Saturday, November 28, 2020

गल्ती कसबाट हुंदैन र ?

एउटा विद्यार्थीले प्रधानाध्यापकसंग भन्यो ।
सर सर ! हिंजो बुबाले मेरो जन्म दिनमा दिनु भएको महंगो घड़ी हरायो ।
प्रधानाध्यापक : कहांबाट हरायौ
विद्यार्थी: यहीं कक्षा कोठाबाट हरायो सर !
प्रधानाध्यापक : कसरी हरायो?
विद्यार्थी: म टिफिन टाइममा घडी यहीं टेबुलमा राखेर बाहिर गएको थिए, आउंदा टेबुलमा घडी छैन सर !
प्रधानाध्यापक : त्यसोभए यो समय भित्र त कक्षा काेठामा तिमीहरू बाहेक अरू कोही आएका छैनन् ।
प्रधानाध्यापक ।: तिमीहरू सबै लाइनमा लाग । र, सबैले आ-आफ्नो आँखामा पट्टी बाँध । सबैले त्यसै गरे । प्रधानाध्यापकले सबैको पकेट छामे। एउटाको पकेटमा घडीभेटियो र घडी बुझाए ।

चोरी गर्ने केटा डरायो । उसले अब मैले चोरेको कुरा कक्षाभरी फैलन्छ भन्ने त्रासमा रह्यो । एकदिन दुईदिन गर्दै समय वित्यो । तर, उक्त कुरा फैलिएन । उनीहरू कलेज जीवन सिध्याएर आआफ्नो कर्ममा लागे ।
चोर्ने केटा ठूलो उद्योगको मालिक बन्यो । एक दिन उसलाई पुरस्कृत गरिने कार्यक्रम थियो । उक्त कार्यक्रममा आफ्नो प्रधानाध्यापक पनि आएका थिए । केटा प्रधानाध्यापकसंग गएर प्रधानाध्यापकलाई धन्यवाद ज्ञापन गर्दै भन्यो “आज म जो स्थानमा छु सर हजुरकै देन हो । म हजुरको त्यो गुन कहिल्यै भुल्ने छैन ।” प्रधानाध्यापक आश्चर्यमा पर्दै भने “मैले त्यस्तो के गरें र ? तिमी यो सब के भन्दैछौ ?” विद्यार्थीले भन्यो हजुरले त्यो दिन मैले चोरेकाे कुरा कसैलाई भनिदिनु भएन । र, म आज जिन्दा मात्र हैन, यो स्थानमा छु, त्योकुरा विद्यालयमा फैलिएकाे भए म त्यही दिन आत्महत्या गर्थें ।”
प्रधानाध्यापक आश्चर्यमा पर्दै भने: “त्यो केटा तिमी थियौ ?” विद्यार्थी फेरी आश्चर्यमा पर्दै भन्याे “सर ! हजुरले मलाई भुल्नु भयो ?” 
प्रधानाध्यापक: मैले त्याे दिन तिमीहरू संगै मेरो आंखा पनि कालो पट्टीले बांधेको थिए । ताकि घडी लिने विद्यार्थी मैले नचिनु । म चाहन्थे कि मेरो विद्यार्थी मेरो नजरबाट नगिरोस् । यो कुरा सुनेर विद्यार्थी झन् आंखाभरी आँसु लिंदै प्रधानाध्यापकलाइ अंगालेर रोयो ।
गल्ती कसबाट हुंदैन? तर, आज हामी अरूको गल्ती खोज्दै हिंड्छौं । बनावटी कथा बनाएर पनि अरूकाे चरित्र हत्या गर्छौं। जबकि हामी कोही गल्ती नगर्नेमा पर्दैनौं। सबैले सानाे-ठूलो गल्ती गरि रहेका हुन्छौं । के कसैको गल्ती हामीले माफ़ गर्न सक्दैनौं ? गल्ती ढाक्न सक्दैनौं ?के सुध्रने माैका दिन सक्दैनौं ?

Water Falling in Village

Saturday, December 29, 2018

सफल जिवनको लागि 16 सुत्रहरु

सफल जिवनको लागि 16 सुत्रहरु:-
1. जीवन :-
जब तिमी पैदा भएका थियौ तिमी रोएका थियौ जबकी दुनियाले उत्सव मनाएका थिए , अब आफ्नो जीवन यस्तो बनाउ कि तिम्रो मृत्यु मा दुनिया रोउन र तिमिले उत्सव मनाउ
2. हार नमान्नु :-👇🏻
- बिच बाटो बाट फर्किएर कुनै फाइदा हुदैन किनकी फर्किदा पनि तपाइलाई त्यति नै दुरी पार गर्नुपर्छ जति त्यहा पुग्नलाई लाग्छ ✌🏻
3. सफलता - असफलता :-👇🏻
- सफलताले हाम्रो परिचय दुनियासित गराउछ र असफलताले हामीलाई दुनियाको परिचय गराउछ
4. कठिनाइहरु
- जबसम्म तपाइले आफ्नो समस्या एवम कठिनाइहरुको कारण अरुलाई कोस्नुहुन्छ तब सम्म तपाईं आफ्नो समस्याहरु र कठिनाइहरुलाई मेटाउन सक्नुहुन्न
5. आत्मविश्वास
- यदि कुनै चिजलाई दिलसित चाहनुहुन्छ भने पुरै विश्वले तपाइलाई त्यो सित मिलाउन थाल्छ
6. असम्भव
- यो दुनियामा असम्भव केही पनि छैन हामीले त्यो सब गर्न सक्छौ जुन हामी सोच्दछौ र हामी त्यो सबै सोच्न सक्छौ जुन आजसम्म हामीले सोचेनौ
7. गल्तिहरु
- यदि तपाईं समय मै आफ्नो गल्ती स्वीकार गर्नुहुन्न भने तब तपाइले एउटा अर्को फेरि गल्ती गर्न पुग्नुहुन्छ , आफ्नो गल्तिबाट तबमात्र सिक्न सक्नुहुन्छ जब तपाईं आफ्नो गल्ती स्वीकार्नु हुन्छ
8. शक्ति
- ब्रहमाण्डको सारा शक्तिहरु पहिले देखि नै हाम्रो हो ,फेरि पनि हामी आफ्नो आँखा मा हात राख्छौ र फेरि रुने गर्छौ यो सोचेर कि कति अन्धकार छ ,
9. मेहनत
- हामी चाहयौ भने आफ्नो आतमविश्वास र मेहनत को बलमा आफ्नो भाग्य आफै लेख्न सक्छौ , यदि हामीलाई लेख्न आउदैन भने परीस्थितिले आफ्नो भाग्य लेखिदिन्छ
10. महानता
- महानता कहिक्यै नखस्नु मा होइन बल्की हरेक पटक खसेर उठ्नुमा हुन्छ
11. समय
- तपाईंले यो भन्न सक्नुहुन्न कि तपाइसित समय छैन किनकी तपाइसित एक दिनमा त्यति नै समय छ जति समय महान एवम सफल मान्छेहरुसित छ
12. सोच
- वर्षातको समय मा सारा पंछीहरुले आश्रयको खोज गर्दछ तर चील बादलहरुको माथी उडेर वर्षातलाई नै Avoid गरिदिन्छ , समस्याहरु Common हुन्छ तर तपाइको सोचले यसमा Difference पैदा गर्दछ
13. सपना
- सपना त्यो होइन जुन हामी निद्रामा देख्छौ सपना त्यो हो जसले हामीलाई निद्रा आउन दिदैन
14. विश्वास
- विश्वास त्यो शक्ति हो जसबाट निष्पट अँध्यारो दुनिया मा प्रकाश ल्याउन सकिन्छ , विश्वासले ढुङ्गालाई भगवान बनाइदिन सक्छ र अविश्वासले भगवानले बनाएको मान्छेलाई पनि ढुङ्गाको दिल बनाइदिन सक्छ
15. सफलता
- टाढा देखि हामीलाई सबै बाटो बन्द देखिन्छ किनकी सफलताको बाटो हाम्रो लागि तबमात्र खुल्दछ जब हामी त्यसको बिल्कुल नजिक पुग्छौ
16. प्रसन्नता
- यो कुनै पहिले देखि नै निर्मित चिज होइन यो तपाइको कर्मबाट आउछ ।।।

मन परे सेयर गर्दिनु होला, धन्यवाद

Tuesday, November 6, 2018

तिहारको मुखैमा कोरियामा दुखत खबर , कम्पनि दुर्घटनामा परि एक नेपालीको मृत्यु

सम्पूर्ण नेपालीहरुले हर्सौल्लासका साथ तिहार मनाइरहदा कोरियामा भने दुखत घटना घटेको छ l
कोरियाको छाल्लाबोक्दो यांजी स्थित एक प्लास्टिक कम्पनीमा कार्यरत एक नेपालीको कम्पनि दुर्घटनामा परि मृत्यु भएको छ l इपिएस मार्फत करिब २ बर्ष पहिला कोरियामा आएका पांचथरका राजेस तुम्बाफोको मंगलबार कार्यस्थल दुर्घटनामा परि मृत्यु भएको सियोल स्थित नेपाली दुतावासका श्रम कन्सुलर डिल्लीराम बास्तोलाले बताउनु भएको छ l

मृतक तुम्बाफो २ बर्ष देखि सोहि कम्पनीमा कार्यरत थिए l आज बिहान ८ बजेको समयमा काम गर्ने क्रममा मेसिनले च्यापिएर उक्त दुर्घटना भएको थियो l उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ l

घटना बारे नेपालका आफन्तलाई जानकारी दिने तयारि भैरहेको बास्तोलाले बताउनु भयो l मृतक तुम्बाफोका भाइ पनि कोरियामै कार्यरत छन् l

त्यसैगरी थप विवरण लिन हामीले मृतकका सहकर्मी लाइ सम्पर्क गर्दा उनले बिहान काम सुरु हुनै लाग्दा यस्तो दुखत घटना घटेको बताए l घटनाको विवरण दिन आफु अहिले प्रहरी चौकीमा रहेको समेत बताए l
पछिल्लो समय कोरियामा दुर्घटनामा तथा अन्य कारणले मृत्यु हुनेको संख्या बढ्दो छ l केहि दीन पहिला दोलखाका आङकामि सेर्पाको हृदयघातका कारण अस्पतालमा मृत्यु भएको थियो l

Hellonepalkorea बाट

Monday, August 6, 2018

नेपाली कामदारले आफन्तलाई कोरियामै भेट्न पाउने, सकियो तयारी

रविन्द्र घिमिरे २१ साउन, काठमाडौं । नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान दिने व्यवस्था गर्न कोरिया सहमत भएको छ । श्रम तथा रोजगरमन्त्री गोकर्ण बिष्टले यसअघिको भेटमा कोरियन राजदूत पार्क योंगसिकलाई कामदारको सम्झौता अवधिभित्र कोरियामै आफ्ना परिवारका सदस्यलाई भेट्ने अवसर मिलाइदिन प्रस्ताव गरेका थिए ।

सोमबार भएको भेटवार्तामा राजदूत पार्क योंग सिकले यो व्यवस्था लागु गर्न तयारी भईसकेको जानकारी दिएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ । उनले कामदारको आफन्तलाई कोरियामा भेटघाट गर्न जाने अवसर मिलाइ सकिएको र केहि कामदारका आफन्तहरुले भेटघाट गरेर आईसकेको बताएको श्रम मन्त्रालयका सहसिचव प्रकाश दाहालले जानकारी दिए । कोरियाले यो योजनाको अाैपचारिक घोषाणा केही समयभित्रै गर्नेछ ।

कोरिया पुगेका केही कामदारमा डिप्रेशनको समस्या देखिएको छ । मानसिक रुपमा उब्जिएका समाधान गर्न पनि यसले भूमिका खेल्ने विश्वास सहित सरकारले यस्तो प्रस्ताव गरेको थियो ।यसअघिकै भेटमा कोरियन राजदूतले सकारत्मक जवाफ दिँदै आफ्नो सरकारसँग पहल गर्ने बताएका थिए । सोमबारको भेटमा राजदूत योंगसिकले कोरियाले आफन्तलाई निश्चित समयका लागि कोरिया लैजान पाउने व्यवस्था गरिएको जानकारी दिएका छन् ।

कोरिया पुगेका कामदारले निश्चित अवधिका लागि परिवारका सदस्यलाई त्यहाँ लैजान पाएमा त्यसले मनोवैज्ञानिक रुपमा पनि निकै उत्साह थप्ने विश्वास सरकारको छ ।लगातार काम गर्नुपर्ने ४ वर्ष १० महिनाको बीचमा कम्तिमा एकपटक कामदारको परिवार त्यहाँ जान पाएपछि आत्महत्या लगायतका समस्यमा कमी आउने दावी ईपीएस अधिकारीहरुको छ ।कामदार र उनीहरुका परिवारलाई पनि कोरियाली रोजगारीप्रति थप गौरव अनुभुति हुने परिवारसँग विदेशमै बिताइने समयले कामदारको मनोबल पनि बढ्ने विश्वास सरकारलाई छ ।

भेटमा दुई देश वीचको सौहार्द सम्बन्ध र आपसी हितका विषयमा पनि छलफल भएको छ । मन्त्री बिष्टले नेपाली युवाहरुको लागि दक्षिण कोरिया आकर्षक रोजगारीको क्षेत्र रहेकाले कामदारहरुको संख्या थप गर्न कोरियन सरकारलाई आग्रह गरे ।उनले कोरियामा जाने कामदारलाई त्यहाको आवश्यता अनुसार भाषा, सीपको विकास गर्न सरोकारवाला मन्त्रालयहरुवीच समन्वय गरेर जाने प्रतिवद्धता व्यक्त गरे ।संघीय सरकारको मातहतमा रहने गरि स्थापना हुन लागेको तीनवटा प्रतिष्ठान स्तरका सीप विकास केन्द्रहरुको पूर्वाधार निर्माणमा कोरिया सरकारको सहयोगको अपेक्षा समेत व्यक्त गरे ।

राजदूतले नेपाली कामदार इमान्दार र मिहेनती भएकोले कामदारको संख्या थप गर्ने साथै सेवा क्षेत्रमा समेत कामदार लैजाने प्रक्रियामा सहयोग गर्ने कुरा व्यक्त गरेका छन् ।उनले प्रतिष्ठान स्तरका सीप विकास केन्द्रहरुको पूर्वाधार निर्माणमा कोरिया सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।वैंकिङ माध्यमबाट विप्रेषणलाई स्वदेशमा ल्याउने प्रतिस्पर्धाको माध्यमबाट सुलभ दरमा कामदारहरुलाई हवाई सेवा प्रदान गर्ने विषयमा पनि छलफल भएको मनत्रालयका सहसचिव सह-सचिव प्रकाश दाहालले जानकारी दिए ।

Source: online khabar

Tuesday, July 24, 2018

कस्तो छ कोरिया ? अप्ठ्यारो परे कहाँ सम्पर्क गर्ने ?


रोजगारीका लागि कोरिया जान कोरियन भाषा जान्न जरुरी छ । त्यसैले नेपाल सरकारले लिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गर्नेले मात्रै कोरियामा रोजगारी पाउँछन् । भाषासँगै सिप पनि सिक्न जरुरी छ । भाषा परीक्षा र सिप वापत एचआरडी कोरियाले तोकेको न्यूनतम शुल्क तिनुपर्छ ।
रोजगारीका लागि कोरिया पुगे पछि युवाले चार वर्ष १० महिना काम गर्न पाउँछन् । भाषा परीक्षा पास गर्ने सबै युवा कोरिया जान पाउँदैनन । किनभने भाषा परीक्षामा कोरियाले माग गरेको कामदारको संख्या भन्दा निक्कै बढी पास हुन्छन ।

दक्षिण कोरियामा नेपालको दूतावास राजधानी सोलमा छ ।
कुनै समस्या परेमा सोलस्थित नेपाली दूतावासमा सम्पर्क गरे सल्लाह र सहयोग पाइन्छ ।
37-24, Sungbuk-dong, Sungbuk-gu, Seoul
Tel. No. 0082 (02) 37899770/1
Fax No. 0082 (02) 7368848
Email: seoul@mofa.gov.np ,
nepembseoul@yahoo.com
Website: nepembseoul.gov.np,www.nepembseoul.or.kr

आप्रवासी कामदार सहयोगका लागि कोरियामा माइग्रेन्ट वर्कस सेन्टरले वहुभाषिक परामर्श समर्थन सेवा सञ्चालन गर्दै आइरहेको छ । आप्रवासी कामदारलाई भाषा र संवाद सम्बन्धी अप्ठयारो परेमा आप्रवासी सहायता नम्वर १६४४–०६४४ मा सम्पर्क गरी नेपाली भाषाको लागि १२ थिचेर आफ्ना समस्या राख्न सकिन्छ ।

न्यूनतम तलव ज्याला नदिएमा वा ढिला गरेमा, आप्रवासन र प्रवास सम्बन्धी समस्या परेमा, रोजगार परमिट प्रणाली विषयमा, औद्योगिक दुर्घटना भएमा, अन्तर्राष्ट्रिय विषयमा, मृत्यु र कर्मकाण्ड, ठगी, आक्रमण, नागरिक मुद्दा साथै अन्य समस्या राख्न सकिन्छ ।

सेवा फिर्ता कल – सेवा कल फिर्ताको लागि आफ्नो फोन नम्बर छोड्न नभुल्नुहोला
फोन गर्ने समयावधि
सोमवार – शुक्रवार बिहान ९:०० – बेलुका ६:००
आइतवार दिउसो १:०० – बेलुका ७:००
लन्च समय दिउसो १२:०० –१:०० बजे सम्म
शनिवार र आधिकारिक बिदाहरुको दिन केन्द्र बन्द रहनेछ ।

Source:–कोरिया नेपाल अनलाइन खबर

Monday, July 16, 2018

कोरियाको समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु, समुन्द्रमा जादाँ सचेत हुन दुतावासको सुझाव..

दक्षिण कोरियाको थेजन समून्द्रमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली युवाको मृत्यु भएको छ । पर्वत लेकफाँटका २६ वर्षीय दुर्गा बहादुर जि.सीको समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । शनिवार थेजनमा जारी मड फेस्टीभल हेर्न गएको जि.सी समुन्द्रमा पौडी खेल्दै गर्दा आएको छालले डुबाउदाँ मृत्यु भएको राजधानी सउलस्थित नेपाली दुतावासका श्रम सहचारी डिल्लीराम बास्तोलाले जानकारी दिनु भएको छ । शनिवार अपरान्ह् एक बजे कम्पनीका साथीसँगै मृतक जि.सी समुन्द्रमा गएका थिए । तीन जना साथीहरु खाजा खान गएको बेला उनी एक्लै समून्द्रमा पौडी खेल्न गएका थिए । खाजा खाएर फर्केका साथीले खोज्दा उनी नभेटेपछि साथीहरुले आफुहरु कम्पनीमा फर्केको जानकारी मृतक जि.सीले समुन्द्रको किनारामा राखेको कपडासँगै राखेर दिएका थिए ।

जि.सी समुन्द्रमा डुबेको त्यहि पौडी खेलिरहेका कोरियनले भेटेपछि उद्धार गरेका थिए । समुन्द्रको किनारमा ल्याएर पेटमा च्याँपेर पानी फाल्ने लगायतका प्राथमिक उपचार ती उद्धारकर्ताले गरेका थिए । पानी फाल्दा पनि होशमा नआएपछि तत्कालै ११९मा फोन गरेर जि.सीलाई अस्पतालमा पु¥याइएको थियो । तर अस्पताल पु¥याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले इन्छन विमानस्थलमा लगाउने औलाको छापको आधारमा पहिचान गरी कम्पनी र दुतावासमा सम्पर्क गरेको श्रम सहचारी वास्तोलाले जानकारी दिनु भएको छ ।

मृतक जि.सी इपिएस मार्फत रोजगारीका लागि दुइ वर्ष अघि कोरिया आएका थिए । मादक पदार्थ सेवन समेत नगर्ने जि.सीका परिवार अहिले भारतमा रहेका छन् । अविवाहित समेत रहेका मृतक जि.सीको शव अहिले पोष्टमार्टम गरेर अस्पतालमा राखिएको छ भने भारतका रहेका परिवारलाई जानकारी दिइसकेको र प्रक्रिया पुरा भएपछि चाँडै नै नेपाल पठाउने तयारी भइरहेको दुतावासले जनाएको छ ।

यसैबीच नेपाली दुतवासका महामहिम राजदूत अर्जुन जंगबहादुर सिंह, श्रम सहचारी वास्तोला, गैर आवासिय नेपाली संघ एनआरएन कोरियाका अध्यक्ष लक्ष्मी गुरुङ, चितवन सम्पर्क समिति र जनसम्पर्क समिति कोरियाका पुर्व अध्यक्ष गिरीराज कुँवर, पर्वत समाजका प्रतिनिधीको टोलीले जि.सी कार्यरत कम्पनी र अस्पतालमा पुगेर शवको निरिक्षण र कम्पनीका मालिकसँग राहतका विषयमा छलफल गरेको छ ।

यसैगरी दुतावासका श्रम सहचारी बास्तोलाले गर्मी विदा तथा साप्ताहिक विदामा समुन्द्रमा घुम्न जादाँ र पौडी खेल्दा सावधान अपनाउन आग्रह गर्नु भएको छ । कोरियन प्रहरीले पनि समुन्द्रमा एक्लै पौडी खेल्न नजान, सामूहिक रुपमा गएपनि साथीहरुको हेरचाह र ख्याल गर्न सुझाव दिएको बास्तोलाले बताउनु भएको छ । पौडी खेल्न जाँदा सुरक्षाको उपाय अपनाउन अर्थात लाइफ ज्याकेट प्रयोग गर्न सुझवा पनि दिइएको छ ।

कोरियामा पछिल्ला दुइ सातामा विभिन्न कारणले पाँच नेपालीले ज्यान गुमाइसकेका छन् । इपिएस मार्फत रोजगारीका लागि आउने क्रम बढेसँगै दुर्घटना, आत्महत्या लगायत विभिन्न कारणले मृत्यु हुने क्रम बढेको छ । केहि दिन अघि चितवनका ढाकाराम भुजेलले कम्पनीको गोदाममा झुण्डीएर आत्महत्या गरेका थिए भने सवारी दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ ।

source: hello nepal korea dot com

कोरियामा न्यूनतम ज्याला १०.९ प्रतिशतले बढ्यो

सउल- दक्षिण कोरियाले सन् २०१९ का लागि १०.९ प्रतिशतले न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । बढेको ज्याला सन् २०१९ जनवरीदेखि डिसेम्बरसम्म लागू हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
न्यूनतम पारिश्रमिक वृद्धिभएसँगै ईपीएसमार्फत कार्यरत आप्रवासी र तल्लो लेबलका मुलबासी करिब ३१ लाखभन्दा बढी कामदारहरू लाभान्वित हुनेछन् । जसमा ईपीएस्मार्फत आउने १७ मुलुकका कामदार पनि उत्साहित छन् ।

जुलाई १४ शनिबार विहान लगातार १९ घण्टासम्म सरकार, मजदुर संगठन र व्यवसायी प्रतिनिधिबीच भएको छलफलमा उक्त निर्णय भएको हो । ज्याला अगष्ट ५ मा संसदबाट पारित हुनेछ । नयाँ पारिश्रमिक अनुसार प्रतिघण्टा ८ हजार ३५० वन (७.३७ डलर) हुनेछ । यसवर्ष प्रतिघण्टा ७ हजार ५३० वन छ । कोरियाका राष्टपति मुन जे इनले सन् २०२० सम्म मजदुरको ज्याला १० हजार वन प्रतिघण्टा पु-याउने प्रतिवद्धता गरेका थिए ।
हप्तामा ४० घण्टा (मासिक २०९ घण्टा) काम गर्ने कामदारले यसवर्षको न्यूनतम मासिक १५ लाख ७३ हजार ७७० वनबाट १ लाख ७१ हजार ५ सय ४० वन बढेर १७ लाख ४५ हजार ३१० वन पाउने छन् । जसको नेपाली रूपैयाँ १ लाख ६९ हजार ३३१ हुनेछ । (नेपाली १ रूपैयाँ बराबर कोरियन वन १०.३१ वन हुन्छ) अघिल्लो वर्ष यसवर्षका लागि १६.४ प्रतिशत वृद्धि भएको थियो । ज्याला वृद्धिले कोरियामा कार्यरत नेपालीहरू उत्साहित भएका छन् ।

ज्याला निर्धारणका लागि सरकारका ९, मजदुर संगठनका ९ र उद्योग संचालकका ९ गरी २७ प्रतिनिधिबीच लामो समय छलफल भएको थियो । देशको आर्थिक वृद्धि, मूल्यवृद्धि र ज्यालावृद्धिलगायतका विभिन्न सुचकांकको आधारमा न्यूनतम ज्याला वृद्धि गरिएको हो । ज्याला निर्धारण समितिका अनुसार हरेक वर्ष ज्याला वृद्धि गर्ने सरकारको उद्धेश्य अनुसार ज्याला तय गरिएको हो ।

यद्यपि, श्रमिकको हक अधिकारमा कृयाशील टे«ड युनियनहरूले मन्त्रालयले बढाएको ज्यालामा सन्तुष्ट नभएको बताएका छन् । उनीहरूले अहिलेको ज्याला १० हजार वन हुनुपर्ने माग राख्दै आएका छन् । “दैनिक बढ्दो मूल्यवृद्धि र गुणस्तरीय जीवनका लागि अहिले बढाइएको ज्याला ज्यादै न्यून हो,” कोरियन कन्फेडेरेसन अफ टे«ड युनियन प्रतिनिधिले भने ।

एसियाका १७ देशका यूवाहरूको आकर्षक रोजगारी स्थल बन्दै गएको कोरियमा प्रत्येक बर्षको तलब बृद्धिले नेपाली श्रमिकहरू उत्साहित बनेका छन् । यधपि, कतिपय साना तथा घरेलु उद्योगहरूमा कार्यरत आप्रवाशी कामदारहरूले भने न्यूनतम ज्याला पनि नपाउने गरेको बताएका छन् ।

कृषि तथा पशुपालन भिषावाहकका लागि लागि कामादार र संचालकबीच आपसी समझदारीमा ज्याला तय हुने जनाइएको छ । कोरियाले सन् १९८८ देखि ज्याला निर्धारण समितिमार्फत प्रत्येक वर्ष न्यूनतम ज्याला निर्धारण गर्दै आएको छ । जुन बेलाको न्यूनतम ज्याला ४ सय ६२ वन थियो । सरकारले सन् २००९ मा ६.१, २०१० मा २.७५, २०११ मा ५.१, २०१२ मा ६.०, २०१३ मा ६.१, २०१४ मा ७.२, २०१५ मा ७.१, २०१६ मा ८.१, २०१७ का लागि ७.३ र २०१८ का लागि १६.४ प्रतिशतले ज्याला बढाएको थियो ।

Source : Karobardailly