Wednesday, August 30, 2017

Google Boy को नाम बेचेर झुटो समाचार प्रचार गर्ने अनलाईन मिडियालाई आयो एस्तो बिज्ञप्ति

Ramesh Shrestha
Aug 30 2017

"संचार माध्यम तथा सामाजिक संजाल हरुमा Google Boy आदित्यले नेपाल आइडलका बिजेता सम्बन्धी आदित्यको नकली हस्ताक्षरसहित भबिस्यवाणी गरिएको सम्बन्धमा" 

Google Boy आदित्यले नेपाल आइडल लगाएत अन्य कुनै पनि
बिषयहरुमा भबिस्यवाणी नगरिएको स्पस्ट जानकारी गराउन आदित्य संरक्षण प्रतिष्ठानले अनलाईन मिडियालाई एस्तो बिज्ञप्ति जारी गरेका छन् साथै आफ्नो नाम जोडेर सामाजिक सद्भाव खल्बलिने खालको कुनैपनि समाचार प्रकाशन नगर्न अनुरोध गरेका छन्


नेपाल आइडल जजलार्इ सुझावः तिमी नभन्नू, तुलना नगर्नू, निष्पक्ष प्रतिक्रिया दिनू

काठमाडौं, १४ भदौ ।
गायक रामकृष्ण ढकालले नेपाल आइडलमा गेष्ट जजको रुपमा गएर बोल्दा बिगारेपछि क्याप्टेन विजय लामाले नेपाल आइडल होस वा अन्य कार्यक्रममा बोल्दा जजले ध्यान दिनुपर्ने टिप्स दिएका छन् ।
कलाकार तथा टेलिभिजन कार्यक्रम सञ्चालक समेत रहेका पाइलट लामाले जजले प्रतियोगीहरुलाई तिमी भन्न नहुने, निष्पक्ष भएर प्रतिक्रिया दिनुपर्ने, एक अर्काबीच तुलना गर्न नहुने लगायतका टिप्स दिएका छन् ।
यस्ता छन् लामाका टिप्सः
१. प्रतिस्पर्धीहरुलाई तिमी भन्नु राम्रो होइन ।
२. जज गर्दा होस् या प्रतिक्रिया दिँदा निष्पक्ष हुन जरुरी हुन्छ ।
३. कुनैलाई मात्र राम्रो भनेर अरुलाई चाहिँ नकार्न मिल्दैन ।
४. सबैलाई हौसला दिनुपर्छ नकि आफ्नो प्यारोलाई मात्र ।
५. सल्लाह सुझावलाई दिँदा सकारात्मक ढंगले पस्तुत गर्नुपर्छ । ताकी प्रतिस्पर्धीरु उठ्न सकुन र राम्रो प्रस्तुति दिन सकुन् ।
७. पब्लिक मिडियामा वाक स्वतन्त्रता छ भन्दै जे पनि बोल्न मिल्दैन ।
ढकालले यी कुरामा ध्यान दिएको भए विवाद नपर्ने बताएका छन् । ‘यी सबै कुरामा ध्यान दिने हो या दिएको भए यत्रो विवादमा पदैन थियो होला राम भाई’ उनले भनेका छन्, ‘हाम्रो भन्दा राम्रोले जित्नुपर्छ । कुनै जात या ठाँउको आधारमा होइन । सहि व्यक्तिले  जित्नुपर्छ ।
जय चन्द्र सुर्य

Tuesday, August 29, 2017

Sacar Facebook Live 😂😂😂



भोलि प्रिन्सिपलको घरमा आगो लगाइदे केटा हो 😂😂😂

Sacar Facebook Live भिडियो..... Click Here

निद्रामा कसैले सासै फेर्न गाह्रो हुने गरी चाप्छ न चल्न मिल्छ न आवाज निकाल्न किन ?


के तपाईलाई कहिल्यै निदाइरहेको बेलामा यस्तो अनुभव भएको छ ? 
कसैले सासै फेर्न गाह्रो हुने गरी चाप्यो, तपाईं चल्न त के आवाज निकाल्न पनि सक्नुहुन्न ?
१. तपाईंलाइ कहिलेकाही यस्तो अनुभव भएको छ ? तपाईं निदाइरहेको भएको छ तर वरिपरी के भैरहेको छ सबै निद्रामै सुन्न सक्नुहुन्छ ?
२. के तपाईंलाइ यस्तो महसुस भएको छ की तपाईं निद्रामा हुनुहुन्छ र तपाईंलाइ सासै फेर्न गाह्रो हुनेगरी कसैले दबाइरहेको छ ?
३. के तपाईंलाई निद्रामा यस्तो लागेको छ की तपाईंले सबै कुरा देख्न सुन्न सक्नुहुन्छ तर तपाईं आफ्नो हात खुट्टा चलाउन सक्नुहुन्न किनकी तपाईंलाई कसैले दबाइरहेको छ ?
४. आजसम्म तपाईं कहिल्लै पनि त्यो ठाउँमा जानुभएको पनि छैन र त्यो काम गर्नु भएको पनि छैन तर तपाईंलाई त्यो ठाउँ पहिल्यै देखे जस्तो लाग्छ त्यो काम पनि पहिल्यै गरे जस्तो लाग्छ वास्तबमा त्यो तपाईंले पहिलो पटक गर्दै हुनुहुन्छ ? नेपालिमा यस्तो हुनुलाई एठन भनिन्छ

के हो एठन ?
Sleeping paralysis नेपालीमा एठन भनेको के हो त ? त्यसको बारेमा यहाँ केही बैज्ञानिक कारणहरु यस्ता छन

एठन भनेको अस्थाई रुपमा निधाउदा आफ्नो शरीर चलाउन र बोल्न नसक्नु हो । यति बेला तपाईले वरपराका कुरा देख्नु हुन्छ महसुस गर्नु हुन्छ तर तपाईं चल्न र बोल्न सक्नु हुदैन । डर त त्यही बेला लाग्छ जब तपाईको दिमागले तपाईले सानोमा सुनेको भुत प्रेत आफ्नो आगाडी या आफू माथी कल्पना गर्छ । जसलाई हामी बैज्ञानिक भाषामा hallucination भन्ने गर्छौ । यो जति सुकै भयानक भएता पनि यसले कुनै हानी भने गर्दैन ।
एठन प्रय २ देखि ७ मिनेटको समय सम्म हुने गर्छ तरकसैकसैलाई यो रातभरी पनि हुन सक्छ । कसैलाई जिवनकालमा एक या दुई चोटीमत्र हुन्छ र कसैलाई केही समयको अन्तरालमा भैरहन्छ । प्राय निधाउन लाग्दा र निन्द्रा खुल्ने समयमा एठन भएको पाईन्छ । तपाईं यदि धेरै रात सुत्नु भएन दिनमा मत्रै सुत्नु भयो अनि अचानक निकै समय १/२ हप्ता पछि रातमा सुत्नु भयो भने पनि यसको सम्भावना बढेर आउँछ ।

यसको कारण :
रातमा तपाईको शरीरले तपाईलाई निन्द्रामा हिड्न बाट रोक्नको लागि एउटा chemical बनाउछ र तपाईंको दिमाग तपाईको शरीरको सहकार्यमा निधाउछ । तर यदि तपाईं केही मानसिक तनाब या दिमागमा निकै कुरा खेलाउदै निधाउनु हुन्छ भने तपाईको दिमागको एउटा सानो भाग बिउझन्छ र शरीर चलाउन खोज्छ तर शरीरले बनाएको त्यो chemical ले हामीलाई उठ्न दिदैन । त्यसैकारण एठन हुने गर्छ ।

एठन मान्छे मान्छेमा फरक हुन सक्छ । कसैले आवाज कल्पना गर्न सक्छन भने कसैले आफ्नो अगाडि या आफ्नो छातीमा कसैलाई महसुस गर्न सक्छन ।
एठन हुदा हामी भुत प्रत अगाडि पाउछौ र मन मनै भगवानको प्राथना गर्न थाल्छौ किनकि हामीलाई सानैबट सिकाईएको छ कि हामीलाई नोक्सान भुत प्रेतले गर्छ र हामीलाई भावानले बचाउछ । हाम्रो दिमागले पनि त्यही कल्पना गर्छ ।

एठन तपाईलाई पनि भएको छ भने डराउनु पर्दैन यो कुनै भुत प्रेतको प्रभाब होईन न त मानसिक रोगनै हो । यो १०० मा ९८ जनालाई हुने नै गरेको पाईन्छ । तर यदि तपाईलाई हरेक रात झै एठन हुन्छ भने तपाईले एकपल्ट डाक्टर संग सम्पर्क गर्दा राम्रो हुन्छ । डाक्टरले तपाईलाई कसरी निधाउन सकिन्छ भनेर पुर्ण सहयोग गर्न सक्नु हुन्छ ।

शरीरमा(रगत) मा अक्सिजन को मात्रा कम हुँदा मस्तिष्कमा अवरोध उत्पन्न् हुनाले मान्सपेसी को नियन्त्रण गुम्दा अबचेतन अवस्थाको शृजना भइ त्यस्तो अनुभुती हुन्छ । अर्धचेत अबस्थामा मानिसको उर्जा अनियमित र क्रम भङ्ग को रूपमा बिचरण गर्ने हुंदा अनौठो अनौठो अनुभुती हुन्छ । शरिर सुतेपनि मन अर्धचेत अवस्थामा डुलिरहन्छ जव मान्छे मनोवल कमजोर भई आत्तिन्छ सो-अवस्थामा शरिरमा पुग्नुपर्ने अक्सिजन पुग्दैन् तसर्थ कमजोर हुन्छ अर्धचेत र कमजोरीमा त्यस्ता खराव तत्व प्रवेश गरेर आक्रमण हुन्छ र ऐठन हुन्छ । किनकी मान्छेको शरिरमा सबै तत्व मिलेर रहेको छ । डर, त्रास कमजोरी मान्छेमा जन्मजातै छ ।

यसलाई रोक्नको लागि :
१. मानसिक तनाब लिएर बिस्तरमा नजानु होला । यदि केहि मानसिक तनाब छ भने नुहाएर सुत्नु राम्रो हुन्छ ।
२. सुत्नु अघि मोबि, दूध या प्रयाप्त पानी पिएर निधाउनुले एठन रोक्न सक्छ ।
३. सबै भन्दा राम्रो केही पढ्दै निधाउनु हुन्छ प्राय मान्छेहरु पढ्दा निदाउछन र दिमाग पनि अन्तै केन्द्रीत हुन्छ ।
राती तपाईलाई भयो र तपाईं बिउझनु भयो उठेर लामो सास लिनुस, बत्ती बाल्नुस, पानी पिउनुस, झ्याल खोलेर चिसो हावा लिनुस आफुलाई सम्झाउनुस यो केवल दिमागको खेल हो र यो रातमा एक पल्ट मत्रै हुन्छ भनेर । अनि आफू तयार भए झै लागे पछि आराम साथ निधाउनुहोस ।

यो उपाय पनि प्रयोग गरि हेर्नुहोस :
बेलुका खाना खाएपछी, करिब २ घन्टाको फरकमा ओछ्यान मै भएपनी सुतेर वा बसेरै, करिब १० मिनट जति लामो लामो स्वास तान्दै छोड्दै गर्नु र तेहि घुत्रुक्क सुत्नु । त्यस रात तपाईं लाइ केहि हुदैन । प्रयोग हो गरेर हेर्नुहोस 



By kanchanjanghaonline

अस्थायी शिक्षक भन्ने बित्तिकै फरक नजरले किन हेर्छौ ?



हिजो  सिगांन पुछी-पुछि धोक्रो सुकुन्जेल चिच्याएर हात समाई-समाई आफु जलेर अरुलाई ज्ञानको ज्योति दिने तिनै शिक्षक होइनन् ? ३० औं वर्षसम्म चकको धुलो खाएर आज जन्डिस भएर थला परेकाछन् राम्ररी खानुछैन समस्या पर्दा , मर्दा मुद्दा मिलाइदिने समाजको सेवा गर्ने तिनै अस्थायी शिक्षक होइनन् ?

३० औं वर्षसम्म तिनैले स्कुल धान्दा ती अयोग्य भएनन् आज अयोग्य भए त्यसोभए फिल्मी गीत सुनाएर स्थायी भएका सबै योग्य छन् ? यदि अस्थायी भन्ने अयोग्य नै हुन्छन् भने ति अयोग्यलाई ६ महिनाको लागि नियुक्त गरेर आज सम्म किन राखियो ?  त्यों बेला कुन दुलोमा हुनुहुन्थ्यो ?  वार्षिक रुपमा आयोग खोलेर अवसर दिएको भए आज  बिन्ति बिसाउँदै बस्दैन्थे , गिट्टी फोडेरै खान्थे , नभए देश छोडेरै जान्थे । उनिहरुको उर्जनशील उमेरलाई खुबै उपयोग गरेर आज आश्रित बनेपछि रित्तै घर पठाईदिने ? आत्महत्या गर्न बाध्य पारिदिने ?? एकपल्ट अवसर देऊ सके गर्छ नसके मर्छ ? हाम्लाई टिका लगाई दिएर स्थायी गर्दिऊ पनि त भनेको छैन नी सरकारलाई ! कत्तिलाई जिन्दगीको डुङ्गा तारीदिएर आफु जहाँको त्यहीँ छ आज.............................

कुन जमानाको कोर्ष पढेको शिक्षक आधुनिक शिक्षाको प्रणालीसँग पैठोजोरि खेल्न तैयार छ ,१०० अंकको परिक्षामा निर्धारित उत्तिर्णाङ्क ल्याएर अन्तरवार्ता हुँदै कक्षा अवलोकन मार्फत स्थायीको निम्ति सिफारिस हुन राजी छ । आजसम्म पनि ब्यबस्थापन गर्न सकेन सरकारले । उनिहरुको के दोष छ पटक-पटक आश्वाशन देखाएर फकाई-फकाई भीरमा लगेर घचेट्न खोज्नु कहाँ सम्मको मानवता हो । भनसुन र राजनीतिको भागबण्डामा नियुक्त भएको भन्ने कुन  नियमावलीमा छ ? उनीहरु पनि १०० अंकको परिक्षामा प्रधानाध्यापक, विद्यालय ब्यबस्थापन समिति, परीक्षा समिति, बिषय बिशेषज्ञले निकालेको प्रश्नपत्र पास गरेर जिल्ला शिक्षा अधिकारी, विद्यालय निरिक्षक र श्रोत ब्याक्तिको रोहबरमा अन्तरवार्ता र कक्षा अवलोकनबाट अस्थायी दरबन्दीमा नियुक्त भएका हुन् ।

त्यसैले सकिन्छ भने आउनुहोस् राष्ट्रको पद्धति नै परिवर्तन गरौं । आजसम्म जे जे भयो भयो पुरानो रोगलाई बलझाएर कुनै अर्थ छैन ।
एकपल्ट सम्पूर्ण अस्थायी शिक्षकलाई अवसर दिएर नेपालमा अस्थायी भन्ने शिक्षक नै नराखौं होईन भने समाधानको बाटो नखोजी बिरोधमात्रै गर्यौ भने अझै अस्थायी शिक्षकको र आन्तरिक प्रतिस्पर्धाको कुरा चलिरहने छ करार नियुक्तिको संख्या सरकार/बिद्यालयले थपिईरहनेछ स्कूल चलिरहनेछ युवा पिढिको जागिरको शीलशिला टरीरहनेछ ।




By NepaliNewsSangalo

म अहिले इजरायलमा छु, श्रीमानलाई देखाउन भए पनि अर्को बिहे गर्न चाहन्छु ! अति मार्मिक व्यथा !



म नेपालमा एक निजी विद्यालयमा पढाउने शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो । हामी दुई श्रीमान् श्रीमती, हाम्रा दुई छोराछोरी सानो सुखी परिवार । काठमाडौँमा एउटा पुस्तेनी घर थियो । हाम्रो भागमा तीन कोठा लाग्यो । हामीलाई बस्न तीन कोठा नै हामीलाई प्रर्याप्त थियो ।
घर भाडा तिर्नु नपर्नेभएकाले हामी दुई बूढाबूढीको कमाइले हामीलाई छेलोखेलो थियो । एक दिन श्रीमान्ले केके सुनेर आउनुभयो, अनायस नै राती इजरायलको कुरा निकाल्नुभयो ।

त्यो दिनदेखि त मेरा श्रीमान्ले सँधैँजसो केही न केही इजरायलका बारेमा नयाँ कुरा ल्याएर मलाई दिनहुँ जसो सुनाउने गर्न थाल्नुभयो । एक दिन मैले झर्को मान्दै भने, हामीलाई के काम इजरायलको गफ । न जाने गाउँको बाटै नसोध्नू । किन र तिमी पनि जाऊ न इजरायल ! अब त केटाकेटी पनि ठूला हुँदै गए, भोलि उनीहरूको उच्च शिक्षाका लागि पनि पैसा चाहिन्छ । हाम्रो कमाइ तन्किने होइन, बरु म यहाँ केटाकेटी स्याहारेर बस्छु, तिमी जाऊ इजरायल र हाम्रो पनि आर्थिक हैसियत अलि उकासौँ । किन नजाने गाउँको बाटै नसोध्नू भन्छ्यौ ? हामीले कहिले आफ्नो घर बनाउने ? सधैँ यही तीन कोठामा जिन्दगी बिताउने ? भोलिका दिनमा छोराछोरीको बिहे पनि त गर्नुपर्छ । सोच न !

श्रीमानले दिनहुँ ममाथि इजरायल पठाउने दबाव बढाउन थाल्नुभयो । आखिरमा हार खाएर मैले हुन्छ भन्नुप¥यो । विद्यालयमा राजीनामा दिन लगाएर त्यसबाट आएको पैसा नै एजेन्सीलाई बुझाएर मेरा श्रीमान्ले मलाई इजरायल जाने सबै व्यवस्था मिलाई दिनुभयो । सही र गलत बाटो छुट्याउन नसक्ने उमेरमा पुगेका छोराछोरी, जुन बेला अभिभावकको बढी आवश्यकता हुन्छ, त्यो बेलामा ती नाबालक छोराछोरी सासू ससुराको जिम्मा लगाई म हिँडेँ इजरायल ।

इजरायल आएपछि पनि मेरो दिनहुँ फोनमार्फत कुरा हुन्थ्यो परिवारसित । कहिल्यै श्रीमान् र छोराछोरीबाट टाढा नभएकी म एक्कासी सात समुन्द्र पारि पुगेकी थिएँ । मनलाई सम्झाउन सारै गाह्रो भइरहेको थियो । मलाई इजरायलमा एड्जस्ट हुन ज्यादै गाह्रो भयो । नेपालमा नोकर राखेर बसेकी म यहाँ एक बिरामीको दिसासमेत धोइदिनुपर्ने नोकर्नी भएकी थिएँ । नाम मात्र अङ्ग्रेजी केयर गिभर पाएर के भयो र ? आखिर त्यहाँ म घरकी नोकर्नी नै थिएँ शुरुशुरुमा त कति रोएँ, कराएँ नेपाल सम्झेर तर के गर्नु सबै भताभुङ्ग बनाएर म त्यता पसेकी थिएँ । फर्केर फेरि के गर्ने ?

श्रीमान्मा मैले धेरै पैसा कमाउने र त्यो पैसाले केके गर्ने भन्ने योजनाहरू म त्यहाँ पुगेको एक हप्ता पनि नबित्दै शुरु भैसकेको थियो । मेरो तलब आएकै दिनदेखि म सबै पैसा श्रीमान्लाई पठाइदिन्थेँ । मलाई खान बस्न पैसा खर्च नहुने एक दिन पाउने बिदामा पनि काम गरिदिए अतिरिक्त आम्दानी हुने हुनाले मलाई फोन गर्न अथवा सानो तिनो खर्च गर्न त्यही पैसाले पुगिहाल्थ्यो । महिना शुरु हुन पाउँदैन थियो कि श्रीमान्को लिस्ट आइहाल्दथ्यो । म कहिलेकाहीँ भन्ने गर्दथेँ जुन उद्देश्य लिएर म त्यहाँ पुगेकी, त्यो त पूरा गरौँ । यसरी फाल्तु खर्च किन गर्ने ?
तिमी तीनचार वर्ष बसिहाल्छ्यौ, हाम्रा योजनाहरू पूरा गर्न पैसा त भइहाल्छ नि, ….।

मैले अब पैसा पठाउँदा श्रीमानलाई भन्न थालिसकेकी थिएँ पैसा बचत गर्नु ल भनेर । एक दिन श्रीमान्ले फोनमार्फत् मलाई भन्नुभयो, साथीहरूले मिलेर एउटा १० + २ सम्म पढाई हुने स्कूल चलाउने रे । हामीलाई पनि पैसा हाल्न भनेका छन्, तिमी त्यहाँबाट ऋण गरेर भए पनि मलाई १० लाख पठाइ देऊ न ।
स्कूलमा लगानी गरेपछि त आम्दानीको राम्रो स्रोत भइहाल्दछ नि, अनि त दुःखका दिन सकिन्छन् कि । मलाई पनि कुरा राम्रै लाग्यो, साथीहरूसित सापट लिएर श्रीमान्लाई आठ लाख पठाइदिएँ । म उता ओभरटाइम गरीगरी साथीहरूको पैसा तिर्दै थिएँ । यता श्रीमान्को भनाइअनुसार स्कूल राम्रैसित चलिरहेको थियो ।
मलाई साथीहरूको कर्जा तिर्न दस महिना लाग्यो । ११ महिनाको तलव थापेको पनि थिइनँ, श्रीमान्को फोन आयो- स्कूलको क्यन्टिनमा आफँ लगानी ग¥यो भने त अझ बढी आम्दानी हुन्छ, फेरि यताउता गरेर एकमुुष्ट पैसा पठाइ देऊ न । सबैभन्दा नजिकको सम्बन्ध भएको श्रीमान्माथि मैले कसरी शङ्का गर्ने ? मैले होला भनेर फेरि ऋण गरेर छ लाख पठाइदिएँ । फोनबाट कुरा गर्दा छोराछोरी सासूससुरा सब खुसी नै भएको मैले महसुस गरेकी थिएँ । स्कूल खोलेर राम्रो भएको सबैबाट सुन्दै आएकीले म पनि खुसी नै थिएँ । जे होस् अब त नेपाल फर्किएपछि त आफ्नै स्कूल ।

त्यो दिन फागुपूर्णिमा थियो, छोराले फोनमा र रुँदै भन्यो मामू बुबाले बर्बाद गर्नुभो । के भयो किन रोएको के गर्नु भो बुबाले- मैले आतालिँदै सोधेँ ? फोनमा छोरीको पनि आवाज आयो । मामू बुबाले त अर्को बिहे गर्नुभएको रहेछ । आज रक्सी खाएर एउटा सानो बच्चालाई लिएर आउनुभएको थियो ।
हजुरबुबा हजुरआमालाई हजुरहरूको नाति भनेर भन्नुभयो । हामीलाई तिमीहरूको भाइ हो भन्नुभयो । हजुरआमाले रिसाउँदै हकारेपछि बुबाले भन्नुभयो बिहे गरेको नै २ वर्ष भैसक्यो । मामूले थाहा नपाउनुहोस् भनेर नै बुबाले इजरायल पठाउनुभएको रे ।

म छाँगाबाट खसेँ । विगतका सबै दिनहरू आँखाअगाडि नाच्न थाले । ओहो, आज आएर सम्झँदै छु, त्यो समयमा तिमीमा एकाएक आएको परिवर्तन नियाल्दै छु । कसरी मलाई इजरायल पठायौ ? कसरी सबै पैसा लियौ । मैले सासूसित कुरा गरेँ सासूले पनि हो भन्नुभयो । त्यस पछि त झनै चिन्तित भएँ, छोराछोरी कति रोए होलान् । श्रीमान्लाई फोन गर्छु, फोन स्वीचअफ छ । बल्ल चार दिनपछि राती श्रीमान्को फोन उठ्यो तर महिलाले फोन उठाइन् । मैले तपाईंं को भनेर सोधेँ । उनले भनिन् म दिनेशको श्रीमती । मैले दिनेशको श्रीमती त म पो हुँ तिमी को हौ दिनेश खोइ ? भन्नासाथ फोन काटिदिइन् । घरमा छोराछोरी मात्र थिए । सासूससुरासित पहिल्यै छुट्टिइसकेकाले केटाकेटी आफैँ पकाउँदै खाँदै गर्दा रहेछन् । म इजरायलबाट तुरुन्त आउन सक्ने अवस्थामा पनि थिइनँ । मेरो टाउकामा कर्जा थियो । नेपाल आएर के गर्ने ? मैले माइतीमा फोनगरेर भाइसित रोएँ । भाइलाई स्कूलमा लगानी के कति छ बुझ भनेपछि उसले के कसरी बुझ्यो मैले पठाएको पैसा त स्कूलमै लगानी त भएको रहेछ तर शेयर होल्डर त कान्छी श्रीमती पो भएकी रहिछ । क्यान्टिन पनि उसैले पो चलाएकी रहिछे । उसले एउटा डान्स रेष्टुरेन्टमा नाच्ने केटी पो ल्याएको रहेछ । मेरो पैसाले कान्छीको नाममा शेयर किनिदिएछ । अनपढलाई फेरि नाच्न त पठाउनु भएन भनेर होला क्यान्टिन खोलिदिएको ।

जे होस् म र मेरो छोराछोरी त बर्बाद भएका थियौँ । छोराछोरीलाई सम्झाएँ । पढाइमा मन लगाऊ भनेर तर उनीहरूको पढाइ के भयो होला ?  मैले जतिसक्दो चाँडो कर्जा तिरेर नेपाल फर्किने विचार भाइलाई भनेँ । भाइले भन्यो दिदी हामी भान्जाभान्जीलाई हामीकहाँ ल्याएर राख्छौँ, तिमी भोलिको दिनलाई पनि केही व्यवस्था गरेर मात्र फर्क ।

दिन बित्दै गए । कर्जा पनि तिरियो, म घर फर्कन्छु भन्दै थिएँ कि छोराले फोनमा भन्यो तिमीहरू मामाघर गएर बस, म र सानीआमा यहाँ बस्छौ भनेर बुबालेभन्नुभयो, हामीले मानेनौँ। अब त्यो घर पनि गयो भने त बस्ने बास पनि हुँदैन भनेर मैले छोराछोरीलाई मामाघर पनि नजाओ, कोठा नछोड भनेँ ।
यसै बीचमा छोरीले एस. एल. सी. पास गरिन् । मलाई ज्यादा पीर छोराको थियो, कुलतमा लाग्ने पो हो कि भन्ने । मेरो त सब बर्बाद भैसकेको थियो । मलाई आफूलाई सम्हाल्न गाह्रो भैरहेको थियो । विवाह गरेको दिनदेखि अहिलसम्म मेरा श्रीमान्ले मलाई गरेको माया, मसित सरसल्लाह, भावी योजना सबै मेरा सामु सिनेमाझैँ नाचिरहेका थिए ।

म इजरायल आएको चार वर्ष भयो, छोराछोरी दुवै कलेजमा पढ्दैछन् । घरमा बाबु र सानीआमालाई आउन दिएनन् ।छोरीको फोन आयो, उनले भनिन् मामू आएर मेरो विवाह गरिदिनू न । आपूसँगै पढ्ने पोखरा घर भएको केटासित उनी विवाह गर्ने रे । म दशैँमा घर आएर नवमीको दिन छोरीको विवाह गरिदिएँ । बाबु आए, कान्छी श्रीमतीलाई त ल्याएका थिएनन् तर छोरो साथै थियो । हाम्रो बोलचाल पनि भएन । छोरी घर गई, छोरो पनि इन्डिया पढ्न जान्छु भन्दैछ, भोलि उसको पनि विवाह होला । त्यसपछि मेरो साथमा को त ? छोराछोरी, श्रीमान् सब पर ।
एक मन भन्छ समय अनुसार चल्नुपर्ने मान्छेको नियती हो । जब मान्छेलाई सत्यबोध हुन्छ, उसलाई कुनै कुराले दुखाउँदैन, मलाई पनि त्यस्तै भइरहेको छ । जिन्दगी एकपल्ट मिल्छ, एउटा असल व्यक्तिसित विवाह गरूँ कि ! जब श्रीमान्को जरुरत बढी पर्छ त्यो बेला मलाई श्रीमान्ले धोका दिएको थियो भने मैले उसको नाम लिएर किन बस्ने ?
तर समस्या केटालाई केटी फकाउन सजिलो हुन्छ होला र त दोस्रो विवाह सजिलै गर्छन् तर म कसलाई भनूँ, मसित विवाह गर्छौ भनेर । के भन्ने ? एक जना सासूलाई नयाँ श्रीमान् चाहियो ? मलाई धोका दिने श्रीमान्लाई देखाउनलाई भए पनि म अर्को विवाह गर्न चाहन्छु । तर कोसित … ।



By Onlinetamangkhabar

‘यौन, नैतीकता र विवाह



छुच्चो भएर मैले भन्नै पर्छ ‘यौन र नैतीकता’ अनी ‘सेक्स र विवाह ‘ लाई जती बढी पाखण्डी र पौरानीक किसिमले सोचिन्छ त्यती नै युवा युवतिलाई हामी जोखिममा परेका हुने छौ । एउटा प्रसङमा ओशोले भनेको सम्झिन्छु ” हरेक छत मुनी हरेक राती जे ज्ञात कर्म मान्छे गर्छन्, त्यस बारे कुरा गर्नु किन यती डर छ मान्छेलाई’ ?
हामी हाम्रा छोराछोरी नबिग्रिउन भन्छौ । राम्रो कुरा हो नबिग्रनु । तर जे गर्दा बिग्रेको ठान्छौ, हामी हरेक राती त्यही किन गर्छौ? ए कुरा बैधानिकताको हो क्यार ! विवाह गरेरमात्र यो नैतीक क्रीया हुन्छ । त्यसो भये ‘बिबाह सम्बन्धी कानुन त्यो नैतीक मार्ग हो जसले हाम्रो समाज को अनैतीक हुने सम्भावना रोकेको छ । तर यो पनि तर्कसंगत लाग्दइन किनकी ‘बिबाहितहरु पनी त सबै परिवारको धर्ममा बाधिएकै छन भन्ने केही छैन ।

मैले सयौ युवा युवती सँगको कुराकानीमा प्रष्टै सुनेको छु उनिहरु बाल्यकालमै विवाह गर्न चाहदैनन । तर उनिहरु प्रेम गर्न चाहन्छन । मैले पनि आफ्नो जमानामा प्रेम गर्न चाहे, तपाईंले पनि चाहनु भो, र प्रेमको आवश्यकता मानव शरीर र मस्तिस्कको टार्न नमिल्ने जैबिक ‘स्टेज’ अबधी हो । जसरी महिनावारी रोकिएकी पौढ आमालाई हर्मोनको इम्ब्यालेन्स हुन्छ तेसैगरी किशोरि छोरी छोरालाई नयाँ अध्यायको जैबिक आवश्यकता को बेला आउछ ।
उनिहरुलाई नियन्त्रण गर्न सर्बाधिक सजिलो भ्रम कि त पाप र भगवानको डर देखाउनु थियो कि त नैतीकता । तर पाप, धर्म, नैतीकता पढाउने अबिभावक र स्कुल भन्दा शक्तिशाली तरिकाले तिनिहरु भ्रम हुन भन्ने ‘शिक्षा’ पाउन छोराछोरी स्वतन्त्र भये । हाम्रो डर र उनिहरुको ज्ञान आपसमा बिरोधआभाषी भएका छन ।

यौन तपाईंले रोक्न नसक्ने ‘शक्ती’ हो । त्यसको नियन्त्रणले कुण्ठा र बिकार पैदा गराउछ । तर यो भन्दा खतरानाक छ यौनको बेहोस् र स्वच्छन्द व्यबहार । एसबारे हाम्रा परिवार मौन छन, बिद्यालय मौन छन, युवा र किशोर किशोरि मौन छन किनकी कुरा गर्नु भन्दा लुकेर यसबारे सोच्नु नै उपाय भएको छ । प्रेमलाई निर्वाध स्विकार गर्नुले यौन बारे सोचेर खपत हुने शक्ती लाई साकारआत्मक दिशामा लैजान्छ ।
हामी प्रेमलाई पर्खाल लाउछौ- छोराछोरी भागेर विवाह गरिरहेका छन । यौन र विवाह आपसमा जोडीनु हुँदैन । विवाह एक संस्था हो जो कानुन र समाज बिच सन्चालन हुन्छ । तर यौनिकता नितान्त जैबिक कुरा हो । मैले धेरै घटना सुनेको छु, केटाकेटी एक रात घर बाहिर बसेपछी ‘छोरी अर्काकी भएको’ र तुरुन्तै विवाह गर्नै पर्ने भएका घटना ।
के त्यो ठीक थियो त १४ बर्ष कि बालिका जस्को मस्तिस्कले ‘ठिक्-बेठिक’ छुट्याउदैन तिनलाई विवाह गर्न वाध्य पार्नु पर्छ त? ति किशोरिले उनको मस्तिस्कको बहाव र यौनिक जिज्ञासाले एक रात, एक हप्ता बाहिर बिताउदैमा- विवाह गर्नै पर्छ त? शायद तिनले यो शिक्षा सिकेकी हुनु पर्छ कि उनी अब आफ्नै कौतुहलता बारे जानकार भएकी छन । यही कुरा छोरा माथि लागु हुँदैन किनकी यौनिक नैतीकताको तराजुमा छोरीमात्र बस्नु पर्छ ।

मेरो विचारमा हाम्रा स्कुल, परिवार, समुदाय र संस्थाहरु भित्र यो मौनता टुटनु पर्छ । अन्यथा लुकेर, भागेर, रहस्य मानेर हाम्रा केटाकेटी कैयन एस्ता चिज गर्नेछन जस्को पत्तो हामीलाई हुनेछैन- केवल परिणाम मात्रा हुनेछ पश्चातापको । तेसै पनि मस्तिस्कमा धेरैजसो के कस्ता चिज भरिएका छन- कसैले ढाटन जरुरी छैन, या भनौ ‘हिपोक्रेसी’ र अनाधिक्रित अपेक्षा नराख्नु राम्रो ।
सदियौ देखी ‘हाम्रो बेला ठीक थियो र अहिलेको पुस्ता खराब’ भन्ने भजन हरेक पुस्ताले गाउदै आएकै छन । सर्बाधिक यौनिक मस्तिस्क तिनिहरुको हुन्छ जो यौनिकतालाई ‘रहस्य’ बनाएर बोक्ने गर्दछन । पछील्लो अवस्थामा ‘किशोरकिशोरी’ आँफै भागेर विवाह गर्ने सन्ख्याको मुल कारण ‘यी नैतीकताका पर्खाल हरु हुन जो छोरीलाई मात्र घेर्न बनाइएका छन ।

नरबहादुर कार्कीको फेसबुकबाट साभार

Wednesday, August 23, 2017

मोबाइल,कम्प्युटरमा टाइप गर्नबाट दिक्क हुनुहुन्छ ? अब नेपालीमा बोल्नुस तपाइले बोलेको कुरा नेपाली मै हुन्छ टाइप


गुगलले बोलेको कुरा स्वतः टाइप हुने सेवा यसअघि नै सञ्चालनमा ल्याइसकेको छ । तर अबदेखि नेपालीमै बोल्दा पनि आफैँ टाइप हुने सेवा गुगलले सञ्चालनमा ल्याएको छ । गुगलको एप्लिकेसन एन्ड्रोइड किबोर्डमार्फत अब सम्पूर्ण नेपालीले नेपाली भाषामा बोलेको कुरा स्वतः टाइप हुने सेवाको भरपुर उपयोग गर्न सक्नेछन् । यसले किबोर्ड थिचेर टाइप गर्ने झन्झटबाट मुक्त गर्नेछ । गुगलले यो सेवा अंग्रेजी भाषामा धेरै पहिले नै उपलब्ध गराइसकेको थियो । धेरै जनसंख्याले बोल्ने अन्य भाषामा पनि यो सेवा उपलब्ध थियो तर नेपालीमा थिएन ।

गुगलले सोमबार थप ३० वटा भाषामा यो सेवा उपलब्ध गराएपछि नेपाली बोल्ने प्रयोगकर्तालाई यो सुविधा उपलब्ध भएको छ । अब बोलेको कुरा टाइप गर्न, बोलेर कुनै कुरा गुगलमै खोज्न सजिलो भएको छ । अब यो सेवा विश्वका १ सय १९ भाषामा उपलब्ध छ । थपिने नयाँ भाषाहरुमा भारतका क्षेत्रीय भाषाहरु पनि छन् । अब तमिल, तेलेगु, मराठी, मलायम, कन्नाड र बंगालीजस्ता भाषामा पनि यो सेवा उपलब्ध छ । बोलेको कुरा स्वतः टाइप हुने बनाउन गुगलले निकै मिहिनेत गरेको छ । यसका लागि उसले नेपालीभाषीहरुलाई उनीहरुले मुख्यमुख्य शब्दहरु कसरी बोल्छन् भनी नमूना संकलन गरेको थियो । त्यही आधारमा उसले मेसिन तयार गरी आफैँ टाइप हुने सुविधा तयार गरेको हो ।

यो सेवा प्रयोग गर्न गुगल प्ले स्टोरमा गई द गुगल किबोर्ड सर्च गरी गुगल किबोर्ड एप डाउनलोड गर्नुपर्छ । यो किबोर्ड डाउनलोड गरेपछि त्यहाँ आवाजमा बोलेको कुरा स्वतः टाइप हुने सेवा प्रयोग गर्न पाइन्छ । टाइप भएको कुरा कपी गरी सोसल मिडिया तथा इमेलमा पेस्ट गर्न सक्नुहुन्छ ।



कोरियन भासा पास गर्ने टिप्सहरु


Aug-23 2017
Ramesh Shrestha

2018 को लागि कोरियन भासा को पढाई सुरु हुनको लागि
धेरै जसो ईन्स्टिच्युटले बिज्ञापन दिन थाली सकेको छ ।
कोरियन भासा पास गर्न गाह्रो छ ।
भासा पास गर्न सुनाइ र पढाई गरि दुई किसिमको हुन्छ ।
धेरै जसोको लागि पहिलो बर्षनै पास गर्न गाह्रो हुनेगर्छ ।
तर मिहिनेत र तयारी राम्रोसँग गर्ने हो भने गरेमा पहिलो बर्षमै पास गर्न सकिन्छ र गरिरहेका छन् ।
यसका लागि विद्यार्थीमा जसरी पनि पास हुने संकल्पसहित निरन्तरको मिहेनत र केही स्पेशल आइडियाहरुको ज्ञान हुनुपर्छ ।


भासा पास गर्न को लागि केहि टिप्सहरु :-

1. कोरियन भासा पढाई हुने राम्रो ईन्स्टिच्युट छन्नुहोस ।
2. कोरियन भासा बोल्नुस् , सुन्नुस् र युट्युब हेर्नुस् ।
    जसले गर्दा तपाईले भासा चाडै बुझ्न सक्नुहुनेछ ।
3 . कोरियन भासा समन्धी एप प्रयोग गर्नुस् ।
4. साथीभाइ र आफन्तको सहयोग लिनुस् ।
5. परीक्षाको पूर्वयोजना बनाउनुस् ।
6. सम्भावित कन्फ्युनलाई अभ्यासले चिर्नुस् ।
7. चिटिङको मानसिकता त्याग्नुस् ।
8. काम र पढाइ नछाड्नुस्, ब्यवस्थापन गर्नुस् ।

कोरियन भाषा परीक्षामा सबै प्रश्न अप्सनसहित हुन्छ ।
दुई सय अंकको परीक्षामा ५० प्रश्न सोधिन्छ ।
२५ वटा प्रश्न पढेर र बुझेर सही उत्तरमा चिन्ह लगाउनुपर्छ ।
प्रश्नको र उत्तरका लागि फरक-फरक सीट दिइएको हुन्छ ।
२५ वटा प्रश्नको भने अडियो सुनेर सही उत्तरमा चिन्ह लगाउनुपर्छ


Saturday, August 19, 2017

के साच्चै सहज र सरल छैन त् बैंकिंग सेवा ?


कोरियामा रेमिट्यान्स कारोबार गर्नेगरी नबिल बैंकसँग केइबी (Korean exchange bank, KEB ),
सिद्धार्थ बैंकससँग केइबी (Korean exchange bank, KEB ) ,
ग्लोबल आइएमई बैंकसँग कुकमिन (Kookmin, KB) र आइबिके (Industrial bank of Korea, IBK),
एनएमबि बैंकसँग कुकमिन (Kookmin, KB),सानिमा बैंकसँग हाना (Hana),
एभरेस्ट बैंकसँग उरी (Woori), नेपाल इन्भेस्टमेन्ट बैंकसँग कुकमिन (Kookmin),
राष्ट्रिय वाणिज्य बैंकसँग कुकमिन (kookmin), सनराइज बैंकसँग आइबिके (Industrial Bank of Korea, IBK)
र प्रभु बैंकसँग आइबिके (Industrial Bank of Korea, IBK) बीच सम्झौता भएको छ । 

तर यिनीहरुको प्रभावकारिता पनि गौण देखिन्छ । रेमिट्यान्स खाता बनाएर पनि हुण्डी मार्फत नै पैसा पठाउनेहरु धेरै छन्। धेरैको गुनासो यो छ कि बैंक खुल्ने दिन कम्पनि विदा हुँदैन कसरी बैंक सम्म जाने ? तर कम्पनीलाई पनि आफ्नो समस्या बताएर एक दिन २-३ घन्टाको लागि बैंकमा यो-यो कारणले जानुपर्ने भयो भनेर भन्ने हो भने छुट्टी नदिने जब्बर कम्पनी हुन्छ जस्तो लाग्दैन । कुरा यति हो इच्छाशक्ति हुनुपर्यो ।

खासमा बैंक खुल्ने एक दिन कम्पनीमा विदा मागेर नेपालको सम्बन्धित बैंक खातावालाको नाम, खाता नम्बर, पासपोर्ट र कोरियाको परिचयपत्र (Alien card), र फोन लिएर कोरियाको सम्बन्धित बैंक सम्म पुग्ने हो र पैसा पठाउने रेमिट्यान्स खाता, जस्तो इजी एकाउन्ट, एनिटाइम एकाउन्ट सजिलै बनाउन सकिन्छ । कोरियन भाषाको समस्या परे अंग्रेजी भाषा जान्ने र बुझ्ने कर्मचारी मार्फत पनि खाता खोल्न सकिन्छ, बैंक उपलब्ध हुन्छ । यो खाता बनाइ सकेपछी भने सम्बन्धित बैंक र खातामा पैसा पठाउन सहज र सरल छ । कुरा यत्ति हो हुण्डी र बैंकको दर रेट बुझेर हुण्डीमार्फत सस्तो पर्ने भन्दै हुण्डी रोज्नु भएन।

प्रविधी र टेक्नोलोजीको दुनियामा दक्षिण कोरिया नबर वानमै पर्छ। त्यसको सुरक्षित र भरपर्दो सेवाबाट हामीले पनि लाभ लिन सक्छौं । बैंकमा गएर मोवाइलमा इन्टरनेट बैंकिंग सेवा लिने हो भने (जुन अंग्रेजी र कोरियन भाषामा उपलब्ध हुन्छ) कोठामै बसेर पैसा पठाउन सकिन्छ। हुण्डीवालालाई फोन गरिरहनु पनि पर्दैन, पैसा नेपालमा पुग्छ कि पुग्दैन भनेर तनाव लिनु पनि पर्दैन र कुनै एटीएम मेशिन खोज्दै हिड्नु पनि पर्दैन । तर बैंकिङ प्रणालीकोको सिमा हो सम्बन्धित खातामा बाहेक अरु खाता वा अरु बैंक वा अरु स्थानमा पैसा पठाउन मिल्दैन। त्यतिबेला भने हुण्डीको प्रयोगको विकल्प छैन। कोरियामा रेमिट्यान्स/रेमिट कम्पनीहरु नहुनुको दुर्भाग्य यहि हो। हुण्डी एक अवैधानिक कारोबार हो, राज्यलाई ठग्ने मध्यम हो, हाम्रो कमाइको रेमिट्यान्स मात्रै देशलाई घाटा लाग्ने होइन, यसमा संलग्न कारोबारी व्यापारीहरुले वस्तुको मुल्यांकन थोरै अर्थात नेपालमा आयातित वस्तुहरुको न्यून बिजकीकरण गराएर राज्यलाई भ्याट र राजस्व पनि छलिरहेको हुन्छ। अवैधानिक हुण्डी यसैपनि जोखिमपूर्ण छ ।

केहि वर्ष अगाडी हुण्डी कारोबारी सोगेन्द्र घले नेपालीहरुको लाखौं खाएर फरार भए, अन्य करिबारी पनि करोडौं उठाएर सम्पर्क बिहिन भएको थुप्रै घटनाहरु छन् । कोरियामा रहेका विभिन्न व्यवसायमा संलग्न नेपालीहरु नै हुण्डीको कारोबारी अर्थात् एजेन्टहरु हुन्। यिनीहरुको व्यवसायमा समस्या देखियो भने दुखले कमाएको लाखौं रकम लिएर भाग्न, फरार हुन, सम्पर्क बिहिन हुन के बेर ? र हुँदै आएका पनि छन् ।

बैंक मार्फत पैसा पठाउन जारि गरेको सुचनाको समाचार लिंकमा कमेन्ट थियो “वर्षामा करिब एकडेढ लाख हुण्डी बाट नेपाल पैसा पठाउँदा फाइदा हुने रहेछ, दुखले कमाएको त्यो पैसा चुडामणी शर्मा जस्तो भ्रष्टलाई पोस्न किन बैंकबाट पैसा पठाउने ? किन राज्यलाई कर तिर्ने ?” भ्रष्टलाई किन पोस्ने ? प्रश्न ठिकै भए पनि दुइ-तीन महिनाको जम्मा गरेर ३-४ लाख एकै पटक हुण्डी मार्फत पठाउँदा हुण्डीवाला त्यो पैसा लिएर सम्पर्क बिहिन भए के गर्ने ? आफै अवैधानिक हुण्डीको प्रयोगकर्ता भए पछी कानुनि उपचार कहाँ खोज्ने ?

बैंकिंग रेमिट्यान्स प्रणाली सहज र सरल नै हो तर हुण्डी जस्तो सहज र सरल भने होइन र कोरिया बाट पठाएको पैसा नेपालमा छिटो भुक्तानी पनि मिल्दैन । हुण्डी जस्तो नेपालको प्राय जुनसुकै स्थानमा र सम्बन्धित खातावाला बाहेक फरक खाता वा व्यक्तिलाइ भुक्तानी दिन नसक्नु बैंकिंग प्रणालीको मुख्य कमजोरी हो । भने रेमिट्यान्स पठाउँदा लाग्ने दोहोरो शुल्कले गर्दा कामदारलाई पर्ने मर्का अर्को मुख्य समस्या हो । दोहोरो शुल्क चार्ज गरेर नेपाली एक लाख पठाउँदा करिब चार-पाँचहजार सम्मको फरक पर्नसक्छ ।
अर्को मुख्य कारण यहि चार- पाँच हजारको लोभ हो । दु:खले असिना पसिना भएर, गालीगलौज सहेर, भोकप्यास खपेर थ्री डी को काम बाट आउने प्रतिफल एकसयको पनि लोभ लाग्नु स्वाभाविकै हो । तर देश र राज्यप्रतिको दायित्व एउटा देशप्रेमी नागरिकले भने बिर्सनुहुँदैन ।

हामीले देश विकास खोजेका छौं, देश परिवर्तन भैदिए हुन्थ्यो भन्छौं, देश कोरिया जस्तै विकसित र सम्पन्न भैदिए हुन्थ्यो भन्ने चाहान्छौं, देशमा भ्रष्टाचार , दलाल, घुसखोरी, कमिशनवालाहरुको राज भयो भन्दै नेता तथा कर्मचारीहरुलाई गालीगलौज गर्छौं तर आफु आफै परिवर्तन भने हुन चाहादैनौ ।
देश बनाउनका लागि भन्दै राजनीति गरेका नेताहरुले देश लुटेका छन्, देशको आधा बजेट झ्वाम पार्ने चुडामणी शर्मालाई देशको कानुनि राज्य निर्माण गर्ने सर्वोच्च अदालतले सहज उन्मुक्ति दिन्छ, देश बनाउने सपना बाँडेर चुनाव जित्नेहरु यो वा त्यो बहानामा सेवा र सुविधा राज्यको ढुकुटीबाट लिइनै रहेका छन् । हो यी यस्तै खबरहरुले राज्यप्रति वितृष्णा चुलिन्छ स्वाभाविकै हो तर के त्यो वितृष्णाले हाम्रो देश विकसित बन्छ त् ? कि सानै अंशमा किन नहोस् परिवर्तन आफैबाट सुरु गरेर देश बन्छ ?


#Visionnepaltv

किन पाएनन् निशान भट्टराइले भोट ?

पछिल्लो समयमा निकै चर्चित बनेको
रियालिटी शो ‘नेपाल आइडल’
टप फाइभमा प्रवेश गरेको छ।
टप फाइभ प्रवेश गर्नु अघि
चर्चित कन्टेस्टेन्ट सुरज थापा
प्रतियोगिताबाट बाहिरिएका छन्।

यसै शोकै एक प्रवल दाबेबार मानिएका
निशान भट्टराई ‘बटम थ्रि’मा परेर बालबाल जोगिए। ‘बटम थ्री’मा निशान भट्टराई, सुरज थापा सहित सुजाता पाण्डे परेकी थिइन् ।
तर दर्शकको भोटको आधारमा सुरज थापाको
नेपाल आइडल यात्रा समाप्त भयो।
तर बाहिरनु अघि नै सुरज थापाले
दर्शक र स्रोता माझ निकै लोकप्रियता कमाइसकेका छन्। उनले गाएको झलकमान गन्धर्वको ‘हे बरै’ गीतले त दर्शकको मनै लुटेको थियो। 

सामाजिक सञ्जालमा प्रबल दाबेदार मानिएका
निशान भट्टराई ‘बटम थ्री’मा परेकोमा व्यापक टिकाटिप्पणी चलेको छ। देशको पुर्वी भेगमा बाढीले निकै प्रभावित गरेका कारण उनको भोट घटेको टिप्पणी पनि सामाजिक सञ्जालमा गरिएको छ ।
यसैगरि सुरज थापाको भोट पनि बाढीले नै प्रभावित गरेको टिप्पणीहरु गरिएका छन्।

तर आइडलले भोटको संख्या पनि सार्वजनिक
नगर्ने र कुन क्षेत्रबाट कति भोट आयो भन्ने थाहा नहुने भएकाले यो अनुमानको विषय मात्र हो।

तर निशानले केही दिन अघि फेसबुकमा भोट र बाढीलाई जोडेर राखेको स्टाटसले भने उनका प्रशंसकको मन हरेको थियो।
उनको स्टाटस
"हामी हरेक वर्ष केही न केही समस्या झेलिरहेका छौँ । कहिले भूकम्प, कहिले बाढीपहिरो, कहिले विभिन्न रोगहरूको महामारी आदि आदि । र यतिबेला भने देशले बाढीपहिरोको कठिन परिस्थिति झेलिरहेको छ । थुप्रै घरपरिवार विस्थापित हुनुभएको छ, थुप्रै परिवारहरू आफन्त गुमाएको पीडामा हुनुहुन्छ, अभाव र असहाय अवस्थामा कति परिवारहरू गुज्रिरहुनु भएको छ ।
यो सब देखेर मेरो मनमा अत्यन्तै पीडा भइरहेको छ, छटपटी भइरहेको छ । यो बेलामा आफ्नो तर्फबाट केही गर्न सकिरेहको छैन त्यसले मलाई झन भावुक बनाइरहेको छ ।

म यतिबेला यो सब पीडा मनमा बोकेर नेपाल आइडलको मन्चमा छु । मेरा फ्यानहरू पीडामा हुनुहुन्छ, मैले बढो दुःखले हाँस्ने हिम्मत गरिरहेको छु र हरेक बिहीबार झैँ यो बिहीबार पनि नेपाल आइडलको कार्यक्रम प्रस्तुत हुँदैछ ।
तर यो साता भने म यहाँहरूलाई भोट गरिदिनुहोस् भन्न सक्ने अवस्थामा छैन ।

आदरणीय, मेरा आत्मीय मित्रहरू, मेरा सम्पूर्ण प्रियजनहरू, आफन्तहरू ! पहिला हजुरहरू सुरक्षित रहनुहोस् र अरुलाई पनि सुरक्षित रहन सहयोग गर्नुहोस् । त्यसपछि सहज भयो भने नेपाल आइडलको कार्यक्रम हेरेर भोटिङ गनुहोस् ।
सबभन्दा पहिला यहाँहरू सबैजना सुरक्षित र पीडामुक्त भएको सुन्न र देख्न चाहन्छु ।
तपाईहरूको प्यारो निशान भट्टराई ।"

Friday, August 18, 2017

सबैलाई रुवाउँदै नेपाल आइडलबाट बाहिरिए सुरज थापा, यस्तो छ उनको नेपाल आइडलसम्मको यात्रा

काठमाडौं, भदौ ३ – रियालिटी टेलिभिजन शो नेपाल आइडलको टप सिक्समा पुगेका सुरज थापा बाहिरिएका छन् । सबैलाई रुवाउँदै शुक्रबार गाला राउण्डबाट उनी बाहिरिएका हुन् ।

सानैदेखि संगीतमा रुचि राख्ने सुरज थापा विभिन्न आरोह अवरोहको सामना गर्दै नेपाल आइडलको टप सिक्ससम्मको यात्रा तय गरेका हुन् । शुक्रबार नेपाल आइडलको मञ्चमा अन्तिम प्रस्तुति स्वरुप उनले पहिले नै प्रतियोगिताबाट बाहिरिएका सुरज तामाङसँग उपस्थित भएका थिए ।

विकट जिल्ला दैलेखमा जन्मेका सुरज थापाको परिवार अहिले भने नेपालगञ्जमा बस्दै आएको छ । २०४३ सालमा बुवा मानबहादुर थापा र आमा दिलमाया थापाबाट जन्मेका सुरज थापा नेपाल आइडलमा आउनुभन्दा पहिले थुप्रै संघर्ष गरेका छन् । 
आफू भारतीय सेनाको लाहुरे भएकाले सुरजका बुवाको चाहना छोरो पनि लाहुरे बनोस् भन्ने नै थियो ।
तर सुरज सानैदेखि संगीतप्रतिको चाहना र लगावका कारण बुवाको कुरा सुनेनन् । एसएलसीपछिको उच्च शिक्षा र सांगीतिक क्षेत्रमा पनि केही गर्ने उद्धेश्यले सुरज २०६० सालमा काठमाडौं आए । उनी भृकुटीमण्डपमा रहेको रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भए । प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरे उनले ।

काठमाडौंमा बसेर अध्ययन, काम र गीत संगीतलाई एकैसाथ निरन्तरता दिनु सुरजका लागि एकदमै कठिन भयो । उनले अध्ययनलाई छाडेर काम र संगीतलाई निरन्तरता दिए । उनले एक अन्तर्वार्तामा दिएको जानकारी अनुसार उनले कपडा पसलमा काम गर्नेदेखि लिएर झोलामा श्याम्पु राखेर घर घरमा पुगेर बेच्ने काम पनि गरे । उनले आलु चिप्स पनि बेचे । संगीतमा जम्नका लागि उनले साना ठूला सबै काम गरे ।

जब उनले दोहोरीमा हार्मोनियम बजाउने काम पाए, त्यहीँबाट उनले औपचारिक रुपमा सांगीतिक यात्रा सुरु गरे । हार्मोनियमबाट सुरु गरेको दोहोरी साँझको काममा हल्का फुल्का गाउने पनि गरे । रेस्टुरेन्टमा पनि गाए उनले । तिम्रो सुर मेरो गीत, बागिना, नेपाल स्टार, नेपाली तारा २ हुँदै उनी इन्डियन आइडलसम्मको यात्रा गरे ।

इन्डियन आइडलको तेस्रो चरणसम्म पुगेका सुरजलाई उनका प्रशंसकले नेपाली अरिजित सिंह पनि भन्ने गर्छन् । नेपालमा मात्रै होइन, इन्डियन आइडलको अडिसन दिन दिल्ली गएको बेलामा लाइनमा बस्ने प्रतियोगीहरुले सुरजलाई डुप्लिकेट अरिजित सिंह भनेका थिए ।

सांगीतिक क्षेत्रमा स्थापित हुने चाहनाले उनलाई कहिले काठमाडौं त कहिले मुम्बई पुर्‍यायो । सुरजले हिन्दी गीत पनि मिठो गाउँछन् । त्यसैले उनी भारतमा पो केही गर्न सकिन्छ कि भनेर लागे । तर उनले सोचेजस्तो भएन । साथीभाइको आग्रह र दबाबका कारण सुत्र ब्याण्ड स्थापना गरेका सुरज थापाले क्रन्दन एल्बम बजारमा ल्याए । त्यस एल्बमका सबै गीतहरु लोकप्रिय भए । अझ ‘बहुला हुँ म बहुला’ बोलको गीत एकदमै मन पराइयो । यो गीतको म्युजिक भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको छ । त्यस्तै तस्विर तिम्रो, ए जाने माया पनि दर्शक तथा श्रोताले मन पराए । सुरज थापाले ‘बहुला हुँ  म बहुला’ लाई हिन्दीमा ‘राँझा हुँ मे राँझा हुँ’ बोलमा गाए । त्यस्तै तिमी बिना पनि बाँच्न सक्छु बोलको गीत गाएका सुरज आफैले गीत लेख्ने तथा संगीत भर्ने पनि गर्छन् ।

सुत्र ब्याण्डबाट देशका विभिन्न ठाउँमा प्रस्तुति दिएका सुरज विभिन्न समस्याले गर्दा विदेशिन पुगेका थिए । एक वर्ष बहराइनको बसाईपछि नेपाल फर्केका उनले फेरि गीत संगीतलाई निरन्तराता दिएका थिए । नेपाल आइडलको अडिसनदेखि टप सिक्ससम्म पुगेका सुरजलाई संगीतमा लागर नै माटो र ढंगाको घरलाई पक्की बनाउने चाहना छ । उनी भन्छन्, ‘पहिले सबैका घर माटो र ढंगाका थिए । अहिले हाम्रो बाहेक सबैका घर पक्की भइसके । त्यो कच्ची घरलाई पक्की बनाउनु छ  र आमाबुवाको आँसु पुछ्नुछ ।’

शुक्रबार नेपाल आइडलका मञ्चबाट बिदाई गर्नुपर्दा निर्णायक मण्डलकी सदस्य इन्दिरा जोशी भक्कानिएक थिइन् । त्यस्तै अर्का निर्णायक कालीप्रसाद बास्कोटाका आँखा पनि रसाएका थिए । प्रतियोगितामा टप फाइभमा पर्न सफल भए पनि पाँच प्रतियोगी बुद्ध लामा, सुजाता पाण्डे, निशान भट्टराई, सागर आले र प्रताप दास सुरजलाई बिदाई गर्नु पर्दा निकै नै भावुक भएका थिए ।

क्लासिकल र सुफी गायनमा निकै नै पोख्त सुरज थापा पप र आधुनिक गीत पनि उत्तिकै मिठो गाउँछन् । शुक्रबार प्रतियोगिताबाट बाहिरिँदै गर्दा उनले भने, ‘चार महिनामा मैले नेपाल आइडलबाट जे पाएँ, त्यो मेरा लागि उपाधिभन्दा पनि ठूलो उपलब्धी हो । यहाँहरुले दिनुभएको माया र हौसला नै मेरो लागि सबैभन्दा ठूलो कुरा हो ।’

नेपाल आइडलमा झलकमान गन्धर्वको गीत ‘हे बरै’ गाएर सबैलाई रुवाएका सुरज नेपाल आइडलबाट बिदा भएर गए पनि नेपाली गीत संगति क्षेत्रमा एक उज्जवल नक्षत्रका रुपमा उदाउने सम्भावना देखिन्छ ।


Source :  ujyaloonline.com

नेपाल आइडलको तरंग



नेपाली टेलिभिजनको इतिहासमा सर्वाधिक रुचाइएको गायन रियालिटी सो नेपाल आइडलको यात्रा
अहिले उत्कृष्ट ६ मा आइपुगेको छ ।
यो क्रम उत्कृष्ट तीनसम्म निरन्तर चल्नेछ ।
यस अर्थमा अब तीनजना प्रतियोगी बाहिरिनेछन् ।
बाँकी तीनजना अन्तिम प्रतिस्पर्धामा उत्रिनेछन् ।
अन्तिम प्रतिस्पर्धामा उत्रिएका तीनमध्ये एकजना विजेताले नेपाल आइडलको सान र मान पाउनेछन् ।
त्यो भाग्यमानी को हुने हो भन्ने बहस सुरु भइसकेको छ । कतिपयले बाजीसमेत राख्न थालेका छन् ।
नेपालमा पहिलो पटक भित्र्याइएको अन्तर्राष्ट्रिय फ्रेन्चआइच सोको विजेता बनेर इतिहास रच्ने अवसर कसले पाउने हुन्
त्यो भने समयले तय गर्नेछ । नेपाल आइडलका बारेमा संगीतकर्मीहरू के भन्छन् त ?

चर्चाको विषय बनेको छ
नेपाल आइडलको आयोजनासँगै हजारौं युवाको सपना चल्मलाउन थालेको छ ।
संगीत क्षेत्रमा लागेर भविष्य खोज्नेहरूका लागि गतिलो प्लेटफर्मको सुरुवात भएको छ ।
नेपालमा यो स्तरको कार्यक्रम हुनु सम्पूर्ण संगीतप्रेमीका लागि गौरवको विषय हो ।
अहिले यो कार्यक्रम जताततै चर्चा र बहसको विषय बनेको छ ।
प्रतियोगीको कुरा गर्ने हो भने पनि उत्कृष्ट १२ मा परेका सबैको स्वरउत्तिकै सशक्त र प्रभावकारी लाग्छ ।
अहिले उत्कृष्ट ६ मध्ये जो नेपाल आइडल घोषणा भए पनि डिजर्व गर्न सक्ने सामथ्र्य उनीहरूको स्वरमा छ ।
हजारौंमध्ये छानिएर यो स्थानमा आउनु आफैंमा जित हो।
-शान्तिराम राई, संगीतकार

तरंग पैदा गरेको छ
आँखालाई आनन्द लाग्ने र कानलाई पनि सुनिरहुँजस्तो हुने सो हेर्न पाएका छौं ।
नेपाल आइडल सांगीतिक क्षेत्रका लागि महत्वपूर्ण देखिएको छ ।
श्रोतादर्शकमा अहिले तरंग पैदा गरेको छ ।
विदेशी च्यानल हेरेर मनोरञ्जन लिनेहरूलाई पनि यसले आकर्षित गरेको छ ।
अन्य टेलिभिजनलाई अब यही स्तरको कार्यक्रम बनाउनुपर्छ भन्ने चुनौती थपिदिएको छ ।
नयाँ प्रतिभालाई गाउनमा अझ मेहनत गर्न प्रेरित गरेको हुनुपर्छ ।
तर प्रतियोगितामा अझ ‘र’कलाकारलाई ल्याएको भए राम्रो हुन्थ्यो ।
नेपाल आइडल कच्चा कलाकारलाई ल्याएर परिपक्व बनाउने चमत्कारी प्लेटफर्म बन्नु पर्छ।
-हेमन्त शर्मा, गायक

निरन्तरता पाओस्
नेपाल आइडल नेपाली सांगीतिक क्षेत्रका लागि यो ठूलो अवसर हो ।
यसले पुराना पुस्तालाई सचेत र नयाँ पुस्तालाई जागरुक बनाउने काम गरेको छ ।
गायनमा करियर बनाउन चाहनेलाई कसरी तयारी गर्ने, कति मेहनत गर्ने भन्ने चेतना दिएको छ ।
नेपाली प्रतिभा र आयोजक अब यो स्तरका लागि तयार भइसकेको छ भन्ने सन्देशसमेत दिएको छ ।
पहिलो सिजन भएकाले केही कमी, कमजोरी होलान् त्यसलाई सुधार गर्दै आगामी सिजनमा अघि बढ्नुपर्छ ।
प्रतियोगीलाई अझै प्रशिक्षण पुगेको छैन कि जस्तो लाग्छ ।
नेपाल आइडलले निरन्तरता पाओस् ।
-दीप श्रेष्ठ, गायक

उत्सव बन्न सक्छ
अन्तर्राष्ट्रिय फ्रेन्चआइच नेपालमा आउनु ठुलो कुरा हो ।
नेपाल आइडलजस्तो प्रतियोगिताले राम्रो गायकगायिकाको खोजीमात्रै होइन राम्रो श्रोतादर्शक पनि तयार गर्छ ।
बजारका दृष्टिले राम्रो श्रोतादर्शक पाउनु ठुलो कुरा हो ।
यो सोले निरन्तरता पायो भने
संगीतप्रेमीका लागि हरेक वर्ष उत्सव बन्न सक्छ ।
एउटा महत्वपूर्ण कुरा प्रतियोगीलाई सकभर संगीतको भाषामा धेरै कुरा भनिदिनुपर्छ ।
जस्तो राम्रो भएन भने यो कारणले भएन, राम्रो भयो भने यो कारणले भनेर खुलस्त पारिदिनु पर्छ ।
यसले अरूलाई पनि सिकाउँछ । जसले नेपाली संगीतको स्तर अभिवृद्धिमा मद्दत पुर्‍याउँछ ।
-राजु सिंह, संगीतकार


मापदण्डलार्इ स्वीकार्नुपर्छ
क्षमता भएका मान्छे गाउँगाउँमा हुन सक्छ । उनीहरूलाई ल्याएर स्थापित गराउन नेपाल आइडलजस्तो ठूलो मञ्च चाहिन्छ ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त सो नेपालमा सुरु हुनु त खुसीको कुरा हो । अहिले उत्कृष्ट ६ मा परेका सबैमा उत्तिकै सम्भावना छ । तापनि कोही न कोही त स्थापित मान्यता र मापदण्डका आधारमा बाहिरिनै पर्छ । त्यसलाई प्रतियोगी, दर्शक सबैले स्विकार्नुपर्छ ।
तर नयाँ पुस्तामा मलाई मन परेको ठीक, मन नपरेको बेठीक भन्ने भावना जसरी देखियो त्यो गलत हो ।
अहिले निर्णायकलाई जसरी गाली गरिँदैछ यस्तै अवस्था रह्यो भने भविष्यमा निर्णायक नपाउन सकिन्छ ।
-राजेन्द्र थापा, गीतकार

संघर्ष जारी राख्नुपर्छ

गायनमा क्षमता भएका तर अवसर नपाएका नयाँ पुस्ताका लागि नेपाल आइडल राम्रो प्लेटफर्म हो ।
अहिले उत्कृष्ट ६ सम्म आइपुगेका प्रतियोगीहरूले आफूलाई भर्सटाइल सिंगरका रूपमा स्थापित गरिसकेका छन् ।
भारतमा यस्ता धेरै रियालिटी सो हुन्छ । कपितय विजेता त्यत्तिकै हराएका छन् भने सहभागीहरू चम्केका उदाहरण प्रशस्त छ ।
त्यसैले जसले जिते पनि संघर्ष जारी राख्नुपर्छ । प्रतियोगितालाई अझ मनोरञ्जनात्मक बनाउन विभिन्न सेग्मेन्टहरू समावेश गर्नुपर्छ ।
प्रतियोगीका दुःखसुखका कुरा बेलाबेलामा दिन सक्यो भने त्यसले अझ बढी भिवर्स पाउँछ ।
-मिलन अमात्य, गायिका

नेपाल आइडलका उत्कृष्ट ६ प्रतियोगी

सुरज थापा
नेपालगन्जका सुरज थापा नेपाल आइडलमा उत्कृष्ट ६ सम्म आइपुगेका छन् ।
राजधानीबाट अडिसन दिएका उनी आधुनिक, सेमी क्लासिक र सेन्टिमेन्टल गीत मन पराउँछन् ।
नेपाल आइडलजस्तो विख्यात स्टेजमा उभिएर उत्कृष्ट ६ सम्मको यात्रा तय गर्नु चानचुने विषय होइन ।
यो उपलब्धिबाट उनी पनि निकै खुसी र उत्साहित छन् ।
उपाधिका लागि आफूलाई दाबेदार मान्ने सुरज रेडियो नेपालमा पुराना कलाकारका गीत सुनेर
गीतसंगीतप्रति आकर्षित भएका हुन् । ३० वर्षीय उनले आईए गरेका छन् ।

प्रताप दास

सबै खाले गीत सुन्न र गाउन मन पराउने प्रताप दास नेपाल आइडलका प्रबल दाबेदार मानिएका छन् ।
ललितपुर झरुवारासीका २२ वर्षीय प्रताप पारिवारिक वातावरण नै सांगीतिक भएकाले यस क्षेत्रप्रति आकर्षित भएका हुन् ।
लगभग तीन वर्ष गायनसम्बन्धी प्रशिक्षण लिएका उनी नारायणगोपाल र कर्णदासको स्वरबाट प्रभावित छन् ।
स्नातक अध्ययनरत उनी अहिले आफ्नो एकमात्र लक्ष्य नेपाल आइडल भएको बताउँछन् ।
प्रतियोगितामा उत्कृष्ट ६ सम्म आइपुग्दा उनले निकै रोमाञ्चक अनुभूति गरेका छन् ।

सुजाता पाण्डेय
नेपाल आइडलमा सहभागी हुन चाहने हजारौंलाई उछिन्दै उत्कृष्ट ६ सम्म आइपुग्ने एकमात्र महिला प्रतियोगी हुन्,
सुजाता पाण्डेय । बुटवलकी २१ वर्षीया सुजाता अरुणा लामा, तारादेवी र नयाँ पुस्तामा मेलिना राईको स्वर मन पराउँछिन् ।
बुटवलबाट अडिसन दिएकी उनको पनि लक्ष्य जित नै हो । नेपाल आइडलमा आएपछि गायनसम्बन्धी धेरै कुरा सिकेको उनको भनाइ छ ।
बीबीएस अध्ययनरत उनी परिवारको साथ र दर्शकको मायाका कारण नेपाल आइडलजस्तो गरिमामय प्रतियोगितामा
यहाँसम्मको यात्रा तय सम्भव भएको बताउँछिन् ।

निशान भट्टराई
दुईवटा चर्चित प्रतियोगितामा मोरङ उर्लाबारीका दुई प्रतियोगी देखा परे ।
नेपाल आइडलमा निशान भट्टराई र मिस नेपालमा निकिता चान्डक ।
निकिताले ताज चुमेर उर्लाबारीवासीबाट स्याबासी पाइसकेकी छन् भने निशान त्यस्तै इतिहास बनाउन प्रयासरत छन् ।
बीबीएस अध्ययनरत २१ वर्षीय भट्टराई सानैदेखि गीतसंगीतप्रति रुचि राख्थे ।
निशानको गायनकलाका कारण उनी पनि नेपाल आइडलका प्रबल दाबेदार मानिएका छन् ।
गजल, आधुनिक गायनमा रुचि राख्ने उनी सबै खाले गीत गाउन सक्छन् ।

सागर आलेमगर

प्लस टु गरेका सागर आलेमगरले पनि नेपाल आइडलमा उत्कृष्ट ६ सम्मको यात्रा तय गरेका छन् ।
चितवनका २० वर्षीय मगर सबै प्रकारका गीत सुन्न र गाउन मन पराउँछन् ।
अहिलेसम्म औपचारिक रूपमा संगीत नसिके पनि उनको गायनकौशल र स्वर लोभलाग्दो छ ।
नेपाल आइडलमा आएर आफूले संगीतसम्बन्धी धेरै कुरा सिकेको उनको भनाइ छ ।
परिवारमा सांगीतिक वातावरण भएकाले यस क्षेत्रमा आकर्षित भएका आलेमगरले
नेपाल आइडलका लागि नारायणगढबाट अडिसन दिएका थिए ।

बुद्ध लामा
नेपाल आइडलमा उत्कृष्ट ६ सम्म आइपुगेका पोखरा, नयाँबजारका बुद्ध लामा
अहिलेसम्म बटम लाइनमा परेका छैनन् । प्लस टु अध्ययनरत २० वर्षीय लामा प्रतियोगिताका प्रबल दाबेदारमा पर्छन् ।
दिदी र दाइका कारण गायन क्षेत्रमा लाग्न सम्भव भएको बताउने उनी पुराना र आधुनिक शैलीका गीत मन पराउँछन् ।
नेपाल आइडलमा आएपछि उनले जति मेहनत गरेका छन्, श्रोता दर्शकको साथ पनि त्यत्तिकै पाउँदै आएका छन् ।
सामान्य परिवारका बुद्धलाई मेहनत र गायनकौशलकै कारण धेरैले मन पराएको देखिन्छ ।


Source : अशोकप्यासी रार्इ , annapurnapost 

Thursday, August 17, 2017

सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस,सिद्धान्त होइन


  Rosamond Xiang

’रिस’को उल्टो ‘सरी’ पनि हुन्छ ।
      कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ ।
  मेरो एउटा पनि सत्रु छैन,
      सत्रु देख्यो कि मैले सिध्याइहाल्छु.. …
      उसलाई साथी बनाएर ।
  शहर र गाउँमा दुई फरक छन ।
1. शहरमा घरहरू नजिक नजिक हुन्छन तर
      मनहरू टाढा टाढा हुन्छन,
      गाउँमा घरहरू टाढा टाढा हुन्छन तर
      मनहरू नजिक नजिक हुन्छन ।
2. शहरमा घरहरू पक्का हुन्छन तर सम्बन्ध
      कच्चा हुन्छन,गाउँमा घरहरू कच्चा हुन्छन
      तर सम्बन्धहरू पक्का हुन्छन ।
  मानिसहरू तब मात्र तिम्रो हात समाउँछन
      जब उनीहरूलाई थाहा हुन्छकि
      तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।
  दुनियामा यौटा पनि समस्या नभएको
      मान्छे को होला ?
     -एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो ।
  क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले
     जलाउन नसकेको कागजलाई
     यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै
     त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ ।
     यदि हाम्रो दिमाग हजारतिर छरियो भने
     बर्षौ लगाए पनि यौटा काम राम्रो बन्दैन,
     यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस-
     यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट
     पनि आगो बर्षियोस ।
कुनै पनि मान्छे असाधारण हुँदैन,
     सबै मान्छे हामीजस्तै हो सामान्य, ….
     तर सहि समयमा सहि निर्णय लिँदा
     उनिहरु असाधारण बन्छन!
     यो यौटा कला हो!!
मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन
     किनकी पहाडबाट निस्केको नदिले कहिल्यै
     कसैसंग सोधेको छैनकि”समून्द्र कहाँ पर्छ?”
नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन।
     मृत्यु त तब हुन्छ जब पौडिन आउदैन !
     परिस्थिति कहिल्यै समस्या बन्दैन,
     समस्या त तब बन्छ,
     जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन !
परिस्थिती आफ्नो अनुकुल भएन भनेर
     गुनासो गर्नुको सट्टा आफूलाई मजबूत
     बनाउन तिर लाग्नु सबैभन्दा राम्रो हुन्छ,
     किनकी
     संसारको नियम नै यस्तो छ कि-
    “जब हावा चल्छ त्यस्ले बल्ल तल्ल बल्दै गरेको
     झुपडिको दियोलाई निभाइदिन्छ भने
     पहिल्यै सल्किसकेको जङ्गलको आगोलाई
     झनै दन्काइदिन्छ ।”
यदि सपना पूरा भैरहेको छैन भने
      बाटो बदल्नुस,सिद्धान्त होइन ,
      किनकी
      रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन…...
➽  Rosamond Xiang, South Korea
➽ ramesh335@daum.net

Wednesday, August 16, 2017

इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगित

नेपालस्थित इपिएस साखाले नयाँ सूचना जारी गरेपछि
त्यसले कोरियामा कार्यरत नेपालीमा तरंग सिर्जना गरेको छ ।
बढ्दो हुण्डी कारोबार नियन्त्रण गर्ने प्रयास अन्र्तगत
इपिएस साखा नेपालले नयाँ कडा नियम जारी गरेपछि
इपिएस कामदार तरंगित भएका हुन् ।



इपिएस साखाले सूचना प्रकाशित गरी आगामी
2018 January 1 देखि लागू हुने गरेर बैकिंङ च्यानल
प्रयोग नगरी पैसा पठाउने नेपाली कामदार
पुनः कोरिया जानबाट बन्चित गर्न सकिने बताएको छ ।
कोरिया पुनः प्रवेशका लागि बैकिङ च्यानल प्रयोग गरेको
प्रमाण पत्र पेश नगरे श्रम स्वीकृत जारी नहुने पनि
इपिस साखाले जनाएको छ ।


इपिएस साखाको सूचना जारी भए लगत्तै
सामाजिक सञ्जालमा यो विषयले प्राथमिकता पाएको छ ।
धेरै जसोले बैकिङ च्यानल सर्वसुलभ, सस्तो, झन्झटमुक्त
र नेपालको जुन पनि स्थानमा छिटो र सहजै उपलब्ध
हुने व्यावस्था मिलाए हुण्डी कारोबार
स्वतः विस्थापित हुने धारणा राखेका छन् भने
केहिले बैकिङ च्यानलबाट पैसा नेपाल पठाउदा
धेरै समय लाग्ने र शुल्क पनि मंहगो हुने गरेको
गुनासो गरेका छन् ।
त्यस्त केहिले चुडामणी शर्मालाई कारबाही
नहुदाँ सम्म हुण्डीबाट नै पैसा पठाइन्छ ।
सरकार के गर्न सक्छौ गर
जस्ता चेतावनी युक्त स्टाट्स पोष्ट गरेका छन् ।

चर्चित भ्रष्टाचार काण्डका आरोपित शर्मालाई
सर्वोच्च अदालतले केहि दिन अघि सामान्य तवरले
थुनामुक्त गर्न आदेश दिएको थियो ।
मुलुकमा खुल्लमखुल्ला भ्रष्टाचार हुने तथा
अर्बौ भ्रष्टाचार गरेका सजिलै उन्मुत्ति हुने घटनाबाट
कोरियामा कार्यरत नेपाली निराश र आक्रोसित छन् ।

अवैधानिक हुण्डी रहर नभई बाध्यात्मक रहेको
टिप्पणी गर्ने पनि प्रशस्त छन् ।
कोरियामा कार्यरत अधिंकाश नेपालीले
हुण्डी मार्फत नेपाल पैसा पठाउदै आएका छन्
भने यहाँ आएका नेपाली बैंकले पनि
नेपाली कामदारलाई आर्कषण गर्न चाहे अनुरुप सकेका छैन् ।
यद्यपी पछिल्ला वर्षमा बैंकिङ च्यानल प्रयोग गरेर
पैसा पठाउनेको संख्या भने वृद्धि भएको छ ।
इपिएस साखाले पनि बैकिङ च्यानल सर्वसुलभ,
सस्तो र सहज बनाउने तर्फ अग्रसरता देखाए
रेमिट्यान्स बढ्नेमा कुनै शंका छैन ।
यद्यपी सूचना जारी गरेपछि भने बैकिङ च्यानल
प्रयोग गर्नेको संख्या बढ्ने सक्ने देखिएको छ ।

Source : विकास श्रेष्ठ ,  HelloNepalKorea 

Tuesday, August 15, 2017

एउटा यस्तो प्रेम कहानी जस्ले रुहाउनेछ तपाईको मन । दुई मिनेट लाग्छ अवस्य समय मीलायार पढ्दिनु

एक दिन एउटा केटाले आफ्नो क्लासकि केटीलाई प्रेम प्रस्ताव राख्छ…!
केटीले पनि केटाको प्रेम प्रस्तावलाई सुईकार्छे,
दुबै जना एक अर्को लाई एक्दमै मायाॅ गर्न थाल्छन्…!
केटा जैले पनि भनि रहन्थ्यो कि,
मेरो मुटु तिम्रो साथमा छ,अर्थात तिमीसॅगै छ…!


केहि महिना पछि केटीले केटा लाई
हामी विवाह गरौ भन्छे…!
यो सुनेर केटाले आफूलाई केहि समय
दिन को लागि आग्रह गर्छ…!


जति दिन बित्दै जान्छ उति नै धेरै केटी
लाई केटाको झन् धेरै मायाॅ लाग्दै जान्छ।
उसले आफ्नो मनमा केटा प्रतिको मायाॅ
झन झन बढाउदै लान्छे…!

यसैमा केटाले एक दिन भन्छ,म तिमी
सॅग विवाह गर्न सक्दिन किनकी मेरो परिवार
ले मेरो विवाह अन्तै फिक्स गर्दिसक्नु भयो…!
मेरो परिवारको खुशीमा नै मेरो खुशी
लुकेको छ। 
plz..मलाई माफ गर्देउ ल…!
यो सुनेर केटी केही नबोलि मौन बस्छे,
यतिकै मा केटाले फेरि भन्छ:
हामी जीवनसाथी बन्न नसके पनि
जीवनभरी सधै असल
साथी भयर बस्ने ल!
केटीले हुन्छ भन्ने ईसारामा बिस्तारै मुन्टो हल्लाउछे।
अनि दुबै जना रुदै आ-आफ्नो घरतर्फ जान्छन्…!












केहि दिन पछि केटाको विवाहमा
केटी ले एक गिफ्ट पठाएको हुन्छे।
जब केटाले त्यो गिफ्ट खोलेर हेर्छ,
केटो बेहोस हुन पुग्छ…!

किनकी केटीले गिफ्टमा आफ्नो रगतले
लतपत भएको मुटु र एउटा चिठ्ठी पठाएकी थी,
चिठ्ठीमा लेखेकि थी…!
अरे बुध्दु ,आफ्नो मुटु लिएर त जाऊ
नत्र
फेरि आफ्नो श्रीमती लाई के दिन्छै…?



Source : Rapti24news

बैङ्किङ् च्यानलबाट रकम पठाउने सम्बन्धी सूचना । रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने



नेपाल सरकार
श्रम तथा रोजगार मन्त्रालय
वैदेशिक रोजगार विभाग
ई.पी.एस. कोरिया शाखा
ग्वार्को,ललितपुर ।

वैदेशिक रोजगारका लागि दक्षिण कोरिया गएका नेपाली नागरिकहरुलाई बिप्रेषण पठाउने सम्बन्धी अत्यन्त जरुरी
सूचना !!

मिति:- २०७४।०४।३०

वैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरुले सम्बन्धित मुलुकहरुमा आफुले आर्जन गरेको रकम औपचारीक माध्यमबाट स्वदेश नपठाउदा जे जति वैदेशिक मुद्रा राष्ट्रिय अर्थतन्त्रमा प्रवाहित हुनु पर्ने हो, सो हुन सकिरहेको छैन । विदेशमा आर्जित रकम बैङ्किङ् वा यस्तै औपचारीक माध्यमबाट स्वदेश भित्र्याउन सकेमा मात्र विदेशी मुद्रा राष्ट्रिय अर्थतन्त्रमा समावेश हुने, प्रेसित बिप्रेषणको सुरक्षा हुने, विदेशी मुद्राको नियमनमा सघाउ पुग्ने र ब्यक्तिको आर्जित रकम सुरक्षित हुने भएकोले रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिण कोरिया जाने नेपाली नागरीकहरुले तहाँ आर्जन गरेको मुद्रा बैङ्किङ् च्यानलबाट नेपाल पठाउन सूचित गरिन्छ ।
वैदेशिक रोजगारमा गई विदामा फर्किएका वा प्रतिबध्द (Committed) भै आएका वा सि.बि.टि. वा पि.बि.टि. परीक्षा दिएर पुन कोरिया जाने नेपाली नागरिकहरुले सन् २०१८ जनवरी १ देखि पुन श्रम स्विकृती लिदा बैङ्किङ् च्यानलबाट रकम पठाएको प्रमाण पेश गर्नु पर्ने छ । त्यस्तो प्रमाण पेश गर्न नसक्ने ब्यक्तिहरुको श्रम स्विकृती जारी नहुने तथा वैदेशिक रोजगारमा जान नसक्ने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरीएको छ ।
धन्यबाद !!

Source : www.epsnepal.gov.np

Friday, August 11, 2017

नेपालीलाई बिदेशमा गरिने व्यवहार सम्बन्धि चलचित्र "काठको बाकस " हेर्न नछुटाउनु होला



सुन्दर भविष्यको सपना बोकेर प्रवासमा पुगेका नव जबानले किन प्रवासी भूमिमै आफ्नो देह त्याग गर्छन् ? एउटा नव जबान जो आफ्नो सुन्दर सपना र आफ्नो बाबु आमा, परिवारको अनुहारमा खुशी ल्याउने आशामा विदेश जान्छ , आफ्ना सपनाले साकार रूप लिन नपाउँदै बाकसमा बेरिएर नेपाल फर्कनु अवस्य पनि व्यक्ति परिवार र समाज हुँदै राष्ट्रकै लागि अपुर्नानिय क्षति हो भन्नेमा कसैको दुइमत नहोला
आखिर किन हुन्छ त आत्महत्या जस्तो दुःखद घटना प्रवासी भूमिमा ? यसको कारण र समाधानका उपाय बेलैमा नपैल्यौने हो भने नेपाली समाजमा यसले एउटा ठूलो चोट थोपरनेछ

घर परिवार आफन्त बाट टाढा हुनुको पीडा, लगातारको कडा परिश्रम , सम्बन्धित देशको भाषा , संस्कार तथा हावापानी र रहनसहनमा सजिलै घुलमिल हुन नसक्नू , विदेशमै रहेका नेपालीको असहयोग तथा एक्लो पनाले गर्दा हुने तनावको कारणले गर्दा नै अधिकांश नेपाली डिप्रेशनको बन्न पुग्दछन 
यो भिडियोले यस्तै पीडालाई समेटेर संदेश दिन खोजेको छ यस समस्यालाई निराकरण गर्न व्यक्ति स्वयम् र सरकारले जिम्बेवारीपूर्ण भूमिका निभाउनु आबस्यक छ 
चन्द्र लामा अनुराग ,खिम श्रेष्ठ , किम् यंग हान ,अजिता जोनी सिंहको अविनय रहेको यो “ काठको बाकस “ चलचित्रमा लेखन छाँयाकन र निर्देशन सुरज तामाङले गर्नुभएको छ





भिडियो हेर्न यहाँ Click गर्नुहोस


Wednesday, August 9, 2017

कोरियामा इपियस नेपाली कामदारहरु नल्याउने कम्पनी साउ-हरुको निस्कर्ष आइसक्यो है !!

दैनिक आत्महत्याको खबरले अहिले कोरियामा रहेका 
नेपाली मात्रै नभैइ कोरियन साउहरु पनि तनाबमा रहेको कुरा 
आज को हाम्रो एरियामा रहेको कम्पनीहरुको सामुहिक छलफलमा 
अब उप्रान्त नेपाली कामदारहरु नल्याउने बताएका छन।

नेपालीहरु काम राम्रो गर्ने र भासा पनि जान्ने भएकोले 
कोरियन साउहरुले नेपालीलाई मन पराउदै आएका थिए 
तर पछिल्लो समयमा नेपालिहरु धेरै कम्पनि चेन्ज गर्ने 
तलब सुबिधा हरु बढी खोज्ने भन्दै 
नोदोङ्बुमा पनि प्राय नेपाली कामदारहरुको माग कम भै सकेको छ ।
कोरियन साउहरुको नजरमा नेपालीहरु प्रतीको बिस्वास तोडिसकेको छ ।

झन दैनिक रुपमा कम्पनीमा दुर्घटनामा पर्नु 
दिन प्रती दिन आत्महत्या गरेर मर्नु 
यसले गर्दा मरेर जाने लाई भन्दा 
आगामी दिनहरुमा इपियस पास गरेर बस्ने 
दाजु भाइ दिदी बहिनीहरु लाई नराम्रो असर पर्दछ।

हाम्रो एरियामा झै अन्य एरियामा पनि साउहरुको 
यस्तै निस्कर्ष भयो भने नेपालीको लागि कोरिया आउने 
ढोका सदा को लागि बन्द हुनेछ ।
कोरिया आउनको लागि जति पनि भासा उतिर्ण गरि बस्नु भएका 
नेपाली दाजु भाइ दिदी बहिनीहरुले सोच्नु पर्ने बेला आएको छ 
कोरिया जानू मात्रै ठूलो कुरा होइन 
कोरिया गयेर कसरी सकुसल फर्कने 
त्यो कुरा हरु लाई पनि मनन गरेर 
आईदिनु हुन बिनम्र अनुरोध गर्दछु।

त्यसैले अब उप्रान्त कोरियामा कसैको पनि 
अकाल मा मृत्युु पनि नहोस र कसैले पनि 
आत्महत्या नगर्नु हुन बिनम्र अनुरोध गर्दछु।

तपाईंहरुको समस्या के हो ?
खुलस्त रुपमा भन्नुस लाज-सरम लाग्छ भने 
इनबक्समा म्यासेज गर्न सक्नु हुनेछ 
डिप्रेसन के कारण ले भएको हो ?
कम्पनीको कारणले हो कि सङ्गै बस्ने साथीको कारणले हो कि ?
घर परिवारको कारणले हो कि ?
या अन्य कुनै कारणहरु छन भने पनि खुलाउनु हुन बिनम्र अनुरोध गर्दछु।
र सङ्गै काम गर्नु हुने नेपाली दाजुभाइहरु पनि सतर्कता अपनाउनु होला 
तपाईं कै कारणले गर्दा कसैको ज्यान गैरहेको त छैन ??
साना तिना कुराहरुमा सबै नेपाली दाजुभाइ दिदी बहिनीहरु 
परदेशको ठाउँमा झै झगडा गर्नुको साटो मिलेर बसौ मिलेर कमाउ मिलेर रमाउ।
जय गोर्खाली जय नेपालि

Writer : चन्द्र लामा अनुराग, दक्षिण कोरिया

के कोरिया बाहेक अरु विकल्प हुदैन र ?


केहि दिन अघि  कम्पनिमा काम गर्दा गर्दै एक जनाको  नेपालीको दुर्घटनामा परि मृत्यु भयो,
त्यो खबर सेलाउन नपाउदै फेरी अर्को दिन एक जनाले आत्म हत्या गरे,
साहेद त्यसैलाई सिको गर्दै होला अर्को दिन फेरी एक नेपाली युवाले मृत्युको बाटो रोजे l

३ दिनमा ३ जनाको मृत्यु भएको छ दुखको खबर !
आत्म हत्या किन गर्न सक्छन मान्छेहरु ?
के कोरिया बाहेक अरु कुनै बिकल्प थिएन र जिन्दगि मा केही गर्नको लागि ?
लाग्छ अहिले आत्महत्या कोरिया मा नेपालिहरुको लागि चलेको फेसन जस्तो भैरहेको छ !
कति सजिलै त्यो आफ्नो अमुल्य जिबनलाइ माटोमा मिलाउछ्न !
मानब होस या सजिब प्राणी अरु नै
जब  यस धर्तिमा पाइला टेकेपछी सबैको दुखको दिन सुरु नै हुन्छ !
त्यसमा मानबजातिको धेरै हुन्छ,बिदेसी भुमिमा रहेर कस्लाइ पो सुख हुन्छ र ?
आखिर बिदेसिनु भनेको दुख कमाउन जानू हो सुख हैन,

आखिर यो कुरा सबैलाइ थाहा भएकै कुरा हो
तर पनि मानिसहरु किन अबुझ हुन जान्छ्न ?
पक्कै पनि मान्छेहरु बिदेश जान्छु खुसी हुन्छु,रमाउछु भनेर
सायद आफ्नो मातृभुमी छोडेर कोहिपनी आउदैन होला l
अनि यावत कुराहरु थाहा पाउँदा पाउदै पनि किन बिदेशिन्छ ?

यो बिदेश को जीवन भनेको दुखको जीवन हो,
नेपाल मा सोचे जस्तो हुन्न बिदेशको कुनै पनि ठाउ,
चाहे त्यो अमेरिका होस वा अस्ट्रेलिया होस वा जापान होस वा कोरिया होस
कुनै पनि देश जब आफुले आफ्नो मातृभुमि छोडेर अरुकै देशमा पाइला टेक्न
पुग्छौ पक्कै पनि हाम्रो लागि सहज हुदैन !

तसर्थ बिदेशिनु पुर्ब आफुले आफुलाइ समाहाल्न सक्नु पर्छ !
विभिन्न बैक्ल्पिक कुराहरुलाइ नियाल्नु पर्दछ ,
यदि मैले सोचे जस्तो भएन भने के गर्ने त ?
भन्ने कुरालाइ सुष्म रुपबाट नियालेर मात्र बैदेशिक यात्रालाइ अगाडि बढाउनु पर्दछ ,
त्यसो गरेमा मात्र आफुले आफुलाइ आइपरेको अवस्थामा समाहाल्न सकिन्छ,
यसरी अन्तिम बिकल्पमा मृत्यु रोज्न पर्ने थिएन कि ?

 हुन त बिदेशिनु कसैको रहर हुदैन त्यो एउटा बाध्यया हो
तर त्यही बाध्यता मा विभिन्न समस्या आउने गर्दछ
त्यस अवस्थामा आफुलाइ समाल्न सक्नुपर्छ !
जस्ले जिन्दगिमा आउने उतारचढाब लाई सजिलै समाल्ने प्रयास गर्छ
उसैले नि आफ्नो जिन्दगिलाइ सार्थक बनाउन सक्छ !

तसर्थ दुख नै मेरो सम्पती हो भनेर बुझ्नुहोला,
दुख नगरी थालमा राखेको भात पनि मुख सम्म आउदैन
यो कुरालाइ मनन गरेर दुख सङ्ग जिउने प्रयास गर्नुहोला ,
त्यसो गरेमा अहिले कोरिया नेपालिको फेसनको रुपमा
देखापर्दै आएको आत्महत्या बाट टाढै रहन सकिन्छ कि !

अझ मुख्य कुरा यो बुझ्न जरुरी छ
नेपालमा भएका तर कोरिया आउदै गरेका र कोरियामा भएका,
कोरिया प्रेमिहरु,यहाँ आउनु पुर्ब त्यो आफू सङ्ग भएको मानसिकता लाई
अलिक दर्हो बनाएर आउनुहोला !यहाँ
नेपालमा बसेर सोचे जस्तो सजिलो छैन यहाँ !
नेपालामा अनेकै ठुला ठुला सपना देखिन्छ,
कोरिया जान पाए भने अनेकौ अदृश्य सपनाहरु बोकिन्छ ,
तर त्यो केही हद सम्म गलत साबित यहाँ आएसी हुन पुग्छ l

तसर्थ पहिल्लै धेरै सपनाहरु नबुन्नुहोला !
यहा आउने ब्यक्तिले भन्दा सम्बन्धित परिवारले
धेरै अनेकौ सपना बुनेर,आफ्नो छोरा छोरिलाइ
विभिन्न दबाब दिने पनि गरेको पाइन्छ ,
कृपया त्यसतो नगर्दिनु होला,
कोरिया दुख,सुख कस्तो छ यहाँ आउनेलाई मात्र थाहा हुन्छ
तसर्थ यहा नेपाल बाट सोचे  जस्तो छैन कोरिया !
दिनानु दिन यहाँ मृत्युको खबर सुनिरहनु भएको होला ,
तसर्थ सबै कुरालाइ सुष्म रुपबाट नियाल्दै आफ्नो कोरियाको बसाइलाइ
सार्थक बनाइदिनु होला ! र कोरिया मा हुनु भएका साथिहरुमा पनि कृपया
आफुमा आत्मवल राखी त्यति सानो मन चित्त बनाएर नबस्नु होला,

संघर्ष नै जीवन हो
तसर्थ संघर्ष गर्दै जाने हो जहाँ सम्म जान्छ ,
तर असफल भए भन्दैमा एक चोटि पाएको जिबनलाइ सजिलै
माटोमा मिलाउने प्रयत्न कदापी नगर्नु होला l


Source : Hello Nepal Korea
              समिप केसी ,दक्षिण कोरिया 

Sunday, August 6, 2017

कोरियन बसको छतमा चड्न खोज्दा 😂😂😂



करिब दुई बर्स अगाडिको कुरा हो
नेपालबाट आएको 2 हप्ता जति भयेको थियो
सार्है बजार घुम्न मन लगेकाले हामी तीन भाइ
बजार लागियो
बजार जाने बेलामा  बस खाली नै थियो केही समस्या भएन
बस चडियो बजार पनि पुगियो ठुलाठुला घर तेसैमाथी
राम्रा कोरियन हेरिरम लाग्ने 😃
बजार घुमियो अलि अलि सामान पनि किनियो
खासै कोरियन बोल्न नआउने हामीलाई
पसलमा पनि अलि गार्हो भयो ।

यसो घडी हेरेको बेलुकाको 4 बजेछ
अब कम्पनी लाग्नु पर्छ भनेर हामी बस Stop तिर लागियो
बस कुरियो , एकैछिनमा बस पनि आइपुग्यो बस
पुरै प्याक तेसैमाथि त्यहा बस चढने पनि धेरै नै थिए
त्यसलाई मध्यनजर गर्दै हामी तीन भाइ छतमा चड्न गयौं
 र चडेयौं पनि ।

छतबाट बाहिर हेर्न पनि पाइने हामी मख्ख थियौ ।
एकै छिनमा सबै मानिस हामी तिर हेर्न थाले
कोहि हाँस्न थालेका थिए भने कोहि
रिसाएका जस्ता देखिन्थे ।
त्यतिकैमा हुलबाट आबाज आइरएको थियो

ओइगुक साराम मरि अप्स
(बिदेसिको दिमाग छैन) भन्दै थियो भने कोहि
ख्यन्छालउरो छन्वा हाजा
(पुलिसलाई फोन गर)
कोइ
( इग मो हागो इस्स )के गर्दैछन् भन्दै थिए
 भने कोइ
आइगो ,छिन्चा जस्ता आबाज निकालिरहेका थिए

त्यतिकैमा एउटा सेतो सर्ट र निलो पाइँन्ट लगाएको
कोरियन आयो र भन्यो
पाल्ली नेर आइगो (छिटो तल झर)
हामी एकदम डराएर तल झर्न बाद्य भयौं र तल झयौं
सबै मानिस हाम्रो वरिपरि आएर के के सोध्न लागे

भर्खर कोरिया आएकाले खासै केही बुजेनौ
त्यति खेर सम्म हामिलाई थाहा भैसकेको थियो कि
कोरियामा बसको छतमा चड्न मिल्दोरैनछ भन्ने कुरा
अब त हामिलाई झन डर लाग्यो
न कतै नेपाल पो पठाउँछ कि !!!!
अहो हाम्रो सातो पुत्लो गैसकेको थियो

तेतिकैमा एउता अलि कालो कालो अनुहार गरेको मान्छे आएर
अनु नारा इम्निक्का ???
(कुन देस को हो ??)
भनेर सोधे मैले नेफाल साराम इम्निदा भने
अनि हास्दै भाईहरु नेपालि पो हो भन्नू भयो
मैले खुसी हुँदै हो दाइ भने
अनि किन घेरा लागेका यतिका मान्छे ??

मैले सारा बर्णन सुनाएँ
अनि दाइ हास्दै ड्राइभर तिर गएर कुरा गर्न थाल्नु भयो
अनि करिब 90*जतिको इन्सा (अभिबादन ) पनि गर्नुभयो ।
त्यसपछि ड्राइभर लगायत घेरालागेका मानिस यता उता लागे
अलि मन सान्त भयो ।
हाम्रा लागि ती दाजु भगवान नै साबित हुनु भयो ।
अनि हास्दै आउनु भयो र हाम्रो बारेमा सोध्नु भयो
केही समयको कुराकानि पछि फोन नम्बर आदान प्रदान गरियो
दाजु बुटवलको हुनुहुँदो रहेछ बोल्नमा सिपालु सार्है मजाको मान्छे।

घडिले बेलुकाको 5 बजाईसकेको थियो
अब फर्कने कुरा भयो पछि भेट्ने बाचाका साथ दाजुले
हामिलाई बस चडाउनु भयो र आफुपनी फर्कनु भयो ।
हामी पनि बसमा अगाडिका कुरा सम्झेर मरिमरी हास्दै
कम्पनी तिर लागियो ।
त्यो दिनको सम्झना अस्ति काम गर्दै गर्दा आयो
अनि आज फेसबुकमा उतार्न मन लाग्यो ।
धन्यवाद |

Source : इपियस साथी को Facebook बाट साभार