Wednesday, July 26, 2017

इपियस परिक्षामा पास हुने 12 हजार एक सय आठ जना ले ध्यान दिनु पर्ने महत्त्वपुर्ण कुराहरु



इपियस परिक्षामा पास हुने 12 हजार एक सय आठ जना ले ध्यान दिनु पर्ने महत्त्वपुर्ण कुराहरु






एक पटक अवस्य पढौं-
1: भाषा पास हुदैमा सबै जना कोरिया आउँछ भन्न्ने ग्यारेन्टी छैन तेहि माथी माग सङ्ख्या भन्दा 1900 जना बढी नै पास भएको देखिन्छ। तेहि माथी मेडिकल मा फालिने हरु पनि थुप्रै हुन्छ्न ।नेपाल मा मेडिकल फेल भएर नि पैसा को चलखेल गरि कोरिया आउनु हुन्छ भने त्यो पनि गलत छ यहाँ पनि तीन दिने ट्रेनिङ सेन्टर (HRD) मा पनि मेडिकल हुनेछ धेरै जना यहि बाटै फर्केको पनि धेरै छन।
2: आफू पास भयो भनेर खुसीयालि मनाउदै पार्टी दिने काम नगरौ तेहि पार्टी दिएर पछि धुरु धुरु रोएको मेरै आखाले देखेको छु। जब सम्म आफ्नो लेबर कन्ट्याक्ट आउदैन तब सम्म आफ्नो काम कर्तब्य के हो अहिले के गर्दै हुनुहुन्छ तेसैलाई निरन्तरता दिनु होला पास भयो भन्दैमा आफुले गरि रहेको व्यापार ब्याबसाय नोकारी पढाइ केही नछोड्नु होला।
3:लेबर कन्ट्याक्ट आएर मात्रै पनि हुदैन क्यान्सिल हुन पनि सक्छ त्यो तपाईं को भाग्य मा भर पर्दछ। फ्लाईट सेडुल पनि क्यान्सिल हुन सक्छ गत बर्स फ्लाईट सेडुल छ महिना सम्म सरेको थियो यो बर्स पनि नहोला भन्न सकिन्न।
4:जब तपाईं कोरिया जाने मन भएर नै मेहेनत गरेर पास हुनु भयो अब कोरिया के को लागि जान लागेको हो सिर्फ पैसा कमाउन को लागि नै हो रहर ले त पक्कै पनि होइन पैसा कमाउन आई सके पछि भै परि आउने समस्या हरु बाधा अड्चन दुख सबै ग्रहण गर्न सक्नु हुन्छ भने मात्रै कोरिया आउनु होला यहाँ आएर काम गार्हो साउ को कचकच भासा को समस्या खान पिन को समस्या घर परिवार को समस्या यस्ता सबै कुरा हरु लाई म डटेर सामना गर्छु जस्तो सुकै बाधा अडचन आई परे पनि म सहन तयार छु मैले देखेको सपना पूरा गर्नु छ भन्ने हिम्मत छ भने मात्रै कोरिया आउनु होला।
5: कुखुराको मुटु लिएर आउनु हुन्छ भने कोरिया न आउदा नै हुन्छ अरु देश भन्दा अलि फरक र धेरै नै मेहेनत गर्नु पर्ने हुन्छ काम गरे अनुसार को कमाई पनि हुन्छ कोरिया को सबै कम्पनी राम्रै हुन्छ भन्ने पनि छैन आफुले देखेको सपना पुरा नहुन पनि सक्छ तेस्तो अबस्था मा आफ्नो ज्यानै फाल्ने नेपाली साथि हरु पनि प्रसस्तै छन कोरिया का मानिस हरु अरु देश को भन्दा मेहेनती र मिलनसार पनि हुन्छन कुनै कुनै चाहिँ सारै गए गुज्रेकै हुन्छ तेस्ता को फेला परियो भने चाहिँ छ महिना सम्म तलब नदिने हरु पनि छन र आफ्नो छोरा छोरी लाई झै पालन पोषण गर्ने पनि सय मा एक दुई जना भेट्नु हुनेछ।
6:जति पनि पास हुनु भएका दाजु भाइ दिदी बहिनी हरु कोहि आफैले जाँच दिएर पास हुने हरु ले पनि अझै धेरै कोरियन भाषा कोरियन कल्चर को बारेमा अध्यन गर्नुस कोहि एस्ता पनि छन दाइ को भाइ ले जाँच दिएको कोहि बैनी को दिदिले त कोहि 4 देखिन 7 लाख सम्म पैसा लिएर जाँच दिएर नाम निकालेको एस्तो जो कोहि छ भने तपाईं हरु नै हो कोरिया मा मर्ने चाहिँ किनकी तपाईं लाई पहिलो कुरा भासा नै थाहा छैन भने काम कसरी गर्नुहुन्छ झार काट भन्दा तार काटेर एउटा भाइ हस्पिटल मैले नै पुर्याएको छु।अर्का को फोटो टासेर अनुहार मिलाएर जाँच दियि कोहि पास हुनु भएको छ भने कोरिया त छिर्नु हुन्छ तर तपाइको एलियन कार्ड बनाउन जादा एउटा पुर्ब कि कमला राई नाम परिबर्तन बैनी लाई नेपाल फर्काएको मेरै आँखा ले देखेको छु किन कसरी भनेर सबै गल्ती गर्ने हरु सङ्ग बुझ्दा एस्तो सेटिङ पनि चल्दो रैछ भन्ने थाहा पाए।
7: म्यानुफ्याक्चर ( कम्पनी) मा काम गर्दा पनि धेरै जोखिम हुन्छ 1800डिग्री को भट्टी को तातो मा बसेर पनि काम गर्नु पर्ने हुन्छ धुलो धुवा प्रसस्तै खानु पर्छ सबै कम्पनी एकै नास को हुदैन कुनै रबर कुनै प्लास्टिक कुनै फलाम कुनै आल्मुनियम कुनै फर्निचर कुनै कागज प्राय नेपाली दाजु भाइ दिदी बहिनी आउने र गर्ने काम भनेको 3D नै हो काम गर्दा सजिलो त कतै पनि छैन । मैले जस्तो सुकै काम गर्न सक्छु भन्ने हिम्मत लिएर आउनुहोला।
8: एग्रीकल्चर( कृषि ) कोरिया को सबै भन्दा गार्हो काम नै कृषि मा हुने गर्दछ 40 डिग्री को टन्टलापुर घाम मा गोल्भेडा साग खुर्सानी काक्रो भान्टा मिनारी पेचु मुला सिलामको पत्ता टिप्नु पर्ने हुन्छ काम बिहानै देखि बेलुका सम्म गर्नै पर्ने हुन्छ छुट्टी पनि प्राय हुदैन खाने बस्ने को टुङ्गो हुदैन बजार को मुख देख्न पनि पाईदैन जब त्यहा काम गर्ने बाताबरण हुदैन तब विभिन्न समस्या हरु आई पर्दछ्न कुनै साउ ले बुझेको हुन्छ कम्पनी परिबर्तन गरिदिन्छ्न 90%ले त दिदैन कृषि मा जब कम्पनी चेन्ज भए पछि अन्डा बुङ्गुर च्याउ कुखुरा पालन मा बाहिरी भन्दा धेरै सहज र सबै सुबिधा सम्पन पनि हुने गर्दछ।

कोरिया आउनु भन्दा अगाडि यो मेरो सानो लेख पढ्नु भयो भने तपाईं हरु को कोरिया बसाई सहज हुनेछ यो सबै सत्य नै हो मैले मेरै आँखा ले देखेको कुरा हरु छोटकरी मा लेखेको छु। धन्यवाद !!!!!!
by चन्द्र लामा अनुराग, हाल दक्षिण कोरिया

No comments:

Post a Comment