चञ्चले स्वभावकी कोपिला सत्र वसन्त पार गरेर अठार बर्षमा पाईला टेकी । उसको बुबा ममिले विवाह गरिदिने सोच बनाईसकेतापनि कोपिलालाई भन्न सकिरहेका थिएनन् ।
उता कोपिला भने पारी गाउँको मानबहादुरसँग आफ्नो सम्बन्ध अगाडि बढाइरहेकी थिई । भञ्ज्याङ्गको वनमा उनिहरू घाँसपातको निहुँ गरी भेटघाट गरिरहन्थे । कोपिला मानबहादुरको प्रेममा चुर्लुम्म डुबेकी थिई र मानबहादुर पनि कोपिलालाई पाउँदा निकै नै प्रशन्न देखिन्थ्यो ।
उता कोपिला भने पारी गाउँको मानबहादुरसँग आफ्नो सम्बन्ध अगाडि बढाइरहेकी थिई । भञ्ज्याङ्गको वनमा उनिहरू घाँसपातको निहुँ गरी भेटघाट गरिरहन्थे । कोपिला मानबहादुरको प्रेममा चुर्लुम्म डुबेकी थिई र मानबहादुर पनि कोपिलालाई पाउँदा निकै नै प्रशन्न देखिन्थ्यो ।
उनीहरूको प्रेम बिस्तारै बिस्तारै मौलाउदै गएको थियो । एकअर्का बिना उनीहरू बाँच्न नसक्ने भईसकेका थिए । घण्टौसम्म मायाप्रीतिका कुरा गर्दै आफ्ना माया साटासाट गर्दै दिनहरू बिताउँदै थिए । उनीहरू समाजको त्रासमा आफ्नो मायालाई अगाडि बढाउदै थिए। कतिपटक त जनावरहरूको खर्स्याक खुर्सुक आवाजले उनीहरूको सातो उडाईदिन्थ्यो, पछि जनावर देखेपछि दुवैजना हाँस्दै एकअर्कामा आलिङ्गनमा बेरिन्थे । यसरी दिनहुँ उनीहरू मायाप्रीति साट्दै अगाडि बढिरहेका थिए ।
एकदिन बेलुका कोपिलालाई बुबाले केहि कुरा गर्नुछ भनेर बोलाउनुभयो । कोपिला आत्तिई, बुबाले मेरो बारेमा केहि थाहा पाउनुभएछ भनेर । उसलाई के गरौ कसो गरौँ भयो,खल्खली पसिना आयो । एक गिलास पानी पिई मनलाई शान्त पार्न खोजी तर ऊ सम्भव भईन, बरू बुबाको ' कोपिला ' भन्ने आवाज सुनेर तर्सिई । उसका खुट्टा थर्थरी काँप्न लागे एउटा अपराधिकोझैँ ।
ऊ बिस्तारै बुबाको कोठामा पुगी, बुबाले एक तमासले हेर्नुभो, ऊ झन् भयभित भई र बिस्तारै काँपेको स्वरमा भनि, "हजुरले किन बोलाउनुभएको ? "
छोरी अब तिमी ठूली भईसक्यौ, "भन्छन् पाकेको फललाई साँच्नुहुन्न अरे ! साँच्यो भने कुहिन पनि सक्छ,त्यसैले बेलैमा सचेत भएर त्यसको उपयोग गर्नुपर्दछ । तिम्रो उमेरमा त तिम्रो ममीले तिमीलाई पाईसकेकी थिईन ।"
बुबा, तपाईले के भन्नुभएको मैले त केही पनि बुझिन ।
छोरी, तिमीले बुझ्नुपर्ने हो ।
कोपिलाको ममिले कोपिलालाई हातमा समात्दै, छोरी तिम्रो बिहे गर्ने उमेर भईसक्यो, त्यसैले तिम्रो बिहेको कुरा गर्नलाई बोलाएका हौ ।
बुबा म अहिले सानै छु , मेरो उमर नै कति भएको छ र ! फेरि बिहे भन्ने कुरा हतार गरेर मात्र हुदैन, सोचविचार गरेर मात्र निर्णय लिनुपर्छ । त्यहाँ माथि म अहिले नै कहाँ विवाह गर्न योग्य भईसकेको छु र ?
हेर छोरी ! हामी त डाडाँमाथीको जून कुनबेला, कतिखेर भन्न सकिन्न । छोरीको जात आखिर बिहे गरेर जानु नै त हो नी । आफ्नो दायित्व पुरा नगरे यो समाजले के भन्ला ? छोराछोरीको कर्म नचलाए स्वर्गमा पनि बास पाइन्न रे भन्छन् ।
कोपिला रून थाल्छे र रूदैँ,
ममि तपाई बुबालाई भनिदिनुहोस् न म अहिले बिहे गर्दिन भनेर !
कोपिलालाई सुम्सुम्याउदै छोरीको जात नै यस्तै हो, के गर्नु बेला भएपछि पराइको घर जानुपर्ने रहेछ । म पनि त तिम्रो बुबासँग नचिनेको मान्छेसँग आए । पिर नमान छोरी यो संसार नै यस्तै हो । हामीले तिम्रो लागि एकदमै राम्रो खान्दानको धनि परिवारको केटा खोजिदिएका छौ । दुई चार दिनपछि कुरा गर्न आउने रे ! जाउ अहिले सुत ।
गहभरि टिलपिल टिलपिल आँशु लिएर कोपिला आफ्ऩो कोठामा आई । आफ्नो प्रेमीलाई सम्झदै रातभर आँशु बगाइरहिन् । उनले न त आफ्नो बुबा ममिको कुरालाई नकार्न सकि न त मानबहादुरलाई बिर्सन सकि । मानबहादुरसँगको सम्बन्ध कोपिलाले आफ्नो बुबा ममिलाई भन्न सकिन । यसरी मानबहादुर र कोपिलाको प्रेम राम्रोसँग मौलाउन नपाउदै अधुरो रूपमै टुट्न पुग्यो ।
Writer : ➽ Rosamond Xiang
➽ South Korea
➽ ramesh335@daum.net
No comments:
Post a Comment