दक्षिण कोरियाको थेजन समून्द्रमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली युवाको मृत्यु भएको छ । पर्वत लेकफाँटका २६ वर्षीय दुर्गा बहादुर जि.सीको समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । शनिवार थेजनमा जारी मड फेस्टीभल हेर्न गएको जि.सी समुन्द्रमा पौडी खेल्दै गर्दा आएको छालले डुबाउदाँ मृत्यु भएको राजधानी सउलस्थित नेपाली दुतावासका श्रम सहचारी डिल्लीराम बास्तोलाले जानकारी दिनु भएको छ । शनिवार अपरान्ह् एक बजे कम्पनीका साथीसँगै मृतक जि.सी समुन्द्रमा गएका थिए । तीन जना साथीहरु खाजा खान गएको बेला उनी एक्लै समून्द्रमा पौडी खेल्न गएका थिए । खाजा खाएर फर्केका साथीले खोज्दा उनी नभेटेपछि साथीहरुले आफुहरु कम्पनीमा फर्केको जानकारी मृतक जि.सीले समुन्द्रको किनारामा राखेको कपडासँगै राखेर दिएका थिए ।
जि.सी समुन्द्रमा डुबेको त्यहि पौडी खेलिरहेका कोरियनले भेटेपछि उद्धार गरेका थिए । समुन्द्रको किनारमा ल्याएर पेटमा च्याँपेर पानी फाल्ने लगायतका प्राथमिक उपचार ती उद्धारकर्ताले गरेका थिए । पानी फाल्दा पनि होशमा नआएपछि तत्कालै ११९मा फोन गरेर जि.सीलाई अस्पतालमा पु¥याइएको थियो । तर अस्पताल पु¥याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले इन्छन विमानस्थलमा लगाउने औलाको छापको आधारमा पहिचान गरी कम्पनी र दुतावासमा सम्पर्क गरेको श्रम सहचारी वास्तोलाले जानकारी दिनु भएको छ ।
मृतक जि.सी इपिएस मार्फत रोजगारीका लागि दुइ वर्ष अघि कोरिया आएका थिए । मादक पदार्थ सेवन समेत नगर्ने जि.सीका परिवार अहिले भारतमा रहेका छन् । अविवाहित समेत रहेका मृतक जि.सीको शव अहिले पोष्टमार्टम गरेर अस्पतालमा राखिएको छ भने भारतका रहेका परिवारलाई जानकारी दिइसकेको र प्रक्रिया पुरा भएपछि चाँडै नै नेपाल पठाउने तयारी भइरहेको दुतावासले जनाएको छ ।
यसैबीच नेपाली दुतवासका महामहिम राजदूत अर्जुन जंगबहादुर सिंह, श्रम सहचारी वास्तोला, गैर आवासिय नेपाली संघ एनआरएन कोरियाका अध्यक्ष लक्ष्मी गुरुङ, चितवन सम्पर्क समिति र जनसम्पर्क समिति कोरियाका पुर्व अध्यक्ष गिरीराज कुँवर, पर्वत समाजका प्रतिनिधीको टोलीले जि.सी कार्यरत कम्पनी र अस्पतालमा पुगेर शवको निरिक्षण र कम्पनीका मालिकसँग राहतका विषयमा छलफल गरेको छ ।
यसैगरी दुतावासका श्रम सहचारी बास्तोलाले गर्मी विदा तथा साप्ताहिक विदामा समुन्द्रमा घुम्न जादाँ र पौडी खेल्दा सावधान अपनाउन आग्रह गर्नु भएको छ । कोरियन प्रहरीले पनि समुन्द्रमा एक्लै पौडी खेल्न नजान, सामूहिक रुपमा गएपनि साथीहरुको हेरचाह र ख्याल गर्न सुझाव दिएको बास्तोलाले बताउनु भएको छ । पौडी खेल्न जाँदा सुरक्षाको उपाय अपनाउन अर्थात लाइफ ज्याकेट प्रयोग गर्न सुझवा पनि दिइएको छ ।
कोरियामा पछिल्ला दुइ सातामा विभिन्न कारणले पाँच नेपालीले ज्यान गुमाइसकेका छन् । इपिएस मार्फत रोजगारीका लागि आउने क्रम बढेसँगै दुर्घटना, आत्महत्या लगायत विभिन्न कारणले मृत्यु हुने क्रम बढेको छ । केहि दिन अघि चितवनका ढाकाराम भुजेलले कम्पनीको गोदाममा झुण्डीएर आत्महत्या गरेका थिए भने सवारी दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ ।
source: hello nepal korea dot com

No comments:
Post a Comment