Friday, July 14, 2017

सबैभन्दा धेरै हुण्डी मार्फत नेपाल पैसा पठाइने,नियन्त्रण गर्न निर्देशन

संसदको अर्थ समितिले विदेशमा काम गर्ने नेपालीहरुले घर पठाउने रकम ‍औपचारिक ब्यांकिंग माध्यमबाट मात्र ल्याउने सुनिश्चित गर्न विनिमय दरमा सहुलियत लगायत आवश्यक नीतिगत व्यवस्था गर्न सरकारलाई बिहीबार निर्देशन दिएको छ।

देशको अर्थतन्त्रको मेरुदण्ड बनिसकेको विप्रेषण अझै पनि ठूलो परिमाणमा गैरकानुनी हुण्डीमार्फत आउने हुँदा वार्षिक अर्बौं रुपियाँ बराबरको विदेशी मुद्रा देश भित्रिन नसकेको राष्ट्र ब्यांकले बताएको छ।
सकिन लागेको यो आर्थिक वर्षको दश महिनामा साढे पाँच खर्ब रुपियाँभन्दा धेरै विप्रेषण आम्दानी भएको राष्ट्र ब्यांकको पछिल्लो आँकडाले देखाउँछ।
यही कारण वैदेशिक रोजगारले देशको कूल गार्हस्थ उत्पादनको झण्डै एक तिहाई हिस्सा ओगटिसकेको छ।
तर सबै विप्रेषण आम्दानी ब्यांकिंग माध्यमबाट आउन सकेको छैन।खाडी राष्ट्रबाट करिब ९० प्रतिशत कानुनी माध्यमबाट आउने भए पनि केही विकसित मुलुक, भारत अनि दक्षिण कोरियाबाट अझै पनि उल्लेख्य परिमाणमा गैरकानुनी हुण्डी मार्फत यस्ता रकम भित्रिन्छन्।हुण्डी फस्टाएको सबभन्दा टड्कारो उदाहरण दक्षिण कोरिया बनेको छ।त्यहाँबाट वार्षिक करिब ६० अर्ब रुपियाँ नेपालीले आम्दानी गरे पनि त्यसको सात आठ प्रतिशत मात्र ब्यांकिंग प्रणालीबाट भित्रिने गरेको अर्थ समितिका सभापति प्रकाश ज्वालाले बताएका छन्।
दक्षिण कोरिया जस्तै अन्य मुलुकबाट पनि यसरी हुने हुण्डी कारोबारले विदेशी मुद्रा आयमा वार्षिक अर्बौंको नोक्सानी पुर्याइरहेकोले यसलाई सम्बोधन गर्न सरकारलाई उत्प्रेरक नीति अपनाउन समितिले निर्देशन दिएको ज्वालाले बताए।”विनिमय दरमा छूट दिएर तथा सेवा शुल्क घटाएर वा हटाएर हुण्डीमार्फत हुने कारोबारलाई ब्यांकिंग माध्यममा ल्याउन हामीले निर्देशन दिएका छौं,” उनले भने।
के हो हुण्डी ?
निश्चित सेवा शुल्क तिरेर ब्यांक वा रेमिटेन्स कम्पनीमार्फत पैसा घर पठाउनुको साटो, आफुले कमाएको पैसा विदेशमै कुनै एजेण्टलाई दिएर सोही एजेण्ट सम्बद्ध व्यक्तिमार्फत स्वदेशमा आफन्तलाई नेपाली मुद्रा उपलब्ध गराइने प्रक्रियालाई हुण्डी भनिन्छ।यसो गर्दा विदेशी मुद्रा भित्रिंदैन।आयातमा पूर्णत: निर्भर नेपालका लागि विदेशी मुद्रा अति नै महत्वपूर्ण मानिन्छ।त्यसमाथि कतिपय अवस्थामा त हुण्डी कारोबारमा शुरुशुरुमा लोभ्याएर पछि ठगी भएका समेत घटना छन्।
खासमा हुण्डीमार्फत कुन देशबाट कति रकम आउँछ भन्ने यकीन आँकडा उपलब्ध छैन।तर विशेषगरि व्यापारिक सम्बन्ध भएका मुलुकहरुबाट चाहिं व्यापारीहरुले विदेशी मुद्रा उतै लिएर सामान ल्याउने उपाय अपनाउँदा हुण्डी कारोबार बढ्छ।हंगकंग, सिंगापुर, भारत, संयुक्त अरब इमिरेट्सबाट त्यसरी व्यापारिक सामान आउने अनुभव सरकारको छ।
त्यसो भए दक्षिण कोरियाबाट चाहिं किन सबैभन्दा बढी हुण्डी भएको त ?
राष्ट्र ब्यांकका प्रवक्ता नारायण पौडेलले भने, “दक्षिण कोरियामा सरकार अथवा केन्द्रिय ब्यांकको कानुनले हो वा प्रशासनिक अड्चनले हो, त्यहाँ देश बाहिर रकम पठाउने रेमिटेन्स कम्पनीलाई प्रोत्साहन वा स्वीकृति दिने गरेको छैन।”अहिले देशको ढुकुटीमा ११ खर्ब रुपियाँ बराबरको विदेशी मुद्राको सञ्चिती रहेको छ।हुण्डी न्यूनीकरण गर्न सके ढुकुटीमा त्यो रकम उल्लेखनीय रूपमा बढ्न सक्ने राष्ट्र ब्यांकको आशा छ।तर त्यसका निम्ति सरकारी नीति नियम मात्र नभइ काम गर्ने जाने नेपालीहरुलाई पनि यथेष्ट जानकारी गराउनु उत्तिकै महत्वपूर्ण हुने देखिन्छ।
बिबिसी नेपालीबाट

Thursday, July 13, 2017

कोरियामा सकेसम्म कम्पनी परिबर्तन नगरौ

बैदेशीक रोजगारका लागी पछिल्लो समयमा धेरैको रोजाइ हुन पुगेको छ दक्षिण कोरिया ।

 हाल सम्म ४४ हजार भन्दा धेरै नेपालीहरू दक्षिण कोरीयामा E9 भिषा पाएर साना तथा मझौला कम्पनीहरूमा काम गरिरहेकाका छन । 
भने थप अरू केही नेपाली कामदारको संख्या पनी
 E9 भीषा ल्याएर कोरियामा रोजगारका लागी 
आउने तयारीमा रहेका छन ।


कोरिया आउनका लागी कोरियन भाषा परिक्षामा उत्तीर्ण हुनपर्ने हुन्छ । 
अहिले नेपालमा कोरियन भाषा उत्तीर्ण गर्नका लागी उच्च प्रतिस्पर्धा रहेको छ । 
सन 2018 का लागी भयको कोरियन भाषा परिक्षाफल साउन महिनाको मध्य तिर 
प्रकाशन हुने र उत्तीर्ण अंक निकै उच्च रहने जनाईएको छ । 

यसरी नेपाल सरकार र कोरिया सरकार बिच भयको श्रम सम्झौता अनुसार 
कोरियामा रोजगारका लागी प्रबेश गरेका नेपाली कमदारहरू पछील्लो समयमा 
ठुलो संख्यामा आफुले गरीरहेको कम्पनीको काम छोडेर नया कामको खोजी गरिरहेको पाईन्छ ।

सुरूमा काम गर्ने बानीको बिकास , कोरियान भाषा , संस्कृतीका कारण कोरियामा आएको 2, 3 महीनामा छोडेर नया कामका लागी कम्पनी छोडने गरेको पाईन्छ 
भने कसैले समय तलब र कम्पनीको कारणले पनी कम्पनी छोडेको पाईन्छ। बास्तबमा यसरी काम छोड्दा ठुलाठुला समस्याहरू आउने गरेका छन आफुले काम गरि रहेको कम्पनी छोडेको 90 दिन भित्र अर्को 
कम्पनीमा काम सुरू गरि सक्नुपर्छ भने दोस्रो कम्पनी आफु अनुकुल हुने नहुने केही जानकारि हुदैन ।

रोगजार केन्द्रले पठाएको ठाउमा काम हेरी निश्चित समय भित्र काम सुरू गर्नु पर्ने भयकाले आफुले पहिले गरीरहेको कम्पनीको काम भन्दा पछी आफुले खोज्ने गरेको झन गाह्रो हुन सक्छ । 
कथम कदाचित काम सजिलो भयो भने पनी नया ठाउ नया परीबेस भयर दोस्रो कम्पनीमा पनी काम गाह्रो हुनसक्छ । दक्षिण कोरियामा आएर बेरोजगार भयर बसेका नेपालीहरूको संख्या ठुलो रहेको छ । 
90 दिन भित्र आफुले चाहे अनुसारको कम्पनी नपाईने र भिषा बचाउन पर्ने बाध्यताले जस्तो सुकै 
कम्पनीमा गयर भिषा हन्ने र फेरी त्यो कम्पनी छोडेर 90 दिन भित्र अर्को कम्पनीको खोजि गर्ने गरेको पनी पाईएको छ ।
आखिर जे जसरी कम्पनी छोडे पनी अर्को कम्पनी खोज्नका लागी निकै ध्यान पुर्याउन पर्ने देखीन्छ 
कतिपय कम्पनी हरूमा काम खोज्न जादा नेपालीहरूले नै नेपालीहरूलाई झुकाएर साहुले भिषा नलगाउन सजीलो काम देखाएर फसाउन सक्छन। यसैले कामदार स्वायंमले आफु अनुकुल काम गर्न सक्ने बाताबरण
छ की छैन ? तलब के कती छ खान र बस्नका लागी के कस्तो छ ?
आफुलाई कति सम्म काम गर्दा स्वास्थ्य सन्तुलीत रहन्छ र 
पहीलो कम्पनी छोडी सकेपछी कहाँ गयर बस्ने ? 
के काम गर्ने ? 
नेपाली सेवा समाजहरू कहा कहाँ छन ? 
आफु जस्तै काम छोडेका साथिहरू अरू पनी आफ्नो क्षेत्रका कोही छन की छैनन ? 
याबत कुराहरूलाई मध्यनजर गरेर आफुले काम गरि रहेको कम्पनी छोडेर नया कम्पनी खोज्दा 
थप सहयोग र आफुले चाहे अनुसारको कम्पनी भेटिन सक्छ । 
कम्पनी छोड्दा बिभीन्न किसीमका समस्याहरू आउने भयपनी सबधानी पुर्बक 
नया कम्पनी खोजीमा लाग्नु जायज हुनेछ ।

Source : Fonijkorea

Korea Ko Kam



EPS मार्फत  कोरियामा आएका हामी नेपाली  Welding गर्दै
भनेजस्तो सजिलो कहाँ छ र पैसा छाप्न |
स्वाथ्य लाई जोखिममा राखेर
यसरी  काम  गर्नु पर्छ 

इपिएस कामदारको भिषा अवधि ४ वर्ष १० महिना हुनुको रहस्य सार्वजानिक



रोजगार अनुमति प्रणाली इपिएस मार्फत कोरिया आउने कामदारको भिषा अवधि ४ वर्ष १० महिना हुनुको रहस्य कोरियाको एक टेलिभिजनले सार्वजानिक गरेको छ । 

YTN वाइटिएन टेलिभिजनका अनुसार यदि कोरियामा कुनै पनि कामदार वैधानिक तवरले पाँच वर्ष बस्यो भने उसले स्थायि बसाई अर्थात पिआरका लागि आवेदन दिन पाउँछ । जुन यहाँको कानूनमा उल्लेख गरिएको छ । इपिएस कामदारको भिषा अवधि ४ वर्ष १० महिना भए उ पिआर आवेदन दिन योग्य हुदैन तथा सो आवेदन दिने अधिकारबाट बन्चित हुन्छ । यसले के बुझाउँछ भने कोरिया सरकार इपिएस कामदारलाई पिआर दिने पक्षमा कुनै पनि हालत रहेको छैन । त्यस्तै कोरियन नागरिकले पनि विदेशीलाई स्थायि बसोवास अनुमति पत्र पिआर दिएको पनि रुचाउदैन्, जुन भिडियो बाइटमा कोरियन नागरिकले बोलेकाबाट प्रष्ट हुन्छ । 



त्यस्तै धेरै कोरियनहरुले विदेशी कामदारका कारण आफ्ना दाजूभाई बेरोजगार हुन पुगेको अर्थात जागिर खोसेको ठानेका छन् । यो भिडियोले विदेशी कामदार माथि भएका भेदभाव र कोरियनले हेर्ने नजर स्पष्ट पारेको छ । कम्पनीको जुन पदमा विदेशी कामदारले काम गरेपनि उनिहरुलाई हेर्न दृष्टिकोण भेदभावपुर्ण नै रहेको छ । त्यस्तै कोरियन पुरुषसँग विहे गरेर आउने विदेशी महिलालाई पनि त्यत्तिकै भेदभाव रहेको छ । 
बहुसाँस्कृतिक परिवारको नाममा हेप्ने र कोरियनको आदेश अनुसार काम गर्नुपर्ने हुन्छ । यहाँ आउने अधिकांश विदेशी महिला यस्तो व्यावहारको भुक्तभोगी छन् । कोरियनसँग विहे गर्ने महिलाले कोरिया सरकारले दिने सहयोग लिन पनि त्यति रुचाउदैन किनकी उनिहरुले कोरियन बुहारीलाई जस्तो समान दृष्टिकोणले नहेरेकोमा रुष्ट छन् । कोरियनले उनिहरुलाई पिछडिएको अर्थात गरिब मुलुकबाट आएका बुहारीको रुपमा हेर्ने गर्छन ।

४ वर्ष १० महिनाको भिषा अवधिका कारण प्रवासी मजदुरले धेरै खाले अधिकारबाट बन्चित र उत्पीडनको सामना गर्नुपरेको भन्दै प्रवासी मजदुरले आवाज र माग उठाउदै आएका छन् ।

अनुवादक : उदय राई
तलको लिन्क खोलेर पनि विस्तृत हेर्न अनि बुझ्न सक्नुहुनेछ ।

http://m.ytn.co.kr/vod_view.php?s_mcd=0465&key=201706250250034880&po

YTN बाट साभार 
By Hellonepalkorea

Saturday, July 8, 2017

"अधुरो प्रेम" (कथा)



चञ्चले स्वभावकी कोपिला सत्र वसन्त पार गरेर अठार बर्षमा पाईला टेकी । उसको बुबा ममिले विवाह गरिदिने सोच बनाईसकेतापनि कोपिलालाई भन्न सकिरहेका थिएनन् । 
उता कोपिला भने पारी गाउँको मानबहादुरसँग आफ्नो सम्बन्ध अगाडि बढाइरहेकी थिई । भञ्ज्याङ्गको वनमा उनिहरू घाँसपातको निहुँ गरी भेटघाट गरिरहन्थे । कोपिला मानबहादुरको प्रेममा चुर्लुम्म डुबेकी थिई र मानबहादुर पनि  कोपिलालाई पाउँदा निकै नै प्रशन्न देखिन्थ्यो । 

उनीहरूको प्रेम बिस्तारै बिस्तारै मौलाउदै गएको थियो । एकअर्का बिना उनीहरू बाँच्न नसक्ने भईसकेका थिए । घण्टौसम्म मायाप्रीतिका कुरा गर्दै आफ्ना माया साटासाट गर्दै दिनहरू बिताउँदै थिए । उनीहरू समाजको त्रासमा आफ्नो मायालाई अगाडि बढाउदै थिए। कतिपटक त जनावरहरूको खर्स्याक खुर्सुक आवाजले उनीहरूको सातो उडाईदिन्थ्यो, पछि जनावर देखेपछि दुवैजना हाँस्दै एकअर्कामा आलिङ्गनमा बेरिन्थे । यसरी दिनहुँ उनीहरू मायाप्रीति साट्दै अगाडि बढिरहेका थिए ।

एकदिन बेलुका कोपिलालाई बुबाले केहि कुरा गर्नुछ भनेर बोलाउनुभयो । कोपिला आत्तिई, बुबाले मेरो बारेमा केहि थाहा पाउनुभएछ भनेर । उसलाई के गरौ कसो गरौँ भयो,खल्खली पसिना आयो । एक गिलास पानी पिई मनलाई शान्त पार्न खोजी तर ऊ सम्भव भईन, बरू बुबाको ' कोपिला ' भन्ने आवाज सुनेर तर्सिई । उसका खुट्टा थर्थरी काँप्न लागे एउटा अपराधिकोझैँ ।

ऊ बिस्तारै बुबाको कोठामा पुगी, बुबाले एक तमासले हेर्नुभो, ऊ झन् भयभित भई र बिस्तारै काँपेको स्वरमा भनि, "हजुरले किन बोलाउनुभएको ? "

छोरी अब तिमी ठूली भईसक्यौ, "भन्छन् पाकेको फललाई साँच्नुहुन्न अरे ! साँच्यो भने कुहिन पनि सक्छ,त्यसैले बेलैमा सचेत भएर त्यसको उपयोग गर्नुपर्दछ । तिम्रो उमेरमा त तिम्रो ममीले तिमीलाई पाईसकेकी थिईन ।"

बुबा, तपाईले के भन्नुभएको मैले त केही पनि बुझिन ।

छोरी, तिमीले बुझ्नुपर्ने हो ।
कोपिलाको ममिले कोपिलालाई हातमा समात्दै, छोरी तिम्रो बिहे गर्ने उमेर भईसक्यो, त्यसैले तिम्रो बिहेको कुरा गर्नलाई बोलाएका हौ ।

बुबा म अहिले सानै छु , मेरो उमर नै कति भएको छ र ! फेरि बिहे भन्ने कुरा हतार गरेर मात्र हुदैन, सोचविचार गरेर मात्र निर्णय लिनुपर्छ । त्यहाँ माथि म अहिले नै कहाँ विवाह गर्न योग्य भईसकेको छु र ?

हेर छोरी ! हामी त डाडाँमाथीको जून कुनबेला, कतिखेर भन्न सकिन्न । छोरीको जात आखिर बिहे गरेर जानु नै त हो नी । आफ्नो दायित्व पुरा नगरे यो समाजले के भन्ला ? छोराछोरीको कर्म नचलाए स्वर्गमा पनि बास पाइन्न रे भन्छन् ।

कोपिला रून थाल्छे र रूदैँ,
ममि तपाई बुबालाई भनिदिनुहोस् न म अहिले बिहे गर्दिन भनेर !
कोपिलालाई सुम्सुम्याउदै छोरीको जात नै यस्तै हो, के गर्नु बेला भएपछि पराइको घर जानुपर्ने रहेछ । म पनि त तिम्रो बुबासँग नचिनेको मान्छेसँग आए । पिर नमान छोरी यो संसार नै यस्तै हो । हामीले तिम्रो लागि एकदमै राम्रो खान्दानको धनि परिवारको केटा खोजिदिएका छौ । दुई चार दिनपछि कुरा गर्न आउने रे ! जाउ अहिले सुत ।
गहभरि टिलपिल टिलपिल आँशु लिएर कोपिला आफ्ऩो कोठामा आई । आफ्नो प्रेमीलाई सम्झदै रातभर आँशु बगाइरहिन्‌ । उनले न त आफ्नो बुबा ममिको कुरालाई नकार्न सकि न त मानबहादुरलाई बिर्सन सकि । मानबहादुरसँगको सम्बन्ध कोपिलाले आफ्नो बुबा ममिलाई भन्न सकिन । यसरी मानबहादुर र कोपिलाको प्रेम राम्रोसँग मौलाउन नपाउदै अधुरो रूपमै टुट्न पुग्यो ।


                                      Writer : ➽  Rosamond Xiang 
➽ South Korea
                ➽ ramesh335@daum.net

अर्को जुनीको विवाह


विवाह गर्न कुमार हुनुपर्छ
त्यसैले म कुमार भएर बस्छु
किनकी
आफ्नो हुन नसकेकी निष्ठुरीले
अर्को जुनी तिम्रै हुन्छु भनेकी छे ।

यो जुनीभर बिहे गर्दिन बुबा
आमाले नी आजै सुने हुन्छ
दाजुले नी किन ?
भनेर नसोध्नुहोला
दिदीले गुनासो नगरेनी हुन्छ
सानी बहिनी दाजुको रत्यौलीमा
कम्मर मर्काउला, दोहोरी फर्काउला भन्ने नसोचेनी हुन्छ ।


आमा ! नाति खेलाउने रहर नगर्नुहोस्
म एक्लै जीवन विताउनेछु
किनकी,
आफ्नो हुन नसकेकी निष्ठुरीले
अर्को जुनी तिम्रै हुन्छु भनेकी छे ।

साच्चै हो आमा,
नातिले पानी सारिदेला भन्ने
अलिकति पनि नसोच्नुहोला
अनि,
लठ्ठी लुकाएर हैरान पार्ला भन्ने सोच्दै नसोचे हुन्छ
अनि,
मलाई डाक्टर बनाउन नसकेनी
नातिलाई बनाईदिउला भन्ने
बुबाले विचार नगरे पनि हुन्छ
म एक्लै जीवन बिताउनेछु
किनकी,
आफ्नो हुन नसकेकी निष्ठुरीले
अर्को जुनी तिम्रै हुन्छु भनेकी छे ।


लमी ज्यूले कतै कुरा नचलाए पनि हुन्छ
फलानाको छोरा कुमारै छ
भनि कसैलाई नभन्नुहोला
अल्लारे ठिटो बहुलायो
भन्ने कुरा नसोचे पनि हुन्छ
मान्छे बहुलाएर नै विहे गर्छ
तर,
कुमार भएर बहुलाउदैन ।
नामर्द भन्छौ भने,
मेरो के लाग्छ र !
निष्ठुरीले पनि
नामर्द भनेर गई
तर,
नामर्द त समाजले
बनाउदो रहेछ ,
त्यसैले
पलपल मरेर एकपल जिउनेछु
किनकी,
आफ्नो हुन नसकेकी निष्ठुरीले
अर्को जुनी तिम्रै हुन्छु भनेकी छे ।

जोरीपारीले त तिघ्रै ठट्याएनी
रिसाउनेवाला छैन,
मादल ठोके ठोकुन् ,
अझ कटुवाल नै लाए त
झन् काइदा

एक्लै आँए एक्लै जान्छु
बीचमा को सहयात्री चाहिन्छ र ?
त्यसैले
एक्लो जीवन नै बिताउनेछु
किनकी,
आफ्नो हुन नसकेकी निष्ठुरीले
अर्को जुनी तिम्रै हुन्छु भनेकी छे ।।।




अर्को जुनी तिम्रै हुन्छु भनेकी छे ।। 

त्यसैले,
विवाह गर्न कुमार हुनुपर्छ
त्यसैले म कुमार भएर बस्छु
किनकी
आफ्नो हुन नसकेकी निष्ठुरीले
अर्को जुनी तिम्रै हुन्छु भनेकी छे ।।।




➽   By -  Ramesh Shrestha
➽   ramesh335@daum.net
➽   abit335@gmail.com

Tuesday, July 4, 2017

म त भन्छु भगवान




म त भन्छु भगवानलाइ
मान्छे नै नबनाऊ
बनाउने नै भए पनी
अज्ञानी नबनाऊ
होइन भने
राक्षस नजन्माऊ, 
जन्माउने नै भए
समझदार जन्माऊ 





पुराणमा लेखिएको
असजिलो देखिएको
मात्री सत्ता र पित्री सत्ताको जत्था
उपमाको रुपमा हेर्न सक्छौ
नारिलाई अधिकार दिने चलन
देवताको पाला देखि नै चली आएको हो
न खोस्न सक्छौ न फेर्न सक्छौ 


धन लक्ष्मीलाइ,
बिध्या सरस्वतीलाइ, 
दुर्गालाइ शक्ति,
विचारा महादेव ले के लिए
बाघको छाला र सर्पको माला,
श्रीमती पार्बतीको लुगा हेर्दा
आखा तिरमिराउछ झपक्क बलेर
श्रीमान महादेव नांगै हिड़नु भयो 
जिउभरि खरानी दलेर

हाम्री स्वास्नीले ता
कपालमा जुम्रा पर्दा
टिपेर फालिदिन्छे.......
महादेवको घाटिमा
तेत्रो गोवन सर्प बेरिदा
हेरिरहने पार्बती कस्ति मान्छे!
हामीले
अलिकती रक्सी पिउदा
श्रीमती छेक्न आउछे
भन्छे, नपिउनुहोस
रक्सीले फाईदा गर्दैन,
महादेवले बिष पिउदा
पार्बतीले छेक्न पर्छ की पर्दैन ?

की त यदि  महादेवले पार्बतीलाइ
कुटेको हुनुपर्छ
नत्र पार्बतिलाई
आर्कै रिस उठेको हुनुपर्छ
कुनै पुराणमा
देवताले स्वास्नी कुटेको कुरा आउदैन
किन गोप्य राखिन्छ ?
हामीले स्वास्नीलाइ
छुस्स छोयो भनी
भोलीपल्ट पत्रिकामा छापिन्छ 


हेरौ मेडम पार्बतीको मनसाए के हो ?
किरांत रूप लिएर
मृर्गस्थलीमा मौज गर्न जादा
पछि पछि लखटने!
रोद्र रूप लिएर
गोशाईकुण्डमा डुब्न जादा
वास्ता नगरने !

पार्बतीले
प्रेम गरेकी भए
किन सात बर्षकी गोमासंग
बिहे गर्नुपर्ने थियो
दही, दूध, घिउ खान दिएकी भए
बिष, भाँग, धतूरो किन खानु पर्दथियो

मायाकै कुरा गर्दा
महादेव पार्बतीले जीवनमा एक पल्ट मात्रै
चुम्बन गरेको पाइन्छ
तेहि लिपस्टिकको डामले बनेको बुट्टालाइ 
तेस्रो नेत्र भनेको हुनुपर्छ


सबै पुराणको कथा हेर्नुहोस
त्याग, तपस्या तुलाना गर्नुहोस
महादेवले मरेकी सतीदेवीको लास
काधमा बोकर संसार भ्रमण गर्नु भो
सोरह हजार गोपिनी कहा गए ?
मर्ने  बेलामा कृष्णजी एक्लै पर्नुभो !
यसको पनी शोध खोज हुनुपर्छ
तेसैले
अधिकार मात्रै भनेर हुदैन श्रोता हो
दायित्य बोध पनी हुनु पर्छ 


उता विष्णुलाइ हेर्नुहोस
संसारमा सबैभन्दा
धनि श्रीमतीको पतिको गति
त्यों
अथाहा सम्पतिले के गर्यो ?
एउटा चौडो  चारानाको घडेरी नपाएर
सर्प माथि ओछ्यान लगाएर
समुन्द्र माथि सुत्नु पर्यो
तेत्रो सम्पति वाहान लक्ष्मीले
शिविल लाइनमा
एक व्यास किनिदियेकी भये
बिष्णुको जिंदगी जसरी तसरी कटने थियो
लक्ष्मीको प्रेम प्रसंग पनी
कमजोर देखिन्छ
नत्र
बिष्णुले जलान्धरकी स्वास्नी
वृंदाको पछि किन लाग्नु पर्ने  थियो 


हेर्नुहोस देवताको मौज मजा
सरस्वतीलाइ बाजा, महादेवलाइ गांजा.
लक्ष्मीलाइ दीपावली, पार्बतीलाइ झलिमली,
दुर्गालाइ खसी, बिष्णुलाइ सधै एकादशी,
कैले हरिशयनी कैले हरीबोधनी
कैले हरीकोल्ट्नी
के खान्छस भनेर कसैले नसोध्ने 

अब
ब्रम्हाको कुरा गरौ-
यस संसारमा बस्ने मान्छेको कत्रो फुर्ती छ 
संसार सृष्टिकर्ताको न कतै  मूर्ति छ
धर्ती को सृजना गरेर पनी
किन कमलको फुलमा बस्नु पर्यो
सृष्टी कर्ताले जाबो
टोपाज बिलेड बनाउन नसकेर
बिनलादेनको जस्तो दारी पालेर बस्नु पर्यो

सबै पुराणका पुराना कुरा
चार मुख भएको ब्रम्हाचार,
चार हात भएको बिष्णु,
दस टाउको भएको रावण
लेख्ने मुर्ख की पत्ताउने मुर्ख
हेर्नुहोस श्रोता, लेखक, पाठक विन्द
गलत व्याख्या,
महापुरुषको चरित्र हत्या !
रावणजस्तो दानी,ज्ञानी तपस्वीले
अर्काकी स्वास्नी भगाएको,
रामजस्तो पुरषोत्तमले
गर्भणि स्वास्नीलाइ जंगल पुराउन लगाएको, 
युधिस्ठिर जस्तो सत्यबादीले
युद्ध मै जान ढाटेको,
लछुमन जस्तो वीर
योद्धाले अवाला नारीको नाक,कान काटेको
खै  त
श्रोताहरुले यो कुरा बुझेको
सबैले रामायण कंठ बनाएकै छन
राम मन्दिरमा घंट बजायेकै छन
नारीहरुको आरोप लछुमनले
भाउजूलाइ एक्लै छोडेर किन भागेको
पुरुषहरुको आरोप
सीताले लुछुमन रेखा किन नाघेको ?
पुराना पुराणका नया प्रश्न
राम चन्द्र चौध  बर्ष
वनमा जादा खेरी
दारी जुंगा बढेको देख्नु भा छ ?,
सुन्नु भा छ ?
तै बनमा बस्ने
ऋषिको आकार हेर्नुहोस त दारीको
सधै सुकुमार रामचंद्र भगवान
के सिविलमा उपलब्ध
बिलेडको व्यापारी हो ?

अर्को कुरा हेर्नुहोस
गजमुंटे गणेशको
हात्तिको टाउको
मान्छेको घांटीमा जोडन
कत्तिको मिल्छ ?
जोड़ने को थियो ?
कस्ले देखेको ?
महादेवले जोड़ेको भए
नाम को अगाडी टक्क
Dr. महादेव भनेर किन नलेखेको ?

हेर्नुहोस
कथा सतिदेविको बाउको
दक्षप्रजापतिको घाटिमा बोकाको टाउको
को थियो जोड़ीदिने ?
नंदी, भिरंगी, चौसठ्ठी योगिनी ?
नंदी भनेको सांढे
डाक्टर पांडेले काटेको
औला जोड़न नसक्ने देशमा बसेर ,
सांढेले बोकाको टाउको
मान्छेको घाटी मा जोड़ेको 
पत्ताउने हामी कस्तो ,

के पत्ताउने कती पत्ताउने 
हरे भगवान श्री कृष्ण ले उत्तराको गर्भ मा पसेर
परिस्ठी लाइ बचाउनु भो रे 
यस्मा हामीले के बुझ्ने ?
ठाऊ ठाऊमा एस्ता जटिल कुराको व्याख्या भा छ
यो कुरा सबैलाई थाहा छ 
गर्भ मा जाने बाटो कहा छ ?
की यस्तो कथा जबरजस्ती सोचिएको हो
होइन भने भगवान श्री कृष्ण लाइ पनी 
गाइनोगोलोजीट भन्न खोजिएको हो ?


के
पत्ताउने कती पत्ताउने 
खेत जोतेर सीता निस्किन रे 
पहिला कुरा 
जनक राजा हो की हली ?
यो प्रश्न लेखक लाइ कस्ले सोध्छ ?
राजा भए राजा ले कही खेत जोत्छ ?, 
खेत जोतेर कही मान्छे जन्मन्छ ?
हामीले खेत जोतेर
अन्न खान पाएका छैनौ 
मान्छे जन्माउन के गर्नुपर्छ हाम्लाई थाहा छैन ?
खेत जोतेर
तेती राम्री सुंदरी निस्कने भए 
एश्वर्या राय किन चाहीन्थियो 
गरा गरा मा बिश्व सुंदरी पाइने थियो 
बिहान हेलो भिरेर अमिताभ बच्चन मेलामा निस्कने थियो
बेलुका बुहारी लिएर घरमा फर्कने थियो 

यस्तै हो बेद व्यास 
चल्ती उपन्यास लेख्छ्न 
पाठकलाइ मुर्ख ठान्छन 
देवतालाई घास हालेर 
भात खाने मान्छेहरु 
बादर लाइ देवता भनेर 
बिज्ञानलाइ रावण ठान्छन

⧪⧪⧪⧪⧪⧪


Monday, July 3, 2017

Super Funny Joke







शेरे ट्राफिक सिग्नलमा
बाइक रोकेर
बसेको थियो ।
उसैबेला उसको टाउको चिलाएछ ।
शेरेले हेल्मेट बाहिरबाट टाउको कन्याएछ ।

एउटी स्कुटीमा आएकि
केटिले अचम्म लागेर भनिछे:
तिमी पागल त भएनौ ?
हेल्मेट खोलेर पो
टाउको कन्याउनु पर्छ ।
.

.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
शेरे: अलि बिचार गरेर बोल मैया ।
अघि तिम्रो चा*
चिलाउँदा पेन्टी खोलेर
कन्याएकि थियौ र ?


😂😂😂😂

Funny Joke


एक्जामको पेपर एकदम गाह्रो थियो
चिट चोर्न पनि कसैले सकेका थिएनन
सर…सबै को छेउ छेउमा पुगेर हेरी रहेको थियो
….
….
….
शेरेले एक छिन् सोच्यो
अनि कागजमा केहि लेखेर
सरलाइ दियो
सरले त्यो कागज हेर्यो अनि चुप चाप
कतै नहेरी अगाडी कुर्सीमा गएर बस्यो । 

शेरेले मज्जाले चिट चोर्यो
एक्जाम सके पछि 
सबैले शेरे लाइ सोधे –


ओए तैले के लेखेर देको थिस्
सर त हल्लिदै
नहाल्ली बस्यो नि त

शेरे – मैले …
मैले सरलाई
सर तपाइको प्यान्ट पछाडी बाट च्यात्तेको छ
भनेर लेखेर दिए ।

                           😁😂😂😁

Sunday, July 2, 2017

Clever Dog


एकदिन एउटा कुकुरले जंगलमा बाटो बिर्सेछ
त्यत्तिखेर उसले एउटा बाघ उसैतिर आउँदै गरेको देख्यो
कुकुरको सातोपुत्लो उड्यो
‘आज त म पक्का मरेँ:(‘सोचेछ)
त्यतिकैमा उसले आफ्नो सामुन्ने
भुईँमा केहि सुकेका हड्डीहरू देख्यो
अनि ऊ आउँदै गरेको बाघतिरै पिठ्युँ फर्काएर बस्यो
अनि एउटा सुकेको हड्डी चुस्दै जोरजोरले बोल्न थाल्यो
“वाउ ! बाघ खानुको त मजा नै अर्कै छ,
एउटा बाघ अरू मिल्यो भने त पार्टी हुने थियो आज,
Yum Yum” अनि जोरले डकार्न थाल्यो ।
यो देखेर बाघले सोच्यो
“यो कुकुर त बाघको शिकार गर्दोरैछ, ज्यान बचाएर भाग्नुपर्यो” भन्दै भागेछ ।
यो सब तमाशा रुखमा बसेको एउटा बाँदरले हेर्दैथ्यो,
उसले सोच्यो यै मौका हो म बाघलाई सबै Story भन्दिन्छु बाघसँग दोस्ती हुन्छ
अनि जिन्दगीभरी ज्यानमाथि खतरा हुँदैन
यति सोचेर उ बाघ भएतिर दौडेर गयो,
कुकुरले बाँदरलाई जान लागेको देखिहाल्यो,
उता बाँदरले गएर बाघलाई सब कुरा भनिदियो कि कसरी कुकुरले उसलाई
मुर्ख बनाएको हो भनेर्
बाघले गर्जिदै भन्यो ‘ए, तेसो पो ! ल हिँड मसँग
अहिले गएर
तेस्लाई चपाएर खाइदिन्छु’
र बाँदरलाई आफ्नो पिठ्युँमा बसाएर बाघ कुकुर
भएतिर दौडियो
Can u imagine the quick
management by DOG ?
कुकुरले बाघलाई आउँदै गरेको देखेपछि एकपटक फेरि
बाघ भएतिर पिठ्युँ फर्काएर बस्यो
अनि जोर-जोरले कराउन थाल्यो
“त्यो साले बाँदरलाई पठाएको एक घण्टा भैसक्यो
साला अहिलेसम्म एउटा बाघ फसाएर ल्याउन सकेन”
बाघ त टाप          😃😃😂😂