Tuesday, August 15, 2017

बैङ्किङ् च्यानलबाट रकम पठाउने सम्बन्धी सूचना । रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने



नेपाल सरकार
श्रम तथा रोजगार मन्त्रालय
वैदेशिक रोजगार विभाग
ई.पी.एस. कोरिया शाखा
ग्वार्को,ललितपुर ।

वैदेशिक रोजगारका लागि दक्षिण कोरिया गएका नेपाली नागरिकहरुलाई बिप्रेषण पठाउने सम्बन्धी अत्यन्त जरुरी
सूचना !!

मिति:- २०७४।०४।३०

वैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरुले सम्बन्धित मुलुकहरुमा आफुले आर्जन गरेको रकम औपचारीक माध्यमबाट स्वदेश नपठाउदा जे जति वैदेशिक मुद्रा राष्ट्रिय अर्थतन्त्रमा प्रवाहित हुनु पर्ने हो, सो हुन सकिरहेको छैन । विदेशमा आर्जित रकम बैङ्किङ् वा यस्तै औपचारीक माध्यमबाट स्वदेश भित्र्याउन सकेमा मात्र विदेशी मुद्रा राष्ट्रिय अर्थतन्त्रमा समावेश हुने, प्रेसित बिप्रेषणको सुरक्षा हुने, विदेशी मुद्राको नियमनमा सघाउ पुग्ने र ब्यक्तिको आर्जित रकम सुरक्षित हुने भएकोले रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिण कोरिया जाने नेपाली नागरीकहरुले तहाँ आर्जन गरेको मुद्रा बैङ्किङ् च्यानलबाट नेपाल पठाउन सूचित गरिन्छ ।
वैदेशिक रोजगारमा गई विदामा फर्किएका वा प्रतिबध्द (Committed) भै आएका वा सि.बि.टि. वा पि.बि.टि. परीक्षा दिएर पुन कोरिया जाने नेपाली नागरिकहरुले सन् २०१८ जनवरी १ देखि पुन श्रम स्विकृती लिदा बैङ्किङ् च्यानलबाट रकम पठाएको प्रमाण पेश गर्नु पर्ने छ । त्यस्तो प्रमाण पेश गर्न नसक्ने ब्यक्तिहरुको श्रम स्विकृती जारी नहुने तथा वैदेशिक रोजगारमा जान नसक्ने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरीएको छ ।
धन्यबाद !!

Source : www.epsnepal.gov.np

No comments:

Post a Comment