Wednesday, September 6, 2017

म बेश्यालय पुगेर आएँ बा !


बा ! तिमीले जे नगर भन्थ्यौ नि
आज त्यही गर्न पुगेछु
धन्यबाद छ साथी तँलाई
मलाई झुक्काएर भएपनी सराब पिलाईदिइस्

डोर्‍याउदै डोर्‍याउदै बेश्यालयमा पुर्‍याईदिइस्
सोचेंको थिएँ बेश्यालय बेश्याहरूको कम्पनी हो
तर
म पो गलत रहेछु
त्यहाँ त मैले कुनै बेश्याहरू देखिन
देखें त केवल
दिनभरी रक्सी खाएर स्वास्नी पिट्ने काकाकी श्रीमती
जो तिन सन्तानको लागी पैसा कमाउन बेच्दैछिन आफूलाई
उ मा........थि गाँउको साइला दाईको छोरीलाई नि देखें
जो पोहोर मात्र शहर पढ्न भनेर गएकी थिई
उनका आँखामा निर्दोषपन देखिएको थिएन
देखिएको थियो त
उन्मक्त जवानीका उन्माद र दर्जनौ बिलासी रहरहरू

पल्लो गाँउकी माईली दिदि नि त्यही रहेछिन्
सुटुक्क बोलाइन र भन्न थालिन बा उनले
रोगी सासुको औषधी किन्नु छ
हस्पिटलमा अर्धमृत अवस्थाका श्रीमान बचाउनु छ
नावालाक छोरा र छोरीलाई पढाउनु छ बोर्डिङमा
म बेश्या हैन भाई
तेरै माईली दिदि हुँ
मैले केवल आफुलाई बेचें तर हेर त कति जना बचाउदै छु।

मेरै कलेजको माथिल्लो क्लास पढ्ने दिदि नि त्यही रहेछिन्
उनका नयनमा चंचलता थिएन
देशको बिषम परिस्थीती देखिन्थ्यो
उनले नि बोलाइन र सोधिन्
साने तँ पनि आइस् यो नर्कमा हामीमाथी राज गर्न?

बा ! म बोल्न सकिन मौन रहें
दिदिले अंगालो हालिन् र रुन थालिन्
साने मेरो पढाईको कदर गरेन देशले
टुटाईदियो सपना र लुटाईदियो यो जिन्दगी
म बेश्या हैन सरीर बेच्ने ब्यापारी हुँ
पैसा कमाएर खुसी किन्न खोज्ने।

फर्किएर आउदा एक थान पीडा
निर्दोष मुहारका अतृप्त चाहना
आफ्नाहरुको बिलौना बोकेर फर्किएँ।

ए बा !
अब के गर्छौ मलाई ???
म बेश्यालय पुगेर आएँ।

 Writer : रमेश रसिक

No comments:

Post a Comment