Saturday, July 15, 2017

कोरियामा मजदुरको २०१८ जनवरी १ देखि लागू हुनेगरी   १६.४ प्रतिशतले वृद्धि


दक्षिण  कोरियामा रहनु हुने नेपालीहरुको लागि खुसिको खबर


दक्षिण कोरियामा कार्यरत प्रवासी मजदुरहरुकाे पारिश्रमिक बृद्धी भएको छ। कोरियामा मजदुरको २०१८ जनवरी १ देखि लागू हुनेगरी   १६.४ प्रतिशतले वृद्धि भएको हो।
आज बसेको न्युनतम ज्याला निर्धारण समिति को ११औं बैठकले २०१८ को लागि न्युनतम ज्याला ७,५३० वन निर्धारण गरेको छ।

आज को बैठक मा मजदुर पक्षका सदस्य ,कम्पनी व्यवस्थापन पक्षको सदस्य र सरकारका प्रतिनिधि सबै गरि २७ जना सहभागी भएका थिए ।
तलव धेरै बढाउन न मिल्ने माग कम्पनी , व्यवस्थापक पक्षहरुले राख्दै आएका थिए भने मजदुर संगठन ले १० हजार वन हुनुपर्ने माग राख्दै आएको थियो।
१०औं पटकको बैठक सम्म कुनै सहमती हुन नसके पछि मजदुर संगठनको प्रतिनिधिले आफ्नो माग १० हजार वन बाट घटेर ७५३० वन को प्रस्ताव राखेको थियो र उक्त प्रस्ताव  माथी मतदान हुदा मजदुर प्रतिनिधिले राखेको प्रस्तावको पक्षमा १५ मत परेको थियो।

मजदुर युनियनले प्रतिघण्टा १० हजार वन हुनु पर्ने माग राख्दै आएका थिए । व्यवसायी संघले भने २.४ प्रतिशत बढाउने पक्षमा रहेका थिए । कोरियामा हरेक वर्ष जुलाई महिनामा मजदुर पारिश्रमीक बढाउने गर्छन् । १० वर्ष पछि यसपाली १० प्रतिशत भन्दा माथि पारिश्रमीक बढेको हो । सन २००७ मा १२.३ प्रतिशत बृद्धी भएको थियो । हालै निर्वाचित राष्ट्रपति मुन जे इनले सन २०२० सम्मा प्रतिघण्टा १० हजार वन पुराउने लक्ष्य लिए अनुसार यसपालीको पारिक्षमिक वृद्धीलाई ग्रिन सिंग्नलको रुपमा लिएका छन् ।


 तोकिएको तलव अनुसार अब कोरियाम  रहेका मजदुरहरूले सन २०१८ जनवरी देखि दिनको दिन ८ घण्टा काम गरे बापत महिनामा १५,७३,७७० वन तलव पाउने छ्न।

समाचार स्रोत: उदय राई
अध्यक्ष प्रवासी मजदुर संगठन(एमटियु)

No comments:

Post a Comment