तिम्रो नाममा अब कुनै गजल लेख्दिन भो
आमने सामने भेट हुँदा,बाटो छेक्दिन भो
तिमीजस्तै स्वतन्त्र एकल जीवन बिताउँछु
जाँ गुलियो त्यै भुलियो,तिम्रो आँगन टेक्दिन भो
मन फाट्यो माया फाट्यो,फाट्यो लक्ष्यहरु
बिच बाटोमा पहरा खसेनी,अब थेग्दिन भो
तिमीबाटै सिके मैले,मन ढुङ्गो पार्नलाई
तिम्रो यादले मुटु दुख्दा न्यानो पार्न सक्दिन भो
तिम्रो लागि म रहिन,मेरो लागि तिमी रहिनौ
मीठो निन्द्रा निदाँउदा सपनीमा देख्दिन भो ।
↝↝↝ Ramesh Shrestha ↜↜↜
No comments:
Post a Comment