Saturday, August 19, 2017

किन पाएनन् निशान भट्टराइले भोट ?

पछिल्लो समयमा निकै चर्चित बनेको
रियालिटी शो ‘नेपाल आइडल’
टप फाइभमा प्रवेश गरेको छ।
टप फाइभ प्रवेश गर्नु अघि
चर्चित कन्टेस्टेन्ट सुरज थापा
प्रतियोगिताबाट बाहिरिएका छन्।

यसै शोकै एक प्रवल दाबेबार मानिएका
निशान भट्टराई ‘बटम थ्रि’मा परेर बालबाल जोगिए। ‘बटम थ्री’मा निशान भट्टराई, सुरज थापा सहित सुजाता पाण्डे परेकी थिइन् ।
तर दर्शकको भोटको आधारमा सुरज थापाको
नेपाल आइडल यात्रा समाप्त भयो।
तर बाहिरनु अघि नै सुरज थापाले
दर्शक र स्रोता माझ निकै लोकप्रियता कमाइसकेका छन्। उनले गाएको झलकमान गन्धर्वको ‘हे बरै’ गीतले त दर्शकको मनै लुटेको थियो। 

सामाजिक सञ्जालमा प्रबल दाबेदार मानिएका
निशान भट्टराई ‘बटम थ्री’मा परेकोमा व्यापक टिकाटिप्पणी चलेको छ। देशको पुर्वी भेगमा बाढीले निकै प्रभावित गरेका कारण उनको भोट घटेको टिप्पणी पनि सामाजिक सञ्जालमा गरिएको छ ।
यसैगरि सुरज थापाको भोट पनि बाढीले नै प्रभावित गरेको टिप्पणीहरु गरिएका छन्।

तर आइडलले भोटको संख्या पनि सार्वजनिक
नगर्ने र कुन क्षेत्रबाट कति भोट आयो भन्ने थाहा नहुने भएकाले यो अनुमानको विषय मात्र हो।

तर निशानले केही दिन अघि फेसबुकमा भोट र बाढीलाई जोडेर राखेको स्टाटसले भने उनका प्रशंसकको मन हरेको थियो।
उनको स्टाटस
"हामी हरेक वर्ष केही न केही समस्या झेलिरहेका छौँ । कहिले भूकम्प, कहिले बाढीपहिरो, कहिले विभिन्न रोगहरूको महामारी आदि आदि । र यतिबेला भने देशले बाढीपहिरोको कठिन परिस्थिति झेलिरहेको छ । थुप्रै घरपरिवार विस्थापित हुनुभएको छ, थुप्रै परिवारहरू आफन्त गुमाएको पीडामा हुनुहुन्छ, अभाव र असहाय अवस्थामा कति परिवारहरू गुज्रिरहुनु भएको छ ।
यो सब देखेर मेरो मनमा अत्यन्तै पीडा भइरहेको छ, छटपटी भइरहेको छ । यो बेलामा आफ्नो तर्फबाट केही गर्न सकिरेहको छैन त्यसले मलाई झन भावुक बनाइरहेको छ ।

म यतिबेला यो सब पीडा मनमा बोकेर नेपाल आइडलको मन्चमा छु । मेरा फ्यानहरू पीडामा हुनुहुन्छ, मैले बढो दुःखले हाँस्ने हिम्मत गरिरहेको छु र हरेक बिहीबार झैँ यो बिहीबार पनि नेपाल आइडलको कार्यक्रम प्रस्तुत हुँदैछ ।
तर यो साता भने म यहाँहरूलाई भोट गरिदिनुहोस् भन्न सक्ने अवस्थामा छैन ।

आदरणीय, मेरा आत्मीय मित्रहरू, मेरा सम्पूर्ण प्रियजनहरू, आफन्तहरू ! पहिला हजुरहरू सुरक्षित रहनुहोस् र अरुलाई पनि सुरक्षित रहन सहयोग गर्नुहोस् । त्यसपछि सहज भयो भने नेपाल आइडलको कार्यक्रम हेरेर भोटिङ गनुहोस् ।
सबभन्दा पहिला यहाँहरू सबैजना सुरक्षित र पीडामुक्त भएको सुन्न र देख्न चाहन्छु ।
तपाईहरूको प्यारो निशान भट्टराई ।"

No comments:

Post a Comment