Tuesday, October 17, 2017

कोरियाली कम्पनी कारखाना बनाउँदै

भवन निर्माण सामग्री उत्पादन गर्ने कोरियाली कम्पनी ‘एसवाई प्यानल’ ले चितवन रत्नगरमा कारखाना बनाउन थालेको छ । यसले स्यान्डविच प्यानल, छाना, स्टिल ढोका, यूपीभीसी झ्याललगायत सामग्री उत्पादन गर्नेछ ।
कम्पनीका अध्यक्ष होङ योङ दोनका अनुसार कोरियामा उक्त प्यानल प्रयोग गरी ५० तल्लेसम्म भवन बनाउन सकिन्छ । धातु प्रयोग गरी बनाइने हुँदा यो हल्का र भूकम्प प्रतिरोधी हुन्छ । चितवनमा बिहीबार शिलान्यास गरिएको कारखानाले करिब ४ महिनामा उत्पान सुरु गर्ने नेपाल कार्यालयका प्रशासन प्रमुख देवेन्द्र सम्बाहाम्फेले जानकारी दिए । करिब ६५ करोड रुपैयाँ लगानी रहने कम्पनीमा पूर्वराजदूत दुगेशमान सिंहलगायत नेपाली साझेदार छन् । शिलान्यास कार्यक्रममा अध्यक्ष होङले चितवनमा कम्पनीले शिक्षा, स्वास्थ्य र परोपकारका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाए । 

काठमाडौं महाराजगन्जमा बनाइएको उक्त कम्पनीको नमुना घर अघिल्लो दिन उद्योगमन्त्री सुनीलबहादुर थापाले उद्घाटन गरेका थिए । त्यस अवसरमा उनले वैदेशिक लगानीलाई सहज बनाउन आफूले विधेयक अघि बढाएको अवगत गराए ।

Monday, October 16, 2017

पुरा पढ्नुस् मज्जाले हसाउँछ ।

मुन्द्रेको परिक्षा आएछ ...
परिक्षाको अघिल्लो दिन गेस पेपर किनेर ल्याएर  घोकेर पानी पारेछ । उपिया को बारेमा पनि सबै कन्ठ पारेछ । 

उपिया फोहोर ठाउमा हुन्छ , यस्ले थुप्रै जनावर लाई हैरान पार्छ , उपिया सानो हुन्छ फुत्त-फुत्त  उफ्रिन्छ , यो पर्यो भने चिलाउछ , चौपाए दुब्लाउदै जान्छन , उपिया मार्ने औषधी निशुल्क पाईन्छ , उपिया लाई सम्मान गर्दै बिभिन्न  कबिले कबिता लेखेका छन......भन्दै सबै घोक्यो र मख्ख पर्दै सुत्यो अर्को दिन परिक्षा दिन गयो... 


प्रश्न एउटा यस्तो थियो -
बिरालो को बारेमा लेख्नुहोस ।

मुन्द्रेले बिरालो घर पालुवा जिब हो । यस्ले दुध पिउछ , मुसा मार्छ लेखेछ अरु त पढेको थिएन सबै उपिया को पढेको थियो । अब के गरौ भनेर सोचेछ र लेखेछ । यदी बिरालो फोहोर भयो भने बिरालो लाई उपिया पर्छ , उपिया फोहोर ठाउमा हुन्छ यस्ले थुप्रै जनावर लाई हैरान पार्छ । उपिया लाई सम्मान गर्दै बिभिन्न कबिले कबिता लेखेका छन ।  उपिया सानो हुन्छ फुत्त फुत्त उफ्रिन्छ , यो पर्यो भने चिलाउछ , चौपाए दुब्लाउदै जान्छन , उपिया मार्ने औषधी निशुल्क पाईन्छ भन्दै रात भर घोकेको सबै लेख्यो । ...
उत्तर जाँच्ने लाई पो आपत पर्यो - उतर पनि ठिकै हो तर के नमिले नमिले जस्तो मुन्द्रेको अर्को परिक्षा लिनु पर्छ भनेर पुन्ह: परिक्षा लिएछन् 

प्रश्न एस्तो थियो -
गाई को बारेमा लेख्नुहोस्

मुन्द्रेले त गाइको बारे पढेकै थिएन । तेसैले लेखेछ गाई बाधेर राखिन्छ । दिसा पिसाब गरेकै ठाउँमा बस्नेहुँदा फोहोर हुन्छ । यदी फोहोर भयो भने गाई लाई उपिया पर्छ , उपिया फोहोर ठाउमा हुन्छ, यस्ले थुप्रै जनावर लाई हैरान पार्छ , उपिया लाई सम्मान गर्दै बिभिन्न कबिले कबिता लेखेका छन । उपिया सानो हुन्छ फुत्त-फुत्त उफ्रिन्छ यो पर्यो भने चिलाउछ ,चौपाए दुब्लाउदै जान्छन । उपियामार्ने औषधी निशुल्क पाईन्छ भन्दै रात भर घोकेको सबै लेख्यो...
उत्तर ठिकै हो तर सबै उपियाको बारेमा छ । अब यस्लाई उपिया नपर्ने जनवर को नाम दिउ र अझ एक पटक परिक्षा लिउ भनेर परिक्षा लिएछन ।


प्रश्न यस्तो थियो -
माछा को बारेमा लेख्नुहोस् 
सोच्नुहोस् अब के लेखेको होला मुन्द्रेले ????

उस्ले लेख्यो - 
माछा पानीमा बस्छ। सधैं नुहाउने हुँदा उपिया पर्दैन तर यदी माछा पानीको सट्टा जमिनमा बसेको भए माछा पनि फोहोर
हुन्थ्यो होला । यदी माछा फोहोर भयो भने  उस्लाई पनि उपिया पर्छ । उपिया फोहोर ठाउमा हुन्छ यस्ले थुप्रै
जनावर लाई हैरान पार्छ । उपिया लाई सम्मान  गर्दै  बिभिन्न कबिले कबिता लेखेका छन  । उपिया सानो हुन्छ फुत्त फुत्त उफ्रिन्छ , यो पर्यो भने चिलाउछ , चौपाए दुब्लाउदै जान्छन । उपिया मार्ने औषधी निशुल्क पाईन्छ भन्दै रात  भर घोकेको सबै लेख्यो... 

उत्तर देखेर शिक्षक त बेहोस ...!!!



Monday, October 9, 2017

नुवाकोटका अनन्तरामले तोडे बिश्व रेकर्ड



काठमाडौं । नुवाकोटका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट बोलेर बिश्व रेकर्ड कायम गरेका छन् ।

यस अघि भारत गुजरातका आश्विन सुंडाईको ७५ घण्टा ३२ मीनेटलाई तोड्दै केसीले ४ घण्टा ४ मिनेट बढि बोलेर गिनीज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो नाम दर्ता गराएको आयोजक लायन्स क्लब आफ काठमाडौं बिहानीले जानकारी दिएको छ ।


असोज १९ गते बिहान ६ बजेर ५८ मिनेट देखि २२ गते दिउँसो ३ बजेर २ मीनेटमा ८० घण्टा ४ मिनेट पार गर्नुभएको समय मुल्यांकन संयोजक राजेन्द्रकुमार ओझाले जानकारी दिए ।

‘उहाँ लगातार बोल्नु भएको हो । र, अब हामीले यो रेकर्ड लण्डन स्थित गिनीज बुक अफ वल्ड रेकर्डको मुख्य कार्यालयमा केहि समय लगत्तै पठाउँछौ । त्यसपछि यसको मुल्या¨न पश्चात नतिजा आउने छ ।’ ओझाले भने । योग तथा आध्यामिक साधक, उत्प्रेरक वक्ता तथा मेमोरी मास्टरको रुपमा चिनिनुभएको अनन्तराम केसीले मेमोरि एण्ड माइन्ट पावर टेनिङ्ग सेन्टरबाट यो विश्व किर्तिमानी राख्न र गिनिज बुकमा नाम लेख्न भएको हो । 



लायन्स क्लब अफ काठमाडौं बिहानीको आयोजनामा भएको कार्यक्रममा केसीले लगातार प्रवचन दिएका थिए ।
उनले ७७ वटा बिषयमा आफ्नो भाषण प्रस्तुत गरेको लायन्स क्लब अफ काठमाडौं बिहानीका प्रबक्ता प्रदिप भुषालले जानकारी दिए । 


भोलीबाट कोरियामा जि.एम.ई. रेमिट्यान्सको मनि ट्रान्सफर सेवा सुरु


भोलीबाट दक्षिण कोरियाबाट नेपाल पैसा पठाउन सबैभन्दा छिटो र सुलभ दरमा ग्लोबल मनी एक्सप्रेस जि.एम.र्इ. ले कारोबार सन्चालन गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सउलस्थित दोङ्देमुनमा रहेको शाखाबाट सफ्ट लन्चको रुपमा भोली अक्टोबर १० देखि कारोबार शुरू गर्ने भएको जानकारी कम्पनीले दिएको हो ।

हालसम्म कोरियाको बैंकहरूबाट मात्र रकम ट्रान्सफरको व्यवस्था रहेकोमा कोरिया सरकारले साना–साना रकम ट्रान्सफरका लागि रेमिट्यान्स कम्पनीहरूलार्इ स्वीकृति दिएसँगै अब रकम सहज रूपमा पठाउने बाटो खुलेको हो । रेमिट्यान्स कम्पनीहरूमार्फत नेपालमा पैसा पठाउँदा एकपटकमा ३ हजार अमेरिकी डलर र वर्षमा २० हजार अमेरिकी डलर बराबर सम्मको रकम पठाउन सकिनेछ ।

कम्पनीले कारोबारको शुभारम्भको उपलक्ष्यमा हरेक ग्राहकलार्इ टोकन उपहारको समेत व्यवस्था गरेको छ । जि.एम.ई.मार्फत पैसा पठाउँदा एक पटकमा ७ हजार कोरियन वन शुल्क लाग्नेछ ।

पहिलोचोटी जि.एम.ई. शाखामा एलियन रजिष्ट्रेशन कार्डको सक्कल र कोरियामा रहेको कुनै पनि बैंकको पासबुक (थोङजाङ) लिएर रूजु गराएपछि घरमै बसी बसी पैसा पठाउने सेवा लिन सकिन्छ । कोरियाबाट पैसा पठाएको दश मिनेटभित्रै नेपाल अधिराज्यको जुनसुकै स्थानबाट रकम नगदमा संकलन गर्न सकिने तथा नेपालको कुनै पनि बैंक खातामा पनि पैसा जम्मा गर्न सकिन्छ । नेपालमा रकम पठाउद नेपालमा अतिरिक्त शुलक नलाग्ने कम्पनीले जनाएको छ ।



कम्पनीले दोङ्देमुन शाखा सन्चालनको केही समय पछि ह्वासङ्स्थित फारानबाट पनि सेवा दिने तयारी गरेको छ । यससँगै अवैधानिक माध्यमबाट पैसा पठाउने प्रवृत्ति पनि कम हुँदै जाने यहाँ रहेका नेपाली समुदायहरूको विश्वास छ ।

नेपाली भाषामा थप जानकारीको लागि मोबाइल नम्बर ०१०-२९५९६८६४ तथा   फेसबुक पेज https://www.facebook.com/gmeremit

Friday, October 6, 2017

एलिशा राई कोरियामा बबाल डान्स गर्दै | Alisha Rai in Korea | Dancing | Kale dai & Nai malai tha chhaina with Subtitle

नागरिकता अब विस्थापित हुँदै, मंसिरबाट राष्ट्रिय परिचयपत्र वितरण


news24, काठमाडौं । 
सरकारले राष्ट्रिय परिचयपत्र आगामी मंसिरको दोस्रो साताबाट वितरण गर्ने तयारी गरेको छ । नागरिकतालाई प्रतिस्थापन गर्न आठ वर्षअघि शुरू भएको राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी लामो उल्झनपछि अन्ततः कार्यान्वयनको तहमा पुगेको हो ।
गृह मन्त्रालयले मंसिरको दोस्रो साता राष्ट्रिय परिचयपत्र वितरण शुरू गर्ने तयारी गरेको हो । पहिलो चरणमा सिंहदरबारभित्र काम गर्ने कर्मचारी र पूर्वी पहाडी जिल्ला पाँचथरका बासिन्दाले पाउने भएका छन् । पहिलो चरणमा सात हजार सिंहदरबारभित्रका कर्मचारीलाई र पाँचथरमा एक लाख १० हजारलाई परिचयपत्र वितरण गरिनेछ ।
त्यसका लागि परिचयपत्र प्राप्त गर्ने नेपाली नागरिकको व्यक्तिगत विवरण संकलन र परिचयपत्र छपाइको काम शुरू गर्न लागिएको बताइएको छ । गृह मन्त्रालयले गत १९ भदौमा परिचयपत्र वितरण कार्य अघि बढाउने निर्णय गरेसँगै मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले आवश्यक तयारी अघि बढाएको छ ।
केन्द्रले फिल्डमै कर्मचारी खटाएर नागरिकतामा समेटिएजस्तै व्यक्तिगत विवरण संकलन गर्ने, हातका १० वटै औंलाको बायोमेट्रिक्स डिटेल लिने र आँखाको रेटिना स्क्यान गर्ने काम गर्नेछ । संकलित विवरण गृह मन्त्रालय मातहत रहेको कार्ड प्रशोधन केन्द्रमा पठाइनेछ । त्यसको १० दिनभित्र कार्ड प्रिन्ट गरेर वितरण गर्ने केन्द्रको लक्ष्य रहेको छ ।
के के समेटिन्छ परिचयपत्रमा ?
वैयक्तिक र जैविक पहिचान समेटेर नागरिकलाई छुट्टै विशेष नम्बरसहित दिइने परिचयपत्र नागरिकता भन्दा बढी उपयोगी परिचयपत्र हो । त्यसमा व्यक्तिको नाम, फोटो, दुबै हातको बूढी र चोरआँैलाको छाप, उमेर, लिङ्ग, बाबुबाजेको नामलगायतका विवरण उल्लेख गरिन्छ । परिचयपत्र यन्त्रले अध्ययन गर्नसक्ने गरी चिप्समा सङ्ग्रहित गरिन्छ । त्यसलाई मतदाता परिचयपत्र, व्यक्तिको राष्ट्रिय पहिचानपत्र, जग्गा जमिन र अन्य सम्पत्तिको अभिलेखका लागि बैंक तथा वित्तीय कारोबारको अभिलेखको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।
स्वच्छ र निष्पक्ष निर्वाचनको प्रमुख आधार, सानातिना काममा गाविस, नगरपालिका वा जिल्लाको सिफारिस लिनु नपर्ने, दोहोरो परिचयपत्र वा नक्कली परिचयपत्र बनाउन नसकिने र अपराध नियन्त्रणका लागि समेत सहयोगी हुने परिचयपत्र वितरणको जिम्मा सबै जिल्ला प्रशासन कार्यालय मार्फत गरिनेछ । आगामी पाँच वर्षभित्र सबै नेपाली नागरिकलाई वितरण गर्ने लक्ष्य राखिएको प्रति परिचयपत्रको लागत चार अमेरिकी डलर अर्थात रु ४०० पर्नेछ ।