रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरिया आएको ४ महिना पनि नपुग्दै नेपालको स्थाई घर गुल्मी भई हाल बुटवलको नयांगाउं बस्दै आएका कमल कार्कीले आज विहान आत्माहत्या गरेको छ ।
ख्यङगिदोको हवासङ स्थित छोआमको एक मोर्टरपार्टस बनाउने कम्पनीमा कार्यरत कार्की कम्पनीको छेउमा रहेको गोदामको फलामे बिममा झुण्डी रहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई रिपोर्ट गरेकोकम्पनीमा संगै काम गर्नेसहकर्मी आर मगरले टेलिफोन मार्फत जानकारी दिनु भएकोछ ।
सहकर्मी मगरका अनुसार मृतक कार्की कोरिया आएको अन्दाजी ४ महिना पनि नभएको बताए । नेपालबाट आएर आनसानको एक कम्पनीमा काम गरेको रहेछ । त्यो कम्पनीमा काम गर्न गाह्रो भएर हाम्रो कम्पनीमा आएको अन्दाजी एक महिना जति मात्र हुदैछ । एलियन कार्ड पनि यहि कम्पनीमा आएर बनाएको सहकर्मी मगरले बताए ।
सो कम्पनीमा ११ जना नेपालीहरु कार्यरत थिए । विदेशी कामदारहरु कम्पनी देखि अन्दाजी १५० मिटरको दुरीमा रहेको कन्टेनरमा बनाएको होस्टेल ( खिसुक्सा) मा बस्ने गर्दथे । कोठामा मृतक कार्कीसंग संगै सुत्ने अर्को नेपालीले हिजो राती बाहिर संगै खाना खाएर कोठामा आएको थियौ । रातको २ बजे तीर कोठाबाट निस्केको थाहा पाएको थिए । शौचालय गएको होला भनेर त्यति वास्ता गरिन तर विहान सुति रहेको अवस्थामा कोरियनले आएर कार्कीले आत्माहत्या गरयो भनेको सुन्दा चकित र स्तव्ध भएको बताए।
काम सकिने वितिकै मोबाईल फोनमा व्यस्त रहने मृतक कार्कीको आत्माहत्या कम्पनीमा कामको प्रेसरले नभई पारिवारीक विषयका कारण हुन सक्ने अनुमान संगै काम गर्ने नेपालीहरु बताउछन ।
नेपाली युवाहरुको लागी वैदशीक रोजगारमा दक्षिण कोरिया अति लोकप्रिय भएसंगै आत्माहत्या गर्नेहरुको संख्यामा पनि अत्याधिक बृद्धि भई रहेको छ । यस विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण हुनु आवश्यक देखिन्छ ।
By नेपाली कोरिया ड्ट कम
No comments:
Post a Comment