Wednesday, July 19, 2017

इपिएस कामदारको बसाइ लम्याउन कोरियाले छुट्टै खालको भिषा प्रणाली लागु गर्ने


कोरिया सरकारले साना तथा मझौला कम्पनिहरुमा दक्ष तथा अनुभबी कामदारको अभावलाई पूर्ति गर्न छुट्टै खालको भिषा प्रणाली लागु गर्ने भएको छ l


इपिएस मार्फत कोरिया आएका कामदारको समयावधि ४ बर्ष १० महिना मात्र हुने हुनाले अनुभबी कामदारको कोरिया बसाइलाई थप लम्ब्याउन E7-4 भिषा लागु गर्न लागेको यहाको न्याय मन्त्रालयले बुधबार बताएको छ l 

उक्त भिषाको लागि कोरियामा   E 9,  E10  तथा  H2 भिषामा कार्यरत  कुनैपनि बिदेशी कामदारले निबेदन दिन  सक्ने बताइएको छ l
यसभन्दा पहिला इपिएस मार्फत कोरिया आएका कामदारले आफ्नो कोरिया बसाइलाई लम्ब्याउन E7 भिषाको लागि निबेदन दिन पाउने नियम भएकोमा अब देखि E7-4  भिषाको लागि पनि निबेदन दिने पाउने छन् l 

यद्धपी E7-4  भिषाको लागि पनि केहि क्राइटेरिया जस्तै उमेरको हदबन्दी ,आम्दानि ,कामको अनुभब तथा भाषाको दक्षता  पुरा गर्नु पर्ने भएपनि E7 भिषाको क्राइटेरिया भन्दा धेरै निकै खुकुलो हुने जनाइएको छ l उत्पादनमुलक ,कृषि तथा मत्स्य पालन आदि क्षेत्रमा काम गर्ने कामदारले उक्त भिषाको लागि निबेदन दिन सक्ने छन् l

यसरि थप भिषाको लागि निबेदन दिने कामदारको कामको अनुभब ,आम्दानि ,उमेर , भाषाको दक्षता , शैक्षिक योग्यता  आदिलाई आधार मानेर ५० अंक भन्दा माथि ल्याउनेले उक्त भिषा प्राप्त गर्न सक्ने बताइए पनि  टपिक लेबल कति पास गर्नु पर्ने  भने खुलाइएको छैन l

नयाँ भिषा प्रणालीले साना तथा  मझौला कम्पनीहरुमा दक्ष तथा अनुभबी कामदारको अभाब नहुने न्याय मन्त्रालयको बुझाई छ l
यसरि मापदण्ड पुरागरी   E7-4 भिषा प्राप्त गर्ने बिदेशी कामदारले प्रत्येक २ बर्षमा आफ्नो भिषा नबिकरण गरि आफ्नो परिवार पनि संगै राख्न पाउने छन् l

कोरिया सरकारले ल्याएको पाइलट प्रोजेक्ट अन्तर्गत यो आर्थिक बर्ष भित्रै अन्य थप भिषा प्रणाली लागु गर्ने बताइएको छ lआगामी बर्षको लागि  E7-4 भिषाको कोटा भने यो बर्षको अन्त्य सम्ममा  निर्धारण गर्ने बताएको छ l
हाल कोरियाले बिभिन्न क्षेत्रमा इपिएस मार्फत E9 भिषामा  अदक्ष बिदेशी  कामदार लिदै आएको छ यसरि आएका कामदारको समयाबधि ४ बर्ष १० महिना हुने गर्दछ l यसरि आएका कामदारले आफ्नो परिबार कोरिया झिकाउन पाउदैनन भने पुनः कोरिया प्रवेश गर्न चाहेमा बिभिन्न क्राइटेरिया हरु पुरा गर्नु पर्ने नियम छ l

No comments:

Post a Comment