Sunday, July 2, 2017

Clever Dog


एकदिन एउटा कुकुरले जंगलमा बाटो बिर्सेछ
त्यत्तिखेर उसले एउटा बाघ उसैतिर आउँदै गरेको देख्यो
कुकुरको सातोपुत्लो उड्यो
‘आज त म पक्का मरेँ:(‘सोचेछ)
त्यतिकैमा उसले आफ्नो सामुन्ने
भुईँमा केहि सुकेका हड्डीहरू देख्यो
अनि ऊ आउँदै गरेको बाघतिरै पिठ्युँ फर्काएर बस्यो
अनि एउटा सुकेको हड्डी चुस्दै जोरजोरले बोल्न थाल्यो
“वाउ ! बाघ खानुको त मजा नै अर्कै छ,
एउटा बाघ अरू मिल्यो भने त पार्टी हुने थियो आज,
Yum Yum” अनि जोरले डकार्न थाल्यो ।
यो देखेर बाघले सोच्यो
“यो कुकुर त बाघको शिकार गर्दोरैछ, ज्यान बचाएर भाग्नुपर्यो” भन्दै भागेछ ।
यो सब तमाशा रुखमा बसेको एउटा बाँदरले हेर्दैथ्यो,
उसले सोच्यो यै मौका हो म बाघलाई सबै Story भन्दिन्छु बाघसँग दोस्ती हुन्छ
अनि जिन्दगीभरी ज्यानमाथि खतरा हुँदैन
यति सोचेर उ बाघ भएतिर दौडेर गयो,
कुकुरले बाँदरलाई जान लागेको देखिहाल्यो,
उता बाँदरले गएर बाघलाई सब कुरा भनिदियो कि कसरी कुकुरले उसलाई
मुर्ख बनाएको हो भनेर्
बाघले गर्जिदै भन्यो ‘ए, तेसो पो ! ल हिँड मसँग
अहिले गएर
तेस्लाई चपाएर खाइदिन्छु’
र बाँदरलाई आफ्नो पिठ्युँमा बसाएर बाघ कुकुर
भएतिर दौडियो
Can u imagine the quick
management by DOG ?
कुकुरले बाघलाई आउँदै गरेको देखेपछि एकपटक फेरि
बाघ भएतिर पिठ्युँ फर्काएर बस्यो
अनि जोर-जोरले कराउन थाल्यो
“त्यो साले बाँदरलाई पठाएको एक घण्टा भैसक्यो
साला अहिलेसम्म एउटा बाघ फसाएर ल्याउन सकेन”
बाघ त टाप          😃😃😂😂

No comments:

Post a Comment