Thursday, July 13, 2017

कोरियामा सकेसम्म कम्पनी परिबर्तन नगरौ

बैदेशीक रोजगारका लागी पछिल्लो समयमा धेरैको रोजाइ हुन पुगेको छ दक्षिण कोरिया ।

 हाल सम्म ४४ हजार भन्दा धेरै नेपालीहरू दक्षिण कोरीयामा E9 भिषा पाएर साना तथा मझौला कम्पनीहरूमा काम गरिरहेकाका छन । 
भने थप अरू केही नेपाली कामदारको संख्या पनी
 E9 भीषा ल्याएर कोरियामा रोजगारका लागी 
आउने तयारीमा रहेका छन ।


कोरिया आउनका लागी कोरियन भाषा परिक्षामा उत्तीर्ण हुनपर्ने हुन्छ । 
अहिले नेपालमा कोरियन भाषा उत्तीर्ण गर्नका लागी उच्च प्रतिस्पर्धा रहेको छ । 
सन 2018 का लागी भयको कोरियन भाषा परिक्षाफल साउन महिनाको मध्य तिर 
प्रकाशन हुने र उत्तीर्ण अंक निकै उच्च रहने जनाईएको छ । 

यसरी नेपाल सरकार र कोरिया सरकार बिच भयको श्रम सम्झौता अनुसार 
कोरियामा रोजगारका लागी प्रबेश गरेका नेपाली कमदारहरू पछील्लो समयमा 
ठुलो संख्यामा आफुले गरीरहेको कम्पनीको काम छोडेर नया कामको खोजी गरिरहेको पाईन्छ ।

सुरूमा काम गर्ने बानीको बिकास , कोरियान भाषा , संस्कृतीका कारण कोरियामा आएको 2, 3 महीनामा छोडेर नया कामका लागी कम्पनी छोडने गरेको पाईन्छ 
भने कसैले समय तलब र कम्पनीको कारणले पनी कम्पनी छोडेको पाईन्छ। बास्तबमा यसरी काम छोड्दा ठुलाठुला समस्याहरू आउने गरेका छन आफुले काम गरि रहेको कम्पनी छोडेको 90 दिन भित्र अर्को 
कम्पनीमा काम सुरू गरि सक्नुपर्छ भने दोस्रो कम्पनी आफु अनुकुल हुने नहुने केही जानकारि हुदैन ।

रोगजार केन्द्रले पठाएको ठाउमा काम हेरी निश्चित समय भित्र काम सुरू गर्नु पर्ने भयकाले आफुले पहिले गरीरहेको कम्पनीको काम भन्दा पछी आफुले खोज्ने गरेको झन गाह्रो हुन सक्छ । 
कथम कदाचित काम सजिलो भयो भने पनी नया ठाउ नया परीबेस भयर दोस्रो कम्पनीमा पनी काम गाह्रो हुनसक्छ । दक्षिण कोरियामा आएर बेरोजगार भयर बसेका नेपालीहरूको संख्या ठुलो रहेको छ । 
90 दिन भित्र आफुले चाहे अनुसारको कम्पनी नपाईने र भिषा बचाउन पर्ने बाध्यताले जस्तो सुकै 
कम्पनीमा गयर भिषा हन्ने र फेरी त्यो कम्पनी छोडेर 90 दिन भित्र अर्को कम्पनीको खोजि गर्ने गरेको पनी पाईएको छ ।
आखिर जे जसरी कम्पनी छोडे पनी अर्को कम्पनी खोज्नका लागी निकै ध्यान पुर्याउन पर्ने देखीन्छ 
कतिपय कम्पनी हरूमा काम खोज्न जादा नेपालीहरूले नै नेपालीहरूलाई झुकाएर साहुले भिषा नलगाउन सजीलो काम देखाएर फसाउन सक्छन। यसैले कामदार स्वायंमले आफु अनुकुल काम गर्न सक्ने बाताबरण
छ की छैन ? तलब के कती छ खान र बस्नका लागी के कस्तो छ ?
आफुलाई कति सम्म काम गर्दा स्वास्थ्य सन्तुलीत रहन्छ र 
पहीलो कम्पनी छोडी सकेपछी कहाँ गयर बस्ने ? 
के काम गर्ने ? 
नेपाली सेवा समाजहरू कहा कहाँ छन ? 
आफु जस्तै काम छोडेका साथिहरू अरू पनी आफ्नो क्षेत्रका कोही छन की छैनन ? 
याबत कुराहरूलाई मध्यनजर गरेर आफुले काम गरि रहेको कम्पनी छोडेर नया कम्पनी खोज्दा 
थप सहयोग र आफुले चाहे अनुसारको कम्पनी भेटिन सक्छ । 
कम्पनी छोड्दा बिभीन्न किसीमका समस्याहरू आउने भयपनी सबधानी पुर्बक 
नया कम्पनी खोजीमा लाग्नु जायज हुनेछ ।

Source : Fonijkorea

No comments:

Post a Comment