Monday, September 18, 2017

कोरिया जाने कामदारको रकम जम्मा गर्नु पर्ने बैंक परिवर्तन

रोजगारीका लागि इपिएस प्रणलीबाट कोरिया जाने कामदारले रोजगार आवेदन फारम र इपिएस व्यवस्थापन खर्च वापतको रकम जम्मा गर्नु पर्ने बैंक परिवर्तन भएको छ ।
रोजगार आवेदन फारम र इपिएस व्यवस्थापन खर्च वापतको रकम असोज १ गतेबाट एनआईसी एसिया बैंकमा जम्मा गर्नु पर्ने इपिएस कोरिया शाखाले जनाएको छ । यसअघि माछापुच्छे बैंकमा जम्मा गरिँदै आएको थियो ।
इपिएस कोरिया शाखाको एनआइसी एसिया बैंकको खाता नम्बर २६४१४९९४०७५२४००१ मा रोजगार आवेदन वापतको ५ डलर झण्डै पाँच सय १३ रुयैयाँ र इपिएस व्यवस्थापन खर्च वापतको ४६ दशमलव २० डलर अर्थात झण्डै चार हजार सात सय ४० रुयैयाँ जम्मा गर्नुपर्ने छ ।

No comments:

Post a Comment