भौगोलिक हिसावले नुवाकोट नेपालको राजधानी काठमाडौ वाट जम्मा जम्मी 4.5 कि मी मात्र टाडा छ। नेपालको समग्र भुगोलको मध्य भागमा नुवाकोटको भुगोल पर्दछ।उपत्यकालाई नेपालको केन्द्र मानेर हेर्दा मात्र यो पस्चिम तिर पर्न गयको हो । तथापी नुवाकोट ऐतिहासीक रूपमा पस्चिम 1 नम्वरको राजधानी सहर नै हो।भौगोलिक रूपमा नुवाकोट तिन नम्वर प्रदेसको केन्द्रिय भुगोलमा नै अवस्थित छ। नुवाकोट संग सिन्धुपाल्चोक,रसुवा,धादिङ र काठमाडौ उपत्यकाका तिन जिल्ला सहित छ जिल्लासंग सिधै connectivity छ।काठमाडौ उपत्यका लाई टोखा छहरे शिवपुरी राजमार्गले नुवाकोट जिल्लालाई सिधै जोडछ जसको दूरी जम्मा 15 कि मी मात्र हो। त्यस्तै झोर देखी छहरे सुरूङ मार्ग को दुरी जम्मा 4.5 कि मी मात्र हो।
नुवाकोट संग सिमाना जोडियको पूर्वी जिल्ला सिन्धुपाल्चोक हो। मध्य पहाडि राजमार्ग ले सिन्धुपाल्चोक र दोलखा लाई नुवाकोटले सिधै जोडनेछ।नुवाकोटको उत्तर तिर त्रिशूली रसुवा गढी राजमार्गले रसुवा र केरूङ हुदै छिमेकी देश चिन जोडछ।नुवाकोट धादिङ जोडने गल्छि रसुवागढी राजमार्ग ले धादीङको दक्षिण भेग हुदै पृथ्वी राजमार्ग मार्फत चिचवन,मकवानपूरलाई जोडछ।काठमाडौ उपत्यकालाई वालाजु त्रिशूली पासाङ ल्हामू राजमार्गले ऐतिहासिक रूपमा जोडि आएकै छ।यो राजमार्गको डबल लाईनको निर्माण कार्य अन्तिम अन्तिम तिर पुगेको छ। काठमाडौ उपत्यका लाई पृथ्वी राजमार्ग वाट गल्छि हुदै नुवाकोट छिचोल्न 2घन्टा मात्र लाग्दछ।यसरी कनेक्टिभिटीको आधारमा नुवाकोट सबभन्दा केन्द्रिय भूगोल हो।यस्तो केन्द्रिय भुगोल कनेक्टीभिटीको आधारमा हेटौडा र धुलिखेल वनेपा संग छैन। हेटौडाको सिधै कनेक्टिभिटी चितवन संग मात्र हो। हेटौडा काठमाडौ कनेक्टिभिटी राजमार्ग स्तरको छैन।धुलिखेल वनेपाको कनेक्टिभीटी काठमाडौसंग कोदारी राजमार्ग मात्र हो।भुकम्प पछाडी कोदारी राजमार्ग र भुगोलको स्थितीलाई ख्याल गर्दै चिनले तातोपानी भन्सार नाका सधैको लागी बन्द गर्ने स्थीतिमा पुगेको छ।भुगोलको हिसावले वनेपा धुलिखेलले सात वटा जिल्ला छोए पनि कनेक्टिभीटिको आधारमा उपत्यका र सिन्धुपाल्चोक र दोलखालाई मात्र जोडछ।
नुवाकोट अव अन्तराष्ट्रिय राजमार्गवाट जोडिदै छ।दुई विशाल छिमेकी देशको केन्द्रिय भूगोलमा नुवाकोट पर्दछ। छिमिकी देश भारत र चिनको मध्य भागमा अवस्थित नुवाकोट रणनितीक हिसावले महत्वपुर्ण ठाउमा छ। भारतले यहि रणनितीक महत्वलाई बुझेरै त्रिशूली जलबिधुत आयोजना 2020 तिरै निर्माण गरेको हो।चिन आफ्नो सिमानाको नजिकमा एउटा प्रदेसको राजधानीको खोजिमा छ। जहा उसले नेपाललाई छिमेकिको हिसावले सहयोग गर्न सकियोस। चिनले आजसम्म नजिकको सहरको रूपमा काठमाडौ उपत्यकामा मात्रै सहयोग गर्न सकिहेको छ, त्यो पनि मुस्किलले। हाम्रो प्रादेसिक राजधानी सहरहरू भारतिय सिमा नजिक स्थापना हुने तरखरमा छन। 4 नम्वर प्रदेशको राजधानी पोखरा वाहेक अन्य राजधानी दक्षिणी सिमा नजिकनै स्थापना हुदै छन। यदि तिन नम्वर प्रदेसको राजधानी पनि हेटौडा वा भरतपुरमा स्थापना गरियमा मुलुकको लागि र हामि तिन नम्वर प्रदेशका लागी दुर्भाग्य हुनेछ। तिन नम्वर प्रदेशको राजधानी छिमेकी दुई देशको मध्य भागमा अवस्थित हुनु रणनितीक हिसावले उचित देखिन्छ।
यदि नुवाकोट तिन नम्वर प्रदेशको राजधानी वन्ने हो भने दुवै मित्रराष्टको सहयोग र सदभावले छोटो समयमानै नुवाकोट सम्पन्न र सवभन्दा विकसित राजधानी वन्नेछ। नुवाकोट लाई सहयोग गर्न चिन सरकारले पहल गरिसकेको स्थिती छ। भुकम्प वाट तहस नहस भएका नुवाकोट दरवार परिसरका सम्पुर्ण ऐतिहासिक दरवार तथा मठ मन्दिर र ऐतिहासिक शासकिय भवनहरू पुननिर्माण हुने स्थितीमा छ। नुवाकोट तिन नम्वर प्रदेशको राजधानीको लागि हरहिसावले ideal स्थल हो।राजनेताहरूमा चेतना भया।
No comments:
Post a Comment