Friday, June 2, 2017

कसरि महान् बन्ने ?

' रूखका हाँगाविँगाहरू
जति-जति आकाशमा फैलिएका हुन्छन् 
त्यति नै त्यसका जराहरू
जमिनमा पनि धसिएका हुन्छन् ।'

हामी मास्तिरका हाँगाहरू
त देख्छौ तर
जमिनमुनि धसिएका
जराहरू देख्दैनौ,
त्यही अदृश्य वस्तु नै
महान् बन्ने सूत्र हो ।
महापुरूषहरूको
सुत्र पनि त्यही हो ।

महान् बन्नेहरू एकैचोटि
माथि जान खोज्दैनन् ,
उनीहरू तलबाट खोज्न
सुरू गर्छन् ।
यसरी तल जाने क्षमता
राख्ने मनोवृत्तिले
उनीहरूलाई Automatically माथि उठाइदिन्छ ।
जो तल जान राजी छैन ,
ऊ माथि जाने भनेको त
कल्पनामात्रै हो ।

@ माइण्ड -पावर
डा. योगी विकाशानन्द

No comments:

Post a Comment