Tuesday, June 6, 2017

Brief Notes on Earth’s Movement (Explained With Diagram)




Science and War



 We are in the age of science and technology.
Man can't live without the aid of science.
Science has so much affected our lives
that nothing can take place in our day to day life
with out the help of science our food.
Transport , learning , administration , recreation and
social life are all linked with science in various ways.
The invention of the simple wheel has resulted our
modern industrialization.
Because of the scientific advancement people live longer.



On the other hand, it is the science which gave
birth to destructive weapons like dynamite guns , rockets , atom bombs , hydrogen bombs , etc. These destructive things
have frightened human beings.
We have read the history of Hirosima or a Nagasaki in history books.
There is always argument between or among       countries about these
destructive things. Big countries always challenge small countries

 because they have developed modern weapons.




Science has made every things possible.
Science has enriched the power of war for the lovers of war.
There is always wear of the world war.
If the nuclear power is used for peaceful purposes, there is no fear.
If the world war takes place, nothing will remain in the world.
Everything will change into ash within a minute.
The use of science is not bad in itself  but it depends human beings.


                                         












⤭⤭⤭⤪⤪⤪




गजल



तिम्रो नाममा अब कुनै गजल लेख्दिन भो
आमने सामने भेट हुँदा,बाटो छेक्दिन भो

तिमीजस्तै स्वतन्त्र एकल जीवन बिताउँछु
जाँ गुलियो त्यै भुलियो,तिम्रो आँगन टेक्दिन भो


मन फाट्यो माया फाट्यो,फाट्यो लक्ष्यहरु
बिच बाटोमा पहरा खसेनी,अब थेग्दिन भो

तिमीबाटै सिके मैले,मन ढुङ्गो पार्नलाई
तिम्रो यादले मुटु दुख्दा न्यानो पार्न सक्दिन भो

तिम्रो लागि म रहिन,मेरो लागि तिमी रहिनौ
मीठो निन्द्रा निदाँउदा सपनीमा देख्दिन भो ।


  ↝↝↝  Ramesh Shrestha  ↜↜↜


Monday, June 5, 2017

म्वाइँ






एउटा प्रश्न सोधुँ भन्न सक्नुहुन्छ ?
अहँ सक्नुहुन्न पक्कै ढाट्नुहुन्छ
छ कोही साहसी भने कि आट्नुहुन्छ ,
प्रश्न यस्तो छ -
तपाइले चाँहि बताउनुहोला जस्तो छ ।
"कोही हुनुहुन्छ, जीन्दगीमा
कहिल्यै म्वाइँ नखाएको ?"
अहँ , कोही छैन म्वाइँ
नखाइकन आएको



चुरोट नखाएका होलान् पत्याउँछु
जाँड नखाएका होलान्
पत्याउँछु पान,सुपारी,खैनी,
तमाखु,प्याज,गोलभेंडा या
माछामासु खा'छैन भन्दा
पनि पत्याउछु तर.....त.....र
भन्नै पर्छ र ?
म्वाइँ खा'छैन या म्वाइँ ख्वा
छैन भन्छ भने कसैले म
कहाँ पत्याउँछु ।


यो त हुदै हुदैन
सम्भव छदै छैन
म्वाइँ नखाएका त मान्छे नै हुदैन ।
रङ्ग छैन,गन्ध छैन,
स्वाद छैन
खै कति खाइयो त्यो पनि याद छैन
न निलिन्छ,न चपाइन्छ
भन्नोस् -तपाई नै म्वाइँ
कसरी खाइन्छ ?
न खान नपाउँदैमा मरिन्छ
न त खादैमा पेट टम्मै भरिन्छ
जति खाए पनि न अघाइन्छ
धेरै खाएर न मोटाइन्छ
खानै नपाउदा न दुब्लाइन्छ।


म्वाइँ खानलाई न दाँत नै
चाहिन्छ
बालबृद्ध सबैको लागि
उपलब्ध छ म्वाइँ
हरेक ठाँउ अनि हर
मौसममा पाइन्छ
पकाउने,उसिन्ने,तार्ने,पोल्ने
कुनै झञ्झट गर्नै पर्दैन
फास्टफुडको बाउ छ यो
आँखा झिमिक्क नपार्दै भ्याइन्छ
बत्ति नै नभए पनि भेट्टाइन्छ।



अब अर्को प्रश्न छ,सुन्नुहोस्
पहिला अब तपाई नै भन्नुहोस्
सबैले खाएको र सबैले
खुवाएको म्वाइँ 'शाकाहारी'
भोजन हो कि 'मांसाहारी'
हो त ?
ठ्याक्कै उत्तर मिलाउन सक्ने को छ ?




सोझै मासुसित सम्बन्धित छ
तर यो 'मांसाहार' त होइन
सोझै मासु त खाइदैन
तैपनि 'शाकाहार' त होइन
पहिलै यै जुठो हुन्थ्यो
अहिले रै मीठो भा'छ
टि.भी. हेर्नोस् कि सिनेमा
थुतुनो जुधा'छ जुधा'छ ।


च्यापै समातेर खैरैले
क्वाप्पै म्वाइँ खान्छन् ।
रिसाउनु त परै जावस्
"थ्याङ्क यु थ्याङ्क यु"
पो भन्छन् ।
अलि बेग्लै छ हाम्रो
यताको चलन त
म्वाइँ पनि फुकुवा र
लुकुवा पो छन् त
सानी नानीको म्वाइँ
जसले,जहाँ,जतिखेर
खाए पनि हुन्छ
ठूली नानीको म्वाइँलाई
भने लगन चाहिन्छ ।


सम्धी,सम्धिनी,सासू र
बुहारीको म्वाइँ
जेठि सासू,जेठाजू र
आमाजूको म्वाइँ जति राम्रो
भएपनि खान नहुने
ज्वाइँको पनि म्वाइँ
यी बाहेक अरु सबै म्वाइँ
भाग्यमा भए खाए हुन्छ ,
सबले रमाई रमाई । 

Sunday, June 4, 2017

EPS (रोजगार अनुमति प्रणाली ) अन्तर्गतका ४ मुख्य बीमाहरु






(क)  कार्य  अवधि समाप्ति बीमाः 

साना वा मझौला कम्पनीहरुमा लगातार एक बर्ष भन्दा बढी
समय काम गरेको कामदारलाईएक बर्षमा कम्तिमा ३० दिन
बराबरको तलब रकम भुक्तानी दिने उद्येश्यले यो बीमाको व्यवस्था 
गरिएको हो । यो रकम कामदारको मृत्यु भएमा निजको हकवालाले
प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।


(ख)  घर फर्कने रकम  बीमाः 

आप्रवासी कामदारहरु आफनो करार अवधि बिताएर घर फर्कने 
अवस्थामा यातायात खर्च व्यवस्था गर्न सहज होस् भनेर यो बीमाको 
व्यवस्था गरिएको देखिन्छ । नेपाली कामदारहरुको हकमा यो रकम 
५ लाख वन तोकिएको छ । यो बीमा गर्दा लाग्ने प्रिमियमको रकम 
आप्रवासी कामदारहरुले नै शुरुमा नै तिर्नु पर्ने हुन्छ ।
आफू फर्कने बेलामा यो रकम प्राप्त गर्न कामदारले सम्बन्धित 
बीमा कम्पनीमा निवेदन दिएमा, कम्पनीले जांचबुझ गरी रकम
भुक्तानी गर्ने  व्यवस्था छ ।


(ग)  बांकी बक्यौता भुक्तानीका लागि ग्यारेण्टी बीमाः 

यो बीमा सम्बन्धित रोजगारदाताले कामदारलाई भुक्तानी दिनपर्ने
रकम वांकी राखेमा वीमाको माध्यमद्वारा भुक्तानी गरी बांकी
बक्यौता चुक्ता गरि सहज गरिने वीमा हो ।
 यो वीमा रोजगारदताले गर्न पर्ने व्यवस्था रहेको छ 
यसमा श्रम करार गरेको १५ दिन भित्र ग्यारेण्टी बीमाको सदस्यता
लिनु पर्दछ । यस अन्र्तगत तलब भुक्तान नभएमा वा ढिला भएमा
सम्बन्धित ब्यक्तिले निवेदन दिई भुक्तानी लिन सक्ने व्यवस्था रहेको छ ।


(घ) दुर्घटना बीमाः

दुर्घटना तथा अन्य कारणले चोटपटक लागेमा वा रोग लागेमा 
आप्रवासी कामदारलाई क्षतिपूर्ति दिन यो बीमाको सहयोग लिईन्छ 
आप्रवासी कामदारहरुले श्रम करार लागु भएको १५ दिन भित्र 
सदस्यता लिनु पर्दछ । आप्रवासी कामदारको मृत्यु भएमा वा रोग 
लागेमा यो रकम निज वा निजको हकदारले लिन सक्नेछ 






वर्गीकरण 
 मृत्यु :  बीमा रकम ३ करोड कोरियन वोन
 अशक्तता मृत्यु : ३ करोड कोरियन वोन सम्म 
 रोग : १ करोड पचास लाख कोरियन वोन
 दुर्घटना :  १ करोड पचास लाख कोरियन वोन सम्म 

बीमाको सदस्यताका लागि तीन बर्षका लागि एकमुष्ट प्रिमियम 
भुक्तानी गरिने तथा ब्यक्तिको लिङ्ग अनुसार बीमाको प्रिमियम
फरक - फरक हुन सक्ने । 


*अन्य चार मुख्य बीमाको सदस्यताः 

(१) औद्यौगिक दुर्घटना बीमा (अनिवार्य ब्यापार मालिक( रोजगार दाता) ले तिर्ने । 
(२) रोजगार बीमा (वैकल्पिक) आप्रवासी कामदारलाई मात्र स्वैच्छिक सदस्यता 
(३) स्वास्थ्य बीमा (अनिवार्य यो बीमामा आप्रवासी कामदारलाई रोजगार दिने प्रयोगकर्ता र 
      आप्रवासी कामदारले राष्ट्रिय स्वास्थ्य बीमा ऐन अन्र्तगत अनिवार्य सदस्यता लिनु पर्ने,






 Ramesh Shrestha
 South Korea
 E-mail: ramesh335@daum.net 
⟰⟰⟰⟰⟰⟰⟰⟰⟰
     ⤝⤝⤝⤝⤝






कोरियामा काम गर्नेहरूको केही जिज्ञासा र उत्तरहरुः


१. सर्मपित  कामदारहरुका लागि पुनः प्रवेश 
रोजगार प्रणाली भनेको के हो ? 
(What is re-entry system for 
committed workers?) 


- सर्मपित  कामदारहरुका लागि पुर्नप्रवेश  रोजगार 

प्रणाली कोरिया सरकारद्धारा लागू गरिएको एक बिशेष
थप  सुविधायुक्त  रोजगार सम्बन्धी (incentive policy measure) हो ।
रोजगार  अनुमति प्रणाली अन्र्तगत आएका आप्रवासी कामदारहरु 
जसले  कोरियामा रोजगारदाता ( Company ) परिवर्तन नगरी ४  (चार) बर्ष
१० (दश) महिनाको अवधि पूरा गरेर कोरियाबाट स्वदेश  फर्केको तीन (३) महिना पछि
पुनः आफू स्वदेश फर्कनु  अघिको कार्यस्थलमा ( कल कारखाना , कृषि, मत्स्यपालन 
ईत्यादि) आई थप अवधि काम गर्ने अवसर  प्राप्त गर्दछन् ।


२.  पुर्नप्रवेशको लागि कस्तो ब्यक्ति योग्य हुन्छन् ? 

- (क)  ई.पि.एस. अन्र्तगत कोरिया आएका आप्रवासी कामदारहरु, 
  (ख)  कम्पनी परिवर्तन नगरी सम्पूर्ण कार्य अवधि
         (चार बर्ष दश महिना) सोही रोजगारदाताकोमा काम गरेका
         (कोरियाको रोजागार तथा श्रम मन्त्रालयको घोषणाबाट 
        औपचारिक रुपमा बन्द  गरिएका व्यवसायिक 
         प्रतिष्ठानको हकमा भने यो शर्त लागु हुने छैन),
  (ग)   रोजगारदाताबाट पुनः प्रवेशको लागि सहमत भई  सम्बन्धित
         रोजगार  सेवा केन्द्रमा करारपत्रमा हस्ताक्षर गरेको, र 
  (घ)   कामदारले श्रम करार अवधि समाप्त हुन अघि नै 
         स्वेच्छिक रुपमा स्वदेश  फिर्ता भएको व्यक्ति
         पुर्नप्रवेशको लागि योग्य हुने छन् ।


३. पुर्नप्रवेश अनुमति प्रणालीका प्रकृयाहरुः 

 (क)  रोजगारदाताले नजिकको रोजगार  सेवा केन्द्रमा

        आफनो कामदारको करार अवधि समाप्त हुनु  भन्दा
        बढीमा तीस (३०) दिन तथा घटिमा सात (७) दिन अगावै 
        पुनः प्रवेश  रोजगारको लागि निवेदन  दर्ता गराउनु पर्नेछ । 
        रोजगारदातासंग पुनः प्रवेशको सम्झौता गरेको तथा स्वदेश जानु 
        अघि पुनः रोजगार गर्न पाउने  पत्र साथैमा लिएर जानु उपयुक्त हुनेछ ।


४.  पुर्नप्रवेशको लागि कामदार कहिले स्वदेश फर्कने ? 

कामदारहरुले रोजगार  सेवा केन्दबाट स्वीकृत पुन : प्रवेश 
रोजगार अनुमति प्राप्त गरी सकेपछि तथा आफनो रोजगार 
अवधि समाप्त हुनु अगावै अर्थात चार वर्ष दश महिना अगाडी नै 
अनिवार्य रुपमा स्वदेश फर्किसकेको हुनु पर्नेछ ।

५.  पुर्नप्रवेश रोजगार  प्रकृया कसरी अगाडि बढाउने ? 

- (क)  स्वदेश फर्केका कामदारहरुले, आफू फर्केको सात (७) दिन भित्र 
          सम्बन्धित कार्यालय (ई.पि.एस. शाखा कार्यालय, ग्वार्को ललितपुर) 
          मा आफ्नो नाम सुचिकृत गर्ने । 
          यसरी आवश्यक  प्रकृया पूरा गरी सकेपछि कामदारहरु तीन (३) 
          महिना भित्र समूहमा कोरियामा आउन सक्नेछन् । 
          कोरियामा स्वास्थ्य जांच  तथा बीमा सम्बन्धी कार्य पछि 
          त्यस्ता कामदारहरु आफना रोजगारदाताको कार्यस्थलहरुमा खटिन सक्ने छन् ।


६. सर्मपित कामदार पुर्नप्रवेश रोजगार  प्रणालीका फाईदाहरु के के हुन् ? 

यसरी आउने कामदारहरुले सेवा सम्बन्धि तालिम  तथा भाषा परीक्षा उत्र्तिण 

गर्नु नपर्ने तथा उनीहरुलाई उमेरको हदबन्दी समेत नलाग्ने  ब्यवस्था रहेको छ ।
साथै यस्ता कामदारहरुलाई शुरुमा ३ बर्ष कोअवधि रोजगार गर्न पाउने छन् र 
यदि त्यस्ता कामदारहरुका रोजगारदाताले कोरियाको श्रम तथा रोजगार 
मन्त्रालयबाट पुनः रोजगार  अनुमति प्राप्त गरेमा थप १ बर्ष १० महिना काम गर्न पाईने छ ।

७. पुर्नप्रवेश रोजगार  प्रणाली तथा शुरुमा आएको प्रणाली बीच के भिन्नता छ ? 

- कोरियामा प्रवेश पछि, शुरुमा प्रवेश गरेको रोजगार प्रणाली तथा यसका कार्यगत 

पद्धति समान छन् । तर पुनः प्रवेश प्रणाली अन्र्तगत आएका कामदारहरुले अन्य 
रोजगारदाता तथा अन्य कम्पनीमा (कम्पनी परिवर्तन गरी) काम गर्न पाउने छैनन् ।
जुन रोजगारदाताको कम्पनीमा पुन प्रवेश रोजगार अनुमति पाएको हो सोही 
कम्पनीमा काम गर्नु पर्ने हुन्छ ।




















८. Special EPS-TOPIK भनेको के हो ? 

- रोजगार अनुमति प्रणाली अन्र्तगत कोरियामा आएका बिदेशी कामदारहरुले 

कोरियामा शुरुको तीन (३) बर्षको रोजगार अवधि पछिको थप रोजगार अवधि
(एक वर्ष दश महिना) समाप्त हुनु अगावै स्वेच्छिक रुपमा स्वदेश फर्किएर 
कम्प्युटरमा आधारित बिशेष परीक्षा उत्तिर्ण गरेमा स्वदेश फर्केको ६ महिना पछि
रोजगारको लागि कोरियामा पुनः प्रवेश गर्न सक्ने अनुमति हो ।

९. Special EPS-TOPIK को लागि के योग्यता चाहिन्छ ? 


(क)   Eps अन्र्तगत कोरियामा आएका बिदेशी कामदारहरु जसले कोरियामा 

शुरुको रोजगार अवधि पछिको थप रोजगार अवधि समाप्त हुनु अगावै स्वेच्छिक रुपमा 
स्वदेश फर्किएका र उमेर ३९ बर्ष ननाघेको हुनु पर्नेछ ।

१०. Special EPS- TOPIK को लागि परीक्षा कहिले र कहां हुन्छ ? 

यो परीक्षा नेपाली कामदारहरुको हकमा नेपालको ललितपुरको ग्वार्कोमा रहेको (TOPIK CBT center ) 

मा तोकिएको मिति र समयमा हुन्छ । यस सम्वन्धमा EPS शाखामा सम्पर्क गरी परीक्षाको विषयमा थप 
जानकारी लिन सुझाव गरिन्छ ।

११. Special  EPS- TOPIK को फाईदाहरु के के हुन् ? 

यस प्रणाली अन्र्तगत रोजगारीका लागि आउने कामदारहरुले पनि शुरुको अवधि जस्तै 
कोरियामा कार्य गर्ने अवसर प्राप्त गर्दछन् । यस्ता कामदारहरुले अभिमुखिकरण तालिम
लिई रहनु पर्दैन ।

१२.  Special EPS- TOPIK र Re -entry System for 
Committed Workers को बीचमा के फरक छ ? 


-  Re-entry System for Committed Workers व्यवस्था
   ति कामदारहरुको लागि उपलब्ध छन् जो कृषि, पशुपालन तथा मत्स्य, 
   तथा साना उत्पादनमूलक कम्पनी (Agriculture & livestock and fishery industries or 
   small manufacturing companies) हरुमा काम गरेका हुन् । तर 
   Special EPS- TOPIK चाहि उद्योग तथा व्यवसायको सिमितताबाट प्रभावित छैन ।
   Re-entry System for Committed Workers  ई.पि. एस. अन्र्तगत कोरिया आई 
   कम्पनी परिवर्तन नगरी सम्पूर्ण कार्य अवधि (चार बर्ष दश महिना)  सोही रोजगारदाताकोमा
   काम गरेको तथा रोजगारदाताबाट पुनः प्रवेशको लागि सहमत भई सम्बन्धित रोजगार सेवा केन्दबाट 
   स्वीकृत भई, रोजगार अवधि समाप्त हुनअघि नै स्वेच्छिक रुपमा स्वदेश फिर्ता भएको हुनु पर्दछ ।
   तर 
   Special EPS- TOPIK प्रणाली भने 
   EPS अन्र्तगत कोरियामा आएका बिदेशी कामदारहरु जसले कोरियामा शुरुको तीन (३) बर्षको 
   रोजगार अवधि पछिको थप रोजगार अवधि समाप्त हुनु अगावै स्वेच्छिक रुपमा स्वदेश फर्किएकाहरु मात्र 
   समावेश हुन पाउंदछन् (यस प्रणालीमा कम्पनी परिवर्तन गरेको भए पनि सहभागी हुन पाउंदछन् ।
   Re-entry System for Committed Workers अन्र्तगतका कामदारहरुले EPS ( EPS- TOPIK ) 
   परीक्षा दिनु पर्दैन तथा उनीहरु कोरियाबाट को तीन (३) महिना भित्र पछि पुनः प्रवेशको अनुमति प्राप्त 
   गर्न सक्छन् । ( Special EPS- TOPIK का निवेदकहरुले CBT ( Computer based test) Test 
   उत्तिर्ण गर्नु अनिवार्य छ तथा कोरिया फर्कनु अघि स्वदेशमा ६ महिना बिताएको हुनु पर्नेछ ।

 


  



                                                        Ramesh Shrestha

                                                           South Korea
                                                E-mail: ramesh335@daum.net

                                                           ⟰⟰⟰⟰⟰⟰

Friday, June 2, 2017

प्रेममा मान्छे पागल हुन्छ

प्रेममा मान्छे पागल हुन्छ,
यो कुनै नौलो भनाइ हैन, निकै पुरानो हो ।
अमेरिकाको लस एन्जल्स स्थित हलिउड इलाकामा यस्तै एक घटना घटेको छ ।


घटना घटेको स्थान सनसेट बाउलवार्ड स्ट्रीटका मानिसहरुलाई
पहिले त यो कुनै फिल्मको शुटिंग जस्तो लाग्यो

तर उसले सडकमा गुडेका
गाडी र मानिसहरुमाथि निरन्तर गोली हान्न थालेपछि सबैको होश हवास उड्यो ।

यो गोलाबारी जब ब्रेहम नामक व्यक्तिले गराएका थिए ।
उनले बीच सडकमा सिनेमाको हिरो जस्तो
किन यसरी पागलपन देखाए त भन्ने प्रश्नको उत्तर
त्यतिकै थाती रह्यो जब सर्वसाधारणको ज्यान जोगाउन पुगेका प्रहरीहरुले
उनलाई गोली हानेर मारिदिए ।

अनुसन्धानको क्रममा
उनको फेसबुकमा लेखिएको स्टाटसले
यो रहस्यको पर्दा खोलीदियो ।
जसमा उनले प्रेमीकासंग बिछोड भएको कुरा
उल्लेख गरेका थिए ।
प्रेमीकाले छाडेको आवेशमा
पागलपनको शिकार भएर उनले यो घटना गराएका रहेछन ।
धोका दिने प्रेमीका त पाएनन् पाएनन्
आखिर उनको पागलपनले आफ्नै ज्यान पनि भन्न पाएनन्।

कसरि महान् बन्ने ?

' रूखका हाँगाविँगाहरू
जति-जति आकाशमा फैलिएका हुन्छन् 
त्यति नै त्यसका जराहरू
जमिनमा पनि धसिएका हुन्छन् ।'

हामी मास्तिरका हाँगाहरू
त देख्छौ तर
जमिनमुनि धसिएका
जराहरू देख्दैनौ,
त्यही अदृश्य वस्तु नै
महान् बन्ने सूत्र हो ।
महापुरूषहरूको
सुत्र पनि त्यही हो ।

महान् बन्नेहरू एकैचोटि
माथि जान खोज्दैनन् ,
उनीहरू तलबाट खोज्न
सुरू गर्छन् ।
यसरी तल जाने क्षमता
राख्ने मनोवृत्तिले
उनीहरूलाई Automatically माथि उठाइदिन्छ ।
जो तल जान राजी छैन ,
ऊ माथि जाने भनेको त
कल्पनामात्रै हो ।

@ माइण्ड -पावर
डा. योगी विकाशानन्द

Thursday, June 1, 2017

National Anthem / राष्ट्रिय गान





राष्ट्रिय गान :


सयौ थुङ्गा फूलका हामी,
एउटै माला नेपाली
सार्वभौम भई फैलिएका,
मेची महाकाली


प्रकृतिका कोटिकोटी, सम्पदाको आँचल
वीरहरुका रगतले , स्वतन्त्र र अटल

ज्ञानभूमि, शान्तिभूमि,
तराई ,पहाड हिमाल 
अखण्ड यो प्यारो हाम्रो
मातृभूमि नेपाल

बहुल जाति, भाषा, धर्म,
संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो,
जय - जय नेपाल ।



रचनाकार : व्याकुल माइला(प्रदिपकुमार राई)
संगितकार : अम्बर गुरुङ
संगित संयोजक : शरद गुरुङ