Tuesday, October 17, 2017

कोरियाली कम्पनी कारखाना बनाउँदै

भवन निर्माण सामग्री उत्पादन गर्ने कोरियाली कम्पनी ‘एसवाई प्यानल’ ले चितवन रत्नगरमा कारखाना बनाउन थालेको छ । यसले स्यान्डविच प्यानल, छाना, स्टिल ढोका, यूपीभीसी झ्याललगायत सामग्री उत्पादन गर्नेछ ।
कम्पनीका अध्यक्ष होङ योङ दोनका अनुसार कोरियामा उक्त प्यानल प्रयोग गरी ५० तल्लेसम्म भवन बनाउन सकिन्छ । धातु प्रयोग गरी बनाइने हुँदा यो हल्का र भूकम्प प्रतिरोधी हुन्छ । चितवनमा बिहीबार शिलान्यास गरिएको कारखानाले करिब ४ महिनामा उत्पान सुरु गर्ने नेपाल कार्यालयका प्रशासन प्रमुख देवेन्द्र सम्बाहाम्फेले जानकारी दिए । करिब ६५ करोड रुपैयाँ लगानी रहने कम्पनीमा पूर्वराजदूत दुगेशमान सिंहलगायत नेपाली साझेदार छन् । शिलान्यास कार्यक्रममा अध्यक्ष होङले चितवनमा कम्पनीले शिक्षा, स्वास्थ्य र परोपकारका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाए । 

काठमाडौं महाराजगन्जमा बनाइएको उक्त कम्पनीको नमुना घर अघिल्लो दिन उद्योगमन्त्री सुनीलबहादुर थापाले उद्घाटन गरेका थिए । त्यस अवसरमा उनले वैदेशिक लगानीलाई सहज बनाउन आफूले विधेयक अघि बढाएको अवगत गराए ।

Monday, October 16, 2017

पुरा पढ्नुस् मज्जाले हसाउँछ ।

मुन्द्रेको परिक्षा आएछ ...
परिक्षाको अघिल्लो दिन गेस पेपर किनेर ल्याएर  घोकेर पानी पारेछ । उपिया को बारेमा पनि सबै कन्ठ पारेछ । 

उपिया फोहोर ठाउमा हुन्छ , यस्ले थुप्रै जनावर लाई हैरान पार्छ , उपिया सानो हुन्छ फुत्त-फुत्त  उफ्रिन्छ , यो पर्यो भने चिलाउछ , चौपाए दुब्लाउदै जान्छन , उपिया मार्ने औषधी निशुल्क पाईन्छ , उपिया लाई सम्मान गर्दै बिभिन्न  कबिले कबिता लेखेका छन......भन्दै सबै घोक्यो र मख्ख पर्दै सुत्यो अर्को दिन परिक्षा दिन गयो... 


प्रश्न एउटा यस्तो थियो -
बिरालो को बारेमा लेख्नुहोस ।

मुन्द्रेले बिरालो घर पालुवा जिब हो । यस्ले दुध पिउछ , मुसा मार्छ लेखेछ अरु त पढेको थिएन सबै उपिया को पढेको थियो । अब के गरौ भनेर सोचेछ र लेखेछ । यदी बिरालो फोहोर भयो भने बिरालो लाई उपिया पर्छ , उपिया फोहोर ठाउमा हुन्छ यस्ले थुप्रै जनावर लाई हैरान पार्छ । उपिया लाई सम्मान गर्दै बिभिन्न कबिले कबिता लेखेका छन ।  उपिया सानो हुन्छ फुत्त फुत्त उफ्रिन्छ , यो पर्यो भने चिलाउछ , चौपाए दुब्लाउदै जान्छन , उपिया मार्ने औषधी निशुल्क पाईन्छ भन्दै रात भर घोकेको सबै लेख्यो । ...
उत्तर जाँच्ने लाई पो आपत पर्यो - उतर पनि ठिकै हो तर के नमिले नमिले जस्तो मुन्द्रेको अर्को परिक्षा लिनु पर्छ भनेर पुन्ह: परिक्षा लिएछन् 

प्रश्न एस्तो थियो -
गाई को बारेमा लेख्नुहोस्

मुन्द्रेले त गाइको बारे पढेकै थिएन । तेसैले लेखेछ गाई बाधेर राखिन्छ । दिसा पिसाब गरेकै ठाउँमा बस्नेहुँदा फोहोर हुन्छ । यदी फोहोर भयो भने गाई लाई उपिया पर्छ , उपिया फोहोर ठाउमा हुन्छ, यस्ले थुप्रै जनावर लाई हैरान पार्छ , उपिया लाई सम्मान गर्दै बिभिन्न कबिले कबिता लेखेका छन । उपिया सानो हुन्छ फुत्त-फुत्त उफ्रिन्छ यो पर्यो भने चिलाउछ ,चौपाए दुब्लाउदै जान्छन । उपियामार्ने औषधी निशुल्क पाईन्छ भन्दै रात भर घोकेको सबै लेख्यो...
उत्तर ठिकै हो तर सबै उपियाको बारेमा छ । अब यस्लाई उपिया नपर्ने जनवर को नाम दिउ र अझ एक पटक परिक्षा लिउ भनेर परिक्षा लिएछन ।


प्रश्न यस्तो थियो -
माछा को बारेमा लेख्नुहोस् 
सोच्नुहोस् अब के लेखेको होला मुन्द्रेले ????

उस्ले लेख्यो - 
माछा पानीमा बस्छ। सधैं नुहाउने हुँदा उपिया पर्दैन तर यदी माछा पानीको सट्टा जमिनमा बसेको भए माछा पनि फोहोर
हुन्थ्यो होला । यदी माछा फोहोर भयो भने  उस्लाई पनि उपिया पर्छ । उपिया फोहोर ठाउमा हुन्छ यस्ले थुप्रै
जनावर लाई हैरान पार्छ । उपिया लाई सम्मान  गर्दै  बिभिन्न कबिले कबिता लेखेका छन  । उपिया सानो हुन्छ फुत्त फुत्त उफ्रिन्छ , यो पर्यो भने चिलाउछ , चौपाए दुब्लाउदै जान्छन । उपिया मार्ने औषधी निशुल्क पाईन्छ भन्दै रात  भर घोकेको सबै लेख्यो... 

उत्तर देखेर शिक्षक त बेहोस ...!!!



Monday, October 9, 2017

नुवाकोटका अनन्तरामले तोडे बिश्व रेकर्ड



काठमाडौं । नुवाकोटका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट बोलेर बिश्व रेकर्ड कायम गरेका छन् ।

यस अघि भारत गुजरातका आश्विन सुंडाईको ७५ घण्टा ३२ मीनेटलाई तोड्दै केसीले ४ घण्टा ४ मिनेट बढि बोलेर गिनीज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो नाम दर्ता गराएको आयोजक लायन्स क्लब आफ काठमाडौं बिहानीले जानकारी दिएको छ ।


असोज १९ गते बिहान ६ बजेर ५८ मिनेट देखि २२ गते दिउँसो ३ बजेर २ मीनेटमा ८० घण्टा ४ मिनेट पार गर्नुभएको समय मुल्यांकन संयोजक राजेन्द्रकुमार ओझाले जानकारी दिए ।

‘उहाँ लगातार बोल्नु भएको हो । र, अब हामीले यो रेकर्ड लण्डन स्थित गिनीज बुक अफ वल्ड रेकर्डको मुख्य कार्यालयमा केहि समय लगत्तै पठाउँछौ । त्यसपछि यसको मुल्या¨न पश्चात नतिजा आउने छ ।’ ओझाले भने । योग तथा आध्यामिक साधक, उत्प्रेरक वक्ता तथा मेमोरी मास्टरको रुपमा चिनिनुभएको अनन्तराम केसीले मेमोरि एण्ड माइन्ट पावर टेनिङ्ग सेन्टरबाट यो विश्व किर्तिमानी राख्न र गिनिज बुकमा नाम लेख्न भएको हो । 



लायन्स क्लब अफ काठमाडौं बिहानीको आयोजनामा भएको कार्यक्रममा केसीले लगातार प्रवचन दिएका थिए ।
उनले ७७ वटा बिषयमा आफ्नो भाषण प्रस्तुत गरेको लायन्स क्लब अफ काठमाडौं बिहानीका प्रबक्ता प्रदिप भुषालले जानकारी दिए । 


भोलीबाट कोरियामा जि.एम.ई. रेमिट्यान्सको मनि ट्रान्सफर सेवा सुरु


भोलीबाट दक्षिण कोरियाबाट नेपाल पैसा पठाउन सबैभन्दा छिटो र सुलभ दरमा ग्लोबल मनी एक्सप्रेस जि.एम.र्इ. ले कारोबार सन्चालन गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सउलस्थित दोङ्देमुनमा रहेको शाखाबाट सफ्ट लन्चको रुपमा भोली अक्टोबर १० देखि कारोबार शुरू गर्ने भएको जानकारी कम्पनीले दिएको हो ।

हालसम्म कोरियाको बैंकहरूबाट मात्र रकम ट्रान्सफरको व्यवस्था रहेकोमा कोरिया सरकारले साना–साना रकम ट्रान्सफरका लागि रेमिट्यान्स कम्पनीहरूलार्इ स्वीकृति दिएसँगै अब रकम सहज रूपमा पठाउने बाटो खुलेको हो । रेमिट्यान्स कम्पनीहरूमार्फत नेपालमा पैसा पठाउँदा एकपटकमा ३ हजार अमेरिकी डलर र वर्षमा २० हजार अमेरिकी डलर बराबर सम्मको रकम पठाउन सकिनेछ ।

कम्पनीले कारोबारको शुभारम्भको उपलक्ष्यमा हरेक ग्राहकलार्इ टोकन उपहारको समेत व्यवस्था गरेको छ । जि.एम.ई.मार्फत पैसा पठाउँदा एक पटकमा ७ हजार कोरियन वन शुल्क लाग्नेछ ।

पहिलोचोटी जि.एम.ई. शाखामा एलियन रजिष्ट्रेशन कार्डको सक्कल र कोरियामा रहेको कुनै पनि बैंकको पासबुक (थोङजाङ) लिएर रूजु गराएपछि घरमै बसी बसी पैसा पठाउने सेवा लिन सकिन्छ । कोरियाबाट पैसा पठाएको दश मिनेटभित्रै नेपाल अधिराज्यको जुनसुकै स्थानबाट रकम नगदमा संकलन गर्न सकिने तथा नेपालको कुनै पनि बैंक खातामा पनि पैसा जम्मा गर्न सकिन्छ । नेपालमा रकम पठाउद नेपालमा अतिरिक्त शुलक नलाग्ने कम्पनीले जनाएको छ ।



कम्पनीले दोङ्देमुन शाखा सन्चालनको केही समय पछि ह्वासङ्स्थित फारानबाट पनि सेवा दिने तयारी गरेको छ । यससँगै अवैधानिक माध्यमबाट पैसा पठाउने प्रवृत्ति पनि कम हुँदै जाने यहाँ रहेका नेपाली समुदायहरूको विश्वास छ ।

नेपाली भाषामा थप जानकारीको लागि मोबाइल नम्बर ०१०-२९५९६८६४ तथा   फेसबुक पेज https://www.facebook.com/gmeremit

Friday, October 6, 2017

एलिशा राई कोरियामा बबाल डान्स गर्दै | Alisha Rai in Korea | Dancing | Kale dai & Nai malai tha chhaina with Subtitle

नागरिकता अब विस्थापित हुँदै, मंसिरबाट राष्ट्रिय परिचयपत्र वितरण


news24, काठमाडौं । 
सरकारले राष्ट्रिय परिचयपत्र आगामी मंसिरको दोस्रो साताबाट वितरण गर्ने तयारी गरेको छ । नागरिकतालाई प्रतिस्थापन गर्न आठ वर्षअघि शुरू भएको राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी लामो उल्झनपछि अन्ततः कार्यान्वयनको तहमा पुगेको हो ।
गृह मन्त्रालयले मंसिरको दोस्रो साता राष्ट्रिय परिचयपत्र वितरण शुरू गर्ने तयारी गरेको हो । पहिलो चरणमा सिंहदरबारभित्र काम गर्ने कर्मचारी र पूर्वी पहाडी जिल्ला पाँचथरका बासिन्दाले पाउने भएका छन् । पहिलो चरणमा सात हजार सिंहदरबारभित्रका कर्मचारीलाई र पाँचथरमा एक लाख १० हजारलाई परिचयपत्र वितरण गरिनेछ ।
त्यसका लागि परिचयपत्र प्राप्त गर्ने नेपाली नागरिकको व्यक्तिगत विवरण संकलन र परिचयपत्र छपाइको काम शुरू गर्न लागिएको बताइएको छ । गृह मन्त्रालयले गत १९ भदौमा परिचयपत्र वितरण कार्य अघि बढाउने निर्णय गरेसँगै मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले आवश्यक तयारी अघि बढाएको छ ।
केन्द्रले फिल्डमै कर्मचारी खटाएर नागरिकतामा समेटिएजस्तै व्यक्तिगत विवरण संकलन गर्ने, हातका १० वटै औंलाको बायोमेट्रिक्स डिटेल लिने र आँखाको रेटिना स्क्यान गर्ने काम गर्नेछ । संकलित विवरण गृह मन्त्रालय मातहत रहेको कार्ड प्रशोधन केन्द्रमा पठाइनेछ । त्यसको १० दिनभित्र कार्ड प्रिन्ट गरेर वितरण गर्ने केन्द्रको लक्ष्य रहेको छ ।
के के समेटिन्छ परिचयपत्रमा ?
वैयक्तिक र जैविक पहिचान समेटेर नागरिकलाई छुट्टै विशेष नम्बरसहित दिइने परिचयपत्र नागरिकता भन्दा बढी उपयोगी परिचयपत्र हो । त्यसमा व्यक्तिको नाम, फोटो, दुबै हातको बूढी र चोरआँैलाको छाप, उमेर, लिङ्ग, बाबुबाजेको नामलगायतका विवरण उल्लेख गरिन्छ । परिचयपत्र यन्त्रले अध्ययन गर्नसक्ने गरी चिप्समा सङ्ग्रहित गरिन्छ । त्यसलाई मतदाता परिचयपत्र, व्यक्तिको राष्ट्रिय पहिचानपत्र, जग्गा जमिन र अन्य सम्पत्तिको अभिलेखका लागि बैंक तथा वित्तीय कारोबारको अभिलेखको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।
स्वच्छ र निष्पक्ष निर्वाचनको प्रमुख आधार, सानातिना काममा गाविस, नगरपालिका वा जिल्लाको सिफारिस लिनु नपर्ने, दोहोरो परिचयपत्र वा नक्कली परिचयपत्र बनाउन नसकिने र अपराध नियन्त्रणका लागि समेत सहयोगी हुने परिचयपत्र वितरणको जिम्मा सबै जिल्ला प्रशासन कार्यालय मार्फत गरिनेछ । आगामी पाँच वर्षभित्र सबै नेपाली नागरिकलाई वितरण गर्ने लक्ष्य राखिएको प्रति परिचयपत्रको लागत चार अमेरिकी डलर अर्थात रु ४०० पर्नेछ ।

Saturday, September 30, 2017

Atom Bomb


It is nuclear war-weapon and is based upon the uncontrolled nuclear chain reaction. The atomic bomb works by a physical phenomenon known as fission. In this case, particles, specifically nuclei, are split and great amounts of energy are released. This energy is expelled explosively and violently in the atomic bomb. The massive power behind the reaction in an atomic bomb arises from the forces that hold the atom together called the strong nuclear force.




 The element used in atomic bombs is Uranium-235. Uranium's atoms are unusually large, and henceforth, it is hard for them to hold together firmly. This makes Uranium-235 an exceptional candidate for nuclear fission. Uranium is a heavy metal and has many more neutrons than protons. This does not enhance their capacity to split, but it does have an important bearing on their capacity to facilitate an explosion.
Uranium is not the only material used for making atomic bombs. Another material is the element Plutonium, in its isotope Pu-239. However, Plutonium will not start a fast chain reaction by itself. The material is not fissionable in and of itself, but may act as a catalyst to the greater reaction. The bomb basically works with a detonating head starting off the explosive chain reaction.

The Chain Reaction
When a uranium or other suitable nucleus fission's, it breaks up into a pair of nuclear fragments and releases energy. At the same time, the nucleus emits very quickly a number of fast neutrons, the same type of particle that initiated the fission of the uranium nucleus. This makes it possible to achieve a self-sustaining series of nuclear fission's; the neutrons that are emitted in fission produce a chain reaction, with continuous release of energy.


                     Fission of uranium 235 nucleus. 

When a U-235 atom splits, it gives off energy in the form of heat and Gamma radiation, which is the most powerful form of radioactivity and the most lethal. When this reaction occurs, the split atom will also give off two or three of its "spare" neutrons, which are not needed to make either of the parts after splitting. These spare neutrons fly out with sufficient force to split other atoms they come in contact with. In theory, it is necessary to split only one U-235 atom, and the neutrons from this will split other atoms, which will split more...so on and so forth. This progression does not take place arithmetically, but geometrically. All of this will happen within a millionth of a second.

तिन नम्वर प्रदेसको राजधानी नुवाकोट



भौगोलिक हिसावले नुवाकोट नेपालको राजधानी काठमाडौ वाट जम्मा जम्मी 4.5 कि मी मात्र टाडा छ। नेपालको समग्र भुगोलको मध्य भागमा नुवाकोटको भुगोल पर्दछ।उपत्यकालाई नेपालको केन्द्र मानेर हेर्दा मात्र यो पस्चिम तिर पर्न गयको हो । तथापी नुवाकोट ऐतिहासीक रूपमा पस्चिम 1 नम्वरको राजधानी सहर नै हो।भौगोलिक रूपमा नुवाकोट तिन नम्वर प्रदेसको केन्द्रिय भुगोलमा  नै अवस्थित छ।  नुवाकोट संग सिन्धुपाल्चोक,रसुवा,धादिङ र काठमाडौ उपत्यकाका तिन जिल्ला सहित छ जिल्लासंग सिधै connectivity छ।काठमाडौ उपत्यका लाई टोखा छहरे शिवपुरी राजमार्गले नुवाकोट जिल्लालाई सिधै जोडछ जसको दूरी जम्मा 15 कि मी मात्र हो। त्यस्तै झोर देखी छहरे सुरूङ मार्ग को दुरी जम्मा 4.5 कि मी मात्र हो।


नुवाकोट संग सिमाना जोडियको पूर्वी जिल्ला सिन्धुपाल्चोक हो। मध्य पहाडि राजमार्ग ले सिन्धुपाल्चोक र दोलखा लाई नुवाकोटले सिधै जोडनेछ।नुवाकोटको उत्तर तिर त्रिशूली रसुवा गढी राजमार्गले रसुवा र  केरूङ हुदै छिमेकी देश चिन जोडछ।नुवाकोट धादिङ जोडने गल्छि रसुवागढी राजमार्ग ले धादीङको दक्षिण भेग हुदै पृथ्वी राजमार्ग मार्फत चिचवन,मकवानपूरलाई जोडछ।काठमाडौ उपत्यकालाई वालाजु त्रिशूली पासाङ ल्हामू राजमार्गले ऐतिहासिक रूपमा जोडि आएकै छ।यो राजमार्गको डबल लाईनको निर्माण कार्य अन्तिम अन्तिम तिर पुगेको छ। काठमाडौ उपत्यका लाई पृथ्वी राजमार्ग वाट गल्छि हुदै नुवाकोट छिचोल्न 2घन्टा मात्र लाग्दछ।यसरी कनेक्टिभिटीको आधारमा नुवाकोट सबभन्दा केन्द्रिय भूगोल हो।यस्तो केन्द्रिय भुगोल कनेक्टीभिटीको आधारमा हेटौडा र धुलिखेल वनेपा संग छैन। हेटौडाको सिधै कनेक्टिभिटी चितवन संग मात्र हो। हेटौडा काठमाडौ कनेक्टिभिटी राजमार्ग स्तरको छैन।धुलिखेल वनेपाको कनेक्टिभीटी काठमाडौसंग कोदारी राजमार्ग मात्र हो।भुकम्प पछाडी कोदारी राजमार्ग र भुगोलको स्थितीलाई ख्याल गर्दै चिनले तातोपानी भन्सार नाका सधैको लागी बन्द गर्ने स्थीतिमा पुगेको छ।भुगोलको हिसावले वनेपा धुलिखेलले सात  वटा जिल्ला छोए पनि कनेक्टिभीटिको आधारमा  उपत्यका र सिन्धुपाल्चोक र दोलखालाई मात्र जोडछ।



नुवाकोट अव अन्तराष्ट्रिय राजमार्गवाट जोडिदै छ।दुई विशाल छिमेकी देशको केन्द्रिय  भूगोलमा नुवाकोट पर्दछ। छिमिकी देश भारत र चिनको मध्य भागमा अवस्थित नुवाकोट रणनितीक हिसावले महत्वपुर्ण ठाउमा  छ। भारतले यहि रणनितीक महत्वलाई बुझेरै त्रिशूली जलबिधुत आयोजना 2020 तिरै निर्माण गरेको हो।चिन आफ्नो सिमानाको नजिकमा एउटा प्रदेसको राजधानीको खोजिमा छ। जहा उसले नेपाललाई छिमेकिको हिसावले सहयोग गर्न सकियोस। चिनले आजसम्म नजिकको सहरको रूपमा काठमाडौ उपत्यकामा मात्रै सहयोग गर्न सकिहेको छ, त्यो पनि मुस्किलले। हाम्रो प्रादेसिक राजधानी सहरहरू भारतिय सिमा नजिक स्थापना हुने तरखरमा छन। 4 नम्वर प्रदेशको राजधानी पोखरा वाहेक अन्य राजधानी दक्षिणी सिमा नजिकनै स्थापना हुदै छन। यदि तिन नम्वर प्रदेसको राजधानी पनि हेटौडा वा भरतपुरमा स्थापना गरियमा मुलुकको लागि र हामि तिन नम्वर प्रदेशका लागी दुर्भाग्य हुनेछ। तिन नम्वर प्रदेशको राजधानी छिमेकी दुई देशको मध्य भागमा अवस्थित हुनु रणनितीक हिसावले उचित देखिन्छ।



यदि नुवाकोट तिन नम्वर प्रदेशको राजधानी  वन्ने हो भने दुवै मित्रराष्टको सहयोग र सदभावले छोटो समयमानै नुवाकोट सम्पन्न र सवभन्दा विकसित राजधानी वन्नेछ। नुवाकोट लाई सहयोग गर्न चिन सरकारले पहल गरिसकेको स्थिती छ। भुकम्प वाट तहस नहस भएका नुवाकोट दरवार परिसरका सम्पुर्ण ऐतिहासिक दरवार तथा मठ मन्दिर र ऐतिहासिक शासकिय भवनहरू पुननिर्माण हुने  स्थितीमा छ। नुवाकोट तिन नम्वर प्रदेशको राजधानीको लागि हरहिसावले ideal स्थल हो।राजनेताहरूमा चेतना भया।





Wednesday, September 27, 2017

"बुद्ध नेपालमा जन्मिएका हुन् ।" यो नारा 73 भाषामा अनुवाद गरिएको छ । अब बिश्वले चिन्नेछ- नेपाल


बुद्धको जन्म नेपालमा भएको थियो ।
Boeddha is gebore in Nepal.
Buda u lind në Nepal.
ﻝﺎﺒﻴﻧ ﻲﻓ ﺍﺫﻮﺑ ﺪﻟﻭ .
Բուդդա ծնվել է Նեպալում.
Buddha Nepal anadan olub.
Buda zen Nepal jaio zen.
Буда нарадзіўся ў Непале.
বুদ্ধ নেপালে জন্মগ্রহণ করেন.
Buda je rođen u Nepalu.
Буда е роден в Непал.
Buda va néixer al Nepal.
Buddha natawo sa Nepal.
佛出生在尼泊尔。
佛出生在尼泊爾。
Buddha je rođen u Nepalu.
Buddha se narodil v Nepálu.
Buddha blev født i Nepal.
Boeddha werd geboren in Nepal.
Buddha was born in Nepal.
Budho naskiĝis en Nepalo.
Buddha sündis Nepal.
Buddha ay ipinanganak sa Nepal.
Buddha syntyi Nepalissa.
Bouddha est né au Népal.
Buda naceu no Nepal.
Buddha დაიბადა ნეპალის.
Buddha wurde in Nepal geboren.
Βούδας γεννήθηκε στο Νεπάλ.
બુદ્ધ નેપાળ થયો હતો.
Bouda te fèt nan Nepal.
לאפנב הדלונ ההדוב .
बुद्ध नेपाल में पैदा हुआ था.
Buddha yug nyob rau hauv Nepal.
Buddha született Nepálban.
Búdda fæddist í Nepal.
Buddha lahir di Nepal.
Rugadh Buddha i Neipeal.
Buddha nacque in Nepal.
ブッダはネパールで生まれました 。
Buddha miyos ing Nepal.
ಬುದ್ಧ ನೇಪಾಳ ಜನಿಸಿದರು.
ព្រះពុទ្ធបានកើត នៅក្នុងប្រទេសនេ ប៉ាល់។
부처님은 네팔에서 태어났다.
ພຣະພຸດທະເຈົ້າເກ ີດຢູ່ໃນອິນໂດເນ.
Buddha natus in Nepalia.
Buda dzimis Nepālā.
Buda gimė Nepale.
Буда бил роден во Непал.
Buddha dilahirkan di Nepal.
Buddha twieled fin-Nepal.
बुद्ध नेपाळ मध्ये त्यांचा जन्म झाला.
Buddha ble født i Nepal.
ﺪﺷ ﺪﻟﻮﺘﻣ ﻝﺎﭙﻧ ﺭﺩ ﺍﺩﻮﺑ .
Budda urodził się w Nepalu.
Buda nasceu no Nepal.
Buddha sa născut în Nepal.
Будда родился в Непале.
Буда је рођен у Непалу.
Budha sa narodil v Nepále.
Buddha se je rodil v Nepalu.
Buda en Nepal nació.
Buddha alizaliwa katika Nepal.
Buddha föddes i Nepal.
புத்தர் நேபால் பிறந்தார்.
బుద్ధ నేపాల్ లో జన్మించాడు.
พระพุทธเจ้าเกิด ในประเทศเนปาล
Buda Nepal doğdu.
Будда народився в Непалі.
ﮯﺋﻮﮨ ﺍﺪﯿﭘ ﮟﯿﻣ ﻝﺎﭙﯿﻧ ﮪﺪﺑ .
Ðức Phật ra đời tại Nepal.
Roedd Bwdha eni yn Nepal.
לַאּפענ ןיא ןריובעג זיא ַאדוב .


Tuesday, September 26, 2017

दशैको मुखमा कोरियामा दुइ दिनमा तीन नेपालीको मृत्यु




विकास श्रेष्ठ ,  देश विदेशमा रहेका नेपाली हिन्दूरुको महान् पर्व दशै मनाउने तयारीमा रहेको बेलामा दक्षिण कोरियामा रोजगारीमा आएका तीन नेपालीको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली ईपीएस मार्फत करिब ४ महिना अघि यहाँ आएका गुल्मी स्थायि घर भई बुटवलको नयाँगाउ बस्दै आएका कमल कार्कीले आत्महत्या गरेको भोलिपल्ट आज सुतेको अवस्थामा थप एक जना र औद्योगिक दुर्घटनामा अर्को एक गरी तीन जनाको मृत्यु भएको हो । 

ख्यङगिदोको हवासङस्थित छोआमको एक मोर्टरपार्टस बनाउने कम्पनीमा कार्यरत कार्की कम्पनीको छेउमा रहेको गोदामको फलामे बिमामा झुण्डिरहेको अवस्थामा फेला परेका थिए भने इछाेनसिको एक कम्पनीमा कार्यरत प्युठानका अर्जुनराम के.सी औद्योगिक दुर्घटनामा परी मृत्यु भएको दुतवासले जनाएको छ । कम्पनीमा कार्यरत एक सहकर्मीले भुलवश मेसिन चलाएपछि उक्त दुर्घटना हुन पुगेको बताइएको छ । 



त्यस्तै हिजो राति मध्यपान गरेर सुतेका गुल्मीकै एक युवा विहान मृत अवस्थामा भेटिएका छन् । मृतकको विस्तृत विवरण आउन भने बाँकि रहेको छ । मृतकको शव अहिले अस्पतालमा राखिएको दुतावासले जनाएको छ । 


रोजगारी अनुमति प्रणाली इपिएस मार्फत रोजगारीका लागि नेपाली आउने क्रम बढेसँगै आत्महत्या, कार्यस्थल दुर्घटना लगायत विभिन्न कारणले ज्यान गुमाउने नेपालीको संख्या वृद्धि भइरहेको छ । अन्य भन्दा आत्महत्या र सुतेको अवस्थामा ज्यान गुमाउनेको संख्या विकराल बनिरहेको छ । सन् दुइ हजार सत्र यता आत्महत्या गर्ने नेपालीको संख्या आठ पुगिसकेको छ भने सुतेको अवस्थामा मृत्यु हुनेको संख्या पनि उत्तिकै छ ।


कोरियामा कठिन काम लगायत विविध कारणले डिप्रेशनमा परेर आत्महत्या जस्तो बाटो रोज्ने क्रम बढेपनि न्यूनिकरण गर्न नेपाल सरकार र सरोकारवाला निकायले खासै सक्रियता देखाएको छैन् । यहाँस्थित नेपाली दुतावासले तनाब व्यावस्थापनका कार्यक्रम पनि विभिन्न स्थानमा बेला बेलामा गरेपनि प्रभावकारी बन्न सकेको छैन् । रेमिट्यान्सका कुरा गर्ने नेपाल सरकारले यस विषयमा गम्भिर भएर तत्काल कदम चाल्न अव ढिलाई भइसकेको छ ।

@HelloNepalKorea