Wednesday, July 26, 2017

'स्किल टेष्ट’ नलिइने , परीक्षामा बढि अंक ल्याएका प्राथमिकतामा


काठमाडौं , आठौं कोरियन भाषा परीक्षा उत्तीर्णको स्किल टेष्ट नलिइने भएको छ । उत्तीर्णको संख्या धेरै भएकाले स्किल टेष्ट नलिइने मानव संसाधन विकास (एचआरडी) कोरिया इपिएस सेन्टर नेपालले जनाएको छ । 
यसअघिका वर्षमा भाषा परीक्षा पास गरेकाहरुको कोरियामा काम गर्नुपर्ने क्षेत्रका आधारमा सिप परीक्षण गरिन्थ्यो । स्किल टेष्टका आधारमा रोजगारदाताले कामदार छनौट गर्थे । स्किल टेष्ट नहुने भएपछि परीक्षामा बढि अंक प्राप्त गरेकालाई याे वर्ष प्राथमिकता दिइनेछ। 
मंगलबार सार्वजनिक गरिएको नतिजा अनुसार यो वर्षको भाषा परीक्षामा १२ हजार १०८ जना उत्तिर्ण भएका छन् । औद्योगिक क्षेत्रतर्फ ४ हजार ५३० र कृषि तथा पशुपालन क्षेत्रतर्फ ७ हजार ५७८ र जना उत्तीर्ण भएका हुन् । सन् २०१८ मा कोरियाले १० हजार २ सय नेपालीलाई रोजगारीका लागि लैजाने घोषणा गरिसकेको छ । 

No comments:

Post a Comment