Thursday, August 17, 2017

सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस,सिद्धान्त होइन


  Rosamond Xiang

➽ ’रिस’को उल्टो ‘सरी’ पनि हुन्छ ।
      कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ ।
➽  मेरो एउटा पनि सत्रु छैन,
      सत्रु देख्यो कि मैले सिध्याइहाल्छु.. …
      उसलाई साथी बनाएर ।
➽  शहर र गाउँमा दुई फरक छन ।
1. शहरमा घरहरू नजिक नजिक हुन्छन तर
      मनहरू टाढा टाढा हुन्छन,
      गाउँमा घरहरू टाढा टाढा हुन्छन तर
      मनहरू नजिक नजिक हुन्छन ।
2. शहरमा घरहरू पक्का हुन्छन तर सम्बन्ध
      कच्चा हुन्छन,गाउँमा घरहरू कच्चा हुन्छन
      तर सम्बन्धहरू पक्का हुन्छन ।
➽  मानिसहरू तब मात्र तिम्रो हात समाउँछन
      जब उनीहरूलाई थाहा हुन्छकि
      तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।
➽  दुनियामा यौटा पनि समस्या नभएको
      मान्छे को होला ?
     -एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो ।
➽  क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले
     जलाउन नसकेको कागजलाई
     यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै
     त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ ।
     यदि हाम्रो दिमाग हजारतिर छरियो भने
     बर्षौ लगाए पनि यौटा काम राम्रो बन्दैन,
     यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस-
     यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट
     पनि आगो बर्षियोस ।
➽ कुनै पनि मान्छे असाधारण हुँदैन,
     सबै मान्छे हामीजस्तै हो सामान्य, ….
     तर सहि समयमा सहि निर्णय लिँदा
     उनिहरु असाधारण बन्छन!
     यो यौटा कला हो!!
➽ मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन
     किनकी पहाडबाट निस्केको नदिले कहिल्यै
     कसैसंग सोधेको छैनकि”समून्द्र कहाँ पर्छ?”
➽ नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन।
     मृत्यु त तब हुन्छ जब पौडिन आउदैन !
     परिस्थिति कहिल्यै समस्या बन्दैन,
     समस्या त तब बन्छ,
     जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन !
➽ परिस्थिती आफ्नो अनुकुल भएन भनेर
     गुनासो गर्नुको सट्टा आफूलाई मजबूत
     बनाउन तिर लाग्नु सबैभन्दा राम्रो हुन्छ,
     किनकी
     संसारको नियम नै यस्तो छ कि-
    “जब हावा चल्छ त्यस्ले बल्ल तल्ल बल्दै गरेको
     झुपडिको दियोलाई निभाइदिन्छ भने
     पहिल्यै सल्किसकेको जङ्गलको आगोलाई
     झनै दन्काइदिन्छ ।”
➽ यदि सपना पूरा भैरहेको छैन भने
      बाटो बदल्नुस,सिद्धान्त होइन ,
      किनकी
      रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन…...
➽  Rosamond Xiang, South Korea
➽ ramesh335@daum.net

No comments:

Post a Comment