Thursday, July 13, 2017

इपिएस कामदारको भिषा अवधि ४ वर्ष १० महिना हुनुको रहस्य सार्वजानिक



रोजगार अनुमति प्रणाली इपिएस मार्फत कोरिया आउने कामदारको भिषा अवधि ४ वर्ष १० महिना हुनुको रहस्य कोरियाको एक टेलिभिजनले सार्वजानिक गरेको छ । 

YTN वाइटिएन टेलिभिजनका अनुसार यदि कोरियामा कुनै पनि कामदार वैधानिक तवरले पाँच वर्ष बस्यो भने उसले स्थायि बसाई अर्थात पिआरका लागि आवेदन दिन पाउँछ । जुन यहाँको कानूनमा उल्लेख गरिएको छ । इपिएस कामदारको भिषा अवधि ४ वर्ष १० महिना भए उ पिआर आवेदन दिन योग्य हुदैन तथा सो आवेदन दिने अधिकारबाट बन्चित हुन्छ । यसले के बुझाउँछ भने कोरिया सरकार इपिएस कामदारलाई पिआर दिने पक्षमा कुनै पनि हालत रहेको छैन । त्यस्तै कोरियन नागरिकले पनि विदेशीलाई स्थायि बसोवास अनुमति पत्र पिआर दिएको पनि रुचाउदैन्, जुन भिडियो बाइटमा कोरियन नागरिकले बोलेकाबाट प्रष्ट हुन्छ । 



त्यस्तै धेरै कोरियनहरुले विदेशी कामदारका कारण आफ्ना दाजूभाई बेरोजगार हुन पुगेको अर्थात जागिर खोसेको ठानेका छन् । यो भिडियोले विदेशी कामदार माथि भएका भेदभाव र कोरियनले हेर्ने नजर स्पष्ट पारेको छ । कम्पनीको जुन पदमा विदेशी कामदारले काम गरेपनि उनिहरुलाई हेर्न दृष्टिकोण भेदभावपुर्ण नै रहेको छ । त्यस्तै कोरियन पुरुषसँग विहे गरेर आउने विदेशी महिलालाई पनि त्यत्तिकै भेदभाव रहेको छ । 
बहुसाँस्कृतिक परिवारको नाममा हेप्ने र कोरियनको आदेश अनुसार काम गर्नुपर्ने हुन्छ । यहाँ आउने अधिकांश विदेशी महिला यस्तो व्यावहारको भुक्तभोगी छन् । कोरियनसँग विहे गर्ने महिलाले कोरिया सरकारले दिने सहयोग लिन पनि त्यति रुचाउदैन किनकी उनिहरुले कोरियन बुहारीलाई जस्तो समान दृष्टिकोणले नहेरेकोमा रुष्ट छन् । कोरियनले उनिहरुलाई पिछडिएको अर्थात गरिब मुलुकबाट आएका बुहारीको रुपमा हेर्ने गर्छन ।

४ वर्ष १० महिनाको भिषा अवधिका कारण प्रवासी मजदुरले धेरै खाले अधिकारबाट बन्चित र उत्पीडनको सामना गर्नुपरेको भन्दै प्रवासी मजदुरले आवाज र माग उठाउदै आएका छन् ।

अनुवादक : उदय राई
तलको लिन्क खोलेर पनि विस्तृत हेर्न अनि बुझ्न सक्नुहुनेछ ।

http://m.ytn.co.kr/vod_view.php?s_mcd=0465&key=201706250250034880&po

YTN बाट साभार 
By Hellonepalkorea

No comments:

Post a Comment