Sunday, March 25, 2018

राधिका तामाङको माग एउटा, हल्ला अर्कै !

भीम जिम्बा काठमाडौँ । ३ नम्बर प्रदेशकी उपभामुख राधिका तामाङले हालै गृहमन्त्री रामबहादुर थापा बादलसँग राखेको माग सामाजिक सञ्जालमा अहिले बहसको रुपमा अगाडि आएको छ ।
राधिकाको पक्षमा उभिने र विपक्षमा उभिएकाहरुबीच अहिले सामाजिक सञ्जालमा दोहोरो बहस भइरहेको छ । केही अनलाईन मिडियाहरुले उपभाुमख तामाङले गृहमन्त्रीसमक्ष राखेको मागको विषयमा तथ्यपूर्ण समाचार प्रकाशन नगर्दा यो अवस्था सिर्जना भएको हो भन्नेमा दुईमत छैन ।
बिहीबार केही अनलाईनमा ‘गाईको मासु खाना पाउने गरी विधिगत नियम बनाउन गृहमन्त्रीसँग राधिकाको माग ।’ शीर्षकमा समाचार आयो । केही समयपछि उपसभामुख तामाङले गृहमन्त्रीसँग राखिएको भनिएका यो मागको विषयमा सामाजिक सञ्जालमा आलोचना र समर्थन सुरुवात भयो, यो क्रम अहिलेसम्म जारी छ ।
वास्तविकता के हो ?
७ चैत २०७४ मा तामाङहरुको साझा संस्था नेपाल तामाङ घेदुङले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर ‘गाईको मासु खाएको आरोपमा पक्राउ परेकाहरुको रिहाई’ का लागि माग गर्ने कार्यतालिका थियो । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं. १२ पदमपोखरीका केही तामाङहरु पक्राउ परेको विषयसहित देशभर गाईको मासु खाएकै कारण जेलजीवन बिताइरहेकाहरुको बिना शर्त रिहाई हुनुपर्ने घेदुङको माग थियो । ७ गते दिउँसो १ बजे गृहमन्त्री बादलसँग भेट्ने कार्यतालिका भए पनि गृहमन्त्रीले समय दिन नसकेपछि घेदुङको टोलीले मन्त्री थापालाई भेट्न पाएनन् । मन्त्री थापासँग भेट्न जानका लागि घेदुङले तामाङका शीर्ष नेताहरुलाई समेत बोलाएका थिए । जसअनुसार घेदुङले उपभामुख तामाङ, पूर्वऊर्जाराज्यमन्त्री सूर्यमान दोङ लालध्वज, प्रतिनिधिसभाका सदस्य एवम् माओवादी नेता हितबहादुर तामाङ लगायतलाई खबर गरेका थिए । मन्त्री थापासँग भेट्ने समयतालिका दोङले नै मिलाएका थिए ।
७ गते भेट्न नसकेपछि यो टोलीले मन्त्री थापालाई ८ गते बिहान ७ बजे मन्त्रीनिवास पुल्चोकमा भेट्ने कार्यतालिका तय भयो । सोहीअनुसार घेदुङले मन्त्री थापालाई बुझाउन तयार पारेको ज्ञापनपत्र लिएर घेदुङका टोली, पूर्वऊर्जाराज्यमन्त्री दोङ, उपसभामुख तामाङ लगायत पुगेका थिए । ज्ञापनपत्र बुझाउने क्रममा उपसभामुख तामाङले भनेकी थिइन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा गाईको मासु खाएकै कारण तामाङहरु जेल बस्नुपर्ने दिन आउनु आफँैमा दुखद छ, यदि यसरी गाईको मासु खाएकै कारण जेल बस्नुपर्ने कुनै कानुन छ भने यसलाई परिमार्जन गरिनुपर्दछ ।’ त्यसो त उपसभाुमख तामाङको माग अनुसारकै विषय पनि ज्ञापनपत्रमा लेखिएको छ, ‘मुल संविधानसँग बाझिने कानुनी व्यवस्थाबाट तामाङ लगायत आदिवासी जनजाति र मुस्लिम समुदाय समेत पीडामा पर्दैै आएकाले हामी माननीय गृहमन्त्री ज्युको कार्यकालमा यसको दीर्घकालीन समाधान खोज्न गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
घेदुङले गृहमन्त्रीलाई बुझाएको विज्ञपितमा के छ ?

सामाजिक सञ्जालको हल्ला के हो ? केही अनलाइनहरुले तथ्यमा आधारित भएर समाचारनलेख्दा आफ्नो चरित्र हत्या हुने गरी नै सामाजिक सञ्जालमा भइरहेको विरोधप्रति उपसभामुख तामाङ दुखी छिन् । आफ्नो मागभन्दा बाहिर रहेर हल्ला भएपछि उनले सञ्चारकर्मीलाई तथ्यमा आधारित रहेर समाचार प्रकाशन गर्न समेत आग्र गरेकी छिन् ।

सामाजिक सञ्जालमा अहिले उपसभामुख तामाङले गाईको मासु खाना पाउने गरी कानुन बनाउन माग गरेको भन्दै आलोचना र समर्थन भइरहेको छ ।
Source: ujyaalonepal

Tuesday, March 20, 2018

कोरियामा रहेका नेपालीबाट उठाएको १५ करोड : एकले डुबायो, अर्कोमा ‘जोखिम’ कायमै !


कोरियामा रहेका नेपालीबाट उठाएको १५ करोड : एकले डुबायो, अर्कोमा ‘जोखिम’ कायमै !
सञ्चालक भन्छन्– ढुक्क हुनुहोस् आयोजना बन्छ 

काठमाडौं–आयोजना सञ्चालकले भनेअनुसार कार्य भएको भए स्याङ्जाका नेत्र पौडेलले सानो मिल्ती खोला हाइड्रोका लागि गरेको लगानीले यतिबेला प्रतिफल दिने थियो । ०७२ को पहिलो महिना पौडेलले आयोजनाका लागि दुई लाख लगानी गरी संस्थापक सेयर होल्डर बनेका थिए । लगानीको रकमबाट वार्षिक ६० प्रतिशतका दरले २५ वर्षसम्म मुनाफा प्राप्त हुने अभिलाषा उनले लगानी गरेका थिए । पौडेलले दुःखको कमाइले लाभांश प्राप्त हुने आशाले लगानी गरेको बताए । उनले भने– ‘अब आयोजना बन्ला भन्ने आशा मरिसक्यो । लगानी गरेको रकम फिर्ता गर्ने प्रक्रिया बुझ्दैछु ।’ पौडेल एनआरएन कोरिया च्याप्टरका वर्तमान कार्यवाहक महासचिव पनि हुन् । योजनाका लागि कोरियामा रहेका नेपाली युवाहरूले एक लाखदेखि १० लाखसम्म लगानी गरेका थिए । संस्थापक सेयरधनी बनेका दाङ्का यज्ञमूर्ति पोखरेल पनि उक्त हाइड्रोमा गरेको लगानीबाट पछुताएको बताए । सञ्चालकहरूले व्यक्त गरेको दीर्घकालीन प्रतिफलको वचनबाट प्रभावित भएर उनले दुई लाख लगानी गरेका थिए । पोखरेलले लगानी जोखिममा पर्ने हो कि भन्ने चिन्ता बढेको बताए । तुलनात्मक रूपमा धेरै रकम लगानी गर्नेको चिन्ता पनि बढी हुनु स्वभाविक हो । रामेछाप नामाडीका रमेश खड्काले कोरियापछिको दैनिकीमा प्राप्त लाभांशले ठूलो राहत हुने अपेक्षाले ठूलै रकम अर्थात् १० लाख लगानी गरेका थिए । वार्षिक लाभांश प्राप्त हुने समयमा आयोजना बन्ने, नबन्ने चिन्ताले उनीलाई पिरोलिरहेको छ ।
पौडेल, पोखरेल र खड्का जस्तै धेरै युवाले गरेको लगानी ‘जोखिममा’ परेको छ भने आयोजना निर्माण अवधि अनिश्चित छ ।
आयोजना सम्पन्न भए पनि लागत बढ्ने र प्रतिफल घट्ने देखिएको छ ।

एकले डुबायो, अर्कोमा ‘जोखिम’ कायमै

रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक– दक्षिण कोरिया । मासिक डेढ लाख रुपियाँभन्दा बढी पारिश्रमिक प्राप्त गर्ने कामदारको सङ्ख्या उल्लेख्य छ । श्रमिकहरूको पसिनामा प्रतिफलको आशा देखाई उनीहरूको लगानीलाई ‘जोखिममा पारिदिने’ आयोजना सञ्चालकहरूको सङ्ख्या भने कोरियामा बढेको छ । वि.सं. २०७१ अघि संस्थागत रूपमा एउटै आयोजनाका लागि ठूलो रकम कोरियाबाट उठेको थिएन ।
०७१ को वैशाखमा प्रतिफलको गुलियो आश्वासन लिएर नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशी कोरिया पुगे ।
काठमाडौँ हेटौँडा सुरुङ मार्गमा लगानी जुटाउन भन्दै जोशीले कोरियाका सहरमा गोष्ठी गरे । जोशीको आश्वासनमा कामदारहरूले विश्वास गरे ।
राष्ट्रिय गौरवको आयोजनामा लगानीसहित प्रतिफलको आशा राख्नु स्वभाविक थियो । दुई वर्षमा आयोजना सम्पन्न हुने अभिलाषामा युवाहरूले आवेदन फर्म भरे । जोशी अध्यक्ष रहेको नेपाल पूर्वाधार विकास कम्पनीले गति लिन सकेन । सञ्चालक समितिमा विवाद भयो ।
उनी पछि तीनजना अध्यक्ष फेरिएसँगै कामदारहरूको आशा पनि फेरिनुपर्ने अवस्था आयो । सुरुङ मार्गका लागि कोरियाबाट दुई करोड ८३ लाख लगानी जुटेको थियो । काम नगरी लाइसेन्स् मात्रै हडपेको नेपाल पूर्वाधार विकास कम्पनीलाई सरकारले नवीकरण वा खारेज गर्ने निक्र्यौल गर्न सकेको छैन । सुरुङमार्गबाट भविष्यमा आयस्रोतको आशा गर्ने युवाहरूको इच्छा त तुहियो नै, लगानीबापतको रकम फिर्ता पाउने सम्भावना पनि छैन । कम्पनीले सङ्कलन गरेको रकम प्रशासनिक खर्चमा सकेको छ ।सुरुङ मार्ग निर्माण कार्य अनिश्चित बनेको छ । शून्य विन्दुबाट माथि उक्लन नसकेको कम्पनीबाट पीडितहरूको सङ्ख्या धेरै थियो ।

दुःख गरिरहेका श्रमिकहरूलाई अझ आर्कषक प्रतिफलको आशा देखाउँदै अर्को आयोजना दक्षिण कोरिया पुग्यो । ०७१ को माघ र फागुनमा सानो मिल्तीखोला हाइड्रो आयोजनाका लागि संस्थापक सेयरका लागि आह्वान गरिएको थियो । कोरियाका प्रमुख सहरहरूमा खुला गरिएको आवेदनमा जम्मा १९ करोड ६० लाखको आवेदन परेको थियो । दुई किस्तामा गरी कबोल गरिएको लगानीलाई एनएमबी बैङ्कमा रहेको एसएम इन्भेस्टमेन्टको खातामा रकम जम्मा गर्न लगाइएको थियो । ०७२ वैशाखमा गएको महाभूकम्पपछि आवेदकहरू मध्येबाट १२ करोड ८० लाख उक्त खातामा जम्मा भएको थियो ।
आवेदनको समयमा सञ्चालकहरूले दुई वर्ष छ महिनामा विद्युत उत्पादन सुरु हुने बताएका थिए । तीन मेघावाट क्षमताको हाइड्रो परियोजनाका लागि ४५ करोड लागत अनुमान गरिएको थियो ।

झुठो आश्वासन र विवरणसहित सेमिनार

कोरियाका प्रमुख सहर सौल, बुसान, थेगु लगायतका सहरमा लगानी सेमिनार गरिएको थियो । सञ्चालकहरूद्वारा आयोजित सेमिनारमा कामदारहरूका माझ झुठो विवरण पेश गरेका थिए ।
जलविद्युत आयोजनाका लागि पीपीए, पीडीए, वातावरणीय प्रभाव अध्ययन, बैङ्कसँग ऋण सम्झौता र वन मन्त्रालयसँग रुख कटानका लागि सम्झौता गरिसकेपछि मात्रै सर्वसाधारणमा लगानीको आह्वान गरिन्छ । तर सानो मिल्ती खोला आयोजनाको सन्दर्भमा कुनै पनि सम्झौता भएको थिएन । सञ्चालकले सम्झौताहरू सकिन लागेको झुठो विवरण कामदारहरूसँग बाँडेका थिए ।
आयोजनका प्रमुखका रूपमा कोरिया पुगेका एसएम इन्भेस्टका तत्कालीन अध्यक्ष तेन्जी शेर्पाले तीन महिनामा पीपीए सकिने गलत तथ्य प्रस्तुत गरेका थिए । स्मरणीय के छ भने डेढ वर्षअघि मात्रै पीपीए सकिएको छ ।
दुई वर्ष छ महिनामा आयोजना सकिएपछिका प्रारम्भका पाँच वर्षमा २० प्रतिशतको दरमा लगानी फिर्ता हुने बताइएको थियो । लगानी फिर्ता सकिएपछिका २५ वर्षसम्म नियमित रूपमा प्रत्येक वर्ष लगानीको ६० प्रतिशतको दरमा लाभांश दिने बताइएको थियो ।
सेमिनारको समयमा खोलाको लाइसेन्स प्राप्त व्यक्तिबाट एसएम इन्भेस्टमेन्ट कम्पनीमा स्वामित्व आइसकेको थिएन । रामेछाप र दोलखाको सीमामा रहेको खोलाको स्वामित्व स्थानीय रामबहादुर तामाङसँग रहेको थियो ।

सञ्चालकहरूबीच तीव्र मतभेद

लामो समय कोरियामा बसेका तेन्जी शेर्पाले सुरुवाती चरणमा नेतृत्व लिएका थिए । पेसाले इन्जिनियर शेर्पा एनआरएनको पर्वूमहासचिव पनि हुन् । नेतृत्वमा रहेका शेर्पाले आयोजनालाई गति दिन नसकेसँगै अन्य सञ्चालकसँग उनको विवाद सुरु भयो । कोरियामा रहेका सञ्चालकमध्येका कपिल न्यौपाने आयोजना सम्पन्न गर्नका लागि नेपाल फर्के ।शेर्पासँग अन्यको विवाद चुलिँदै गएपछि सञ्चालक मध्यबाट न्यौपानेले एसएम इन्भेस्टमेन्टको नेतृत्व लिने सम्झौता भयो ।कोरियन नागरिकता प्राप्त अर्का सञ्चालक सुरेश लिम्बुले सानो मिल्ती खोला आयोजना प्रमुखको जिम्मेवारी लिने सम्झौता बन्यो ।
शेर्पाले पछिल्लो समय आयोजनाबाट पूर्ण रूपमा हात झिकिसकेका छन् । आयोजनाको कार्य प्रगति तथा खर्चहरूबाट असन्तुष्ट अर्का एक सञ्चालकले पनि आयोजनाबाट बाहिरिएको बताए ।
पछिल्लो समय एकआपसमा बोलचाल बन्द हुने सञ्चालकहरूको सङ्ख्या बढेको छ । सात सदस्यीय सञ्चालक समितिमा आयोजनाका लागि खट्नेको सङ्ख्या दुई मात्रै भएको बताइएको छ ।


पटक पटक लगानी उठाउन कोरिया

०७१ को माघ र फागुनमा आवेदन मार्फत उठेको रकम आयोजना निर्माणको गति नलिँदै सकिएको अवस्था छ ।
खोलाको लाइसेन्स प्राप्त व्यक्तिबाट स्वामित्व हस्तान्तरण बापतको शुल्क, पीपीए, रुख कटान तथा परामर्शदाता नियुक्ति, कार्यालय सञ्चालन तथा स्थानीय डनहरूका लागि खर्च गर्दा लगानीयोग्य रकमको अभाव भएको बताइएको छ । तत्कालीन समयमा संस्थापक सेयरधनीबापत उठाइएको लगानीले लागत रकम बराबरको इक्विटी लगभग पुगेको अवस्था थियो । सञ्चालक बोर्ड तथा सर्वसाधारणको गरी ३० प्रतिशत रकम लगानी भएको अवस्थामा बाँकी ७० प्रतिशत बैङ्कले लगानी गर्छ । कार्यालय र भैपरी आउने खर्च वृद्धि भएसँगै कम्पनीसँग रकम सकिँदै गएको छ । सन् २०१६ को अन्तिम महिना सञ्चालकमध्येका कपिल न्यौपाने र सुरेश लिम्बु पुनः लगानी उठाउन कोरिया गएका थिए । जगेडा सेयरमा आवेदन दिनका लागि युवाहरूलाई आह्वान गरिएको थियो ।
गत महिना पुनः कोरियामा सेयर आवेदन खुला गरिएको थियो । न्यूनतम एक लाखदेखि लगानी गर्ने गरी संस्थापक सेयर आवेदन खुला गरिएको बताइएको थियो ।

बैङ्कले पत्याउन समय लाग्यो

संस्थापक सेयर आवेदनको सुरुवाती चरणमा एनएमबी बैङ्कसँग आयोजनाका लागि ऋण सम्झौता हुने बताइएको थियो । एनएमबीसँग ऋण सम्झौता हुन सकेन । त्यसपछि सञ्चालक समिति नेपाल बङ्गलादेश बैङ्कमा ऋणका लागि पुगे । नेपाल बङ्गलादेश बैङ्कले पनि पत्याएन । स्रोतका अनुसार आयोजनाको बलियो आधार नदेखेर बैङ्कले ऋण सम्झौता गरेका छैनन् । आयोजनाको कुल लागतको ७० प्रतिशत बैङ्कले लगानी गर्नुपर्ने हुन्छ । नेपाल बङ्गलादेश बैङ्कसँग ऋण प्रक्रिया गर्न नसकेपछि सञ्चालकहरू बैङ्क अफ काठमाडौंमा पुगेका थिए । बैङ्क अफ काठमाडौंसँग पनि ऋण सम्झौता हुन सकेन । पछिल्लो समय राष्ट्रिय वाणिज्य बैङ्कसँग ऋण सम्झौता हुन लागेको बताइएको छ । तर, अन्तिम टुङ्गो भने लागिसकेको छैन । २०७४ को मध्यमा सकिने बताइएको आयोजनाको अवधि बढाएर अब भने ०७५ को मङ्सिरसम्म सक्ने बताइएको छ । आयोजना अध्यक्ष न्यौपानेले राष्ट्रिय वाणिज्य बैङ्कसँग ऋण सम्झौता हुन लागेको बताए । राष्ट्रिय वाणिज्य बैङ्कका डेपुटी सीईओ भूपेन्द्र पाण्डेले सञ्चालक बोर्डमा निर्णय गर्ने विषय भएकाले हालसम्म निर्णय नभएको बताए ।

के भन्छन् आयोजना सञ्चालक ?

आयोजनाबाट निष्क्रिय बनेका संस्थापक अध्यक्ष तेन्जी शेर्पा सञ्चार माध्यममा आउन चाहँदैनन् ।
धेरै प्रयासपछि सम्पर्कमा आएका शेर्पाले पूर्ण रूपमा आयोजनाबाट अलग्गिएको बताए । शेर्पासँग थप कुरा बुझ्न खोज्दाखोज्दै मिटिङमा छु भन्दै सम्पर्क विच्छेद गरे । वर्तमान अध्यक्ष कपिल न्यौपाने संस्थापक अध्यक्षका कारण आयोजनले गति लिन नसकेको बताउँछन् । उनले भने– ‘मैले जिम्मेवारी लिँदा आयोजना प्रगति शून्य थियो । रकम पनि लगभग सकिएको अवस्था थियो ।’ शेर्पाले सक्रियता नलिएको कारणले तोकिएको समयमा सम्पन्न गर्न नसकिएको बताए । ‘फाइनान्सियल क्लोजर नहुँदा अन्योल थियो’, सहज अवस्था आएको बताउँदै उनले भने– ‘बैङ्कसँग ऋण सम्झौता टुङ्गिने अवस्थामा छ । ठेकेदार छनौट गरी आयोजना स्थलमा काम भइरहेकाले निर्माण कार्यले तीव्रता पाएको छ ।’ आफू पनि मजदुरी गरी आएकाले मजदुरको पैसामा खेलवाड नहुने बताए । लगानी रकम जोखिममा नपरेको भन्दै उनले लगानीकर्तालाई आश्वस्त पारे । ‘२०६६ को अनुसार प्रतिमेघावाटको हिसाब भएको थियो, समय अनुसार लागत बढ्ने हुनाले लागत इस्टिमेट रकम बढ्ने भएको छ ।’ उनले भने ।हालसम्मको प्रगति विवरणसहित कोरियामै साधारण सभा गर्न लागिएको उनले बताए ।
प्रक्रिया पूरा नगरी रकम उठाइएको रहेछ भने छानबिन हुन्छ : सेवोन
धितोपत्र बोर्डका निर्देशक डा. नवराज अधिकारीले संस्थापक सेयर तथा अन्य सेयरका लागि बोर्डको स्वीकृति बेगर आयोजनाले सर्वसाधारणसँग लगानी उठाएको भए छानविन गरिने बताए । अधिकारीले कानुनी प्रावधान पूरा नगरी लगानी उठाउन नमिल्ने बताए । कानुनी प्रक्रियापूरा नगरी लगानी उठाइएको पाइए तथ्यसहित धितोपत्र बोर्डमा उजुरी गर्न अधिकारीले युवाहरूलाई आग्रह गरे ।

Source : Ratopati

Thursday, February 22, 2018

भाेलिदेखि सि–आश्वा प्रणाली लागू हुने

१० फागुन, काठमाडाैँ । धितोपत्र सार्वजनिक निष्काशन प्रणालीलाई थप व्यवस्थित र सर्वसूलभ बनाउन सिडिएस एण्ड क्लियरिङ लिले शुक्रबारदेखि केन्द्रीकृत आश्वा प्रणाली (सि–आश्वा) प्रणाली लागू गरिने जनाएको छ ।
फाराम बोकेर घन्टौँसम्म लाइनमा बसी धितोपत्र खरिद गर्नुपर्ने अवस्था अब अन्त्य हुनेछ । लिमिटेडका अध्यक्ष एवं नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले रसुवागढी र साञ्जेनको सीमित साधारण शेयरको बिक्री शुरु गर्न लागिएकै समयमा सि–आश्वा प्रणाली लागू गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले सि–आश्वाको कार्यान्वयनसँगै लगानीकर्ताले घरमै बसेर आवेदन दिने र हप्ता दिनभित्रै शेयर बाँडफाँट गरी लगानीको प्रतिफल प्राप्त गर्ने वातावरण तयार भएको बताउनुभयो । रसुवागढी र साञ्जेनको साधारण शेयर खरिदका लागि भने विशिष्ट अवस्था भएकाले बैंक तथा वित्तीय संस्थामा नै जानुपर्नेछ ।
सि–आश्वा प्रणालीमा हालसम्म ६० बैंक तथा वित्तीय संस्था आबद्ध छन् । सो प्रणालीमा आबद्ध भई हालसम्म एक लाख ३९ हजार ५०२ जनाले विशेष नं ‘सिआरएन’ लिइसकेका छन् । बैंक तथा वित्तीय संस्थामा आबद्ध लगानीकर्ताले आफ्नो खातामा रहेको बैंक तथा वित्तीय संस्थाको जुनसुकै शाखामा गएर सजिलैसँग सिआरएन नम्बर लिन सक्नेछ ।
साञ्जेन जलविद्युत् आयोजनाका लागि सात लाख २९ हजार ७६१ तथा रसुवागढीमा आठ लाख ६८ हजार ३९५ सञ्चयकर्ताले आवेदन दिन पाउनेछन् । साञ्जेन आयोजनाका लागि साधारण शेयर भर्न गत मंसिर २६ गतेसम्मका सञ्चयकोषका सञ्चयकर्ता र रसुवागढीका हकमा गत पुस २० गतेसम्मका सञ्चयकर्ताले पाउनेछन् ।


source : Dainiki


Saturday, December 16, 2017

कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटी बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो


कोरियाले आगामी बर्ष अर्थात सन् २०१८को लागि इपिएस मार्फत  १६ देश बाट ल्याउने कामदारको  कोटा निर्धारण गरेको छ l  यसरी लैजाने  प्रवासी मजदुरहरुको कोटा कोरियन सरकारले प्रत्येक बर्ष तोक्ने गर्दछ ।

गत शुक्रबार  सरकारको तर्फबाट १२ जना ,मजदुर संगठनबाट २ जना ,कम्पनी ब्यबस्थापक र अन्य क्षेत्रबाट गरि २१ जनाको कोटा निर्धारण समितिको  बैठकले उक्त निर्णय गरेको प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राइले बताएका छन् l

समितिले २०१८ को लागि जम्मा ५६ हजार प्रवासी मजदुरको कोटा तोकेको छ ।  उक्त कोटा संख्या बाट ४५ हजार पिबिटी बाट तोकिएको छ भने बाँकि रहेको  ११ हजार कमिटेड वर्कर तथा बिशेष कोरियन भाषा परिक्षा (सिबिटी)  बाट तोकिएको छ l यद्वपी सन २०१८ को लागि सिबिटि परिक्षा कहिले हुने वारे खुलाइएको छैन।

यसरि तोकिएको प्रवासी कामदारको कोटा कुन देशको लागि कति भन्ने बारेमा  सम्बन्धित मन्त्रलयसग छलफल गरि श्रम तथा रोजगार मन्त्रालयले आगामी जनवरीमा निर्धारण गर्ने बताइएको छ l

प्रवासी मजदुर कोटा निर्धारण समितिले तय गरेको २०१८ को प्रवासी मजदुरको कोटा  ५६ हजार मध्ये ५१ हजार ३ सय १३ जना आफ्नो समयावधि पुरा गरेर फर्किनेको ठाउँमा हो भने ४ हजार ६ सय ८७ नया माग भए अनुसार ल्याउने कोटा हो l त्यसैगरी सन् २०१८ मा १० हजार बिना भिसाका कामदारलाइ स्वदेश फर्काइने पनि बताइएको छ l

कोरियाले इपिएस लागु भएयता एसियाका भिभिन्न १६ देश बाट  कामदार लिदै आएको छ l यसरि ल्याएका कामदारले उत्पादनमुलक क्षेत्र ,निर्माण क्षेत्र ,कृषि तथा मत्स्यपालन क्षेत्र क्षेत्रमा काम गर्ने भएपनि हाल नेपालको लागि निर्माण तथा मत्स्यपालन क्षेत्रमा काम गर्ने अनुमति भने छैन l
२०१८ मा  प्रवासी मजदुर (ई ९ ) नया  प्रवेश गर्नेको क्षेत्र तथा संख्याको बर्गिकरण यस प्रकार रहेको छ l

बर्गिकरण  जम्मा उत्पादन कृषि तथा पशुपालन मत्स्यपालन निर्माण सेवा
जम्मा (सख्या) ५६,००० ५४,००० +(२००० ) ४२,३०० ६,६०० २,६०० २,४०० 4 १०० नया ४५,००० ४३,००० +(२००० ) ३२,२५० ५,८७० २,४०० २,३९० 4 ९० + पुन प्रवेश ११,००० १०,०५० ७३० २०० १० १०
प्रवासी मजदुर कोटा निर्धारण समितिले तोकेको कोटा अनुसारको प्रवासी मजदुरहरु २०१८ को कुन महिनामा कति जना लैजान्छ l

समय जम्मा उत्पादन कृषि तथा पशुपालन मत्स्यपालन निर्माण सेवा
जम्मा शंख्या ४३,००० +α(२००० ) ३२,२५० ५,८७० २,४०० २,३९० ९०
जनवरी १५,७७० ९,६०० +1 २,६१०  १,१०० १,२२०+4  ४० +5
अप्रिल १४,५४० ९,६०० २,६१० ७५० ७३० ५०
जुलाई ७,५४० ६,५५०   ५५० ४४० 
अक्टोबर ७,१५० ६,५०० ६५०     
कार्य अवधि पुरा भएर जाने प्रवासी मजदुरको संख्या  निम्न बमोजिम छ
बर्गिकरण जम्मा उत्पादन कृषि तथा पशुपालन मत्श्यपालन निर्माण सेवा
प्रस्थान गर्ने मजदुर ४१,३१३ ३५,६४९ ३,३८२१ ९०१ १,३४२ ३९

श्रोत उदय राइ- अध्य्क्ष  प्रवासी मजदुर युनियन

गजल

बोल्दा बोल्दै आकस्मात बाई भनेर मारी !
बोल काली भन्दा आज नाई भनेर मारी !!

च्वाँक केटी देखे मैले कमेन्ट गरी हाले !
हाम्रो बिच कुन नक्कली आई भनेर मारी !!

मैले भने दिलको राजा सम्झीएको तिमिलाइ !
तिम्रो दिलमा अर्कै केटी धाई भनेर मारी !!

फोनै फोनमा झगडाको महाभारत भयो !
तिम्रो दिलमा उसैले ठाउँ पाई भनेर मारी !!

हिँजो सम्म मेरो हजुर भन्दै बोलाउथी,
निष्ठूरीले आज मलाई दाइ भनेर मारी !!

Wednesday, December 13, 2017

मुस्कान तिम्रो सम्झेर माया लाउन आउछु

       ⇝⇝⇝ गजल ⇜⇜⇜

मुस्कान तिम्रो सम्झेर  माया लाउन आउछु
तनको दुरी हटाइ   पुन: पाउन आउछु

नयन तिम्रा मिर्गका जस्ता मुटुमा राखेर
मनको खेत्मा प्रेमको बहर दाउन आउछु

गालाको तिम्रो खोबिल्तो सम्झि भुतुक्क हुन्छु म
प्रेमको घर बनाइ राख छाउन आउछु

भमरा बनि डुल्दिन अन्त तिमीमा अर्पण
मायाको खेत हिल्याईकन साउन आउछु

बिर्सेर धन, प्रेमको मन कसिलो पारेर
तिम्रो र मेरो प्रेमको गीत गाउन आउछु

Tuesday, December 12, 2017

तिमीलाई आज कस्ती राम्री देँखे





तिमीलाई आज कस्ती राम्री देँखे
तिम्रै रुपको वर्णन गर्न एउटा गजल लेखे ।


लजालु त्यो मुहारमा इन्द्रेणीको छाँया
नसकेर हेरिरहन एउटा गजल लेखेँ ।


सपक्क ति केशराशि झुमिरहु लाग्ने
नसकेर छोइहाल्न एउटा गजल लेखेँ ।


सुनकेस्रा जस्ता तिम्रा ठूला ठूला ओठ
नसकेर चुम्बन गर्न एउटा गजल लेखेँ


बदामी ति ठूला आँखा फेवाताल नै हुन की
नसकेर पारी तर्न एउटा गजल लेखेँ ।

Saturday, December 9, 2017

Computer Some Softwares


यस्ता सफ्टवेयरहरुका बारेमा कुरा गर्दैछु जसका बारेमा कमैलाई थाहा छ तर अति नै उपयोगी छन् र, जसको प्रयोगले तपाईको कम्प्युटर सजिलो र छिटो पनि हुन्छ । रमाइलो कुरा त यो छ कि अति नै उपयोगी भएपनि यी सफ्टवेयरहरुले कम्प्युटरमा बढि स्पेस लिदैनन् । यसलाई तपाईले माइक्रोसफ्टको पुरानो भर्सनहरु देखि लिएर नयाँ विन्डोज 10 मा पनि मज्जाले प्रयोग गर्न सक्नुहुनेछ । तपाईलाई कुन सफ्टवेयर आवश्यक छ, तल हेर्नुहोस् ।
१. अनलकर (Unlocker) : 

तपाईले कुनै कुनै फाइल तथा फोल्डरहरु डिलिट गर्न खोज्दा “file is
in use” भनेर डिलिट नभएर दिक्क पारेको होला । यस्तोमा यो सफ्ट्वेयर उपयोगी हुन्छ ।
यसले यसरी लक (Lock) भएका फाइल तथा फोल्डरहरुलाई बन्द गरिदिन्छ ।

२. डबल किलर (Double killer) : 

डाउनलोड र कपी गरेर राख्दा राख्दै एउटा डकुमेन्ट वा गीत र फोटोहरु धेरैवटा फोल्डरमा हुन सक्छन् ।
यो सफ्ट्वेयरले एउटै कम्प्युटरमा रहेका एकभन्दा बढी उही डकुमेन्टहरु हटाउँछ ।

३. माउस जिग्लर (Mouse Jiggler) : 

तपाईको कम्प्युटर केहि बेर नचलाउँदा स्लिप मुडमा जान्छ । यसैले स्लिप मुडमा जान नदिन केहि बेरमा माउस
वा किबोर्ड चलाइरहनु पर्ने हुन्छ । यस्तोमा यो माउस जिग्लर भन्ने सफ्टवेयरले काम गर्छ । यसले कम्प्युटर नचले
पनि कम्प्युटरलाई स्लिप मुडमा जान दिदैन ।

४. मेलस्टोर (Mail Store) : 

यदि तपाई इन्टरनेट नभएको ठाउँमा पनि आफ्नो इमेलहरु हेर्न चाहनु हुन्छ भने यसको प्रयोग गर्न
सक्नुहुनेछ । यसले इन्टरनेटको पहुँचमा सबै इमेलहरु कम्प्युटरमा डाउनलोड गर्छ जसलाई तपाईले पछि इन्टरनेट
नभएको ठाउँमा पनि हेर्न सक्नुहुन्छ । यसको मद्दतले इमेलहरु पेन ड्राइभमा पनि राख्न सकिन्छ ।

५. टेराकपी (Teracopy) : 

तपाईले कहिलेकाँही ठुला साइजका फिल्महरु कपी गर्दा गर्दै बिचैमा केहि खराबी आएर फेरि सुरु देखि नै फाइल कपी गर्नु पर्ने भएको छ कि छैन ? यस्तोमा यो टेराकपी उपयोगी हुन्छ । यसले कपी गर्न स्पिड बढाउँछ र केहि समस्या भए त्योबारेमा बताउँछ ।

६. सोल्युटो (Soluto) : 

कम्प्युटर ओपन गर्दा अनेक प्रोग्राम खुलेर ढिलो ओपन हुने समस्या यो सफ्टवेयरले काम गर्छ । यसले अनावश्यक प्रोग्रामहरुलाई सुरुमै ओपन हुनबाट रोक्छ र कम्प्युटर छिटो खुल्छ ।

७. इरेजर (Eraser) : 

कम्प्युटरबाट डिलिट गरिएका फाइल तथ डकुमेन्टहरु केहि सफ्टवेयरको सहयोगमा फिर्ता ल्याउँन
सकिन्छ । तपाईको गोपनियता भंग गर्न खोज्नेले यसो नगर्नालान् भन्न सकिदैन ।
यस्तोमा यो सफ्टवेयरले सदाका लागि फाइलहरु डिलिट गर्न सहयोग गर्छ ।


Saturday, November 25, 2017

शेरेको छोरो

शेरेको ५ वर्षको छोरो : मिस, २५ वर्षको केटा र
२५ वर्षको केटीबाट
बच्चा हुन्छ ?

मिस : हुन्छ ।


शेरेको छोरो: अनि २० वर्षको केटा र
२० वर्षको केटीबाट नि ?

मिस :त्यो बाट पनि हुन्छ


शेरेको छोरो: १५-१५ वर्षको नि ।

मिस : त्यो पनि हुन्छ ।


शेरेको छोरो: अनि ५-५ वर्षको बाट नि ।

मिस :त्यती सानोमा त हुँदैन ।

शेरेको छोरो: आफु सँगै पढ्ने (केटी) साथीलाई
देख्यौ,

मैले पहिल्यै भनेको होईन
डराउनु पर्दैन भनेर !