Sunday, June 4, 2017

कोरियामा काम गर्नेहरूको केही जिज्ञासा र उत्तरहरुः


१. सर्मपित  कामदारहरुका लागि पुनः प्रवेश 
रोजगार प्रणाली भनेको के हो ? 
(What is re-entry system for 
committed workers?) 


- सर्मपित  कामदारहरुका लागि पुर्नप्रवेश  रोजगार 

प्रणाली कोरिया सरकारद्धारा लागू गरिएको एक बिशेष
थप  सुविधायुक्त  रोजगार सम्बन्धी (incentive policy measure) हो ।
रोजगार  अनुमति प्रणाली अन्र्तगत आएका आप्रवासी कामदारहरु 
जसले  कोरियामा रोजगारदाता ( Company ) परिवर्तन नगरी ४  (चार) बर्ष
१० (दश) महिनाको अवधि पूरा गरेर कोरियाबाट स्वदेश  फर्केको तीन (३) महिना पछि
पुनः आफू स्वदेश फर्कनु  अघिको कार्यस्थलमा ( कल कारखाना , कृषि, मत्स्यपालन 
ईत्यादि) आई थप अवधि काम गर्ने अवसर  प्राप्त गर्दछन् ।


२.  पुर्नप्रवेशको लागि कस्तो ब्यक्ति योग्य हुन्छन् ? 

- (क)  ई.पि.एस. अन्र्तगत कोरिया आएका आप्रवासी कामदारहरु, 
  (ख)  कम्पनी परिवर्तन नगरी सम्पूर्ण कार्य अवधि
         (चार बर्ष दश महिना) सोही रोजगारदाताकोमा काम गरेका
         (कोरियाको रोजागार तथा श्रम मन्त्रालयको घोषणाबाट 
        औपचारिक रुपमा बन्द  गरिएका व्यवसायिक 
         प्रतिष्ठानको हकमा भने यो शर्त लागु हुने छैन),
  (ग)   रोजगारदाताबाट पुनः प्रवेशको लागि सहमत भई  सम्बन्धित
         रोजगार  सेवा केन्द्रमा करारपत्रमा हस्ताक्षर गरेको, र 
  (घ)   कामदारले श्रम करार अवधि समाप्त हुन अघि नै 
         स्वेच्छिक रुपमा स्वदेश  फिर्ता भएको व्यक्ति
         पुर्नप्रवेशको लागि योग्य हुने छन् ।


३. पुर्नप्रवेश अनुमति प्रणालीका प्रकृयाहरुः 

 (क)  रोजगारदाताले नजिकको रोजगार  सेवा केन्द्रमा

        आफनो कामदारको करार अवधि समाप्त हुनु  भन्दा
        बढीमा तीस (३०) दिन तथा घटिमा सात (७) दिन अगावै 
        पुनः प्रवेश  रोजगारको लागि निवेदन  दर्ता गराउनु पर्नेछ । 
        रोजगारदातासंग पुनः प्रवेशको सम्झौता गरेको तथा स्वदेश जानु 
        अघि पुनः रोजगार गर्न पाउने  पत्र साथैमा लिएर जानु उपयुक्त हुनेछ ।


४.  पुर्नप्रवेशको लागि कामदार कहिले स्वदेश फर्कने ? 

कामदारहरुले रोजगार  सेवा केन्दबाट स्वीकृत पुन : प्रवेश 
रोजगार अनुमति प्राप्त गरी सकेपछि तथा आफनो रोजगार 
अवधि समाप्त हुनु अगावै अर्थात चार वर्ष दश महिना अगाडी नै 
अनिवार्य रुपमा स्वदेश फर्किसकेको हुनु पर्नेछ ।

५.  पुर्नप्रवेश रोजगार  प्रकृया कसरी अगाडि बढाउने ? 

- (क)  स्वदेश फर्केका कामदारहरुले, आफू फर्केको सात (७) दिन भित्र 
          सम्बन्धित कार्यालय (ई.पि.एस. शाखा कार्यालय, ग्वार्को ललितपुर) 
          मा आफ्नो नाम सुचिकृत गर्ने । 
          यसरी आवश्यक  प्रकृया पूरा गरी सकेपछि कामदारहरु तीन (३) 
          महिना भित्र समूहमा कोरियामा आउन सक्नेछन् । 
          कोरियामा स्वास्थ्य जांच  तथा बीमा सम्बन्धी कार्य पछि 
          त्यस्ता कामदारहरु आफना रोजगारदाताको कार्यस्थलहरुमा खटिन सक्ने छन् ।


६. सर्मपित कामदार पुर्नप्रवेश रोजगार  प्रणालीका फाईदाहरु के के हुन् ? 

यसरी आउने कामदारहरुले सेवा सम्बन्धि तालिम  तथा भाषा परीक्षा उत्र्तिण 

गर्नु नपर्ने तथा उनीहरुलाई उमेरको हदबन्दी समेत नलाग्ने  ब्यवस्था रहेको छ ।
साथै यस्ता कामदारहरुलाई शुरुमा ३ बर्ष कोअवधि रोजगार गर्न पाउने छन् र 
यदि त्यस्ता कामदारहरुका रोजगारदाताले कोरियाको श्रम तथा रोजगार 
मन्त्रालयबाट पुनः रोजगार  अनुमति प्राप्त गरेमा थप १ बर्ष १० महिना काम गर्न पाईने छ ।

७. पुर्नप्रवेश रोजगार  प्रणाली तथा शुरुमा आएको प्रणाली बीच के भिन्नता छ ? 

- कोरियामा प्रवेश पछि, शुरुमा प्रवेश गरेको रोजगार प्रणाली तथा यसका कार्यगत 

पद्धति समान छन् । तर पुनः प्रवेश प्रणाली अन्र्तगत आएका कामदारहरुले अन्य 
रोजगारदाता तथा अन्य कम्पनीमा (कम्पनी परिवर्तन गरी) काम गर्न पाउने छैनन् ।
जुन रोजगारदाताको कम्पनीमा पुन प्रवेश रोजगार अनुमति पाएको हो सोही 
कम्पनीमा काम गर्नु पर्ने हुन्छ ।




















८. Special EPS-TOPIK भनेको के हो ? 

- रोजगार अनुमति प्रणाली अन्र्तगत कोरियामा आएका बिदेशी कामदारहरुले 

कोरियामा शुरुको तीन (३) बर्षको रोजगार अवधि पछिको थप रोजगार अवधि
(एक वर्ष दश महिना) समाप्त हुनु अगावै स्वेच्छिक रुपमा स्वदेश फर्किएर 
कम्प्युटरमा आधारित बिशेष परीक्षा उत्तिर्ण गरेमा स्वदेश फर्केको ६ महिना पछि
रोजगारको लागि कोरियामा पुनः प्रवेश गर्न सक्ने अनुमति हो ।

९. Special EPS-TOPIK को लागि के योग्यता चाहिन्छ ? 


(क)   Eps अन्र्तगत कोरियामा आएका बिदेशी कामदारहरु जसले कोरियामा 

शुरुको रोजगार अवधि पछिको थप रोजगार अवधि समाप्त हुनु अगावै स्वेच्छिक रुपमा 
स्वदेश फर्किएका र उमेर ३९ बर्ष ननाघेको हुनु पर्नेछ ।

१०. Special EPS- TOPIK को लागि परीक्षा कहिले र कहां हुन्छ ? 

यो परीक्षा नेपाली कामदारहरुको हकमा नेपालको ललितपुरको ग्वार्कोमा रहेको (TOPIK CBT center ) 

मा तोकिएको मिति र समयमा हुन्छ । यस सम्वन्धमा EPS शाखामा सम्पर्क गरी परीक्षाको विषयमा थप 
जानकारी लिन सुझाव गरिन्छ ।

११. Special  EPS- TOPIK को फाईदाहरु के के हुन् ? 

यस प्रणाली अन्र्तगत रोजगारीका लागि आउने कामदारहरुले पनि शुरुको अवधि जस्तै 
कोरियामा कार्य गर्ने अवसर प्राप्त गर्दछन् । यस्ता कामदारहरुले अभिमुखिकरण तालिम
लिई रहनु पर्दैन ।

१२.  Special EPS- TOPIK र Re -entry System for 
Committed Workers को बीचमा के फरक छ ? 


-  Re-entry System for Committed Workers व्यवस्था
   ति कामदारहरुको लागि उपलब्ध छन् जो कृषि, पशुपालन तथा मत्स्य, 
   तथा साना उत्पादनमूलक कम्पनी (Agriculture & livestock and fishery industries or 
   small manufacturing companies) हरुमा काम गरेका हुन् । तर 
   Special EPS- TOPIK चाहि उद्योग तथा व्यवसायको सिमितताबाट प्रभावित छैन ।
   Re-entry System for Committed Workers  ई.पि. एस. अन्र्तगत कोरिया आई 
   कम्पनी परिवर्तन नगरी सम्पूर्ण कार्य अवधि (चार बर्ष दश महिना)  सोही रोजगारदाताकोमा
   काम गरेको तथा रोजगारदाताबाट पुनः प्रवेशको लागि सहमत भई सम्बन्धित रोजगार सेवा केन्दबाट 
   स्वीकृत भई, रोजगार अवधि समाप्त हुनअघि नै स्वेच्छिक रुपमा स्वदेश फिर्ता भएको हुनु पर्दछ ।
   तर 
   Special EPS- TOPIK प्रणाली भने 
   EPS अन्र्तगत कोरियामा आएका बिदेशी कामदारहरु जसले कोरियामा शुरुको तीन (३) बर्षको 
   रोजगार अवधि पछिको थप रोजगार अवधि समाप्त हुनु अगावै स्वेच्छिक रुपमा स्वदेश फर्किएकाहरु मात्र 
   समावेश हुन पाउंदछन् (यस प्रणालीमा कम्पनी परिवर्तन गरेको भए पनि सहभागी हुन पाउंदछन् ।
   Re-entry System for Committed Workers अन्र्तगतका कामदारहरुले EPS ( EPS- TOPIK ) 
   परीक्षा दिनु पर्दैन तथा उनीहरु कोरियाबाट को तीन (३) महिना भित्र पछि पुनः प्रवेशको अनुमति प्राप्त 
   गर्न सक्छन् । ( Special EPS- TOPIK का निवेदकहरुले CBT ( Computer based test) Test 
   उत्तिर्ण गर्नु अनिवार्य छ तथा कोरिया फर्कनु अघि स्वदेशमा ६ महिना बिताएको हुनु पर्नेछ ।

 


  



                                                        Ramesh Shrestha

                                                           South Korea
                                                E-mail: ramesh335@daum.net

                                                           ⟰⟰⟰⟰⟰⟰

No comments:

Post a Comment