाई लम्ब्याई लिन आएको व्यक्ति आवेशमा आई तास च्यात्ने वा हुर्याई दिई म्यारीज खेलको गरिमामै आँच पु¥याउने जस्तो जघन्य अपराध गरेमा त्यस्तो खेलाडीलाई तासको मूल्य सहित १० प्रतिशत रकम जरिवाना स्वरुप असूल उपर गराइनेछ । यस्तो सजायबाट असूल उपर हुन आएको रकम मध्ये ५ प्रतिशत रकम म्यारीज खेल वरिपरि झुम्मिएर होस् वा उंघी उंघी भए पनि खेल सफल बनाउन लागि परेका टट्टु वा धुपौरेहरुलाई चिया नास्ता शिर्षकमा तुरुन्त खर्च गर्नु पर्नेछ ।

(५) जिस्क्याउन वा गिज्याउन नहुने :– यदि कुनै खेलाडीले वा हेर्न, उंघ्न, लम्पसार परेर सुत्न वा सिक्न अथवा मान्छे बोलाउन आउने व्यक्तिले खालेको स्वास्नी वा छोरी, चेली माथि कुदृष्टि राखी जिस्क्याउन वा गिज्याउने, आँखा झिम्क्याउने, हात समाउने, गालामा म्वाई खाईदिने वा अन्य यहाँ लेख्न नमिल्ने जस्तो जघन्य अपराध गरेमा त्यस्ता बिल्टुवालाई खालेले उत्निखेरै खालबाट बाहिर निकाली नाङ्गेझार पारी सिस्नु पानी लगाउन सक्नेछ । सो कार्य गर्ने बिल्टुवा अन्य कानूनी कार्वाहीबाट समेत मुक्त हुने छैन ।

(६) जितुवा खेलाडी भाग्न नहुने :– जितुवा खेलाडी आफन्तहरु लिन आएको अवस्थामा बाहेक घटीमा १० राउण्ड खेल नखेली भाग्न पाउने छैन । त्यस्ता जितुवा खेलाडी खेल छाडी नगएको अवस्थामा खेलको अन्तमा जितौरी नबाँडी दूषित मनसायले खालबाट भाग्न वा बाहिरिन खोजेमा त्यस्तो खेलाडीलाई खेलमा खालेले कठालो समाई जितेको सबै पैसा थुती बाहिर पठाईनेछ । यस्तो कार्यमा उपस्थित अन्य खेलाडी तथा टट्टु वा धुपौरेले समेत मद्दत गर्नुपर्नेछ ।

(७) मादक पदार्थ सेवन गरेका खेलाडीलाई मुर्गा बनाउन नपाईने :– कुनैपनि खाले वा खेलाडीहरुले कुनै पनि नशामा भएको खेलाडीलाई विभिन्न प्रलोभन देखाई वा ललाई फकाई खेलमा बसाई साथमा रहेको नगद वा जिन्सी सम्पूर्ण सर–सामानहरु जितेर लिने खेलाडी वा खालेलाई बढीमा ३ वर्षको लागि निलम्वनमा राखी खालस्थापना गर्न नदिने वा खेलाडीहरुको हकमा उल्लेखित अवधि सम्मको लागि खेलमा सहभागी हुन वञ्चित गरिनेछ ।

परिच्छेद–४

(१). अन्य नियम, विनियममा असर नपर्ने :– यस एेनमा उल्लेख भएको नियमहरुले क्षेत्रगत रुपमा बनेका, चलनचल्तीमा रहेका नियम, विनियमलाई कुनैपनि प्रकारले असर गर्ने छैन ।
(२). लागू हुने :– यो एेन केवल म्यारीज प्रेमी खेलाडीहरु वा यो संग सम्बन्ध राख्ने जो कोही व्यक्तिलाई मात्र लागू हुनेछ ।
(३). संयोग हुने :– यो एेनमा व्यवस्था भएका कुराहरु अन्य एेन, नियम, विनियमसंग मेल खान आएमा केवल संयोग मात्र हुने छ ।
(४). अमान्य हुने :– यस ऐनमा बाझिएका कुनैपनि कुराहरु बाझिएको हदसम्म अमान्य हुने छन् ।
(५). बाधा अड्काउ फुकाउने :– यस ऐनमा व्यवस्था भएका कुराहरु बाहेक अन्य परिस्थिति सृजना भई खेलमा अवरोध आएमा खेलाडीहरुको आपसी समझदारीबाट बाधा अड्काउ फुकाउन कुनै बाधा पर्ने छैन ।
(६) संशोधन :– यस एेनमा संशोधन एवं सुझाव दिन चाहनेले नेपाल म्यारीज संघ, केन्द्रीय कार्यालयमा, लिखित राय सुझाव दिन सक्ने छन् ।
(७) खारेजी र बचाउ :– पप्लु नियमावली २०२८ र कलब्रेक नियमावली २००७ यस एेनमा विलीन भएको र अर्को कुनै नयाँ खेलको शुरुवात नहुँदासम्म यो एेनको बचाउ गरिरहनु पर्नेछ ।



फेसबुकबाट साभार 

कोरिया जाने कामदारको रकम जम्मा गर्नु पर्ने बैंक परिवर्तन

रोजगारीका लागि इपिएस प्रणलीबाट कोरिया जाने कामदारले रोजगार आवेदन फारम र इपिएस व्यवस्थापन खर्च वापतको रकम जम्मा गर्नु पर्ने बैंक परिवर्तन भएको छ ।
रोजगार आवेदन फारम र इपिएस व्यवस्थापन खर्च वापतको रकम असोज १ गतेबाट एनआईसी एसिया बैंकमा जम्मा गर्नु पर्ने इपिएस कोरिया शाखाले जनाएको छ । यसअघि माछापुच्छे बैंकमा जम्मा गरिँदै आएको थियो ।
इपिएस कोरिया शाखाको एनआइसी एसिया बैंकको खाता नम्बर २६४१४९९४०७५२४००१ मा रोजगार आवेदन वापतको ५ डलर झण्डै पाँच सय १३ रुयैयाँ र इपिएस व्यवस्थापन खर्च वापतको ४६ दशमलव २० डलर अर्थात झण्डै चार हजार सात सय ४० रुयैयाँ जम्मा गर्नुपर्ने छ ।

Thursday, September 14, 2017

नेपाल आइडलमा यस पटक एउटा जिमेल आइडी बाट १ दिनमा ५० वटा भोट गर्न सकिने


यस पटक एउटा जिमेल आइडी बाट १ दिनमा ५० वटा भोट गर्न सकिन्छ, त्यहि आइडी बाट अर्को दिन फेरी ५० भोट गर्न सकिन्छ, अर्थात् एउटा जिमेल आइडी बाट ७ दिनमा (५० x ७ = ३५०) भोट गर्न सकिने भयो !
त्यसैले धेरै भन्दा धेरै जिमेल आइडी बनाऔ अनि सक्दो भोट गरौ !

नेपाल आइडलको ग्रयाण्ड फिनालेको भोटिंग समय

भोटिंग खुल्ला : १४ सेप्टेम्बर बिहिबार राति ८:४५ देखि २२ सेप्टेम्बर शुक्रबार बेलुकी ५:०० बजे सम्म भोट गर्न सकिन्छ !
भोटिंग गर्ने तरिका
नेपाल बाट भोट गर्नको लागि आफ्नो मोबाइलको मेसेज बक्समा गइ 
आफुलाइ मन पर्ने प्रतियोगीको कोड नम्बर Type गरि 35225 मा पठाउनुहोस् ।



प्रतियोगीको कोड नम्बर :

बुद्ध लामा को लागि - 03
प्रताप दास को लागि - 10
निशान  भट्टराई को लागि  - 07

नोट: यस पटक नेपाल बाट पनि nepal idol app बाट भोट गर्न सकिन्छ ! नेपाल बाहिरबाट भोट गर्नको लागि "nepal idol " app डाउनलोड गरि भोट गर्न सकिन्छ !


For all our international users, you can now vote 50 times from a single email. The same login credential will be valid for 24 hours. Voting will be closed for 30 minutes each day (12:00 PM NST to 12:30 PM NST).Your previous login credentials will be validated again for next 24 hours.
(Update your Nepal Idol App on Google Playstore and Download "Nepal Idol Finale" App on Appstore.

  - Nepal Idol

एउटा आत्मघाती गेम , जो गेम खेल्नेले जरुर सुसाईड गर्छ ।


एउटा मोबाइलमा खेलिने गेम बारे अत्यन्तै आवस्यक  जानकारी
ब्लु ह्वेल,
एउटा आत्मघाती गेम ।
जीवनघाती मोबाईल गेम ।
जो गेम खेल्नेले जरुर सुसाईड गर्छ ।

……….....................................
यो एउटा गेम जो मोबाईल ल्याप्टप मार्फत खेलिन्छ । यसको प्रकृति सामान्य Mobile app जस्तै हुन्छ तर यो गेम खेलेका मान्छे सुसाईड गर्न बाध्य हुन्छन्, हाल भारतकोको बङ्गालमा पनि यो घटना घटेको छ ।


कसरी सुसाईड गर्छन त मान्छे ?
लाग्छ जिन्दगी बाहेक केही छैन मूल्य कमसेकम स्वयंको लागि । कोहि जानेर खेल्छ्न् कोहि नजानेरै । म psychology strong छु, म आत्महत्या गर्नै सक्दिन भनेर खेल्न सुरु गरेका मध्य पनि १३० भन्दा बढिको मृत्यु भईसकेको छ । गेममा यस्ता च्यालेन्ज हुन्छन् कि जो तपाईले पूरा नगरुन्जेल तपाईलाई छटपटी भईरहन्छ । र गेमको अन्तिम अर्थात ५० लेबलको च्यालेन्ज हो आत्महत्या ।
त्यो गेम खेलुन्जेल मान्छे दुनिया भुलेर यति कमजोर हुन्छ कि उस्लाई पुनः आफ्नो दुनियामा फर्किन गाह्रो हुन्छ ।
यो गेम रसियाका फिलिप्प बुडिकिन Filipp Budeykin ले २०१३ मा बनाएका थिए । लगत्तै उनी पक्राउ पनि परे, उनले भनेका थिए, जस्लाई यो समाजमा बाच्ने अधिकार छैन, जो मूल्यहिन छ, उनिहरुका लागि बनाईएको हो ।
जेल जाने बेला पनि भनेका थिए, "मैले समाज साफ गर्दै छु ।"



गेम बारे केही जानकारी 
गेम ५० लेबल सम्मको हुन्छ । शुरुका केही च्यालेन्जहरु अलिकती सहज लाग्छ अनि क्रस गर्दै जानुहुन्छ । शरिरलाई हानि पुर्याउने पहिलो लेबल ५ देखि माथी जस्मा तपाईलाई हातमा ब्लेडले वा कुनै धारिलो चिजले माछा बनाउनु पर्नेछ । तपाईं त्यो गेम प्रती यति उत्सुक बन्नुहुन्छ कि गेमको अर्को लेबलको प्रतिक्षाका अघि तपाईं आफ्नो हातमा  चोट पुर्याउन सहज देख्नुहुन्छ । अनि हात काटेर proofs नपठाए सम्म level complete पनि हुदैन । त्यो गेम खेलाउने Admin हुन्छन्, गेम खेलिरहेको मोबाईल बाट Admin ले सबै Data transfer गरिसकेको हुन्छ । लोकेसन, फेसबूक, whatapp, यतिसम्म कि मोबाईलमा जोडिएका रिलेटिभ समेत ।

च्यालेन्जहरु यस्ता छन् ।


हातमा ब्लेडले माछको चित्र बनाउनुस् ।
४:२० am मा छतमा गएर फोटो पठाउनुस् ।
रातमा फलानो हर्रर मुभी एक्लै हेर्नुस् ।
घनिष्ट मित्रलाई "म तलाई घृणा गर्छु" भन्नुहोस् ।
हामिले अडियो पठाएका छौ, ध्यान दिएर सुन्नुहोस् । (जस्मा ३० सेकेन्डको ह्वेलको अजिब श्वास साउन्ड हुन्छ)
यस्तै यस्तै ।
हरेक दिन नया टेक्निक लगाएर Admin ले समाजबाट एक्लो महसुस गराउछ, तर हरेक लेबलमा ४:२० am मा उठ्मे क्रम दोहोर्याउछ ।
(बाईबल अनुसार यो समय पापको बलि चढाईने समय हो)

हाम्रा हरेक क्रियाकलापको spy उस्ले Mobile Frequency द्वारा गरिरहेको हुन्छ । Level Complete नगरे विभिन्न धम्की आउने गर्छ, यो कुरा गेम खेल्नेले पत्याउदैन । Game Quit पनि हुँदैन । गेम खेल्नेले मोबाईल सिधै अफ गरेर अन गर्छ । अन्जान नम्बर बाट फोन आउँछ । अनि Whatsapp मा गेम खेल्नेका सबै Detail & Location समेत Admin ले पठाउछ अनि पारिवारिक वाधा पुर्याईने धम्की आउँछ ।

अहो । एउटा डर, अर्को खुलदुली र अर्को लेबलको उग्र प्रतीक्षा !!
      मान्छेलाई बस्नै दिदैन शान्तिले, अनि लेबल क्रस गर्दै जान्छ । depression ले गर्दा परिवार देखि टाढा हुन्छ, कसै संग बोल्दैन, कुरा खोल्नै सक्दैन । लगातार ऊ फस्दै जान्छ । र अन्त्यको पचासौ लेबल को अन्तिम बिकल्प आत्महत्या हुन्छ । शुरुदेखि का लेबलले मान्छेलाई यति सम्म Negative Motivation गरिदिन्छ कि लास्टमा उस्लाई लाग्छ, 'ह्या जाबो आत्महत्या गर्न पनि नसक्नु' ,  अनि आत्महत्या गर्छ  अन्त्यमा ।




प्रिय पाठक, यो गेम Invite गर्नेलाई सजायको ब्यबस्था भईसकेको छ । यो गेम कुनै play store, vidmate, app store, कहिँ पनि मिल्दैन । संजालबाट ब्लक गरिएको छ । यद्यपि यो अझै जिवित छ । गेम आएको केही दिनमै बन्द गरिएको भए पनि Invite गर्दै Link पठाउनेले यस्लाई चर्चामा ल्याए । यस्को Game Rating घटाउन यसै नामका विभिन्न गेम निकालेर मान्छेलाई अन्यत्र आकर्षित गर्ने कोशिस गरेका छन् ।

तपाईलाई कुनै म्यासेज बाट, कुनै पेज ग्रुप बाट ब्लु ह्वेल (Blue whale) नामको गेमको Invite आएमा Ignore गर्नुहोला । नसम्झिनुहोला कि म मानसिक रुपमा बलियो छु, अथवा कसैलाई साथमा राखेर खेल्छु, वा कुनै पनि उपाय अपनाउने कोशिस नगर्नुहोला, किनकी बिकशित राष्ट्रका मानसिक अस्पतालका डाक्टर पनि यो गेमको सिकार भएर ट्रेनको लिगमा सुतेर आत्महत्या गरेका थिए ।

Wednesday, September 13, 2017

The Human Brain


The brain is the most complex organ in the human body. It produces our every thought,action, memory,feeling and experience of the world. This jelly-like mass of tissue, weighing around 1.4 kilograms,contains a staggering one hundred billion nerve cells, or neurons. Each neuron can make contact with tens of thousands of others, via tiny structures called synapses. Our brains from a million new connections for every second of our lives. The pattern and strength of the connections is constantly changing & no two brains are alike. It is in these changing connections that memories are stored, habits learned and personalities shaped,by reinforcing certain patterns of brain activity, and losing others.



While people often speak of their 'grey matter' , the brain also contains white matter. The grey matter is the cell bodies of the neurons, while the white matter is the branching network of thread-like tendrils-called dendrites and axons-that spread out from the cell bodies to connect to other neurons. The brain also has another,more numerous type of cell, called glial cells. These out number neurons ten times over. Once thought to be support cells,they are now know to amplify neutral signals and to be as important as neurons in mental calculations. There are many different types of neuron,only one of which is unique to humans and the other great apes,the so-called spindle cells.




Brain structure is formed partially by genes,but largely by experience. Only relatively recently it was discovered that new brain cells are being born throughout our lives-a process called neurogenesis. The brain has bursts of growth and then periods of consolidation, when excess connections are pruned. The most notable bursts are in the first two or three years of life, during puberty, and also a final burst in young adulthood. How a brain ages also depends on genes and lifestyle too. Exercising the brain and giving it the right diet can be just as important as it is for the rest of the body.


The neurons in our brains communicate in a variety of ways. Signals pass between them by the release and capture of neurotransmitter and neuromodulator chemicals. Some neurochemicals work in the synapse,passing specific messages from release sites to collection sites, called receptors. Others also spread their influence more widely, like a radio signal, making whole brain regions more or less sensitive.


Monday, September 11, 2017

"कहिले अरुसँग आफूलाई तुलना गर्नु हुदैन" - कथा


जंगलमा एउटा काग बस्दथ्यो । ऊ निकै खुसी थियो । यत्तिकैमा एकदिन उसले एउटा सेतो हाँस देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो, ‘यो हाँस कति सेतो छ, तर म यस्तो कालो । यो त संसारकै सबैभन्दा खुसी र सुन्दर चरा होला ।’ उसले हाँसलाई भेटेर यो कुरा सुनायो ।
कागको कुरा सुनिसकेपछि हाँसले भन्यो, ‘जबसम्म दुई रंगवाला सुगा देखेको थिइन, त्यति बेलासम्म त मलाई पनि म नै संसारको सबैभन्दा खुसी र सुन्दर छु, जस्तो लाग्दथ्यो । तर अहिले मलाई लाग्छ, त्यही सुगा संसारकै सबैभन्दा खुसी सुन्दर चरा हो ।’

त्यसपछि कागले सुगालाई पनि भेट्ने निश्चय गर्‍यो ।
सुगाको नजिक गएर उसले भन्यो,
‘तिमी त कति खुसी होलाउ है ! सायद संसारकै सबैभन्दा सुन्दर र खुसी रहने पन्छी ।’
त्यसपछि सुगाले भन्यो, ‘मयूरलाई देख्नुअघि त म पनि यस्तै सोच्दथेँ । हरेक दिन खुसीसाथ बित्दथ्यो र सुखी पनि थिएँ । तर जब मयूरलाई देखेँ, त्यसपछि लाग्यो, ‘जाबो दुईवटा रंग भएको म त के सुन्दर ! सुन्दर त त्यो मयूर हो, जससँग दर्जनौँ रंगहरु छ । कति खुसी होला मयूर !’


सुगाको कुरा सुनिसकेपछि कागले मयूरलाई पनि भेट्न चाह्यो । मयूरलाई भेट्ने उद्देश्यले ऊ नजिकैको चिडियाघरमा पुग्यो । मयूरलाई हेर्न त्यहाँ सयौँ मानिसहरु झुम्मिएका थिए । देख्दा पनि निकै सुन्दर थियो त्यो मयूर । कागले एकछिन चुपचाप बसेर सबै गतिविधि नियाल्यो ।
मानिसहरु गइसकेपछि ऊ मयूरको नजिक गयो ।
अनि भन्यो, ‘तिमी त कति सुन्दर छौ । यति धेरै रंग तिम्रो शरीरमा छ । तिमीलाई देख्ने जो कोही पनि मोहित् हुन्छन् । कति खुसी छौ होला है ?’
मयूर बोल्यो, ‘मलाई हमेशा लाग्थ्यो म नै संसारको सबैभन्दा खुसी र सुन्दर पन्छी हुँ । तर पछि महसुस भयो, मेरो यही सुन्दरताको कारण नै चिडियाघरमा थुनिएको छु ।

मैले यो चिडियाघरलाई निकै ध्यानपूर्वक नियालेँ । म जस्तै अन्य धेरै सुन्दर पन्छीहरु यहाँ थुनिएका रहेछन् । तर कौवालाई कतै देखिन । माथितिर हेरेँ कौवाहरु आफ्नै संसारमा मस्त थिए । जता मन लाथ्यो त्यतै पुग्थे, जे मन लाग्यो त्यही खान्थे ! त्यसपछि आजभोलि मेरो दिमागमा एउटा कुरा घुमिरहन्छ, ‘यदि म पनि कौवा भएर जन्मिएको थिएँ भने कति खुसी हुन्थेँ होला !’

मयूरको कुरा सुनिसकेपछि कौवाले निश्चय गर्‍यो, ‘म नै सबैभन्दा खुसी रहने प्राणी हुँ ।’
त्यसपछि खुसी हुँदै फर्किएको कौवाले कहिले अरुसँग आफूलाई तुलना गरेन ।
अनि पहिलेजस्तै सुखसाथ बस्न थाल्यो ।

Moral :  कहिले अरुसँग आफूलाई तुलना गर्नु हुदैन

Saturday, September 9, 2017

के तपाईंलाइ सफल बन्ने रहर छ ?



KB Paudel
Sep 9 2017

जबसम्म घरमा राखिएको बिजलाइ बारिसम्म लगेर माटोमा मल सहित गाडिदैन , तबसम्म त्यो बीजबाट टुसा पलाउदैन | टुसा नपलाए पछि बिरुवा हुँदै बोट हुने सम्भावना रहदैन  यसै गरी हरेक मान्छे भित्र बिज रुपि संज्ञानका सम्भावना त अथाह हुने नै गर्छन  एकदाना मकैको बिउबाट पनि हामिले देखेकै छौ कि सयौ दाना फलेकै छन एकदेखि तिन घोगा सम्म बोटमा मकै फलेकै छन आखिर सम्भावना त अधिकतम लिएरै आएका हुन्छन उदाहरण त मैले मकैको पेश गरि नै हालें तर
मानिस भित्र भएको संज्ञानात्मक सम्भावना त भित्र भित्रै भकारिमा थन्काएर राखिएको बीउ जस्तै त्यसै त्यसै मरिरहेको देख्छु न त टुसाउन नै पाउछ नत फल्न फुल्न नै पाउछ

त्यहि मकै जस्तै नब्बे प्रतिशत मानवका इन्टेलिजेन्स त्यसै बिलाएर गएको देखिन्छ  , भकारिमा रहेको बीजलाइ त बरु मान्छले केहि हदसम्म आफ्नै प्राण रक्षाका निम्ति भएपनि बारिमा लगेर गाडेको देखिन्छ मलजल त गरोस नगरोस जे जसरी भएपनि ठाउ अनुसारको फल त अवस्य नै दिने नैछ  तर यहाँ मानवले चाहि हेर्ने हो भने कतै पनि दस प्रतिशत भन्दाले आफ्नो इन्टेलिजेन्ट चिन्ने त्यो बिज जस्तै माटोमा गाड्ने प्रयास गरेको देखिदैन
त्यो नगाडुन्जेल अङ्कुराउने, टुसाउने कुरै भएन फलको त कुरै छाडौं

जसले आफु को हो ?
किन यो धर्तिमा परमात्माले पठाए ?
अनि मेरा कर्तव्य के हुन ?
त्यो निजलाइ नै थाहा छैन तर उहीँ अरुलाइ बदल्न खुब खुब अर्ति  उपदेश गर्छ सम्झाउछ बुझाउछ ।

हुनत अङ्क एक सानै हुन्छ तर पनि एक महत्त्वपूर्ण अङ्क हो  शुरुवातै त्यसैबाट हुन्छ । पेचकिला पनि त सानै हुन्छ नि तर एउटा विशाल मेसिनमा एउटा फुच्चे पेचकिलाले महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ

जीवनमा खुसि गन्तव्यले हैन गतिसिलताले दिन्छ ।
पर्बतारोहिहरु प्रत्येक पाइला-पाइलामा खतरा र रोमान्चकका साथ शिखरमा पुग्छन  यदि शिखरले खुसि दिदो हो त त्यहि नै बस्नु पर्ने होनि त तर उनिहरु शिखरबाट तल झर्छन यो सम्झेर कि उनीहरुलाइ रमाइलो त यात्रा र यात्राका प्रत्येक कठिनाइले र तिनिहरुको सामनाले पो दिएको रहेछ त।

शत्रुसग बदला लिने एउटै मात्र उपाय हो आफुले यति प्रगति गर्ने कि इर्श्याले शत्रुनै जीवनभर जलि रहोस भनिन्छ तिमि कस्तो छौ भन्ने कुरा थाहा पाउन तिमी कस्ता साथिको सङ्गत गर्छौ त्यहि नै काफि हुन्छ

दियो तब मात्रै जल्न सक्छ  जब उसले पहिल्यै जलिसकेको दियोसग जोडिने हिम्मत गर्छ  | सफल ब्यतिहरुको सङ्गतले आफु भित्रको क्षमता पहिचान गर्न सहजता बन्नेछ र सफल ब्यक्तिहरुको सङ्गत गर्नुपर्ने हुन्छ । यदि कसैले हामिलाइ तिमी बर्वाद भयौ भन्यो भने हाम्रो सोच कमजोर भइदिन्छ अनि व्यवहार कमजोर भइदिन्छ र हामी असफल हुन्छौ ।

Friday, September 8, 2017

डाक्टरका कुराः हड्डीलाई कमजोर बनाउने तपाईंका यी सात बानी, बलियो बनाउने तरिकासहित


Ratopati
Sep 8 2017

स्वस्थ हुनका लागि हड्डी बलियो हुन निकै आवश्यक छ । उमेर बढेसँगै हड्डीलाई स्वस्थ राख्नका लागि सही खानपिनका साथै जीवनशैली पनि स्वस्थ हुनुपर्छ ।
तर थुप्रै मानिसहरु नियमित रुपमा जानी नजानी गलत व्यवहार अपनाएर आफ्नो हड्डीमा क्षती पुर्याउने गर्दछन् ।
फिजियोथेरापिस्ट डा. गितेश अमरोहितले यस्ता ७ बानीबारे जानकारी दिएका छन् जसले हड्डीलाई कमजोर बनाउने गर्दछ ।

नुनिलो खानेकुरा खानुः
नुनिलो, चिप्सजस्ता खानेकुरामा सोडियमको मात्रा अत्यधिक हुन्छ । यसलाई धेरै खाँदा शरिरको क्याल्सियम पिसाबसँगै बाहिर निस्कने गर्दछ । यसले हड्डी कमजोर हुन थाल्छ ।

धेरै गुलियो खाँदाः
गुलियो खानेकुरा र पेय पदार्थमा फस्फोरिक एसिडजस्ता तत्वको मात्रा अत्यधिक हुन्छ । नियमित रुपमा यसको सेवनले हड्डी कमजोर हुनसक्छ ।

धेरै कफी पिउँदाः
कफीमा भएको क्याफेनले ‘बोन मास डेन्सिटी’ कम गर्ने गर्दछ । धेरै कफी पिउँदा हड्डी कमजोर हुने गर्दछ भने अस्टियोपोरोसिसको आशंका बढ्ने गर्दछ ।

धेरै रक्सी पिउँदाः
धेरै रक्सी पिउँदा शरिरमा क्याल्सियम र भिटामिन डीको कमी हुने गर्दछ । यसले हड्डी कमजोर हुने गर्दछ ।

धेरै चकलेट खाँदाः
चकलेट धेरै खाँदा शरिरमा चिनी र अक्सेलेटको स्तर बढ्ने गर्दछ । यसले क्याल्सियम राम्रो तरिकाले अवशोषित हुन पाउँदैन र हड्डी कमजोर हुन थाल्छ ।

धेरै सप्लिमेन्ट खाँदाः
भिटामिन ‘ए’ प्राकृतिक स्रोत जस्तै फलफूल वा खानाबाट प्राप्त गरे यसले शरिरमा फाइदा पुर्याउँछ तर यदि यसको सप्लिमेन्ट धेरै मात्रामा लिँदा यसले हड्डी कमजोर बनाइदिने गर्दछ ।

धेरै जंक फूड खाँदाः
जंक फूड जस्तै बर्गर, पिज्जा र पास्तामा सोडियमको मात्रा धेरै हुन्छ । यसले शरिरमा क्याल्सियमको मात्रालाई कम गर्ने गर्दछ जसले हड्डी कमजोर हुन थाल्छ ।


हड्डीलाई बलियो बनाउने टिप्सः

क्याल्सियम डाइटः
डाइटमा हरियो सागसब्जी, दुध, दही, ड्राई फ्रुट, माछा, गेडागुडी, मेवा, सुन्तला समावेश गर्नुहोस् । यसले शरिरमा पर्याप्त क्याल्सियम प्रदान गर्दछ र हड्डी बलियो बनाउँछ ।

डोरी खेल्नुहोस् (स्किपिङ गर्नुहोस्)
अमेरिकी जर्नल अफ हेल्थको अनुसन्धान अनुसार बिहान बेलुका १०–१० पटक स्किपिङ गर्दा हड्डी बलियो हुन्छ ।
दैनिक बिहान ५–१० मिनेट घाम ताप्दा शरिरमा पर्याप्त मात्रामा भिटामिन –डि पाइने गर्दछ । यसले शरिरमा क्याल्सियमको स्तरलाई नियन्त्रणमा राख्छ ।

जैतुनको तेलः
स्पेनमा गरिएको एक अनुसन्धानमा यो पुष्टि भएको छ कि खानामा जैतुनको तेल प्रयोग गर्दा हड्डी बलियो हुने गर्दछ ।

धनियाः
धनियामा २.९ प्रतिशत क्याल्सियम पाइन्छ । यसलाई नियमित खानामा समावेश गर्दा हड्डी बलियो हुने गर्दछ ।

लसुनः
लसुनलाई दुधमा उमालेर खिरजस्तो बनाएर खाँदा हड्डी बलियो हुने गर्दछ ।

प्याजः
प्याजमा सल्फरको मात्रा धेरै हुन्छ जुन हड्डी बलियो हुनका लागि आवश्यक पर्दछ । त्यसकारण यसलाई दैनिक खानामा समावेश गर्नुहोस् ।

Funny 11 Illustrations That Show How a Man’s Life Changes After Marriage


Every man finally faces the end of his carefree and single life. Some things from those days bring nostalgia and many happy memories, and some things have to be forgotten forever.

Bright Side drew some funny illustrations about the changes in a man’s life that occur soon after he has found his one and only.



















Illustrations and preview photo credit: Anna Syrovatkina specially for BrightSide.me

गर्भवती महिलादेखि सुगर बिरामीसम्मका लागी फाईदाजनक अम्बा



गाउँघर तथा शहर जहाँतही पाइने फल हो अम्बा । शहरी बजारमा सिजनमा बाहेक बेसजिनमा समेत पाईने अम्बा धेरै फाइदाजनक छ ।

अम्बाले प्रतिरोधात्मक शक्ति बढाउँछ
अम्बा केवल स्वादका लागी मात्रै प्रयोग नभई प्रतिरोधात्मक शक्ति बढाउनका लागी पनि उत्तम मानिन्छ । यसले पाचन प्रणलीलाई चुस्त राख्नुका साथै मानिसलाई स्वस्थ रहन मद्धत गर्छ । दैनिक २ वटा मध्यम आकारका अम्बाले नै भिटामिन सिको कमीलाई हटाउँछ ।

गर्भवती महिलाहरुका लागी अति उत्तम
फोलिक एसिड, विटामिन बी९९ले भरीएको अम्बा गर्भवती महिलाहरुका लागी अझ लाभदायक हुन्छ । यसको प्रयोगले बच्चाको न्यूरोलोजिकल डिसअर्डर नियन्त्रणमा आउँछ ।

आँखाको लागी पनि लाभदायक
गाजर जस्तै अम्बा पनि भिटामिन एका लागी उत्तम मानिन्छ । पोषक तत्वले भरीएको अम्बाको सेवनले आँखा सम्बन्धी समस्या निर्मुल पार्न मद्धत गर्छ । भिटामिन एको कमी भएर हुने रतन्धोबाट पनि अम्बाको सेवनले बचाउँछ ।

सुगरका बिरामीका लागी रामबाण
चाइनीज मेडिसीनमा अम्बालाई डायबिटीज कम गर्ने मानक नै मानिन्छ । एक अध्ययनका अनुसार अम्बाको जुस पिउनाले चिनी रोगको स्तर नै कम हुन पुग्छ । अम्बामा फाइबरको मात्रा धेरै हुने हुनाले सुगरका बिरामीलाई यो रामबाण नै साबित हुने हालैको एक अध्ययनले प्रमाणित गरेको छ ।

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो ।
यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

Wednesday, September 6, 2017

प्रयास गरे भने म पनि किन बन्न नसकुला र ?

Ramesh Shrestha
Sep 6 2017

➤ खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
➤ ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने।
➤ कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
➤ वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
➤ सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द आध्यात्मिक गुरू बने ।
➤ साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।
➤ सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।
➤ भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
➤ चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
➤ दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।
➤ कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
➤ कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।
➤ सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।
➤ लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।
➤ लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।
➤ मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।
➤ घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
➤ पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।
➤ खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।
➤ अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।
➤ कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।
➤ गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।
➤ तिन पटक SLC फेल हिरवंश आचार्य नामी कलाकार बने ।
➤ पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।
➤ कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।
➤ स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।
➤ झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।
➤ थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने ।
➤ तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।
➤ हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।
➤ पन्ध्रै पटक हारेका अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।
➤ कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।
➤ मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने ।

त्यसैले प्रयास गरे भने
म पनि किन बन्न नसकुला र ?