Tuesday, September 26, 2017

दशैको मुखमा कोरियामा दुइ दिनमा तीन नेपालीको मृत्यु




विकास श्रेष्ठ ,  देश विदेशमा रहेका नेपाली हिन्दूरुको महान् पर्व दशै मनाउने तयारीमा रहेको बेलामा दक्षिण कोरियामा रोजगारीमा आएका तीन नेपालीको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली ईपीएस मार्फत करिब ४ महिना अघि यहाँ आएका गुल्मी स्थायि घर भई बुटवलको नयाँगाउ बस्दै आएका कमल कार्कीले आत्महत्या गरेको भोलिपल्ट आज सुतेको अवस्थामा थप एक जना र औद्योगिक दुर्घटनामा अर्को एक गरी तीन जनाको मृत्यु भएको हो । 

ख्यङगिदोको हवासङस्थित छोआमको एक मोर्टरपार्टस बनाउने कम्पनीमा कार्यरत कार्की कम्पनीको छेउमा रहेको गोदामको फलामे बिमामा झुण्डिरहेको अवस्थामा फेला परेका थिए भने इछाेनसिको एक कम्पनीमा कार्यरत प्युठानका अर्जुनराम के.सी औद्योगिक दुर्घटनामा परी मृत्यु भएको दुतवासले जनाएको छ । कम्पनीमा कार्यरत एक सहकर्मीले भुलवश मेसिन चलाएपछि उक्त दुर्घटना हुन पुगेको बताइएको छ । 



त्यस्तै हिजो राति मध्यपान गरेर सुतेका गुल्मीकै एक युवा विहान मृत अवस्थामा भेटिएका छन् । मृतकको विस्तृत विवरण आउन भने बाँकि रहेको छ । मृतकको शव अहिले अस्पतालमा राखिएको दुतावासले जनाएको छ । 


रोजगारी अनुमति प्रणाली इपिएस मार्फत रोजगारीका लागि नेपाली आउने क्रम बढेसँगै आत्महत्या, कार्यस्थल दुर्घटना लगायत विभिन्न कारणले ज्यान गुमाउने नेपालीको संख्या वृद्धि भइरहेको छ । अन्य भन्दा आत्महत्या र सुतेको अवस्थामा ज्यान गुमाउनेको संख्या विकराल बनिरहेको छ । सन् दुइ हजार सत्र यता आत्महत्या गर्ने नेपालीको संख्या आठ पुगिसकेको छ भने सुतेको अवस्थामा मृत्यु हुनेको संख्या पनि उत्तिकै छ ।


कोरियामा कठिन काम लगायत विविध कारणले डिप्रेशनमा परेर आत्महत्या जस्तो बाटो रोज्ने क्रम बढेपनि न्यूनिकरण गर्न नेपाल सरकार र सरोकारवाला निकायले खासै सक्रियता देखाएको छैन् । यहाँस्थित नेपाली दुतावासले तनाब व्यावस्थापनका कार्यक्रम पनि विभिन्न स्थानमा बेला बेलामा गरेपनि प्रभावकारी बन्न सकेको छैन् । रेमिट्यान्सका कुरा गर्ने नेपाल सरकारले यस विषयमा गम्भिर भएर तत्काल कदम चाल्न अव ढिलाई भइसकेको छ ।

@HelloNepalKorea

No comments:

Post a Comment